भल-पैह्रोबाट सतर्क बन्ने मन घिसिङको आह्वान

भल-पैह्रोबाट सतर्क बन्ने मन घिसिङको आह्वान

दार्जीलिङ, 19 जून। बर्खा शुरू हुनसाथ गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले दार्जीलिङ पहाड़का सम्पूर्ण जनतालाई सतर्कता अप्नाउने अपील गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्-यसपाली हामीले कोरोना भाइरसमहामारीको निम्ति जसरी लडाईं लडिरहेका छौं, त्यसरीनै अब बर्खाको समय आउने भल पैह्रो अनि आपदाको निम्ति आफ्नो क्षमता अनुसार, लड़न सबै तयार रहनपर्छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा एउटा जिम्मेवार राजनैतिक दल हो।पार्टी र पार्टीका सम्पूर्ण भ्रातृ संगठनहरूले राजनीति मात्र नगरेर जनसेवा पनि गर्दै जनताको आवाज बनेर सकेसम्म सहयोग पुर्‍याउनुपर्छ।राजनैतिक दलले राजनीति मात्र नगरेर समाजिक कार्यहरू पनि गर्नपर्छ। यसैले दार्जीलिङ पहाड़का सबै राजनैतिक दलका प्रतिनिधिहरू एउटै मञ्चमा आएर बर्खाको समय आउने आपदा विरोधमा लड़्नपर्छ। प्रथमतः मानवको सेवानै सर्वपरी हो, सबैले आ-आफ्नो क्षेत्रमा आ-आफ्नो क्षमताअनुसार, सहयोग पुर्‍याउनपर्छ। उनले अझै अघि भनेका छन्-यस समय झरी बतासले पहाड़मा ठूलो भल पैह्रो आउने सम्भावना छ र धेरै स्थानहरूमा भल पैह्रोले क्षति पनि पुर्‍याएको छ। यसैकारण सबै जनताले पनि सतर्कता अप्नाउपर्छ साथै अफ्नो घर वरिपरि भल पैह्रो आउने सम्भावना छ भने सम्बन्धित विभाग वा नजिकैको ग्राम पञ्चायत कार्यालयमा सूचना दिनपर्छ। कोरोना भाइरसको संक्रमणसँगै यस समय हामी भल पैह्रोको संकटसँग जुझ्न पनि हामी सबै एक भएर अघि आउनपर्छ। उनले भनेका छन्-विश्व नै अहिले कोरोना भाइरसको महामारीको प्रकोपबाट बाँच्न अनि बँचाउन लागिपरेको छ। सरकारले देशभरिनै लकडाउनको… Read More

सेप्टेम्बर-अक्टोबरदेखि पहाड़मा पर्यटक आगमनको सम्भावना

सेप्टेम्बर-अक्टोबरदेखि पहाड़मा पर्यटक आगमनको सम्भावना

दार्जीलिङ, 19 जून। आगामी सेप्टेम्बर-अक्टोबरदेखि दार्जीलिङ पहाड़मा पुनः पर्यटकहरूको आगमन शुरू हुने सम्भावना प्रबल बनेर गएको छ। किनभने, वर्तमान कोरोनाकालमा पनि दार्जीलिङका विशेष होमस्टेहरूमा पर्यटकहरूले सम्पर्क गरेर पहाड़ आएर घुम्न चाहिरहेका छन्। तर कोरोना संक्रमणको वर्तमान स्थितिको कारण पहाड़का होमस्टेहरूले एकैजना पर्यटकको पनि बुकिङ लिन सकिरहेका छैनन्। यसैले दार्जीलिङको पर्यटनलाई कति दिनसम्म यसरी नै अचल बनाइराख्ने अनि कहिलेसम्म होमस्टे, होटलहरूलाई पनि बन्द राख्ने विषय लिएरजीटीए (गोर्खाल्याण्ड टेरिटरियल एड्मिनिस्ट्रेशन)-ले होमस्टे मालिकहरूसित एक चर्चा कार्यक्रमको आयोजना गरेको थियो। जसमा विभिन्न पक्षमाथि चर्चा गरिएपछि कोरोना संक्रमणको स्थितिमा सुधार आए सम्भवतः आगामी सेप्टेम्बर-अक्टोबरदेखि दार्जीलिङका होमस्टेहरू खोलिनसक्ने सम्भावनामाथि पनि कुराकानी भयो। यसबारे जानकारी गराउँदै जीटीएको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले भने-कोरोना संक्रमणको कारण विश्वभरिकै पर्यटन व्यवसाय सबैभन्दा नराम्रोघतले प्रभावित बनेको छ। दार्जीलिङको पर्यटन पनि यसैमा सामेल छ। तर अब कहिलेसम्म यहाँको पर्यटनलाई ठप्प बनाएर राख्ने? जीवनलाई अघि पनि बढ़ाउनुपर्ने जिम्मा सबैको हो। हाल दार्जीलिङ पहाड़का होमस्टेहरूमा पर्यटकहरूले सम्पर्क गरिरहेका छन्, तर यी होमस्टे मालिकहरूले कुनै ठोस निर्णय सकेका छैनन्। किनभने, गाउँ-घरका मानिसहरूको इच्छा र परामर्श पनि आवश्यक छ। यसैकारण आज विशेष सिटोङ, तकदाह र मङ्पूका होमस्टे मालिकहरूलाई लिएर एक चर्चा कार्यक्रमको आयेजना गरिएको हो। किनभने, दार्जीलिङ पहाड़ बन्द हुँदा पनि पर्यटक आउने ठाउँ हो, 105 दिन पहाड़ अचल रहँदा पनि यहाँका धेरै होटलहरूमा पर्यटकहरू थिए।… Read More

16 कोविड विरामी भए स्वस्थ, सिक्किममा अब 49 सक्रिय मामिला

16 कोविड विरामी भए स्वस्थ, सिक्किममा अब 49 सक्रिय मामिला

गान्तोक, 19 जून (हिस)। सिक्किममा सक्रिय कोविड 19 मामिला घटेर 50 भन्दामुनि आइपुगेको छ। राजधानी गान्तोकस्थित नयॉं एसटीएनएम अस्पतालमा उपचाराधिन कोविड संक्रमित विरामीहरू मध्ये 16 जना स्वस्थ भएका छन्। 16 जनामा 15 जना दक्षिण जिल्ला र 1 जना पश्चिम जिल्लाबाट रहेका छन्। उनीहरू सबैलाई आज अस्पतालबाट छुट्टी दिइएको छ। यसका साथै राज्यमा अब सक्रिय कोविड 19 मामिलाहरूको संख्या घटेर 49 भएको छ। यस अघि 5 जना स्वस्थ भएर घर फर्किसकेका छन्। उल्लेखनीय छ, सिक्किममा कुल कोविड 19 मामिला 70 हो भने अब सक्रिय मामिला केवल 49 रहेको छ। राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा उपचाराधिन 16 जनाको रिपोर्ट नेगेटिभ आएपछि आज छुट्टी दिइएको बताए। उनले खुशी व्यक्त गर्दै यो संख्यालाई घटाएर एकल अङ्कमा ल्याउन चिकित्सकहरू प्रयासरत रहेको बताए। यस अतिरिक्त उनले सम्भवत: लकडाउनका कारण आत्महत्याका घटनाहरू बढ्न थालेको बताए। उनले मानिसहरूलाई फेक न्यूजमा ध्यान नदिन, आफ्नो स्वास्थ्यको हेरचाह गर्न र कुनै प्रकारको समस्या भए नहिचकिचाइ अस्पतालमा गएर मनोचिकित्सकहरूलाई सम्पर्क गर्न आह्वान गरे।

योग - समुदाय, प्रतिरक्षा तथा एकता ,

योग - समुदाय, प्रतिरक्षा तथा एकता ,

हामीले विगत पॉंच वर्षमा हासिल गरेको विश्‍व योग दिवसको भावनालाई कोभिड-१९ को कारण घट्न नदिन अपील गर्दछु| विभिन्न अध्ययन अनि प्रतिवेदनले कोभिड-१९ को मनो-सामाजिक प्रभावलाई सम्बोधित गर्न योग अनि ध्यान सबैभन्दा उत्तम उपचार विधि हो| योगमा कैयौं ‘प्राणायाम’ छन्, जसले श्‍वास प्रणालीलाई बलियो बनाउँदछ| ‘प्राणायाम’ले कसरी कोरोना भाइरसको प्रभावलाई निरस्त गर्नसक्दछ भन्ने विषयमा अध्ययन गर्न-रमेश पोखरियाल ‘निशङ्क’(केन्द्रिय मानव संसाधन मन्त्री) संयुक्त राष्ट्र महासभामा २७ सेप्टेम्बर, २०१४ को दिन सम्बोधनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि ११ दिसम्बर, २०११ को दिन संयुक्त राष्ट्रद्वारा हरेक साल २१ जूनको दिन अन्तरराष्ट्रिय योग दिवस (आइडीवाई) अर्थात् विश्‍व योग दिवसको रूपमा पालन गरिने घोषित गर्‍यो| यस प्रस्तावलाई वैश्‍विक अनि प्रभावशाली बनाउने कारक यसको सार्वभौमिकता र स्वीकार्यता हो| विश्‍व भूगोलले विभाजित अनि योगद्वारा एकजुट छ, यो कुरालाई १७७ भन्दा धेरै देशले अन्तरराष्ट्रिय योग दिवसलाई समर्थन गर्नु र १७५ देशले यस प्रस्तावलाई सह-प्रायोजित गर्नुले पनि स्पष्ट पार्दछ| आजको मितिसम्म संयुक्त राष्ट्र महासभाका प्रस्तावहरूमा सबैभन्दा धेरै सह-प्रायोजकको सङ्ख्या यसमा देखिएयो| यस पहललाई एक देशद्वारा संयुक्त राष्ट्रमा ९० दिनभित्र प्रस्तावित अनि लागू गरियो, जुन संयुक्त राष्ट्र महासभाको इतिहासमा यो पहिलोपल्ट भएको हो| प्रधानमन्त्री मोदीले आश्‍चर्यजनक तरिकाले सत्तामा आएको ६ महिनाभित्रै यस उद्देश्यलाई पूरा गरे, जुन भारत स्वाधीन भएको ७३ वर्षमा पनि हासिल गर्नसकेको थिएन| ‘हाम्रो भारतको पॉंच हजार सालभन्दा पुरानो… Read More