कागजका सामानहरू बनाएर प्रेरणाको स्रोत बनेकी इन्द्रमाया राई

कागजका सामानहरू बनाएर प्रेरणाको स्रोत बनेकी इन्द्रमाया राई

मिरिक, 18 जून (हिस)। कोरोना महामारीका कारण जारी लकडाउन अवधिभरि आफ्नो सीप अनि कला भएकाहरुले विभिन्न सामग्रीहरु तयार गरी समयको सदुपयोग गरिरहेका छन्। यसै प्रसङ्गमा लकडाउनको समयलाई सदुपयोग गर्दै खबर काजगबाट विभिन्न सामग्रीहरु बनाउँदै आएकी मिरिक महकुमाको निगाले गैरी गाउँ निवासी इन्द्रमाया राई यतिबेला अन्य महिलाहरुको निम्ति प्रेरणाको श्रोत बनेकी छन्। घरमा बसेको बेला समय त्यसै बित्छ। यो समयमा रचनात्मक काम गरे समयको पनि सदुपयोग हुने र कुनै वस्तु पनि तयार गर्न सकिने भनेर नै लकडाउनमा पुराना खबरकागजहरु संग्रह गरेर श्रीमती राईले रचनात्मक काम गर्न थालेकी हुन्। इन्द्रमायालाई उनकी बुहारी जयाले सामग्रीहरु जुटाइ दिने गरेकी छन्। खबरकागजलाई कठिन मेहनतको साथमा विभिन्न आकार दिॅंदै इन्द्रमायाले आफ्नो बिबेक अनि कलालाई एउटा मुर्त रुप दिन सफल बनेकी छन्। कलाकार राईले कागजका फुलदानी, डस्टबिन, कप पिरिजलगायतका विभिन्न उत्कृष्ट सामग्रीहरु तयार पारेकी छन्। 59 वर्षीय राईले यसरी कागजका सामाग्रीहरु बनाउॅंदा मन प्रसन्न हुने अनि सन्तुष्टिसमेत प्राप्त मिल्ने उनको भनाइ रहेको छ। उनीद्वारा निर्मित सामाग्रीहरु हेर्न गाउँका महिलाहरु दैनिकनै आउने गरेका छन्। इन्द्रमाया यतिबेला महिलाहरुको निम्ति आइकन बनेकी छन्। खबरकागजलाई दोबारेर अथवा पट्याएर नयॉं तरिकाले विभिन्न सामग्री बनाउॅंदा आफुले समयको सदुपयोग गरेछु भन्ने इन्द्रमायालाई लाग्छ। घरको बैठक कोठामा चटक्क सजिएर राखिएका आकर्षक ती सामग्रीहरु जसलाई देख्न साथ जो कसैको पनि मन प्रफुल्लित हुने गर्दछ। सामग्रीहरुमा आफुले… Read More

कोविड: अझ एक विरामी स्वस्थ भएर घर फर्किए

कोविड: अझ एक विरामी स्वस्थ भएर घर फर्किए

गान्तोक, 18 जून (हिस)। सिक्किमका 66 कोविड 19 पोजिटिभ मध्ये एक विरामी निको भएका छन्। उनी पूर्णरूपमा स्वस्थ भएपछि बुधबार अस्पतालबाट छुट्टी दिइएको छ। यसका साथै अब राज्यमा सक्रिय कोविड मामिलाको संख्या 65 भएको छ। उक्त जानकारी राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा दिएका हुन्। उल्लेखनीय छ, राज्यमा कुल कोविड संक्रमितहरूको संख्या 70 रहेको छ भने 65 विरामी हाल उपचाराधिन छन्। यस मध्ये 5 जना पूर्णरूपमा स्वस्थ भएर घर फर्किसकेका छन्।

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिला

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिला

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिलागुवाहटी, 18 जून (हिस)। सिक्किमलगायत पूर्वोत्तरका आठ राज्यहरूमा कोरोना संक्रमणको प्रसार लगातार बढिरहेको छ। कोरोना संक्रमितको बढोत्तरीको साथै जाति हुनेहरूको पनि संख्या बढिरहेको छ। पूर्वोत्तरमा अहिलेसम्मको सबैभन्दा धेरै मामिला असमबाट आएको छ भने दोस्रो नम्बरमा त्रिपुरा रहेको छ। पूर्वोत्तर राज्यहरूमा पछिल्लो 24 घण्टामा 299 नयाँ मामिला पुष्टि भएको खबर छ। यसरी नै अहिले संक्रमितहरूको कुल संख्या 6910 पुगेको छ जसमा 3540 बिरामी निको भइसकेका छन्। पछिल्लो 24 घण्टामा कुल 270 बिरामी पूर्णरूपमा स्वस्थ भएका छन्। यसरी नै 3457 बिरामीको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ। अर्कोतिर कोरोनाको कारण मृत्यु हुनेको संख्या 10 पुगेको छ भने 6 जना पूर्वोत्तर राज्य छोडेर बाहिर निस्किसकेका छन्। प्रत्येक राज्यमा रहेका संक्रमित व्यक्तिहरूको कुरा गर्नु हो भने असममा नयाँ बिरामीहरूको संख्या 184 भएको छ। यसका साथै यहाँ बिरामीको संख्या कुल 4695 छ भने अहिलेसम्ममा 2643 बिरामी निको भइसकेका छन्। पछिल्लो 24 घण्टामा राज्यका 231 बिरामी स्वस्थ भएका छन्। अर्कोतिर 2041 बिरामी उपचाराधिन छन् भने राज्यमा 8 जना संक्रमितको मृत्यु अनि तीन बिरामी राज्य बाहिर गइसकेका छन्। त्रिपुरामा 43 नयाँ बिरामीको पुष्टि भएको छ। राज्यमा कुल बिरामीको संख्या 1133, स्वस्थ हुनेको संख्या 556, उपचाराधिनको संख्या 676 पुगेको छ भने एक बिरामीको मृत्यु भएको छ र तीन जना… Read More

हिंसाले सिक्किमलाई कहाँ पुर्‍याउला ?

हिंसाले सिक्किमलाई कहाँ पुर्‍याउला ?

12 जूनको दिन तादोङ इन्दिरा बाइपास क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -का प्रवक्ता जे.बी. दर्नालमाथि अपरान्ह करीब 3 बजी केही असामाजिक तत्त्वहरूद्वारा थुप्रै मानिसहरूको चहलपहल भइरहेको समय प्राणघातक आक्रमण भयो। श्री दर्नाल प्रमुख विपक्षी पार्टीका केन्द्रीय प्रवक्ता हुनुको नाताले यो आक्रमण सोझै राजनैतिक उद्देश्यले प्रेरित रहेको स्पष्ट हुन्छ, फलतः यो सिक्किममा राजनैतिक हिंसाको ज्वलन्त रूप हो। आज कतिपय सत्तापक्षीय मानिसहरूले भनेजस्तो यो राजनैतिक हिंसा होइन भने पनि यो गम्भीर कानुनी एवं व्यवस्थागत असफलता अनि अन्ततः सत्तारूढ़ सरकारको चरम असफलताको कुरा हो, जुन अन्ततः राजनैतिक कुव्यवस्था नै हो। जहाँ तर्क समाप्त हुन्छ, त्यहींबाट गालीगलौज र हिंसा शुरू हुन्छ। सिक्किममा एउटा पक्षका मानिसहरूसित तर्क समाप्त भएको देखिन्छ। एसडीएफले कतै जुलूस-धरना गरेको छैन, राजमार्ग अवरूद्ध गरेको छैन, जनजीवन अवरूद्ध पारेको छैन, कतै धक्का-मुक्की गरेको छैन। विगत 1 वर्षमा विपक्षी राजनीतिको रूपमा एसडीएफले केवल प्रेस विज्ञप्ति जारी गरेको छ, प्रेस कन्फरेन्स गरेको छ। कोभिड-19 -को कारण प्रेस कन्फरेन्स पनि सामाजिक सञ्जालमार्फत अनलाइन गरेको छ, जुन सोशल डिस्टेन्सिङ सम्बन्धी सरकारी आदेशको अनुपालन हो। यति स्पेस राखेर कुनै दलले राजनीति गरिरहँदा पनि उसको कार्यकर्तामाथि दिनदहाड़ै भौतिक आक्रमण हुन्छ भने सिक्किममा डेमोक्रेसी कति नाजुक अवस्थामा पुगिसकेको रहेछ, स्पष्ट हुन्छ। श्री दर्नालमाथि भएको आक्रमण सामान्य कुटपीट होइन। दार्जीलिङमा प्रखर नेता मदन तामाङको घिच्रो छिनाएजस्तो दर्नालको जीवन नै सिध्याउने… Read More

चीनी सैनिकहरूले भारतीय पेट्रोलिङ दलमाथि हमला गरेको थियो 

चीनी सैनिकहरूले भारतीय पेट्रोलिङ दलमाथि हमला गरेको थियो 

नयाँ दिल्ली, 18 जून (हिस)। चीनी सेनाले गलवान घाटीमा भारतीय सेनाको पेट्रोलिङ टीममाथि घात लगाएर हमला गरेको थियो। यसको खुलासा बिहीबार तब भयो जब घटनास्थलबाट भारतीय सैनिकहरूले काटी बाङ्गिएको रड उद्धार गरे। 16 जून राति भारतीय सैनिक जब पेट्रोलिङमा थिए तब षड़यन्त्र अन्तर्गत उनीहरूको गाड़ीलाई नदीमा झारियो, जसबाट लगभग 17 भारतीय सैनिक नदीमा झर्दा शहीद भए जबकि 3 जवान चीनी सैनिकको सीधा हमलामा शहीद भए। यस प्रकार भारतका कर्नल सन्तोष बाबू समेत कूल 20 जवान शहीद भएका छन्। गलवान घाटीमा निरस्त्र भारतीय सैनिकहरूमाथि हमला गर्ने तयारी चीनी सैनिकहरूले अगावै गरेका थिए। जहाँ उनीहरू ढुंगा, फलामको रड र काँटी लागेको हतियार लिएर घात लगाएर बसेका थिए। यति मात्र होइन भारतीय सेनाको जवाबी कारबाहीदेखि बचावको समान पनि चीनी सेनाले तयार राखेको थियो। एक मीडिया रिपोर्ट अनुसार, यस घटनामा चीनको 43 नभएर 143 सैनिक मारिएका छन्। भारतीय सेनाको सूत्रहरू अनुसार, केन्द्र शासित प्रदेश लद्दाखमा डेमचोक र पेङ्गोङ नजिकका गाउँहरूलाई खाली गरएर नागरिकहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरित गरिएको छ। आउने दिनहरूमा अझ् केही गाउँहरूलाई खाली गराइनेछ। तनाव कम गर्न वार्ताको क्रम जारी  पूर्वी लद्दाखमा तनाव कम गर्न बिहीबार फेरि भारत र चीनको मेजर जनरल स्तरको वार्ता भईरहेछ तर यस बैठकमा कुनै नतिजा ननिस्के लेफ्टिनेन्ट जनरल स्तर वा सेना कमाण्डर स्तरमा अझ् एक चरणको वार्ता हुनसक्छ।… Read More

बिमलपन्थी गोजमुमोद्वारा खरसाङमा शहीद दिवस पालन 

बिमलपन्थी गोजमुमोद्वारा खरसाङमा शहीद दिवस पालन 

खरसाङ, 18 जून (हिस)। गोर्खा जनमुक्ति मोर्चा बिमल गुरूङ खेमाका सदस्यहरूले बुधवार खरसाङको सिरूबारीमा गिद्धपहाड़ समष्टिको आयोजनामा गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने वीर सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गर्न एक श्रद्धाञ्जली सभाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। पार्टीको खरसाङ महकुमा समिति सचिव विवेक मोक्तान, नारी मोर्चा नेत्री तथा खरसाङ नगरपालिका भूतपूर्व नगर पार्षद शोभा छेत्रीलगायत अन्य नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभामा गोर्खाल्याण्डको निम्ति शहीद हुने वीर सपुत तथा भर्खरै भारत-चीन द्वन्दमा शहीद भएका भारतीय सैनिकहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै धूप-दीप प्रज्वलन गरियो अनि फूल माला अर्पण गरियो। यस अवसरमा उपस्थित वक्ताहरूले शहीदहरूको त्याग र बलिदान त्यसै खेर नजाने तथा सम्पूर्ण गोर्खाहरुको सपना छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफूहरू सदैव लड्ने बताए। कार्यक्रममा शहीदहरूको सपनालाई पूरा गर्ने प्रतिज्ञा पनि लिएको शोभा छेत्रीले जानकारी दिएकी छन्।

भारत सुरक्षा परिषदमा अस्थाई सदस्य नियुक्त, धेरै देशहरूले बधाई दिए

भारत सुरक्षा परिषदमा अस्थाई सदस्य नियुक्त, धेरै देशहरूले बधाई दिए

नयाँ दिल्ली, 18 जून (हिस)। अमेरिका सहित विभिन्न देशहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारत अस्थाई सदस्य बनेकोमा बधाई दिएका छन्। अमेरिकाले आफ्नो सन्देशमा भनेको छ, ‘अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको मुद्दामा अमेरिका भारतको साथ काम गर्न इच्छुक छ’। भारतमा अमेरिकी राजूदूत केन जस्टरले भनेका छन्, ‘सुरक्षा परिषदमा भारतको सफल चुनाउको निम्ति हार्दिक बधाई। संयुक्त राज्य अमेरिका भारतको साथ अधिक स्थिर, सुरक्षित र समृद्ध संसार बनाउने काम गर्न तत्पर छ’। अस्ट्रेलियाका भारतमा उच्चायुक्त बरी ओ फऱेलले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदमा गैर-स्थायी सदस्यको रूपमा भारतको चुनाउ हुनलाई लिएर अस्ट्रेलिया निक्कै खुशी छ। अस्ट्रेलिया संयुक्त राष्ट्र सुरक्षा परिषदमा समय अनुसार बदलावको समर्थक रहेको छ र स्थाई सदस्य बन्नलाई लिएर भारतको समर्थन गर्दछ’। फ्रान्सका भारतमा राजदूत ईमेन्यूअल लेनेले भनेका छन्, ‘भारतले विश्वमा शान्ति बनाइ राख्नको निम्ति सबैभन्दा अधिक सैन्य योगदान दिँदछ। एक वैश्विक शक्तिको रूपमा अन्तरराष्ट्रिय कानूनहरूको पालनको समर्थक रहेको छ। विश्वमा शान्ति र बहुपक्षीय व्यवस्थामा भारतको योगदान महत्वपूर्ण छ। फ्रान्स भारतको साथ न्यूयार्कस्थित संयुक्त सुरक्षा परिषदमा सहयोग गर्न चाहन्छ’। फिजीका प्रधानमन्त्री फ्रेङ्क बेनिमारामाले ट्विटरको माध्यमले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

मुख्यमन्त्रीले पुलिसराज चलाउन छोड्नु पर्छ: राज्यपाल

मुख्यमन्त्रीले पुलिसराज चलाउन छोड्नु पर्छ: राज्यपाल

कोलकाता, 18 जून (हिस)। राज्यपाल जगदीप धनखडले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो प्रहार गरेका छन्। अस्पतालभित्र अव्यवस्थाको भिडियो साझा गर्ने डाक्टरलाई धम्की दिएको मामिलामा सुप्रीम कोर्टको निर्देशको कुरा गर्दै राज्यपालले भनेका छन्, ममता ब्यानर्जीलाई यस कुरामा लाज लाग्नुपर्ने हो। यस विषयमा राज्यपालले बिहिबारको दिन ट्वीट गरेका थिए। राज्यपालले मुख्यमन्त्री ममता ब्यानर्जी, गृह सचिव अलापन ब्यानर्जी अनि कोलकाता पुलिसलाई ट्याग गर्दै लेखेका छन्, अस्पतालभित्रको अव्यवस्थालाई उजागर गर्ने र भिडियो बनाउने डाक्टरलाई पुलिसद्वारा धम्की दिने मामिलामा सुप्रीम कोर्टले कडा फसेला दिएको छ। कोर्टले भनेको छ, जसले सत्यतालाई बाहिर ल्याउन खोज्छ, त्यस डाक्टरहरूलाई सताउन पाइनै छैन। गोली हान्न सक्ने छैन, सत्यतालाई दबाउन सक्ने छैन। अब समय आएको छ जब ममता ब्यानर्जीले पुलिस राज चलाउने आफ्नो मनपर्दो रणनीति छोड्नुपर्छ। सत्य उजागर गर्ने मीडियाकर्मी र आम मानिसहरूलाई पुलिसद्वारा धम्काइने परम्परा बन्द हुनुपर्छ। सुप्रीम कोर्टको यस फसेलापछि मुख्यमन्त्री र राज्य प्रशासनलाई लाज लागेको छैन भनी उनले प्रश्न गरेका छन्। उनले अझ लेखेका छन्, मर्ने मानिसहरूको शव षडिरहेको छ, त्यससित बर्बरता भइरहेको छ। राज्यपालले राज्यमा भएको अपराधका अपराधीहरूलाई निश्चितरूपमा जवाफदेही बनाउने उल्लेख गरेका छन्।