एसडीएफ प्रवक्तामाथिको हमलाबारे राज्यपाललाई सिक्किम सब्जेक्ट कमिटीको ज्ञापन

एसडीएफ प्रवक्तामाथिको हमलाबारे राज्यपाललाई सिक्किम सब्जेक्ट कमिटीको ज्ञापन

गान्तोक, 15 जून (हिस)। सिक्किम सब्जेक्ट कमिटीले विपक्षी एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि भएको आक्रमणको घोर भत्सर्ना जनाएको छ। यसै सन्दर्भमा कमिटीले आज सिक्किमका राज्यपाललाई एउटा ज्ञापन पत्र बुझाएर यस घटनाप्रति उनको ध्यान आकर्षित गर्दै आरोपीहरू विरूद्ध कड़ा कानूनी कार्यवाहीको माग गरेको छ। यसैगरी, कमिटीले उक्त ज्ञापन पत्र देशका प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सिक्किम राज्य मानव अधिकार आयोगका अध्यक्षलाई पनि प्रेषित गरेको छ। उक्त जानकारी कमिटीका उप संयोजक नवीन किरण प्रधानले आज आयोजित एक संवाददाता सम्मेलनमा दिए। उनले एसडीएफ प्रवक्ता दर्नालमाथि भएको हमलाको घोर भत्सर्ना जनाउॅंदै यो घटनाले मानिसको जीवनको कुनै मोल नरहेको स्पष्ट भएको बताए। उनले सिक्किममा हाल कानून व्यवस्था बिग्रिएर गएको दाबी गर्दै आपराधिक घटनाहरू बन्द गरिनुपर्छ भनी माग गरे। राज्यपालाई भेटेर फर्किएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीका उप-संयोजक प्रधानले उक्त हमलाकाण्डलाई संज्ञानमा लिएर राज्यपालले आवश्यक पहल गर्नेछन् भन्ने आशा व्यक्त गरे। उनले सिक्किम सीमा क्षेत्रमा अवस्थित संवेदनशील राज्य भएको उल्लेख गर्दै यस घटनाको स्वतन्त्र जाँच गराइनुपर्ने माग गरे। यसैगरी, उनले यस घटना विरूद्ध राज्यका सम्पूर्ण विपक्षीहरू एकजुट हुनुपर्छ भन्दै यस घटनाको केवल भत्सर्ना मात्र गरेर बस्नु नहुने पनि बताए।

सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुन्छः एसडीएफ

सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुन्छः एसडीएफ

गान्तोक, 15 जून। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले सिक्किमको वर्तमान एसकेएम सरकारले राज्यको कानुन र देशको शुरक्षा गर्न नसकेको अनि कोविड-19को समहामारीमा आइपरेको आर्थिक सङ्कटबाट सिक्किमलाई राहत दिन नसकेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्ने संवेदनशील राज्य सिक्किमको अस्तित्व बचाउन अब राज्यपालले संविधानको धारा 371 एफको उपधारा जी अन्तर्गत रहेको विशेष अधिकारको प्रयोग गर्दै राज्यपालले सिक्किममा झट्टभन्दा झट्ट संविधानको धारा 356 लागू गर्नुपर्ने माग गरेको छ। एसडीएफका प्रमुख प्रवक्ता एमके सुब्बाले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किमममा सत्ता सम्हालेपछि एसकेएम सरकारले लगाताररूपमा हिंसालाई प्रोत्साहन दिइरहेको आरोप पनि लगाएका छन्। सुब्बाले गत 12 जूनको दिन एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि भएको प्राण घातक आक्रमण यसको ज्वलन्त उदाहरण रहेको पनि बताए। यद्यपि, अहिलेसम्म पनि आरोपीहरू खुल्लारूपमा हिँड़िरहेको अनि प्रशासनबाट कुनै कार्वाही नहुनु भनेको राज्यबाट कानुन आदेशको नाम निशान मेटिनु हो भन्ने स्पष्ट गराएका छन्। अब सिक्किम र प्रजातन्त्रको सुरक्षाको निम्ति राष्ट्रपति शासन लागाउनबाहेक अर्को विकल्प नरहेको पनि सुब्बाले ठोकुवा गरेका छन्। यसैगरी राज्यमा महामारीले ल्याएको आर्थिक महामारीलाई वित्तीय पुनर्जागरण नभएर बाँच्नको निम्ति बित्तीय सहयोग वितरण हुनुपर्ने अनि यस कुरामा सरकार अहिलेसम्म पूर्णरूपमा असफल भएको हुनाले कानुन आदेश सँगसँगै आर्थिक अवस्था पनि खस्किएको बताएका छन्। यसैकारण अब चाँड़ै एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यपालसित भेटेर यसबारे ज्ञापन पत्र चढ़ाउने जानकारी… Read More

जर्नलिस्ट युनियन अफ् सिक्किमद्वारा श्रद्धाञ्जली अर्पण

जर्नलिस्ट युनियन अफ् सिक्किमद्वारा श्रद्धाञ्जली अर्पण

गान्तोक, 15 जून (हिस)। जर्नलिस्ट युनियन अफ् सिक्किमले सिक्किमकी पहिलो हिन्दी समाचार-पत्रकी सम्पादक तथा राज्यकी पहिलो महिला पत्रकार श्रीमती सन्तोष निराशको स्मृतिमा आज राजधानी गान्तोकमा एउटा श्रद्धाञ्जली सभा आयोजन गऱ्यो। सन् 1969-मा सिक्किममा एक शिक्षिकाको रूपमा आएर पछिबाट पत्रकारितामा प्रवेश गरी चार दशकसम्म अनवरत योगदान दिँदै आएकी पत्रकार निराशको 10 जूनको दिन 92 वर्षको उमेरमा निधन भएको हो। निराशकै पारिवारिक साइनोमा जोडिएका सिक्किमका वरिष्ठ वास्तुकार किरण रसाइलीको सभाध्यक्षतामा सम्पन्न सभामा वरिष्ठ पत्रकार केके छेत्रीलगायत अन्य श्रमजीवी पत्रकारहरूले निराशको जीवनी, पत्रकारिता र सामाजिक क्षेत्रमा उनको योगदानसँगै उनीसँगका अवीस्मरणीय क्षणहरूबारे आ-आफ्नो विचार राखेका थिए। सभालाई पत्रकार अर्पण प्रधानले सञ्चालन गरेका थिए।

सालघारी-जूम समष्टिद्वारा जेबी दर्नालमाथि आक्रमणको आपत्ति

सालघारी-जूम समष्टिद्वारा जेबी दर्नालमाथि आक्रमणको आपत्ति

गान्तोक, 15 जून। एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि 12 जूनको दिन भएको आक्रमणलाई लिएर सालघारी-जूम समष्टिका एसडीएफ पार्टीको युवा-चेली, पञ्चायतगण, पार्षदगण र सोशल मीडियाकर्मीहरूले निन्दा गर्दै आपत्ति जनाएका छन्। सोमबार दक्षिण-पश्चिम जोनल एसडीएफ पार्टी कार्यालय, जोरथाङमा एउटा सभा आयोजन गर्दै घटना विषय चर्चा गरिएको पार्टी कार्यालय सचिव राजेन राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यो सभा एसडीएफ पार्टीको सालघारी-जूम समष्टिकी प्रभारी धनकुमारी खातीको अध्यक्षतामा बसेको थियो। यसरी नै सभालाई पार्षद टिका गुरुङ, चेली मोर्चा प्रतिनिधि अनिता गुरुङ, युवा प्रतिनिधि मेशोक छेत्री आदिले सम्बपोधन गरेका थिए। सबै वक्ताहरूले एसडीएफ पार्टीका प्रवक्तामाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको दोषीलाई तत्काल पक्राउ गरेर प्रशासनले न्याय दिनुपर्ने माग पनि उठाइएको विज्ञप्तिमा जनाइएको छ। यस अवसरमा पर्चार सचिव तारा दास, चेली संयोजिका एवं पार्षद पेमा तामाङ, वार्ड संयोजक सुनिल लामा, मनोज प्रधान, पवित्र राई, सुदेश पाख्रिङ तथा अन्य युवा-चेली कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

अर्को सप्ताह जनतामा समर्पित हुनेछ त्रिवेणीको कोविड-19 अस्पताल

अर्को सप्ताह जनतामा समर्पित हुनेछ त्रिवेणीको कोविड-19 अस्पताल

दार्जीलिङ, 15 जून। अर्को सप्ताहदेखि त्रिवेणीस्थित कोविड-19 अस्पताल जनसाधारणको लागि पूर्णरूपले समर्पित हुने निश्चित भएको छ। जुन अस्पताल सञ्चालनमा आएपछि विशेष दार्जीलिङ र कालेबुङ जिल्लाका जनताको लागि धेरै सुविधा हुने भएको छ। गत मई महीनाको प्रथम सप्ताहमा टिस्टा त्रिवेणीस्थित जीटीए अधीनस्थ लजलाई कोरोना सङ्क्रमण वा कोविड-19 अस्पतालको रूपमा विकसित गर्न शुरू गरिएको थियो। जहाँ कम्तिमा पनि 100 वटा पलङ राख्ने परिकल्पना तयार पारिएको थियो भने अबको 7 दिनभित्र यो अस्पतालले पूर्ण रूप लिने तय भएको छ। स्मरण रहोस्, हालसम्म जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) क्षेत्रमा एउटा पनि कोरोना सङ्क्रमणको उपचार गर्ने अस्पताल थिएन। जसको कारण हालसम्म जीटीए क्षेत्रका कुनै व्यक्तिमा कोरोना सङ्क्रमणको लक्षण देखा परे उनीहरूलाई सिलगढ़ीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल, डा. च्याङको सुपर स्पेशियलिटी अस्पताल र दिशान अस्पतालमा लगेर उपचार गराउने कार्य भइरहेको छ। तर दार्जीलिङ र कालेबुङ जिल्लाको मध्य वा फेदमा पर्ने त्रिवेणीमा अवस्थित जीटीएको लजमा कोविड-19 अस्पताल निर्माण हुनसके, यो पहाड़वासी जनताको लागि ठूलो उपलब्धि हुने निश्चित भएको थियो। जसको लागि विशेष जीटीएले राज्य सरकारको सहयोगमा त्रिवेणीको लजलाई कोविड-19 अस्पतालको रूप दिने कार्य शुरू गरेको थियो भने यो अस्पताल लगभग पूर्ण हुने अवस्थामा पुगिसकेको छ। जीटीए सूत्रले भनेको छ-गत मई महीनाको प्रथम सप्ताहमा नै कोविड-19 कमिटीका ओएसडी सुशान्त रायले जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासनका साथै स्वास्थ्य… Read More

योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बा

योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बा

सरोज गुरुङ सोरेङ, 15 जून। योगा एउटा यस्तो तकनिक हो जसले शरीर, मन र आत्मालाई सन्तुलन राख्न सक्छ। मानिसहरू आजकल आफ्नो आन्तरिक तनावबाट टाढ़ा बस्न प्रायःजसो योगाको सहायता लिने गरेका देखिन्छन्। मानिसले जब सामान्य स्वास लिने तकनिक, ध्यान, प्राणायाम र व्यायाम गर्छन् तब उनीहरू चुस्त र तन्दरुस्त रहन्छ। यसै सन्दर्भमा सिक्किममा फस्टाउँदै गरेको योगा र योग शिक्षाको कुरा गरौं। वर्तमान अवस्थामा सिक्किमका धेरैजसो मानिसले योगालाई आफ्नो जीवनको हिस्सा बनाइरहेका छन्। यो स्वस्थ र निरोगी समाज विकासको निम्ति अत्यन्तै राम्रो लक्षण हो। यहाँ कुरा गर्न लागेका छौं सिक्किमे छोरी सुश्री बिन्ध्या सुब्बाको। उनी अहिलेे सबैको निम्ति अभिप्रेरणाको स्रोत बनिरहेकी छन्। सुश्री सुब्बा मूलरूपले पश्चिम सिक्किमस्थित रिञ्चेपोङ समष्टि अन्तर्गत बडा साम्दुङ निवासी हुन्। स्व. लक्ष्मीप्रसाद सुब्बा र पद्मा सुब्बाकी 33 वर्षीय छोरी सुश्री बिन्ध्या सुब्बा हालमा शिक्षा विभागको मुख्यालयमा सिक्किम स्टेट कोअर्डिनेटर (ट्रेनिङ)-को रूपमा कार्यरत छिन्। उनले विगत 2016 देखि योगालाई अप्नाएकी हुन्। अहिले उनलाई सिक्किमकी एकजना सफल योग प्रशिक्षकको रूपमा चिनिन्छ। यस संवाददातासँग कुराकानी गर्ने क्रममा सुश्री सुब्बाले आफ्नो यात्राबारे भनिन्- मैले योगाको आफ्नो शुरुवाती तालिम हरिद्वारबाट प्राप्त गरेँ अनि 6 महिने कोर्स कोलकाताबाट लिएकी हुँ। मैले चरणबद्ध रूपमा दुईवटा टीटीसी डिप्लोमा योग मन्दिर ऋषिकेस र एवाईएम ऋषिकेसबाट गरेकी हुँ। सुश्री सुब्बा भन्छिन्, योगा त्यस्तो माध्यम हो, जसले शरीर र आत्मालाई… Read More

विश्व अखण्ड गायत्री मन्त्रोंच्चारणमा सिक्किमको सहभागिता

विश्व अखण्ड गायत्री मन्त्रोंच्चारणमा सिक्किमको सहभागिता

रम्फू, 15 जून। कोविड-19 विश्व महामारीको प्रकोपले आज विश्वका सतप्रतिसत देशहरूलाई सङ्क्रमणको शिकार बनाएको छ। कुनै पनि देश यस प्रकोपबाट वञ्चित छैनन्। यस्तो अवस्थामा धेरै जस्तो सङ्घ-संस्था अनि धर्म अनुयायीहरूले आ-आफ्नै तरिकामा यसको संक्रमणलाई निर्मूल पार्न हाथहरू बढ़ाइरहेका छन्। श्री सत्य साई अन्तराष्ट्रिय सेवा सङ्गठनको आयोजनामा कोविड- 19 को सङ्क्रमण शक्तिलाई विनाश गर्न ऐतिहासिक रूपमा लगातार 24 घण्टाको विश्व अखण्ड ब्रम्ह गायत्री मन्त्रोच्चारण गर्ने पहल गरिएको थियो। जसमा विश्वभरिका देशहरूमा 188 अन्तराष्ट्रिय देशका साई सङ्गठन यसमा सामेल थिए। यसैक्रममा अखिल भारतीय श्री सत्य साई सेवा सङ्गठनका एआईपीद्वारा जारी गरिएको निर्देशनअनुसार देशभरिका राज्यहरूमा एउटै समय र एउटै शुर-तालमा 24 घण्टा लगातार ब्रम्ह गायत्री मन्त्रोच्चारण गर्नुपर्ने प्रक्रियामा श्री सत्य साई सेवा सङ्गठन सिक्किमका साई भक्तहरू पनि लागिपरेका थिए। सिक्किमका जम्मा 37 वटा समिति अनि 160 मण्डलीका कम्तिमा 30 हजार भक्तले मन्त्रोच्चारणमा भाग लिएका थिए। यसमा प्रत्येक जिल्लाले आ-आफ्नो व्यवस्था अनुरूप साई केन्द्रहरू अनि घर-परिवारमा सरकारद्वारा जारी गरिएको कोविड-19 को नियमलाई उलङ्घन नगरी सामाजिक दूरीलाई पालन गर्दै 24 घण्टा लगातार ब्रम्हा गायत्री मन्त्रोच्चारण सफलता पूर्वक गरेको जानकारी श्री सत्य साई सेवा सङ्गठन सिक्किम राज्यका राज्य अध्यक्ष पूणम प्रधानले दिएका छन्। स्मरण गराइन्छ, सिक्किमद्वारा गरिएको मन्त्रोच्चारणको शुरुवात 13 जून बेलुकी 8 बजीदेखि 14 जून बेलुकी 8.30 बजीसम्म लगातार गरिएको थियो। अन्तमा साई आरती गरी… Read More

पत्रकार निराशको निधनमा विक्ली एडिटर्स फोरमद्वारा शोक प्रकट

पत्रकार निराशको निधनमा विक्ली एडिटर्स फोरमद्वारा शोक प्रकट

गान्तोक, 15 जून। विक्ली एडिटर्स फोरमले राज्यकी पहिलो महिला पत्रकार सन्तोष निराशको निधनप्रति गहिरो शोक प्रकट गर्दै भावभीनी श्रद्धाञ्जली अर्पण गरेको छ। श्रीमती निराशको निधनलाई केन्द्र गरी सोमवार गान्तोकस्थित ठाकुरबाड़ी मन्दिरको प्रेक्षागृहमा विक्ली एडिटर्स फोरमको एक शोकसभा सम्पन्न भयो। वरिष्ठ पत्रकार कमल मुखियाको अध्यक्षतामा सम्पन्न शोकसभामा दिवङ्गत निराशको आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनटको मौनधारण गरियो। शोकसभामा फोरमका सम्पूर्ण पुरुष र महिला सदस्यहरूको उपस्थिति रहेको थियो। शोकसभामा वरिष्ठ पत्रकार हेमन्त गिरीले दिवङ्गत श्रीमती निराशको परिचयात्मक टिप्पणी राख्दै सिक्किमेली पत्रकारितामा उनको अमूल्य योगदान रहेको छ। राज्यको पहिलो हिन्दी साप्ताहिक समाचार पत्र ‘जमाना सदाबहार’-की सम्पादक श्रीमती निराशले पत्रकारितासँगै सामाजिक कर्मद्वारा समस्यामा परेका मानिसहरूको निम्ति कल्याणकारी कार्य गरेको पनि बताए। श्रीमती निराशलाई निर्भिक पत्रकारको संज्ञा दिँदै गिरीले यद्यपि उनी समभावको विचार राख्ने अग्रणी पत्रकार रहेको बताए। यस्तै प्रकारले वरिष्ठ महिला पत्रकार हेमा शर्माले श्रीमती निराशले सदैव महिलाहरूलाई पत्रकारिता पेशामा प्रोत्साहन दिने काम गरेको सम्झना गरिन् भने वरिष्ठ पत्रकार जीवन कटुवालले श्रीमती निराशमा सान्निध्यमा रहेर काम गर्ने अवसर पाएको स्मरण गरे। यस्तै प्रकारले वरिष्ठ पत्रकार धिराज बान्तवाले श्रीमती निराशलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे। उनले आफ्नो सम्बोधनमा राज्यबाट प्रकाशित साप्ताहिक समाचार-पत्रसित सम्बद्ध पत्रकारहरूले भोग्न परिरहेको समस्याप्रति पनि सबैको ध्यानाकर्षित गरे। उनले साप्ताहिक समाचार-पत्रका सम्पादकहरूले सङ्गठित भएर काम गर्नुपर्ने समय आएको जनाए भने सभा सञ्चालक पत्रकार… Read More

कोविड सम्बन्धी कुनै पनि स्थितिसित जुझ्न सरकार तयार

कोविड सम्बन्धी कुनै पनि स्थितिसित जुझ्न सरकार तयार

गान्तोक, 15 जून (हिस)। राज्यका मुख्य सचिव एससी गुप्ता, स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलू र स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले आज राज्यपाल गंगा प्रसादलाई राजभवनमा भेट गरे। राज्यमा बढ्दो कोविड 19 पोजिटिभ मामिलाहरूलाई ध्यानमा राख्दै अधिकारीहरूले राज्यपालसित भेट गरेको राजभवनमा विज्ञप्तिमा जनाएको छ। यस भेट अवधि राज्यपालले राज्यको तयार, सुरक्षा प्रोटोकल पालन तथा अस्पतालमा भर्ती भएका कोविड 19 विरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। यसैगरी, राज्यपालले हालमा सुविधा एकान्तवासमा रहेका मानिसहरूको जाँच अनि भविष्यमा महामारी अझ बढ़ेको खण्डमा राज्यको भावी कार्य योजनाबारे पनि जानकारी लिए्। मुख्य सचिव गुप्ताले कोविड 19 महामारीविरुद्ध सरकारको तयारीमाथि प्रकाश पार्दै कोविड 19 सम्बन्धित कनुै पनि स्थितिसित जुझ्न सरकार तयार रहेको बताए।

चाइल्डलाइनद्वारा रिनाकमा निरीक्षण

चाइल्डलाइनद्वारा रिनाकमा निरीक्षण

रिनाक, 15 जून। युथ डेभलपमेन्ट सोसाइटी अफ सिक्किम (योडेस) अधिनस्त चाइल्डलाइन सर्भिस रंगेलीद्वारा आज रिनाक बजारका राशिन दोकानहरू, मिठाई दोकान लगायत होटलहरूमा बाल मजदूरमाथि निगरानी गर्दै निरीक्षण गरियो। निरीक्षणको समय योडेसका कार्यकारी सचिव तथा चाइल्डलाइनका प्रमुख समन्वयक मनिकुमार गुरुङले बाल अधिकार, बाल मजदूरमाथि दोकानदारहरूलाई अवगत गराउँदै चाइल्डलाइन हेल्पलाइन नम्बर 1098-मा सिकायत दर्ज गराउँनसक्ने बताए। यस अवसरमा चाइल्डलाइनकी समन्वयक प्रकृति राई, सदस्यहरू अरिस्ना राई र मनिशा छेत्रीसहित रंगेली प्राथमिक स्वास्थ्य केन्द्रका परिचारक तथा योडेसका बोर्ड सदस्य आइके छेत्री, रिनाक पुलिस विभागका गोपाल छेत्रीसहित अन्य पुलिस कर्मीको पनि सहभागिता रहेको थियो। यस निरीक्षण कुनैपनि दोकानमा बाल मजदुर नरहेको पाइयो।