छुल्याहाको गन्थन......पट्यारिलो कोरान्ताइन

छुल्याहाको गन्थन......पट्यारिलो कोरान्ताइन

छुल्याहाको गन्थन……पट्यारिलो कोरान्ताइन – हीरा छेत्री  एन्टप हिल, मुम्बई एताउति गरेर अब कस्तो ट्याम आउने रछ भने कोरोन्ताइन केन्द्रमा भुइँखाटहरू नपुगेर सप्पैलाई त अटाउन नमिल्ने अनि कसैलाई लाखा र कसैलाई पाखा भन्ने भाइबन्दी सुरू हुने रछ। जुँगा हेरेर भाग लाएजस्तै चिन्याजान्या, आफन्तेहरूका, ठुलाठालाका चै झट्केलाहरूलाई पनि नक्कली सास फेराउँदै बचाउने मेलो हुने रछ तर हुतिहारा र गतिछाड़ाहरूलाई चै जतासुकै जा भन्ने दीन सुरू हुने रछ। एस्तै त भो अस्ति हुनेखानेले आफ्नु क्लेभर बालबचुवालाई आकासबाट उढ़ाएर सोझै घरभित्रै खुल्ला कोरोन्ताइन गराए, हुँदाखानेका लेभर छोराछोरी चै अलिपुरद्वारको रेलमा चढ़्या भाइजाकतिर हाइज्याक भएर थिरुअनन्तपुरममा बिसाउँदै झन्नैझन्नै लद्दाख पुग्याथे। भोलिको दिनमा जीएसटी लगाएर भारत दर्शनको भाड़ा तिर्नू भनेर रेलवेको बिल आउँदैन भनेर कसले ग्यारेन्टी दिनसक्छ? उसै पनि अब करोना सिद्धिहाले पनि भरो ना आउँछ भन्छन् – बिजुलीको बिल भरो ना, पानीको भरो ना, मोबाइलको डाटा भरोना, माजनको बाँकी भरो ना…। हन तेतीखेर त रेलको टिटी पनि के सारो नाप्या कुरो गर्ने भाथेछन्, बिल्लिबाठ हुने एकजना आफ्नै देशका प्रवासी श्रमिकले रेल पटना जान्छ भनेर सोद्धा पनि मुझे क्या पता मै ज्योतिष हूं क्या पो भने अरे। अब बाख्राकोट जानेलाई पठानकोट पुऱ्याउने रेलमा चढ़्न भन्दा त पैदलै जान ठिक होला भनेर हिँड़्दै गऱ्या जात्रुलाई पनि खिरमन्त्रीले नोटिफिकेसन निकाल्दै एस्तो पाराले कैल्यै पुग्ने भनेर रेलको लिकैमाथि रोकिदिएछ। छुल्यालाई… Read More

अनलाइन मिडियाको विश्वसनीयता

अनलाइन मिडियाको विश्वसनीयता

अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्तरूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यवहारमा व्यापक फेरबदल ल्याएको छ । ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो । अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दह्रो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ । अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ । हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन-समाज नराम्ररी कुसूचित हुन पुगेका धेरै अध्ययनले औँल्याएका छन् । अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् ।… Read More

दिल्ली-मुम्बईमा कोरोनालाई हराउनु किन आवश्यक

दिल्ली-मुम्बईमा कोरोनालाई हराउनु किन आवश्यक

कोरोनाकालपछि सोशियल मीडियामा तमाम भिडियो भाइरल भइरहेको छ। यसमा कोरोना संक्रमित रोगीहरूले अस्पतालमा ठाउॅं नपाएको कुरा दिखाइरहेको छ। उनीहरू य​ता उता कुदिरहेका छन्। यसमा कति सत्यता छ, यसको जॉंच हुनु आवश्यक छ………..आर.के. सिन्हा  कोरोना भाइरसको संक्रमणलाई रोक्न गरिएको लकडाउनपछि बाध्यतावश अब विस्तारै बजार-कार्यालय तथा अन्य कामकाज शुरू हुन थालेको छ। तर, यसको गति एकदमै कम छ। यो त हुने नै थियो। वैश्विक महामारीको चपेटमा आएको कारण सबैको आयमाथि व्यापक असर परेको छ। यसकारण विस्तारै स्थिति सामान्य बन्ने छ। यसकारण जो मानिसहरू अहिले दिल्ली, मुम्बई, पटना, लखनाउका बजारहरूमा शुन्यताले खिन्न छन्, उनीहरूले अझ केही धैर्य देखाउनु पर्नेछ। लकडाउनको तत्कालपछि ठूला बजारहरूमा बिहानदेखि राती नौ-दश बजीसम्म रहने रौनक फर्केर आउॅंछ भन्ने आशा गर्नु सही होइन। अहिले मुश्किलले दश प्रतिशत कस्टमर मात्र बजारमा आइरहेका छन्। यो आंकड़ा विस्तारै बढ्ने छ। जसो जसो मानिसहरूको कमाई शुरू हुनेछ, स्थितिमा सुधार आउॅंदै जाने छ। तर, जो ज्ञानी बजारको शुन्यताका कारण खिन्न छन्, उनीहरूले पनि बजारमा सौदा लिन जानुभन्दा पहिले आफैलाई तयार त गर्नै पर्छ। साथै सामाजिक दूरीलाई पनि ध्यान दिनै पर्छ। प्रधानमन्त्रीजीले यसको निम्ति ‘दो गज की दूरी’ को मंत्र दिएका छन्। अर्थात भेटघाट गर्नुहोस, तर दूरी कायम राख्नुहोस। अहिले यसमा एकदमै गड़बड़ भइरहेको छ। स्थिति के छ भने दिल्ली र मुम्बई जस्ता महानगरहरूमा शिक्षित मानिसहरूले… Read More

एसटीएनएम कोविड अस्पतालबाट दुई महिला घर फर्किए

एसटीएनएम कोविड अस्पतालबाट दुई महिला घर फर्किए

गान्तोक, 11 जून (हिस)। दक्षिण सिक्किमको देन्चुङ अनि कामराङका दुई महिलालाई एसटीएनएम अस्पतालबाट छुट्टी दिइएको छ, जसको हालैमा कोविड 19 रिपोर्ट नेगेटिभ आएको थियो। यसैगरी, सिक्किमका प्रथम कोविड 19 पोजिटिभ विरामी र माइनिङ क्वारन्टाइन सेन्टरका पोजिटिभ व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएको छ। उनीद्वयको रिपोर्ट 10 जूनमा आएको थियो भने अब नियमअनुसार 24 घण्टापछि फेरी एकपल्ट जॉंच गर्नुपर्नेछ। अहिले एसटीएनएम अस्पतालको वीआरडी ल्याबमा जॉंच भइरहेको जानकारी राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा दिएका छन्। उनले 24 घण्टापछि गरिने जॉंचमा पनि रिपोर्ट नेगेटिभ आएको खण्डमा दुवैलाई अस्पतालबाट छुट्टी दिइने बताए।

एसडीएफ पार्टीको दक्षिण जिल्ला समितिले जिल्लापाललाई भेट्यो

एसडीएफ पार्टीको दक्षिण जिल्ला समितिले जिल्लापाललाई भेट्यो

गान्तोक, 10 जून। एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारिणी समितिले आज दक्षिण जिल्लाका जिल्लापाल रगुल. के.-सित भेट गर्दै कोभिड-19 विषय चर्चा गर्दै केही सुझावहरू राखेको छ। पार्टीका दक्षिण जिल्ला कार्यकारिणी समितिका अध्यक्ष सीएल गुरूङको अगुवाईमा गएको यस टोलीले हालैमा राभाङलाको जेएनभी र कामराङ कलेजबाट कोभिड-19 का मामिला प्रकाशमा आएपछि दक्षिण जिल्लाका मानिसहरूले झेल्नु परेका समस्याबारे अवगत गराए। अध्यक्ष गुरूङले दक्षिण जिल्लामा कोभिड-19 को मामिला प्रकाशमा आएपछि नागरिकहरूमा त्रासको वातावरण सिर्जना भएको बताउँदै नागरिकहरूको भय र त्रास कम्ति गर्न प्रशासनले चालेका पाइलाहरूबारे सोधखोज गरे। यस अवसरमा जिल्लापाल रगुल के. ले 14 दिनको अनिवार्य क्वोराइन्टाइन र रिपोर्ट नआएसम्म होम क्वोराइन्टाइनमा नपठाउने विषयमा प्रशासनलाई नागरिकहरूबाट सुझाउ आएको पनि बताए। यस अवसरमा एसडीएफ पार्टीका प्रतिनिधिहरूले प्रशासनलाई विशेष गरी दक्षिणका दुर्गम क्षेत्रमा क्वोराइन्टाइनबाट छोडेपछि मोबाइल माइकिङमार्फत नागरिकहरूलाई सचेत गराउने तथा आवश्यक दिशानिर्देशलाई कडाईका साथ पालन गर्ने सल्लाह दिनुपर्ने सुझाव राखे। यस अतिरिक्त विभिन्न स्थानमा चित्रकला, होर्डिङमार्फत जनजागरण गराउनु पर्ने कुरामा पनि एसडीएफ पार्टीले जिल्लापाललाई सुझाउ दिएको छ। यसरी नै एसडीएफ पार्टीले जिल्ला प्रशासनलाई आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने वचन पनि दिएको छ। कुनै पनि सार्वजनिक समस्यालाई सरल तथा समाधान गर्ने कुरामा प्रशासनलाई सहयोग गर्ने बताएको छ। पार्टीले जिल्लापालसितै कोभिड-19 को रोकथामका लागि सहभागी बनेका अग्रपंक्तिका कर्मचारीहरूप्रति पार्टीले आभार पनि व्यक्त गरेको छ।

पूर्व विधायक हेमलता छेत्री, वरिष्ठ पत्रकार सन्तोष निराश र एसडीएफका संस्थापक सदस्य पासाङ लेप्चाको निधन

पूर्व विधायक हेमलता छेत्री, वरिष्ठ पत्रकार सन्तोष निराश र एसडीएफका संस्थापक सदस्य पासाङ लेप्चाको निधन

पूर्व मुख्यमन्त्री पवन चामलिङद्वारा शोक प्रकट गान्तोक, 10 जून। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले पूर्व विधायक श्रीमती हेमलता छेत्री, वरिष्ठ महिला पत्रकार श्रीमती सन्तोष निराश तथा एसडीएफ पार्टीका संस्थापक सदस्य पासाङ लेप्चाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले भनेका सिक्किमकी पहिलो महिला विधायक हेमलता छेत्रीको असामयिक निधनले मलाई गरिरो दुःख लागेको छ। सिक्किम प्रतिको उनको योगदानलाई कदर गर्दै सिक्किम सरकारले वर्ष 2000-मा उनलाई रोल अफ् अनरद्वारा सम्मानित गरेको थियो। उनले सिक्किमका मानिसहरूका लागि प्रेरणाको रूपमा काम गरेकी थिइन्, जसलाई सिक्किमेली समाजले कहिले पनि भुल्ने छैन्। पूर्व मुख्यमन्त्री चामलिङले शोकाकुल परिवारप्रति गरिरो समवेदना व्यक्त गर्दै, यो अपूरणीय क्षतिलाई सहन गर्न शक्ति ईश्वरले शोकाकुल परिवारलाई प्रादन गरुन भन्ने कामना गरेका छन्। उनले दिवङ्गत आत्माशान्तिको पनि कामना गरेका छन्। पूर्व मुख्यमन्त्री पवन चामलिङले वरिष्ट पत्रकार सन्तोष निराशको निधनले आफू दुःखी भएको बताएका छन्। उनले भनेका छन् सन्तोष निराश पहिलो महिला पत्रकार हुनसितै सिक्किमकी सुशोभित पत्रकार मध्ये एक थिइन्। उनी एक प्रतिवद्ध सामाजिक कार्यकर्ता पनि थिइन्। राग्यको पत्रकारिता क्षेत्रमा उनको अग्रणी योगदानलाई स्वीकार गर्दै सिक्किम सरकारले 2012-मा सिक्किम सेवा सम्मान (पत्रकारिता) ले सम्मानित गरेको थियो। म शोक संतप्त परिवरप्रति समवेदना र दिवङ्गत आत्मा शान्तिको कामना गर्दछु। यसरी पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले पार्टीका संस्थापक सदस्य तथा पूर्व विधायक… Read More

मालुटार खरसाङमा चार अनि रियाङ कालेबुङमा एक कोरोना सङ्क्रमण

मालुटार खरसाङमा चार अनि रियाङ कालेबुङमा एक कोरोना सङ्क्रमण

दार्जीलिङ 10 जून। खरसाङ महकुमाको मालुटार चियाकमानका चारजना पनि कोरोना सङ्क्रमित भएका छन्। सङ्क्रमितमध्ये तीनजना युवक र एकजना युवती छन्। उनीहरू चारैजना पछिल्ला 31 मईका दिन मालुटार आइपुगेका थिए भने 2 जूनका दिन उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो। प्राप्त जानकारीका अनुसार हिजो राति चारैजनाको रिपोर्ट पोजिटिभ आएको हो। यसैबीच उनीहरू चारैजनालाई आजै सिलगढ़ीको मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ। 31 मईका दिन दिल्लीबाट उनीहरूलगायत सातजना मालुटार फर्केका थिए, जसमध्ये तीनजनाको टेस्ट नेगिटिभ आएको छ। अर्कोतिर कालेबुङ जिल्लामा पनि कोरोना सङ्क्रमण बढ़्दै गइरहेको छ। पछिल्ला 2 जूनका दिनयता कालेबुङ जिल्लामा एकपछि अर्का गरी कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ। यसैक्रममा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रियाङमा कोरोना सङ्क्रमणको मामिला पुष्टि भएको छ। जिल्ला स्वास्थ्य सूत्रका अनुसार यसै महिलाको पहिलो तारिख दिल्लीबाट फर्केकी रियाङनिवासी एक 28 वर्षीय युवती कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। यी युवती आफ्ना श्रीमान् र दिदीसँग दिल्लीबाट फर्केकी थिइन्। 2 जूनका दिन उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने हिजो अबेर राति उनको टेस्ट पोजिटिभ आएको हो। उनको टेस्ट रिपोर्ट पोजिटिभ आएता पनि… Read More

विधायक राजकुमारी थापाद्वारा शोक व्यक्त

विधायक राजकुमारी थापाद्वारा शोक व्यक्त

गान्तोक, 10 जून। वरिष्ट पत्रकार श्रीमती सन्तोष निराश तथा सिक्किमकी पहिलो महिला विधायक श्रीमती हेमलता छेत्रीको निधनप्रति राङगाङ-याङगाङ निर्वाचन क्षेत्रकी विधायक राजकुमारी थापाले गहिरो शोक व्यक्त गरेकी छन्। उनले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, सिक्किमकी पहिलो महिला विधायक श्रीमती हेमलता छेत्री र वरिष्ट महिला पत्रकार श्रीमती सन्तोष निराशको आकस्मिक निधनको खबरले अत्यन्तै दुःखी बनेकी छु। दुवैको निधनले सिक्किमेली समाजमा अपूरणीय क्षति भएको छ। श्रीमती हेमलता छेत्री सिक्किमको पहिलो महिला विधायक थिइन्। पश्चिम सिक्किमको गेजिङ निर्वाचन क्षेत्रबाट 1974-मा विधायकको रूपमा चुनिएर 1979 सम्म उनले सिक्किमली जनताको सेवा गरेको हामीलाई स्मरण छ। वरिष्ट राजनीतिज्ञ तथा अधिवक्ता नरबहादुर खतिवड़ाकी धर्मपत्नी रहनु भएकी श्रीमती हेमलता छेत्रीको 65 वर्षको उमेरमा नै हृदयघातका कारण भएको निधनले हामी सबैलाई मर्माहत तुल्याएको छ। उनको आत्माले शान्ति पाओस्, शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यकत गर्दछु। विज्ञप्तिमा उनले अघि भनेकी छन्, सिक्किमकी वरिष्ट तथा पहिलो महिला पत्रकार सन्तोष निराशको निधन सिक्किमको पत्रकारिता जगतका लागि एउटा अपूरणीय क्षति हो। सधैं हंसमुख र उत्साहित देखिने श्रीमती सन्तोष निराश (माँजी) को 92 वर्षको उमेरमा भएको निधनले दुखित र मर्माहत बनाएको छ। उहाँको आत्माले चीर शान्ति प्राप्त गरोस्, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोकाकुल परिवारलाई यो दुःखद घड़ीमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन।

एसडीएफ पार्टीद्वारा शोकसभा आयोजन

एसडीएफ पार्टीद्वारा शोकसभा आयोजन

गान्तोक, 10 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका संस्थापक सदस्य तथा प्रथम कोषाध्यक्ष पासाङ छिरिङ लेप्चाको 82 वर्षको आयुमा हिजो देहवसान भएको छ। उनको देहवासले एसडीएफ पार्टीलाई शोकित तुल्याएको छ। यस शोकित घडीमा सामाजिक दुरीलाई पालन गर्दै एसडीएफ पार्टीले बाइपासस्थित पार्टी मुख्यालयमा आज शोकसभाको आयोजना गरियो। दुई मिनटको मौन धारण गरी मृतात्माको मोक्ष तथा परम गतिका निम्ति प्रार्थना गरियो भनी सिक्किम डेमोक्रेटिक प्रण्ट महासचिवा, प्रचार-प्रसार मामिला कविता सुब्बाद्वारा जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ। स्वर्गीय पासाङ छिरिङ लेप्चा पूर्व विधायक तथा एसडीएफ पार्टीकी वित्तीय मामिला उपाध्यक्ष निम्थित लेप्चाकी पिता हुन्। आजको शोकशभामा एसडीएफ पार्टीले स्व. पासाङ छिरिङ लेप्चाको आकस्मिक निधनमा गहिरो शोक प्रकट गर्दै शोकाकुल परिवारप्रति हार्दिक सम्वेदना पनि प्रकट गरियो। यसरी नै आजको शोकसभामा सिक्किमकी पहिलो नारी विधायक स्वर्गीय हेमलता छेत्रीको नाममा पनि मौन धारण गर्नका साथै परम मोक्ष प्राप्तिका निम्ति ईश्वरसित प्रार्थना गरियो। 65 वर्षमा देहवास भएकी स्वर्गीय हेमलता छेत्री सन् 1974-मा गेजिङ निर्वाचन क्षेत्रकोे विधायक बनेकी थिइन्। यसकासाथै उनले सिक्किम सरकारको सचिवा पदमा पनि सेवा पुर्‍याएकी थ़िइन्। स्वर्गीय छेत्रीको योगदान महत्त्वपूर्ण रहेको छ। उनको देहवासनमा एसडीएफ पार्टी गहिरो शोक प्रकट गर्दै शोकाकुल परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दछ भनी प्रचास सचिवा कविता सुब्बाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसरी नै सिक्किमकी वरिष्ट पत्रकार स्वर्गीय सन्तोष निराशको 93 वर्षमा देहवसान भएको… Read More

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

सिक्किमेली पत्रकारिताको क्षेत्रमा आफ्नो तर्फबाट अतुलनीय योगदान पुर्‍याउनु हुने एकजना निडर पत्रकार हुनुहुन्थ्यो सन्तोष निराश्। ‘माँजी’ को नामले लोकप्रसिद्ध सन्तोष निराशले 1980 को दशकदेखि 2000 को दशकसम्म सक्रिय रूपमा एकजना इमान्दार पत्रकार बनेर सिक्किम र सिक्किमे जनमानसको सेवा गर्नु भयो। उहाँको स्वर्गारोहणको समाचारले मलाई अत्यन्त मर्माहत् बनाएको छ। उहाँ जस्तो कमर्ठ, कर्तव्यपरायण, इमान्दार, स्पष्टवादी, तटस्त, निष्पक्ष, तार्किक, जनसेवी, निस्वार्थ पत्रकार दुर्लभ हुन्छन्। माँजीबाट मैले धेरै कुरो सिक्ने अवसर पाएको छु, प्रेरणा पाएको छु। प्रेस क्लबको अध्यक्ष भएको समय माँजी मलाई कुशल मार्ग निर्देशन गर्नु भयो। कतिपय जटिल परिस्थितिमा सहयोग र सुझाउ दिनु भयो। मलाई पीएचडी गर्नका पनि निम्ति उहाँले सदैव उत्साह दिनु भयो। उहाँले युवा पत्रकारलाई सदैव प्रोत्साह गर्नु हुन्थ्यो, विशेष गरी महिला पत्रकारलाई राम्रोसँग पत्रकारिता सिक्न प्रेरणा दिनु हुन्थ्यो। माँजीको योगदानको बखान गरेर साध्य छैन। म ‘समय दैनिक’-को सम्पादक रहेको समय माँजीलाई ‘समय दैनिक लाइफ टाइम एचिभमेन्ट अवार्ड’ले सम्मानित गर्ने सुअवसर प्राप्त गरेको थिएँ। म त भन्छु सन्तोष निराश साँच्चै सिक्किमेली पत्रकारिताकी ‘आमा’ हुनुहुन्छ। जननी हुनुहुन्छ। संस्कृतमा एउटा श्लोक छ, जो माँजीमा ठ्याक्कै मिल्छ। ‘यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः! चित्ते वाचि क्रियायांच साधुनामेक्रूपता!!’ अर्थात्- असल मानिसले त्यहीँ कुरा बोल्छन् जो उनको मनमा हुन्छ। असल मानिसले जे बोल्छन्, त्यहीँ गर्छन्। यस्ता सन्तको मन, वचन र कर्ममा एकरूपता हुन्छ।… Read More