इकोनमिक रिभाइबलभन्दा अगाड़ि सर्भाइबलको प्याकेज दिनुपर्छ : एमके सुब्बा

इकोनमिक रिभाइबलभन्दा अगाड़ि सर्भाइबलको प्याकेज दिनुपर्छ : एमके सुब्बा

एसडीएफ पार्टीको तर्फबाट 32 बुँदे सुझाउ र जनताको पक्षमा मागहरू राखे गान्तोक, 9 जून। सिक्किम सरकारले कोरोना महामारीबाट भएको आर्थिक सङ्कटबाट माथि उठ्नको निम्ति गठन गरेको इकोनमिक रिभाइबल कमिटीलाई राज्यका विभिन्न राजनैतिक दलले भेटेर आ-आफ्नो सुझाउ र गुनासो राखेको छ। टाशीलिङ सचिवालयमा कमिटीका अध्यक्ष सोनाम भेञ्चुङपा, योजना आयुक्त तथा कमिटीका सदस्य सचिव भीबी पाठक र अन्य सदस्य तथा कमिटीका प्रतिनिधिहरूसित सभा गरेर आ-आफ्नो माग र सुझाउ राखेको छ। यसमा सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) सँगै भारतीय जनता पार्टी (भाजपा) र हाम्रो सिक्किम पार्टी (एचएसपी)-का प्रनिधिहरूले लिखित सुझाउ, गुनासो र मागहरू समितिलाई सुम्पिएको छ। यसै क्रममा सभापछि पत्रकारहरूसित कुराकानी गर्दै एसडीएफका प्रमुख प्रवक्ता एमके सुब्बाले सभामा पार्टीको पक्षबाट राखिएका सुझाउ, गुनासो र मागहरूबारे जानकारी दिए। प्रवक्ता सुब्बाले कोरोना महामारीको कारण सिक्किमका जनतालाई आर्थिक सङ्कट आइपरेको अनि बाँच्नै धौधौ परिरहेको बेला सरकारले इकनमिक रिभाइबल होइन तर इकनमिक सर्भाइबलको कार्यक्रम झट्टै लागु गर्नुपर्ने जनताको पक्षमा एसडीएफ पार्टीले कमिटीसमक्ष माग राखेको बताए। सिक्किम सरकारलाई एसडीएफ पार्टीले पटक-पटक पत्रकार सम्मेलन गरेर वित्तीय सुधारको निम्ति आर्थिक परामर्श समिति गठन गर्नुपर्ने माग शुरूदेखि राख्दै आएको तर केन्द्र सरकारले सुझाउ चाँड़ो पठाउनु भन्दा पनि सरकारले ढिलाइ गरेको कारण अहिले समस्या भइरहेको बताए। राज्यको आर्थिक प्याकेजको निम्ति 15 मईभित्रमा माग बुझाउनु पर्ने राज्यहरूलाई केन्द्र सरकारले निर्देश… Read More

अमित शाहको भर्चुअल ऱ्याली सुनेर दार्जीलिङवासी उत्साहित 

अमित शाहको भर्चुअल ऱ्याली सुनेर दार्जीलिङवासी उत्साहित 

सिलगढी, 09 जून (हिस)। केन्द्रिय गृह मन्त्री अमित शाहले इन्टरनेटको माध्यमबाट मंगलबार भर्चुअल ऱ्याली गरेका छन्। यस अवसरमा भाजपा समर्थक अनि पार्टी कार्यकर्ताहरूले पूर्व भाजपा अध्यक्ष अमित शाहको सन्देश उत्साहपूर्वक सुनेका थिए। ऱ्यालीको निम्ति सिलगढी सांगठनिक भाजपा पार्टीमार्फत प्रत्येक स्थानमा बूथ, मण्डल आवश्यक व्यवस्था गरिएको थियो। सिलगढी सांगठनिक भाजपा पार्टी कार्यलयमा भाजपा अध्यक्ष प्रवीण अग्रवालको तर्फबाट जनसंवादमा सामेल हुने मानिसहरूको निम्ति व्यवस्था गरिएको थियो। यस अवसरमा धेरै संख्यामा पार्टीका कार्यकर्तीहरू अनि समर्थकहरू उपस्थित रहेका थिए। ऱ्यालीमा डाबाग्राम-फुलबाडीसमेत धेरै मण्डलका मण्डल अध्यक्षको नेतृत्वमा पार्टी समर्थकहरूले सामूहिकरूपमा जन संवादमा भाग लिए। अर्कोतिर दार्जीलिङ जिल्लाका सांसद राजू विष्ट घरबाटै भर्चुअल ऱ्यालीमा सामेल भएका थिए। यस अवसरमा सामाजिक दूरीको पालन गर्दै मानिसहरूले अमित शाहको सन्देश सुनेका थिए।

नोकरी गुमाउनेहरू किंचित पनि नडराउनु होस

नोकरी गुमाउनेहरू किंचित पनि नडराउनु होस

याद राख्नुहोस संकटकालले नै हामीलाई अवसर पनि प्रदान गर्छ। सामान्य र राम्रो स्थितिमा मानिसले आरामसित जीवन बताउॅंछन्। तर, जब स्थिति बिग्रन्छ तब मानिसले आफ्नो हात खुट्टा चलाउन थाल्छ। कोरोनाका कारण जसको नोकरी गइसकेको छ, उनीहरूले चिन्ता लिनुपर्ने कुनै विशेष आवश्यकता छैन। चिन्ता लिॅंदा केही प्राप्त पनि हुनेवाला छैन। आर.के. सिन्हा  कोरोनाको यो कठिन काल थाहा छैन कहिले समाप्त हुन हो। यसले सारा संसारलाई नै विभिन्न प्रकारको संकटमा पारेको छ। लाखौं मानिसहरूले आफ्नो नोकरी गुमाइसकेका छन्। दिनहूॅं यस्तो-यस्तो कम्पनीले आफ्नो कर्मचारीहरूलाई नोकरीबाट हटायो भन्ने समाचार सुन्नमा आइरहन्छ। हालमा सरकारी नोकरी बाहेक सबै नोकरीमाथि संकटको बादल छाएको छ। को व्यक्ति कुन पदमा छन्, यसले केही फरक पर्दैन। सबैलाई नै आफ्नो नोकरी जाने खतराले सताइरहेको छ। यो ​निश्चितरूपमा आजको दिनको एउटा दुर्भाग्यपूर्ण स्थिति हो। सॉंच्चै कोरोनाले सारा संसारलाई नै प्रभावित बनाएको छ। कहिले काहीं सोच्ने गर्छु कि हामीले कस्तो पाप गरेका थियौं र हाम्रो जीवनकालमा कोरोना आयो। यसको दुष्प्रभावबाट संसारका प्रत्येक व्यक्ति चिन्तित छ। तर, यससित हामी सबै नै मिलेर लड़ाई लड्नु पर्नेछ। जबसम्म यसको कुनै खोप तयार हुॅंदैन, तबसम्म हामी कोरोनासॅंगै बस्न सिख्नु पर्नेछ। यस अतिरिक्त अन्य कुनै दोस्रो विकल्प पनि छैन। याद राख्नुहोस संकटकालले नै हामीलाई अवसर पनि प्रदान गर्छ। सामान्य र राम्रो स्थितिमा मानिसले आरामसित जीवन बताउॅंछन्। तर, जब स्थिति… Read More

जनसाङ्ख्यिकीय खतरा र अवसरको मुहान

जनसाङ्ख्यिकीय खतरा र अवसरको मुहान

कोरोनापछिका चुनौतीहरू – 3 68 दिनको लकडाउनले कोरोनाको कड़ीलाई तोड़्न सफलता पाउनसकेन, निश्चय नै सङ्क्रमणको गतिलाई मन्द बनाइदियो। तर लकडाउनले सिर्जना गरेको प्रचण्ड अर्थनैतिक दबाउले सरकारहरूलाई लकडाउन क्रमिक रूपमा खोल्दै लैजान बाध्य पार्न साथै कोरोनाको सङ्क्रमण ज्यामितीय आकारमा बढ़्नथालेको छ। भन्नसकिन्न, भोलिको दिनमा सङ्क्रमण यसरी नै बढ़्नथालेको खण्डमा स्वास्थ्य आपात् काल सिर्जना हुनसक्छ र सरकारहरू बाध्य भएर पुनः लकडाउनको बाटोमा अग्रसर हुनसक्छन्। यसै पनि लकडाउनले देशको अर्थव्यवस्थालाई धराशायी बनाइसकेको छ, करोड़ौं मानिसहरूको रोजगार खोसिसकेको छ। अब पुनः लकडाउन देशवासीले सहन सक्नेछैनन्। यस लकडाउन कालमा हाम्रो देश श्रमजीवी जनताको विराट् विस्थापनको साक्षी हुनपऱ्यो। उद्योगपति, व्यापारी, व्यवसायी, ठेकेदार मालिकहरूको उदासीनताको फलस्वरूप मजदुरहरू रित्तो हात, भोकभोकै, बिनाकुनै साधन सैकड़ौं-हजारौं किलोमिटर हिँड़ेर घर फर्किए। अब प्रश्न उठ्छ – यी मजदुरहरूको व्यवस्थापन कसरी गर्ने? स्थिति साम्य बनेपछि, हुनसक्छ. मजदुरहरू पुनः तिनै कामहरूमा फर्कनेछन्, केही मजदुरहरू आफ्नै ठाउँमा जम्न कोशिश गर्नेछन् भने मजदुरहरूको एउटा राम्रै जत्थाले नयाँ क्षेत्रलाई आफ्नो गन्तव्य बनाउनसक्ने छन्। यस्तो भएको खण्डमा भोलिको दिनमा दार्जीलिङ अनि सिक्किममा प्रवासी मजदुरहरूको चाप सृष्टि हुनसक्छ, यहाँको जनसाङ्ख्यिकीमा पनि ठूलो परिवर्तन आउनसक्छ। सामाजिक सम्पदाहरूको निर्माण मजदुर, किसानहरूले गर्दछन्। मूल रूपमा पूँजीको उत्पादन पनि मजदुरहरूले गर्दछन्। मजदुर, किसान भएनन् भने पूँजी आफैले केही गर्नसक्दैन, देश र अर्थव्यवस्था एकै ऐंची पनि अघि बढ़्नसक्दैन, जुन कुरा लकडाउन कालमा मजदुरहरू घरमा… Read More

मङ्पू एक सप्ताह बन्द ः दार्जीलिङ र कालेबुङ खुल्लै

मङ्पू एक सप्ताह बन्द ः दार्जीलिङ र कालेबुङ खुल्लै

दार्जीलिङ, 8 जून। दार्जीलिङ शहर आजदेखि लगभग 80 प्रतिशत खुल्ला भएको भयो, तर यसको ठीक विपरीत मङ्पू बजार आजदेखि एक सप्ताहको लागि बन्द शुरू भयो। विशेष 3 दिनअघि दिल्लीबाट आफ्नो घर फर्किएकी एक युवतीको स्वाब जाँचको रिपोर्ट पोजिटिभ आएपछि मङ्पूका व्यापारीवर्गले आजदेखि सम्पूर्ण मङ्पू बजार नै बन्द गर्ने घोषणा गरेका हुन्। फलस्वरूप आजदेखि मङ्पू बजारका लगभग 150 वटै दोकानहरू बन्द हुन शुरू भयो भने मङ्पू र सिलगढ़ीमाझ चल्ने ट्याक्सी सेवा पनि एक सप्ताहकै लागि बन्द शुरू भयो। यति मात्रै होइन, मङ्पूको ट्रक पिकअप वेलफेयर एसोसिएशनले पनि सम्पूर्ण ट्रक तथा पिकअपहरूको सेवालाई पनि 3 दिनको लागि बन्द गर्ने घोषणा गर्‍यो। मङ्पूबाट प्राप्त भएको जानकारीअनुसार, हाल मङ्पूमा देशका विभिन्न स्थानबाट फर्किनेहरूमा लगभग 500 जना होम क्वारेन्टाइनमा बसेका छन् भने 40 जना मङ्पूको आईटीआईमा बनाइएको क्वारेन्टाइन सेन्टरमा 40 जनालाई राखिएको छ। विशेष सिटोङ क्षेत्रका मानिसहरूको लागि मूल बजार नै मङ्पू भएको कारण यहाँका दोकानदारहरूले आजदेखि एक सप्ताहको लागि मङ्पू बजार नै बन्द गर्ने निर्णय लिइएको मङ्पू मर्चेन्ट एसोसिएशनका कार्यकर्ताहरूले बताएका छन्। यद्यपि, मङ्पू र सिलगढ़ीमाझ चल्ने ट्रक साथै पिकअप सेवालाई केवल 3 दिन मात्रै बन्द गरिएको बताइएको छ। किनभने, दैनिक खाद्य सामग्री तथा साग-सब्जीहरू मङ्पूमा पनि सिलगढ़ीबाट नै आउने गर्छन्, यसैले यी सामग्रीहरू ल्याउने मूल साधन नै ट्रक अनि पिकअप गाड़ीहरू हुन्। यसैले… Read More

होटल बन्दको निर्णय भयो फिर्ता

होटल बन्दको निर्णय भयो फिर्ता

दार्जीलिङ, 8 जून। दार्जीलिङ होटल ओनर्स एसोसिएशनले जुलाईदेखि दार्जीलिङका होटलहरू बन्द गर्ने निर्णयलाई फिर्ता लियो। आज गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले होटल ओनर्स एसोसिएशन र विभिन्न संघ-संस्थाहरूसित होटल समस्या विषय लिएर एक बैठकको आयोजना गरेर यस्तो निर्णय गरिएको जीटीए अध्यक्ष अनित थापाले बताए। यसका साथै होटल कर्मचारीहरूका वेतन भुक्तान विषय लिएर एक सप्ताहभित्र एक संयुक्त कमिटीको गठन गरिने अनि यस कमिटीमा होटलको समस्या विषय लिएर अघि आइरहेका विभिन्न पार्टी, संघ-संस्थाहरूका 2-2 जना सदस्य सामेल गरिने भएको पनि थापाले बताए। जसमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका साथै अन्य पार्टीका सदस्यहरूलाई पनि सामेल गरिने भएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि दार्जीलिङ होटल ओनर्स एसोसिएशनले एक पत्रकार सम्मेलनको आयोजना गरी लकडाउनको कारण दार्जीलिङका होटल मालिकहरू आफ्ना कर्मचारीहरूलाई वेतन दिन नसक्ने अवस्थामा पुगेको अनि जुलाईदेखि होटल बन्द गर्ने निर्णयमा पुगेको घोषणा गरेको थियो। होटल मालिकहरूको यस्तो निर्णयको चौतर्फी विरोध शुरू भएको थियो भने जीटीए अध्यक्ष अनित थापाले पनि होटल मालिकहरूको यस निर्णयलाई गलत हो भन्ने बताएका थिए। जसको कारण उनले आज होटल समस्या विषय लिएर यो बैठकको आयोजना गरेका हुन्। अब होटलका कर्मचारीहरूलाई कति प्रतिशतको दरले वेतन भुक्तान गरिने हो, त्यसबारे गठन हुन लागेको नयाँ कमिटीले नै निर्णय लिनेछ। एक प्रश्‍नको उत्तरमा जीटीए अध्यक्ष थापाले भने, सरकारको नियमअनुसार हो भने होटल कर्मचारीहरूलाई सय प्रतिशतको दरले… Read More

देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन

देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन

गान्तोक, 9 जून। भारत सरकारले देशभरिका धार्मिक स्थलहरू सामाजिक दूरत्व पालन गर्दै पूजा अर्चनाको निम्ति खोल्ने निर्णय गरेर अधिसूचित गरेको भए पनि सिक्किममा भने लकडाउन शुरू भएयतादेखिकै आदेशको पालन गरिएको छ। राजधानी गान्तोक वरपर रहेका प्रमुख धार्मिक स्थलहरू बिहान र बेलुकीको साधारण प्रार्थना, पूजा अर्चनामात्र गरिन्दैछ। गुम्बामा अनुयायीहरूको भिडभाड़ छैन्। राजधानीको प्रमुख इञ्चे गुम्बा समितिका सदस्य दिछेन लामाले राजधानी वरिपरिका मानिसहरूको पुरानो अनि इष्टदेवको गुम्बा भएको हुनाले सरकारको आदेशअनुसार गुम्बामा भीड़भाड़ गर्न दिइएको छैन। यद्यपि, साँझ बिहानको पूजा अर्चना भने गरिरहेको उनले बताएका छन्। यसैगरि राजधानीको पुरानो गिर्जा सन्त थोमसका फादर पाउल काबोले आजदेखि देशभरि सबै धार्मिक स्थलहरू खोलिएको भएपनि सिक्किममा अहिलेसम्म सरकारको कुनै आदेश नआएको अनि महामारीबाट सबैलाई सुरक्षित राख्ने इस्टरको महिनामा पनि केवल पल्ली पुरोहितहरूले मात्र प्रार्थना गरिरहेको जानकारी गराएका छन्। प्रार्थना सभामा धेरै भीड हुने भएका कारण परमेश्वरको वचन घरैमा पठन गर्ने आग्रह गरिएको अनि अनलाइन प्रवचनहरू दिइरहेको पनि उनले बताएका छ। यसैगरि राजधानीको पुरानो जामा मस्जिद अनि ठाकुरबाडी मन्दिर पनि सुनसान रहेको अनि इमाम र पुरोहितले साधरणरूपमा नमाज र पूजा अर्चना मात्र गरिरहेका छन्।

जेबी दर्नालले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन ः एसडीएफ

जेबी दर्नालले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन ः एसडीएफ

गान्तोक, 8 जनू (हिस)। एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि लगाइएको कथित मानहानिको आरोपप्रति एसडीएफ पार्टीले घोर विरोध जनाएको छ। प्रवक्ता दर्नालले एक भीडियोमार्फत एसकेएम पार्टीका अध्यक्षका केही पारिवारिक कुरामाथि टिप्पणी गरेको विषयलाई लिएर उनीमाथि मानहानिको आरोप लगाएको एसडीएफको चेली मोर्चा सचिव, प्रभारी सकुन गुरुङले प्रेस विज्ञप्तिमा बताएकी छन्। विज्ञप्तिमा भनिएको छ, ‘एसडीएफ प्रवक्ताले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन। यो त स्वयं एसकेएम पार्टीका अध्यक्षले आफ्नो चुनावी नामाङ्कन पत्र दर्ता गर्दा उक्त विषयहरूको उल्लेख गरिएको कुरो हो, जो सिक्किमका जन-साधारणलाई पनि थाहा छ।’ एसडीएफले दर्नालको टिप्पणीलाई एसकेएम पार्टी अध्यक्षको छवि बिगार्ने कोशिश नरहेको, तर नारीहरूले अझ सम्मान र इज्जत पाउनु पर्छ भन्ने कुरा रहेको दाबी गरेको छ। विज्ञप्तिमा अझ भनिएको छ, ‘नारीको इज्जत र सम्मान हुनुपर्छ भन्ने एसकेएम पार्टीमा कहाँ नारीको सम्मान भएको छ र? विधानसभामा भएको एउटै नारी सदस्यसम्मलाई पनि न्याय गरेर मन्त्री पदमा राख्न नसक्ने एसकेएम पार्टीले कुन नारीलाई कहाँसम्म पुर्‍याएको छ? एसकेएम अध्यक्षको घरैभित्रको नारीलेसम्म न्याय नपाएको कुरा त कुनै सिक्किमेलाई थाहा नभएको होइन।’ विगत दिनमा मणिपालकी नर्समाथि भएको हमलालाई एसकेएम पार्टीका सदस्यहरूले कसरी हेर्छ? के नर्सले न्याय पायो भनी एसडीएफले प्रश्‍न पनि गरेको छ। यसैगरी, पेण्डिमक फेमिलीकी प्रियन्का छेत्रीलाई एसकेएम पार्टीका सदस्यले अपमानित गर्दा पार्टीका नारी सदस्यहरूले उनीमाथि न्याय गरेको थाहा नपाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको… Read More