कर्मचारीहरूलाई सहयोग गरेर पुण्य कमाउने होटल मालिक सदीपको संकल्प

कर्मचारीहरूलाई सहयोग गरेर पुण्य कमाउने होटल मालिक सदीपको संकल्प

दार्जीलिङ, 6 जून। कोरोना कालमा आफ्ना कर्मचारीहरूलाई भात-दाल जुटाउने वेतन प्रदान गरेर यशश्री कम्पनी अनि सुमी यशश्री होटल एण्ड रिसोर्टका महानिर्देशक सदीप लामाले पुण्य कमाउने संकल्प गरेका छन्। विशेष गत केही दिनअघि गोरामुमो नेता अजय एड्वर्डले एक पत्रकार सम्मेलनको आयोजना गरेर लगभग 18 वटा होटलका कर्मचारीहरूले गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-सित सम्पर्क गरेर आफ्नो दुखेसो पोखेको अनि ती होटलहरूको सूचीमा सुमी यशश्री होटल एण्ड रिसोर्टको पनि नाम सामेल भएकोमा आफूलाई नराम्रो लागेको लामाले बताए। यसका साथै लामाले आफ्नो होटलका सम्पूर्ण कर्मचारीहरूलाई लकडाउनको अवधिभरि वेतन भुक्तान गरेको अनि आगामी दिनमा पनि लगातार वेतन दिने संकल्प गरेको पनि घोषणा गरे। जसमा उनले आफ्ना होटलका सम्पूर्ण कर्मचारीहरू आफूसित खुशी रहेको पनि बताएका छन्। उनले यशश्री होटल एण्ड रिसोर्ट समूहमा 11 वटा होटल सामेल रहेको जानकारी गराउँदै लकडाउन वा कोरोना संक्रमणको कारण यी सम्पूर्ण होटलहरू बन्दावस्थामा रहे पनि यी सबै होटलका कर्मचारीहरूलाई भात-दाल जुटाउने वेतन दिइरहेको बताए। उनले भने-हाल कोरोना संक्रमणको कारण देश मात्रै होइन, विश्व नै संकटमा छ, होटल, पर्यटन व्यवसाय चौपट भएका छन्। यसै संकटबाट दार्जीलिङ पहाड़का होटल मालिकहरू पनि अघि बढ़िरहेका छन्। तरै पनि केही होटल मालिकहरू आफ्ना कर्मचारीहरूलाई आगामी दिनमा पनि वेतन दिनसक्ने अवस्थामा छन्, तरै पनि उनीहरूले कर्मचारीहरूको मर्कामा त्यति गम्भीरता देखाएका छैनन्। उनीहरूलाई जबर्जस्ती वेतन दिनैपर्छ भनेर चाप… Read More

के मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन? - केबी राई

के मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन? - केबी राई

गान्तोक, 06 जून (हिस)। सिक्किम सरकारले कोविड-19 को महामारीमा राज्य बाहिर फॅंसेकाहरूलाई ल्याउने पहल गर्दा तय गरेका मानदण्डहरूबारे पर्याप्त आधार नराखि काम गरेको कारण अहिले पुस्तौंदेखि सिक्किममा बसोबासो गर्दै आएका, तर कतिपयः कारणवश दस्तावेज बनाउन नसकेकाहरूलाई अन्याय भएको सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै राईले सिक्किम सरकारको अधिसूचना र नियमहरूमा भएको कमी कम्जोरीको कारण अहिले पूर्व सिक्किमको राउते साजोङ निवासी सुस्मिता सुब्बा र उनको परिवारलाई ठूलो अन्याय भएको बताए। उनले राज्य सरकारले पटक-पटक निकालेको अधिसूचनाले त्यसै पनि मानिसहरू अन्योलमा परेको बताए। उनले बाजेदेखि नातिनीसम्मको पुस्ता सिक्किममा बस्नु भनेको झण्डै एक शताब्दीको कुरा हो र उनीहरूले दस्तावेज बनाएन भन्नमै मानवताको आधारमा पनि उनीहरूलाई आफ्नै घर फर्किआउन नदिनु सबैभन्दा ठूलो पीडादायक कुरा भएको बताए। यसरी नै उनले राज्य सरकारले अहिलेसम्म फर्किआउनेहरूको निम्ति नियमलाई सुधार गरेर सुस्मिता सुब्बा र उनको परिवारलाई आफ्नो घर फर्किआउने व्यवस्था गर्नुपर्ने बताए। उनले यसको निम्ति सरकारले सुस्मिता जस्तै धेरैजना कारणवश दस्तावेज नहुँदा सिक्किम बाहिर नै बस्नुपरेकाहरूको निम्ति सिक्किम फर्किने व्यवस्था गर्नुपर्ने बताए। उनले धेरै ढिलो हुनुभन्दा अघि नै चाँडै सुस्मिता सुब्बा र उनको परिवारलाई सिक्किम प्रवेश गराएर सुव्यवस्थित ढङ्गमा एकान्तवासमा राख्नुपर्ने बताए।

देशको तुलनामा सिक्किमको कोविड जाँच उत्कृष्ट: डा. एमके शर्मा

देशको तुलनामा सिक्किमको कोविड जाँच उत्कृष्ट: डा. एमके शर्मा

गान्तोक, 06 जून (हिस)। सिक्किम सरकारले कोविड-19 जाँचबारे राष्ट्रिय स्तरभन्दा असल काम गर्दै स्वास्थ्य विभाग मन्त्री डा. एमके शर्माले दाबी गरेका छन्। सिक्किमले 10 लाखमा सात हजारको कोविड जाँच गरेर देशकै अनुपातमा धेरै जाँच गर्न सफल भएको उनले बताएका छन्।पत्रकारहरूसित विशेष कुराकानी गर्दै यस प्रकारको जानकारी दिएका हुन। उनले राज्य सरकारले फर्की आउनेहरूको निम्ति आवश्यक सबै प्रक्रिया र नियमहरू पुऱ्याएर काम गरिरहेको बताए। उनले स्वास्थ्यको क्षेत्रमा धेरै चुनौती रहेको बताउँदै ग्रामीण क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरूको पनि सुधार हुनुपर्ने बताए भने राज्यमा रेफरल अस्पताल हुँदाहुँदै पनि मानव संसाधनको ठूलो कमी रहेको बताए। उनले प्रारम्भिक चरणमा जिल्ला अस्पतालहरूलाई सशक्तिकरण गर्न मिशन मोडमा काम गरिरहेको बताए। उनले सिक्किमे रोगीहरू जसले अहिले पनि डाइलिसिस सुविधाको निम्ति पर्खिरहेका छन्, उनीहरूको निम्ति सुविधा उपलब्ध गराउन स्वास्थ्य विभाग लागिपरेको बताए। उनले अहिले पश्चिम जिल्लाको गेजिङ जिल्ला अस्पतालमा सबै आवश्यक सामानहरू उपलब्ध गराइएको अनि आगामी 15 दिनभित्रमा डाइलिसिस युनिट शुरु हुने बताए। यसैगरी अहिले राज्यभरि दुई सयभन्दा अधिक मिर्गौलाका बिरामीहरू डाइलिसिसको प्रतीक्षामा रहेको बताए। यसभन्दा अघि अधिकांश रोगीहरू छिमेकी राज्य पश्चिम बङ्गालको अस्पतालहरूमा निर्भर रहेका थिए। यसैगरी सरकारले उत्तर र पश्चिम जिल्लाका स्वास्थ्य सेवालाई सशक्त बनाउने अनि मगन जिल्ला अस्पताललाई उत्कृष्ट जिल्ला अस्पतालकोरूपमा निर्माण गर्ने काम गरिरहेको बताए।

सिक्किममा कोरोना पोजिटिभ व्यक्तिहरूको संख्या पुग्यो सात

सिक्किममा कोरोना पोजिटिभ व्यक्तिहरूको संख्या पुग्यो सात

गान्तोक, 06 जून (हिस)। सिक्किममा कोविड 19 पोजिटिभ मामिला बढ़ेर सात पुगेको छ। आज नयॉं चार जनाको रिपोर्ट कोविड 19 पोजिटिभ आएको छ। उक्त जानकारी राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा दिएका हुन्। उनले दक्षिण सिक्किमको कामराङ बोइज होस्टेलमा राखिएको दुई जना महिलाको रिपोर्ट आज पोजिटिभ आएको बताए। उनी दुवै जनाले 14 दिनको क्वारन्टाइन पूरा गरेपछि घर पठाइएको थियो। तर, नर्थ बङ्गाल मेडिकल कलेजबाट रिपोर्ट भने आएको थिएन। आज रिपोर्ट आएपछि दुवैलाई एसटीएनएम कोविड अस्पतालमा भर्ती गर्ने पहल शुरू गरिएको उनले बताए। यसरी नै महाराष्ट्रबाट फर्किएका एक कोरोना पोजिटिभ युवकको सम्पर्कमा आउने अन्य एक युवकको रिपोर्ट पनि पोजिटिभ आएको डा. पेम्पाले बताए। यसैगरी, दिल्लीबाट फर्केर आउने नाण्डोक निवासी एक व्यक्तिको सम्पर्कमा आएका उनकै आफन्तको रिपोर्ट पनि पोजिटिभ आएको छ। डा. पेम्पाले कोविड पोजिटिभ रिपोर्ट आएकाहरूको सम्पर्कमा आउने सबैको खोजी गरिएको र अब सबैको नमूना जॉंच गरिने जानकारी दिए। उनले सिक्किमका जनतालाई अब अझ अनुशासित बनेर बस्नुपर्ने आवश्यकता रहेको बताए। क्वारन्टाइनबाट पहिलो ब्याचका 18 जनालाई घर पठाइयो सोरेङ, 06 जून (हिस)। सोरेङ महकुमाअन्तर्गत मालबाँसे डनबस्को स्कूलमा बनाइएको क्वारन्टाइन सेन्टरबाट पहिलो ब्याचका 18 जनाले आफ्नो क्वारन्टाइनको समय पूरा गरेर घर फर्किएका छन्। उनीहरू सबैको जाँच रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको हो। अब उनीहरूले दोस्रो चरणमा… Read More

दंगा भड़काउने गर्भवती महिलालाई जेल किन न हाल्ने

दंगा भड़काउने गर्भवती महिलालाई जेल किन न हाल्ने

आर.के.सिन्हा साम्प्रदायिक दंगा भड़काउने जस्तो गम्भीर आरोप झेलिरहेकी महिलालाई जेल हाल्नु के अपराध हो? के कुनै गर्भवती महिलालाई कसैको हत्या वा अन्य अपराध गरेपछि जेल हाल्नु यसकारण अनुचित हो, किनकि उसको गर्भमा नानी हुर्किरहेको छ? यो प्रश्न महत्वपूर्ण अनि सही पनि छ। असलमा दिल्लीको एउटा अदालतले गत फरवरी महिनामा राजधानीमा साम्प्रदायिक हिंसाको सम्बन्धमा यूएपीए कानूनअन्तर्गत पक्रा परेकी जामिया समन्वय समिति (जेसीसी) सदस्या सफूरा जरगरको जमानत अर्जी खारेज गरिदिएको छ। जामिया मिल्लिया इस्लामियामा एम फिलकी छात्रा सफूरा चार महिनाको गर्भवती रहेको बताइएको छ। सफूरामाथि दिल्लीमा भड्किएको दंगाको षड़यन्त्रमा संलग्न रहेको आरोप छ। अब हामी सॉंचो मुद्दामा आउ। सफूरालाई जेलबाट बाहिर निकाल्नुपर्छ भन्ने पक्षमा तमाम सेक्युलरवादीहरू अहिले सोशल मीडियामा सक्रिय छन्। उनीहरूको भनाइअनुसार सफूरा गर्भवती छिन्, यसकारण उसको जमानत अर्जीलाई स्वीकार गरिनु पर्ने थियो। सफूराको पक्षमा यस्तो कमजोर तर्क सेक्युलरवादीहरूले दिइरहेका छन्। के सफूराको निम्ति आँसू बगाउनेहरूले कहिले यस्तो तर्क अन्य महिलाहरूको निम्ति दिएका छन्? सबैभन्दा लाजमर्दो विषय के छ भने सफूराको पक्षमा आवाज उठाउनेहरूले केरलमा मारिएको हाथीको निम्ति बोल्नेहरू सफूराको निम्ति किन चुप छन् भनेर प्रश्न गरिरहेका छन्। अब तपाईहरू नै भन्नुहोस यति मूर्खतापूर्ण तुलना गर्नुको आजको दिनमा कुनै अर्थ छ? तर यो देशमा अभिव्यक्तिको स्वतन्त्रता छ, यसकारण तपाईहरू जे चाहनु हुन्छ बोल्न सक्नु हुन्छ र जुन कुरामा चाहे त्यही कुरामा सरकारलाई गाली गर्न खुल्ला छुट प्राप्त छ।… Read More