एसकेएम सरकार गठनको एक वर्ष पूरा भए पनि आफ्नो वाचाहरू पूरा गर्न सकेन ः जेबी दर्नाल

एसकेएम सरकार गठनको एक वर्ष पूरा भए पनि आफ्नो वाचाहरू पूरा गर्न सकेन ः जेबी दर्नाल

गान्तोक, 4 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका प्रवक्ता जेबी दर्नालले सिक्किम क्रान्तिकारी मोर्चाले सरकार गठन गरेको एक वर्षको बधाई दिँदै सरकारले गरेका चित्त नबुझ्ने कामहरूमाथि सरकारलाई घेरेका छन्। उनले एसडीएफ पार्टी मुख्यालयबाट एउटा भीडीयो प्रसारण गर्दै भनेका छन्, एसकेएम पार्टीको सरकारको पक्षबाट धेरै कुराहरू आएका छन् त्यसमा छोड़िएका कुराहरूलाई समेटेर सिक्किम र सिक्किमे जनता अघि ल्याउने छु। उनले भने, सिक्किमको राजनीतिक इतिहासमा सिक्किममा मनोनित मुख्यमन्त्री बनेका छन्। उनले एसकेएम सरकारको एकवर्षे उपलब्धीहरूबारे बोल्दै भनेका छन्, सिक्किमको इतिहासमा गएको 27 मईको 2019-को दिन मनोनित मुख्यमन्त्रीको रूपमा शपथ लिँदा उनको निम्ति राम्रो भएपनि सिक्किमको भविष्यको निम्ति भने खतरा भएको छ। यसकृत्यले सिक्किमको रक्षा कवच धारा 371 (एफ) प्रावधानको हत्या गरिएको छ भने यो सिक्किमको इतिहासको निम्ति कालो दिन सावित भएको छ। यसले भविष्यमा सिक्किममा सबैलाई मनोनित मुख्यमन्त्री हुने बाटो खोलिदिएको छ। यसरी नै सिक्किमको पुरानो कानुन रूल फोर-फोरलाई मिचेर महेन्द्र पी लामालाई मुख्य आर्थिक सल्लाहकार, सुनिल सरौगीलाई मुख्यमन्त्रीको ओएसडी केविनेटको रूपमा नियुक्त गरियो। आर्थिक अपराधमा एक वर्षको कारावास बसेका मुख्यमन्त्री पीएस गोलेले आफ्नो बहुमतको सरकार हुँदाहुँदै पनि उपचुनाउमा दुईवटा बीएल सीट भाजपालाई दिएर आफूमा लागेको 6 वर्षको प्रतिबन्ध हटाई 1 वर्ष 1 महिनाको बनाउन सफल भए। यसरी नै उनले भने, 371 (एफ)-ले बचाएर ल्याएको सिक्किमेको अधिकार र खाँटी सिक्किमे वाहन चालकहरूको… Read More

कोरोनापछिका चुनौतीहरू-2

मानवजातिमाथि आइलाग्ने हरेक महामारी, विपत्ति र विध्वंसपछि मानवजाति पुनः सम्हालिएर आएको छ। मानवजातिको इतिहासमा विपत्ति स्वाभाविक नियम हुन् तर यो हामीले अपेक्षा गरेजस्तो तिथिमिति तोकेर आउँदैन, आकस्मिक ढङ्गमा आउँदछ। विपत्तिहरू त्यसैले नियमित आकस्मिकताहरू हुन्। यस्ता नियमित आकस्मिकताहरूलाई सहन गर्न, त्यसबाट आफ्नो अस्तित्व जोगाउन, त्यसले ल्याउने क्षय-क्षतिहरू कम गर्न र भविष्यमा त्यस्ता विपत्तिहरूको आशङ्कालाई कम गर्न मानव समाज कति सक्षम छ, त्यो यस्ता विपत्तिहरूले नै परीक्षा गर्दछन्।यसचोटिको महामारीले विकसित भनिने मुलुकहरूको आन्तरिक कमजोरीलाई उजागर गरिदियो भने भारतजस्तो देशको शासनप्रणालीको कमजोरी पनि उदाङ्गो पारिदियो। विकसित मुलुकहरूमा स्वास्थ्य सुविधा, विपत्तिको समय जनताको आर्थिक र सामाजिक सुरक्षा, जनताको स्वास्थ्य सेवाको उपलब्धताका कारण जनताको ज्यान धेरै गए पनि ती समाजहरू पुनः खडा हुन सक्षम देखिन्छन्। त्यहाँ केवल शासकहरूको कमजोरी अनि विपत्तिलाई कम्ती आँक्ने दोषको कारण यति क्षति भए। तर भारतको स्थिति भिन्न छ। भारतमा कोरोना महामारी ढीलो शुरू हुनगयो, जसबाट यस रोगबाट बच्न तयारी गर्ने समय पायो। भारतले अलि ढीलै भए पनि लकडाउनलाई प्रयोग गरेकाले यस रोगको व्यक्तिगत प्रसारणको अवधि लामो रह्यो, सामाजिक सम्प्रसारण वा सङ्क्रमण यति चाँड़ै आउन पाएन। पूर्व सतर्कताको कारण भारतमा कोरोनाबाट मृत्यु दर एकदमै थोरै छ। केन्द्रीय सरकार अनि प्रान्तीय सरकारहरूको काम गराइमा धेरै कमी-कमजोरीहरू भए पनि जनदबाउका कारण कोरोना रोकथाम, क्वारेण्टाइन, उपचार आदिका क्षेत्रमा कामहरू भइरहेका छन्। तर लकडाउन उठाउनसाथ… Read More

आठ जुनदेखि दक्षिणेश्वर खोलिने

आठ जुनदेखि दक्षिणेश्वर खोलिने

कोलकाता, 04 जून (हिस)। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक जूनदेखि नै राज्यभरिका सबै धार्मिक स्थलहरूलाई खोल्ने अनुमत दिएकी छन्। तर, कालीघाटसमेत धेरै महत्वपूर्ण मन्दिर अहिले बन्द रहेका छन्। मन्दिर समितिले संक्रमणलाई हेर्दै मन्दिर प्रबन्धन कमिटीले धार्मिक स्थललाई बन्द राख्ने निर्णय लिएको हो। अब हुगली नदी किनारस्थित ऐतिहासिक दक्षिणेश्वर मन्दिर खोलिने भएको छ। प्रारम्भिक चरणमा 60 जनालाई मन्दर प्रवेशको अनुमति दिइने छ। प्रधान पुरोहत अनि सेवकहरूले प्रोटेक्टिभ सूट लगाउन जरुरी छ। भक्तजनले पनि मास्क लगाउन अनिवार्य गरिएको छ। मन्दिरमा प्रवेश गर्नअघि थर्मल स्क्रीनिङ गरिने छ। प्रारम्भमा आठ अनि 10 जूनको दिन मन्दर खोलिने छ। यी दुई दिन बिहान र साँझ अढाई घण्टा मन्दर खोलिने छ। अहिले रामकृष्णन परमहंसको घर अथवा साना मन्दिर खोलिने छ।

मुम्बईबाट फर्किएका व्यक्तिको रिपोर्ट आयो पोजिटिभ, संक्रमितहरूको संख्या पुग्यो तीन

मुम्बईबाट फर्किएका व्यक्तिको रिपोर्ट आयो पोजिटिभ, संक्रमितहरूको संख्या पुग्यो तीन

गान्तोक, 04 जून (हिस)। मुम्बईबाट सिक्किम फर्किरहेका एक व्यक्तिको जॉंच रिपोर्ट कोविड 19 पोजिटिभ आएको छ। सिक्किम आउनअघि मुम्बईमा नै उनले जॉंच गराएका थिए भने आज मात्र उनको रिपोर्ट आएको हो। उनी आज ट्रेनबाट न्यू जलपाइगढ़ी रेलवे स्टेशनमा ओर्लिएपछि राज्य सरकारले पठाएको एसएनटी बसमा चढ़ेर सिक्किम आउने क्रममा रिपोर्ट आएको जानकारी राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा दिए। डा. भोटियाले बताएअनुसार उनी ट्रेनको बगी नम्बर चारमा थिए भने त्यस बगीमा सिक्किमका धेरै कम्ति मानिसहरू थिए। यसैगरी, उनी चढ़ेको एसएनटी बसमा पनि चालकसहित 14 जना थिए। सबै यात्री दक्षिण जिल्लाका हुन्। पहिले कोरोना संक्रमित व्यक्तिलाई एसटीएनएम अस्पतालमा भर्ती गरिने छ। यसपछि बसका अन्य यात्रीहरूलाई भिन्नै क्वारन्टाइन सेन्टरमा राखेर सबैको नमूना जॉंच गरिने छ।उल्लेखनीय छ, सिक्किममा कोरोना संक्रमितहरूको संख्या बढ़ेर तीन पुगेको छ। यस अघि दिल्लीबाट फर्किएका दुई व्यक्तिको रिपोर्ट पनि पोजिटिभ आएको थियो भने हाल दुवै नयॉं एसटीएनएम अस्पतालमा स्थापित कोविड अस्पतालमा उपचाराधिन छन्।

ग्रामीण भारतलाई ऐतिहासिल बल प्रदान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषद्को बैठक

ग्रामीण भारतलाई ऐतिहासिल बल प्रदान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषद्को बैठक

कृषकहरूको लाभ तथा कृषि क्षेत्रमा सुधारको निम्ति ऐतिहासिक निर्णय आवश्यक सामग्री ऐनमा संशोधनद्वारा कृषकहरूको निम्ति नियामक परिवेशमा उदारीकरण कृषि उब्जनीहरूको अन्तर राज्य तथा राज्यभित्र बाधामुक्त कारोबारको निम्ति अध्यादेश अनुमोदित परिशोधक, सङ्कलनकर्ता, थोक बिक्रेता, बृहत् खुद्रा बिक्रेता तथा निर्यातकहरूसँग कारोबारी वार्ता गर्न कृषकहरू अधिकृत आवश्यक सामग्री ऐनमा ऐतिहासिक संशोधन मन्त्री मण्डलद्वारा आवश्यक सामग्री ऐनमा ऐतिहासिक संशोधन अनुमोदन गरियो| कृषि क्षेत्रमा रूपान्तरण ल्याउँदै कृषकहरूको आमदानी बढाउने दिशामा यो दूरदर्शी कदम हो| पृष्ठभूमि ः कृषि उत्पादनमा भारतले आवश्यकभन्दा बढी उब्जनी गरिरहेको भए तापनि शीत भण्डार, परिशोधन तथा निर्यातको क्षेत्रमा निवेशको कमीका साथै आवश्यक सामग्री ऐनको तलवार सधैं झुण्डिरहेको हुँदा कृषकहरूले मुनासिब मूल्य पाउन सकिरहेका थिएनन्| सड्ने-गल्ने वस्तुहरूको बम्पर उब्जनी हुँदा कृषकहरूले धेरै ठूलो घाटा बेहोर्नुपर्ने हुन्छ| पर्याप्त परिशोधन सुविधा सुलभ भए, त्यस्ता क्षतिलाई धेरै नै कम गर्नसकिन्छ| लाभ: आवश्यक सामग्री ऐनमा संशोधनसँगै अन्न, दाल, तेलजन्य वस्तु, खाद्य तेल, प्याज र आलु जस्ता सामग्रीलाई आवश्यक वस्तुको सूचीबाट बाहिर गरिनेछ| यसो गर्दा निजी निवेशकहरूमा व्याप्त अत्याधिक नियामक हस्क्षेपको डर हटेर जानेछ|उत्पादन, भण्डारण, स्थानान्तरण, वितरण तथा आपूर्तिको स्वतन्त्रताले व्यापक रूपमा आर्थिक दोहनका साथै कृषि क्षेत्रमा निजी क्षेत्र लगायत विदेशी प्रत्यक्ष निवेश आकर्षित गर्नेछ| यसले खाद्य आपूर्ति शृङ्खलाको आधुनिकीकरणका साथै शीत भण्डारमा निवेश बढाउनेछ|उपभोक्ताहरूको हितरक्षा ः नियामक परिवेशको उदारीकरण गर्दा, सरकारले उपभोक्ताहरूको हितरक्षा पनि सुनिश्‍चित गरेको छ|… Read More