घर फर्किआएकाहरूलाई जैविक कृषि क्षेत्रमा सम्भावना सिर्जना गरेर आर्थिक महामारीबाट राहत दिनुपर्छ ः पीडी राई

घर फर्किआएकाहरूलाई जैविक कृषि क्षेत्रमा सम्भावना सिर्जना गरेर आर्थिक महामारीबाट राहत दिनुपर्छ ः पीडी राई

गान्तोक, 2 जून। सिक्किमको पूर्व लोकसभा सांसद पीडी राईले कोभिड-19 को महामारीले ल्याएको आर्थिक महासंकटबाट राज्यलाई निकाल्ने दिशामा गर्नुपर्ने विभिन्न पहलबारे सुझाउ राखेका छन्। उनले तादोङस्थित निजी निवासमा पत्रकारहरूसित कुराकानी गर्दै भने, राज्य सरकारको निम्ति अहिले मुख्य चुनौती भनेको बाहिरबाट फर्किआएकाहरूको निम्ति गर्नुपर्ने विभिन्न व्यवस्थाहरूको छ। फर्किएकाहरूलाई स्वागत गर्नुपर्छ उनीहरू देशको विभिन्न भागमा कठीन परिश्रम गरिरहेका थिए, उनीहरूले आफ्नो परिवारलाई आर्थिक सहयोग पनि पठाइरहेका थिए तर उनीहरू फर्किआएपछि भने आर्थिक समस्याको रूपमा अघि आउनेछ। यसलाई समाधान गर्नको निम्ति राज्य सरकारले पहल गर्नुपर्ने बताए। उनले भने, सबै राज्य सरकारहरूले इकोनमिक रिभाइभल कमिटि गठन गरेको छ त्यो समितिले मुख्य रूपमा पर्यटन व्यावसाय ध्यान केन्द्रित गरेको छ होटल, ट्राभल एजेन्टमा तर सिक्किमको कृषि क्षेत्र जसलाई जैविक कृषिको रूपमा विकास गरेको छ त्यसमा अहिले धेरै अवसरहरू हुनेछ फर्किआएकाहरूलाई कृषि क्षेत्रमा संलग्न गराउनुपर्छ। कृषि क्षेत्रले धेरै सम्भावना बोकेको छ, पूर्व सांसद राईले भने। त्यसैगरी अन्तिम क्षेत्रको रूपमा पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भने यसैगरी सिक्किममा भएको विद्युत उत्पादन क्षेत्रलाई पनि अघि बढाउन सकिन्छ। अहिले देशभरि विद्युतको माग हुनेछ, यद्यपि अहिले कम्ति दाम रहेको छ। हामीमा भएको विद्युतलाई भविष्यको निम्ति प्रयोग गर्नुपर्छ उनले भने। अर्कोतिर पञ्चायतहरूको अधिकार कटौती गर्ने ग्रामीण प्रबन्धन विभागको अधिसूचनाले बीडीओलाई दिएको अधिकारबारे बोल्दै पञ्चायतहरूको अधिकार कटौती गलत रहेको छ। पञ्चायतहरू जनताको प्रतिनिधि… Read More

1053 जनाले पूरा गरे 28 दिनको क्वारन्टाइन 

1053 जनाले पूरा गरे 28 दिनको क्वारन्टाइन 

गान्तोक, 01 जून (हिस)। सिक्किम सरकारद्वारा राज्यमा स्थापना गरिएका फेसिलिटी क्वारन्टाइन र पेड क्वारन्टाइन सेन्टरहरूमा राज्य बाहिरबाट आउनेहरूको क्रम चलिरहेको छ। सरकारको संयन्त्र रात दिन सात दिन गरी क्वारन्टाइनमा आवश्यक सुविधाहरू उपलब्ध गराउने कार्यमा लागिपरेको छ। विभिन्न कोणहरूबाट आलोचना र विरोधका स्वरहरू उठिरहेको बेला स्वास्थ्य विभाग, पुलिस बल, सफाई कर्मचारी, जिल्ला प्रशासन लगातार काममा जुटेका छन्। केही छुटपुटका समस्याबाहेक क्वारन्टाइनमा रहेकाहरूले सरकारको व्यवस्थाप्रति कृतज्ञता प्रकट गरिरहेका छन्। 31 मईसम्मको सरकारी आँकड़ाअनुसार पश्चिम जिल्लाका फेसीलिटी क्वारन्टाइनमा कुल 572 जना राखिएको छ भने पेड क्वारन्टाइनमा 79 जना रहेका छन्। यसैगरी होम क्वारन्टाइनमा 307 जना छन्। 28 दिनको क्वारन्टाइन सक्ने कुल 1053 जना पुगेको छ। आइतबारसम्ममा 542 जनाको रगत जाँच गरिएको छ जसमा 257 जनाको नेगेटिभ आइसकेको छ। 285 जनाको परिणाम आउन बाँकी रहेको छ। पश्चिममा सरकारी क्वारेन्टीन19 वटा र 8 वटा पेड क्वारन्टाइन रहेको छ। पेलिङमा पेड क्वारेन्टीन बस्नेलाई राखिएको छ।

यो साल जैविक मकैको उत्पादनमा कमि आउने छाटकाट

यो साल जैविक मकैको उत्पादनमा कमि आउने छाटकाट

सोरेङ, २ जुन (सरोज गुरुङ)। पहाडी राज्य सिक्किममा यो साल जैविक मकैको उत्पादनमा कमि आउने छाटकाट देखिएको छ। मकैमा लागेको रोगले कृषकहरु धेरै चिन्तित छन्। मकै यहाँको एउटा मुख्य फसल नै हो। तर यो वर्ष धेरै कृषकहरुको मकै खेती रोगले स्वाहा बनाएको छ। यस रोगलाई पुतली लागेको भन्ने चलन गाउँमा उहिलेदेखि नै छ। मकैको कलिलो गुबा र पातलाई किराले खाएपछि मकै आफैं मरेर जान्छन्। अनि यो किरा लाग्ने रोग डढेलो भन्दा छिटो फैलिएर जाने भनाई कृषकहरुको छ। पश्चिम सिक्किम धेरै स्थानमा यो रोग फैलिएर मकै सखाप बनाएको रिपोर्ट प्राप्त भइरहेको छ। अर्कोतिर पीडित कृषकहरुको गुनासोलाई मध्यनजर राख्दै सम्बन्धित कृषि तथा बागवानी विभागका अधिकारीहरुले क्षतिग्रस्त क्षेत्रको भ्रमण गरेर कृषकहरुसँग संवाद गरिरहेका छन्। यद्यपि यो रोगको निधान भने भएको छैन। जैविक खेतीपातीलाई आफ्नो आयस्रोत बनाउने कृषकहरुको निम्ति यो नि:सन्देह चिन्ताको विषय हो।

केन्द्र सरकारबाट दिइने प्याकेजको हिस्सा हस्टपिटालिटी सेक्टरलाई राहत दिन खर्चनुपर्छ ः दिले नामग्याल बर्फुङपा

केन्द्र सरकारबाट दिइने प्याकेजको हिस्सा हस्टपिटालिटी सेक्टरलाई राहत दिन खर्चनुपर्छ ः दिले नामग्याल बर्फुङपा

गान्तोक 1 जून। सिक्किममा सत्ता परिवर्तन भएको एक वर्षपछि नयाँ सरकारको कार्यकौशलको पर्यालोचना गर्दै सिक्किम नेशनलिष्ट पिपल्स पार्टी (एसएनपीपी) ले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो बाचाहरू र घोषित मुद्दाहरूमा आधामात्र सफल भएको अनि आधा असफल भएको मन्तव्य व्यक्त गरेको छ। राजधानी गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर एसएनपीपीका अध्यक्ष दिले नामग्याल बर्फुङपाले एसकेएम सरकारको काम गरिगराईलाई दशमा पाँच अङ्क दिने दाबी गरे। उनले भने, अहिले एक साल पूरा गरेकोमा एसएनपीपीको तर्फबाट सरकारलाई बधाई दिन्छौं एक साल पूरा गरे पनि सही रूपमा काम गर्ने मौका नपाएको कारण सरकारले आफ्ना बाचाहरू पूरा गर्न नसकेको होला हामीले कोभिड-19 को कारण सरकारले गर्नुपर्ने कार्यहरूमा आएको रोकावटको बारेमा पनि बुझिदिनुपर्छ। उनले अर्कोतिर सरकारले सत्तामा आउन अघि गरेका प्रतिज्ञा र सरकारमा आएर गरेका विभिन्न अधिसूचनाको आधारमा भने अहिलेसम्म काम नभएको भन्दै असन्तुष्टि पोखे। उनले भने, पहिलो अप्रेलदेखि नियुक्ति र अन्य कुरा गरिँदैन भनेर अधिसूचना जारी गरिन्छ तर त्यही अधिसूचनाको उल्लंघन गर्दै नियुक्ति र एक्सटेन्सन दिइन्छ जुन सरकारको गल्ती हो। यसैगरी उनले एक्सटेन्सन दिनको साटो सबैलाई नोकरीको समय सीमा बडाएर 60 वर्ष गरिदिनुपर्ने कसैलाई भेदभाव नगर्नुपर्ने माग राखे। अर्कोतिर कोभिड 19 को महामारीले प्रभावित चालक, होटल, पर्यटन व्यावसाय र अन्य साना साना व्यापारीहरूलाई परेको मार्गबारे सरकारले ध्यान दिएर उनीहरूलाई मासिक रूपमा राहत प्रदान गर्नुपर्ने बताए। केन्द्र सरकारले… Read More

आजदेखि दार्जीलिङमा चल्नेछ 25 प्रतिशत गाड़ी

आजदेखि दार्जीलिङमा चल्नेछ 25 प्रतिशत गाड़ी

दार्जीलिङ, 1 जून। दार्जीलिङका मोठ 72 वटा मोटर सिण्डिकेटका 25 प्रतिशत गाड़ीहरूको चलाचल भोलि मङ्गलबारदेखि शुरू हुने भयो। यद्यपि, विभिन्न चियाबगान, बस्ती इलाकाबाट चल्ने गाड़ी, मिनी बसहरूको चलाचल आगामी 8 जून अनि दार्जीलिङ-सिलगढ़ीमाझका यात्रीवाहक गाड़ीहरू 15 जूनदेखि चल्न शुरू हुने निश्‍चित भयो। तर दार्जीलिङ र सिलगढ़ीमाझ केवल 20-20 वटा मात्रै यात्रीवाहक गाड़ी चल्ने पनि निर्णय भएको छ। जसमा सिण्डिकेटका 10 वटा अनि झप्का 10 वटा सामेल रहनेछन्। आज हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले एक बैठकको गरेर यस्तो निर्णय लिएको कमिटीका अध्यक्ष एसएन प्रधानले जानकारी गराएका छन्। यद्यपि, गाड़ी भाड़ा विषयमा गाड़ी चालक र यात्रीहरूमाझ नै छलफल हुने पनि बताइएको छ। यसबारे पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीका अध्यक्ष प्रधानले भने, केन्द्र सरकारले देशमा चलिरहेको लकडाउनलाई आजदेखि अनलक गरिदिएको छ भने पश्‍चिम बंगाल सरकारले लकडाउनलाई राज्यमा आगामी 15 जूनसम्म जारी राख्ने घोषणा गरेको छ। तर यस अवधि धेरैवटा विषयलाई खुल्ला राख्ने पनि घोषणा गरिएको छ। यसै विषयलाई ध्यानमा राखेर नै हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले आज एक बैठकको आयोजना गरी भोलिदेखि दार्जीलिङका लगभग 25 प्रतिशत गाड़ीहरूको चलाचल शुरू गर्ने निर्णय लिएको उनले बताए। उनले भने, तर गाड़ी चलाउँदा सामाजिक दूरीलाई विशेष ध्यान दिनुपर्छ अनि सानो गाड़ीमा केवल 3 जना यात्री र ठूलो अर्थात सुमो जस्ता गाड़ीमा केवल 5 जना यात्री मात्रै चड़ाउन पाइनेछ। हाल दार्जीलिङ… Read More

पहाड़ आउनेहरूको सही जाँच हुँदैछ?ः गोरामुमो

पहाड़ आउनेहरूको सही जाँच हुँदैछ?ः गोरामुमो

दार्जीलिङ, 1 जून। देशका विभिन्न राज्यहरूबाट आफ्नो घर आउनेहरूको स्वास्थ्य वा स्वाबको ठीकसित जाँच भएको छ कि छैन? यसमाथि जिल्ला प्रशासन र जीटीएले विशेष ध्यान दिनुपर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले माग गरेको छ। यस्तो माग गर्दै गोरामुमो खरसाङ शाखाका प्रचार प्रसार सचिव भुपेन्द्र गुरूङले देशका अन्य स्थानबाट पहाड़ फर्किने प्रत्येकको पहाड़ भित्रिनअघि सठीक जाँच हुनपर्ने माग गरेका छन्। उनले भने, गत 29 मईको दिन खरसाङ महकुमामा पर्ने खरसाङ नगरपालिका क्षेत्र र सोनादा क्षेत्रका चारजनालगायत दार्जीलिङ जिल्लामा पर्ने खोरीबारीका एकजना गरी पाँचजना कोभिड-19 बाट सक्रंमित भएको पुष्टि भएको थियो। यसप्रकारको घट्नाले सम्पूर्ण पहाड़वासीलाई चिन्तित बनाएको छ अनि निकट भविष्यमा पहाड़मा कोभिड-19-को भयावह स्थिति हुने संकेत पनि हो। अब पहाड़वासीले अझै सावधानी अप्नाउन पर्नेछ। उनले भने, पहाड़मा नोबल कोरोना भाइरसको संक्रमण भित्रिनुमा संक्रमित व्यक्तिहरूको कुनै दोष छैन। यस्तो घट्ना कुनै पनि व्यक्ति वा कुनै पनि परिवारमा हुनसक्छ। तर बाहिरबाट आफ्नो घर फर्किने दाज्यु-भाइ, दिदी-बहिनीहरूको पहाड़ भित्रिअघि जाँच कस्तो हुँदैछ? यो विषय गम्भीर छ। किनभने, बाहिरबाट आफ्नो घर आउनेहरूलाई कसैले होम क्वारेन्टाइन, कसैले संस्थागत क्वारेन्टाइनको कागज लिएर आउने गरेका छन्। तीमध्ये कति क्वारेन्टाइनमा बसे, कति खुल्ला घुमिरहेका छन्, त्यसको सोधीखोजी न जीटीएले गर्दैछ, न जिल्ला प्रशासनले नै गरिरहेको छ। यद्यपि, कोरोना संक्रमित ती पाँचजनाको आफ्नो गाउँमा आएपछि कसैसित सम्पर्कमा नआएको अनि उनीहरू पूर्णरूपले… Read More

कोरोनापछिका चुनौतीहरू - 1

कोरोनापछिका चुनौतीहरू - 1

द्वितीय विश्वयुद्धपछि मानवजातिमाथि आइपरेको ठूलो विपत्तिको रूपमा कोरोना महामारीको चरम समयमा हामी छौं। संसारका विभिन्न मुलुकका लाखौं मानिसहरूले कोरोनाको कारण मृत्यु वरण गरेका छन्। आज लाखौं मानिसहरू कोरोना आक्रान्त भएर मृत्युसित सङ्घर्ष गरिरहेका छन्। यस महामारीका कारण वैश्विक जनजीवन नै स्तब्ध, अवरूद्ध बनेको छ। औद्योगिक विश्व ठप्प बनेको छ। कृषि जीवन सुचारू रहे पनि, कृषि उत्पादन निरन्तर चलिरहे पनि त्यसको बजारीकरण, भण्डारण कार्य बाधित बनेको छ। लाखौं किसानहरूले आफ्नो बाली सही समयमा बजारमा वा मण्डीमा पुऱ्याउन नसकेकाले खेतमै सड़्नका लागि छोड़िदिन बाध्य बनेका छन्। अत्यावश्यकबाहेक अन्य उत्पादहरूको व्यापार-वाणिज्य, पर्यटन व्यवसाय ठप्प बनेका छन्। यी जम्मै अवरूद्धता, गतिहीनता, लकडाउन, महामारी आदिको शिकार मानवजाति हुन्छ। रोगको प्रहार जाति, धर्म, समुदाय र वर्गनिरपेक्ष हुन्छ तर विशेष अर्थमा रोगको पहिलो प्रहार आर्थिक रूपमा समाजका कमजोर वर्गहरू हुनेगर्छन्, किनभने यो वर्गसित रोगसँग जुझ्ने सामाजिक प्रतिरक्षा हुँदैन। अहिले कोरोनाको कारण ती व्यक्ति वा व्यक्तिसमूहहरू उच्च जोखिममा परेका छन्, जो आर्थिक कठिनाइमा बाँचिरहेका छन्, जसले रोगसित जुझ्न पर्याप्त प्रतिरोधात्मक औषधिहरू, सप्लिमेण्ट्सहरू लिनसक्दैनन्, सुरक्षित हुनचाहन्छन् तर घरभित्र रहन पनि सक्दैनन्। उनीहरू जीवन परिस्थितिका कारण महामारीमा पनि घरबाहिर निस्कन विवश छन्। महामारीहरू आफै मात्र आउँदैनन्, उनीहरू आफूसित व्यापक सामाजिक, आर्थिक बर्बादीहरू पनि सँगै लिएर आउँछन् र आफू गइसकेपछि चिर कालसम्म समाजलाई दुष्परिणामहरूबीच बाँच्न विवश परिस्थितिहरू छोड़िराखेर जान्छन्। कोरोना महामारी… Read More