सुप्रिम कोर्टले स्वीकार गऱ्यो सीबीएसईको 10औं र 12औं परीक्षाको मूल्याङ्कन सिस्टम 

सुप्रिम कोर्टले स्वीकार गऱ्यो सीबीएसईको 10औं र 12औं परीक्षाको मूल्याङ्कन सिस्टम 

नयाँ दिल्ली, 26 जून (हिस)। सुप्रिम कोर्टले सीबीएसईको नयाँ नोटिफिकेशन स्वीकार गरेको छ। कोर्ट अनुसार, आईसीएसईले पनि यस्तै नोटिफिकेशन जारी गरोस्। आईसीएसईले मार्किङको तरिका आफै तय गरोस्। यस फसेलाको अर्थ हो कि 1-15 जुलाईसम्म हुने परीक्षा रद्द गरिएको छ। मार्किङ र पछिको परीक्षालाई लिएर दुवै बोर्डले आ-आफ्नो नोटिफिकेशन जारी गर्नेछन्। सुनवाईमा सीबीएसईले भन्यो, ‘जसले पहिले तीनभन्दा धेरै परीक्षा दिएको छ, उनीहरूले बाकीको विषयको अंक बेस्ट अफ 3 को एवरेजले पाउनेछन्। जसले तीन परीक्षा दिएको छ, उसले बेस्ट अफ 2 को औसतले अकं पाउनेछ। जसले एक वा दुई टेस्ट नै दिएको छ, उनीहरूको अंक र आन्तरिक मूल्याङ्कन वा प्रेक्टिकलको औसतले पाउनेछ’। सुनवाईमा याचिकाकर्ताका उकीलले माग गरे कि 12औं कक्षाका नानीहरूले पुनः परीक्षाको अवसर कहिले पाउनेछन्, यो पनि स्पष्ट गरियोस्। यस बिन्दूमा अहिले स्पष्टता दिइएको छैन। आईसीएसईका उकीलले भने, ‘हामीले पनि परीक्षा रद्द गरिरहेछौं। हाम्रो मार्किङको तरीका सीबीएसईदेखि केही अलग हुनेछ। हामी 10औं का नानीहरूलाई पनि पुनः परीक्षाको अवसर दिनमाथि विचार गर्नेछौं’। सीबीएसई र आईसीएसईको 10औं र 12औंको नतिजा 15 जुलाईसम्म आउनेछ। गत 25 जूनमा केन्द्रले सुप्रिम कोर्टलाई भनेको थियो, ‘मार्किङको नयाँ व्यवस्था समेत बाकी कुरामाथि भोलीसम्म अधिसूचना जारी हुनेछ। असेसमेन्टको आधारमा 10औं र 12औं को नतिजा 15 जुलाईसम्म घोषित गरिनेछ’। सुनवाईमा आईसीएसईले भनेको थियो, ‘आईसीएसईले पनि 10औं र 12औंको परीक्षाहरू रद्द… Read More

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन

गान्तोक, 25 जून। आज 25 जूनको दिन एसडीएफ पार्टीले ‘पृथ्वीलाई दस मिनट’ नामक बिरूवा रोपण कार्यक्रम राज्यको सबै निर्वाचन क्षेत्रहरूमा पालन गरियो। यो कार्यक्रम पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको अवधारणाअनुरूप सन् 2009-देखि प्रारम्भ भएको हो। दस मिनटको बहुमूल्य समयमा बिरूवा रोपण गरेर पृथ्वीलाई समर्पण गर्ने यस कार्यक्रम एसडीएफ सरकारको उल्लेखनीय पर्यावरणमुखी कार्यक्रम रहेको छ। यो कार्यक्रम विश्व चराचर जगतको सुरक्षा अनि अस्तित्वको संरक्षणको लागि सिक्किमको भूमिमा शुरू गरेको मौलिक र मानवपक्षीय कार्यक्रम हो। यस कार्यक्रमलाई अघिबढ़ाउँदै आज अध्यक्ष पवन चामलिङले बाईपासस्थित पार्टी मुख्यालयको परिसरमा विरूवा रोपे। उनको साथमा पार्टीका उपध्याक्षगण, महासचिवगण तथा अन्य पार्टी कार्यकर्ताहरूले पनि बिरूवा रोप्ने कार्यक्रमा सहभागिता जनाए। बिरूवा रोपण समाप्तिपछि पार्टी अध्यक्षले आफ्नो विचारमा प्रकृति तथा पर्यावरणमाथि हुने जुन अतिक्रमणका कारण विश्वमा धेरै विनास र विध्वंश भइरहेको अनि त्यही विनास र विध्वंशलाई रोक्नका निम्ति थालिएको पवित्र क्रान्तिको प्रतिरूपमा ‘टेन मिनट्स टु अर्थ’ कार्यक्रमद्वारा सृष्टिलाई बचाउने एउटा सन्देश सिक्किमदेखि देश र दुनियाँसम्म दिने एसडीएफ पार्टीको प्रयास रहेको पनि बताए। यो कार्यक्रम विश्वमा पहिलोपल्ट यसरी धरतीको लागि समर्पण गरी सेवा दिने कार्यक्रम रहेको पनि बताए। उनले यसै क्रममा एसडीएफ सरकार बनेदेखि नै ‘टेन मिनट्स टु अर्थ’ कार्यक्रमलाई शुरूमा अप्रत्यक्ष रूपमा र पछि प्रत्यक्ष रूपमा पालन गरिएको जानकारी दिनका साथै एसडीएफ सरकारले आफ्नो कार्यक्रम र योजनामा… Read More

कसरी बन्यो पाक एम्बेसी भारतको जासूसीको अड्डा ?

कसरी बन्यो पाक एम्बेसी भारतको जासूसीको अड्डा ?

आर.के. सिन्हा  भारतको इस्लामाबादस्थित उच्चायोगका दुई वरिष्ठ कर्मीलाई पाकिस्तानले जसरी लाजमर्दो तरिकाले प्रताड़ित गऱ्यो, त्यसपछि भारत सरकारले दिल्लीस्थित पाकिस्तानी उच्चायोगबाट उसका कर्मचारीहरूको संख्या 50 प्रतिशत घटाउन दिएको आदेशलाई सर्वथा सही मान्न सकिन्छ। अब त यो स्पष्ट भइसकेको छ कि इमरान खान सरकार पनि भारतसित आफ्ना तमाम मुद्दाहरू समाधान गर्न अलिकति पनि गम्भीर छैनन्। इमरान खानभन्दा पहिलेका सरकारहरूले पनि भारतलाई परोक्षरूपमा कमजोर गर्ने नै चेष्टा गरिरह्यो। उनीहरूमा सोझै भारतलाई टक्कर दिने आँट भने छैन। उनीहरू के सोच्छन् भने, भारतमा आफ्नो उच्चायोगमा खुफिया एजेन्सी आईएसआईका गुप्तचरहरू पठाएर भारतलाई कुनै न कुनै रूपमा हानि पुऱ्याउने रणनीति बनाउॅंदै गरौं र देशभित्र लुकेका पाक समर्थक गद्दारहरूलाई हर प्रकारको मदद पुऱ्याउॅंदै गरौं। भारत सरकारलाई यी सबै कुराहरू राम्ररी थाहा पनि छ। यो कुरा भिन्नै हो कि कतिपय कारणवश अहिलेसम्म कड़ा निर्णय लिन भने बेवास्ता गर्दै आएको थियो। अहिले आएर मोदी-शाहको जोड़ीले कड़ा निर्णय लिएको छ। यसकारण नै पाकिस्तानलाई उच्चायोगका कर्मीहरूको संख्या घटाउने आदेश दिएको छ। वास्तवमा पाकिस्तानी सेना र आईएसआईका कर्मीहरू दिल्लीमा राजनयिकको मुकुण्डो लगाएर आउने गर्छन्। उनीहरू भारतमा आएर भारतीय सेनासित सम्बन्धित महत्वपूर्ण दस्तावेज हात पार्न लागिरहने गर्छन् र धेरैपल्ट सफल पनि हुन्छन्। यसका साथै यीनीहरूको अर्को काम आतङ्कवादी संगठनहरूलाई मल-जल गर्नु र मार्गदर्शन गर्नु पनि हो। यो कुरा सबैलाई थाहा भएकै हो कि पाकिस्तानी… Read More

सिक्किममा कोरोना सङ्क्रमणको दुई नयाँ मामिला

सिक्किममा कोरोना सङ्क्रमणको दुई नयाँ मामिला

गान्तोक, 25 जून (हिस)। सिक्किममा फेरि कोरोना सङ्क्रमणको दुइवटा पोजिटिभ मामिला थपिएको छ। अब कूल कोरोना भाइरस पोजिटीभ 46 पुगेको छ। स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले दिएको जानकारीअनुसार हिजो 179 जनाको रगतको नमूना जाँच गरिएको थियो। 179 जनामध्ये पुरानै 18 जना पोजिटीभ व्यक्तिहरूको पुनः जाँच गरिएको थियो भने 2 जना नयाँ पोजिटीभ रिपोर्ट आएको छ। यसमा 159 जनाको रिपोर्ट नेगेटीभ आएको छ। आज रिपोर्ट गरिएको दुई नयाँ सङ्क्रमितहरूमध्ये एक बिहारबाट सिक्किम फर्केकी दक्षिण सिक्किम जोरथाङ माझीगाउँ निवासी 21 वर्षीय महिला रहेकी छन्। दोस्रो ग्रेफमा कार्यरत एक 49 वर्षीय पुरुष रहेका छन् जो ईटावादेखि दिल्ली हुँदै सिक्किम फर्किएका हुन्। जोरथाङ निवासी महिला 12 जूनको दिन सिक्किम आइपुगेकी हुन् भने ग्रेफमा कार्यरत पुरुष 15 जूनमा सिक्किम आएका हुन्। हाल एसटीएनएमको आईसोलेसन वार्डमा 32, गेजिङको आईसोलेशन वार्डमा 5 अनि दक्षिण सिक्किमको सामड्रुपसे आईसोलेशन वार्डमा 9 जना उपचाराधीन छन्।

डनबस्को क्वारेन्टाइन सेन्टर स्कूल प्रशासनलाई सुम्पियो

डनबस्को क्वारेन्टाइन सेन्टर स्कूल प्रशासनलाई सुम्पियो

सरोज गुरुङ सोरेङ, 25 जून। पश्चिम सिक्किमको डनबस्को स्कूल मालबाँसेमा रहेका फेसिलेटी क्वारेन्टाइन सेन्टरलाई पूर्ण सेनिट्राइज पश्चात महकुमा प्रशासनले स्कूल प्रशासनलाई जिम्मा लगाएको छ। फलस्वरूप, अब डनबस्को स्कूल आउँदो शैक्षिक गतिविधिको लागि पूर्णरूपले तयार भएको छ। उल्लेख्य, डनबस्को स्कूल मालबाँसेमा राज्य बाहिरबाट फर्किएका मोठ 47 जनाले फेसिलेटी क्वारेन्टाइन लिएका थिए। उनीहरू सबैजनाले क्वारेन्टाइनको समयसिमा पूरा गरी आ-आफ्नो घर फर्किसकेका छन्। यस सेन्टरमा क्वारेन्टाइन लिएका कसैको पनि जाँचमा कोरोना भाइरस पोजिटिभ पाइएन। जुन सबैभन्दा आनन्दको विषय थियोे। बुधबार सोरेङ महकुमा प्रशासनले कोभिड 19-को निर्देशिका र सबै प्रोटोकललाई पालन गर्दै व्यापक सेनिटाइज पश्चात डनबस्को क्वारेन्टाइन सेन्टरलाई आधिकारिक रूपमा बन्द गर्दै उक्त शैक्षिक संस्थानलाई सम्बन्धित संस्थानका प्राचार्यलाई सुम्पिएको छ। यस अवसरमा महकुमा अधिकारी हिम्मत राई, प्राचार्य फादर जोज्, सड़क एवं पुल विभागका सहायक अभियन्ता तथा डनबस्को क्वारेन्टाइन सेन्टरका प्रभारी सुमन छेत्री, समष्टिस्तरीय समितिका अध्यक्ष विनोद बस्नेत, बागवानी अधिकारी भीषण प्रधान, मालबाँसे ग्राम पञ्चायत एकाईका पञ्चायत विशाल बस्नेत र स्वयंसेवकहरूको उपस्थिति थियो। महकुमा अधिकारी हिम्मत राईले डनबस्को स्कूलका प्राचार्य र स्कूल परिवारलाई धन्यवाद दिँदै कोभिड 19-को वैश्विक महामारी र सङ्कटकालमा डनबस्को स्कूलले क्वारेन्टाइन सेन्टर बनाउन अनुमति दिएर क्वारेन्टाइनको लागि पूर्वाधार उपलब्ध गरेको बताउँदै एसडीएम राईले भने, स्कूल प्रशासनले सङ्कटको समयमा सहयोग पुर्‍याएर अत्यन्तै सराहनीय काम गरेको छ। यस क्वारेन्टाइन सेन्टरबाट पश्चिम जिल्लावासीलाई ठूलो मद्दत… Read More

वन विभागले कानून मिचेर धुप्पीका रुखहरू राईफाँड़ो लगाएको एसआरएमको आरोप

वन विभागले कानून मिचेर धुप्पीका रुखहरू राईफाँड़ो लगाएको एसआरएमको आरोप

गान्तोक, 25 जून। सिक्किम सरकारको वन विभागले दक्षिण सिक्किमको रायोङ फारसमा केही व्यक्तिहरूलाई बिना अक्सन धुप्पीका ठूला रुखहरू काट्ने अनुमति दिएको आरोप लगाउँदै सिक्किम राज्य मञ्च (एसआरएम) पार्टीले यो काम झट्टै बन्द गराउन राज्य सरकारसमक्ष माग गरेको छ। पार्टीका उपाध्यक्ष एनबी छेत्रीद्वारा जारी एउटा प्रेस विज्ञप्तिमा जनाएअनुसार सिक्किमको राजाकालमा रोपिएका धुप्पीका रुखहरूले पर्यटकहरूलाई आकर्षण गर्दै आइरहेको थियो। हाल ती रुखहरूमा अक्सनबिनै आरा चलाउन वन विभागले अनुमति दिएकाले रायोङ र राङ्के-का वासिन्दाले घोर आपत्ति जनाइरहेको पार्टीले दाबी गरेको छ। प्रत्येक वर्ष अप्रेलदेखि अक्टोबरसम्म रुख काट्न मार्किङ अर्डर दिने सरकारी अनुमति छैन। तर विभागले यतिबेला फारसमा व्यापक रूपमा जङ्गल फँड़ानी गरेर स्थानीयवासीलाई आश्चर्यचकित बनाएको पार्टीको भनाइ छ। सरकारले यो कार्यलाई झट्टै बन्द गरी पर्यावरणमा पर्ने प्रतिकुल प्रभावलाई रोक्नुपर्ने पार्टीले आग्रह गरेको छ। यसैगरी पार्टीले रायोङ टाँगेमा बसोबासो गर्ने लगभग तीस परिवारलाई खाने पानीको व्यवस्था गर्न पनि माग गरेको छ। यसबाहेक रायोङ प्राथमिक पाठशालाको निम्ति पक्का भवन, रायोङ टाँगेदेखि अप्पर राङ्के गाउँ भएर राभाङ-तार्कु रोडसम्म जोड्ने लिङ्क रोडको व्यवस्था अनि रायोङ-राङ्के गाउँमा डिस्पेन्सरीको स्थापना गरिदिन पार्टीले सरकारसमक्ष माग गरेको छ।