पाकिस्तानमा फेरि कहिले निर्माण हुनेछ ​राम मन्दिरआर.के. सिन्हा

पाकिस्तानमा फेरि कहिले निर्माण हुनेछ ​राम मन्दिरआर.के. सिन्हा

एउटा पुरानो भनाइ छ चोरले चोरी गर्न छाड्न सक्छ तर हेराफेरी गर्न भने कहिले छाड्न सक्दैन। पाकिस्तानको सत्तारूढ़माथि यो भनाइ शत-प्रतिशत लागू हुन्छ। उनीहरू आफुमा सुधारको नामसमेत लिन चाहँदैनन्। वैश्विक महामारी कोरोनाका कारण सारा संसार नै संकटमा छ, तर पाकिस्तान आफ्नो बढ्दो कोरोना रोगीहरूको उपचारलाई लिएर गम्भीर देखिॅंदैन। अर्कोतिर, पाकिस्तानले त भारतका मुसलमानहरूलाई राम मन्दिरको निम्तिप्रति भड्काउने चाल चलिरहेको छ। पाकिस्तानले भारतका मूसलमानहरू पनि राम मन्दिर निर्माणकै पक्षमा छन् भन्ने कुरा भूलिरहेछ। शेख अब्दुल्लासमेतले अयोध्या गएर ‘कार-सेवा’ गर्ने इच्छा व्यक्त गरेका छन्। अयोध्यामा राम मन्दिर निर्माण शुरू हुनु बितिकै पाकिस्तानको विदेश मन्त्रालयले ट्वीट गरेर एकातिर संसार कोरोना महामारीसित लडिरहेको छ भने अर्कोतिर संघ-भाजपा गठबंधन भारतमा हिन्दुत्वको एजेण्डालाई अगाड़ी बढ़ाउन लागिपरेको कुरा लेखेको छ। राम मन्दिर निर्माणमा पाकिस्तानको आपत्तिप्रति भारतले गतिलो जवाफ दिएको छ। भारतले एकदमै सही कुरा भन्यो कि राम मन्दिरको निर्माण पाकिस्तानको सरोकारको विषय होइन भनेर। भारतमा प्रत्येक धर्मका मानिसहरूलाई बराबर अधिकार दिइएको छ। भारतीय मुसलमानहरूले पनि सुप्रीम कोर्टद्वारा सुनाएको फसेलामा सहमति जनाइसकेका छन्। इकबालले रामलाई इमाम ए हिन्दको संज्ञा दिएका छन् असलमा पाकिस्तानले पनि अयोध्यामा राम मन्दिर निर्माणको निम्ति भारतलाई बधाई दिनुपर्ने हो। तर, पाकिस्तान त जन्मिॅंदै एउटा मूर्ख अनि गॅंवार देश हो। पाकिस्तानका सर्वाधिक आदरणीय नायक र उर्दूका प्रसिद्ध शायर इकबालले त राममाथि पूरा नज्म नै लेखेका छन्। उनले त्यसमा रामलाई इमाम-ए-हिन्दको… Read More

चुप तेरो बाउले सुन्छ !

चुप तेरो बाउले सुन्छ !

-नीलम गुरुङ हाम्रो स्वतन्त्रताको अस्तित्व सिपाहीका रगतले लतपत छन् अझै पनि…… गर्व छ हामीलाई हाम्रो देशको इतिहासको रङ्ग रातो छ। मायाको प्रस्ताव दिने गुलाबदेखि सिउँदोमा त्यै मायाको हस्ताक्षर गर्ने सिन्दुर र बेहुलीको चुराको रङ्ग सबै एउटै……… रातो। तर… खुशीयाली ल्याउने यो रातो रङ्गको कालो पक्ष भने ऊ पर तिम्री आमा, श्रीमती र छोरीको तल्लो भुँड़ीमा छ। हरेक महिना त्यहाँ अन्धविश्वासको तर्कहीन भेल बहन्छ र बन्द हुन्छ पूजा कोठाको ढोका र ब्राह्मणी पनि अछुत बन्छे।   छोरीको भाग्य चुलामा लेखिएको हुन्छ भन्नेहरूले नै यतिबेला बर्खास्त गरिदिन्छ त्यहाँबाट उसलाई र उसले छोएको पानी उसको आफ्नै बाउले पनि पिउँदैनन्। आमाले बोतलको अच्चार जोगाउँछिन्, बारीको फूल नछुने निर्देश दिन्छिन् स्कूल जान त परको कुरा, खेलको मैदान पनि नटेक्ने आदेश सुनाउँछिन्। महिनावारी भएको बेलाको कुरा हो यो हरेक महिना बहने र सबै स्त्रीले सहने रातो रगतको कालो सत्य हो यो। सेतो लुगामा लागेको त्यसका धब्बाहरू छोप्न र आफूलाई अघि बढ्नबाट रोक्न समाजले दिएको नाजायज बहाना हो यो। रगतसँगै बगेको मासुका गाँठोले भरिएको थाङ्ना फ्याँक्न, घरदेखि पर त्यो खोल्सामा मान्छेको मानसिकता सँगै कट्टाएको कालो प्लास्टिकभित्रको रहस्य हो यो। महिनावारी भएको बेलाको कुरा हो यो। छोरीलाई अपवित्र ठहऱ्याउने, पढ़ेका तर कहिले अघि नबढ़ेका बाङ्गो समाजको नाङ्गो स्वाङ हो यो। बरु हामीभन्दा पशु परै ज्ञानी रगतको यथार्थ एकाबिहानै… Read More