सरकार र सत्तारूढ दल अनि प्रशासनबीच तालमेल नहुँदा जनतामा अन्योलता सिर्जना भइरहेको छ : एसडीएफ

सरकार र सत्तारूढ दल अनि प्रशासनबीच तालमेल नहुँदा जनतामा अन्योलता सिर्जना भइरहेको छ : एसडीएफ

गान्तोक, 27 मई। सिक्किमको विपक्षी दल एसडीएफले वर्तमान एसकेएम सरकारमा कोभिड-19 को महामारीमा हुनुपर्ने पर्याप्त तयारी नभएको अनि सरकार र सत्तारूढ दल अनि प्रशासनबीच तालमेल नहुँदा जनतामा धेरै अन्योलता सिर्जना भइरहेको आरोप लगाएको छ। सरकारको अधिसूचना जारी गर्ने र सत्तारूढ दलले गर्ने घोषणाले मान्छेमा व्यापक अन्योलता आइरहेको एसडीएफका प्रवक्ता प्रशान्त छेत्रीले दाबी गरेका छन्। एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता छेत्रीले अब उसो सरकारले सबै मामिलाहरूलाई सही जाँच गरेर स्पष्टिकरण दिनुपर्ने बताए। उनले भने, एसडीएफकै पत्रकार सम्मेलनको सुझाउहरूले काम गर्दैछ। एसडीएफको पेन्डेमिक फ्यामलिको प्रेसरमा आएर अड्किएकाहरूलाई ल्याउने पहल गर्नुपर्‍यो भन्ने मन्तव्य दिएको बारेमा पनि उनले भने, हामीले हरेक पत्रकार सम्मेलनमा फँसेर बसेकाहरूलाई ल्याउनुपर्छ भन्ने माग गरेका थियौं। सरकारलाई दबाउमा हाल्नु होइन तर यसो गर्नुको कारण छ। उनले भने, 19 अप्रेल 2020 गृह विभागले जारी गरेको आदेशमाथि पहल नगरेपछि हामीले फर्काइल्याउने माग गरेका हौं। सिक्किमको नाममाथि आउँदा सबै खुशी हुन्छौं। तर सिक्किमको नाममाथि आउँदा एसडीएफ एसकेएमको कुरा आउँदैन तर सरकारले सबै ठीक गरेको छ भन्ने कुरा आएपछि हामीले ल्याउनुपर्छ भन्ने माग गरेको हो। अहिले जमिनीस्तरमा केही भएको छैन भन्ने प्रमाण भएको छ, हामीले थाहा पायौं, उनले भने। अर्कोतिर कोरोनाको लकडाउन हुनथालेपछि एसकेएमको कार्यकर्ताले मात्र होइन सिक्किमको सम्पूर्ण संघ-संस्था र एसडीएफ कार्यकर्ताहरूले गाउँ-गाउँमा काम गरेको थियो भने हामीले पनि गाउँ… Read More

गृह मन्त्रालयद्वारा लकडाउन-5 को दाबी खारेज

गृह मन्त्रालयद्वारा लकडाउन-5 को दाबी खारेज

नयाँ दिल्ली, 27 मई (हिस)। गृह मन्त्रालयले बुधबारको दिन 31 मई पश्च्यात् लकडाउन बढ़ाउने अर्थात् लकडाउन-5 लाई लिएर जुन दाबी भईऱहेछ, त्यसमा कुनै वास्तविकता छैन भनी स्पष्ट गरेको छ। जुन कुरा मीडियामा भनिन्दैछ, त्यो उनीहरूको आफ्नो सोच हो, यससित मन्त्रालयको कुनै सरोकार छैन। वस्तुतः एक मीडिया संस्थानले आफ्नो खबरमा भनेको छ, ‘31 मईमा प्रधानमन्त्रीले रेडियोमा मनका कुरा गर्नेछन्। आफ्नो सम्बोधनमा उनले लकडाउनको पाँचौं चरणको घोषणा पनि गर्न सक्छन्’। यसमा गृह मन्त्रालयका प्रवक्ताले ट्वीट गरी भने, ‘यो एकदमै आधारहीन हो। यो केवल रिपोर्टरको मनको कुरा हो र यस्ता अड़कलहरूलाई गृह मन्त्रालयको साथ जोड्नु उचित होइन’। उल्लेख्य, कोरोना भाइरसको प्रकोपलाई रोक्न देशमा पहिलो पल्ट प्रधानमन्त्री नरेन्द्र मोदीले 25 मार्चदेखि 14 अप्रेलसम्मको निम्ति लकडाउन घोषित गरेका थिए। यसपछि यसलाई पुनः बढ़ाइदैछ। यस समय देशमा लकडाउनको चौथो चरण चलिरहेछ जुन 18 मईदेखि 31 मईसम्म छ। यस्तोमा लकडाउन-5 लाई लिएऱ अड़कलहरूको बजार तातिएको छ।

एसकेएम सरकारको एक वर्ष पूरा

एसकेएम सरकारको एक वर्ष पूरा

मुख्यमन्त्रीद्वारा जनप्रतिनिधिहरूलाई जनताको पक्षमा अथक परिश्रम गर्न आह्वान  गान्तोक, 27 मई (हिस)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ। 25 वर्षे एसडीएफ सरकारलाई सत्ताच्यूत गरेपछि गत वर्ष आजकै दिन एसकेएम सरकार गठन भएको थियो। यस अवसरमा राजधानी गान्तोकको पाल्जोर स्टेडियममा एक भव्य समारोहबीच एसकेएम सरकारको शपत ग्रहण समारोह आयोजन गरिएको थियो। तर, वैश्विक महामारी कोरोना संक्रमणका कारण एसकेएम सरकारको पहिलो सरकार गठन कार्यक्रम साधारण रूपमा आयोजन गरियो। राजधानीको सम्मान भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। यसैगरी, कार्यक्रममा मन्त्रीहरू, लोक सभा सांसद इन्द्रहाङ सुब्बा आदि उपस्थित रहेको जानकारी मुख्यमन्त्री कार्यालयले दिएको छ। कार्यक्रममा छोटो सम्बोधन राख्दै मुख्यमन्त्री तामाङले ती सबै व्यक्तिहरूको स्मरण गरे, जसले एसकेएम पार्टीलाई सरकारमा पुऱ्याउन सहयोग गरेका थिए। उनले भाजपा विधायकहरूलाई पनि धन्यवाद दिए, जसले हालमा सिक्किमे जनताको कल्याणको निम्ति सरकारसित तालमेल राखेर काम गरिरहेका छन्। उनले मन्त्री र विधायकहरूलाई सिक्किमे जनताको निम्ति अथक परिश्रम गर्न आह्वान पनि गरे। उनले सिक्किमे जनता समक्ष गरिएका वाचाहरूलाई एक एकगरि पूरा गर्दै लैजानु पर्ने बताए। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सरकारले राजनीतिक दुश्मनीको भावना होइन, तर शून्य शत्रु नीतिमा विश्वास राख्छ भन्दै सिक्किम र सिक्किमेहरूको समग्र विकासको निम्ति मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए। उनले कोविड 19 वरियर्सहरूको कार्यको सराहना गर्दै उनीहरूकै प्रयासका… Read More

इकोनमिक रिभाइवल कमिटी कागजी बाघ सावित नहोस: केबी राई

इकोनमिक रिभाइवल कमिटी कागजी बाघ सावित नहोस: केबी राई

गान्तोक, 27 मई (हिस)। सिक्किम गणतान्त्रिक पार्टी (एसआरपी)-का मुख्य संयोजक केबी राईले एउटा आधिकारिक भिडियो जारी गर्दै पार्टीका अवधारणाहरू सार्वजनिक गरेका छन्। उनले विश्व महामारी कोरोना संक्रमणलाई रोकथाम गर्न तथा जनताको जीवन सुरक्षाको निम्ति राज्य सरकारले देखाएको कार्यको प्रसंसा गरेका छन्। अर्कोतिर, उनले विपक्षी दल एसडीएफ पार्टीले पनि सरकारको ढिलासुस्तीमाथि आलोचनात्मक टिप्पणी गरेर सरकारलाई कोविड-19 सम्बन्धमा तत्परता देखाउन लगाउने काममा ठूलो भूमिका निर्वाह गरिरहेको बताए। यसको निम्ति उनले एसडीएफ पार्टीप्रति पनि आभार प्रकट गरेका छन्। उनले राज्यमा प्रवेश गरिसकेको कोरोना महामारीबाट सिक्किमलाई बचाउन सरकारको तयारी जमिनीरूपमा हुनुपर्छ भनेका छन्। सरकारले यो भाइरससित लड्न जुन विज्ञापनको प्रचार गरिरहेको छ, राभाङ्गलाको घटनाले सरकारको तयारीलाई उदाङ्गो पारिदिएको उनले बताए। सरकारको तयारी यदि जमीनिस्तरमा मजबूत भएको भए एकजना कोरोना सङ्क्रमित व्यक्तिलाई जिल्ला अस्पताल डुलाउँदै गान्तोक कोविड-19 समर्पित अस्पताल लैजानुको साटो उनलाई सङ्क्रमणको लक्ष्यण देखिन साथ सोझै एसटीएनएममा ल्याउनु पर्ने उनको भनाइ छ।  उनले भने, ‘यस घटनाले के बुझाउँछ भने सरकारले गरेको तयारी यथेष्ठ छैन। यदि यस्तो कारणले राज्यमा कोरोना सङ्क्रमण फैलिॅंदै जान्छ भने यसको जिम्मेवारी र जवाफदेही राज्य सरकार नै बन्नुपर्छ।’ उनले यस समय दलगत राजनीतिबाट माथि उठेर केवल सत्ता हत्याउने राजनीति नगरेर प्रतिपक्षी दलहरूले पनि सकारात्मक सुझाउहरू राख्नुपर्छ भनी बताए। सरकार पक्षले पनि प्रतिपक्षको रचनात्मक सुझाउलाई राज्य र राज्यवासीको हितमा लगू गर्न सक्नुपर्छ।… Read More

चीनसित तनातनीबीच सैन्य कमाण्डरहरूको कन्फ्रेन्स शुरू

चीनसित तनातनीबीच सैन्य कमाण्डरहरूको कन्फ्रेन्स शुरू

नयाँ दिल्ली, 27 मई (हिस)। बुधबार साउथ ब्लकस्थित रक्षा मन्त्रालयको आर्मी कमाण्डर कन्फ्रेन्समा सेना प्रमख जनरल एमएम नरवणेले अध्यक्षता गर्दै सेनाका कमाण्डरहरूको सम्मेलनको शुरूआत गरे। सम्मेलनमा सैन्य बलका शीर्ष कमाण्डरले भाग लिइरहेछन्। सम्मेलनमा चीनसित चलिरहेको तनातनी सहित अन्य सबै सुरक्षा मुद्दाहरूमाथि चर्चा गरिनेछ। यो सम्मेलन अप्रेलमा हुनुथियो तर कोरोना भाइरसको महामारीको कारण हुन सकेको थिएन। यस पल्ट यो सम्मेलन दुई हिस्सामा हुनेछ। पहिलो हिस्सा शुक्रबारसम्म अर्थात् तीन दिन चल्नेछ। यसपछि जूनको अन्तिम सातामा सम्मेलनको दोस्रो हिस्सा हुनेछ। सेना कमाण्डरहरूको सम्मेलन एक शीर्ष स्तरको आयोजन हुन्छ, जसलाई वर्षमा दुई पल्ट आयोजित गरिन्छ। यस अवधिमा अवधारणाहरूको स्तरमाथि विचार-विमर्श गरिन्छ र महत्वपूर्ण नीतिगत निर्णयहरूको साथ यसको समापन हुन्छ। भारतीय सेनाको शीर्ष स्तरको नेतृत्वले वर्तमानमा चलिरहेका सुरक्षा एवं प्रशासनिक चुनौतीहरूमाथि विचार-मन्थन गरी भारतीय सेनाको निम्ति अघिको रूपरेखा तय गर्नेछन्। सबै पहलुहरूमाथि व्यापक चर्चा सुनिश्चित गर्नको निम्ति सबै महत्वपूर्ण निर्णय कलेजिएट सिस्टमको माध्यमले लिइन्छ जसमा सेनाका कमाण्डर र वरिष्ठ अधिकारी सामेल हुन्छन्। साउथ ब्लकमा भईरहेको सम्मेलनको पहिलो चरणमा लोजिस्टिक्स र मानव संसाधनसित जुड़ेका अध्ययनहरू सहित परिचालन र प्रशासनिक मुद्दाहरूसित सम्बन्धित विभिन्न पहलुहरूमाथि चर्चा गरिनेछ।

2417 जनाको कोरोना जॉंच, 1665 को रिपोर्ट नेगेटिभ, 752 को रिपोर्ट आउनु बॉंकी

2417 जनाको कोरोना जॉंच, 1665 को रिपोर्ट नेगेटिभ, 752 को रिपोर्ट आउनु बॉंकी

गान्तोक, 27 मई (हिस)। सिक्किमबाट अहिलेसम्म 2417 जनाको कोविड 19 जॉंच गरिएको छ, जसमा 1665 को रिपोर्ट नेगेटिभ आएको छ भने 752 जनाको रिपोर्ट आउनु बॉंकी रहेको छ। उक्त जानकारी आज राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा दिएका हुन्। डा. भोटियाअनुसार 2417 मध्ये 1400 जनाको आरटी-पीसीआरद्वारा जॉंच गरियो, जसमा 759 जनाको रिपोर्ट नेगेटिभ आएको छ भने 641 जनाको रिपोर्ट आउनु बॉंकी छ। यसमा एक जनाको रिपोर्ट कोविड 19 पोजिटिभ आयो। यसैगरी, 1017 जनाको ट्रूनेट मेशीनद्वारा जॉंच गरिएको छ जसमा 906 जनाको रिपोर्ट नेगेटिभ आयो भने 111 को रिपोर्ट आउनु बॉंकी छ। उनले नयॉं एसटीएनएम अस्पतालमा उपचाराधिन कोविड 19 पोजिटिभ विरामीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिए। उनको भावी जॉंचहरू नेगेटिभ आएको खण्डमा उनलाई अस्पतालबाट छुट्टी दिइने बताए। यस अतिरिक्त डा. भोटियाले राज्य बाहिरबाट आउनेहरूले 28 दिनको क्वारन्टाइन पुरा गर्न अनिवार्य रहेको बताए। उनले 14 दिनसम्म फेसिलिटी क्वारन्टाइनमा बसेपछि रहल 14 दिन घरमा बस्नुपर्ने बताए। तर, घर फर्केर गएपछि केही मानिसहरू बाहिर घु​मफिर गरिरहेको घटना प्रकाशमा आएको उनले बताए। उनले गाउॅंका मानिसहरू पनि सकर्त बनेर यस्ता व्यक्तिहरूलाई 14 दिनसम्म अनिवार्य होम क्वारन्टाइनमा राख्न अपील गरे। उनले राज्य बाहिरबाट आहिलेसम्म 4480 जना आइसकेको र 956 जनालाई फेसिलिटी क्वारन्टाइनबाट छुट्टी पनि दिइसकेको थप जानकारी दिए।

थाइल्यान्डमा पर्यटन व्यवसायमा पहाड़की छोरी

थाइल्यान्डमा पर्यटन व्यवसायमा पहाड़की छोरी

आज भारतका गोर्खा नारीहरूले हरेक क्षेत्रमा आफ्नो व्यक्तिगत सफलताको झन्डा गाढ़्दै जातिको नाम उच्च राख्न सकिरहेकोमा गर्वानुभव हुनथालेको बताउने सबिनाले विशेष गरी महिला युवाहरूप्रति आफुलाई कहिल्यै पनि अरूभन्दा निम्न स्तरको नसोच्ने अनि हीनभावना लिएर नजिउने – हीरा छेत्री एन्टप हिल, मुम्बई हाम्री चेली सबिना राई भन्छिन्, मान्छेले चाह्यो भने सबै काम हुन्छ…… गोर्खा जातिको चिनारी स्थापित गर्ने दिशामा शनैः शनैः हाम्रा चेलीबेटीहरू ऐलेको कालमा जुन प्रकारले प्रगतिको भऱ्याङ उक्लिरहेको देखिन थालेको छ त्यसको आधारमा उनीहरूको भविष्य त उज्ज्वल अवलोकित भइरहेको त बुझिन्छ नै यसका साथै समाजमा दोस्रो पाँग्रो भनेर वञ्चनाका सिकार बनिरहेको यो लिङ्गभेदको पनि अन्त्य भएर जाने परिलक्षित हुनथालेको छ। अब कुनै यस्तो विधा वा फाँट बाँकी रहेन जहाँ हाम्रा नारीहरूको उपस्थिति देखिन्न। वर्तमान हाम्रा चेलीबेटीहरूले स्थानीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय फाँटमा हरेक विधामा प्रदर्शनी गरिरहेका उत्कृष्ट प्रगति, प्रतिभा अनि कौशलका नमुनाहरूको समाचार दिनैपिच्छे सुन्न पाइन्छ, देख्न पाइन्छ, हेर्न पाइन्छ, पढ़्न पाइन्छ आजभोलि। कुनै समयकाल थियो चेलीबेटीहरूलाई घरको सँघार नाघेर निस्कन मनाही थियो। आज परिस्थिति धेरै नै परिवर्तित छ। घरको चारभित्तादेखि बाहिर निस्कन नसक्ने समाजको आधा पाटो अथवा नारी जाति अब दुनियाँको कुनै यस्तो प्रान्त छैन जहाँ नपुगेको होस् अनि यस परिवर्तनका संवाहक बनेर हाम्रा चेलीहरू पनि समयसँगसँगै दौड़ेको देख्न पाउँदा अनि उनीहरूले सफलताको झन्डा गाढ़ेका सुसमाचारहरू सुन्न पाउँदा कुन… Read More

देन्ताममा हावा हुण्डरीले मकै स्वाहा

देन्ताममा हावा हुण्डरीले मकै स्वाहा

सोरेङ, 27 मई (हिस)। बुधवार अचानक चलेको हावा हुण्डरीले पश्चिम सिक्किमको देन्ताम तथा अन्य विभिन्न ठाउँहरुमा बर्खे खेती विषेश गरेर मकै स्वाहा पारेको छ। देन्ताम क्षेत्रअन्तर्गत साङ्खू रधु खाण्डु ग्राम पञ्चायत एकाईका विभिन्न ठाउँहरुमा मकै उत्पादन साथै पशुपालन गरेर जिविकोपार्जन गर्ने कृषकहरु प्राकृतिक आपदाको रुपमा आएको हावा हुण्डरीको मारमा परेका छन्। वर्षभरि कमसेकम दुई ऋतुगत खेती गर्ने र त्यही खेतीबाट उत्पादित अन्न बाली तथा अन्य उत्पादनहरू पशुलाई पनि दिने गर्दै आएका छन्। कृषकहरुले गर्ने मुख्य दुई खेतीहरु धान र मकै हुन्। अरु मौसमसँग आधारित तरकारी खेती पनि गर्ने गरेका छन्। तर, मकै खेतीमा भने अधिकांश पशुहरु निर्भर रहने गर्दछन्। कुखुरा पालन, गाई पालन, सुंगुर पालन जस्ता व्यवसायहरुमा अन्न तथा घाँस जस्ता धेरै वस्तुहरुको आवश्यकता पर्दछ। मकै खेतीसगँ कृषकहरुको आर्थिक सम्बन्ध रहेको छ। हावा हुण्डरीले मकै मात्र क्षतिग्रस्त नपारेर मकैसँगै रोपिने काँक्रा, फर्सी आदि तरकारीहरूलाई पनि धेरै क्षति पुर्‍याएको छ। वर्तमान विश्वको स्थितिलाई हेर्नु हो भने कृषि दीगो समयसम्म जिविकोपार्जनको माध्यमको रूपमा रहिरहने सत्यलाई संसारले महसुस गरेको छ। सिक्किम त झनै जैविक खेती गर्दै आएको हुनाले यो क्षतिलाई जैविक भण्डारकै क्षति भनेर बुझ्नुपर्ने हुन्छ। यसकारण सरकार तथा सम्बन्धित निकायद्वारा औ विषेशगरि कृषि तथा बागवानी विभागले उक्त क्षतिको सर्वेक्षण गरेर कृषकहरुलाई हौसला प्रदान गर्नुपर्ने देखिएको छ। यदि कृषकहरुले यस्तो समयमा पनि सरकारबाट… Read More

डोकोमा राहत बोकेर कालीमाटी पुगे विधायक जिम्बा

डोकोमा राहत बोकेर कालीमाटी पुगे विधायक जिम्बा

दार्जीलिङ, 27 मई। एउटा अचम्म साथै उराठलाग्दो 10 किलोमिटरको पैदल यात्रा पूरा गरेर विपन्न परिवारहरूलाई राहत सामग्री प्रदान गर्न आफू सफल भएको दार्जीलिङका विधायक निरज जिम्बाले बताएका छन्। जुन यात्रा लकडाउनको कारण विकट समस्या झेलिरहेका खरसाङ महकुमामा पर्नेअम्बोटे चियाबगानका केवल सत्रवटा घर भएको कालीमाटीका मानिसहरूसम्म राहत सामग्री पुऱ्याउने थियो। जुन यात्रा गर्दा विधायक जिम्बाले आफ्नो पिठ्यूँमा डोकोभरि खाद्य सामग्री बोकेका थिए। यस गाउँसम्म पुगी यहाँका विपन्न परिवारहरूलाई राहत सामग्री दिंदा स्वयंलाई राहत प्राप्त भएको बताउँदै जिम्बाले आफ्नो यात्राकोभौतिक चाहनाको अन्त पनि भएको बताएका छन्। फोटोः डोकोमा भारी बोकेर हिँड़िरहेका विधायक निरज जिम्बा. उनले यसबारे एक विज्ञप्ति जारी गर्दै भनेअनुसार, मानिस यति दरिद्र हुन सक्छ भन्ने मैले केवल किताबहरूमा मात्रै पढ़ेको थिएँ। पहाड़मा यस्तो दुर्गम क्षेत्रहरू पनि छन् भन्ने मेरो कल्पनादेखि बाहिरको कुरा हो। स-साना दुइ भाइ,मैलो वस्त्र पहिरन गरेका अबोध नारीहरू मलाई देख्दा यति खुशी भए, मानौ सर्वशक्तिशाली ईश्वर नै उनीहरूअघि साक्षात उभिएका छन्। जसको ठीक विपरीत उनीहरूको मार्मिक अवस्था देखेर म विह्वल बनिरहेको थिएँ। तरै पनि डोकोभरि खाद्य सामग्री बोकेर जीवनमा कहिल्यै नहिंड़ेको त्यो गोरेटोमा हिँड़्न लागे, जहाँ भारत स्वतन्त्र भएदेखि आजपर्यन्त कुनै घोड़-गाड़ी गुड़ेको छैन। एक किलो नून किन्न१०-१२ किलोमिटर हिँड़ेरै जानुपर्ने त्यो विसम स्थितिलाई आफैले अनुभूति गर्ने प्रयास गर्दा फोक्सो उफ्रेर मुखैमा आएको अनुभव भयो। मुखमा ह्वास-ह्वास… Read More

आईसीएमआरले कोरोना टेस्टिङको 4500 रूपियाँको उच्चतम सीमा हटायो 

आईसीएमआरले कोरोना टेस्टिङको 4500 रूपियाँको उच्चतम सीमा हटायो 

नयाँ दिल्ली, 27 मई (हिस)। भारतीय आयर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर) ले निजी ल्याबमा कोरोनाको जाँचको निम्ति उच्चतम दर 4500 रूपियाँ हटाएको छ। यस सम्बन्धमा आईसीएमआरका महानिदेशक बलराम भार्गवले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्य सचिवहरूलाई पत्र लेखेर भनेका छन्, ‘केन्द्रद्वारा तय दरहरूलाई निरस्त गरिन्दैछ। राज्य सरकारहरूले निजी ल्याबसित वार्ता गरी दरहरू तय गर्न सक्छन्। वर्तमान समयमा कूल 428 ल्याब छन्, जहाँ टेस्ट निःशुल्क छ। 17 मार्चमा सबै निजी ल्याबको निम्ति कोरोनाको टेस्टको उच्चतम दर 4500 रूपियाँ तय गरिएको थियो। यस अवधिमा आईसीएमआरले आफ्नो 16 वितरण डिपोबाट सबै राज्यहरूलाई आरटी-पीसीआर टेस्ट किट्स उपलब्ध गरायो औं राज्यहरूमा निर्माण भईरहेको किट्सको गुणवत्तालाई सुनिश्चित गऱ्यो’। उनले थप भने, ‘अब देशमै आरटीपीसीआर किट्सको विनिर्माण गरिएकोले स्थितिहरूमा केही सुधार भएको छ। धेरै राज्यहरूले आफै आरटी-पीसीआर टेस्ट किट्स किन्न थालेका छन्। यस्तोमा अब राज्य सरकारहरूले आफ्नो स्तरमा निर्णय लिन सक्छन्। यसबाट टेस्टको दर अझ् कम हुनसक्छ, जसको फायदा मानिसहरूलाई हुनेछ’।