क्वारन्टाइन पूरा गरेर आउनेहरूलाई स्वागत जनाइयो

क्वारन्टाइन पूरा गरेर आउनेहरूलाई स्वागत जनाइयो

नाम्ची, 20 मई (हिस)। पोकलोक कामराङ निर्वाचन क्षेत्रका खण्ड विकास कार्यालय (बीडीओ) ले 14 दिनको क्वारन्टाइन पूरा गरेपछि फर्केर आउनेहरूलाई स्वागत जनाउने पहल शुरू गरेको छ। यसै क्रममा बीडीओ तेन्जिङ भोटियाले आज पञ्चायत निरीक्षक प्रिया दाहाल र स्थानीय छिरिङ तामाङसित मिलेर क्वारन्टाइनबाट फर्केर आउने चार जनालाई स्वागत जनाएका छन्। बीडीओले क्वारन्टाइनमा बसेर आउनेहरूको मनोबल बढ़ाउन यसरी स्वागत जनाइएको बताए। क्वारन्टाइनमा 14 दिन बसेर फर्किनेहरूको कोरोना जॉंच नेगेटिभ आएको छ भने अब उनीहरू अझ 14 दिनसम्म होम क्वारन्टाइनमा बस्नेछन्। चेम्चेस्थित आईएचसीएईमा उनीहरूको स्वास्थ्य जॉंच पनि गरिएको थियो भने उनीहरूलाई साफ सफाईमाथि विशेष ध्यान दिन सुझाउ दिइएको छ। 14 दिनको क्वारन्टाइन पूरा गरेपछि आईसीएचएईबाट 77 जनाको छुट्टी नाम्ची, 20 मई (हिस)। दक्षिण सिक्किमको चेम्चेस्थित आईसीएचएईमा स्थापित क्वारन्टाइन सेन्टरका 77 जनाले 14 दिनको अनिवार्य क्वारन्टाइन पूरा गरेका छन्। उनीहरू अन्तर राज्य यात्रा गरेर सिक्किम आएपछि राज्य सरकारको प्रोटोकलअनुसार अनिवार्य क्वारन्टाइनमा राखिएको थियो। आज सबैले 14 दिनको संस्थागत क्वार​न्टाइन पूरा गरेका छन् भने सावधानी उपायअन्तर्गत उनीहरूलाई अझ 14 दिनसम्म होम क्वारन्टाइनमा बस्नेछन्। आईपीआर विभाग अनुसार आईसीएचएईमा स्थापित संस्थागत क्वारन्टाइन सेन्टर जिल्लापाल रगुल के. सहित नोडल अफिसर चिरण रिजाल, आईसीएचएईका उपनिदेशक एवं प्रभारी काजी शेर्पा र डा. छेवाङ पाल्मो चिङ्गापाको निगरानीमा सञ्चालन भइरहेको छ। 77 जनालाई छुट्टी दिनअघि उनीहरूको पुन: स्वास्थ्य जॉंच गरियो भने उनीहरूलाई… Read More

अन्तरको शरीर मान्छेको ! 

अन्तरको शरीर मान्छेको ! 

पवन चामलिङ ‘किरण’ (कविता) अन्तरको शरीर बन्धनमुक्त छ मान्छेको स्वच्छन्द छ आकाशजस्तै खुल्ला छ जहाँ विचरण गरिरहन्छन् कल्पना र सपनाका पंक्षीहरू सधैं-सधैं रमाइ-रमाइ। दासत्व स्वीकार गरेर कसैको बन्दी बन्नसक्दैन परिस्थितिको जो, आवाजहीनताको अपाङ्गता स्वीकार गरेर बस्नसक्दैन जो मान्छेजस्तो त्यही हो अन्तरको शरीर मान्छेको। बन्दी संसारमा पनि मुक्त छ त्यो चाहन्छ शारीरिक दूरी ‘अशारीरिक हुनू’ भन्छ भएका सम्बन्धहरू जति अनि अविघ्न प्रेम चाहन्छ त्यो अभाज्य सद्भाव चाहन्छ त्यो स्वतन्त्रता विश्व्बन्धुत्व भाइचारा र मानवीय सुरक्षा चाहन्छ त्यो अपरिभाषित जीवनमूल्यहरू माग्छ त्यो। विचारको परिधिबाट फुत्केर आफन्त संवाद चाहन्छ प्रेमालापको अनुभूति चाहन्छ अदृश्य शक्तिको नियन्त्रणलाई तोड्न आफ्नै धून र लय चाहन्छ समयबन्ध जीवनलाई समयातीत मुक्त गर्न चाहन्छ – अन्तरको शरीर मान्छेको। स्वयं आफैमा हराएको मान्छे स्वयं आफैसँग पराजित मान्छे अफाल्नचाहन्छ उ अनि चाहन्छ उ चिन्न र चिनाउन अनन्त शक्ति आफैभित्रको – त्यो अन्तरको शरीर मान्छेको।

केही टर्मिनोलजी-केही जानकारी 

केही टर्मिनोलजी-केही जानकारी 

बसन्त प्रधान (फार्मासिस्ट) श्री सत्य साई इन्स्टिट्युट अफ हायर मेडिकल साईन्स,  पुट्टापर्ति, आन्ध्र प्रदेश  वर्तमान परिप्रेक्ष्यमा विश्वाका कुनै पनि ठाउॅंमा आज कुनै शब्द र विषय चर्चाको केन्द्रमा छ भने त्यो हो- कोरोना भाइरस। हाम्रो भेक र हामी पनि यो परिस्थितिबाट अक्षुण्ण  छैनौ, यो सबैलाई थाहा छ। कोरोना भाइरस- हामी कसैले पनि पहिले कहिल्यै नसुनेको नाम। यस वैश्विक समस्याको निदानको निम्ति आज सम्पूर्ण विश्वले युद्धस्तरमा आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेका छन्, तर अहिलेसम्म यस रोगको पक्का उन्मूलन उपायहरू भने छैन। उपचारको निम्ति औषधि या भ्याक्सिन भने अझै पनि तयार भएको छैन, तर यसको रोकथामका विभिन्न उपायहरू भने उपलब्ध छन्। हाम्रो देशमा पनि यसको रोकथाम एवं निदानको निम्ति भारत सरकारले विभिन्न उपाय, सुझाउ र दिशा-निर्देशहरू नियमित रूपमा सरकारी बुलेटिन/न्युज चेनल मार्फत जारी गरिरहेका छन्। अर्कोतिर, उक्त दिशा-निर्देशहरूका साथै नयॉं-नयॉं शब्द वा टर्मिनोलजी पनि सुन्नमा आइरहेको छ। ती मध्ये धेरै शब्दहरू हाम्रो व्यावहारिक जीवनमा पहिले कहिले पनि नसुनेको हुन सक्छ। म आजको परिप्रेक्ष्यमा साधारणरूपमा प्रयोगमा आउने यस्ता केही टर्मिनोलजी- केही जानकारीहरू राख्न लागिरहेको छु। कोभिड- 19 (COVID-19) यसलाई नोवल- नयॉं, को- कोरोना, भ- भाइरस, डी- डिजिस (रोग/संक्रमण), 19- साल 19। अर्थात नयॉं कोरोना भाइरस रोग/संक्रमण- 19 भनेर भन्नु या बुझ्न सकिन्छ। चीनको वुहान शहर-हुबोई प्रान्तमा 2019 सालको दिसम्बर महिनामा पहिलोपल्ट केही नयॉं लक्षण भएको… Read More