असममा बाढ़ले स्थिति गम्भीर, अहिलेसम्म 6 जनाको मृत्यु

असममा बाढ़ले स्थिति गम्भीर, अहिलेसम्म 6 जनाको मृत्यु

गुवाहाटी, 31 मई (हिस)। असमले पहिलेदेखि नै कोरोना महामारीको मार झेलिरहेछ, यसबीच बाढ़ले स्थिति अझ् धेरै खराब गरेको छ। राज्यमा बाढ़ले अहिलेसम्म 6 जनाको ज्यान लिइसकेको छ। विगत दुई दिनदेखि केही नदीहरूको जलस्तरमा वृद्धि पनि भएको छ। राज्यको आपदा प्रबन्धन विभागको तर्फबाट जारी आंकड़ाहरू अनुसार, राज्यमा बाढ़ प्रभावित जिल्लाहरूको संख्या 11 देखि घटेर 6 जिल्लाको 11 सर्किलको 348 गाउँका 3,72,471 मानिस प्रभावित भएका छन्। यस अवधिमा 26,977 हेक्टर कृषि भूमि नष्ट भएको छ। बाढ़ प्रभावित मानिसहरूको निम्ति 195 शिविर बनाइएको छ, जबकि राहत सामग्री बाँड्नको निम्ति 17,770 शिविर खोलिएका छन्। यस अवधिमा 54,075 ठूला पशु, 21,669 साना तथा 1,02,390 पोल्ट्री प्रभावित भएका छन्। त्यही, धेरै क्षेत्रहरूमा नदीहरूको तटबन्ध भत्केको छ। साथै घर, सड़क आदि पनि भारी संख्यामा क्षतिग्रस्त भएका छन्। यद्यपि, अहिले पनि पानी पर्ने क्रम जारी छ। यस्तोमा आउने दिनहरूमा बाढ़को स्थितिमा अझ् गम्भीर हुने अनुमान लगाइएको छ।

राज्यबाट पहल भए केन्द्रबाट स्वीकृति लिने काम गर्नेछुः विष्ट

राज्यबाट पहल भए केन्द्रबाट स्वीकृति लिने काम गर्नेछुः विष्ट

जीटीए अध्यक्ष र सांसदमाझ पत्रद्वन्द्व दार्जीलिङ, 31 मई। कोरोना संक्रमणको लागि जाँच केन्द्र स्थापना गर्नुपर्ने माग लिएर दार्जीलिङका सांसद राजु विष्ट र जीटीए अध्यक्ष अनित थापामाझ पत्र द्वन्द्व शुरू भएको छ। सांसद राजु विष्टले उत्तर बंगालमा कोरोना संक्रमणका नमूनाहरूको जाँच केन्द्र वा स्वाब टेस्ट सेन्टरहरूको अभाव रहेको बताउँदै प्रधानमन्त्रीलाई पत्राचार गरेपछि यसमाथि जीटीए अध्यक्ष अनित थापाले व्यङ्ग्यात्मक ढङ्गमा सांसदलाई धन्यवाद दिएका थिए। यसपछि जीटीए अध्यक्ष थापाले एक विज्ञप्ति जारी गर्दै सांसद विष्टलाई धन्यवाद दिएको खबरहरू सार्वजनिक भएपछि आज त्यसमाथि फेरि विष्टले अर्को विज्ञप्ति जारी गरेका छन्। जसमा भनिएको छ-म आज अनित थापाले हार्दिकताका साथ जारी गरेको प्रेस विज्ञप्तिका लागि धन्यवादी छु। आवश्यक सुविधाले वञ्चित रहेको हाम्रो क्षेत्रमा अधिक स्वाब परीक्षण सुविधाहरूको लागि पत्राचार गर्नलाई महत्वपूर्ण कार्यको रूपमा उनले स्वीकार्नु भनेको मेरा पत्रहरूले आधारभूत आवश्यकतालाई बोकेको छ भन्ने उनको स्वीकृति हो। हाम्रो क्षेत्र स्वास्थ्य सुविधाको अभावभित्र उभिएको छ अनि पश्चिम बंगाल सरकारको स्वास्थ्य प्रणाली उपयुक्त स्थितिमा छैन। जीटीए बीओए अध्यक्ष थापाले पश्चिम बंगाल स्वास्थ्य मन्त्रालयले उत्तर बंगालमा स्वाब परीक्षणका सुविधाहरू सम्बन्धि मुद्दालाई सम्बोधन गर्न असफल भएको कुरालाई मान्यता दिंदै पहाड़का विभिन्न स्थानमा थप स्वाब परीक्षण प्रयोगशालाहरू स्थापना गर्न अनि टिस्टाको त्रिवेणीमा जीटीए अधीनस्थ तीन तले भवनलाई कोविड-19 अस्पताल बनाउन अनुरोध गरेर विज्ञप्ति लेखेको कुराले पहाड़को राजनीतिमा एउटा जनपक्षीय एकात्मक पहल देखापरेको… Read More

भारत-चीन सीमा विवाद वार्ताको माध्यमले सुल्झिने- सेना

भारत-चीन सीमा विवाद वार्ताको माध्यमले सुल्झिने- सेना

नयाँ दिल्ली, 31 मई (हिस)। भारत-चीन सीमा विवाद पश्च्यात् यस मामिलालाई सुल्झाउनको निम्ति कूटनीतिक स्तरमा प्रयास गरिन्दैछ। यसैले गत दुई साताले एलएसीमा कुनै ठूलो घटना नजर आएको छैन। एलएसी गतिरोधमा रक्षा मन्त्री राजनाथ सिंहले पनि भारत-चीन समीमा रेखा विवादलाई कूटनीतिको माध्यमले समाधान गरिने भनिसकेका छन्। तरैपनि सोशल मीडियामा ना-ना थरीका भीडियो र सेटेलाइटको तथाकथित फोटोहरू जारी गरी भारतीय सीमाभित्र चीनी अतिक्रमणको दाबी चाहि भईरहेछ। भारत-चीन सीमामा एक पल्ट फेरि तनाव बढ़ेको औं चीनी सेनाले एक पल्ट फेरि भारतीय सीमामा घुसपैठ गर्ने प्रयास गरेको खबरहरू प्रसारित गरिन्दैछ। यति मात्र होइन भारतीय सेना र चीनी सेनाबीच टकराव भएको औं भारतीय सेनाद्वारा उनीहरूको मनसाय विफल बनाएकोसम्म भ्रामक खबर प्रसारित भएको छ। यस बाहेक एलएसीमा चीनद्वारा भारतीय क्षेत्रमा निर्माण कार्य जारी राखेको, माटो बोक्ने ट्रकमा सैनिक र मशीनरीलाई सीमामा पुऱ्याइएको धेरै भीडियो भाइरल भईरहेछ। भारतीय सेनाका प्रवक्ताले भने, ‘एक भीडियो सोशल मीडियामा भाईरल भईरहेछ, जसको सामग्री प्रमाणित नभएको हाम्रो संज्ञानमा ल्याइएको छ। यसलाई उत्तरी सीमाहरूको स्थितिसित जोड्ने प्रय़ास पूर्ण रूपमा गलत हो। वर्तमानमा एलएसीमा कुनै हिंसा भईऱहेछैन। दुवै देशबीच सीमाहरूको प्रबन्धनमाथि स्थापित प्रोटोकलद्वारा निर्देशित, सैन्य कमाण्डोहरूबीच कुराकानीको माध्यमले मतभेदहरू सुल्झाउने प्रयास भईरहेछ’। भारतीय सेनाले राष्ट्रिय सुरक्षालाई प्रभावित गर्ने सनसनीपूर्ण मुद्दाहरू प्रसारित गरिने प्रयासहरूको कड़ा निन्दा गर्दै यस प्रकारको भ्रामक खबरहरूदेखि जोगिनुपर्ने भनेको छ।

अगस्तको पहिलो हप्तादेखि स्कूल-कलेज खोलिने

अगस्तको पहिलो हप्तादेखि स्कूल-कलेज खोलिने

गान्तोक, 12 जून। अगस्त महिनाको पहिलो हप्तादेखि स्कूल खोल्ने निर्णय आज राज्य कार्यबलको उच्चस्तरीय सभाले गरेको छ। मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा बसेको यो सभामा अगस्तको पहिलो हप्तादेखि नै सबै स्कूल, कलेज, विश्‍वविद्यालय, शिक्षक शिक्षण संस्थान र निजी शिक्षा स्थापनाहरू खोलिने छ। यसरी नै सीबीएसई-को थाँतीमा रहेका बोर्ड परीक्षा जुलाईमा गराउने सम्बन्धमा पनि स्कूलहरूलाई तयारी गर्ने निर्देश भएको छ। सम्बन्धित समाचार 15 जूनसम्म अन्तर जिल्ला वाहन चलाचल प्रतिबन्ध गान्तोक, 30 मई। सिक्किमको शिक्षा विभागले आगामी 15 जूनदेखि खोल्ने भनेको शैक्षिक संस्थानहरू 15 दिन पछि गरेर 1 जुलाईदेखि खोल्ने निर्णय गरेको छ। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकमा यो निर्णय लिएको शिक्षा विभागका सचिव तथा अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायले बताएका छन्। यद्यपि संस्थानहरूको शिक्षकहरू भने 15 जुलाईदेखि संस्थानमा पुग्ने अनि विभिन्न सरसफाई र अन्य व्यवस्थाहरू मिलाउनु पर्ने निर्णय गरिएको बताए। यसैगरी कक्षा केजीदेखि आठौं श्रेणीसम्म भने 1 जुलाईदेखि पनि कक्षा नलाग्ने बताए। अर्कोतिर अनलाइन शिक्षालाई सबै प्रकारले निरन्तरता दिने तथा थप सशक्त बनाएर लाने उनले बताएका छन्। यसैगरी सिक्किम बाहिरबाट आउने विद्यार्थीहरूलाई आगामी 15 जूनभित्रमा सिक्किम आएर कोरिन्टिनमा बस्नुपर्ने प्रावधान रहेको कुरा उल्लेख गरे। यसैगरी उनले सिक्किमको सबै विश्‍वविद्यालयहरूमा विशेष गरेर सिक्किम विश्‍वविद्यालयको विद्यार्थीहरूको कोरिन्टिनको निम्ति पनि व्यवस्था गरिने कार्य गरिरेहको बताए। यसैगरी उनले शैक्षिक संस्थानहरूमा 15 जूनदेखि शिक्षक… Read More

शिक्षा विभागद्वारा सीएमआरएफमा 78,84,730 रूपियाँ प्रदान

शिक्षा विभागद्वारा सीएमआरएफमा 78,84,730 रूपियाँ प्रदान

गान्तोक, 30 मई (हिस)। सिक्किम सरकारको शिक्षा विभागले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ)-को निम्ति 78 लाख 84 हजार 730 रूपियाँ प्रदान गरेको छ। शिक्षा मन्त्री कुङ्गा नीमा लेप्चाले आज सम्मान भवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरेर चेक हस्तान्तरण गरे। यस अवसरमा अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय, प्राथमिक शिक्षाका निदेशक भीम ठटाल, अतिरिक्त निदेशक, वित्त एवं लेखा बीबी सुब्बा पनि उपस्थित थिए। आइपीआर विभागअनुसार शिक्षा विभागका कर्मचारीहरूले स्वेच्छापूर्वक एक दिनको बेसिक पे काटेर मुख्यमन्त्री राहत कोषको निम्ति प्रदान गरेको हो। कोभिड-19 विरूद्ध सरकारका प्रयासहरूलाई समर्थन गर्दै उक्त राशि प्रदान गरिएको हो।

सांसद शान्ता छेत्रीद्वारा राज्य अनि केन्द्रको दिशानिर्देश पालन गर्न आह्वान

सांसद शान्ता छेत्रीद्वारा राज्य अनि केन्द्रको दिशानिर्देश पालन गर्न आह्वान

खरसाङ, 30 मई (हिस)। राज्यसभा सांसद शान्ता छेत्री आज मिरिक आइपुगेकी छन्। उनले पत्रकारहरूसित बोल्दै वर्तमान समयमा वैश्‍विक महामारीको रूपमा लिएको कोरोना भाइरसको संक्रमणले गर्दा देशमा भयावह स्थिति उत्पन्न भएको बताइन्। उनले यसबाट पश्‍चिम बंगाल राज्य पनि अछुतो छैन भन्दै चौथो चरणको लकडाउनपछि कोरोना भाइरसको संक्रमण सकिन्छ भन्ने नरहेको बताइन्। उनले अब आम नागरिकहरू सचेत हुनुपर्ने कुरामा जोड दिँदै राज्य अनि केन्द्र सरकारद्वारा जारी गरिएको दिशानिर्देशहरूलाई पालन गर्न आह्वान गरिन्। सांसद छेत्रीले मिरिकमा आएर वर्तमान पहाड़को स्थितिमाथि जिल्ला हिल तृणमूल कंग्रेस अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राई, नगर पार्षदगण, पार्टीका कार्यकर्तासित बसेर जानकारी लिइन्। उनले मिरिक नगरपालिकाका विभिन्न वार्डलगायत छेउछाउमा स्थित गाउँ पुगेर स्थानीय जनतासित प्रत्यक्ष रूपमा कुराकानी पनि गरिन्। उनले यो महामारीको समयमा मानवीय व्यवहार गरी सबैलाई समान रूपमा हेरचाह गरिनुपर्ने कुरामा जोड दिइन्। उनले भनिन्, बंगाल सरकारले राज्यभरि रासन कार्ड धारकहरूलाई निःशुल्क रूपमा छः महिनासम्म रासन वितरण गरिरहेको छ। बंगालमा स्वास्थ्य सम्बन्धी कुनै प्रकारको असुबिधा नहोस् भनी सरकारले सबै चाजो मिलाउँदै छ। राज्य बाहिर रहेकाहरूलाई गृह राज्य फर्काउन उचित व्यवस्था मिलाउँदैछ। उनीहरू घरमा आएपछि 14 दिनको क्वारन्टाइन सेन्टरमा बस्नुपर्ने व्यवस्थाका लागि सरकारले प्रशासन र स्वास्थ्य विभागलाई दायित्व सुम्पेको छ। मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि वर्तमान अवस्थाको बारेमा सांसदलाई जानकारी दिएका थिए।

सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा

सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा

दार्जीलिङ, 30 मई। दार्जीलिङका सांसद राजु विष्टले उत्तर बंगालमा अझै कोभिड-19 जाँच केन्द्र वा स्वाब टेस्ट सेन्टरहरूको स्थापना गर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेको विषयमा जीटीए अध्यक्ष अनित थापाले खुशी व्यक्त गरेका छन्। दार्जीलिङ र कालेबुङ जिल्लामा कोरोना संक्रमण जाँच केन्द्रको स्थापना हुनपर्छ भन्ने विषय लिएर जीटीएले धेरै समयदेखि माग उठाउँदै आइरहेका छौं। तर यसमाथि केही ठोस कार्य हुनसकेको छैन। तर अब केन्द्रमा सत्तासीन रहेको भारतीय जनता पार्टीकै एक सांसदले पनि यो मागलाई चर्काएपछि अब काम बन्नेछ भन्ने आशा लागेको छ, थापाले भने। उनले एक विज्ञप्ति जारी गर्दै यसबारे भनेका छन्, गत एक सप्ताहमा जीटीए क्षेत्रमा लगभग 3,000 मानिसहरू देशका विभिन्न राज्यबाट प्रवेश गरेका छन्। घर फर्केका पहाड़वासीलाई हामी सहृदय स्वागत गर्छौं। तर मानिसहरूको प्रवेशसँगै कोरोना भाइरसको पनि पहाड़मा प्रवेश भइरहेको छ। यसैले पहाड़मा भाइरसको संक्रमण रोक्न दार्जीलिङ अनि कालेबुङ जिल्लामा संक्रमण जाँच केन्द्र स्थापना गर्न अति आवश्यक छ। जीटीए क्षेत्रमा जाँच केन्द्र स्थापना हुनुपर्छ भन्ने माग मैले शुरूदेखि नै गर्दै आइरहेको छु। दार्जीलिङ संसदीय क्षेत्रका भाजपाका सांसद राजु विष्टले पनि प्रधानमन्त्रीलाई यसबारे पत्राचार गरेको खबर सुनेर म खुशी छु। सांसदले दार्जीलिङ अनि कालेबुङ जिल्लामा जाँच केन्द्रको स्थापनाको माग गरेका छन्। यसमाथि केन्द्र सरकारले शीघ्र स्वीकृति दिने विषय लिएर सांसद विष्टले अझै जोड़ गरेको उचित हुनेछ। आगामी सप्ताहभित्र जाँच केन्द्र… Read More

मेडिकल कलेजमा हजारौं नमूनाको जाँच हुन बाँकी

मेडिकल कलेजमा हजारौं नमूनाको जाँच हुन बाँकी

दार्जीलिङ, 30 मई। दार्जीलिङ पहाड़ अनि सिक्किमको एक मात्र कोरोना संक्रमण वा यसको लागि लिइने रालको जाँच गर्ने केन्द्र उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा हजारौंको संख्यामा रालको जाँच हुन नसकेको जानकारी पाइएको छ। जसमध्ये दार्जीलिङ र कालेबुङ जिल्लाको लगाएर 2000 भन्दा अधिक स्वाब टेस्टको रिपोर्ट आउन बाँकी नै रहेको पनि जानकारी प्राप्त भएको छ। स्वाब टेस्टको रिपोर्ट ढिलो आउनुमा जाँच कार्यको लागि चाहिने संशाधन पर्याप्त नहुनु हो भन्ने मेडिकल कलेज सूत्रको भनाई छ। जसको कारण गत 17 मईदेखि यताको स्वाबको जाँच हुन नसकेको पनि सूत्रले बताएको छ। यदि स्वाब टेस्टको जाँचमा यस्तै ढिलाई भइरहे स्थिति गम्भीर बन्नसक्ने पनि सम्भावना छ। किनभने, दिन-प्रतिदिन देशका विभिन्न राज्यहरूबाट आफ्नो घर फर्किनेहरूको संख्या बढ़िरहेको छ अनि उनीहरूको स्वाबको जाँचमा ढिलाई भए कोरोना संक्रमितहरूको संख्यामा पनि गतिलै बढ़ोत्तरी हुनसक्ने सम्भावना छ। यसैकारण दार्जीलिङ, कालेबुङ जिल्ला अस्पतालहरूसँगै सिलगढ़ी सरकारी अस्पतालमा पनि कोभिड-19 जाँच केन्द्र स्थापना गर्न आवश्यक रहेको माग उठ्न थालेको छ। यस विषय लिएर दार्जीलिङका सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्राचार गरेको जानकारी गराएका छन्। उनले स्वाब जाँचको लागि उत्तर बंगालमा शीघ्र कोभिड जाँच केन्द्रहरूको स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसको अभावको कारण उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा हजारौं संख्याको स्वाबका नमूनाहरू जाँच हुन नसकेको बताएका छन्। यसका साथै उनले उत्तर… Read More

भारतले सिक्किमेको अधिकार सुनिश्‍चित नगरेमा सिक्किम अलग पनि हुनसक्छ : केबी राई

भारतले सिक्किमेको अधिकार सुनिश्‍चित नगरेमा सिक्किम अलग पनि हुनसक्छ : केबी राई

दिल्ली सरकारको विज्ञापन मामिला गान्तोक, 30 मई। सिक्किमेले अझै पनि भारतको 22औं अङ्ग होइन भन्नसक्ने अधिकार लिएर बसेको छ र विधानसभामा यसको प्रस्ताव पारित गरेर भारत पुरानै संघीयतामा बस्ने पार्नसक्छ भन्ने कड़ा प्रतिक्रिया सिक्किम रिपल्बिकन पार्टी (एसआरपी) -का संस्थापक अध्यक्ष के.बी. राईले व्यक्त गरेका छन्। उनले गत 23 मईको दिन दिल्ली सरकारले सिभिल डिफेन्समा नियुक्तिको निम्ति जारी गरेको विज्ञापनमा सिक्किमलाई छुट्टै राष्ट्रको दर्जामा राखिएको सन्दर्भमा प्रतिक्रिया दिँदै यस्तो मन्तव्य पोखेका हुन्। उनले राज्य सरकार र राज्यका अन्य राजनैतिक दल र सिक्किम सब्जेक्टका हिमायतीहरूले गरेको प्रतिक्रियालाई उनले सिक्किमेको गौरव र स्वाभिमानलाई मास्ने लम्पसार दास मानसिकताको उपज रहेको दावी गरे। राजधानी गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर भारत सरकारले पनि यस्तो लम्पसार मानसिकतालाई बुझेर कहिले विश्‍वास नगर्ने तथा अन्य शक्तिशाली देशको शरण पाए भारतलाई पनि धोका दिन पछि पर्दैन भन्ने थाहा भएको दावी गर्दै सरकारले सिक्किम सब्जेक्टको विरूद्धमा दर्ता गरेको प्रतिक्रिया सिक्किमेको अस्तित्व र स्वाभिमानविरोधी रहेको ठोकुवा गरे। उनले भने, दिल्ली सरकारको विज्ञापनमा अलग स्टाटस् दियो भनेर सबैले प्रतिक्रिया गरेका छन्। त्यसमा भएको सिक्किमेको स्टाटस् सिक्किमेको पहिचान र सिक्किमको जुन एउटा स्थान सर्वभारतीय स्तरमा अलग छ, त्यो कुरा पूर्व गृहमन्त्री राजनाथ सिंह (अहिले रक्षा मन्त्री) -ले एउटा नोटिफिकेशन निकालेर सिक्किमेको पहिचान अलग छ भनेर नोटबन्दीको बेलामा बताएका छन्। यसले के बुझाउँछ भने सिक्किम… Read More

एसकेएम सरकारको कमजोर इच्छाशक्तिले गर्दा भाइरल ल्याबमा अहिलेसम्म जाँच भएन : एम.के. सुब्बा

एसकेएम सरकारको कमजोर इच्छाशक्तिले गर्दा भाइरल ल्याबमा अहिलेसम्म जाँच भएन : एम.के. सुब्बा

गान्तोक, 30 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले भारतमा 641 वटा भाइरोलोजी टेस्टिङ ल्याब शुरू भइसक्दा पनि सिक्किम सरकारले भने परमाणु परीक्षण गरेको जस्तो तथा चन्द्रयानको अभियानजस्तो गर्नै नसक्ने काम जस्तो गरिरहेको कारण अहिलेसम्म ल्याबमा जाँच शुरू भएकै छैन भन्ने कड़ा आरोप लगाएको छ। एसडीएफ मुख्य प्रवक्ता एम.के. सुब्बाले एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, आईसीएमआरले दिएको सातवटा मानदण्डमा मुश्किलले चारवटा मानदण्ड मात्र पूरा गरेको हुनाले अहिलेसम्म जाँच शुरू भएको छैन। 21 मईमा नरिवल फूटाएर रिबन काटेको प्रयोगशालामा आरटीपीसीआरको निम्ति चाहिने किट्सहरू अहिलेसम्म नमगाएर सिक्किम सरकारले तयारी नै नगरेको बताए। यसरी नै अहिलेसम्म पर्याप्त रूपमा तक्निकी र चिकित्साबारे जानकारहरूको व्यवस्था गर्न सरकार चुकिरहेको बताए। उनले अहिलेसम्म नौ सयभन्दा अधिक नमूना जाँचको निम्ति अड्किएर बसेको कुरा सानो कुरा नभएको भन्दै यसलाई लिएर सरकार अझै पनि राजनीति गर्न नै व्यस्त रहेको आरोप लगाए। उनले सरकार कोरोनाको महामारीसित लड्न अझैसम्म पनि आपदा प्रबन्धन कोष गठन गर्न चुकेर केवल मुख्यमन्त्री राहत कोष बटुल्नमै व्यस्त रहेको आरोप लगाए। देशले लकडाउन शुरू गर्नअघि प्रधानमन्त्रीले 11 वटा सशक्तीकरण समूह गठन गरेर काम शुरू गरेको तर अहिलेसम्म सिक्किमले भने एक्सपर्टस मेडिकल एडवाइजरी कमिटीसम्म गठन गर्न नसकेको आरोप लगाए। उनले अहिलेसम्म जाँच शुरू गर्न नसकेको विषय समेटेर महामारीको सम्पूर्ण दस्तावेजसहित सरकारले एसडीएफ पार्टीको मागलाई नै आरटीआई सम्झेर… Read More