नर्सका पति र छोरोले पनि पाए अस्पतालबाट छुट्टी

नर्सका पति र छोरोले पनि पाए अस्पतालबाट छुट्टी

सिलगढ़ी, ३ मईः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् दार्जीलिङनिवासी नर्स अञ्जली राईका पति र छोरोले अस्पतालबाट छुट्टी पाएका छन्।दुवै स्वस्थ बनेपछि आज बेलुकी डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका हुन्। हिजो र आज दुवैको रिपोर्ट लगातार दुईपटक नेगिटिभ आएको छ।यसभन्दा अघि नर्स अञ्जली राई र उनकी आमाले अस्पतालबाट छुट्टी पाएका थिए। स्मरणरहोस्, कोरोना सङ्क्रमित कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी नर्स अञ्जली राईको कोरोना टेस्ट रिपोर्ट १२ अप्रेलका दिन पोजिटिभ आएको थियो।त्यसपछि १३ अप्रेलका दिन उनका पति तथा १४ अप्रेलका दिन उनकी आमाको रिपोर्ट पोजिटिभ आएको थियो। यद्यपि त्यसबेला दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको थियो।परिवारका तीनैजना ठूलाको रिपोर्ट पोजिटिभ आएर अस्पतालमा भर्ना हुन परेपछि नानीलाई हेर्ने कोही नभएका कारण उनीहरूले ती दुई वर्षे छोरोलाई पनि आफूहरूसँगै अस्पतालमै लिएर गएका थिए भने पछिल्लो २३ अप्रेलका दिन छोरोको रिपोर्ट पनि पोजिटिभ आएको थियो।यसैबीच अञ्जली र उनकी आमाको लगातार दुईपटक रिपोर्ट निगेटिभ आएका कारण दुवैले पछिल्लो २८ अप्रेलका दिन डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका थिए।तर, त्यसबेला दुवैपटक अञ्जली राईका पति र छोरोको टेस्ट भने पोजिटिभ नै आएका कारण अस्पतालमै उपचाराधीन थिए। यद्यपि हिजै र आज दुवैको रिपोर्टको लगातार नेगिटिभ आएका कारण आज बेलुकी छुट्टी पाएका छन्।   सम्बन्धित समाचार ….. कोरोनालाई जितेर घर फर्केकी अञ्जली राईको सहासिक कथा… Read More

देशमा कोरोनाले स्वस्थ हुने रोगीहरूको प्रतिशत 25.19, मृत्यु दर 3.2 प्रतिशत 

देशमा कोरोनाले स्वस्थ हुने रोगीहरूको प्रतिशत 25.19, मृत्यु दर 3.2 प्रतिशत 

  नयाँ दिल्ली, 30 अप्रेल (हिस)। देशमा कोरोनाबाट स्वस्थ हुनेहरूको प्रतिशत बढ्दै गईरहेछ। वर्तमान समयमा यो प्रतिशत बढ़ेर 25.19% भएको छ। जबकि 14 दिन अघि स्वस्थ हुनेहरूको प्रतिशत 13.06 थियो। स्वास्थ्य मन्त्रालय अनुसार, कोरोना संक्रमणले मर्नेहरूको प्रतिशत 3.2 छ। यसमा 65% पुरूष र 35% महिला छन्। बिहीबार प्रेस वार्तामा स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले भने, ‘कोरोनाले मर्ने 78% मानिसमा मुख्य रूपमा रोगी बुजुर्ग हुनका साथै अन्य गम्भीर रोग सामेल छ। कोरोनाले मर्नेहरूमा 45 वर्षभन्दा कम आयुका 14% मानिस छन्। त्यही, 45-50 का आयुका 34% छन्। 60 वर्षभन्दा अधिक आयुका मानिसहरूमा यो 51.2% छ, जसमा 60-75 वर्षका आय़ुका व्यक्ति 43% छन् औं 75 वर्षभन्दा माथिका 9.2% छन्’। लव अग्रवालले ऱ्यापिड टेस्टको प्रयोगमा स्पष्टीकरण दिँदै भने, ‘स्वास्थ्य मन्त्रालयले टेस्टिङ प्रोटोकलको दिशा-निर्देश स्पष्ट रूपमा जारी गरेको छ। कोरोना संक्रमणको पत्तो लगाउनको निम्ति ऱ्यापिट टेस्ट किट छैन, यसको निम्ति केवल आरटी-पीसीआर टेस्ट छ। यसैबाट व्यक्ति संक्रमित छ वा छैन, यसको पत्तो लाग्छ। जबकि ऱ्यापिट टेस्ट केवल निगरानीको निम्ति प्रयोग गरिन्छ’। देशमा कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै धेरै निजी अस्पताल र क्लीनिकले सेवा दिनु बन्द गरेका छन्। यसलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘निजी अस्पतालले कुनै पनि रोगीको उपचार गर्न खारेज गर्न सक्दैन। सबै क्लीनिकहरूले सुचारू रूपमा रोगीहरूको उपचार गरोस्। विशेषगरी डायलिसि, थेलसमिया,… Read More

142 मध्ये 117 को रिपोर्ट नेगेटिभ, 25 को रिपोर्ट आउनु बॉंकी

142 मध्ये 117 को रिपोर्ट नेगेटिभ, 25 को रिपोर्ट आउनु बॉंकी

गान्तोक, 30 अप्रेल (हिस)। सिक्किमबाट अहिलेसम्म कुल 142 जनाको नमूना कोरोना जॉंचको निम्ति पठाएको छ भने 117 जनाको रिपोर्ट नेगेटिभ आएको छ। उक्त जानकारी राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका महानिदेशक एवं सचिव डा. पेम्पा भोटियाले आज जारी हेल्थ बुलेटिनमा दिए। सचिव भोटियाले सिक्किमबाट अहिलेसम्म 142 जना जनाको नमूना जॉंचको निम्ति पठाइएको र 117 जनाको रिपोर्ट ​नेगेटिभ आएको जानकारी दिए। उनले आज सिक्किमबाट 25 जनाको नमूना कोरोना जॉंचको निम्ति पठाइएको जानकारी दिए। उनले राज्यमा हाल 4 जनालाई अस्पतालमा भर्ती गरिएको र 5 जनालाई फेसीलिटी क्वारन्टाइनमा राखिएको बताए। यसैगरी, उनले अहिलेसम्म सिक्किममा 4240 जनालाई होम क्वारन्टाइनमा राखिएको र यसमध्ये 4088 जनाले 28 दिनको क्वारन्टाइन सकिसकेको जानकारी दिए।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

– हीरा छेत्री  एन्टप हिल, मुम्बई केही न केही गरेरै देखाउने इच्छाशक्ति पालेकी सिङ्ग्रौलीकी ठिटी दिव्याले आफ्नो सपनाको उड़ानमा नयाँ पखेटा थपेर उच्च गगनतिर लम्किने मौका पाएकी हुन् सन् 2018 -मा। पञ्जाबको जालन्धरमा महिला दिवसको उपलक्ष्यमा आयोजित कन्टिनेन्टल रेसलिङ इन्टरटेन्टमेन्टको प्रो-रेसलिङ च्याम्पियनसिपमा पहिलोपल्टै नै बेल्ट जित्ने दिव्यालाई स्थानीय मिडियाले त्यही दिनदेखि नै नयाँ नाम दिएको थियो – लेडी खली। सो खेलमा दिव्याले महिला रेसलिङमा पताका गाढ्ने पूर्व च्याम्पियन राजस्थानकी सन्नी जाटलाई मात दिएर उक्त खिताब हत्याएकी थिइन् जबकी उनले त्यतिखेर प्रोफेसनल रेसलिङको तालिम सुरू गरेको केवल 8 महिना मात्रै हुँदैथ्यो। यो उपाधि जित्ने राज्यको पहिलो महिला बनेर उनले मध्य प्रदेशको सिर ठाड़ो पारिदिएकी थिइन्। सम्पूर्ण राज्यमा एकमात्र महिला रेसलर भनेर अहिले पनि उनलाई नै चिनिन्छ। प्रोफेसनल रेसलिङको यो टेकनिकल खेल-मैदानमा गोर्खे नारीशक्तिस्वरूपा दिव्या उत्रेर जब आफ्नो 66 किलोको शरीर थाम्ने खुट्टा थर्काउँदै चिच्याउँछिन् तब मै हुँ भन्नेहरूको सातो पुत्लो उड़्ने गर्दछ। सानैदेखि टिभी हेर्ने बानी, तर हेर्थिन् त केवल कुस्तीको च्यानल। त्यो च्यानल हेरेर अरू नानीहरूजस्तै पलङमा उफ्रिने, आमाबाबु-दिदीबैनीसित जुझ्ने स्वभाव उनमा पनि बस्यो। बिस्तारीबिस्तारी उनलाई यसको मातै लाग्नथाल्यो। सबै काम छोड़ेर केवल टिभीमा रेसलिङ मात्रै हेर्ने भइन्। हेर्ने त भइन् भइन् आफु पनि ठुली भएर यस्तै खेल्ने हुन्छु भनी हिँड़्नथालिन्। आमाबाबुले पनि केटाकेटीको मनको लड्डु त हो भन्ने सोचेर… Read More