एसडीएफद्वारा जीएमसी, अनाथाश्रम, एसटीएनएम र प्रेसक्लबलाई माक्स र सेनिटाइजर वितरण

एसडीएफद्वारा जीएमसी, अनाथाश्रम, एसटीएनएम र प्रेसक्लबलाई माक्स र सेनिटाइजर वितरण

गान्तोक, 3 अप्रेल। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा नाम्ची सिङ्गिथाङका क्षेत्र विधायक पवन चामलिङमले कोविड-19को बड्दो प्रकोपसँग सिक्किमलाई सुरक्षित राख्ने उद्देश्यले आज पनि आफ्नो सहयोगको हात अघि बडाएका छन्। विधायक चामलिङले एसडीएफ पार्टी मुख्यालयबाट हेण्ड सेनिटाइजर अनि फेस माक्स जरुरतमन्द मानिसहरूलाई प्रदान गरिनुपर्ने निर्देश दिएपछि एसडीएफ पार्टी कार्यकर्ताहरूले आज पार्टी मुख्यालयबाट वितरण गरेका छन्। एसडीएफ पार्टीमार्फत पाइएको जानकारी अनुसार पूर्व मुख्यमन्त्री पवन चामलिङको निर्देशमा आज एसडीएफ पार्टीले नयाँ एसटीएनएम अस्पताललाई तीन हजारवटा माक्स, 250 बटल हेण्ड सेनिटाइजर दिइएको थियो। अर्कोतिर गान्तोक महानगर पालिकाका मेयर शक्तिसिंह चौधरीको हातमा पनि जीएमसीको निम्ति 6 सय माक्स अनि एकसयवटा हेण्ड सेनिटाइजर दिइएको छ। यसरीनै पार्टीले लकडाउनको समयमा दैनिकरूपमा फिल्डमा गएर काम गर्ने पत्रकारहरूको निम्ति तीनसय फेस माक्स र 30 बोतल हेण्ड सेनिटाइजर प्रेस क्लबमा पठाएको जानकारी छ भने तीन सय माक्स र 40 वटा हेण्ड सेनिटाइजर चान्दमारीस्थित अर्वन होममा पठाएको जानकारी थाहा लागेको छ। पूर्व मुख्यमन्त्री पवन चामलिङले उक्त सामाग्रीसँगै घरमा बस्ने अनि सुरक्षित बस्ने साथै सिक्किमलाई कोरोना भाइरसमुक्त बनाउने सन्देश पनि दिएका छन्।

प्रधानमन्त्रीको राष्ट्रलाई सम्बोधन

प्रधानमन्त्रीको राष्ट्रलाई सम्बोधन

मेरा प्यारा देशवासीहरू, कोरोना वैश्विेक महामारीका विरुद्ध देशव्यापी लकडाउन आज ९ दिन पुगेको छ। यस अवधिमा तपाईंहरू सबैले जुन प्रकारको अनुशासन र सेवाभाव, दुवैको परिचय दिनुभयो, त्यो अभूतपूर्व छ। शासन, प्रशासन र जनता जनार्दनले मिलेर स्थितिलाई राम्ररी सम्हाल्ने भरपूर प्रयास गरे। तपाईंहरूले जुन प्रकारले २२ मार्च आइतबारको दिनदेखि कोरोनाका विरुद्ध लडाईं लड्ने हरेक जो-कसैलाई धन्यवाद दिनुभयो, उनीहरू सबै आज देशको निम्ति एक उदाहरण बनेका छन्। आज कैयौं देशले यस प्रक्रियालाई दोहोर्याआई रहेका छन्। जनता कर्फ्यू होस् वा घण्टी-ताली-थाल बजाउने कार्यक्रम होस्, उनीहरूले यस चुनौतीपूर्ण समयमा देशलाई यसको सामूहिक शक्तिको परिचय दिए। देशले एकजुट भएर कोरोनाका विरुद्ध लड्न सक्नेछ भन्ने भाव प्रकट भयो। अब लकडाउनको समय देशमा तपाईंहरू सबैको यो सामूहिक पहल चरितार्थ भइरहेको देखिँदैछन्। साथीहरू हो, आज जब देशका करोडौं जनमानस घरमा छन्, तब कसैलाई पनि उनीहरूले एक्लै के गर्नसक्छन् र भन्ने जस्तो लाग्न सक्छ। कसैले यति ठूलो लडाईं, उनीहरू एक्लै कसरी लड्ने भन्ने पनि सोचिरहेका होलान्। अनि यति धेरै दिन कसरी कटाउने भन्ने पनि सोच मनमा आउँदो हो। साथीहरू हो, यो लकडाउनको समय अवश्यै हो, हामी आफ्नो घरमा छौं, तर हामीमध्ये कोही पनि एक्लै भने छैनौं। १३० करोड देशवासीको सामूहिक शक्ति हरेक व्यक्तिका साथमा छ, हरेक व्यक्ति सक्षम छन्। समय-समयमा देशवासीले यस सामूहिक शक्तिको विराट्ता, यसको भव्यता अनि दिव्यताको… Read More

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा खेलाडीहरूसँग संवाद

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा खेलाडीहरूसँग संवाद

प्रधानमन्त्रीले दिए कोभिड-१९ विरुद्धको सङ्घर्षका लागि सङ्कल्प, संयम, सकारात्मका, सम्मान र सहयोगको पॉंच खेलाडीहरूले राष्ट्रलाई गौरवान्वित गरेका छन्, अब उनीहरूले राष्ट्रको मनोबल बढाउन र सकारात्मक परिवेश कायम राख्न महत् भूमिका खेल्नुपर्नेछ ः प्रधानमन्त्री प्रधानमन्त्रीको नेतृत्त्वको सराहना गर्दै खेलाडीहरूले सकारात्मकता तथा सामाजिक दूरी कायम गर्ने सन्देश प्रचार-प्रसार गर्न सङ्कल्प व्यक्त गरे नयॉं दिल्ली, ०३ अप्रेल, २०२०| प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा प्रख्यात खेलाडीहरूसँग संवाद गरे| ‘कोभिड-१९’ सम्पूर्ण मानवताको दुश्मन रहेको तथा वर्तमान स्थितिको गम्भीरता दोस्रो विश्‍व युद्धपछि पहिलोपटक ओलम्पिक गेम्स स्थगित गर्नुपरेको कुराले पनि दर्शाउने प्रधानमन्त्रीले बताए| यस महामारीले गर्दा उत्पन्न भएका विकट चुनौतीहरूका कारण विम्बलडन जस्ता अन्य प्रमुख अन्तरराष्ट्रिय खेल आयोजनका साथमा क्रिकेटसित सम्बन्धित इण्डियन प्रीमियर लीग जस्ता घरेलु खेल आयोजनको पूर्व निर्धारित समय परिवर्तन गर्न विवश हुनुपरेको कुरा पनि उनले बताए| खेलको मैदानमा शानदार प्रदर्शन गरी राष्ट्रलाई गौरवान्वित गर्ने खेलाडीहरूको प्रशंसा प्रधानमन्त्रीले गरे| अब उनीहरूले राष्ट्रको मनोबल बढाउन र सकारात्मकताको परिवेश कायम राख्न महत् भूमिका खेल्नुपर्ने उनले आह्वान जनाए| यसका साथै खेलाडीहरूले लकडाउनको समय जारी गरिने सर-सल्लाहहरू निरन्तर पालन गर्ने परामर्श जनमानसलाई दिन पनि उनले अफील गरे| खेल प्रशिक्षणको समय सिकिने विशेष कुरा, जस्तै चुनौतीहरूलाई डटेर सामना गर्ने क्षमता, स्वअनुशासन, सकारात्मकता र आत्मविश्‍वास यस विषाणुलाई फैलिन नदिने दृष्टिले अत्यन्तै आवश्यक तरिकाले रहेको उनले बताए| खेलाडीहरूले जनमानसलाई दिने… Read More