नर्सका पति र छोरोले पनि पाए अस्पतालबाट छुट्टी

नर्सका पति र छोरोले पनि पाए अस्पतालबाट छुट्टी

सिलगढ़ी, ३ मईः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् दार्जीलिङनिवासी नर्स अञ्जली राईका पति र छोरोले अस्पतालबाट छुट्टी पाएका छन्।दुवै स्वस्थ बनेपछि आज बेलुकी डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका हुन्। हिजो र आज दुवैको रिपोर्ट लगातार दुईपटक नेगिटिभ आएको छ।यसभन्दा अघि नर्स अञ्जली राई र उनकी आमाले अस्पतालबाट छुट्टी पाएका थिए। स्मरणरहोस्, कोरोना सङ्क्रमित कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी नर्स अञ्जली राईको कोरोना टेस्ट रिपोर्ट १२ अप्रेलका दिन पोजिटिभ आएको थियो।त्यसपछि १३ अप्रेलका दिन उनका पति तथा १४ अप्रेलका दिन उनकी आमाको रिपोर्ट पोजिटिभ आएको थियो। यद्यपि त्यसबेला दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको थियो।परिवारका तीनैजना ठूलाको रिपोर्ट पोजिटिभ आएर अस्पतालमा भर्ना हुन परेपछि नानीलाई हेर्ने कोही नभएका कारण उनीहरूले ती दुई वर्षे छोरोलाई पनि आफूहरूसँगै अस्पतालमै लिएर गएका थिए भने पछिल्लो २३ अप्रेलका दिन छोरोको रिपोर्ट पनि पोजिटिभ आएको थियो।यसैबीच अञ्जली र उनकी आमाको लगातार दुईपटक रिपोर्ट निगेटिभ आएका कारण दुवैले पछिल्लो २८ अप्रेलका दिन डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका थिए।तर, त्यसबेला दुवैपटक अञ्जली राईका पति र छोरोको टेस्ट भने पोजिटिभ नै आएका कारण अस्पतालमै उपचाराधीन थिए। यद्यपि हिजै र आज दुवैको रिपोर्टको लगातार नेगिटिभ आएका कारण आज बेलुकी छुट्टी पाएका छन्।   सम्बन्धित समाचार ….. कोरोनालाई जितेर घर फर्केकी अञ्जली राईको सहासिक कथा… Read More

देशमा कोरोनाले स्वस्थ हुने रोगीहरूको प्रतिशत 25.19, मृत्यु दर 3.2 प्रतिशत 

देशमा कोरोनाले स्वस्थ हुने रोगीहरूको प्रतिशत 25.19, मृत्यु दर 3.2 प्रतिशत 

  नयाँ दिल्ली, 30 अप्रेल (हिस)। देशमा कोरोनाबाट स्वस्थ हुनेहरूको प्रतिशत बढ्दै गईरहेछ। वर्तमान समयमा यो प्रतिशत बढ़ेर 25.19% भएको छ। जबकि 14 दिन अघि स्वस्थ हुनेहरूको प्रतिशत 13.06 थियो। स्वास्थ्य मन्त्रालय अनुसार, कोरोना संक्रमणले मर्नेहरूको प्रतिशत 3.2 छ। यसमा 65% पुरूष र 35% महिला छन्। बिहीबार प्रेस वार्तामा स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले भने, ‘कोरोनाले मर्ने 78% मानिसमा मुख्य रूपमा रोगी बुजुर्ग हुनका साथै अन्य गम्भीर रोग सामेल छ। कोरोनाले मर्नेहरूमा 45 वर्षभन्दा कम आयुका 14% मानिस छन्। त्यही, 45-50 का आयुका 34% छन्। 60 वर्षभन्दा अधिक आयुका मानिसहरूमा यो 51.2% छ, जसमा 60-75 वर्षका आय़ुका व्यक्ति 43% छन् औं 75 वर्षभन्दा माथिका 9.2% छन्’। लव अग्रवालले ऱ्यापिड टेस्टको प्रयोगमा स्पष्टीकरण दिँदै भने, ‘स्वास्थ्य मन्त्रालयले टेस्टिङ प्रोटोकलको दिशा-निर्देश स्पष्ट रूपमा जारी गरेको छ। कोरोना संक्रमणको पत्तो लगाउनको निम्ति ऱ्यापिट टेस्ट किट छैन, यसको निम्ति केवल आरटी-पीसीआर टेस्ट छ। यसैबाट व्यक्ति संक्रमित छ वा छैन, यसको पत्तो लाग्छ। जबकि ऱ्यापिट टेस्ट केवल निगरानीको निम्ति प्रयोग गरिन्छ’। देशमा कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै धेरै निजी अस्पताल र क्लीनिकले सेवा दिनु बन्द गरेका छन्। यसलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘निजी अस्पतालले कुनै पनि रोगीको उपचार गर्न खारेज गर्न सक्दैन। सबै क्लीनिकहरूले सुचारू रूपमा रोगीहरूको उपचार गरोस्। विशेषगरी डायलिसि, थेलसमिया,… Read More

142 मध्ये 117 को रिपोर्ट नेगेटिभ, 25 को रिपोर्ट आउनु बॉंकी

142 मध्ये 117 को रिपोर्ट नेगेटिभ, 25 को रिपोर्ट आउनु बॉंकी

गान्तोक, 30 अप्रेल (हिस)। सिक्किमबाट अहिलेसम्म कुल 142 जनाको नमूना कोरोना जॉंचको निम्ति पठाएको छ भने 117 जनाको रिपोर्ट नेगेटिभ आएको छ। उक्त जानकारी राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका महानिदेशक एवं सचिव डा. पेम्पा भोटियाले आज जारी हेल्थ बुलेटिनमा दिए। सचिव भोटियाले सिक्किमबाट अहिलेसम्म 142 जना जनाको नमूना जॉंचको निम्ति पठाइएको र 117 जनाको रिपोर्ट ​नेगेटिभ आएको जानकारी दिए। उनले आज सिक्किमबाट 25 जनाको नमूना कोरोना जॉंचको निम्ति पठाइएको जानकारी दिए। उनले राज्यमा हाल 4 जनालाई अस्पतालमा भर्ती गरिएको र 5 जनालाई फेसीलिटी क्वारन्टाइनमा राखिएको बताए। यसैगरी, उनले अहिलेसम्म सिक्किममा 4240 जनालाई होम क्वारन्टाइनमा राखिएको र यसमध्ये 4088 जनाले 28 दिनको क्वारन्टाइन सकिसकेको जानकारी दिए।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

– हीरा छेत्री  एन्टप हिल, मुम्बई केही न केही गरेरै देखाउने इच्छाशक्ति पालेकी सिङ्ग्रौलीकी ठिटी दिव्याले आफ्नो सपनाको उड़ानमा नयाँ पखेटा थपेर उच्च गगनतिर लम्किने मौका पाएकी हुन् सन् 2018 -मा। पञ्जाबको जालन्धरमा महिला दिवसको उपलक्ष्यमा आयोजित कन्टिनेन्टल रेसलिङ इन्टरटेन्टमेन्टको प्रो-रेसलिङ च्याम्पियनसिपमा पहिलोपल्टै नै बेल्ट जित्ने दिव्यालाई स्थानीय मिडियाले त्यही दिनदेखि नै नयाँ नाम दिएको थियो – लेडी खली। सो खेलमा दिव्याले महिला रेसलिङमा पताका गाढ्ने पूर्व च्याम्पियन राजस्थानकी सन्नी जाटलाई मात दिएर उक्त खिताब हत्याएकी थिइन् जबकी उनले त्यतिखेर प्रोफेसनल रेसलिङको तालिम सुरू गरेको केवल 8 महिना मात्रै हुँदैथ्यो। यो उपाधि जित्ने राज्यको पहिलो महिला बनेर उनले मध्य प्रदेशको सिर ठाड़ो पारिदिएकी थिइन्। सम्पूर्ण राज्यमा एकमात्र महिला रेसलर भनेर अहिले पनि उनलाई नै चिनिन्छ। प्रोफेसनल रेसलिङको यो टेकनिकल खेल-मैदानमा गोर्खे नारीशक्तिस्वरूपा दिव्या उत्रेर जब आफ्नो 66 किलोको शरीर थाम्ने खुट्टा थर्काउँदै चिच्याउँछिन् तब मै हुँ भन्नेहरूको सातो पुत्लो उड़्ने गर्दछ। सानैदेखि टिभी हेर्ने बानी, तर हेर्थिन् त केवल कुस्तीको च्यानल। त्यो च्यानल हेरेर अरू नानीहरूजस्तै पलङमा उफ्रिने, आमाबाबु-दिदीबैनीसित जुझ्ने स्वभाव उनमा पनि बस्यो। बिस्तारीबिस्तारी उनलाई यसको मातै लाग्नथाल्यो। सबै काम छोड़ेर केवल टिभीमा रेसलिङ मात्रै हेर्ने भइन्। हेर्ने त भइन् भइन् आफु पनि ठुली भएर यस्तै खेल्ने हुन्छु भनी हिँड़्नथालिन्। आमाबाबुले पनि केटाकेटीको मनको लड्डु त हो भन्ने सोचेर… Read More

मईको अन्तसम्म लकडाउन रहने, सोमबारदेखि ग्रीन जोनमा छूट: ममता

मईको अन्तसम्म लकडाउन रहने, सोमबारदेखि ग्रीन जोनमा छूट: ममता

कोलकाता, 29 अप्रेल (हिस)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार स्पष्ट गरेकी छन् कि राज्यमा मई महिनाको अन्तसम्म लकडाउनबाट राहत पाइनेछैन। राज्य सचिवालय नवान्नमा मीडियासित कुराकानी गर्दै ममताले भनिन्, ‘विशेषज्ञहरूले मई महिनाको अन्त अथवा जून महिनाको पहिलो सातासम्म कोरोनाबाट राहत मिल्ने सम्भावना व्यक्त गरेका छन्। तबसम्म लकडाउन कायम राख्ने सुझाउ दिइएको छ। देशका अन्य राज्यहरूबाट पनि यही माग भईरहेछ। यसैले मानिसहरूलाई तबसम्म सावधान रहनपर्नेछ’। यसका साथै सीएमले आगामी सोमबारदेखि राज्यको ग्रीन जोनमा प्रतिबन्धहरूमा छूट दिइने घोषणा पनि गरिन्। उनले भनिन्, ‘स्थानीय प्रशासनबाट अनुमति लिएर दोकानहरू खोल्न सकिन्छ। यद्यपि, फुटपाथका दोकानहरू खोलिनेछैन तर जुन पंजीकृत दोकानहरू छन्, त्यसलाई खोल्न सकिन्छ। अहिले सलून खोलिनेछैन। जुन दोकानहरू खोलिनेछ, त्यसमा इलेक्ट्रोनिक, पुस्तक, लन्ड्री, चिया र पानको दोकान सामेल छन्। यी दोकानहरूबाट केवल होम डिलीवरी गर्न सकिन्छ अर्थात् मानिसहरूले सड़कहरूमा निस्केर किन्न सक्नेछैनन्, जुन-जुन वस्तुको खाँचो छ, दोकानमा फोन गरी त्यहाँबाट घरसम्म होम डिलीवरी गरिनेछ। सलूनको दोकान अहिले बन्द रहनेछ किनभने केन्द्र सरकारले यसको अनुमति दिएको छैन’। मुख्यमन्त्री ममता ब्यानर्जीले ग्रीन जोनमा बस र ट्याक्सी चेलाउने छूट दिएकी छन्। उनले भनिन्, ‘बसहरूमा 20 भन्दा अधिक यात्री बस्न सक्नेछैनन् जबकि ट्याक्सीमा केवल 3 व्यक्तिलाई यात्रा गर्ने अनुमति हुनेछ। सोशल डिस्टेन्सिङको पालन गरिनु आवश्यक छ’। यसका साथै सीएमले राज्यको जूट मिलहरूमा पनि काम जारी राख्ने छूट दिएकी… Read More

मुख्यमन्त्री गोलेद्वारा अभिनेता इरफान खानको निधनमा दुख प्रकट

मुख्यमन्त्री गोलेद्वारा अभिनेता इरफान खानको निधनमा दुख प्रकट

गान्तोक, 29 अप्रेल (हिस)। मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले हिन्दी फिल्म जगतका एक प्रसिद्ध अभिनेता इरफान खानको निधनमा गहिरो दुख व्यक्त गरेका छन्। मुख्यमन्त्री गोलेले आज आफ्नो आधिकारिक फेसबुक पेजमा पद्मश्रीले सम्मानित अभिनेता इरफान खानको असामयिक निधनको खबर सुनेर दुखी बनेको कुरा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘सिनेमा जगतप्रति उनको अतुलनीय योगदानको निम्ति उनलाई सदा स्मरण गरिने छ।’ यसैगरी, मुख्यमन्त्रीले उनको परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्। यसैगरी, उनले इरफान खानको एउटा फोटो पनि साझा गरेका छन्, जुन उनी फिल्म शुटिङको निम्ति सिक्किम आउॅंदा लिएको थियो। इरफान खान एउटा हिन्दी फिल्मको शुटिङको निम्ति वर्ष 2017 मा सिक्किम आएका थिए। उल्लेखनीय छ, चर्चित अभिनेता इरफान खानको बुधबार बिहान 54 वर्षको उमेरमा निधन भयो। उनी गत दुई सालदेखि न्यूरोएण्डोक्राइन ट्यूमरले ग्रसित थिए। इरफान खानका चर्चित फिल्महरूमा ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘करीब-करीब सिंगल’, ‘कारवां, ‘मदारी’, ‘बिल्लू बारबर, ‘लाइफ ऑफ पाई’, ब्लैक मेल’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हासिल’,’स्लडॉग मिलेनियर’, ‘पान सिंह तोमर’ र ‘हिंदी मीडियम’ सामेल छन्। उनले ‘पान सिंह तोमर’ को निम्ति नेशनल अवार्ड प्राप्त गरेका थिए। यस अतिरिक्त केही हलीवुड फिल्महरूमा पनि काम गरेका थिए।

रम्फू चेकपोस्टमा विशुहाङ लिम्बूद्वारा तयार पारिएको वेहिकल डिसइन्फेक्ट मसिन जड़ान गरियो

रम्फू चेकपोस्टमा विशुहाङ लिम्बूद्वारा तयार पारिएको वेहिकल डिसइन्फेक्ट मसिन जड़ान गरियो

गान्तोक, 29 अप्रेल (हिस)। सिक्किमका एक युवाद्वारा तयार पारिएको वाहन डिसइन्फेक्ट गर्ने एक उपकरण आज पूर्व सिक्किमको रम्फू चेकपोस्ट परिसरमा जड़ान गरियो। पश्चिम सिक्किमको बर्मेक निवासी युवा विशुहाङ लिम्बूले सिक्किम सरकारको भू-राजस्व विभागको सहयोगमा तयार गरेको वेहिकल डिसइन्फेक्ट मसिन–को मन्त्री केएन लेप्चाले उद्घाटन गरे। पछिल्लो महिनादेखि नै रम्फू चेकपोस्टमा राज्य बाहिरबाट आउने प्रत्येक वाहनहरूमा कीटनाशक छर्कने काम भइरहेको छ। यसअघि यो काम म्यानुअल हुँदैथियो भने अब डिसइन्फेक्ट मसिन-द्वारा गरिनेछ। आज केही वाहनहरूमाथि गरिएको प्रयोग सफल भएको छ। विशुहाङद्वारा तयार पारिएको उक्त डिजाइन मन्त्री लोकनाथ शर्माकै पहलमा राज्य सरकारको भू-राजस्व विभागले विशेषज्ञहरूको सहयोग लिएर तयार पारेर प्रयोगमा ल्याइएको हो। मीडियाकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले यति सानो उमेरमा विशुहाङ लिम्बूको विज्ञान र नवोन्मेषप्रति चासोको प्रशंसा गरे। उनले विशुहाङको सराहना गर्दै रचनात्मकतामा देशलाई नै नेतृत्व प्रदान गर्ने क्षमता रहेको बताए। उनले यो डिसइन्फेक्ट प्रणाली सबै चेकपोस्टहरूमा जड़ान गर्ने र आगामी दिनहरूमा मुख्य प्रशासनिक कार्यालयहरूमा जड़ान गरिने बताए। यसैगरी, मन्त्री एलएन शर्माले यसलाई ऐतिहासिक आविष्कार बताउॅंदै राज्यमा यस्तो पहिलो उपकरण जड़ान गरिएको बताए। उनले मल्ली चेकपोस्टसहित अन्य उपयुक्त ठाउॅंहरूमा पनि यो प्रणाली लगाउने योजना साझा गरे। उनले कोविड 19 महामारी रोकथामको निम्ति तत्काल निवारक उपायहरू लागू गरेकोमा मुख्यमन्त्री पीएस गोलेप्रति आभार प्रकट गरे।

राज्य बाहिर फॅंसेका सिक्किमेहरूलाई अविलम्ब फर्काउन पहल गरिनुपर्छ: डीबी चौहान

राज्य बाहिर फॅंसेका सिक्किमेहरूलाई अविलम्ब फर्काउन पहल गरिनुपर्छ: डीबी चौहान

गान्तोक, 29 अप्रेल (हिस)। कोविड-19 को प्रकोप रोकथामलाई लिएर देशव्यापी लकडाउन चलिरहेको समय भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईले विभिन्न मुद्दामा राज्य सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले आज एउटा भिडियो सन्देश जारी गरेर विशेष गरी राज्य बाहिर रहेका सिक्किमे विरामी, विद्यार्थी तथा कामदारहरूलाई अविलम्ब सिक्किम फर्काउन पहल गरिनुपर्ने सुझाउ राखेका छन्। हाल देशव्यापी लकडाउनको कारण राज्य बाहिर रहेका सिक्किमवासीले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको र विभिन्न माध्यमहरूबाट आफूहरूलाई जानकारी प्राप्त भइरहेको उल्लेख गर्दै राज्य सरकारले यस विषयमा शीघ्र पहल गर्न अध्यक्ष चौहानले सुझाउ दिएका छन्। भारतीय जनता पार्टी अनि भाजपा युवा मोर्चाले देशव्यापी रूपमा लकडाउनको समयमा समस्यामा रहेका मानिसहरूलाई भाजपा सिक्किमको समन्वयमा सहयोग पुऱ्याइरहेको अनि राज्य सरकारले पनि आवश्यक पहल गरिरहेको कुरालाई सराहना गर्दै यद्यपि राज्यबाहिर रहेका ती सिक्किमेहरूको निम्ति यो पर्याप्त नहुने भएकोले अब राज्य सरकारले उनीहरूको घर फिर्तीमा तत्परता देखाउनुपर्ने चौहानको भनाई थियो। यसैबीच केन्द्रिय गृहमन्त्रालयले पनि आज प्रवासी कामदार, पर्यटक, विद्यार्थी, विरामीहरू आदिको घर फिर्तीलाई हरियो झण्डी देखाउँदै अधिसूचना जारी गरेको छ, यसर्थ राज्य सरकारले यस विषयमा चाँड़ै कदम चाल्नुपर्ने प्रदेश भाजपाले सुझाउ दिएको छ। यसैगरी वर्तमानको संकटकालीन स्थितिमा पनि राज्यका विभिन्न स्थानबाट आवश्यक सामग्रीहरूको मूल्य बढ़ाएर बेचिरहेको तथा अधिक परिवहन शुल्कको हवाला दिएर सामग्रीहरूको मूल्य अनावश्यक रूपमा बढ़ाइएको गुनासोहरू आइरहेको उल्लेख गर्दै… Read More

कोविड-19: 117 मध्ये 112 को रिपोर्ट ने​गेटिभ, 5 जनाको रिपोर्ट आउनु बांकी

कोविड-19: 117 मध्ये 112 को रिपोर्ट ने​गेटिभ, 5 जनाको रिपोर्ट आउनु बांकी

गान्तोक, 29 अप्रेल (हिस)। सिक्किमबाट कोविड-19 जॉंचको निम्ति पठाएको 117 जनाको नमूना मध्ये 112 जनाको रिपोर्ट नेगेटिभ आएको छ भने रहल 5 जनाको रिपोर्ट आउनु बांकी छ। उक्त जानकारी राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका सचिव डा. पेम्पा टी. भोटियाले आज हेल्थ बुलेटिनमा दिएका हुन्। डा. भोटियाले आज सिक्किमबाट कुल 4 जनाको ​नमूना कोरोना जॉंचको निम्ति पठाएको र हिजो सीआरएच, तादोङबाट पठाएको एक जनाको रिपोर्ट पनि आउनु बांकी रहेको जानकारी दिए। उनले आजसम्म पठाएको 117 मध्ये 112 जनाको रिपो​र्ट नेगेटिभ आएको बताए। रहल 5 जनाको रिपोर्ट भोलिसम्ममा आइपुग्ने उनले बताए। उनले अहिले फेसीलिटी क्वारन्टाइनमा केवल एकजना रहेको पनि जानकारी दिए। सचिव डा. भोटिया अनुसार सिक्किममा अहिलेसम्म कुल 4183 जनालाई होम क्वारन्टाइनमा राखिएको थियो भने 4035 जनाले 28 दिनको क्वारन्टाइन सकिसकेका छन्।

श्रद्धापूर्ण पुष्पाञ्जलि शिक्षाप्रति समर्पित पुष्प सर

श्रद्धापूर्ण पुष्पाञ्जलि शिक्षाप्रति समर्पित पुष्प सर

स्थानीय चिन्तन, राजीव शङ्कर श्रेष्ठ अन्त्यमा, हाम्रा अतिप्रिय काजी मामाले पनि आफ्नो नश्वर शरीर त्याग्नेक्रममा संसार मात्र नभई हामी सबैलाई नै छाड़ी गए । हामीलाई थाहा हुँदाहुँदै कि एक दिन हामी सबै आआफ्नो बाटो लाग्नुपर्छ तर कसरी, कुन बेला र कहाँ गई कसको यो जीवन-यात्रा अन्त्य हुने हो, सो भने हामीलाई थाहा लाग्दैन । कसैको छिटो त कसैको ढीलो गरी यो अन्तिम घड़ी आउँदछ । उहाँलाई भने सो लक्ष्य प्राप्त गर्न केही लामो नै पर्खिनुप-यो कि जस्तो मलाई लाग्छ । शनिवार 25 अप्रेल टेक्सस अमेरिकाबाट प्रसारित प्रमेश श्रेष्ठको सञ्योजनमा ’ई-दबू’को मासिक कार्यक्रम अन्तर्गत् नेवार मृत्यु-संस्कार-बारे पुरोहित बासव जुजु राजोपाध्यायले आफ्नो प्रस्तुतिमा यसो भनेको यहाँ सम्झना आउँछ – मानिसलाई आफ्नो मृत्युको आभास छ: महीना अर्थात् 180 दिन अघिदेखि नै हुनुथाल्दछ । शनै: शनैः उसको शरीरका अवयवले क्रमश: देह त्याग्न थाल्दछ । सम्पूर्ण चर्चा-परिचर्चा हेर्न-जान्नका लागि सो भिडियो फेसबुक करुणागुठी ग्रुपमा हेर्नसक्नुहुन्छ । जीवनका अन्तिम वर्षहरु कष्टकर भए होलान् तर मुक्ति आखिरमा प्राप्त भयो यही महिनाको 17 अप्रेलको राती । केही वर्षअघिदेखि नै हामीले उहाँको सान्निध्यबाट वञ्चित भई आइरहेका थियौँ किनकि उहाँलाई बुढ्यौलीले अति ग्रसित पारेको थियो । हाम्रा अति प्रिय मामाको बिग्रिंदो स्वास्थ्यप्रति हामी दुःखित तर लाचार थियौँ । मुमा आफ्ना भाइलाई स्नेहवश भेट्न बराबर पुग्ने क्रममा 2018 सालको शुरुतिर उनको… Read More