कोविड-19: 23 मध्ये 10 को रिपोर्ट नेगेटिव, 13 को रिपोर्ट आउनु बांकी

कोविड-19: 23 मध्ये 10 को रिपोर्ट नेगेटिव, 13 को रिपोर्ट आउनु बांकी

गान्तोक, 31 मार्च (हिस)। पश्चिम सिक्किमको गेजिङबाट कोविड-19 जॉंचको निम्ति पठाइएको चार जनाको नमूना जॉंचको रिपोर्ट नगेटिभ आएको छ। उक्त जानकारी स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले दिएका छन्। डा. भोटिया अनुसार सिक्किमबाट अहिलेसम्म 23 जनाको नमूना जॉंचको निम्ति पठाइएको छ भने यस मध्ये 10 जनाको रिपोर्ट नेगेटिभ आएको छ। रहल 13 जनाको रिपोर्ट आउनु बांकी नै छ। उनले राज्यमा अहिले 829 जना होम क्वारन्टाइनमा र 104 जना क्वारन्टाइन सेन्टरमा रहेको पनि जानकारी दिए। अहिलेसम्म 25 जनाले होम क्वारन्टाइन पूरा गरिसकेका छन्। यस अतिरिक्त डा. भोटियाले सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आफ्नो संसद कोषबाट एक करोड़ रूपियॉं स्वास्थ्य विभागलाई कोविड-19 विरूद्ध लड्नको निम्ति प्रदान गरेको जानकारी दिए। उनले उक्त राशिको पूर्णरूपमा सदुपयोग गरिने र कोविड-19 महामारीसित लड्न आवश्यक सामग्रीहरूमा खर्च गर्ने आश्वासन दिए। उनले यो महामारीसित लड्न राज्य सरकार सक्रियरूपमा लागिपरेको बताउॅंदै यो अभियानलाई सफल बनाउन सबैबाट सहयोगको निम्ति आह्वान पनि गरे।

कालेबुङको महिलासितै फर्किएका सबै सिक्किमेलाई कोरोइण्टाइनमा हालिएको छ- डा. पेम्पा भोटिया

कालेबुङको महिलासितै फर्किएका सबै सिक्किमेलाई कोरोइण्टाइनमा हालिएको छ- डा. पेम्पा भोटिया

गान्तोक, 30 मार्च। उत्तर बङ्गालको पहिलो कोविड-19-को रोगीको पहिचानसितै तिनको निधन भएपछि सिक्किमले पनि गहीरो चिन्ता लिँदै सतर्कता अवलम्बन शुरु गरेको छ। उनी सितै सिक्किमका जम्मा 12 जना मानिसले एउटै फ्लाइटमा यात्रा गरेको रेकर्ड थाहा पाएपछि स्वास्थ्य विभाग र प्रसाशनले तुरन्तै कार्वाही थालेको छ। यस बारेमा स्वास्थ्य विभागका डीजी तथा सचिव पेम्पा टी. भोटियाले विस्तृत जानकारी दिँदै जहाजमा सँगै यात्रा गर्नेहरू 12 जना पत्तो लागेपछि सबैलाई कोराइण्टाइनमा राखेको बताए। कालेबुङ निवासी रहेकी उक्त महिलाको निधन भइसकेपछि अगावै यात्राको विवरण र सिक्किमका मानिसहरूको पहिचान गर्ने काम भइसकेको बताउँदै सबैलाई विभागको निगरानीमा राखिएको बताए। यसैगरी उनले पश्चिम सिक्किमको तिक्पुरको 2 जनासित भने सम्पर्क हुननसकेको तर चाँडै सम्पर्क हुने बताएका छन्। यसको निम्ति पश्चिम जिल्ला मुख्य चिकित्सा अधिकारी र सम्बनधित प्रसाशनलाई मानसहरू पत्ता लगाउन सूचना दिइसकेको बताए। उनले रम्फू आईबीएम निवासी लोग्ने स्वास्नी र नानीहरूलाई आज नै मानइनिङ स्थित कोराइण्टाइनमा लगिएको बताए। यात्राबाट फर्किएका सबैलाई निगरानीमा राख्नका साथै उनीहरूको रक्त नमुना लिएर भोली नै उत्तर बङ्गाल मेडिकलमा जाँचको निम्ति पठाउने बताए। यदी मामिला पोजिटिव भएको खण्डमा पूरै आईबीएम र उनी कार्यरत रहेको मेनकाइण्ट दवाई कारखानालाई कोराइण्टाइनमा हाल्ने निर्णय गरिसकेको बताए। अर्को तिर सँगै यात्रा गरेर फर्किएका यात्रीहरूले पाँच देखि 14 दिनभित्र गर्नुपर्ने जाँचको समय अहिले पार गर्न आँटेको पनि बताए। उऩीहरूको यात्राको विवरण… Read More

पहाड तराई अनि डुवर्सका जनता दुखित-मन

पहाड तराई अनि डुवर्सका जनता दुखित-मन

दार्जिलिङ,30मार्च। सोमबार बिहान कालेबुङ निवासी एक महिलाको कोरोना भाइरसको संङ्क्रणमा परि उत्तर बंगाल मेडिकल कलेजमा उपाचारको क्रममा निधन भएको खबरलेअति दुखित भएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिले बताएका छने। अध्यक्ष मन घिसिङले आज एउटा प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन, यस दु:खद घडीमा समस्त पहाड तराई अनि डुवर्सका जनता पनि दुखित बनेको आभास गरेकोछु , उनको चिर आत्माको शान्तिको निम्ति ईश्वर संग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै शोकाकुल परिवार प्रति ईश्वरले यस दु:खद घडीमा सहनशक्ति प्रदान गरुन् भन्दै संवेदना प्रकट गर्दछु । विज्ञप्तिमा अझ भनेका छन्, आज म सम्पुर्ण पहाड़ तराई अनि डुवर्सका जनतालाई अपील गर्द्छु , मैले सुने ती महिला का परिवारलाई पनि सामाजिक तौरमा कतिपय कुराहरुमा हेला होचो गरिन्दैछ भनी सुन्नमा आएको छ तर यस दु:खद घडीमा उनको परिवारलाई तपाईं-हाम्रो साथ चाहिएको छ किन भने यो कोरोना भाइरस प्रकोप भोलि गएर तपाईलाई पनि पर्न सक्छ मलाई पनि यसकारण संचेत बनौं सहयोगी बनौं । वहाँको तस्बिर सोसियल मिडियामा पोस्ट नगरिदिन पनि मन घिसिङले अपील गरेका छन्। उनले भनेका छन्, मृतकको परिवारलाई सबैले फोन मार्फत सान्तवना दिनुहोस् यस दु:खद घडीमा तपाईं हाम्रो आत्मीयताको साथनै मृतको परिवारको निम्ति ठूलो सहास बनिने छ । म समस्त पहाडबासी लाई अपील गर्द्छु कोरोना भाइरस बाट बच्न एउटै मात्र उपाय घर… Read More

मुख्यमन्त्रीद्वारा रम्फू चेकपोस्टको छड़के भ्रमण, तयारीप्रति सन्तुष्टि व्यक्त गरे

मुख्यमन्त्रीद्वारा रम्फू चेकपोस्टको छड़के भ्रमण, तयारीप्रति सन्तुष्टि व्यक्त गरे

गान्तोक,30 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले कोविड-19 लाई लिएर तयारीको जायजा लिन सोमबार रम्फूको छड़के भ्रमण गर्दै जमीनीस्तरमा स्थितिको आकलन गरे। सीमा चौकीमा मेडिकल टीम र पुलिस कर्मीहरूको प्रयासको सराहना गर्दै मुख्यमन्त्रीले सीमामा आवागमनमा कड़ा निगरानी राख्ने र पूर्ण प्रतिबन्ध लगाउने निर्देश दिए। उनले राज्य छोड़ेर बाहिर जाने मजदूरहरूलाई पनि रोक्ने र सीमा नाघेर जान नदिने स्पष्ट निर्देश दिए। उनले यो लकडाउन अवधि सरकारले उनीहरूका निम्ति आवश्यक व्यवस्था गर्ने बताए।मुख्यमन्त्रीले यो प्रतिकूल परिस्थितिमा पनि काम गरिरहेका अग्र पंक्तिका कार्यकर्ताहरूको कड़ा परिश्रम, समर्पण अनि गम्भीरताको सराहना गरे। उनले सरकारको तर्फबाट पनि पूर्ण सहयोगको आश्वासन दिए। मुख्यमन्त्रीले यो परिस्थितिसित लड्न राज्य सरकार पूर्ण रूपमा तयार रहेको भरोसा दिलाए भने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र अन्य आवश्यक सर सामग्रीको कुनै कमी नरहेको बताए। यसैगरी, उनले नयॉं टुरिस्ट लजमा स्थापना गरिएको संगरोध केन्द्रको पनि भ्रमण गरे र त्यहॉं गरिएको प्रबन्धको विस्तृत जानकारी लिए। उनले आफ्नो सन्तुष्टि व्यक्त गर्दै चिकित्सक अनि चिकित्सा कर्मीहरूलाई आवश्यक प्रोटोकल पालन गर्न सुझाउ दिए। मुख्यमन्त्रीले पूर्व जिल्लाका पुलिस अधीक्षक र रम्फूका एसडीएमलाई आपातकालीन अनि औषधिका वाहन वाहनहरू बाहेक अन्य कुनै पनि वाहनहरूको आवागमन पूर्ण रूपमा रोक लगाउने निर्देश दिए। उनले चिकित्सा टोलीलाई राज्यमा व्यक्तिगत सुरक्षा उपकरण तथा अन्य आवश्यक सामग्रीहरुको पर्याप्त भण्डार भएको बताएका छन्। मुख्यमन्त्री विशेष गरी उत्तर… Read More

एसआईसीएद्वारा मुख्यमन्त्री राहत कोषमा 10 लाख प्रदान

एसआईसीएद्वारा मुख्यमन्त्री राहत कोषमा 10 लाख प्रदान

गान्तोक, 30 मार्च (हिस)। कोरोना भाइरसको प्रसार रोकथामको निम्ति राज्य सरकारका प्रयासहरूलाई समर्थन गर्न विभिन्न संघ संस्थाहरू अघि आउन थालेका छन्। यसै क्रममा ​सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले मुख्यमन्त्री राहत कोषको निम्ति 10 लाख रूपियॉं प्रदान गरेको छ। ​सिक्किम क्रिकेट एसोसिएशनका प्रतिनिधिहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भेटेर 10 लाख रूपियॉंको चेक हस्तान्तरण गरेका छन्। यसैगरी, यो संकटको घड़ीमा एसोसिएशन सरकारको साथमा रहेको र भविष्यमा पनि सिक्किमको जनताका निम्ति उठाइने कदमहरूप्रति समर्थन गरिरहने एसोसिएशनले बताएको छ।यसै क्रममा आज सिस्को ब्याङ्कले 10 लाख रूपियॉं मुख्यमन्त्री राहत कोषको निम्ति प्रदान गरेको छ। ब्याङ्कका प्रतिनिधिहरूले मुख्यमन्त्रीका सचिव एसडी ढकाललाई भेटेर चेक प्रदान गरे।यसरी नै स्टेट ब्याङ्क अफ सिक्किमले पनि सचिव ढकाललाई भेटेर मुख्यमन्त्री राहत कोषको निम्ति रू. 501,096 को चेक हस्तान्तरण गरेको छ। यसरी नै गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी र उप मेयर श्रीमती लासेडोमा भोटियाले क्रमश: 31 हजार र 21 हजारको चेक सचिव ढकाललाई हस्तान्तरण गरे। यसैगरी, डर्टी एन्जल्स मोटरसाइकल क्लबले 16 हजार, ओमासले 10 हजार, सुशिल गोयलले एक लाख, प्रतापसिंह तामाङले 50 हजार, हेवन्ली पाथ अर्गनाइजेशनले 1 लाख 7 हजार रूपियॉंको चेक सचिव ढकाललाई हस्तान्तरण गरेको छ।

पञ्जीकृत श्रमिकहरूलाई क्षतिपूर्ति स्वरूप 2-2 हजार प्रदान गरिने

पञ्जीकृत श्रमिकहरूलाई क्षतिपूर्ति स्वरूप 2-2 हजार प्रदान गरिने

गान्तोक, 30 मार्च (हिस)। सिक्किम सरकारले निर्माण कार्यहरूसित सम्बन्धित श्रमिकहरूलाई एकपल्टको निम्ति 2-2 हजार रूपियॉं अनुदान प्रदान गर्ने निर्णय लिएको छ। हालमा कोरोना भाइरसको प्रकोपका कारण राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ। यस कारण निर्माण कार्यहरूमा संलग्न श्रमिकहरूले धेरै समस्याहरू झेल्नु परिरहेको छ। यस विषयलाई ध्यानमा राख्दै राज्य सरकारले यस प्रत्येक यस्ता श्रमिकहरूलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय लिएको जानकारी आईपीआर विभागले दिएको छ। तर, यो आर्थिक सहायता पञ्जीकृत श्रमिकहरूलाई मात्र प्रदान गरिने छ। राज्य श्रम विभाग अधीनस्थ सिक्किम राज्य भवन एवं अन्य निर्माण कार्य कल्याण बोर्डका अध्यक्ष तथा मन्त्री एमएन शेर्पाले आज प्रत्येक पञ्जीकृत श्रमिकहरूलाई एकपल्टको निम्ति 2-2 हजार रूपियॉं प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेका छन्। यो अनुदान श्रमिकहरूलाई क्षतिपूर्तिको रूपमा प्रदान गरिने छ। यो क्षतिपूर्ति बोर्ड अफ कन्स्ट्रक्सन वर्कर्स सेस फण्डबाट पूरा गरिने छ। राज्यमा अहिले यस्ता 7836 पञ्जीकृत श्रमिकहरू रहेको जानकारी दिइएको छ।

आदर्श गाउँका सचेत युवा मिलन खतिवड़ाले पनि नलिने भयो किरायदारहरुबाट किराय

आदर्श गाउँका सचेत युवा मिलन खतिवड़ाले पनि नलिने भयो किरायदारहरुबाट किराय

सिङ्ताम, 30 मार्च। नोएडाका डीएमले घर मालिकहरुलाई किरायदारहरुलाई किराय नलिनु भनी फरमान जारी गरेका छन् अनि दिल्लीका मुख्यमन्त्रीले पनि घर मालिकहरुलाई किरायदारहरुलाई किराय नलिनु, किराय दिल्ली सरकारले दिने छ भनी घोषणा गरेका छन्। यसै जनहितकारी पहलको असर सिक्किममा पनि पर्नथालेको छ। कोविद-19 कोरोना भाइरसले दिन-दिनै हाहाकार मच्चाइरहेकोले यस भयानक संक्रमण सिक्किममा प्रवेश नगरोस् भन्ने सोच सबै सिक्किमबासीको छ। मानिसहरु घरमा बसेर सुरक्षित रहुन् भन्ने पनि सबैको छ। विशेष दैनिकरुपमा काम-काज गरेर रोजी-रोटी कमाउने कर्मचारीहरुलाई लकडाउनको व्यापक असर परिरहेको विषयमा दक्षिण सिक्किम आदर्श गाउँका एक सचेत युवा मिलन खतिवड़ाले पनि आफ्नो घरमा बसिरहेका किरायदारहरुलाई मार्च महिनाको किराय नलिने घोषणा गरेका छन्। यस प्रकारको घोषणा सिक्किममा पहिलो घोषणा हो। मिलन खतिवड़ाको आदर्श गाउँ (सिङ्ताम) –स्थित घरमा 6 वटा परिवारहरु किरायमा बसिरहेका छन्। यति मात्रै नभएर श्री खतिवड़ाले यो लकडाउन अझ लम्बिए, अर्को अप्रेल महिनाको किराय पनि नलिने कुरो यस पत्रकारले बताएका छन्। मिलन खतिवड़ाको यस घोषणाको सबैले सराहना गर्दै मिलन खतिवड़ाले जस्तै सिक्किमका अन्यान्य घरमालिकहरुले पनि गरीब किरायदारहरुलाई किराय लिने छैनन् भन्ने विश्वास गरेका छन्।

प्रवासी मजदूरहरूको निम्ति अघि आए भाइचुङ भोटिया

प्रवासी मजदूरहरूको निम्ति अघि आए भाइचुङ भोटिया

गान्तोक, 30 मार्च (हिस)। कोविड-19 महामारी रोकथामको निम्ति राष्ट्रव्यापी रूपमा लागू गरिएको 21 दिने लकडाउनमा प्रवासी मजदूरहरूले ठूलो समस्या झुल्नु परिरहेकोमा फुटबल आइकन भाइचुङ भोटियाले चिन्ता व्यक्त गरेका छन्। उनले आज एउटा भिडियो सन्देश जारी गर्दै यस्ता प्रवासी मजदूरहरूको निम्ति सहयोगको हात अघि बढ़ाएका छन्। उनले हिजो मात्र सिक्किमको रम्फू र मल्ली चेकपोस्टहरूमा धेरै प्रवासी मजदूरहरू लाइनमा बसेको देखिएको बताएका छन्। उनले राज्य सरकारद्वारा जारी गरिएको अधिसूचनामा प्रवासी मजदूरहरूले सीमा पार गर्नु पाउॅंदैनन् र प्रवासी मजदूरहरू जुन राज्यमा छन्, त्यही बस्नुपर्ने आदेश रहेको बताएका छन्। भोटियाले यदि सिक्किममा प्रवासी मजदूरहरूको निम्ति बस्ने व्यवस्था छैन भने आफुलगायत उनको फुटबल क्लब युनाइटेड सिक्किमले मद्द गर्ने इच्छा व्यक्त गरेका छन्। उनले यदि कतै यस्तो स्थितिमा प्रवासी मजदूरहरू छन् भने आफुलगायत युनाइटेड सिक्किमका वरिष्ठ प्रबन्धक अर्जुन राईलाई 94341-17465 मा सम्पर्क गरिदिने अपील गरेका छन्। उनले लुम्से तादोङस्थित आफ्नो एउटा निर्माणाधीन भवनमा उनीहरूका निम्ति बस्ने र खानापिनाको व्यवस्था गर्ने जानकारी दिएका छन्। यस विषयमा आफु सम्बन्धित प्राधिकरणसित पनि सम्पर्कमा रहेको र प्रवासी मजदूरहरूको दुखलाई सबै मिलेर समाधान गर्न प्रयास गरौं भनी उनले आह्वान पनि गरेका छन्।