न्यायिक हिरासतमा बराप नामग्यालको मानव अधिकारको हनन भएको एसडीएफको आरोप

न्यायिक हिरासतमा बराप नामग्यालको मानव अधिकारको हनन भएको एसडीएफको आरोप

गान्तोक, 28 फरवरी। न्यायिक हिरासतमा विचाराधीन आरोपी बराप नामग्यालको फोटो सोशल मीडियामा प्रचार गरेर मानव अधिकारको हनन गरिएको भन्दै आज एसडीएफ पार्टीको एउटा टोलीले राज्य मानव अधिकार आयोग, डीजीपी र मुख्य सचिव सिक्किम सरकारसमक्ष एउटा याचिका दर्ता गरेको छ। एसडीएफ पार्टीअनुसार न्यायिक हिरासतमा रहेका विचाराधीन आरोपी बराप नामग्यालको फोटोलाई पुलिसकर्मीले एसकेएम सोशल मीडियाका सदस्यहरूलाई चुहाएपछि यसलाई सोशल मीडिया तथा एसकेएम पार्टीको अफिसियल पेजमा पनि पोस्ट गरिएको छ। एसडीएफ पार्टीले बराप नामग्याललाई जेलका पुलिस कर्मीले मौखिक र मानसिक रूपमा पनि यातना दिएको बताएको छ। यसरी पुलिसले आफ्नो अधिकारलाई दुरूपयोग गरेको तथा जेल सर्भिस नियमको समेत उल्लङ्घन गरेको एसडीएफ पार्टीले याचिकामा उल्लेख गरेको छ। यस विषयलाई गम्भीरतापूर्वक लिने माग गर्दै एसडीएफ पार्टीले मानव अधिकार आयोग र अन्यसमक्ष गुहार लगाएको छ। उल्लेखनीय छ, एसडीएफ पार्टीको प्रतिनिधिमण्डल एम.के. सुब्बाको अगुवाईमा गएको थियो। यसमा प्रवक्ता जे.बी. दर्नाल, असित राई, टाशी ग्याछो भोटिया, एल.एम. भट्टराई, कर्मा टेन्पा, काल्जाङ शेर्पा, रञ्जना लामिछाने सामेल छन्। स्मरण गराइन्छ, बराप नामग्याल भोटियालाई 15 फरवरीको दिन पक्राउ गरेपछि उनलाई पूर्व जिल्लाधीशसमक्ष प्रस्तुत गरिएको थियो। यहाँबाट उनलाई पाँच दिनको पुलिस हिरासतमा पठाइएको थियो। यसरी नै 19 फरवरीको दिन अदालतले उनको बेललाई खारेज गरेपछि 20 फरवरीको दिन 14 दिनको न्यायिक हिरासतमा पठाएको छ।

‘ग्लोबल सिनेमा फेस्टिभल सिक्किम 2020’-को विधिवत उद्घाटन

'ग्लोबल सिनेमा फेस्टिभल सिक्किम 2020'-को विधिवत उद्घाटन

गान्तोक, 28 फरवरी (हिस)। ‘ग्लोबल सिनेमा फेस्टिवल सिक्किम 2020’ शुक्रबार राजधानीस्थित मनन केन्द्रमा उद्घाटन गरियो। महोत्सवको आयोजना फिल्म फेडरेशन अव् इण्डियाले सिक्किम फिल्म सहकारी समितिको संयुक्त तत्त्वावधानमा तथा सिक्किम सरकार र भारत सरकारको सहयोगमा गरिरहेको छ। उद्घाटन समारोहमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। यसैगरी, कार्यक्रममा प्रसिद्ध अभिनेत्री मनीषा कोइराला, पद्मिनी कोल्हापुरे, छायाँकार विनोद प्रधान, भारतमा अजरबैजानका राजदूत अशरफ शिखलियेव, क्याबिनेट मन्त्रीहरू, फिल्म फेस्टिभल अव् इण्डियाका अध्यक्ष फिरदौसाल हसन आदि उपस्थित थिए। कार्यक्रममा बलीवुडका प्रसिद्ध छायाँकार विनोद प्रधानलाई लाइफ टाइम एचीभमेण्ट पुरस्कार प्रदान गरियो। यसैगरी, कार्यक्रममा सिक्किम फिल्म सहकारी समितिद्वारा अशरफ शिखलियेव, मुख्यमन्त्री तामाङ, फिल्म फेडरेशन अव् इण्डियाका प्रबन्ध निदेशक रमेश टेवानीलाई सम्मानित गरियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किममा ग्लोबल सिनेमा महोत्सव आयोजन भइरहेकोमा हर्ष व्यक्त गर्दै आयोजक पक्षको निम्ति आयोजक पक्षलाई बधाई दिए। उनले सिक्किमलाई फिल्म शूटिङको निम्ति एउटा गन्तव्य स्थल बनाउन आफ्नोतर्फबाट पूर्ण समर्थन गर्ने आश्‍वासन दिए। उनले फिल्म उद्योगको माध्यमद्वारा उत्पन्न हुने अवसरहरूबाट राज्यका युवा उद्यमीहरूले लाभ उठाउनेछन् भन्ने आशा व्यक्त गरे। यसैगरी, अभिनेत्री मनीषा कोइरालाले आफ्नो संक्षिप्त सम्बोधनमा सिक्किमको प्रशंसा गर्दै सिक्किमले जैविक खेतीसहित शिक्षा अनि प्रदूषणमुक्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताइन्। उनले सिनेमा महोत्सवको सफलताको निम्ति कामना गरिन्। कार्यक्रमलाई फिल्म फेडरेशन अव् इण्डियाका अध्यक्ष फिरदौसाल हसनले पनि सम्बोधन गरेका थिए।

सीओआई विषय न्यायालयको फसेला सिक्किमेहरूको हितमा छैनः नवीन किरण प्रधान

सीओआई विषय न्यायालयको फसेला सिक्किमेहरूको हितमा छैनः नवीन किरण प्रधान

गान्तोक, 28 फरवरी (हिस)। सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नवीन किरण प्रधानले सिक्किम उच्च न्यायालयद्वारा गत 20 फरवरीको दिन सुनाइएको फसेलाप्रति प्रतिक्रिया गर्दै उक्त फसेला खाँटी सिक्किमेहरूको पक्षमा नरहेको बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक संवाददाता सम्मेलनमा किरणले यस्तो मन्तव्य गरेका हुन्। उनले 31 दिसम्बर, 1969 -भन्दा अघिदेखि सिक्किममा सरकारी नोकरी गर्नेहरूलाई केवल सरकारी नोकरीको निम्ति सीओआई प्रदान गरिन्थ्यो, तर सिक्किम उच्च न्यायालयको फसेलापछि अब उनीहरूका वंशज र खाँटी सिक्किमेहरूलाई बराबर गरिदिएको बताए। न्यायालयले योगेन घतानी/अन्यहरू र सिक्किम सरकार/अन्यहरूबीच सीओआईलाई लिएर चलेको मामिलामा सुनवाई गर्दै यस्तो फसेला सुनाएको उनले जानकारी दिए। उनले स्पष्ट पार्दै भने, ‘सिक्किम उच्च न्यायालयले सुनाएको फसेला गलत हो भनेको होइन, तर उक्त फसेला सिक्किमेहरूको हितमा छैन भन्नुचाहेको हो।’उनले उक्त फसेलाले सिक्किम सब्जेक्टधारी सिक्किमेहरूको हक अनि अधिकारमाथि आघात पुगेको बताए। उनले यस विषयलाई राजनीतिदेखि पर सारेर सबैले सिक्किमेको भावना लिएर काम गर्नुपर्ने अपील पनि गरे। उनले न्यायालयद्वारा यस्तो फसेला आउनुमा राज्य सरकार जिम्मेवार रहेको पनि आरोप लगाए। उनले सिक्किम सरकारलाई उक्त फसेलाप्रति स्टे लगाउन पहल गर्नुपर्ने सुझाउ दिए। यसैगरी, सरकारले सिक्किमेहरूको सुरक्षाको निम्ति अतीशीघ्र कार्यकारी अधिसूचना अथवा अध्यादेश जारी गर्नुपर्ने उनले बताए। उनले न्यायालयको निर्णय ‘फ्लडगेट’ खोलिनु समान रहेको बताउँदै यदि राज्य सरकारले कुनै कदम नउठाए आफूहरू अघि आएर काम गर्ने बताए।

18 मार्चदेखि हुने विमल र रोशनको अग्रिम जमानत याचिकामाथि सुनवाइ

18 मार्चदेखि हुने विमल र रोशनको अग्रिम जमानत याचिकामाथि सुनवाइ

दार्जीलिङ, 28 फरवरी। आउँदो 18 मार्चदेखि कोलकाता उच्च न्यायालयमा विमल गुरूङ र रोशन गिरीको अग्रिम जमानत याचिकामाथि सुनवाइ हुनेछ। बिहीवार न्यायालयले दुवैको अग्रिम सुनवाइका लागि 18 मार्च तय गरेको हो। स्मरण रहोस्, न्यायाधीश मनोजीत मण्डल अण्डमान एण्ड निकोबार सर्किट बेञ्चमा गएका कारण मोर्चा (पहिलो खेमा) -का नेताद्वयको मुद्दा सुनवाइका लागि मिति तय हुनसकिरहेको थिएन, जुन हिजो भएको छ। उल्लेखनीय छ, गुरूङ र गिरीको लम्बित 126 र अन्य 31 मुद्दा गरी मोठ 157 मुद्दाको सुनवाइ हुनेछ। यसभन्दा अघि यी मुद्दाहरूको सुनवाइ जलपाइगढ़ी सर्किट बेञ्चमा चलिरहेको थियो। तर सर्किट बेञ्चमा नियमित सुनवाइ हुन नसकेको कारण बचाउपक्षका उकीलको मागमा उच्च न्यायालयको स्पेशल बेञ्चमा सारिएको हो। यसैबीच, चन्द्र कुमार (सीके) प्रधान, शरण देवान, विमल दर्जी र दीपेन निरौलाका मुद्दाहरूको पूर्ण सुनवाइ नभएसम्म पक्राउ गर्न नपाउने आफ्नो आदेशलाई न्यायालयले यथावत राखेको छ। उनीहरूका सातवटा मुद्दा लम्बित छ। पछिल्लो वर्षको 29 अगस्तकै दिन जलपाइगढ़ी सर्किट बेञ्चले यी मुद्दाहरूको सुनवाइ गर्दै पूर्ण सुनवाइ नभएसम्म पक्राउ गर्न नपाउने आदेश सुनाएको थियो।

एसएन श्रीवास्तवलाई दिल्ली पुलिस कमिश्नरको अतिरिक्त प्रभार

एसएन श्रीवास्तवलाई दिल्ली पुलिस कमिश्नरको अतिरिक्त प्रभार

नयाँ दिल्ली, 28 फरवरी (हिस)। दिल्लीमा साम्प्रदायिक हिंसाबीच एसएस श्रीवास्तवलाई दिल्ली पुलिस कमिश्नरको अतिरिक्त प्रभार सुम्पिएको छ। उनले अमूल्य पटनायकको स्थान लिनेछन्, जसको अतिरिक्त कार्यकाल शनिवार 29 फरवरीमा समाप्त भइरहेछ। दिल्लीमा भड्केको साम्प्रदायिक हिंसाबीच हालैमा स्पेशल पुलिस कमिश्नर (ल एण्ड अर्डर) बनाइएका एसएन श्रीवास्तवले 01 मार्चदेखि दिल्ली पुलिस कमिश्नरको अतिरिक्त प्रभार पनि सम्हाल्नेछन्। गृह मन्त्रालयले यस सम्बन्धमा आदेश जारी गरेको छ। वर्ष 1985 ब्याचका भारतीय पुलिस सेवा (भापुसे)-का एसएन श्रीवास्तवको नयाँ कार्यकाल 01 मार्चदेखि शुरु हुनेछ। दिल्लीका वर्तमान पुलिस कमिश्नर अमूल्य पटनायकको कार्यकाल 30 जनवरीमा समाप्त भएको थियो तर दिल्ली विधानसभा चुनाउहरूलाई ध्यानमा राख्दै 29 फरवरीसम्मको सेवा विस्तार दिइएको थियो। अमूल्य पटनायकलाई आफ्नो कार्यकालको अन्तिम चरणमा केही तीतो अनुभव गर्न परेको छ। यस अवधिमा पहिलोपल्ट पुलिसकर्मीहरूलाई आफ्नै उच्चाधिकारीहरूविरुद्ध गएर न केवल धरना प्रदर्शन गर्न पर्‍यो तर पुलिसकर्मीहरूले पुलिस मुख्यालयलाई पनि घेरे। उकीलहरूद्वारा सबैको अगाड़ी पुलिसकर्मीसित मारपीट र अभद्रताविरुद्ध उनीहरू सड़कहरूमा उत्रिन बाध्य भएका थिए। यसपछि जामिया विश्वविद्यालयमा पुलिसको प्रवेशलाई लिएर आवाज उठ्यो र अब उत्तर पूर्वी दिल्लीमा साम्प्रदायिक दङ्गाहरू र भारी सङ्ख्यामा मानिसहरू हताहत हुनलाई पुलिसको असफलताको रूपमा हेरिन्दैछ।

सिक्किमका जनताको निम्ति ‘अच्छे दिन’ आएको छैनः बी.पी. सिंह

सिक्किमका जनताको निम्ति ‘अच्छे दिन’ आएको छैनः बी.पी. सिंह

गान्तोक, 28 फरवरी (हिस)। अखिल भारतीय कङ्ग्रेस कमिटीका सचिव अनि सिक्किम र पश्‍चिम बङ्गालका प्रभारी बी.पी. सिंहले सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेलगायत देशका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको निम्ति ‘अच्छे दिन’ आएको, तर सिक्किमका जनता अझै पनि ‘अच्छे दिन’ -को प्रतीक्षामा रहेको बताएका छन्। प्रेस क्लबमा शुक्रबार आयोजित एक संवाददाता सम्मेलनमा प्रभारी सिंहले यस्तो आरोप लगाएका हुन्। उनले सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र भारतीय जनता पार्टी (भाजपा) -बीच अपवित्र गठबन्धन भएको र दुवैसित सिक्किमको निम्ति कुनै भिजन नरहेको पनि आरोप लगाए। दुइ पार्टीबीचको गठबन्धनले नेताहरूलाई मात्र फाइदा पुगेको उनले आशय व्यक्त गरे। कङ्ग्रेसले मुख्यमन्त्री पी.एस. गोलेको अयोग्यता मुद्दालाई नछोड्ने र अगाड़ि बढ़ाएर लैजाने उनले जानकारी दिए। यसबाहेक उनले राज्यमा कङ्ग्रेस पार्टीको सङ्गठन विस्तार गर्न चारै जिल्लामा काम गर्ने र कङ्ग्रेसलाई एउटा दह्रिलो विपक्षीको रूपमा उभ्याउने बताए। यसैगरी, प्रदेश कङ्ग्रेस अध्यक्ष भरत बस्नेतले सिक्किमलाई क्षेत्रीय राजनीतिक पार्टीका सरकारहरूले बर्बाद बनाइसकेको आरोप लगाए। उनले सिक्किम भारतमा विलय भए पनि कङ्ग्रेस पार्टीले प्रदान गरेको धारा 371एफ -का कारण सबै पुराना कानूनहरू सुरक्षित थियो, तर राज्य सरकारहरूका कमजोरीको कारण सबै सुरक्षाहरू हराउनथालेको पनि आरोप लगाए। यसकारण अब सिक्किमका जनताले निर्णय लिने समय आएको भन्दै उनले सिक्किमको बागडोर अब राष्ट्रिय पार्टीको हातमा सुम्पिनुपर्ने आशय व्यक्त गरे।

माउण्ट एभरेष्टमा बाटो बनाउने निमा दोर्जी 11औं पल्ट एभरेष्ट आरोहणको तयारीमा

माउण्ट एभरेष्टमा बाटो बनाउने निमा दोर्जी 11औं पल्ट एभरेष्ट आरोहणको तयारीमा

दार्जीलिङ, 28 फरवरी। पर्वतारोहीहरूका लागि माउण्ट एभरेष्टमा बाटो बनाउने लोअर आलुबारी बस्ती निवासी 36 वर्षे निमा दोर्जी शेर्पा 11औं पल्ट एभरेष्ट आरोहणको तयारीमा लागिपरेका छन्। सन् 2006 -देखि 2019 -सम्म उनले 10 पल्ट माउण्ट एभरेष्टको सफल आरोहण गरिसकेका छन् भने आउँदो मार्च महीनामा पनि पुनः माउण्ट एभरेष्ट आरोहणको लागि नेपाल जाने तयारी गरिरहेको उनले बताए। निमा दोर्जी शेर्पा दार्जीलिङका एक यस्ता पर्वतारोही हुन्, जसले माउण्ट एभरेष्ट आरोहण मात्रै होइन, एभरेष्टमा पर्वतारोहीहरूका लागि बाटो बनाउने काम पनि गर्दै आइरहेका छन्, जुन सबैभन्दा गाह्रो काम हो। यद्यपि, उनले वर्ष 2009 -मा माउण्ट एभरेष्टको दक्षिण-पश्‍चिम इलाकाबाट बाटो बनाएका थिए अनि रोप (डोरी) जड़ान गरेका थिए भने 2012 -मा दक्षिण दिशाबाट बाटो बनाउने कार्य गरेका थिए। उनले भने, माउण्ट एभरेष्ट वा अन्य कुनै पनि पर्वतमा आरोहण गर्नु सजिलो नै छ, तर पर्वतहरूमा बाटो बनाउने कार्य गर्नु महाकठिन हुन्छ। तर यस कार्यमा म र मेरा भाइ मिङ्मा शेर्पाले काम गरिसकेका छौं। मिङ्मा शेर्पाले वर्ष 2016 -मा 6 दिनको अवधिमा 2 पल्ट माउण्ट एभरेष्ट आरोहण गरेका थिए। प्रथमपल्ट उनले एभरेष्टमा बाटो बनाए अनि बाटो बनाइसकेर बेस् क्याम्पमा आई विदेशी पर्वतारोहीहरूलाई लिएर एभरेष्ट आरोहण गरेका थिए, जुन कार्य उनले 6 दिनमा पूर्ण गरेका थिए। उनले भने, पर्वतारोहीहरूका लागि एभरेष्टमा बाटो बनाउनु केवल गाह्रो मात्रै होइन, पूर्णरूपले जोखिम… Read More

जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजित

जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजित

सोरेङ, 28 फरवरी (हिस)। राज्य सामाजिक न्याय एवं कल्याण विभाग अधीनस्थ जनजाति अनुसन्धान संस्थानले खेलकुद एवं युवा मामिला विभागको संयुक्त तत्त्वावधानमा चौथो चरणको जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजन गर्‍यो। सोरेङ महकुमाअन्तर्गत विभिन्न ग्राम पञ्चायत एकाइहरूलाई लिएर आयोजन गरिएको कार्यक्रममा फूटबल, भलिबल, ब्याडमिण्टन, कराटेलगायत अन्य खेलहरू सम्पन्न गरियो। कार्यक्रममा 9 -देखि 14 वर्ष उमेर पुगेका नानीहरूले सक्रिय रूपमा भाग लिए। प्रत्येक खेल विधाबाट दुइ-दुइ उत्कृष्ट खेलाड़ीलाई चयन गरेर राज्यस्तरको स्पर्द्धामा भाग लिन चयनित गरिनेछ। राज्यस्तरको स्पर्द्धाबाट 10 उत्कृष्ट प्रतिभालाई चयन गरेर राज्यबाहिरका स्पोर्टस् एकाडेमी भ्रमणमा पठाइने बताइएको छ। यो कार्यक्रम आयोजन गर्नुको प्रमुख उद्देश्य प्रतिभावान जनजाति नानीहरू खोजेर उनीहरूका प्रतिभालाई निखार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउनु रहेको बताइएको छ। आईपीआर विभागअनुसार कार्यक्रममा सोरेङका एसडीएम हिम्मत राई, एडी (खेल) श्रीमती ममता गुरूङ आदि उपस्थित थिए।

शिक्षा विभागको चुनौती

शिक्षा विभागको चुनौती

राज्यको शिक्षा विभागले हालै निजी स्कूलहरूको पञ्जीकरणका सम्बन्धमा जारी गरेको सूचना विषयलाई लिएर विभिन्न प्रतिक्रिया आउन शुरु भएको छ। कतिपयले निजी स्कूलहरूलाई यसरी दवाब दिनुभन्दा सरकारी स्कूलमा गुणस्तर शिक्षाका लागि अधिक ध्यान दिए बेस हुने भनेर पनि सुझाउ दिइरहेका छन्। यसरी नै निजी स्कूललाई कार्वाही गरेर सरकारी स्कूलमा विद्यार्थी बढ़ाउने उपायका रूपमा पनि कतिपयले विभागको सूचनालाई हेरिरहेका छन्। विभागले शिक्षाको अधिकार (आरटीई र एनसीटीई)-को प्रावधान अनुरूप स्कूलहरू पञ्जीकरण गर्नु अनिवार्य रहेको बताएको छ। यहाँ महत्त्वपूर्ण कुरा के छ भने आरटीई अधिनियमको प्रावधानले प्रशिक्षित शिक्षक हुनुपर्ने, स्कूलमा बुनियादी सुविधा हुनुपर्ने, अध्ययन अध्यापनका लागि अनुकूल वातावरण अथवा पूर्वाधारलाई प्राथमिकता दिँदछ। यस विषयलाई शिक्षाका हितधारकहरूले पनि स्वीकार गरेका छन्। यसरी नै 6 देखि 14 वर्ष आयु सीमाका नानीहरूलाई अनिवार्य निशूल्क शिक्षा, भर्ना लिन ढिलाई भएका बालक-बालिकालाई उमेरअनुसारको शिक्षा, शिक्षक र विद्यार्थीहरूको अनुपात, शारीरिक दण्ड र मानसिक उत्पिडन, प्रतिव्यक्ति शूल्क, स्कूलमा निजी ट्युशन आदि विभिन्न विषयसितै मान्यता प्राप्त नगरिकन स्कूल सञ्चालन गर्न निषेध गर्दछ। माथि उल्लेखित शिक्षाको अधिकार ऐनका प्रावधानलाई सिक्किमका सबै निजी स्कूलले पूरा गर्लान् अथवा गरिरहेका छन्? भन्ने ठूलो प्रश्‍न छ। कतिपय स्कूलहरू जोखिमपूर्ण स्थितिमा सञ्चालन भइरहेको कुरा कसैबाट लुक्न सक्दैन। साँगुरो तथा मूल शहर जहाँ ट्राफिकको पनि घुइँचो हुनेगर्छ, खेल मैदानको अभाव छ अनि पिउने पानी र शौचालयको अभाव भएपनि स्कूलहरू… Read More

‘नोटशीट’ -ले आत्तिएका एसएनटीका अस्थायी कर्मचारीहरू टाशिलिङ सचिवालयमा

‘नोटशीट’ -ले आत्तिएका एसएनटीका अस्थायी कर्मचारीहरू टाशिलिङ सचिवालयमा

जगन दाहाल गान्तोक, 27 फरवरी। सिक्किम सरकारको यातायात तथा परिवहन विभागअन्तर्गत सिक्किम नेशनल ट्रान्सपोर्ट (एसएनटी) -मा वर्ष 2014 -देखि 2019 -सम्म अस्थायी रूपमा नियुक्त गरिएका कर्मचारीहरूलाई नोकरीबाट हटाउने राज्य सरकारले निर्णय लिन आँटेको सरकारी नोट शीट सार्वजनिक भएपछि कर्मचारीहरू सकसमा परेका छन्। राज्यको चारै जिल्लाबाट आज आएका एसएनटीका अस्थायी कर्मचारीहरूले यस्तो हुनु खटिखाने अस्थायी कर्मचारीहरूको निम्ति आजको दिन कालो दिन साबित भएको मन्तव्य व्यक्त गरेका छन्। हिजोमात्र सामाजिक सञ्जालमा भाइरल बनेको एसएनटी विभागको उक्त नोटशीट हेरेपछि तुरून्तै कर्मचारीहरू गान्तोक आइपुगेका थिए। उनीहरूले विभागीय सचिव राजु बस्नेतसित सम्पर्क गर्दा कुनै ठोस निर्णय दिन नसकेपछि आफूहरू विभागीय मन्त्री सञ्जीव खरेललाई भेट्न भनेर टाशिलिङ सचिवालय पुगेको बताए। उनीहरूले सरकारले यस्तो निर्णय लिन नहुने अनुरोध गर्दै मन्त्री खरेलसित भेट गर्दा मन्त्रीसम्म उक्त निर्णयबारे कुनै फायल नआएको बताएको अनि मन्त्रीले समेत आश्‍वासन दिएपछि आफूहरूको गुजारा गर्ने एउटै माध्यम अस्थायी नोकरीबाट हात धुनुपर्ने डर रहेको बताउँछन्। यसैगरी उनीहरूले मासिक रूपमा 10 हजार 5 सयको भरमा घर चलाउनुपर्ने अवस्था रहेको र त्यसबाट पनि निरस्त गर्दा ठुलै समस्या हुने भएकोले सरकारले तुरन्तै रोजगारबाट निकाल्ने आदेश रद्द गरेर भविष्यमा पुनः यस्तो दुःखको स्थिति सिर्जना नहोस् भन्ने चाहेको बताए। कर्मचारीहरूको पक्षमा अभिहाङ याकु राईले बोल्दै भने, यहाँ काम गर्नेहरू पाँच-छः सालदेखि काम गरिरहेका छन् अनि उनीहरूले यसैमार्फत् घर चलाइरहेका छन्,… Read More