युवाहरू कृतिम बौद्धिकतासितै अन्य वैज्ञानिक प्रगतिसित प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्छः पवन चामलिङ

युवाहरू कृतिम बौद्धिकतासितै अन्य वैज्ञानिक प्रगतिसित प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्छः पवन चामलिङ

गान्तोक, 12 जनवरी। पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले युवाहरू समाजमा बोझ नभएर राष्ट्रका सम्पत्ति हुन् भनेका छन्। राष्ट्रिय युवा दिवसको अवसरमा राज्यका युवाहरूलाई सम्बोधन गर्दै पवन चामलिङले भनेका छन्, एसडीएस पार्टीले युवाहरूलाई सदैव सिर्जनाका स्रोत हुन् भनेर विश्‍वास गरेको छ। उनले सिक्किमेली समाजका युवाहरूको विकास र प्रगतिका लागि राजनीति नेता र नेतृत्वहरूलाई प्रोत्साहन गर्दै युवाहरूलाई पूर्ण क्षमतावान बन्न मार्गदर्शन गर्नका लागि जोर दिएका छन्। युवाहरू जाति, धर्म र राजनीतिको कारण कदाचित दिग्भ्रमित बन्नु नहुने पनि पवन चामलिङले आग्रह गरेका छन्। उनले भनेका छन्, हामीले हाम्रो समाजका युवा पिढ़ीलाई आफ्ना समवर्तिहरूसित प्रतिस्पर्धा गर्नसक्ने मात्र नभएर कृतिम बौद्धिकता र अन्य वैज्ञानिक विकासहरूसित पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्छ। यसो गर्दा युवाहरूसित चुनौतिसितै अवसरहरू पनि सिर्जना हुन्छ अनि यसले भविष्यमा युवाहरूलाई सफल बनाउन सक्छ। वर्तमान विश्‍व असीमित तथा सीमारहित छ भन्ने कुरा उल्लेख गर्दै पवन चामलिङले भने, कुनै पनि व्यक्तिका लागि यो विश्‍व बनिबनाउ छैन। यसर्थ युवा स्वयंले तथा आफ्नै पाराले आफ्नो संसार निर्माण गर्नु पर्दछ। असीमित तथा सीमारहित विश्‍वमा अवसरहरूले हाम्रो ढोका ढकढकाइरहेको हुन्छ। यस कुरालाई बुझेर सिर्जना भएका अवसरहरूको फाइदा उठाउन युवाहरू तयार रहनु पर्छ। राजनीतिकको क्षेत्रमा धेरै लामो अनुभव तथा एक राजनीतिज्ञको रूपमा आफूले वर्तमान सिक्किमलाई यूरोपमा इनलाइटमेन्ट ईरा (आत्मज्ञान युग) अघिको अवस्थासरह भइरहेको अनुभव साझा गर्दै पवन… Read More

साङ्गठनिक गतिविधिलाई तीव्र गर्दै एसडीएफ

साङ्गठनिक गतिविधिलाई तीव्र गर्दै एसडीएफ

गान्तोक, 13 जनवरी (हिस)। विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले साङ्गठनिक गतिविधिलाई तीव्र बनाएको छ। गत 1 जनवरीको दिन नयाँ वर्षको अवसर पारेर एसडीएफ अध्यक्ष पवन चामलिङले पार्टीको क्यालेण्डर र शुभकामना पत्र जारी गरेका थिए। अहिले त्यही क्यालेण्डर र शुभकामना पत्र लिएर एसडीएफ पार्टी पुनः जनतामा फर्किरहेको देखिएको छ। यसैगरी एसडीएफले गाउँ-गाउँमा सदस्यता नवीकरण पनि शुरु गरेको छ। प्राप्त समाचारअनुसार आज एसडीएफका तुमिन लिङ्गीको क्षेत्रस्तरीय अध्यक्ष जिग्मी डब्ल्यु. लेप्चाको नेतृत्वमा डिक्चु क्षेत्रमा व्यापक रूपमा सदस्यता नवीकरण प्रक्रिया शुरु गरियो। यसरी नै उत्तर सिक्किमको लाचेन मगनमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उत्तर जिल्लाका प्रभारी अनिल लाचेनपाको अध्यक्षतामा एउटा बैठक बसेको थाह लागेको छ। क्षेत्रस्तरीय अध्यक्ष पासाङ टर्बु लेप्चा र स्थानीय पञ्चायत सदस्यहरूको उपस्थितिमा यो बैठक भएको र आगामी दिनमा उत्तर सिक्किममा पार्टीको साङ्गठनिक गतिविधिलाई अगाड़ि बढाउने दिशामा चर्चा गरिएको थाह लागेको छ।

पानीघट्टा चियाबगानः झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्ने अवस्था

पानीघट्टा चियाबगानः झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्ने अवस्था

समय संवाददाता दार्जीलिङ, 13 जनवरी। चियाबगानमा बढ़िसकेको झार-जङ्गल अनि झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्छ। नत्र, कुनै पनि समय हात्ती वा अन्य जङ्गली जानवर आएर मानिसहरूमाथि आक्रमण गर्नसक्छ। आज पानीघट्टा चियाबगानको अवस्था यस्तै भएको छ र यस चियाबगानलाई सफा गर्नअघि पटेका पड्काएर जङ्गली जानवर भगाउनुपर्ने स्थिति छ। मिरिकदेखि केही टाड़ामा अवस्थित पानीघट्टा चियाबगान बन्द भएको लगभग 5 वर्ष भइसक्यो, तर अहिलेसम्म पनि यो चियाबगान खोलिने कुनै सम्भावना नै देखा परेको छैन। तरै पनि यस चियाबगानका केही श्रमिक अनि बासिन्दाहरूले यो चियाबगान खोलिने आशा मारेका छैनन्। यसैकारण यो चियाबगानलाई सफा गरे, यसमा कोही न कोही चियाबगान सञ्चालन गर्नसक्ने मानिसहरू आकर्षित हुनसक्छन् अनि एक दिन यो चियाबगान पुनः खोलिनेछ, उनीहरूको आशा छ। स्थानीय मानिस वा चियाश्रमिकहरूको यस आशालाई विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा तराईका नेता नवराज छेत्रीका साथै अन्यले अझै बुलन्द पारिदिएका छन्। यसैले जङ्गली हात्ती तथा अन्य जानवरहरूको डर मनमा राखेर पनि झिनो आशाको साथ यो चियाबगानलाई साफ-सफाई गर्न अहिले यहाँका धेरै श्रमिकहरू दैनिकरूपमा बगानमा गइरहेका छन्। तर चियाबगान जानअघि उनीहरू पटेका पड्काएर जङ्गली जानवरहरू भगाउन बाध्य बनिरहेका छन्। छेत्रीले भने-लगभग 12 सय जनाको जीवन अघि बढ़ाउने पानीघट्टा चियाबगान अहिले औंसीको रात जस्तो निष्पट अँध्यारो बनिसकेको छ। यसैले गत पूर्णिमाको अवसर पारेर यस चियाबगानको सफाई गर्ने अभियान चलाइएको छ। जीटीए अध्यक्ष अनित थापा,… Read More

तीनजना सदस्यको निधनमा एसडीएफद्वारा शोक व्यक्त

तीनजना सदस्यको निधनमा एसडीएफद्वारा शोक व्यक्त

गान्तोक, 13 जनवरी। एसडीएफ पार्टीले आफ्ना तीन सदस्यहरूको निधनमा गहिरो शोक व्यक्त गरेको छ। एसडीएफ पार्टीका प्रवक्ता अशित राईले आज पद्मबहादुर घतानी, मनमाया लिङदेन र टेकबहादुर गुरुङको निधनमा एसडीएफ पार्टीले गहिरो शोक प्रकट गरेको बताएका छन्। पद्मबहादुर घतानी पूर्व मन्त्री अर्जुनकुमार घतानीका पिता हुन्। उनको निधन 11 जनवरीको दिन भएको थियो। यसरी नै योक्सम-टाशीडिङ समष्टिअन्तर्गत रिम्बी निवासी आशबहादुर लिङदेनको श्रीमती मनमाया लिङदिन एसडीएफ पार्टीकी संस्थापक सदस्य हुन्। उनको निधनले पार्टीलाई ठूलो क्षति भएको पनि प्रवक्ता राईले बताएका छन्। मनमाया लिङदेनको निधन 7 जनवरीको दिन भएको थियो। यसरी नै लोवर आरिथाङ निवासी स्वर्गीय छत्रबहादुर गुरुङका छोरा टेकबहादुर गुरुङको 12 जनवरीको दिन सिलगढ़ीमा निधन भएको छ। टेकबहादुर गुरुङ एसडीएफ पार्टीका सक्रिय सदस्य रहेको पनि पार्टीले बताएको छ। यस दुःखद घड़ीमा शोकाकुल परिवारलाई ईश्‍वरले धैर्य गर्ने शक्ति प्रदान गरून् भनी एसडीएफ पार्टीले कामना पनि गरेको छ।

राज्यस्तरीय ‘कोफेक्वा तङ्नाम’ समारोहको भव्य तयारी

राज्यस्तरीय ‘कोफेक्वा तङ्नाम’ समारोहको भव्य तयारी

गेजिङ, 13 जनवरी। लिम्बू पञ्चाँगको आधारमा यहीं माघे संक्रातिलाई नयाँ वर्ष अथवा कोफेक्वा तङ्नामको रूपमा मनाउने चलन छ। यस कार्यक्रमलाई राज्यस्तरीय रूपमा मनाउन पश्‍चिम जिल्लाको याङ्थाङ समष्टिअन्तर्गत लिङ्चोम उच्चतर माध्यमिक स्कूलको खेल मैदानमा भव्य तयारी चलिरहेको छ। कार्यक्रमको उद्घाटन समारोहमा राज्यका मुख्यमन्त्री पीएस गोलेको उपस्थिति रहने आयोजक समितिले जानकारी गराएको छ। विगत चार वर्ष अघिदेखि लिङचोममा यो कार्यक्रमलाई मनाउँदै आएको हो। आगामी 14 अनि 15 जनवरीका दिन दुई दिवसीय कोक्फेक्वा तङ्नाम भव्य रूपमा मनाउने आयोजक समितिका अध्यक्ष पीबी लिम्बूले जानकारी दिए। लिम्बू पञ्चाङको आधारमा अहिले सुँगुर लो चलिरहेको छ भने अब यस नयाँ वर्ष अथवा माघे संक्रातिदेखि मुसा लो चल्ने भएकोले नयाँ सालको रूपमा मनाउने र लिम्बू साहित्य, संस्कृति, पहिचान र रीति-रिवाजलाई बचाइराख्ने लिम्बू संस्कृति रहनसहन अनि खाद्यान्न सामग्रीहरूको भरपुर आनन्द गराउने पनि कार्यवाहक अध्यक्ष एसपी मान्युङले जानकारी दिए। यसबाहेक कार्यक्रममा दर्शकहरूलाई भरपुर आनन्द दिलाउन नेपालका ख्याति प्राप्त कलाकार सीता सिनग्याक लिम्बू, जेपी नेम्बाङ, ब्रबिन शेर्पाले आफ्नो प्रस्तुति दिनेछन् भने स्थानीय कलाकार सावन लिम्बू, सञ्चमान लिम्बू, भिममाया लिम्बू अनि सोना लिम्बूले आफ्नो प्रस्तुति दिनेछन्।

विलयको मुद्दालाई लिएर एसकेएम-एसडीएफबीच आरोप प्रत्यारोप शुरु

विलयको मुद्दालाई लिएर एसकेएम-एसडीएफबीच आरोप प्रत्यारोप शुरु

गान्तोक, 13 जनवरी (हिस)। सिक्किम दार्जीलिङ विलयको मुद्दालाई लिएर सत्तारुढ़ एसकेएम पार्टी र विपक्षी एसडीएफ पार्टीबीच आरोप प्रत्यारोप शुरु भएको छ। एउटा अङ्ग्रेजी दैनिकमा गोर्खा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष भरत दोङले 2022 भित्र सिक्किम दार्जीलिङ विलय हुने दाबी गर्दै यसमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको पनि सहमति रहेको बयान दिएका थिए। भरत दोङको उक्त बयानप्रति मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आशंका व्यक्त गर्दै दोङको बयान सुनियोजित षड़यन्त्र हुन सक्ने तथा यसमा एसडीएफको हात हुन सक्ने बताएका थिए। उनको यस बयानको खण्डन गर्दै एसडीएफ प्रवक्ता जेबी दर्नालले आज भने, ‘यदि एसकेएम पार्टी तथा सरकार सिक्किम दार्जीलिङ विलयको पक्षमा छैन भने भरत दोङलाई एसकेएम सरकारले किन पक्राउ गर्दैन? मुख्यमन्त्री स्वयं गृहमन्त्री पनि हुन्। मुख्यमन्त्री भरत दोङलाई पक्राउ गर्नु सक्नुपर्छ। यदि एसकेएम सरकारले भरत दोङलाई पक्राउ गर्छ भने यसमा एसडीएफ पार्टीको पनि पूरा सहयोग अनि समर्थन रहने छ।’ सरकारमा भएको पार्टीले अर्कालाई दोष लगाउनुको साटो आफू व्यवहारिक भएर काम गर्नुपर्ने पनि दर्नालले एसकेएमलाई सुझाउ दिए। एसडीएफ प्रवक्ता दर्नालले सिक्किममा विगत आठ महिनामा केही काम नभएको आरोप लगाउँदै वर्तमान सरकारले पूर्व सरकारकै दिनमा भएका योजनाहरूलाई अहिले उद्घाटन गर्ने काम मात्र गरिरहेको आरोप लगाए। उनले भने, ‘वर्तमान सरकार मुख्य अतिथि हुनुमा मात्र व्यस्त छ। जनताको काम नगरेर कार्यक्रमहरूमा मुख्य अतिथिको रूपमा अल्झिरहेको छ।’ एसकेएम सरकारले जनतालाई दिएको… Read More

सिबिक गाउँमा 50 फीट अग्लो बौद्ध स्तुपा निर्माण कार्य शुरू

सिबिक गाउँमा 50 फीट अग्लो बौद्ध स्तुपा निर्माण कार्य शुरू

गान्तोक, 13 जनवरी (हिस)। राजधानी गान्तोकदेखि लगभग 15 किलोमिटर टाड़ामा रहेको लिङदा नामफूङ ग्राम पञ्चायत एकाईअन्तर्गत सिबिक गाउँको साम्डुप मणि लाखाङ परिसरमा 50 फीट अग्लो बौद्ध स्तुपा (भ्यारूङ खास्योर)-को निर्माण कार्य चलिरहेको छ। गत 12 जनवरीको दिन लामा दामछिक दोर्जे र उनको सहयोगी लामा दोर्जी निङपो साथै इञ्चे गुम्पाका लामाहरूद्वारा पूजा अर्चना गरेपछि स्तुपा निर्माण कार्य शुरु गरिएको हो। स्वर्गीय ज्याटल साङ्गे रिम्पोछेका एक नजिकका चेला लामा दामछिक दोर्जेले 1977 सालतिर नै रिम्पोछेबाट छोर्तेन बनाउने शिक्षा लिएपछि हालसम्म देश, विदेशमा 221 जति छोर्तेन बनाइसकेका छन्। उनकै देखरेखमा सिबिक गाउँका गाउँले साथै जिन्दाहरूको सहयोगमा गत वर्ष 9 दिसम्बरदेखि बौद्ध स्तुपा बनाउने कार्य युद्धस्तरमा भइरहेको छ जानकारी एमएस तामाङले दिएका छन्। स्तुपाको निर्माण कार्य यसै वर्ष अप्रेल महिनाभित्र पूर्ण हुने अनुमान लगाइएको छ। यसैगरी, निर्माण कार्य पूर्ण भएपछि यस भेकमा देश विदेशका पर्यटकहरूको ठूलो सङ्ख्यामा आगमन हुने पनि अनुमान लगाइएको छ। एमएस तामाङले आगामी 19 जनवरीको दिन साम्डुप मणि लाखाङमा पूर्व सिक्किमको पबिक नैताम गुम्पाका प्रमुख धमर्गुरु पेमा वाङ्ग्याल लेप्चाद्वारा प्राप्त काश्यप मुणि बुद्धको रिङसेल साथै तादोङ ज्वेल्स निवासी सुश्री ल्हामु वाङ्चुकद्वारा प्राप्त साक्यमुणी बुद्धका रिङसेल प्रदर्शन गरिने जानकारी दिएका छन्। उनले इच्छुक धर्मावलम्बीहरूले उक्त दिन उपस्थित भएर दर्शन गर्नु सक्ने बताएका छन्।

गणतन्त्र दिवस परेडमा वायु सेनाका दुई महिला अधिकारी पनि सहभागी बन्ने

गणतन्त्र दिवस परेडमा वायु सेनाका दुई महिला अधिकारी पनि सहभागी बन्ने

नयाँ दिल्ली, 13 जनवरी (हिस)। यो वर्ष गणतन्त्र दिवस परेडमा भाग लिनको निम्ति 148 सदस्यीय भारतीय वायु सेनाको टोलीमा दुई महिला अधिकारी, फ्लाइट लेफ्टिनेन्ट गगनदीप गिल र रीमा रायलाई पनि चयन गरिएको छ। भारतीय वायु सेनाद्वारा प्रदर्शित गरिने झाँकीमा राफेल विमान, स्वदेशी लाइट कम्बेट एयरक्राफ्ट र लाइट कम्बेट हेलीकप्टर, सरफेस टु एयर गाइडेड वेपन आकाश मिसाइल सिस्टम र एस्ट्रा मिसाइल सोमल छन्। भारतीय वायु सेनाका वारन्ट अधिकारी अशोक कुमारले विगत 25 वर्षदेखि गणतन्त्र दिवस परेडमा ब्याण्ड टीममा भाग लिइरहेका छन्। विगत 12 वर्षदेखि उनले ब्याण्ड टीमको नेतृत्व गरिरहेका छन्। यो वर्ष गणतन्त्र दिवस परेडमा 41 विमान पनि प्रदर्शित गरिने छ। यसमा चिनूक हेवीलिफ्ट हेलीकप्टर र अपाचे हेलीकप्टरलाई पनि वायु सेनाले पहिलोपल्ट प्रदर्शित गर्नेछ। दुई दिनअघि मात्र एयर चीफ मार्शल आरकेएस भदौरियाले दिल्ली क्यान्टमा एनसीसी गणतन्त्र दिवस शिविरको भ्रमण गरेका थिए। उनले एउटा ब्याण्ड प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू र मोडलहरूको प्रस्तुति पनि हेरे। उनले एनसीसी हल अफ फेमको पनि भ्रमण गरेका थिए।

अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल

अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल

मल्लीलाई पराजित गर्दै जूम सालघारी फाइनलमा जोरथाङ, 13 जनवरी (हिस)। जूम सालघारी अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जोरथाङको खेलमैदानमा सोमबार खेलिएको पहिलो सेमीफाइनल खेलमा जूम सालघारी निर्वाचन क्षेत्रले मल्ली निर्वाचन क्षेत्रलाई 1-0 गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। मङ्गलबार सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र बर्फुङ निर्वाचन क्षेत्रबीच दोस्रो सेमीफाइनल खेल सम्पन्न हुनेछ। उल्लेखनीय छ, राज्य खेलकुद तथा युवा मामिला विभागले ग्रामीण खेलकुदअन्तर्गत अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिता आयोजन गरेको हो।

व्याडमिन्टन प्रतियोगिताको फाइनल

व्याडमिन्टन प्रतियोगिताको फाइनल

समय संवाददाता दार्जीलिङ, 13 जनवरी। सुनाखरी परिवार सेवा समितिले नेहरू युवा केन्द्रको सहयोगमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा राज तामाङ सिंगल्स अनि राज तामाङ र विनय तामाङको जोड़ी डबल्समा च्याम्पियन बने। गत 24 दिसम्बरदेखि 2019-देखि नेहुर बालासनस्थित लिलावती प्राथमिक पाठशालाको खेल मैदानमा सम्पन्न भएको यस प्रतियोगिताको फाइनल खेल हिजो 12 जनवरीको दिन विविध रङ्गारङ्ग कार्यक्रममाझ भएको थियो। जसमा स्थानीय लगभग 18 जना प्रतियोगीले भाग लिएका थिए। यी सबै प्रतियोगीहरूलाई उछिन्दै राज तामाङ, विनय तामाङहरू च्याम्पियन बनेका छन्। जसलाई ट्रफी साथै नेहरू युवा केन्द्रको तर्फबाट प्रमाण-पत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष किशोर गुरुङ र सचिव सतीश गुरूङले जानकारी गराएका छन्। यो खेल सम्पन्न गर्नको लागि पाठशालाका प्रधान अध्यापक अशोक गुरुङले खेल मैदान उपलब्ध गराएकामा साथै विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा खरसाङ शाखाले आर्थिक सहयोग प्रदान गरेकामा उनीहरूप्रति पनि आयोजक समितिले आभार व्यक्त गरेको छ। विविध सांस्कृतिक कार्यक्रमहरूमाझ सम्पन्न भएको यस कार्यक्रमको अध्यक्षता विनोद सागर राईले गरेका थिए भने यस अवसरमा चियाबगानका प्रबन्धक एसके पाण्डे, सुवोध राई, नेहरू युवा केन्द्रका पदाधिकारी महेन्द्र थिङ, शैलेन्द्र गुरुङ, गोपाल राई आधि विशेषरूपले उपस्थित रहेका थिए। हिजो भएको यस खेलको मनोरञ्जन लिन गाउँलेहरू पनि भारी सङ्ख्यामा भेला भएका थिए।