एसकेएम सरकार स्थापनाको सात महिनामा पनि लिम्बू-तामाङको आसन आरक्षणको मुद्दा उठाइएनः एलटीभीसी

एसकेएम सरकार स्थापनाको सात महिनामा पनि लिम्बू-तामाङको आसन आरक्षणको मुद्दा उठाइएनः एलटीभीसी

गान्तोक, 10 जनवरी। लिम्बू तामाङ भोलेण्टियरी कमिटिले वर्तमान एसकेएम सरकारको घोषणा-पत्रको वाचा स्मरण गराउँने उद्देश्यले पत्रकार सम्मेलनको आयोजन गरेको थियो। सम्मेलनमार्फत कमिटीले सरकारले जनजातिको मान्यता प्राप्त सिक्किमे लिम्बू तामाङलाई सिक्किम विधानसभामा आसन आरक्षणको कुरा नउठाएकोमा झक्झक्याउने काम शुरु गरेको छ। आज प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूसँग बोल्दै कमिटीका अध्यक्ष याहाङ चोङले एसकेएम पार्टीले सरकार बनाउन अघि सरकार गठन भएको तीन महिनाभित्रमा सिक्किमे लिम्बू तामाङलाई आसन आरक्षण दिलाउने भनेको स्मरण गराउँदै सात महिना बित्दा पनि कुनै आवाज नउठेकोमा आपत्ति जनाएका छन्। उनले भनेका छन्, सिक्किम सरकारका प्रतिनिधिहरूले दिल्लीमा गएर लिम्बू तामाङको निम्ति बोल्यो तर आसन आरक्षणको कुनै फर्मुला बिनै केन्द्रिय मन्त्रीहरूसँग भेटेको अध्यक्ष चोङले बताएका छन् भने उनले वर्तमान सिक्किम लोकसभा सांसद इन्द्रहाङ सुब्बाले पनि यस विषयमा कुनै आवाज नउठाएको कुरा राखेका छन्। सिक्किमका पूर्व लोकसभा सांसद पीडी राईको जिक्र गर्दै उनले भनेका छन्, पूर्व सरकारमा रहेका लोकसभा सांसद पीडी राईले बर्मन कमिसनको आधारमा सिक्किम विधानसभालाई 40 सीट बनाउने र लिम्बू तामाङलाई 5-वटा सीट दिने जुन फर्मुला राखेका थिए त्यसको एसकेएम पार्टीले सोझो विरोध गरेको छ अनि बर्मन कमिसनलाई पनि जलाएको छ भन्दै अब वर्तमान सरकारले लिम्बू तामाङको सीटमाथि आफ्नो अड़ान प्रष्ट राख्नुपर्छ पनि भनेका छन्। लिम्बू तामाङको सीटको मुख्य मुद्दा बनाएर सिक्किममा एसकेएम पार्टीको सरकार आएको हो भन्दै… Read More

सिङ्ला चियाबगान बन्दपछि बिचल्नीमा श्रमिकहरू

सिङ्ला चियाबगान बन्दपछि बिचल्नीमा श्रमिकहरू

समय संवाददाता दार्जीलिङ, 10 जनवरी। चियाबगान अचल बनेपछि बिचल्नीमा परे सिङ्ला चियाबगानका लगभग 600 चियाश्रमिकहरू। चियाबगानकै एक श्रमिकले सह-प्रबन्धकमाथि हँसियाले प्रहार गरेर घाइते बनाएपछि सिङ्ला चियाबगान अचल बनेको छ। चियाबगानका प्रबन्धकवर्ग बगानमा सस्पेन्शन अफ् वर्कको नोटिस टाँसेर अन्यत्र गएका छन्। जसको फलस्वरूप आज बिहानैदेखि चियाबगानमा सन्नाटा छाएको थियो भने चिया कारखाना बिरान बनेको थियो। यद्यपि, यस चियाबगानका अधिकांश श्रमिक-कर्मचारीहरूले यो चियाबगान शीघ्र खोलियोस् भन्ने चाहना राखेका छन्। आरोपी दिपेश लिम्बुलाई पुलिसले पक्राउ गरिसकेको छ भने चियाबगान प्रबन्धनपक्षले यो बगानलाई खोलेको नै उचित हुनेछ। एकजनाको कारण यस चियाबगानका सयौं श्रमिकहरूलाई दुःख दिनु उचित नरहेको पनि श्रमिकहरूको मत छ। दार्जालिङ शहरदेखि लगभग 17 किलोमिटर टाड़ामा अवस्थित सिङ्ला चियाबगान जयश्री ग्रुप अफ् कम्पनीको अधीनमा छ। जुन चियाबगानका श्रमिक दिपेश लिम्बु हिजो आफ्नो काममा मातेर आएका थिए भन्ने पुलिसले भनाई छ। यसै विषय लिएर चियाबगानका सह-प्रबन्धक ओमप्रकाश चोटियाले दिपेशलाई काममा जान अनुमति दिएनन्। त्यसै विषय लिएर दिपेशले हँसियाले चोटियाको टाउकोमा प्रहार गरे अनि उनलाई घाइते बनाए। फलस्वरूप, पुलिसले दिपेशलाई पक्राउ गरेर आफ्नो कब्जामा लिएको छ भने घाइते चोटियालाई उपचारको लागि सिलगढ़ी पठाइएको छ। यसैबीच, आज बिहान चियाबगानमा कुनै काम नभएपछि चियाश्रमिकहरूमा निराशा छाएको छ। तरै पनि उनीहरूले चियाबगानको सम्पत्ति आदिलाई नोक्सान पुर्‍याउने कुनै कार्य नहोस् भन्ने पनि अपील गरेका छन्। चियाश्रमिकहरूले भनेका छन्-यो चियाबगान… Read More

लायन्स क्लब अफ हैदराबादका सदस्यहरूले राज्यपाललाई भेटे

लायन्स क्लब अफ हैदराबादका सदस्यहरूले राज्यपाललाई भेटे

गान्तोक, 10 जनवरी (हिस)। लायन्स क्लब अफ हैदराबादका सदस्यहरूले शुक्रवार राज्यपाल गंगा प्रसादलाई राजभवनमा भेट गरेका छन्। राजभवनअनुसार उनीहरू चार दिवसीय सिक्किम भ्रमणमा आएका हुन्। राज्यपालले आफ्नो संक्षिप्त सम्बोधनमा सिक्किमले देशकै पहिलो जैविक राज्यको रूपमा मान्यता पाएको बताउँदै सिक्किमले आज जैविक खेतीको अभ्यासद्वारा विश्‍वको ध्यान आकर्षित गरिरहेको बताए। यसैगरी, उनले सिक्किमको स्वच्छता र हरित प्रथाहरूबारे पनि जानकारी दिए। उनले लायन्स क्लब अफ हैदराबादका सदस्यहरूलाई सिक्किममा अविस्मरणीय प्रवासको कामना गरे।

बीडीओ आईबी छेत्रीद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन

बीडीओ आईबी छेत्रीद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन

सिङताम, 10 जनवरी। सिङताम गोलीटार खेल मैदानमा आजदेखि माघे संक्रान्ति मेलाको विधिवतरूपमा डुगा बीएसीका बीडीओ आईबी छेत्रीको बाहुलीबाट रीबिन काटेर पूजा-अर्चना गरी तथा बेलुन उड़ाएर उद्घाटन गरियो। गोलीटार मेलामा यसचोटि मानिसहरूले रोटे पिङ, टोरा-टोरा, प्लेन ड्रेगन, चाँद-तारा, कोलम्बस, ब्रेक डान्स, चित्रहार, मिकिमाउस, नानीहरूका निम्ति बोटिङ, इन्द्रजाल-जादु, सुपर ड्रेगन ट्रेन, टोय ट्रेन, चिल्ड्रेन जम्पिङ तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू अनि विभिन्न जात-जातिका खान-पानहरू रहेका छन् भने हाउलर्स स्पोर्टिङ क्लब सिङतामले सबैको मनपर्दो खेल तम्बोला पनि खेलाइरहेको छ। बीडीओ आईबी छेत्रीले मेला उद्घाटन कार्यक्रममा आयोजकवर्गलाई मेलामा कुनै प्रकारको अप्रिय घटना नघटोस्, तथा सबैले सरकारको नियम-कानूनलाई शिरोपर राखेर दोकान-पाट चलाउने अनि स्वच्छ भारत-स्वच्छता सिक्किमको अभियानलाई पनि ध्यानमा राखेर दोकानमा कुँड़ादान राखिदिने अनि कसैले पनि प्लास्टिक प्रयोग नगरिदिने आग्रह गरे। सिङताम गोलीटारको माघे मेला सुचारू सञ्चालन गर्न तथा सबै मानिसहरूको हित, सुरक्षा र सहयोगको लागि विशेष स्थलमा सिङताम पुलिस एवं आयोजकवर्गले मेला परिसरमा जड़ान गरिएको सिसिटीभी क्यामेराद्वारा विशेष निगरानी राखिएको जानकारी आयोजकवर्गको पक्षमा विजय प्रधान अनि सन्तोष प्रधानले दिएका छन्। गोलीटारको माघे संक्रान्ति मेला आगामी 26 जनवरी 2020-सम्म चल्ने जानकारी पनि उनीहरूले दिएका छन्।

सुरक्षा कवचहरू वितरण

सुरक्षा कवचहरू वितरण

रम्फू, 10 जनवरी। विद्युत विभाग मामरिङ डिभिजनद्वारा आज कार्यालय परिसरमा इलेक्ट्रिकल सेफ्टी अवेयरनेस प्रोग्रामको साथ पर्सनल सेफ्टी इक्विपमेन्ट वितरण कार्यक्रम आयोजित गरियो। रम्फूका महकुमा अधिकारी प्रेमकमल राई मुख्य अतिथिको साथ रम्फू पुलिस इन्स्पेक्टर आरएन अधिकारी र दक्षिण सिक्किम मामरिङ आउटपोस्टका अधिकारीहरू विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। स्रोतवक्ताहरूले बिजुलीको काम गर्दा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूबारे सविस्तार जानकारीको साथ सुरक्षा सामग्रीहरूको प्रयोगका विधिहरूबारे जानकारी गराए। विद्युत विभागका डीई दिलीप राणा, राजेन्द्र गुप्ता, जेई तरुण दुलाल, कमल सापकोटा, अशीम विश्‍वकर्माको साथ अन्य अधिकारी र कर्मचारीहरूको उपस्थितिमा विद्युत विभागका अधिकारी र कर्मचारीहरूबीच अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भयो। महकुमा अधिकारी प्रेमकमल राईले आफ्नो सम्बोधनमा आफ्नो र आफ्नो परिवारको भविष्यको सुरक्षालाई ध्यानमा राखी सुरक्षा कवचहरूको आवश्यक र निरन्तर रूपमा नै प्रयोग गरिदिने अपील गरे। नव वर्षको अवसरमा सबै अधिकारी र कर्मचारीहरूले शपथ लिँदै सुरक्षा कवचहरूको निरन्तर रूपमा प्रयोग गर्ने संकल्प लिएका छन्। यस अवसरमा 57 जना विद्युत विभागका फिल्ड कर्मचारी र कन्ट्रोल रूम स्टाफहरूबीच निजी सुरक्षाको निम्ति प्रयोग हुने सर-सामग्रीहरू प्रदान गरियो।

संघकाया फाउण्डेशन ट्रस्टले भरत बस्नेतलाई पुरस्कृत गर्ने

संघकाया फाउण्डेशन ट्रस्टले भरत बस्नेतलाई पुरस्कृत गर्ने

गान्तोक, 10 जनवरी (हिस)। सिक्किम प्रदेश कांग्रेस कमिटी अध्यक्ष भरत बस्नेतलाई संघकाया फाउण्डेशन ट्रस्ट, एक अन्तरराष्ट्रिय बौद्ध संगठन, अहमदाबाद (गुजरात) ले पुरस्कृत गर्ने भएको छ। बस्नेतको व्यक्तिगत सामाजिक योगदानलाई कदर गर्दै पुरस्कृत गरिने सूचना संघकाया फाउण्डेशनका मुख्या भंते प्रशील रत्नद्वारा प्राप्त भएको जानकारी प्रदेश कांग्रेसकी मूल सचिव सुमित्रा राईले आज जारी एक प्रेस विज्ञप्तिमा दिएकी छन्। विज्ञप्तिमा जनाइएअनुसार आगामी 12 जनवरीको दिन संघकाया फाउण्डेशनले गान्धीनगर, अहमदाबाद, गुजरातमा सम्पन्न हुने चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भरत बस्नेतलाई पुरस्कृत गर्नेछ। विशेष रूपमा बस्नेतले सिक्किममा विपश्यना ध्यान केन्द्र स्थापना गर्न दिएको योगदान तथा राज्यमा स्थानीय मानिसहरूको निम्ति दिएको निःस्वार्थ योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्ने भएको हो। बस्नेत सिक्किम विपश्यना ट्रस्टका स्थांसपक सदस्य हुन् भने पूर्व सिक्किमको आहो सेन्टीमा ‘धम्म सिक्किम’ नामक साधना केन्द्र सञ्चालन गर्न उनको ठूलो योगदान रहेको बताइएको छ।

गान्तोकलाई पराजित गर्दै बर्फुङ निर्वाचन क्षेत्र सेमीफाइनलमा

गान्तोकलाई पराजित गर्दै बर्फुङ निर्वाचन क्षेत्र सेमीफाइनलमा

गान्तोक, 10 जनवरी (हिस)। गान्तोक निर्वाचन क्षेत्रलाई पराजित गरेर बर्फुङ निर्वाचन क्षेत्र सेमीफाइनलमा प्रवेश गरेको छ। जोरथाङ खेलमैदानमा आज खेलाइएको दोस्रो क्वार्टरफाइनल खेलमा बर्फुङ निर्वाचन क्षेत्रले प्रतिद्वन्द्वी दललाई 1-0 गोलले पराजित गरेको हो। यसका साथै बर्फुङ सेमीफाइनलमा प्रवेश गरेको छ। भोलि लाचेन मगन निर्वाचन क्षेत्र र मल्ली निर्वाचन क्षेत्रबीच तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न हुनेछ। उल्लेखनीय छ, खेलकुद एवं युवा मामिला विभागद्वारा ग्रामीण खेलकुदअन्तर्गत अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिताको आयोजन गरिएको हो।

सिक्किमभित्र अनि बाहिर सुचारू यातायात सुनिश्‍चित गर्न सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव

सिक्किमभित्र अनि बाहिर सुचारू यातायात सुनिश्‍चित गर्न सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव

गान्तोक, 10 जनवरी (हिस)। राष्ट्रिय राजमार्ग 10-लाई सिक्किमको निम्ति जीवनरेखा मानिन्छ, तर बारम्बार पैह्रो र मार्ग अवरोध बन्ने समस्याले सिक्किमवासीका साथै पर्यटकहरूले पनि ठूलो समस्या झेल्नुपर्ने हुन्छ। राज्य सरकारले उक्त समस्यालाई ध्यानमा राख्दै समस्यालाई सम्बोधन गर्ने दिशामा कदम उठाएको छ। यसको निम्ति सिक्किम सरकारले मुख्य रणनीतिक ठाउँहरूमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरेको छ। यी सुरुङहरूको माध्यमद्वारा राज्य सरकारले सबै मौसममा राज्यभित्र अनि राज्य बाहिर यातायात सुचारू राख्ने तथा रम्फू र गान्तोकबीचको मुख्य मार्गमा दबाउ कम गर्ने प्रस्ताव गरेको छ। यसै विषयलाई लिएर आज नयाँ दिल्ली आधारित लायन मार्सवे जेवी टनल डीपीआर प्रोजेक्टले परियोजनाबारे आफ्नो प्रदर्शन मुख्यमन्त्री पीएस तामाङ समक्ष प्रस्तुत गरे। यस अवसरमा राज्य सड़क एवं पुल विभाग मन्त्री साम्डुप लेप्चा, विभागीय सचिव टीपी साङदेर्पा, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, अधिकारीहरू र सम्बन्धित अभियन्ताहरू पनि उपस्थित थिए। राज्य सड़क एवं पुल विभागले प्रस्तावित सुरुङ मार्गको निम्ति डीपीआर तयार गर्न अनि परियोजनाको सम्भाव्यताबारे बुझ्न केही भरपर्दो निकायहरूलाई नियुक्त गर्ने योजना बनाएको जानकारी आइपीआर विभागले दिएको छ। आज प्रस्तुत गरिएको प्रदर्शन राज्यमा अवस्थित मार्ग पूर्वाधारको विकल्प खोज्ने एउटा योजनाको हिस्सा रहेको थियो, जसको उद्देश्य राज्यभित्र अनि राज्यबाहिर वाहनहरूको सुचारू आवागमन सुनिश्‍चित गर्नु रहेको छ। उल्लेखनीय छ, सिक्किमलाई राष्ट्रिय राजमार्ग 10 ले भारतका मुख्य भूमिहरूसित जोड्छ। अर्कोतिर, राज्यमा पर्यटकहरूको आगमन प्रत्येक वर्ष 20 प्रतिशतको… Read More

संस्कृति परिवर्तनशील हुनुपर्छ

संस्कृति परिवर्तनशील हुनुपर्छ

मानिस सामाजिक प्राणी भएकाले उसका हरेक क्रियाकलापहरू उसको फरक इच्छा र व्यक्तिगत स्वतन्त्रतामा निर्भर हुँदैनन्। राम्रो-नराम्रो, चित्त बुझ्दो-चित्त नबुझ्दो, विश्वास-अन्धविश्‍वास जे-जस्तो भए पनि संस्कृतिरूपी आचारसंहितालाई उसले पालना गर्नै पर्छ। त्यसो त संस्कृति नै मानिसको पहिचान पनि हो। तर यसो भन्दैमा संस्कृति अपरिवर्तनशीलचाहिँ हुँदैन। कुनै बेला कसैको व्यक्तिगत सोचाइ तथा लहडका आधारमा, जातिगत×वंशगत फाइदाका दृष्टिकोणले र तात्कालिक आवश्यकतालाई परिपूर्ति गरेर काम चलाउनका लागि बनाइएको नियम नै कालान्तरमा संस्कृति बन्न पुगेको हुँदा, हाम्रा संस्कृतिअन्तर्गतका सबै क्रियाकलापहरू चित्त बुझ्दा र वैज्ञानिक छैनन्। तीमध्ये कति त अति नै घृणित, लाजमर्दा र मानव जातिकै कलङ्कजस्ता पनि छन्। त्यसैले ती सबैलाई आँखा चिम्लेर पालना गर्नुको कुनै अर्थ छैन र हुँदैन पनि। तरपनि संस्कृति र संस्कारका नाममा यस्ता कुराहरू युगौंयुगसम्म चलिरहँदा रहेछन्। भन्नलाई संस्कार, संस्कृति र आफ्नो इच्छा भने पनि क्रियाकलापहरू भने कुसंस्कार, विकृति र कसैको अदृश्य दबाब तथा करकापमा परेर सञ्चालित भइरहेका हुन्छन्। सामाजिक कानुनका रूपमा जरो गाडेर रहेका सामाजिक संस्कारहरूलाई, समाजका केही व्यक्तिहरूले चाहँदैमा थाहा पाउने गरी परिवर्तन गर्न गराउन सम्भव पनि हुँदैन। हिन्दूहरूको वर्चश्व र हिन्दू तीर्थहरू प्रशस्त भएको ठउँमा हाम्रा धेरै भक्तजनहरू त्यहाँका गुरु, स्वामी, पुरोहित, पण्डाहरूबाट ठगिएका र लुटिएका अनुभवहरू प्रशस्त छन्। कथित स्वामी र गुरुका चर्तिकलाहरूले पनि बेलाबखत तहल्का मच्चाएकै छन्। हजारौं वर्षअघिका त्रिकालदर्शी ऋषिमुनिहरूले बनाएको, वेदमा लेखिएको फराकिलो गतिलो संस्कार… Read More