एसडीएफको साङ्गठनिक विस्तार जारी

एसडीएफको साङ्गठनिक विस्तार जारी

अध्यक्ष चामलिङ जनसंवादमा व्यस्त गान्तोक, 8 जनवरी। एसडीएफ पार्टीले पार्टीका विभिन्न पदहरूमा नयाँ नियुक्ति गरेको छ। पार्टी अध्यक्ष पवन चामलिङले पार्टी संविधानको धारा 26 र यसका विभिन्न प्रावधानले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै यो नियुक्ति गरेका छन्। पार्टीका प्रशासनिक मामिला महासचिव आमोस आर. लेप्चाद्वारा जारी गरिएको कार्यालय आदेशअनुसार पूर्व सिक्किम तादोङ लुम्से निवासी रिञ्जिङ दोर्जी चिङ्गपालाई पार्टीको प्रशासनिक मामिला महासचिव नियुक्त गरिएको छ। यसरी नै एस.के. प्रधानलाई वरिष्ठ उपाध्यक्ष एवं पार्टी अध्यक्षका सल्लाहकार नियुक्त गरिएको छ भने पार्टी अध्यक्षको कार्यालयमा वरिष्ठ उपाध्यक्ष एन.के. प्रधानलाई नियुक्त गरिएको छ। यसरी नै पूर्व मन्त्री तथा पार्टीका वरिष्ठ उपाध्यक्ष डी.बी. थापालाई पूर्व जिल्ला प्रभारी साथै राजनैतिक मामिलाको भार प्रदान गरिएको छ। पूर्व मन्त्री सोनाम ग्याछो लेप्चालाई उत्तर जिल्ला प्रभारी साथै पार्टी मुख्यालयमा जनसम्पर्क अधिकारी नियुक्त गरिएको छ भने वित्त मामिला प्रभारीका रूपमा उपाध्यक्ष निमथित लेप्चालाई नियुक्त गरिएको छ। यसरी नै पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चालाई उपाध्यक्ष सोशल मीडियाको भार सुम्पिइएको छ भने सोशल मीडिया सचिवको पदमा जुडी राईलाई नियुक्त गरिएको छ। यसरी नै मेरिना लेप्चालाई पनि सचिव सोशल मीडिया पार्टी मुख्यालयको भार प्रदान गरिएको छ। पार्टी मुख्यालयमा जनसम्पर्क प्रभागमा सचिवको पदमा रञ्जु लामिछानेलाई नियुक्त गरिएको छ। स्मरण रहोस्, नयाँ वर्षसितै एसडीएफ पार्टीले आफ्नो गतिविधिलाई अघि बढ़ाउन शुरू गरेको छ। यसअघि 4 जनवरीको दिन पनि… Read More

जीआरडी दार्जीलिङबाट सर्नसक्ने आशङ्का

जीआरडी दार्जीलिङबाट सर्नसक्ने आशङ्का

समय संवाददाता दार्जीलिङ, 8 जनवरी। दार्जीलिङको जलपहाड़स्थित जीआरडी (गोर्खा रिक्रुटमेण्ट डिपो) यहाँबाट कुनै पनि समय अन्य स्थानमा सर्नसक्ने आशङ्का प्रबल बनेर गएको छ। यदि जीआरडी दार्जीलिङबाट सरेर अन्यत्र गए, देश सेवाको लागि सेनामा भर्ना हुने यहाँका युवाहरू लखनऊ, गोरखपुर तथा अन्य स्थानमा गएर सेनाको भर्ना प्रक्रियामा भाग लिनपर्ने बाध्यता आउनेछ। यसको एउटा मुख्य कारण दार्जीलिङ पहाड़बाट सेनामा अति नै कम्ति भर्ना हो। यसैले दार्जीलिङको जीआरडीलाई यहाँ नै रोकेर राख्नु हो भने यस डिपोबाट अधिकाधिक सेनामा भर्ना हुन आवश्यक रहेको गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले बताएको छ। यस सङ्गठनलाई यसै विषय लिएर जलपहाड़ सेना छाउनीमा सर-सल्लाहको लागि बोलाएको थियो, जसमा छाउनीका शीर्ष अधिकारीवर्गले जीआरडीबाट भारतीय सेनामा अधिकाधिक भर्ना हुनको लागि युवावर्गलाई जानकारी गराउने साथै उत्साहित तुल्याउने सङ्गठनलाई अपील गरेको शाखा समिति अध्यक्ष रिङ्गा तामाङले जनाए। ज्ञात रहोस्, सन् 1886 -मा स्थापना भएको जीआरडी (गोर्खा रिक्रुटमेण्ट डिपो) कुनै पनि समय दार्जीलिङबाट अन्य स्थानमा सर्नसक्ने हल्ला निकै अघिदेखि चलिरहेको थियो। यद्यपि, यसबारे अझैसम्म आधिकारिक कुनै जानकारी प्राप्त भएको छैन। तर गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले आज यसबारे जलपहाड़ सेना छाउनीकै शीर्ष अधिकारीवर्गबाट जानकारी पाएको बताएपछि भारतीय सेनामा भर्ना हुनचाहने युवावर्गका साथै स्थानीय मानिसहरूको लागि चिन्ताको विषय बनेको छ। दार्जीलिङबाट यो सेना भर्ना केन्द्र सार्नसक्ने आशङ्काको मूल कारण के हुनसक्छ?… Read More

सिक्किमका दुइ स्कूल पूर्वोत्तर क्षेत्रस्तरीय ब्याण्ड प्रतियोगितामा शीर्ष स्थानमा

सिक्किमका दुइ स्कूल पूर्वोत्तर क्षेत्रस्तरीय ब्याण्ड प्रतियोगितामा शीर्ष स्थानमा

गुवाहाटी, 8 जनवरी। वेस्टपोइण्ट उच्चतर माध्यमिक स्कूल र नर्थ सिक्किम एकाडेमी पूर्वोत्तर क्षेत्रस्तरीय ब्याण्ड प्रतियोगितामा शीर्ष स्थानमा आएका छन्। वेस्टपोइण्ट स्कूलका छात्राहरूले महिला वर्गको प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका छन् भने नर्थ सिक्किम एकाडेमीले पुरुष वर्गमा पहिलो स्थान प्राप्त गर्‍यो। स्मरण गराइन्छ, 15 नोभेम्बरको दिन गान्तोकमा आयोजित राज्यस्तरीय प्रतियोगिताबाट चयन भएर यी दुवै स्कूलका विद्यार्थी पूर्वोत्तर क्षेत्रस्तरीय ब्याण्ड प्रतियोगिताका लागि चयन भएका थिए। क्षेत्रस्तरमा शीर्ष आउने यी दुवै ब्याण्ड टोलीलाई अब 22 जनवरीको दिन बाल भवन नयाँ दिल्लीमा आयोजना हुने राष्ट्रस्तरको प्रतियोगितामा भाग लिने अवसर प्राप्त भएको छ। समग्र शिक्षा अनुभागका राज्य योजना निदेशक भीम ठटालअनुसार समग्र शिक्षा योजनाअन्तर्गत ब्याण्ड प्रतियोगिता एउटा वार्षिक गतिविधिका रूपमा सामेल छ। पहिलोपल्ट वर्ष 2017 -मा ब्याण्ड प्रतियोगिता शुरू गरिएको थियो अनि पहिलो श्रृङ्खलामा नै सिक्किम राज्यले दोस्रो स्थान राष्ट्रस्तरमा अनि 2018 -मा पहिलो स्थान प्राप्त गरेको थियो। यसपल्ट तेस्रो श्रृङ्खलाअन्तर्गत सिक्किमबाट पुरुष र महिला दुवै वर्गले राष्ट्रियस्तरमा भाग लिने अवसर प्राप्त गरेका छन्। यो प्रतियोगिता निजी र सरकारी दुवै स्कूलका लागि हो।

वाहन चेकिङ अभियान जारी

वाहन चेकिङ अभियान जारी

रम्फू, 8 जनवरी। मोटर व्हीकल विभाग, रम्फू डिभीजन र रम्फू पुलिसको संयुक्त तत्त्वावधानमा ठाउँ ठाउँ वाहनहरूको चेकिङ अभियानलाई तीव्रता दिने काम शुरू गरिएको छ। वाहनको कागजपत्र चेकिङपछि सही पाइएको खण्डमा चेक स्टीकर दिने प्रथाको चालकवर्गले स्वागत जनाएको छ। यस्ता चेकिङ अब लगातार रूपमा चल्ने जानकारी प्राप्त भएको छ।

मिसाइल हमला अमेरिकाको मुखमा थप्पड़: खुमेनी

मिसाइल हमला अमेरिकाको मुखमा थप्पड़: खुमेनी

तेहरान, 08 जनवरी (हिस)। इरानका सुप्रिम लीडर अयातोल्लाह अली खुमेनीले अमेरिकाको सैन्य ठेगानाहरूमा मिसाइल हमलालाई अमेरिकाको मुखमा थप्पड़ ठहर गरेका छन्। वस्तुतः अमेरिकासित प्रतिशोध लिन इरानले बुधबार मिसाइलले अमेरिकाका सैन्य ठेगानाहरूमा हमला गर्‍यो। स्थानीय समयानुसार बिहानै 1.30 बजी मिसाइल छोड़ियो। इराकी सेनाको भनाई छ, अनबर प्रान्तको एन-अल-असद एयरबेसमा औ इराकी कुर्दिश केपिटल इरबिलमा हमला गरियो। यस हमलामा इराकी बलहरूका जवानहरू घाइते भएका छैनन्। इरानी मीडियाअनुसार, मिसाइल हमलामा इरानले 80 अमेरिकी आतङ्कीहरूलाई मारेको छ। आफ्नो देशलाई सम्बोधित गर्दै खुमेनीले भनेका छन्, ‘हिजो राति हामीले उसको मुखमा थप्पड़ जड़ेका छौं। यस क्षेत्रमा अमेरिकाको उपस्थिति समाप्त हुनुपर्छ। यसबाट युद्ध, विभाजन र विनाश भएको छ।’ उनले सुलेमानीलाई याद गर्दै भने, ‘उनी एक बहादुर सिपाही थिए औ हाम्रो नजीकका साथी पनि थिए।’ त्यहीं इरानका राष्ट्रपति हसन रूहानीले भने, ‘उसले सुलेमानीको हात काट्यो अब हामी उसको खुट्टा काटेर जवाफ दिनेछौं’।

गाउँले आफैले बनाउनथाले मजुवाको बाटो

गाउँले आफैले बनाउनथाले मजुवाको बाटो

समय संवाददाता दार्जीलिङ, 8 जनवरी। मानेभञ्ज्याङदेखि केही तल अवस्थित रङ्गीत मजुवाको बाटो स्वयं गाउँलेहरूले निर्माण गर्न शुरू गरेका छन्। सम्बन्धित विभागले यस इलाकामा पर्ने अन्य बाटो वा सड़क मार्गको निर्माण वा मरम्मति गरिरहेको भए पनि रङ्गीत मजुवाको यो सड़क मार्ग भने सधैं विभागको आँखाबाट ओझेलमा नै परिरहेको थियो। तरै पनि विभागले यसमाथि एक दिन अवश्यै ध्यान दिने भन्ने आशा-निराशामा परिणत भएपछि गाउँले आफै मिलेर यो बाटोको निर्माण शुरू गरेका छन्, जसको लागि गाउँले आफैले आर्थिक सङ्ग्रह गरिरहेका छन् भने कतिले सिमेण्ट आदि पनि प्रदान गरिरहेका छन्। यसबारे स्थानीय गाउँले सुवास बार्सीले जानकारी गराएअनुसार, मानेभञ्ज्याङदेखि लगभग 2 किलोमिटर तलसम्मको सड़क मार्गमा पीच भएको छ। तर रङ्गीत मजुवाको सड़क मार्गले कहिले पनि पीच हुने अवसर नपाएपछि गाउँलेले धेरै सङ्कटको सामना गर्न परिरहेको छ, जसको फलस्वरूप बर्सेनि गाउँलेले यो बाटो आफै मरम्मति गर्ने गाड़ी चलाउन परिरहेको छ। विशेष यस गाउँमा कोही विरामी परे उनीहरूलाई अस्पताल लान धेरै समस्या हुने गरेको छ। यसैले गाउँले आफैले अर्थ सङ्ग्रह गरेर यो बाटोको मरम्मति गर्न शुरू गरेका छन्। उनले यो बाटो भएर सिंगबुङडेरा, बतासे, आरूबोटे साथै अन्य लगभग 12 वटा गाउँका मानिसहरू ओहोर-दोहोर गर्ने गरिएको पनि बताए। तर यो बाटोमाथि कसैको ध्यान नगएपछि स्वयं गाउँलेहरूले सेवा दल नाम दिएर एक संस्थाको पनि गठन गरेका छन्, जसको दिशानिर्देशमा… Read More

समष्टिस्तरीय फूटबल प्रतियोगिताको लीग चरणका खेल सम्पन्न

समष्टिस्तरीय फूटबल प्रतियोगिताको लीग चरणका खेल सम्पन्न

9 जनवरीदेखि क्वार्टर फाइनल खेल शुरु गान्तोक, 8 जनवरी। खेल तथा युवा मामिला विभागद्वारा आयोजना भइरहेको अन्तर समष्टिस्तरीय फूटबल प्रतियोगितामा पाल्जर स्टेडियम, देन्ताम र नाम्ची शिङ्गीथाङमा गरेर आठवटा म्याच खेलाइयो। पाल्जर स्टेडियममा चारवटा म्याच खेलाइयो भने देन्ताममा दुइवटा, नाम्ची सिङ्गीथाङमा दुइवटा म्याच खेलाइयो। पाल्जर स्टेडियममा भएको पहिलो खेलमा खाम्दोङ सिङ्ताम र कावी लुङचोक भिडेका थिए। यसमा खाम्दोङ सिङ्तामले 5-3 गोल अन्तरको जीत हासिल गर्‍यो। यसरी नै दोस्रो म्याच गान्तोक र नामचेबुङबीच खेलिएको जसमा गान्तोकले 3-2 गोल अन्तरको जीत दर्ता गर्‍यो। तेस्रो म्याचमा लाचेन मगन र रिनाकमाझ भिडन्त भयो भने यो म्याच लाचेन मगनले 1-0 गोल अन्तरले जित्यो। यसरी नै चौथो खेलमा अप्पर तादोङले छुजाचेनलाई 6-5 गोल अन्तले पराजित गर्न सफल रह्यो। यसरी नै पश्‍चिम जिल्लाको देन्ताममा खेलिएका खेलहरू सोरेङ च्याखुङले दरमदिनलाई 3-0, अनि जूम सालघारीले योक्सम टाशीडिङलाई 5-0 गोल अन्तरले पराजित गर्‍यो। दक्षिण जिल्लाको शिङ्गीथाङ खेल मैदानमा भएको खेलमा मल्लीले राङगाङ याङगाङलाई 2-1 गोल अन्तले पराजित गर्‍यो भने बर्फूङले नामथाङ रातेपानीलाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन्। 9 जनवरीदेखि जोरथाङ खेल मैदानमा प्रतियोगिताको तेस्रो तथा फाइनल चरणका खेलहरू खेलिने छन्। यसमा भोली समूह ए-को विजेता जीम खामदोङ सिङ्ताम र समूह जी-को विजेता टीम सालघारी जूममाझ भिडन्त हुनेछ। प्रतियोगिताअन्तर्गत 13 र 14 जनवरीमा सेमीफाइनल खेल खेलिनेछ भने… Read More

मुख्यमन्त्री स्वर्णकप: ओयल इण्डिया एफसी क्वार्टर फाइनलमा

मुख्यमन्त्री स्वर्णकप: ओयल इण्डिया एफसी क्वार्टर फाइनलमा

जोरथाङ, 08 जनवरी। 9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप अन्तरराष्ट्रिय फूटबल प्रतियोगिताअन्तर्गत बुधवार जोरथाङ खेलमैदानमा खेलिएको प्री-क्वार्टर फाइनल खेलमा ओएल इण्डिया एफसीले सिक्किम पुलिसलाई 3-1 गोलले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज कृषि एवं बागवानी तथा आईपीआर विभाग मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए भने जुम सालघारी समष्टिकी विधायक श्रीमती सुनिता गजमेर विशिष्ट अतिथि थिइन्। ओएल इण्डिया एफसीको तर्फबाट जयन्त बसुमतारी (16), राहुल दास (7) र ग्रीमसा बसुमतारीले एक-एक गोल लगाए भने सिक्किम पुलिसले एक गोल लगाए। आईपीआर विभाग अनुसार विजयी दलका ग्रीमसा बसुमतारीलाई हिरो अफ द म्याच चयन गर्दै मुख्य अतिथिको बाहुलीद्वारा ट्रफी एवं दस हजार नगद प्रदान गरियो।-हिस

नाम्चीमा बाल फिल्म महोत्सव आयोजन हुने

नाम्चीमा बाल फिल्म महोत्सव आयोजन हुने

नाम्ची, 08 जनवरी (हिस)। नाम्चीमा आयोजन गरिने बाल फिल्म महोत्सवलाई लिएर बुधबार दक्षिण जिल्लाको जिल्लापाल कार्यालयमा एउटा सभा बस्यो। सभामा जिल्लापाल रगुल के., एडीसी सत्येनकुमार प्रधान, एसडीएम चिरण रिजाल, बाल फिल्म समाज-भारतका सहायक वितरण अधिकारी प्रमोद अलफन्सो तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए। जिल्लापाल रगुलले बाल फिल्म महोत्सव दक्षिण जिल्लाका विभिन्न ठाउँहरूमा आयोजन गरिने बताए, जहाँ सरकारी अनि निजी स्कूलका विद्यार्थीहरूले सक्रिय रूपमा भाग लिनेछन्। यसबाहेक उनले बुमटारस्थित जवाहरलाल नेहरू संस्थानका नेत्रहीन नानीहरूको निम्ति विशेष शोको व्यवस्था गरिने जानकारी दिए। जिल्लापालले यो महोत्सव फरवरी महीनामा नाम्चीको इम्पेरियल टकिजमा आयोजन गरिने तथा जिल्लाका विभिन्न ग्रामीण अनि शहरी क्षेत्रका स्कूलहरूमा बाल चलचित्रहरू प्रदर्शन गरिने बताए। बाल फिल्म समाज-भारतबारे जानकारी दिँदै प्रतिनिधि प्रमोदले यो भारत सरकारको सूचना प्रसारण मन्त्रालयको एउटा स्वायत्त निकाय रहेको बताए, जुन बाल चलचित्रहरूको निर्माण, प्रदर्शन एवं वितरणको निम्ति प्रतिबद्ध रहेको छ। उनले बाल फिल्म समाजमा 23 भाषाका 265 बाल चलचित्रहरू रहेको जानकारी दिँदै यीमध्ये धेरै चलचित्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूसमेत प्राप्त गरिसकेको बताए। यो संस्थाले प्रत्येक नानीहरूको मनोरञ्जनको अधिकारलाई प्रोत्साहन गर्दै देशव्यापी रूपमा बाल फिल्म महोत्सव आयोजन गर्ने गरेको पनि उनले जानकारी दिए। उनले उक्त महोत्सव अवधि विषयगत र शिक्षा उन्मुख फिल्महरू प्रदर्शित गरिने बताए।

जितलाङमा देवी भागवत पूजा सातौं दिनमा

जितलाङमा देवी भागवत पूजा सातौं दिनमा

गान्तोक, 8 जनवरी। पूर्व सिक्किमको पश्‍चिम पाण्डाम निर्वाचन क्षेत्रअन्तर्गत जितलाङ गाउँ देवीथान डाँड़ामा शिव कल्याण समाजद्वारा गत 2 जनवरीदेखि आयोजित गरिएको 9 दिनव्यापी श्री मदेवी भागवतले आज सातौं दिनमा प्रवेश गर्‍यो। 2 जनवरीको दिन भव्य कलश यात्रा र मण्डप पूजनको साथ शुरू गरिएको कथामा गुरुजी पुष्पराज मिश्र र गुरुजी भागवत रिमालका मुखारविन्दबाट कथाको रसपान गर्ने मौका प्राप्त गरेका छन्। प्रत्येक दिन बिहान 7 -देखि 9 बजीसम्म पूजनको साथ 10 बजीदेखि 2.30 बजीसम्म कथा वाचन सम्पन्न भइरहेको छ भने बेलुकी स्थानीय कलाकार, आध्यात्मिक सङ्गठन र आमन्त्रित कलाकारहरूद्वारा भजन-कीर्तन र विभिन्न प्रकारको झाँकी प्रस्तुति कार्यक्रम आयोजित लगातार रूपमा भइरहेको छ। आज सिक्किम बिहारी जागरण मञ्च केन्द्रीय समिति सभापति स्वामीनाथ प्रसादको साथ अन्य विभिन्न नागरिक समाजका प्रतिनिधिहरू पनि कथा श्रवण गर्नको निम्ति विशेष उपस्थित रहेका थिए। आउँदो 10 जनवरीको दिन 9 दिवसीय आध्यात्मिक समारोहको समापन हुनेछ।