प्रधानमन्त्रीले बजटलाई लिएर जनतासित सुझाव मागे

नयाँ दिल्ली, 08 जनवरी (हिस)। वित्त मन्त्री निर्मला सीतारमणले 01 फरवरीको दिन देशको बजट पेश गर्नेछिन्। बजटको लागि अब थोरै दिन बाकी रहेको छ, यस्तोमा जोडको तयारी चलिरहेछ। केन्द्रिय बजटको तयारीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गरी जनतासित उनीहरूको विचार मागेका छन्। 05 जनवरीमा माइजीओवी ह्याण्डलबाट बजटलाई लिएर ट्वीट गरी किसानहरूको स्थिति र शिक्षामा सुधारको सम्बन्धमा सुझाव मागिएको थियो। पीएमले आज यसलाई रिट्वीट गरेका छन्। बुधबार बिहान गरिएको यस रिट्वीटमा उनले लेखेका छन्, ‘बजट देशको 130 करोड़ जनसंख्याको आकांक्षा हुन्छ र देशलाई विकासतिर लैजाने हुन्छ। म देशका जनतालाई बजटको निम्ति आफ्नो सुझाव माईजीओवीमा दिनलाई आमन्त्रित गर्दछु’। दिउँसो 12.30 बजीसम्म यस ट्वीटलाई 21.4 हजार लाइक्स र 4.6 हजार रिट्वीट गरिएको छ। उल्लेख्य, सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 11 ठूला उद्योगपतिको साथ भेट गरेका थिए। यस भेटमा पाँच ट्रिलियन डलर अर्थव्यवस्थाको लक्ष्य, बेरोजगारीको समस्याको निराकरण, आर्थिक सुस्तीमा गति ल्याउनु औं निवेशलाई बढ़ावा दिने जस्ता मुद्दाहरूमा वार्ता भएको थियो।

मिसाइल हमला अमेरिकाको मुखमा थप्पड़- खमनेई

मिसाइल हमला अमेरिकाको मुखमा थप्पड़- खमनेई

तेहरान, 08 जनवरी (हिस)। ईरानका सुप्रिम लीडर अयातोल्लाह अली खमनेईले अमेरिकाको सैन्य ठेगानाहरूमा मिसाइल हमलालाई अमेरिकाको मुखमा थप्पड़ ठहर गरेका छन्। वस्तुतः अमेरिकासित प्रतिशोध लिन ईरानले बुधबार मिसाइलले अमेरिकाको सैन्य ठेगानाहरूमा हमला गऱ्यो। स्थानीय समयानुसार बिहानै 1.30 बजी मिसाइल छोड़ियो। इराकी सेनाको भनाई छ, अनबर प्रान्तको एन-अल-असद एयरबेसमा औं इराकी कुर्दिश केपिटल इरबिलमा हमला गरियो। यस हमलामा इराकी बलहरूका जवानहरू घाइते भएका छैनन्। ईरानी मीडिया अनुसार, मिसाइल हमलामा ईरानले 80 अमेरिकी आतंकीहरूलाई मारेको छ। आफ्नो देशलाई सम्बोधित गर्दै खमनेईले भनेका छन्, ‘हिजो राति हामीले उसको मुखमा थप्पड़ जड़ेका छौं। यस क्षेत्रमा अमेरिकाको उपस्थिति समाप्त हुनुपर्छ। यसबाट युद्ध, विभाजन र विनाश भएको छ’। उनले सुलेमानीलाई याद गर्दै भने, ‘उनी एक बहादुर सिपाही थिए औं हाम्रो नजिकको साथी पनि थिए’। त्यही ईरानका राष्ट्रपति हसन रूहानीले भने, ‘उसले सुलेमानीको हात काँट्यो अब हामी उसको खुट्टा काँटेर जवाफ दिनेछौं’।

निर्भयाका दोषीहरूको डेथ वारण्ट जारी

निर्भयाका दोषीहरूको डेथ वारण्ट जारी

22 जनवरीमा फाँसी नयाँ दिल्ली, 7 जनवरी (हिस)। सात वर्षको लामो प्रतीक्षापछि अन्ततः मङ्गलबार दिल्लीको पटियाला हाउस कोर्टले निर्भयाका चारै दोषीको डेथ वारण्ट जारी गरेको छ। निर्भयाका दोषीहरूलाई फाँसीको सजाय सुनाइएको छ। चारै दोषीलाई 22 जनवरी बिहान सात बजी फाँसी दिइनेछ। दोषीहरूलाई भिडियो कन्फरेन्सिङद्वारा पटियाला हाउस कोर्टमा एडीजे सतीश अरोड़ाको अदालतमा पेश गरियो। मीडियालाई शुरूमा कोर्ट रूममा जाने अनुमति दिइएको थियो, तर पछि बाहिर निकालियो। कोर्टले सबै दोषीहरूलाई आ-आफ्नो नाम भन्न लगायो। यसैबीच दोषी अक्षयले जजसित केही भन्ने अनुमति मागे। उनले जेल प्रशासनमाथि गलत जानकारी दिएको र मीडियामा खबर लीक गरेको आरोप लगाए। अक्षयले कोर्टमा क्युरेटिव याचिका दिने कुरा राखे भने कोर्टले सबै दोषीहरूलाई के जेल प्रशासनले नोटिस दियो भनी प्रश्‍न सोध्यो। फसेला सुनाउनअघि सबै दोषीहरूले पालैपालो आफ्नो कुरा कोर्टसमक्ष राखे। दोषीहरूले अदालतसमक्ष अहिले सबै विकल्पको प्रयोग नगरिएको भन्दै केही समयको निम्ति माग राखे। यस अवधि कोर्टमा निर्भयाका आमा-बाबा पनि उपस्थित थिए। उल्लेखनीय छ, निर्भया ग्याङ्गरेप मामिलामा दोषीहरूविरुद्ध पटियाला हाउस कोर्टले सुनावाईपछि फसेला सुरक्षित राखेको थियो। कोर्टमा निर्भयाकी आमाको याचिकामाथि पनि सुनवाई भयो। यस मामिलामा दिउँसो साड़े तीन बजी कोर्टले सबै दोषीहरूलाई भिडियो कन्फरेन्सिङमार्फत उपस्थित रहन आदेश दियो। निर्भयाकी आमा आशा देवीले उनको परिवारलाई निर्णयको औधी प्रतीक्षा रहेको बताइन्। अदालतमा दुवै पक्षका वकीलहरूबीच निकै कड़ाकड़ी बहस भएको थियो।

पुलिसी जाँचले अस्तव्यस्त बन्दै ट्याक्सी उद्योग

पुलिसी जाँचले अस्तव्यस्त बन्दै ट्याक्सी उद्योग

गान्तोक, 7 जनवरी। सिक्किमका ट्याक्सी चालकहरूमा हिउँदको दिनले ल्याएको आयको न्यायोपन केन्द्रीय मोटरव्हीकल एक्टले चिसो बनाएको देखिँदैछ। राज्यमा पर्यटकहरूको आगमन बढ़ेपनि स्थानीय लोकल ट्याक्सी वाहन चालकहरूले भने सोचेजस्तो आय आर्जन गर्न नसक्ने स्थिति देखिएको छ। हुन त राज्यमा कानून व्यवस्था लागु हुनु नराम्रो कुरा होइन। गएको 6 जनवरीदेखि सिक्किमको यातायात सम्बन्धित विभागले राजधानी गान्तोक परिसरमा वाहनका कागजादि निरिक्षण गर्ने कार्य आरम्भ भएपछि ट्याक्सी, निजी वाहन, दुई पाङ्ग्रे वाहनहरूको सङ्ख्या धेरै मात्रामा कम्ति भएको छ। वाहनको कमीले पर्यटकदेखि स्थानीय उपभोक्ताहरूलाई पनि कष्ट परिरहेको छ। एकतिर सरकारको यस पहललाई कतिपयः मानिसहरूले सकारात्मक लिएका छन् भने कतिपय मानिसहरूले वाहन चालकको कमाईको समयमा यो उचित नरहेको पनि बताएका छन्। दुवै तर्फको तर्कलाई बुझ्दा राज्य सरकारले केन्द्रीय मोटरव्हीकल एक्ट लागु गर्दा सिक्किमको पुरानो कानुनमाथि ढुङ्गा राखेर दबाउने काम गरिएको पनि तर्कमा उठ्दैगरेको छ भने अर्कोतिर यो कानुनको लागु हुनअघि सम्बन्धित विभागमा कतिसम्म लापरवाही थियो भन्ने कुरा पनि तर्कमा उठ्ने गरेको छ। सम्बन्धित विभागले कागजपत्र जाँच शुरू गरेपछि अचानक वाहनहरूको कमी हुनु यो सानो कुरा होइन। यस वर्षको मौसम परिवर्तनले जति नै पर्यटकहरू निम्त्याए पनि वाहनको कमी रहे पर्यटक व्यवसायीहरूले ठूलो नोक्सानी खप्नुपर्ने प्रष्ट देखिएको छ। कतिपयः वाहन चालकहरूले यो पर्यटन सिजनको समयमा तीन महिना ट्राफिकले यसरी काम गर्नुमा उनीहरूलई धेरै नोक्सानी हुने गुनासो पोखेका छन्।… Read More

दार्जीलिङ खुल्लै रहनेछ आज

दार्जीलिङ खुल्लै रहनेछ आज

समय संवाददाता दार्जीलिङ, 7 जनवरी। भोलि भारत बन्दावधि दार्जीलिङ पहाड़ भने खुल्लै रहनेछ। देशका कैयौं केन्द्रीय श्रमिक सङ्गठनहरूले 8 जनवरीको दिन श्रमिकहरूका विविध समस्या विषय लिएर आह्वान गरेको भारत बन्दमा जोइण्ट फोरमले दार्जीलिङ पहाड़लाई खुल्लै राख्ने घोषणा गरेको छ। यसबारे जोइण्ट फोरम नेता समन पाठकले भने, देशका राष्ट्रिय श्रमिक सङ्गठनहरूद्वारा डाकिएको भारत बन्दलाई जोइण्ट फोरमले नैतिक समर्थन जनाएको छ। तर पहाड़मा यो बन्द गरिनेछैन। किनभने दार्जीलिङ पहाड़ले अघिबाटै 105 दिनको कठोर बन्दको पीड़ा झेलिसकेको छ। यसैले पहाड़लाई फेरि बन्दतिर धकेलेर यहाँका जनतालाई दुःख दिनु उचित छैन। यसैकारण 8 जनवरी, 2020 -को भारत बन्दलाई जोइण्ट फोरम हिल सब्-कमिटीले नैतिक समर्थन जनाए पनि पहाड़ बन्द नगर्ने निर्णय लिएको उनले बताए। विशेष केन्द्रको मोदी सरकार-2 -ले श्रमिकविरोधी, जनताविरोधी साथै राष्ट्रविरोधी नीति अप्नाएको विरोधमा नै देशका केन्द्रीय श्रमिक सङ्गठनहरूले 8 जनवरीको दिन भारत बन्दको आह्वान गरेका छन्। यी केन्द्रीय श्रमिक सङ्गठनहरूले श्रमिकहरूको न्यूनतम रोजी मासिक नभनेको पनि 21 हजार रुपियाँ हुनपर्ने, आवश्यक सामानहरूको मूल्य वृद्धिमाथि नियन्त्रण गर्नुपर्ने, नयाँ रोजगारको अवसर प्रशस्त गर्नुपर्ने साथै अन्य कैयौं मागहरूको लागि नै 8 जनवरी 2020 -को दिन भारत बन्दको आह्वान गरेका हुन्। यद्यपि, दार्जीलिङ पहाड़मा यो बन्द नहुने स्पष्ट भएको छ। तरै पनि आज दार्जीलिङको चौकबजारमा 8 जनवरीको भारत बन्द विषय लिएर केही पोस्टर पनि टाँसिएको छ। केन्द्र… Read More

राष्ट्रिय मानवाधिकारद्वारा पुलिस चेकिङमाथि ध्यानाकर्षण

राष्ट्रिय मानवाधिकारद्वारा पुलिस चेकिङमाथि ध्यानाकर्षण

रम्फू, 7 जनवरी। इण्टरनेशनल ह्युमन राइट्स काउन्सिल सिक्किम राज्यसहित कालेबुङ राष्ट्रिय सिलगढ़ी मिलाई 25 सदस्य प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत विभिन्न स्थानहरूमा यात्रीवाहक वाहनहरूले भोग्नु परिरहेका समस्या र बारम्बार वाहनहरूको कागजात पुलिसद्वारा चेकिङ गर्दा उत्पन्न भइरहेका विभिन्न प्रकारको समस्याहरूलाई पश्‍चिम बङ्गालका प्रशासनिक स्तरसम्म पुर्‍याई समाधानको दिशामा पहलको निम्ति अघि बढ़ेका छन्। ज्ञात रहोस्, गत 10 दिसम्बरको दिन कालेबुङमा तीनै स्थानका सदस्यहरूको एक सामुहिक बैठक कालेबुङमा सम्पन्न भएको थियो, जसमा विशेषतः सिक्किम, कालेबुङ र दार्जीलिङ भेकका निजी र यात्रीवाहक वाहनहरूको राष्ट्रिय राजमार्ग 10 अन्तर्गत विभिन्न स्थानहरूमा दैनिक चेकिङले उत्पन्न समस्याबारे चर्चा गर्दै समाधानको निम्ति स्थलगत निरीक्षणको साथ साथ सिलगढ़ीका वरिष्ठ पुलिस अधिकारीहरूसँग भेट गरी समाधानको निम्ति आवाज उठाउने निर्णय लिएका थिए। यसै निर्णयअनुसार हिज ो इण्टरनेशनल ह्युमन राइट्स काउन्सिल सिक्किम राज्य सभापति गणेश शर्मा, प्रभारी छोटेलाल प्रसाद, उत्तर पूर्वीय राज्य समिति सचिव उज्जवल दाहाल, सिक्किम राज्य उपसभापति रतन लिम्बू, महासचिव बी.बी. बराइली, चालक प्रकोष्ठ प्रभारी रोशन मङ्गर, उपसभापति राप्देन शेर्पा, सहसचिव सुरेश छेत्री, सहसचिव नवाङ छोडेन भोटिया, सहसचिव मणिकुमार प्रधान, महिला प्रकोष्ठ उपसभापति श्रीमती लक्ष्मी प्रधान, सहसचिव श्रीमती रेबिका लिम्बू, महासचिव स्वास्थ्य प्रकोष्ठ श्रीमती प्रेम कुमारी तामाङ, उपसभापति दक्षिण जिल्ला सृजना सुब्बा, संयोजिका श्रीमती चिना छेत्री, बिमल ठाकुर, मनोज प्रसाद, कालेबुङ जिल्ला उपसभापति दिलीप छेत्री, उत्तर बङ्गाल आईएचआरसी प्रभारी सुवास मित्तल… Read More

टिम्बुरबुङ ग्राम प्रशासनद्वारा पूर्व पञ्चायतहरूलाई सम्मान

टिम्बुरबुङ ग्राम प्रशासनद्वारा  पूर्व पञ्चायतहरूलाई सम्मान

सरोज गुरुङ सोरेङ, 7 जनवरी। सोरेङ-च्याखुङ समष्टिको टिम्बुरबुङ ग्राम प्रशासनिक केन्द्रले सम्बन्धित ब्लकका समाजसेवी अनि भूतपूर्व जिल्ला र ग्राम पञ्चायतहरू गरेर मोठ 24 जना व्यक्तित्वहरूलाई सम्मानित गरेको छ। उक्त सम्मान पश्‍चिम जिल्लाकी जिल्ला पञ्चायत अध्यक्षा देविका सुब्बा र मुख्यमन्त्रीका प्रेस सल्लाहकार सी.पी. शर्माको बाहुलीबाट प्रदान गरिएको छ। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्षा देविका सुब्बा प्रमुख अथितिको रूपमा उपस्थित थिइन्। उनको साथमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सी.पी. शर्मा, स्थानीय जिल्ला पञ्चायत सदस्य सावित्री धिताल, सम्बन्धित ब्लकका पञ्चायत सभापति बुद्धिमान सुब्बासहित सम्पूर्ण पञ्चायतगण, लोअर टिम्बुरबुङ स्कूलका प्रधानाध्यापक पारूहाङ सुब्बा, सचिव हेमबहादुर गुरूङ, नागरिक र गैर-सरकारी संस्थानका प्रतिनिधिगण, समाजसेवी, वरिष्ठ नागरिकगण र स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। आज सम्मानित हुने भूतपूर्व जिल्ला पञ्चायतहरूमा शेरबहादुर कार्की, यू.के. शर्मा, रेणुका शर्मा र लोकप्रसाद दाहाल अनि सम्मानित भूतपूर्व पञ्चायतहरूमा क्रमशः एम.बी. सुब्बा, सुनिता दाहाल, राजवीर सुब्बा, आर.एस. सुब्बा, पी.बी. सुब्बा, सङ्गीत सुब्बा, सीता माया सुब्बा, सी.एम. सुब्बा, चन्द्रहाङ सुब्बा, आर.एल. सुब्बा, सुनिता प्रधान, सी.बी. कार्की, जी.एस. कार्की, प्रेमकुमारी शर्मा, चन्द्रमाया सुब्बा, नवल प्रसाद धिताल, अमृता धिताल र खुशेन्द्र प्रसाद दाहाल सामेल छन्। यसरी नै समाजमा सकारात्मक, सिर्जनात्मक र रचनात्मक विकासमा अतुलनीय योगदान पुर्‍याएबापत् समाजसेवी वयोवृद्ध रूद्रलाल भट्टराईलाई पनि ग्राम पञ्चायत एकाईले सम्मानित गरेको छ। सम्बोधन गर्ने क्रममा विशिष्ट अथिति मुख्यमन्त्रीका प्रेस सल्लाहकार सी.पी. शर्माले वर्तमान सिक्किम सरकार… Read More

अन्तर समष्टिस्तरीय फूटबल प्रतियोगिताः दोस्रो दिनको खेल सम्पन्न

अन्तर समष्टिस्तरीय फूटबल प्रतियोगिताः दोस्रो दिनको खेल सम्पन्न

गान्तोक, 7 जनवरी। खेल तथा युवा मामिला विभाग, सिक्किम सरकारद्वारा आयोजना गरिएको अन्तर समष्टिस्तरीय फूटबल प्रतियोगिता 2019-20 अन्तर्गत आज दोस्रो दिनको खेल सम्पन्न भयो। ग्रामीण खेललाई ध्यानमा राखेर आयोजना गरिएको यो प्रतियोगिताअन्तर्गत आज पाल्जर स्टेडियममा चार वटा, देन्ताममा दुई र नाम्ची सिङ्गिथाङमा दुईवटा म्याच खेलाइयो। पाल्जर स्टेडियममा भएको पहिलो खेलमा अप्पर बुर्तुक र अप्पर तादोङमाझ भिडन्त भएको थियो। यसमा अप्पर तादोङले बुर्तुकलाई 3-2 गोल अन्तरले पराजित गर्‍यो। दोस्रो म्याचमा नाम्चेबुङले आरिथाङको सामना गरेको थियो। यसमा नाम्चेबुङले आफ्नो प्रतिद्वन्द्वी आरिथाङलाई 1-0 गोल अन्तरले पराजित गर्न सफल रह्यो। पाल्जर स्टेडियममा आजै खेलिएको तेस्रो म्याचमा स्यारी र काबी लुङचोक भिडेका थिए। यसमा कावी लुङचोकले स्यारीलाई 3-1 गोल अन्तरले पराजित गर्‍यो भने यहाँ खेलिएको चौथो तथा अन्तिम खेलमा रिनाक र मार्ताम रुम्तेकबीच भिडन्त भयो। यस भिडन्तमा रिनाकले आफ्नो प्रतिद्वन्द्वी मार्ताम रुम्तेकलाई 4-3 गोलले पराजित गर्‍यो। यसरी नै प्रतियोगिताअन्तर्गत पश्‍चिम जिल्लाको देन्ताममा आयोजना भएको आजको पहिलो खेलमा मानेबुङ देन्ताम र सोरेङ च्याखुङबीच भिडन्त भयो। यस भिडन्तमा सोरेङ च्याखुङको टीमले आफ्नो प्रतिद्वन्द्वीलाई 2-0 गोल अन्तरले पराजित गर्‍यो। यसरी नै योक्सम टाशीडिङ र याङथाङमाझ भएको दोस्रो खेलमा याक्सुम टाशीडिङको टीम 4-2 गोलले विजयी बनेको छ। दक्षिण जिल्लाअन्तर्गत नाम्ची शिङ्गीथाङमा खेलिएको पहिलो खेलमा नाम्ची शिङ्गीथाङ र राङगाङ याङगाङ माझ भिडन्त भएको थियो। यसमा राङगाङ याङगाङले 2-1 गोल अन्तरको… Read More

लिङ्गजे राईगाउँका होङ्गेलु वंशको सभा सम्पन्न

लिङ्गजे राईगाउँका होङ्गेलु वंशको सभा सम्पन्न

आसामलिङ्जे, 7 जनवरी। 6 जनवरी, 2020 मङ्गलबारको दिन लिङ्गजे राईगाउँका होङ्गेलु वंशको एउटा सभा ए.पी. होङ्गेलुको निवासमा सम्पन्न भएको थियो, जसलाई वयोवृद्ध 85 वर्षीय मनबहादुर होङ्गेलुले अध्यक्षता गरेका थिए। आजको सभा विशेष रूपमा आफ्नो वंशभित्र के कसो हुँदैछ र कसरी यस्ता आईपर्ने विघ्नहरूलाई समाधान गर्नसकिन्छ? भन्ने विषयमाथि छलफल गर्नु रहेको थियो। सभामा बहस हुँदै जाँदा सबैको मत एउटा यस्तो पूजा गरौं, जसले गर्दा हाम्रा पितृहरू प्रसन्न होस् भन्ने निष्कर्षमा पुग्यो। यतिमात्र नभएर भावी पीढ़ीसम्मको पनि केही कल्याण होस् भन्ने विचार पनि व्यक्त गरिएको थियो, जसको फलस्वरूप वंशले नै एउटा श्रीकृष्ण भागवत महापुराण लगाउने निर्णयमा पुग्यो। यसर्थ यही महीनाको अन्तिम सातातिर यो पूजा गरिने पनि फसेला भएको छ। सम्भवतः आगामी 27 अनि 28 जनवरीमा सम्पन्न हुनेछ। कारण हालमा कुलुङ्ग राईहरूको कुलदेवतालाई बुझाउने महिना चलिरहेको छ, जो यसै महिनाको 30-31 तारीखको दिन नै अन्तिम दिन पनि परेको छ, जसको मध्यनजर यो पितृ पूजा (पुराण) पनि यसको साथै गरिए असल हुने मन्तव्य वयोवृद्ध मनबहादुर होङ्गेलुले राखेका थिए। सभाले हाम्रा वंशका जति पनि छोरी-चेलीहरू र ज्वाईं-चेलाहरू पनि उक्त पुराणमा निम्त्याउने निधो गरियो। यो निर्णयलाई मूर्त्तरूप दिन आगामी आइतबार पुनः एउटा सभा गाउँका अन्य वंशका ग्रामवासीसित पनि राखेर सहयोगको अपील गरिने प्रस्ताव ग्रहण गरिएको छ।

पूसी रेलद्वारा लाखौं रुपियाँको वर्जित समान जफ्त

पूसी रेलद्वारा लाखौं रुपियाँको वर्जित समान जफ्त

मालीगाउँ, 7 जनवरी। पू.सी. रेलको रेलवे सुरक्षा (रेसुब) का कर्मचारीले 25 नोभेम्बर, 2019 देखि 5 जनवरी, 2020 सम्मको अवधिमा स्टेशन तथा रेलमा जाँच गर्दै लगभग 20.01 लाख रुपियाँको विदेशमा निर्मित सिगरेट तथा गाँजा अनि दुर्लभ प्रजातिका कछुवा जस्ता वर्जित समानहरू फेला पारेका छन्। यसका साथै कतिपय अवैध परिवहनमा सामेल एक व्यक्तिलाई पक्राउ गरेको छ। रेसुब गुवाहाटीको एक दलले 27 नोभेम्बर, 2019-को दिन गुवाहाटी रेलवे स्टेशनमा जाँच गर्दै विदेशमा निर्मित 800 प्याकेट सिगरेट फेला पार्‍यो। जसको मूल्य रु. 16 लाख रहेको छ। जफ्त गरिएको सामान आबकारी विभाग, गुवाहाटीका सहायक आयुक्तलाई सुम्पिइएको छ। त्यस दिन एक पृथक कार्वाहीका समय रंगियाकी रेसुब टीमले रंगियाको सीपीडीएस टीमसित संयुक्तरूपमा रंगापाड़ा नर्थदेखि रंगिया सम्म रेल सं. 22411 डाउन (अरुणाचल एक्सप्रेस)-मा अभियान चलाउँदै रु. 2.16 लाख मूल्यको 54 किलोग्राम गाँजा फेला पार्‍यो। 26 नोभेम्बर, 2019-मा कटिहारको रेसुब टीमले कुमेदपुरदेखि हरीशचन्द्रपुर रेलवे स्टेशनबीच रेल सं. 55770 डाउन (कटिहार-मालदा कोर्ट प्यासेन्जर) मा जाँच अभियान चलाउँदै लगभग 8 किलोग्राम भारको एक दुर्लभ प्रजातिको कछुवा फेला पार्‍यो। यस समन्धमा एक व्यक्तक्तिलाई हिरासतमा लिइएको छ। यसरी नै 7 दिसम्बर, 2019-को दिन अगरतलाको रेसुब टीमले अगरतला रेलवे स्टेशनमा रेल सं. 01665 हबीबगञ्ज-अगरतला स्पेशलमा जाँच अभियान चलाउँदै 72 हजार रुपियाँको 12 किलोग्राम गाँजा फेला पार्‍यो। त्यसै दिन रेसुब लामडिङले लामडिङ रेलवे स्टेशनमा रेल सं.… Read More