22 जनवरी दार्जीलिङमा जुलूस गर्न आउने मुख्यमन्त्री

22 जनवरी दार्जीलिङमा जुलूस गर्न आउने मुख्यमन्त्री

सीएएको विरोधमा निस्कियो दोस्रो चरणको पदयात्रा, 12 जनवरी कालेबुङमा र्‍याली समय संवाददाता खरसाङ, 5 जनवरी। नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा आज दोस्रो चरणको पैदल यात्राको लागि सड़कमा ओर्लिए विनय तामाङ, अनित थापा अनि समर्थकहरू। आज दोस्रो चरणको पैदल यात्रा खरसाङदेखि दार्जीलिङ मोड़सम्म भएको थियो भने आगामी केही दिनपछि तेस्रो चरणको पैदल यात्रा आगामी 12 जनवरीको दिन कालेबुङ जिल्लाको पेदोङदेखि कालेबुङसम्म हुने भएको पार्टीले बताएको छ। यसबाहेक सम्भवतः आगामी 21 जनवरीको दिन पुनः तृणमूल कंग्रेस र विनय तामाङपन्थी गोजमुमोले दार्जीलिङमा एक संयुक्त र्‍यालीको आयोजना गर्ने तय गरेको पनि गोजमुमो अध्यक्ष विनय तामाङले बताए। उनले दार्जीलिङमा सम्पन्न हुने संयुक्त र्‍यालीमा भाग लिनको लागि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी पनि दार्जीलिङ आउने भएको उनले जानकारी गराए। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आसाममा एनआरसी लागू भएदेखि नै एनआरसी (राष्ट्रिय नागरकिता पञ्जीकरण)-को विरोध गर्दै आइरहेको छ। यसका साथै केन्द्र सरकारले नागरिकता संशोधन कानुन ल्याएपछि गोजमुमोले यसको पनि विरोध जनाउन थालेको थियो। यसैको लागि पार्टीले जिल्लापाल कार्यालय, महकुमा कार्यालयअघि धर्ना प्रदर्शन, जुलूस, पैदल यात्राका साथै पोस्टरिङका कार्यक्रमहरू पनि गरिसकेको छ। यसै क्रममा पार्टीले आज खरसाङबाट दार्जीलिङ मोड़सम्म दोस्रो चरणको पैदल यात्राको आयोजना गरेको हो। जसको नेतृत्व गोजमुमो अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा आदिले गरेका थिए भने उऩीहरूले आफ्नो टाउकोमा कालो पट्टी बाँधेर सीएए… Read More

गान्तोक परिसरमा हिमपात

गान्तोक परिसरमा हिमपात

हिमपातको दृश्य हेर्न पर्यटकहरूको धुइरो गान्तोक, 5 जनवरी। 15 वर्ष पछि राजधानी परिसरमा हिउँको छिटा झरेको छ। आज राजधानी गान्तोक परिसरका पर्यटकीय गन्तव्य साथै सार्वजनिक क्षेत्रमा भएको हिमवृष्टिले पर्यटन उद्योगमा सम्मिलित युवाहरूलाई हर्षित गरेको छ। लगभग दिउँसोको 12 बजी पछि गान्तोक नजिक बाज्रा परिसरमा हिमवृष्टि भयो भने गएको राति अनि बिहानको सिमसिमे पानीले हनुमान टक, गणेशटक, बाज्रा परिसरमा हिउँ झारेको थियो। जाड़ोको छुट्टी मनाउन सिक्किम छिरेका घरेलू, विदेशी अनि स्थानीय नागरिकहरूले हिउँको लुफ्त उठाउने मौका पाए। हुनपनि अहिलेको समयमा हिउँ हेर्नको निम्ति जाड़ोको मौसममा पनि राजधानीलाई छोड़ेर 25-30 किलोमिटरको यात्रा गरि छाङ्गू, नथुला, बाबा मन्दीर अनि उत्तर सिक्किमको पनि चुङ्थाङ कटेर धेरै माथिसम्म पुग्नुपर्ने थियो। यस मौसममा स्थानीय मानिसहरू पनि घरेलू पर्यटक भइ हिमपातको मजा लिन झुण्ड कसेर निस्किने गरेको पाइन्थ्यो। यस वर्ष भने राजधानीकै नजिक भएको हिमपातले यहाँका मानिसहरूको मन भने प्रफुल्लित भएको छ। राजधानी परिसरको हिमवृष्टिलाई कतिले राज्यमा सह आएको भनेका छन् भने कतिले यसलाई यस वर्षको गर्मीको शङ्केत हो पनि भनेका छन्। हिउँ पर्दा पानीको मुहानलाई दीर्घकालसम्म यथावत राख्ने छ भन्ने मानिसहरूको विचार निस्किएको छ भने हिमपातले माको उर्वर शक्तिलाई बढाउँछ भन्नेहरूको भीड पनि छ। जसो होस् यस वर्षको हिमपातले सिक्किमको पर्यटन क्षेत्रभने धेरै मौलाएर जाने सम्भावना देखिएको छ। यस अघिको हिमपातको समयलाई हेर्दा बढ़ेको पर्यटनलाई ध्यान… Read More

12 जनाको डोमिसायल रद्ध

12 जनाको डोमिसायल रद्ध

रम्फू, 5 जनवरी। राज्यमा फर्जी तरिकाले डोमिसाइल बनाउने या फर्जी डोमिसाइलधारकहरू माथि लगाम कस्न आम नागरिक दिन प्रतिदिन गम्भीर रहेको छ। समाचारअनुसार फर्जी डोमिसाइलधारकहरूले सिक्किमका मूल डोमिसाइलधारकहरूको हक, अधिकारमाथि नजर गाड़न थालेकोले मूल सिक्किमेहरूले यस्तो फर्जी नागरिकहरूमाथि कार्वाही गर्दै केवल नक्कली डोमिसाइलहरूलाई रद्द मात्र नगरेर सोही डोमिसाइलको आधारमा राज्य सरकारबाट प्राप्त गरेको सहुलियत, विकास वापस लिनु पर्ने मागको साथ सोही नक्कली डोमिसाइललाई आधार मानी बस्तीमा खरिद गरेको जमीन, घरसहित सरकारी नौकरीहरू पनि वापस लिने माग गर्दै आवाज उठाउन शुरू गरिदिएको छ। यसपाली घटना पूर्व सिक्किम रंगेली चान्गेलाखा क्षेत्रको रहेको छ। बेनु प्रसाद शर्मा (सिकायतकर्ता)-द्वारा प्राप्त जानकारीअनुसार उनलाई सन् 2005-मा चान्गेलाखा निवासी गणेशकुमार प्रधान र उनका 12 जना परिवारका सदस्यहरूले गलत प्रकारले डोमिसाइल बनाएको जानकारी प्राप्त भएपछि खोजतलाश गर्दा गणेशकुमार प्रधानसहित सबै 12 जना नेपाल निवासी रहेको र सन् 1995 देखि 1998-को बीचमा गलत कागजहरू पेश गरी डोमिसाइल बनाएको जानकारी अझ फेला पारे। तत्पश्‍चात रंगेली महकुमा कार्यालयमा सिकायत दर्ता गरेपश्‍चात छानबीनको क्रममा पनि गलत प्रकारले डोमिसाइल बनाएको प्रमाणित भएपश्‍चात 2006 देखि 2008 बीच चरणवद्ध रूपमा छानबीन र सुनवाई गर्दै सबै 12 वटा नक्कली डोमिसाइल रद्द गर्ने आदेश जारी गरियो। पूर्व जिल्ला जिल्लापाल कार्यालयद्वारा रद्द गरिएको आदेश सही नभएको महसूस गर्दै 12 सदस्यहरूले सिक्किम हाई कोर्टमा यसमाथि पुनः छानबीन गरेर उचित न्याय… Read More

9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप फूटबल प्रतियोगिता शुरू

9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप फूटबल प्रतियोगिता शुरू

जोरथाङ, 5 जनवरी। जोरथाङ खेलमैदानमा आइतबारदेखि 9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप अन्तरार्र्ष्ट्रिय फूटबल प्रतियोगिता शुरू भएको छ। उक्त फूटबल प्रतियोगिताको आयोजना दक्षिण जिल्ला फूटबल संघ (एसडीएफए) ले गरिरहेको छ। खेलकुद एवं युवा मामिला विभाग मन्त्री कुङ्गा नीमा लेप्चाले आज प्रतियोगिता शुरू भएको आधिकारिक रूपमा घोषणा गरे। प्रतियोगिताको पहिलो म्याच आज सिक्किम युथ क्लब बनाम कालेबुङ एकादशबीच सम्पन्न भयो, जसमा सिक्किम युथ क्लबले प्रतिद्वन्दी दललाई 5:4 गोलले पराजित गर्‍यो। विजयी दलका गोल कीपर नेडुप लेप्चालाई ‘हिरो अफ द म्याच’ चयन गर्दै पुरस्कार स्वरूप नगद दस हजार रूपियाँ प्रदान गरियो। आइपीआर विभागले दिएको जानकारीअनुसार उक्त प्रतियोगितामा 14 फूटबल दलले भाग लिइरहेको छ, जसमा सिक्किम, कालेबुङ, दार्जीलिङ, शिलङ, कोलकाता, पञ्जाब, नेपाल र भूटानका फुटबल दलहरू सामेल छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लेप्चाले यो प्रतियोगिता जोरथाङमा लगभग पाँच सालको लामो अन्तरालपछि आयोजन भइरहेको जानकारी गराए। मन्त्री लेप्चाले राज्य सरकारले खेलकुद र अन्य गतिविधिहरूलाई प्राथमिकता दिएर काम गरिरहेको बताए, जसले युवाहरूलाई शारीरिक अनि मानसिक रूपमा स्वस्थ बनाउने बताए। यस अघि एसडीएफएका महासचिव पवित्र मानवले यस फूटबल प्रतियोगिताको फाइनल 19 जनवरीको दिन सम्पन्न गरिने बताउँदै उक्त दिन जोरथाङ माघे संक्रान्ति मेला, 2020 को समापन पनि रहेको बताए। उद्घाटन कार्यक्रमको अवसरमा एसडीएफएको थीम सङ्ग पनि विमोचन गरियो। आज मन्त्रीहरू एमएन शेर्पा, सञ्जीत खरेल,… Read More

मानवता मिशन फाउण्डेसनद्वारा कम्बल वितरण

मानवता मिशन फाउण्डेसनद्वारा कम्बल वितरण

रम्फू, 5 जनवरी। जाड़ोको मौसममा जरूरतमन्दबीच साक्षी मानवता मिशन फाउण्डेसन सिक्किमद्वारा कम्बल प्रदान गरेर ठूलो मानव धर्म र सेवाको नमूना पेश गरेको छ। आज रम्फू आइबीएमस्थित कार्यालय अघि मिसनका सदस्यसहित समाजसेवी श्रीमती रञ्जीता सिंहको सक्रियता र तत्परतामा 100 जरूरतमन्दबीच कम्बल, विद्यार्थीहरूबीच खाता-पेनसहित दिवा भोज प्रदान गरिन्। सिक्किम बिहारी जागरण मञ्च केन्द्रीय समिति सभापति स्वामिनाथ प्रसादसहित साई सेवा समिति रम्फू, ब्रह्मकुमारिज रम्फू केन्द्रका प्रतिनिधिको साथ अन्य विभिन्न संघ-संस्था, संगठनका प्रतिनिधि र सदस्यहरूको उपस्थिति रहेको थियो। एसबीजेएम सभापति स्वामिनाथ प्रसादले यस प्रकारको पहलको स्वागत गर्दै मिसनले उठाएको पहलबाट अन्यले पनि सिख्नुपर्ने सुझाव दिए। साक्षी मिसन सिक्किमकी सदस्य तथा समाजसेवी श्रीमती रञ्जीता सिंहले जाड़ोको समयमा नदी किनारमा धेरैजनालाई अत्याधिक जाड़ो लागेको देखेर कम्बल वितरणको निर्णय लिएको बताइन्। यसको साथ प्रसादको रूपमा दिवा भोजन र खाता पेन वितरणको निर्णय पनि लिएको र सोहीअनुरूप नै आज वितरण गरिएको बताइन्। साक्षी मिसनले रम्फू क्षेत्रमा धेरै साना -ठूला समाज सेवामा सदैव नै योगदान दिने गरेको छ।

जन सेवा समाजको 35औं स्थापना दिवस

जन सेवा समाजको 35औं स्थापना दिवस

गेजिङ, 5 जनवरी। नयाँ गेजिङ 8 माइलको जन सेवा समाजले आफ्नो 35औं स्थापना दिवस पालन गरेको छ। यसै कार्यक्रममा क्षेत्र विधायक एवं कृषि एवं बागवानी विभागका मन्त्री लोकनाथ नेपाल मुख्य अतिथि रहेका थिए भने साथमा नगर परिषदका अध्यक्ष आइके न्यौपाने, संस्थाका अध्यक्ष बीबी राई, उपाध्यक्ष जीएस शर्मा, स्थानीय नगरिक, संस्थापक सदस्यगण, लगायत अन्यको उपस्थित रहेको थियोे। कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथिद्वारा दिप प्रज्वलन गरेपछि विधिवत रूपमा कार्यक्रम शुरू गरिएको गरिएको थियो। 1985 सालमा पञ्जीकृत भएको यसै संस्थाले समाजमा धेरै महत्त्वपूर्ण काम गर्दै आएको र भविष्यमा पनि उदाहरणीय कार्यहरू गर्ने प्रतिवद्धताका साथ यसै संस्थालाई यो स्तरसम्म ल्याउने सस्थापक सदस्यीयहरूलाई आज अभिनन्दन तथा गरिएको थियोे। जसमा यसै समाजलाई जिम्मेवारी दिने कूल 17 जना व्याक्तित्वलाई आज मुख्य अतिथि मन्त्री नेपालको वाहुलीबाट सम्मान गरिएको थियोे। यस्तै प्रकारले आयोजक समिति एवं जन सेवा समाजद्वारा मुख्य अतिथिलाई पनि अभिनन्दन गरिएको थियो। कार्यक्रममा समाजका अध्यक्ष बीबी राईले संस्थाको सम्पूर्ण प्रतिवेदन प्रस्तुत गरेका थिए । यो समाजलाई यो स्तरसम्म ल्याउन हरेक व्याक्तिले योगदान दिएका छन्, अनि कतिपय यो समाजलाई योगदान दिने व्याक्तिहरू यो संसारमा छैनन् सबैलाई सम्मान दिने कार्य गरिएको उनले बताए। 35औं स्थपना दिवसका मुख्य अतिथि लोकनाथ नेपालले आफ्नो सम्बोधनको क्रममा भने, समाज मजबुत छ भने राष्ट्र देश सबै मजबुत भएर जाने बताउँदै, समाजको सकारात्मक विषयले मात्रै… Read More

भूतपूर्व सैनिक आसाम लिङ्जेको वार्षिक आमसभा

भूतपूर्व सैनिक आसाम लिङ्जेको वार्षिक आमसभा

आसाम लिङ्जे, 5 जनवरी। 5 जनवरी 2020 आइतबारको दिन भूतपूर्व सैनिक आसाम लिङ्जेको वार्षिक आमसभा सम्पन्न भयो। सभाको अध्यक्षता संघकै सभापति हवल्दार सईकुमार राई (अप्रा)-ले गरेका थिए र महासचिव एसास सि. म्यान. ए.पी. राई (अप्रा) मुख्य अतिथि रहेका थिए। आजको सभामा क्षेत्रका विभिन्न स्थानबाट सदस्य-सदस्याहरूको उपस्थिति रहेको थियो। सङ्गठनका महासचिव ना. असोक कुमार (अप्रा) राईले स्वागत सम्बोधन राखेका थिए। आफ्नो सम्बोधनमा ना. राईले सङ्गठनले आजसम्म गरेको क्रियाकलाप विषयमा विस्तृत जानकारी दिएका थिए। संगठनका कोषाध्यक्ष ह. अरुण राई (अप्रा) ले 2018-19 को प्रतिवेदन राखेका थिए जसमा संगठनले आजसम्म रु. 1,12,645/- मात्रको वचत भएको हिसाब बताए। यो राशीबाट रु. 2219/- मात्र ब्याङ्कमा रहेको र रहल रकम आजको हिसाबमा भएको पनि जानकारी दिए। यो रकम छिट्टै ब्याङ्कमा जमा गरिने पनि सभाले निर्णय लिएको छ। सभापतिले आफ्नो सम्बोधन क्रममा सबै सदस्यगणले मिलेर वार्षिकोत्सव अर्थात स्थापना दिवसलई भव्यरूपमा मनाउन सफल भएकोमा सबैलाई बधाई दिए र आजसम्म पनि सबैले सङ्गठन चलाउन सहयोग दिएकोमा पनि धन्यवाद दिए। तपाईंहरूकै साथ र सहयोगमा हाम्रो संघले यतिको उन्नति गर्न सकेको हो र सहयोगको हातबिना कुनै संघहरू अघि बढन सक्दैन भन्ने किटाण गरे। मुख्य अतिथिले आफ्नो वक्तव्यमा सबै सदस्यलाई नयाँ वर्षको वधाई एवं शुभकामना दिए। म यसै संगठनका सदस्य साथै विगत दस वर्षसम्म संगठनलाई सभापतित्व गरिसकेको बताए। त्यसताका सदस्यहरूको संख्या कमै… Read More

राहुल-प्रियङ्काले सीएएविरुद्ध प्रदर्शनमा मानिसहरूलाई भ्रमित गरी दङ्गा भड्काए ः शाह

राहुल-प्रियङ्काले सीएएविरुद्ध प्रदर्शनमा मानिसहरूलाई भ्रमित गरी दङ्गा भड्काए ः शाह

नयाँ दिल्ली, 5 जनवरी। भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष अमित शाहले कङ्ग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियङ्का गान्धीमाथि नागरिकता संशोधन अधिनियम (सीएए)-लाई लिएर राजधानीमा भएको विरोध प्रदर्शनमा दङ्गा भड्काएको आरोप लगाएका छन्। उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि पनि हमला गर्दै उनीमाथि जनतालाई धोखा दिएको आरोप लगाएका छन्। शाहले आइतवार यहाँ इन्दिरा गान्धी इण्डोर स्टेडियममा बूथ स्तरसम्मका कार्यकर्ता सम्मेलनलाई सम्बोधित गर्दै भनेका छन्, ‘राहुल गान्धी र प्रियङ्का गान्धीले नागरिकता कानूनको विरोधमा दिल्लीमा भएका प्रदर्शनहरूमा जनतालाई भ्रमित गर्ने काम गरे। कङ्ग्रेस पार्टीका राहुल बाबा र प्रियङ्का वाड्राले सीएएमा जनतालाई भ्रमित गरी दङ्गा अनि उपद्रव फैलाउने काम गरेका छन्।’ शाहले आम आदमी पार्टी (आप) र मुख्यमन्त्री अरविन्द केजरीवालमाथि पनि सीएएलाई लिएर भ्रम र अफवाह फैलाएको आरोप लगाए। उनले भने, ‘1984-मा सिखहरूको नरसंहार भयो। कङ्ग्रेस सरकारहरूले दङ्गामा मारिएका मानिसहरूका परिजनहरूको कुनै खयाल गरेन। मोदी सरकारले सत्तामा आएपछि हरेक पीड़ितलाई पाँच-पाँच लाख रूपियाँको छतिपूर्ति दियो अनि जो दोषी थिए, उनीहरूलाई थुना पार्ने काम गर्‍यो।’ भाजपा अध्यक्षले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि जनताको साथ धोखा गरेको आरोप लगाउँदै भने, ‘उनले भनेका थिए, 20 कलेज बनाउनेछौं, कहाँ गए कलेज, थाहा छैन। पाँच हजारभन्दा अधिक स्कूल बनाउने वाचा गरेका थिए तर कतै कुनै स्कूलको आधारशीलासम्म राखेनन्। अब चुनावी बेलामा केजरीवाल सरकारले ठूला-ठूला होर्डिङ र विज्ञापनहरू मार्फत… Read More

सरकार अनि कार्यप्रणाली

सरकार अनि कार्यप्रणाली

भारत विश्‍वको बृहद लोकतान्त्रिक देश हो। भारतको न्यायपालिका, विधानपालिका अनि कार्यपालिका संविधान सम्मत सञ्चालन हुनेगर्छ। देशमा संविधानले सुनिश्‍चित गरेको विषयहरूलाई अक्षरस पालन गरिन्छ। संविधानद्वारा निर्धारित कानुनभन्दा माथि कोही छैन। देशवासीले देशको संविधानलाई आत्माबाटै स्वीकार गर्दछन् साथै विश्‍वास पनि। सबैका निम्ति संविधान एकै हो। कानुन एकै हो। सिक्किम 1975 पछि भारतको 22औं राज्य भएको कारण यहाँ पनि भारत देशको संविधान अनि कानुन व्यवस्था अक्षरस पालन गरिन्छ। यसमा दुईमत छैन। देशको संविधानले कसैलाई पनि हैकमवादी बन्न तथा मनमानी गर्न दिँदैन। सिक्किमले 44 वर्ष भयो संविधानको न्यानो घाम तापेको अनि भारतको संविधानको दायराभित्र रहेर आफ्नो राज्य प्रशासन सञ्चालन गर्दैछ। राज्यको प्रशासन व्यवस्था जन समर्पित बनाउनको निम्ति यहाँका नोकरशाहा अनि राजनेताहरूको प्रयास शुरूवाती कालदेखि हो। सिक्किमले भारतमा अन्तर्भुक्त पछिका 44 वर्षमा 6 वटा सरकार प्राप्त गरिसकेको छ। काजी सरकार, भण्डारी सरकार, गुरूङ सरकार, सुब्बा सरकार, चामलिङ सरकार अनि अहिले गोले सरकार सिक्किमले प्राप्त गरेको छ। यी सरकारहरूमा कोही केही दिन अनि कोही केही महिनाको निम्ति राज्य सत्तामा आसिन थिए भने कतिले सिक्किमलाई स्वार्णिम भविष्यतिर लगेको छन्। आज हाम्रो वर्तमान सिक्किम जुन अवस्थामा पुगेको छ, राजनेता, नोकरशाह अनि आम नागरिकको पसिना, योगदान अनि समर्पणले गर्दा सम्भव भएको छ। इतिहासले यो कुरालाई भुल्ने छैन। सिक्किममा विशेष गरेर भण्डारी सरकार अनि चामलिङ सरकारमा काम भएको आम नागरिकले… Read More