परिवर्तन’ -को वर्ष-2019

सन् 2019 -को चुनाउमा सिक्किमे जनताले गुमाएको एउटा अर्को मुद्दा हो – सिक्किम विधानसभामा लिम्बू-तामाङ सीटको आरक्षण।वर्तमान सत्तारूढ़ पार्टीले चुनाउअघि आफ्नो घोषणा-पत्रमा लिम्बू-तामाङ समुदायलाई सिक्किम विधानसभामा सीट दिलाउने उल्लेख गरेको छ। यो बेग्लै कुरा हो कि उक्त पार्टीका कतिपय नेताले सरकार बनाएको 10 दिनभित्रै लिम्बू-तामाङ सीट दिलाउने दावी गरेका थिए। तर वास्तविकता के हो भने वर्तमान सरकारले सत्ता सम्हालेको आज 7 महीना बितिसक्दा पनि एकैपल्ट पनि केन्द्र सरकारसमक्ष यस मागलाई राखेको छैन। न त राज्य सरकारको क्याबिनेटमा यसलाई पारित गरिएको छ, न विधानसभामै यसलाई उत्थापित गरिएको छ। यो निर्विवाद सत्य हो कि पहिलेको सरकारले नै लगातार केन्द्र सरकारमा मागहरू राखेर सन् 2003 -मा लिम्बू-तामाङ समुदायलाई जनजातिको मान्यता दिलोको थियो। सन् 2005 -मा सिक्किम प्रदेश भाजपाले सर्वोच्च न्यायालयमा यस विषयमा मुद्दा नहालेको भए र 10 वर्ष यो मुद्दा अदालतमा नटंग्रिएको भए आज सिक्किमका लिम्बू-तामाङ समुदायले विधानसभामा ट्राइबल सीटको उपभोग गरिरहेका हुनेथिए। तर झूट, भ्रम र अपव्याख्यालाी पछ्याउने हुँदा आज लिम्बू-तामाङ समुदाय आफ्नो हकबाट वञ्चित भएका छन्। एसडीएफ सरकार आफ्नो प्रयासमा निष्ठावान हुँदा पनि सरकार गुमाएको छ तर लिम्बू-तामाङ समुदायले आफ्नो संवैधानिक हक गुमाएका छन्। दशौं सिक्किम विधानसभा चुनाउ-2019 -मा सिक्किमका छेत्री-बाहुन समुदायले राई, गुरूङ, मङ्गर, सुनुवार आदि मोठ 11 समुदायसँगै केन्द्रीय सूचीको ट्राइबल बन्ने मुद्दा गुमाएका छन्। हुन त वर्तमान सत्तारूढ़… Read More

पश्चिम सिक्किमको प्रमुख पर्यटन स्थल मध्ये एक चेरेञ्जी सिङखाम रियो पोटला

पश्चिम सिक्किमको प्रमुख पर्यटन स्थल मध्ये एक चेरेञ्जी सिङखाम रियो पोटला

    पश्चिम सिक्किमको प्रमुख पर्यटन स्थल मध्ये एक चेरेञ्जी सिङखाम रियो पोटला।फोटो – समय दैनिक

उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराज सिक्किम भ्रमणमा

उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराज सिक्किम भ्रमणमा

नाम्ची, 02 जनवरी (हिस)। उत्तराखण्ड राज्यका पर्यटन एवं सिँचाई विभाग मन्त्री सतपाल महाराज आफ्नो परिवारसहित तीन दिवसीय भ्रमणमा सिक्किम आइपुगेका छन्। विहीबार बिहान दक्षिण सिक्किमको मल्ली चेक पोस्टमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीगण लगायत मानव उत्थान सेवा समितिका प्रतिनिधिहरुले सतपाल महाराजलाई स्वागत जनाए। प्राप्त जानकारी अनुसार आफ्नो तीन दिवसीय भ्रमणमा मन्त्री सतपाल महाराजले दक्षिण अनि पश्चिम जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन्। भ्रमण क्रममा आज पहिलो दिन महाराजले परिवारसहित नाम्ची सिद्धेश्वर धाम र सामड्रुप्चे भ्रमण गरे। यसरी नै भोली सतपाल महाराजले राभाङलास्थित बुद्धपार्क वा तथागतस्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। सोही प्रकारले ४ जनवरीको दिन पश्चिम सिक्किमको धार्मिक पर्यटन स्थल चेरेञ्जी सिङखाम रियो पोटाला र पेमायाङग्से गुम्बाको भ्रमण गर्नेछन्। मन्त्री सतपाल महाराज पश्चिम सिक्किमको भ्रमणपछि दिल्ली फर्कने छन्। स्मरण रहोस, यस अघि पनि धेरै पटक सिक्किम राज्यको भ्रमणमा आइसकेका सतपाल महाराज सपरिवार सिक्किम भ्रमणमा आएको यो प्रथम पटक हो।

प्रधानमन्त्री मोदी 10 जनवरीमा कोलकाता आउने

प्रधानमन्त्री मोदी 10 जनवरीमा कोलकाता आउने

  कोलकाता, 02 जनवरी (हिस)। पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यभऱिमा संशोधित नागरिकता अधिनियम र एनआरसीको प्रस्तावित क्रियान्वयन विरूद्ध जारी विरोध प्रदर्शनबीच प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता आईऱहेछन्। खबर अनुसार, उनी 10 जनवरीमा कोलकाता पुग्नेछन्। राजभवनमा रात्रि विश्राम गर्नेछन् औं भोलीपल्ट अर्थात् 11 जनवरीमा कोलकाता पोर्ट ट्रस्टको कार्यक्रममा सामेल हुनेछन्। अर्कोतिर, प्रधानमन्त्रीको यस यात्रालाई केन्द्र गरी प्रदेश भाजपाले भेटको योजना बनाउनु शुरू गरेको छ। पार्टीको पश्चिम बंगाल एकाईको तर्फबाट प्रधानमन्त्री अफिससित सम्पर्क गरिएको छ ताकि पार्टीको एक प्रतिनिधिमण्डलले उनीसित भेट गर्न सकोस्। राज्यको वर्तमान स्थिति र कानून व्यवस्थाको लचर स्थितिलाई लिएर एक रिपोर्ट तयार गरिँदैछ, जुन पीएम मोदीलाई सुम्पिनेछ। पीएमको यात्रा यस्तो समयमा भईरहछ, जब मुख्यमन्त्री ममता ब्यानर्जीले एनआरसी र नागरिकता अधिनियम विरूद्ध लगातार सड़कहरूमा उत्रेर पदयात्रा गरिरहेछिन्। उनले घोषणा गरेकी छन् कि जबसम्म नागरिकता कानून फिर्ता हुँदैन तबसम्म आन्दोलन जारी रहनेछ। कहिले कोलकाता त कहिले जिल्लामा गएर उनले लगातार मानिसहरूलाई आन्दोलनको हिस्सा बन्नको निम्ति प्रेरित गरिरहेछिन्। यसबीच कोलकातामा प्रधानमन्त्रीको यात्रा अत्यन्तै खास बताइँदैछ।हिन्दुस्थान समाचार/ भवानी