धावक अमर सुब्बाको अगुवाईमा सिक्किमे टोली कोलकाता प्रस्थान

धावक अमर सुब्बाको अगुवाईमा सिक्किमे टोली कोलकाता प्रस्थान

  गेजिङ, 30 जनवरी। धावक अमर सुब्बाको अगुवाईमा एमेराथन एकाडेमी अव् सिक्किम (एएएस) का 21-जना धावकहरू आज अन्तरराष्ट्रिय मेराथन च्याम्पियनशीपमा भागलिनका लागि कोलकाता प्रस्थान गरेका छन्। यो च्याम्पियनशीप आगामी 2 फरवरीमा पश्‍चिम बङ्गालको कोलकातामा आयोजना हुने बताइएको छ। आइडीबीआइ फेडरल लाइफ इन्सोरियन्स कर्पोरेशन लिमिटेडले एनईबी स्पोर्टस्, कोलकातासित मिलेर आयोजना गरेको यस च्याम्पियनशीपमा सिक्किम र दार्जीलिङका गरी 16 जना पुरुष र पाँचजना महिला धावक-धावीकाले 42 किलोमिटर (फूल मेराथन) 21 किलोमिटर (हाफ मेराथन) र 10 किलोमिटरको दौड स्पर्धामा सहभागिता जनाउनेछन्। एएएसका संस्थापक अमर सुब्बाले यो च्याम्पियनशीपमा आफ्नो टीमको प्रतिनिधित्व गर्दैछन्। आज गेजिङमा एक पत्रकार सम्मेलनको आयोजना गरेर सुब्बाले यसको जानकारी गराए। उनले यसपल्ट सिक्किमको तर्फबाट यस च्याम्पियनशीपमा अनुभवी धावकसितै शिवहाङ लिम्बूसितै अन्य केही नयाँ धावकहरूले पनि भागलिन गइरहेको बताए। यो च्याम्पियनशीपमा आफ्नो टीमले उत्कृष्ट प्रदर्शन गर्ने आफूलाई विश्‍वास रहेको धावक सुब्बाले बताएका छन्। अमर सुब्बाले आफ्नो टीमलाई यो च्याम्पियनशीपमा प्रवेशका लागि सुविधा मिलाइदिएकोमा एनईबी स्पोर्टस्का अध्यक्ष नागराज अदिगा र प्रबन्धक निर्देशक सुनिल शेट्टी प्रति आभार व्यक्त गरेका छन्। उनले राज्यका पूर्व जिल्लाका जिल्लापाल कर्मा आर बन्पो र अखिल सिक्किम रेश्‍लिङ फेडरेशनका अध्यक्ष लेण्डुप दोर्जी भोटिया प्रति पनि टीमलाई विभिन्न सुविधा उपलब्ध गराइदिएकोमा कृतज्ञता प्रकट गरेका छन्।

विनय तामाङलाई सिक्किम प्रदेश भाजपाको जवाफ

विनय तामाङलाई सिक्किम प्रदेश भाजपाको जवाफ

गान्तोक, 30 जनवरी। ‘गत वर्ष लोकसभा चुनाउ अनि विधानसभा उप-चुनाउमा भारतीय जनता पार्टी र एनडीए गठबन्धनसँग नराम्रो घतले पराजित भएपछि आफ्नो राजनैतिक अस्तित्व बचाउन भौंतारिरहेका गोर्खा जनमुक्ति मोर्चा-2 का नेता विनय तामाङले 28 जनवरीको दिन एउटा जनसभालाई सम्बोधन गर्दै भाजपा सिक्किमका दुई व्यक्तिविरुद्ध जुन किसिमको धम्कीपूर्ण, अप्रजातान्त्रिक अनि भड्काउपूर्ण बयान दिएका छन् त्यसको भारतीय जनता पार्टी सिक्किम एकाई कड़ा शब्दमा भर्त्सना अनि निन्दा गर्दछ।’ प्रदेश भाजपाका अध्यक्ष डीबी चौहानले प्रेस विज्ञप्ति जारी गर्दै यसो भनेका हुन्। अध्यक्ष चौहानले भनेका छन्, पार्टीले यो स्पष्ट गर्न चाहन्छ कि दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै नेताहरूलाई दार्जीलिङ पठाएको छैन तर कुनै निजी काम लिएर उनीहरू दार्जीलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ छ्। अनि जहाँसम्म दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको कुरा छ त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफूलाई साबित पनि गरिसकेका छन्। विनय तामाङले जुन किसिमको अप्रजातान्त्रिक अनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन्। त्यसको भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ अनि ती दुईजना व्यक्तिहरूको सुरक्षामा कुनै प्रकारको आँच आएको खण्डमा त्यसको जिम्मेवार विनय तामाङ हुनेछन्। विज्ञप्तिमा अझ भनिएको छ, भारत एउटा प्रजातान्त्रिक राष्ट्र हो अनि यहाँ सबै नागरिकलाई देशको कुनै पनि स्थानमा आउने-जाने स्वतन्त्रता छ त्यसको निम्ति कुनै स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता छैन। अर्कोतिर,… Read More

डुगा खण्ड विकास कार्यलयका कर्मचारीहरू प्रत्येक महिनाको अन्तिम दिन पारम्पारिक भेषभूषामा कार्यलय आउने

डुगा खण्ड विकास कार्यलयका कर्मचारीहरू प्रत्येक महिनाको अन्तिम दिन पारम्पारिक भेषभूषामा कार्यलय आउने

पूर्व सिक्किम अन्तर्गत डुगा खण्ड विकास कार्यलयका कर्मचारीहरूले प्रत्येक महिनाको अन्तिम दिन पारम्पारिक भेषभूषामा कार्यलय आउने निधो गरेका छन्। यस निधो अन्तर्गत 30 जनवरीको दिन पारम्पारिक भेषभूषामा उपस्थित भएका कर्मचारीहरू।

सीएए लागू गरी सरकारले बापूको सपनाहरूलाई पूरा गऱ्यो- राष्ट्रपति 

सीएए लागू गरी सरकारले बापूको सपनाहरूलाई पूरा गऱ्यो- राष्ट्रपति 

बजट सत्र- राष्ट्रपति अभिभाषण  नयाँ दिल्ली, 31 जनवरी (हिस)। राष्ट्रपति रामनाथ कोविन्दले भनेका छन्, ‘नागरिकता संशोधन अधिनयम (सीएए) महात्मा गांधीको सपना थियो र यस कानूनलाई बनाएर राष्ट्रपिताको सपनालाई साकार गर्ने काम गरिएको छ’। शुक्रबार बजट सत्रको शुरूआत राष्ट्रपतिको अभिभाषणबाट भयो। संसदको केन्द्रिय कक्षमा दुवै सदनको संयुक्त सत्रलाई सम्बोधित गर्दै राष्ट्रपति कोविन्दले भने, ‘विभाजनपछि बनेको माहोलमा राष्ट्रपिता महात्मा गांधीले भनेका थिए- पाकिस्तानका हिन्दू र सिख, जो त्यहाँ बस्न चाहन्नन्, उनीहरू भारत आउन सक्छन्। उनीहरूलाई सामान्य जीवन दिने कर्तव्य भारत सरकारको हो। पूज्य बापूको यस विचारको समर्थन गर्दै समय-समयमा अनेक राष्ट्रिय नेताहरू र राजनीतिक दलहरूले पनि यसलाई अघि बढ़ाए। हाम्रा राष्ट्र निर्माताहरूको यस इच्छाको सम्मान गर्नु हाम्रो दायित्व हो। मलाई खुशी छ, संसदका दुवै सदनद्वारा नागरिकता संशोधन कानून बनाएर, राष्ट्रपिता महात्मा गांधीको इच्छालाई पूरा गरिएको छ’। राष्ट्रपतिले आफ्नो अभिभाषणमा पाकिस्तानमा अल्पसंख्यकहरूमाथि भईरहेको अत्याचारको निन्दा गर्दै विश्व समुदायसित यसको संज्ञान लिने औं यस दिशामा आवश्यक कदम उठाउने आग्रह गऱे। राष्ट्रपतिले सीएएलाई लिएर चलिरहेको आशंकाहरूलाई हटाउँदै भने, ‘भारतमा आस्था राख्ने औं भारतको नागरिकता लिन इच्छुक दुनियाका सबै पन्थहरूका मानिसको निम्ति जुन प्रक्रिया पहिले थियो, त्यो आज पनि उस्तै नै छ र कुनै पनि पन्थको व्यक्तिले यी प्रक्रियाहरूलाई पूरा गरी भारतको नागरिक बन्न सक्छ। शरणार्थीहरूलाई नागरिकता दिए कुनै क्षेत्र र विशेषगरी नर्थ ईस्टमा कुनै सांस्कृति… Read More

बजट 2020- वित्त मन्त्रीले लोकसभामा पेश गरिन् आर्थिक सर्वेक्षण

बजट 2020- वित्त मन्त्रीले लोकसभामा पेश गरिन् आर्थिक सर्वेक्षण

नयाँ दिल्ली, 31 जनवरी (हिस)। वित्त मन्त्री निर्मला सीतारमणले लोकसभामा वित्त वर्ष 2019-20 को आर्थिक सर्वे रिपोर्ट पेश गरिन्। सीतारमणले आर्थिक सर्वेको प्रथम र द्वितीय वोल्यूम शुक्रबार सदनको पटलमा पेश गरिन्। उल्लेख्य, आर्थिक सर्वे रिपोर्टबाट देशको वित्तीय स्थितिबारे सही जानकारी प्राप्त हुन्छ। वित्त मन्त्रालयले आर्थिक जानकारहरूको मद्दतले यो रिपोर्ट तयार गर्दछ। वस्तुतः यस वर्ष आर्थिक सर्वेको थीम ‘वेल्थ क्रिएशन’ राखिएको छ। सरकारले यस वित्त वर्ष 2020-21 मा विकास दर 5 प्रतिशत रहने अनुमान लगाएको छ। यो गत 11 वर्षको न्यूनतम स्तर हो जबकि दोस्रो तिमाहीमा विकास दर झरेर 4.5 प्रतिशत पुगेको थियो।

रचना बुक्सलाई हैदराबाद लिटरेरी फेस्टिवलमा बुक स्टोर अफ दि इयर पुरस्कार

रचना बुक्सलाई हैदराबाद लिटरेरी फेस्टिवलमा बुक स्टोर अफ दि इयर पुरस्कार

गान्तोक, 28 जनवरी। सिक्किमको राजधानी गान्तोकमा माटोकवि जीवन थिङ मार्गमा रहेको रचना बुक्सलाई भारतको उत्कृष्ट साहित्य उत्सवको रूपमा चिनिने हाइदरावाद लिटरेरी फेस्टिसवलले 2020-को बुक स्टोर अफ दि इयर पुरस्कारले सम्मानित गरेको छ। पछिल्लो लगभग तीन दशक भन्दा अधिक समयदेखि उत्कृष्ट किताबहरूको सङ्कलन रहने छुट्टै विशेषता हुने पुस्तक पसलको रूपमा राजधानीमा चर्चित रचना बुक्सले राष्ट्रियस्तरमै पाएको दोस्रो पुरस्कार हो। यसचोटी फूट फर थट फाउण्डेसन आईआरओ-ले उक्त पुरस्कार प्रदान गरेको हो भने यसभन्दा अघि पव्लिसिङ नेक्स्ट इण्ड्रस्टीली गोवा लिटरेरी फेस्टिवल 2015-सालमा बुक स्टोर अफ दी इयरको पुरस्कारले रचना बुक्सलाई सम्मानित गरिसकेको छ। गत 26 जनवरीको दिन हैदरावादमा पुरस्कार ग्रहण गरेर राजधानी गान्तोक भित्रिएका रचना बुक्सका मालिक रमण श्रेष्ठले खुशी व्यक्त गर्दै यस प्रकारको पुरस्कार र सम्मानले काम गर्ने उत्साह बडेको तथा प्रोत्साहन मिलेको बताए। गान्तोक जस्तो सानो शहरलाई नै लिएर यस्ता ठूलो साहित्यिक उत्सवमा गरिएको सम्मानले निकै महत्व राख्ने पनि उनले बताए। आफू स्वयं पछिल्लो 19 वर्षदेखि लगातार रूपमा यो पेशालाई लिएर पुस्तक पसल सँगसँगै विभिन्न भाषा, साहित्य, कला, संस्कृतिको निम्ति काम गर्नेहरूलाई मञ्चपनि प्रदान गर्दै आएको रचना बुक्समै अहिले विशेष गरेर पाठकहरूले चासो थोरै मात्रामा भएपनि देखाउन थालेकोमा खुशी व्यक्त गरेका छन्। जसमा परिवारको सँगसँगै विशेषरूपमै पुस्तक पसलमा आइदिने पाठकहरूले निकै ठूलो प्रोत्साहन र उत्साह दिने भूमिका निर्वाह गरेको पनि उनी… Read More

‘सीमा क्षेत्रमा शान्ति कायम छ’

‘सीमा क्षेत्रमा शान्ति कायम छ’

सेनाका अधिकारीले राज्यापाललाई भेटे गान्तोक, 28 जनवरी। ईस्टन कमाण्डका लेफटेनेन्ट जेनरल, जेनरल अफिसर्स कमाण्डिङ इन चिफ अनिल चौहानसहित जीओसी सुकुना 33 त्रीशक्ति कर्फका लेफटेनेन्ट जेनरल नभ.के खण्डुरी र जीओसी 17 माउण्टेन डिभिजन गान्तोकका मेजर जेनेरल आरसी तिवारीले आज सिक्किमका राज्यपाल गंगा प्रसादसित भेट गरे। राज भवनमा भएको यस भेटमा सेनाका कमाण्डरले सिक्किमको सीमा क्षेत्रमा वर्तमानको सुरक्षा व्यवस्था र अवस्थाबारे अवगत गराउँदै अहिले सीमा क्षेत्रमा स्थिति शान्तिपूर्ण रहेको बताए। यसरी नै राज्यपालले नथुला मार्ग भएर यात्रा गर्ने हजारौं पर्यटकहरूलाई आपतको समयमा सहयोग गर्न भारतीय सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे। राज्यपालले कोलकाता आधारित सेनाको निम्ति पूर्वीय कमाण्डको प्रमुख भार सम्हालेकोमा जेनरल अफिसर्स कमाण्डिङ इन चिफलाई शुभकामना पनि दिए।

नेसापद्वारा पद्मश्री लीलबहादुर छेत्री, तरूणदीप राई तथा जीतू राईप्रति बधाई

नेसापद्वारा पद्मश्री लीलबहादुर छेत्री, तरूणदीप राई तथा जीतू राईप्रति बधाई

गान्तोक, 28 जनवरी। प्रत्येक वर्ष साहित्य, सङ्गीत, कला आदि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको छनौट गरी देशको चौथो सर्वोच्च सम्मानित सम्मान पद्मश्री दिने गरिन्छ। प्रत्येक भाषाका व्यक्तिहरूले काम गरेको आधारमा यो सम्मान दिने गरिन्छ। यसपाली नेपाली भाषा, संस्कृतिका धरेहरको रूपमा स्थापित बनिसकेका असमवासी लीलबहादुर छेत्रीलाई पद्मश्रीद्वारा सम्मानित गरिने घोषणा भएको छ। सो घोषणाले नेपाली भाषी गौरवान्वित बनेका छन् भने नेपाली भाषी जनतालाई विविध लाञ्छना लगाउनेहरूलाई पनि मीठो जवाफ भएको ठान्दै सिक्किमको प्रतिष्ठित साहित्यिक संस्था नेपाली साहित्य परिषद्ले साहित्यकार लीलबहादुर छेत्रीले सम्मान पाउनुलाई समग्र नेपाली भाषीले सम्मान पाएको गर्वबोध गर्दै हार्दिक बधाई अर्पण गरेको छ। लीलबहादुर छेत्रीलाई साहित्य अकादमी प्राप्त हुनका साथै उनको चर्चित उपन्यास ‘बसाइँ’ चलचित्रमा पनि आइसकेको छ। उनको अर्को पुस्तक ‘ब्रह्मपुत्रका छेउछाउ’ पनि निकै चर्चित छ। यसका साथै नेपाली सूटर जीतू राई तथा आर्चेरीमा सिद्धहस्त व्यक्तित्व तरूणदीप राईलाई प्राप्त भएको पद्मश्री सम्मानमा नेपाली साहित्य परिषद्ले हर्षबोध गर्दै हार्दिक बधाई अर्पण गरेको परिषद्का प्रचार-प्रसार सचिव अर्जुन पीयूषले बताएका छन्।

सिक्किमका तीन साहित्यकार नेपाल प्रस्थान

सिक्किमका तीन साहित्यकार नेपाल प्रस्थान

निरौलालाई आशा प्रज्ञान पुरस्कार अर्जुन पीयूष गान्तोक, 28 जनवरी। नेपाल-भारतमाझ भाषा, संस्कृति तथा साहित्यमा सामानजस्यता भएकै कारण भारतका प्रतिभाहरू नेपालमा तथा नेपालका प्रतिभाहरू भारतमा सम्मानित हुँदैआएका छन्। यसै क्रममा यसपाली ‘आशा प्रज्ञान प्रतिष्ठान-सीतापाइला-काठमाडौंको निमन्त्रणामा सिक्किमका साहित्यकारगण एनपीएस निरौला, टीका ढुङ्गेल तथा चक्रपाणि भट्टराई नेपाल प्रस्थान भएका छन्।थाहा लागेअनुसार साहित्यका विविध क्षेत्रमा कलम चलाउँदै आएका तथा रटन अभियान सिक्किमका अध्यक्ष एवं नेपाली साहित्य परिषद्का साहित्य सचिव एनपीएस निरौलालाई ‘आशा प्रज्ञान पुरस्कार’ प्राप्त भइरहेको छ। सो पुरस्कार ग्रहण कार्यक्रम आउँदो 1 फरवरीको दिन सम्पन्न हुनेछ। सोही दिन प्रतिष्ठानको वार्षिक अधिवेशन कार्यक्रम भएका कारण स्वम्भीस्थित चोइस होटलमा उक्त पुरस्कार निरौलालाई दिइनेछ।

स्व. सुवास घिसिङको 5औं पुण्यतिथि पालन

स्व. सुवास घिसिङको 5औं पुण्यतिथि पालन

जातीय एकता दह्रिलो बनाउन सफल भएका छौं ः मन दार्जीलिङ, 28 जनवरी। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको पाँचौं पुण्यतिथि पालन गर्‍यो। यस अवसरमा पार्टीका वर्तमान अध्यक्ष मन घिसिङले आफ्ना आप्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। यसै सम्बन्धमा उनले एक विज्ञप्ति जारी गरी भनेका छन्, आज आप्पाको देहान्त भएको पाँच वर्ष बितिसक्दा पनि यो पहाड़मा उनको उपस्थितिको अनुभव गरिरहेको छु। आज उनले देखाएको बाटोमा यो गोर्खा जाति आफ्नो उन्मुक्तिको निम्ति अघि बढ़िरहेको छ। सुवास घिसिङ एक महान युगपुरुष थिए, जसले गोर्खा जातिको उन्मुक्तिको निम्ति आफ्नो सम्पूर्ण जीवन नै अर्पण गरे। उनले गोर्खा जातिको हितमा सजाएको सपना पूरा गर्न मैले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्षको हैसियतमा आज समस्त गोर्खा जातिलाई अवगत गराउँदै अघि बढ्ने कार्य गरिरहेको छु। धेरै सङ्घर्षपछि आज हामी आफ्नो स्वाभिमान, जातीय एकतालाई दह्रिलो बनाउन सफल भएका छौं। यो गोर्खा जातिको निम्ति ठूलो उपलब्धि हो। सुवास घिसिङको मूलमन्त्र पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो भन्ने शब्दलाई नै मैले अनुशरण गरेर अघि बढ़िरहेको छु। उनी जीवित हुँदा उनीसँगै बस्दा-हिँड्दा मैले गोर्खा जाति, दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि हाम्रो इतिहास, हाम्रो राजनैतिक मुद्दा विषय लिएर धेरै सिक्ने मौका पाएँ। आज मैले उनको सिद्धान्तमा रहेर उनले दिएको ज्ञानलाई अनुशरण गर्दै यो पहाड़लाई शान्तमय ढङ्गले जातिको दीर्घकालीन मुद्दाहरूको लागि… Read More