तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान सम्पन्न

तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान सम्पन्न

गान्तोक, 21 अक्टोबर। सिक्किमका दुईवटा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा हुने उप-चुनाउ आज सम्पन्न भएको छ। पूर्व जिल्लाको राजधानी गान्तोक, मार्ताम रुम्तेक अनि दक्षिण जिल्लाको पोक्लोक कामराङ निर्वाचन क्षेत्रमा भएको मतदान शान्तिपूर्ण ढङ्गमा सकिएको छ। विशेष पोक्लोक कामराङ निर्वाचन क्षेत्रमा भने पहिलेदेखि नै अशान्तिको माहोल सिर्जना हुने देखिए पनि फट्याक फुटुक घटनाहरू केही सुनिएपनि कुनै अप्रिय घटना घटेको भने थाहा लागेन। मतदान समयमा मतदान केन्द्रको भ्रमण गर्दै पोक्लोक स्कूल पुगेका मुख्यमन्त्री प्रेमसिंह तामाङले पत्रकारहरूलाई सम्बोधन गरे। पत्रकारहरूद्वारा सोधिएको प्रश्‍नको उत्तरमा उनले भने, 25 वर्षसम्म पहिलेको सरकारले जनताले चाहेजस्तो विकास नगरेको र अहिले जनताले परिवर्तन चाहेका छन् अवश्य पनि राम्रो हुनेछ। उप-चुनाउमा आफूलाई जीतको भरोसा रहेको बताउँदै उनले पहिलो सरकारले आफू सरकारमा रहँदा स्थानीय जनतालाई पैसा र धम्की दिएर भोट हत्याउने काम गरेको आरोप पनि लगाए। भाजपा एसकेएम पार्टीको मन्त्रीमण्डल विषयमा सोधिएको प्रश्‍नको उत्तरमा मुख्यमन्त्री गोलेले भने, यो केवल सिट शेयरिङ हो त्यस्तो कुनै सम्झौता भएको छैन। उनीहरूले केवल राज्य सरकारलाई सहयोग गर्ने मात्र रहेको बताउँदै त्यो सबै अफवाह भएको र केन्द्र अनि राज्य सरकारमा मिलेर सिक्किमको विकास गर्ने बताए। सधैं गान्तोक निर्वाचन क्षेत्रको मतदान प्रतिशत धेरै कम्ति हुने गरेको विषयमा सोधिएको प्रश्‍नमा उनले भने, यो सरकार बनाउने चुनाउ होइन अनि सरकार गिराउने चुनाउ पनि होइन यो उप-चुनाउ मात्र हो। मतदान प्रतिशत… Read More

उपचुनाउः 107 वर्षकी वृद्धा सुमित्र राईले मतदान गरिन्

उपचुनाउः 107 वर्षकी वृद्धा सुमित्र राईले मतदान गरिन्

गान्तोक, 21 अक्टोबर। सिक्किमकै सर्वाधिक बुर्जुग मतदाता सुमित्र राईले सोमबार बिहान मतदान गरिन्। उनको उमेर 107 वर्ष हो। उनले आज बिहान दक्षिण सिक्किमको पोक्लोक-कामराङ निर्वाचन क्षेत्रअन्तर्गत कामराङ माध्यमिक स्कूलमा स्थापित मतदान केन्द्रमा मतदान गरिन्। यसै वर्ष गत अप्रेल महिनामा आयोजित विधानसभा चुनाउमा पनि उनले मतदान गरेकी थिइन्। तर, उपचुनाउको निम्ति पनि उनी आज फेरि आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्र आइपुगिन्। उनलाई उनका आफन्तहरूले लिएर आएका थिए। मतदान केन्द्रमा उनलाई खादा लगाइदिएर स्वागत जनाइएको थियो। उल्लेखनीय छ, विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले गत विधानसभा चुनाउमा दुई निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका थिए। दुवै निर्वाचन क्षेत्रबाट चुनाउ जितेपछि उनले पोक्लोक-कामराङबाट राजीनामा दिएका थिए, जसकारण आज यो क्षेत्रमा उपचुनाउ भएको हो। चामलिङ हालमा दक्षिण सिक्किमकै नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक हुन्। राज्यका तीन निर्वाचन क्षेत्र मध्ये पोक्लोक-कामराङमा भइरहेको उपचुनाउ धेरै कारणहरूले महत्वपूर्ण रहेको छ। यो निर्वाचन क्षेत्रमा एसडीएफ अध्यक्ष पवन चामलिङले वर्षौंदेखि चुनाउ लड्दै अनि जित्दै आएका छन्। चामलिङको निम्ति यो निर्वाचन क्षेत्र गुमाउनु प्रतिष्ठाको विषय बनेको छ। एसडीएफले एक युवा मोजेस राईलाई आफ्नो उम्मेद्वार बनाएको छ। अर्कोतिर, सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले पनि यसै निर्वाचन क्षेत्रबाट चुनाउ लड़िरहेका छन्। मुख्यमन्त्रीको पदमा बनिरहन गोलेले पनि यो चुनाउ जित्नु अत्यन्त जरूरी रहेको छ।… Read More

राज्यपाल गंगा प्रसादले ह्वाइट हलमा मतदान गरे

राज्यपाल गंगा प्रसादले ह्वाइट हलमा मतदान गरे

गान्तोक, 21 अक्टोबर। सिक्किमका राज्यपाल गंगा प्रसादले विधानसभा उपचुनाउको निम्ति सोमबार गान्तोक निर्वाचन क्षेत्रमा मतदान गरे। उनी आज बिहान राजधानीको ह्वाइट हलमा पुगेर भोट लगाए। भोट लगाएपछि पत्रकारहरूसित कुराकानी गर्दै राज्यपालले मतदाताहरूलाई एक असल उम्मेद्वारलाई भोट लगाउने सन्देश दिए। उनले मतदाताहरूले यस्ता उम्मेद्वारलाई चयन गर्नुपर्ने बताए जसले राज्य अनि राष्ट्रको निम्ति राम्रा कार्यहरू गर्नेछन्। मतदाताहरूले एक सामाजिक व्यक्तिलाई चयन गर्नुपर्ने बताए जसले समाजको निम्ति काम गर्नेछन्। उल्लेखनीय छ, गान्तोक निर्वाचन क्षेत्रको निम्ति विभिन्न राजनीतिक पार्टी एवं निर्दलीय गरेर कूल 6 जना उम्मेद्वार चुनावी मैदानमा छन्। भारतीय जनता पार्टीका वाईटी लेप्चा, सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीकी श्रीमती आर. ओङ्गमु भोटिया, हाम्रो सिक्किम पार्टीका भाइचुङ भोटिया, सिक्किम रिपब्लिन पार्टीका सोङ छिरिङ शेर्पा, सिक्किम नेशनल पिपल्स पार्टीका दिले नामग्याल बरफुङ्गपा र निर्दलीय उम्मेद्वार कर्मा येन्तेन रहेका छन्।-हिस/बिशाल

पोक्लोक कामराङमा सर्वाधिक 80.56 प्रतिशत मतदान

पोक्लोक कामराङमा सर्वाधिक 80.56 प्रतिशत मतदान

गान्तोक, 21 अक्टोबर। सिक्किमको तीन निर्वाचन क्षेत्रमा विधानसभा उपचुनाउको निम्ति सोमबार बिहान सात बजीदेखि शुरू भएको मतदान साँझ पाँच बजी समाप्त भयो। उक्त तीनवटै निर्वाचन क्षेत्रमा आज शान्तिपूर्वक मतदान सम्पन्न भएको थाह लागेको छ। समाचार लेखुञ्जेल मतदान अवधि कतैबाट पनि अप्रिय घटना भएको सूचना प्राप्त भएको छैन। आज साँझ पाँच बजीसम्म दक्षिण जिल्लाको पोक्लोक-कामराङ निर्वाचन क्षेत्रमा 80.56 प्रतिशत मतदान भयो, जुन अन्य दुई निर्वाचन क्षेत्रको तुलनामा सर्वाधिक रहेको छ। यद्यपि, यसै वर्ष गत अप्रेल महिनामा भएको विधानसभा चुनाउमा यो निर्वाचन क्षेत्रमा कूल 81.67 प्रतिशत मतदान भएको थियो। यसैगरी, पूर्व जिल्लाका मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रमा कूल 72.60 प्रतिशत र गान्तोक निर्वाचन क्षेत्रमा कूल 52.03 प्रतिशत मतदान भयो। उक्त दुई निर्वाचन क्षेत्रहरूमा गत विधानसभा चुनाउमा क्रमश: 78.98 प्रतिशत र 62.39 प्रतिशत मतदान भएको थियो। यो उपचुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा, भारतीय जनता पार्टी, सिक्किम प्रजातान्त्रिक मोर्चा, हाम्रो सिक्किम पार्टी, सिक्किम नेशनल पिपल्स पार्टी, सिक्किम रिपब्लिन पार्टी र निर्दलीय गरी जम्मा 15 उम्मेद्वार चुनावी मैदानमा थिए। उक्त तीन निर्वाचन क्षेत्रका मतदाताहरूले कसको भाग्यमा के लेखे, यसको खुलासा अब आगामी 24 अक्टोबरको दिन हुनेछ, जब मतगणना हुनेछ। आज बिहान तीनवटै निर्वाचन क्षेत्रहरूमा मतदान शुरू गर्नअघि भारतको चुनाउ आयोगको नियमअनुसार मक-पोल गरिएको थियो। यस अवसरमा प्रीसाइडिङ अफिसरहरू, चुनाउकर्मीहरू, प्रतिभागी उम्मेद्वारहरूका प्रतिनिधिहरू आदि उपस्थित थिए। आज दिनभरि नै… Read More

मन्त्रीमण्डलमा भाजपाको हिस्सादारीको प्रश्‍नै नउठ्ने

मन्त्रीमण्डलमा भाजपाको हिस्सादारीको प्रश्‍नै नउठ्ने

गान्तोक, 21 अक्टोबर। मुख्यमन्त्री तथा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ (पीएस गोले) -ले उप-चुनाउमा आफ्नो जीतप्रति विश्‍वास व्यक्त गरेका छन्। सोमबार दक्षिण सिक्किमको पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको भ्रमण गर्ने क्रममा पत्रकारहरूसित कुराकानी गर्दै उनले यस्तो विश्‍वास व्यक्त गरेका हुन्। स्मरण रहोस, पोक्लोक-कामराङबाट पीएस गोले एसकेएम उम्मेद्वार रहेका छन्। मुख्यमन्त्री गोलेले पूर्व सरकारमाथि पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका जनतालाई विगत 25 वर्षभन्दा पनि लामो समयदेखि विकासबाट बञ्चित रहेको आरोप लगाए। तर, क्षेत्रका जनताले अब परिवर्तनलाई स्वीकार गरिसकेको र यो उप-चुनाउमा जनताले अवश्य परिवर्तनको पक्षमा मतदान गर्ने उनले विश्‍वास व्यक्त गरे। एक प्रश्‍नको जवाफमा उनले यो निर्वाचन क्षेत्र एसडीएफ पार्टीको गढ़ नरहेको, तर एसडीएफ पार्टी आफु सरकारमा छँदा जनतालाई अनेक प्रकारको दबाउ दिएर चुनाउ जित्दै आएको दावी गरे। तर, सिक्किममा अब सरकार परिवर्तन भइसकेको र जनता स्वतन्त्र रहेको उनले बताए। अर्कोतिर, एसकेएम र भाजपाको गठबन्धनलाई लिएर उठिरहेका विभिन्न प्रश्‍नहरूबारे सोधिएको प्रश्‍नको जवाफमा उनले एसकेएम र भाजपाबीच केवल सीट सेयरिङ भएको स्पष्ट पारे। केन्द्र सरकारसित राम्रो तालमेल राख्न एसकेएमले भाजपालाई दुई सीट छोड़िदिएको उनले दावी गरे। यसैगरी, उनले चुनाउपछि मन्त्रीमण्डलमा भाजपाको हिस्सादारीको प्रश्‍नै नउठ्ने पनि बताए। उनले भाजपाको पनि यस्तो मनसाय छैन भन्दै एसकेएम र भाजपा मिलेर सिक्किमको विकासको निम्ति काम गर्ने बताए। उनले एसकेएम र भाजपाको मिलापमा विपक्षीबाहेक सबै… Read More

तिहारपछि बनिनेछ रक गार्डनको सड़क

तिहारपछि बनिनेछ रक गार्डनको सड़क

जीटीएसित 53 वटा परियोजना गर्न बाँकी समय संवाददाता दार्जीलिङ, 21 अक्टोबर। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले तिहार सकिनसाथ रक गार्डन जाने सड़क मार्गको पुनः निर्माण गर्ने भएको छ। यति मात्रै होइन, जीटीएले दार्जीलिङ पहाड़का आधा अधुरो रहेका पर्यटन विकासका कार्यहरूलाई पनि आगामी केही महीना वा 1-2 वर्षभित्र पूर्ण गर्ने योजना बनाएको छ। यसैले जीटीएले हाल कुनै नयाँ पर्यटन विकासको योजना हातमा लिएको छैन। यसैले पहिला अघिबाटै टेण्डर भइसकेका, आधा बनिसकेका र पूर्ण हुनलागेका पर्यटन स्थल, बाटो आदिको निर्माण कार्य पूर्ण गरिहाल्ने भएको जीटीएको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले जानकारी गराएका छन्। उनले भने-विगतमा धेरैवटा कामको टेण्डर भएको थियो अनि धेरैवटा कामको आर्थिक कोष पनि आवण्टन भइसकेको थियो। तर धेरैवटा कारणवश यी कामहरू पूर्ण भएका छैनन्। कतिपय काम शुरु पनि गरिएको छैन। यसैले पहिला यी पास भइसकेका कामहरू पूर्ण गरिसक्ने योजना बनाइएको छ। जसमा सड़क निर्माण, पार्क अनि गार्डन, लजहरूको निर्माण वा मरम्मति, रेष्टोरेण्ट आदि धेरै परियोजनाहरू छन्। जसलाई पहिला पूर्ण गर्ने योजना बनाइएको छ। यसैबीच, एक प्रश्‍नको उत्तरमा उनले भने-रक गार्डन, गङ्गामाया पार्क दार्जीलिङको एक मुख्य पर्यटन स्थल हो। यसको अवस्था बेहाल बनिसकेको छ। तरै पनि यी स्थानहरूमा पर्यटक जान छोड़ेका छैनन्। यसैले तिहार सकिनसाथ जीटीएले रक गार्डन जाने सड़क मार्गको पुनः निर्माण गर्ने भएको छ। यसको लागि टेण्डर पनि जारी… Read More

डीटीए र आईटीएलाई मान्यता नदिने विनयको घोषणा

डीटीए र आईटीएलाई मान्यता नदिने विनयको घोषणा

समय संवाददाता दार्जीलिङ, 21 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा र डीटीडीपीएलयू (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन)-ले अबदेखि चियाबगान मालिक सङ्गठन डीटीए (दार्जीलिङ टी एसोसिएशन) र आईटीए (इण्डियन टी एसोसिए़शन)-लाई कुनै मान्यता दिनेछैन। आज गोजमुमो अध्यक्ष विनय तामाङ दार्जीलिङ आएपछि यस्तो घोषणा गरेका हुन्। उनले भने- यसपाली चियाश्रमिकहरूको बोनस लिएर मुख्यरूपले झमेला सृजना गर्ने डीटीएका मुख्य सल्लाहकार सन्दीप मुखर्जी र आईटीएका सचिव मोहन छेत्री हुन्। यसैले आगामी नोभेम्बर महीनामा रहल 8 थियो भने त्यसै समय उनलाई स्थानीय जिल्ला अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। तर दार्जीलिङ जिल्ला अस्पतालले उनलाई असल उपचारको लागि सिलगढ़ी स्थानान्तर गरेपछि उनलाई सिलगढ़ीको एक निजी नर्सिङ होममा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनलाई नर्सिङ होमले छुट्टी दिएको थियो, तरै पनि उनी पिन्टेल भिलेजमा बसिरहेका थिए। जहाँबाट आज उनी आफ्नो घर फर्किएका छन्।प्रतिशतको लागि हुने त्रिपक्षीय बैठकमा पनि सन्दीप मुखर्जी र मोहन छेत्रीको उपस्थिति चाहँदैनौं। अबदेखि गोजमुमो र डीटीडीपीएलयूले चियाबगान अनि चियाश्रमिकहरूको समस्या विषयमा सोझै चियाबगान मालिकहरूसित कुरा गर्नेछ, उनले भने। यसका साथै उनले आगामी नोभेम्बर महीनामा हुने बैठकमा आफूलाई निमन्त्रणा गरिए कुनै पनि श्रमिक सङ्गठनले विरोध नगरिदिउन् भन्ने पनि अपील गरे। उनले भने-म एउटा राजनैतिक पार्टीका अध्यक्ष हुँ। चियाबगान सम्बन्धमा मेरो काम छैन। तरै पनि यसपाली चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिलाउनको लागि मैले 122 घण्टासम्म… Read More

सिक्किममा प्रवेश गर्न भाजपाले एसकेएमलाई प्रयोग गर्दैछः गौरव गोगोई

सिक्किममा प्रवेश गर्न भाजपाले एसकेएमलाई प्रयोग गर्दैछः गौरव गोगोई

गान्तोक, 21 अक्टोबर। सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को राजनीतिक चलखेललाई लिएर अखिल भारतीय कांग्रेसले गम्भीर आरोप लगाएको छ। असमको कालियाबोर आसनका कांग्रेस लोकसभा सांसद तथा सिक्किम, बङ्गाल अनि मणिपुरका कांग्रेस प्रभारी गौरव गोगोईले सत्तारूढ़ एसकेएम पार्टीलाई भाजपाले सिक्किममा प्रवेश गर्न प्रयोग गरिरहेको आरोप लगाए। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाए। उनले भने, ‘सिक्किम अहिले संवेदनशील स्थितिमा रहेको छ, यहाँको अस्तित्व सङ्कटतिर गइरहेको छ। यहाँको राजनीतिमा भाजपाले प्रत्यक्ष हस्तक्षेप गर्दै सत्तारूढ़ एसकेएम पार्टीलाई ट्रोजर्न हर्सको रूपमा प्रयोग गरेर सत्तामा चोर दैलोबाट प्रवेश गर्ने तथा सिक्किमेको विशेष पहिचानलाई समाप्त गर्ने कार्य गरिरहेको छ।’ उनले भाजपा र एसकेएमको गठबन्धन पूर्ण रूपमा अपवित्र रहेका उनले ठोकुवा समेत गरे। उनले कांग्रेस पार्टी मात्र सिक्किम र सिक्किमेको हितमा सधैं रहेको प्रमाण कांग्रेसले नै सिक्किमलाई सुरक्षा गर्न संविधानको धारा 371 एफ दिएको अनि यसको सुरक्षा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए। सधैं सिक्किममा पछिल्लो सरकारहरू सञ्चालन हुँदा कुनै राजनीतिक हस्तक्षेप नगरेर यहाँको शान्ति

ब्ल्याक बेल्ट समितिको रिनाकमा गठन

ब्ल्याक बेल्ट समितिको रिनाकमा गठन

रिनाक, 21 अक्टोबर। सिक्किम युनाइटेड कराते डो एसोसिएशनको अधिनस्त रही सन् 2005 देखि रिनाकमा गठित सितीरियो करातेको विस्तार भई आज यस भेकबाट धेरै ब्ल्याक बेल्ट खेलाड़ीहरूले राज्यदेखि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्ना नाम कमाइसकेका छन्। करातेलाई अझ दह्रिलो र संगठित रुपमा नियमअनुसार अनुशासन, उत्साहसित बढ़वा दिइँदै सञ्चालन गरिन रिनाक बजारस्थित कर्बट हलमा 22 जना ब्ल्याक बेल्टहरूको एक समिति गठन गरियो। सिक्किम युनाइटेड कराते डो -का प्रचार सचिव भानुराज थापाको अध्यक्षतामा हिजो आइतबार सम्पन्न यस समिति गठन अनि ग्रेडिङ कार्यक्रममा प्रमुख प्रशिक्षक तथा तक्निकी निर्देशक कुलहरि राई, डा. अर्जुन आचार्य, ब्ल्याक बेल्ट विनोद राई, होमनाथ छेत्री, प्रनज्जल विश्‍वकर्म, तरुण छेत्रीलगायत अन्य खेलाड़ीहरू, अभिभावक, कनिष्ठ प्रशिक्षार्थीको सहभागिता रहेको थियो। यस अवसरमा रम्फूका जुनियर खेलाड़ी विवज्ञ वेदान्त मिश्राले उपस्थितजनमाझ आफ्ना काता प्रस्तुत गरेपछि उनलाई 7औं क्यू सिनियर ओरेञ्ज बेल्टद्वारा गेडिङ गरिन्दै प्रमाण पत्र अनि बेल्ट हस्तातरण गरियो। यस अवसरमा करातेका तक्निकी निर्देशक कुलहरि राईले प्रत्येक ब्ल्याक बेल्ट तथा प्रशिक्षकले आफ्ना नियम पालन साथ यस गठित समितिको निर्देश साथै सिक्किम युनाइटेड कराते डो -को अनुमति मुताबिक नै काम गर्न अनिवार्य रहनुपर्ने बताए। ब्ल्याक बेल्ट समितिले यसमा आवश्यक नियम, विधान रहेको तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलमा अनिवार्य रुपमा सहमतिको निर्णय पालन गरिनुपर्ने राईले स्पष्ट पारे। उनले रिनाकमा कराते खेलले लोकप्रियता प्राप्त गरेको अनि यसमा एसोसिएशन,… Read More

नेवार गुठीद्वारा आयोजित प्रतिभाको खोज शो सीजन -2 को अडिसन

नेवार गुठीद्वारा आयोजित प्रतिभाको खोज शो सीजन -2 को अडिसन

सिङ्ताम, 20 अक्टोबर। सिक्किम नेवार गुठीद्वारा आयोजित राज्यस्तरीय खुल्ला प्रतिभाको खोज शो सीजन -2 हिजो सिङ्ताममा अडिसन सम्पन्न भयो। यस अडिशनमा 170 जनाले सहभागिता जनाएका थिए जसमध्ये 86 जना सहभागी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएका छन्। यस अडिसनमा सिक्किम, सिलगड़ी, खरसाङ, कालेबुङ अनि दार्जीलिङका सहभागीहरूले प्रदर्शनको विभिन्न वर्गमा भाग लिएका थिए। सिङ्ताम सरकारी उच्चत्तर माध्यमिक स्कूलका अवकाशप्राप्त शिक्षक सीपी प्रधान मुख्य अतिथिको रुपमा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा गुठीका रम्फू-सिङ्तामका पूर्व अध्यक्ष टीबी प्रधान, एसएनजी युवा अफेयरका सचिव सुसेन प्रधान, नेवा भाइ बाउनेकुटीका अध्यक्ष विनोद प्रधानको उपस्थिति रहेको थियो। उक्त अडिशनमा कोमल गुरुङ, मनोज राई र प्रजा प्रधान थिए भने राजेश प्रधान अवलोकनकर्ता थिए। बिनिता प्रधान-संयोजिका, एसएनजी -ले राज्यस्तर खुल्ला प्रतिभा हन्ट शो सीजन -2 को कार्यक्रमसहित सिक्किम नेवार गुठीको गठनको रजत जयन्ती वार्षिकोत्सवको बारेमा संक्षिप्त जानकारी गराइन्। सिङ्तामको सामुदायिक हलमा आयोजित यस कार्यक्रममा सबै उमेरका कलाकारहरूले भाग लिएका थिए, जहाँ केटा र केटी दुबैको समान सहभागिता थियो। अर्को अडिसन गान्तोकमा हुनेछ भने सहभागीहरू फेरि क्वार्टर फाइनल चरणको लागि सिङ्ताम फर्कने छन्। सिक्किम नेवार गुठीको सिल्वर जुबली समारोहको अवसरमा सिक्किम नेवार गुठी युवा मामिलाले सिक्किम नेवार गुठीको रजत जयन्ती समारोहका अवसरमा यस खुल्ला प्रतिभाको खोजको कार्यक्रमको आयोजना गरेको जानकारी शितल प्रधानले दिएका छन्।