कुर्सीसँगै सिक्किम र सिक्किमेको अधिकार पनि बिक्री भएको छैन के? पवन चामलिङ

कुर्सीसँगै सिक्किम र सिक्किमेको अधिकार पनि बिक्री भएको छैन के? पवन चामलिङ

गान्तोक, 18 अक्टोबर। राज्यका तीनवटा निर्वाचन क्षेत्रमा भइरहेको उप-चुनाउ विषयमा वर्तमान सरकारले तानशाही काण्ड गरिरहेको आरोप लगाउँदै सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पोकलोक-कामराङ निर्वाचन क्षेत्रको पोलिङ बुथ क्याप्चर हुनसक्ने प्रबल आशङ्का रहेको बताएका छन्। वर्तमान एसकेएम सरकार आफ्नो जिम्मेवारीदेखि भागेको आरोप लगाउँदै उनले एसकेएम पार्टीले सिक्किमे जनताको जन्मसिद्ध अधिकारको उपभोग गर्न नदिएको बताए। सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टी तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले उनको राजनीतिक करिअरलाई कसैले समाप्त गर्नु नसक्ने दावी गरेका छन्। उनको राजनीतिक करिअरलाई समाप्त गर्नुसक्ने व्यक्तिको अहिलेसम्म जन्म नभएको पनि उनले ठोकुवा गरे। तर, उनको जीवनलाई भने अन्त्य गर्नसक्ने उनले आशङ्गा व्यक्त गरे। उनी शुक्रबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। एसडीएफ अध्यक्ष चामलिङले भने, पोकलोक-कामराङका जनतालाई आफ्नो मतको स्वतन्त्र प्रयोग गर्न दिइएको छैन। जनतालाई आतङ्कित गरेर राखेको छ, अज्ञात मानिसहरू मुखमा पट्टी बाँधेर हिँड्दैछन्, पोकलोक-कामराङमा कानून व्यवस्था पूर्णरूपमा विफल भएको अनि खण्ड विकास अधिकारी र सरकारी अधिकारीहरू एसकेएमका पार्टी कार्यकर्ताको रूपमा काम गरिरहेका छन्। पोकलोक-कामराङमा आफू चुनाउ प्रचारमा जाँदा ढुङ्गाको प्रयोग गरिएको र आफ्नो सभास्थलसम्म पुग्न नदिएको जानकारी गराउँदै उनले 25 वर्षसम्म मुख्यमन्त्री गर्नेलाई त यसरी हिँड्न दिएको छैन भने अन्य पार्टीका उम्मेद्वार अनि कार्यकर्ताको के हाल होला? भनेका छन्। सिक्किममा प्रजातन्त्रको हत्या भएको छ भन्दै उनले पोकलोक-कामराङका जनताले भोट… Read More

भाजपासित हात मिलाएर एसकेएमले आफ्नै खुट्टामा बञ्चरो हान्योः भाइचुङ भोटिया

भाजपासित हात मिलाएर एसकेएमले आफ्नै खुट्टामा बञ्चरो हान्योः भाइचुङ भोटिया

गान्तोक, 18 अक्टोबर (हिस)। सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भारतीय जनता पार्टी (भाजपा) -सित हात मिलाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरेको हाम्रो सिक्किम पार्टी (एचएसपी) -का कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले दावी गरेका छन्। भाजपाले यो उप-चुनाउमा दुइ सीट जितेपछि एक वर्षभित्रमा आफ्नो सरकार गठन गर्नसक्ने भोटियाले आशङ्का व्यक्त गरे। उनी शुक्रबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। एचएसपी कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले भने, ‘एसकेएम सरकारलाई एचएसपी र एसडीएफमध्ये कुनै पार्टीले पनि लड़ाउनसक्दैन। यो काम भाजपाले गर्नुसक्छ। यसकारण, भाजपालाई विजयी बनाउनु भनेको एसकेएमले आफ्नै खुट्टामा बञ्चरो हान्नु हो। हामीले जित्यौं भने एसकेएम सरकारसित मिलेर काम गर्नेछौं।’ एचएसपीले चुनाउ जितेको खण्डमा एसकेएम सरकार अझ सुरक्षित बन्ने उनले आशय व्यक्त गरे। यो उप-चुनाउमा एसकेएम र भाजपाबीच भएको गठबन्धनलाई लिएर एसकेएमका कतिपय नेतृत्वहरू पनि खुशी नरहेको उनले दावी गरे। उनले यो चुनाउमा कुनै पनि स्थितिमा भाजपा उम्मेद्वारहरूलाई जित्नु दिनु हुँदैन भन्दै स्वतन्त्र उम्मेद्वारहरूलाई पनि एक बन्नुपर्ने आह्वान गरे। भोटियाले एसकेएम र एसडीएफका कतिपय कार्यकर्ताहरूले पनि आफूलाई समर्थन गरिरहेको दाबी गरे। अर्कोतिर, चुनाउ-प्रचार प्रसारको निम्ति हिजो केन्द्रीय मन्त्री किरण रिजिजु सिक्किम आए पनि केन्द्रमा लम्बित विभिन्न मुद्दाहरूबारे आश्‍वासनसमेत नदिएको बताए। लिम्बू-तामाङको सीटको मुद्दा, सिक्किमे नेपालीको सीट पुनर्बहाली, जनजाति मामिला आदि विषय कुरा पनि ननिकालेको उनले बताए। भाजपाले बङ्गालमा पनि आफ्नो सरकार गठन… Read More

पोकलोक-कामराङबाट एसडीएफको जीत निश्‍चित, कुनै शक्तिले रोक्नसक्दैनः पवन चामलिङ

पोकलोक-कामराङबाट एसडीएफको जीत निश्‍चित, कुनै शक्तिले रोक्नसक्दैनः पवन चामलिङ

गान्तोक, 18 अक्टोबर (हिस)। विपक्षी सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले शुक्रबारदेखि गान्तोक निर्वाचन क्षेत्रमा चुनाउ प्रचार-प्रसार शुरू गरेका छन्। राजधानीको डीपीएच एरियाबाट चुनाउ प्रचार शुरू गर्दै चामलिङले एसडीएफ उम्मेद्वार श्रीमती आर. ओङ्गमुलाई भोट दिएर विजयी बनाउन स्थानीय मतदाताहरूलाई अपील गरे। उनले आज अनि भोलि गान्तोक निर्वाचन क्षेत्रमा चुनाउ प्रचार गर्नेछन्। चुनाउ प्रचारकै क्रममा पत्रकारहरूसित कुराकानी गर्दै पूर्व मुख्यमन्त्री चामलिङले सिक्किममा कानून एवं व्यवस्था पूर्ण रूपमा भङ्ग भएको दावी गर्दै राज्यमा राष्ट्रपति शासन लगाउनुपर्ने माग पुनः दोहोर्‍याए। उनले सिक्किममा राष्ट्रपति शासन लगाएर मध्यावधि चुनाउ आयोजन गर्नुपर्छ र जनतालाई आफ्नो सरकार छान्ने मौका प्रदान गर्नुपर्छ भने। उनले आज राज्यका चारै जिल्लामा अशान्ति फैलिएको बताए। उनले भने, ‘पोकलोक-कामराङ निर्वाचन क्षेत्रमा अरू पार्टीहरूलाई भित्र पस्न दिइएको छैन। म स्वयं पनि चार दिन चुनाउ प्रचार-प्रसारको निम्ति पोकलोक-कामराङ गएको थिएँ। मलाई चार दिन नै एसकेएम पार्टीको नाममा बाहिरबाट ल्याइएका गुण्डाहरूले बाधा दियो। मेरो गाड़ीमा ढुङ्गाले हिर्काइयो। मेरो ज्यानसमेत लिने प्रयास गरियो। सिक्किममा अहिले कानून एवं व्यवस्था छैन, अराजकता छाएको छ।’ पुलिस प्रशासन पनि केवल मूकदर्शक बनेको बताउँदै चामलिङले पुलिसले बाहिरबाट ल्याइएका गुण्डाहरूको इशारामा काम गरिरहेको आरोप लगाए। उनले अझ भने, ‘पोकलाक-कामराङमा बाहिरका गुण्डाहरूले गाड़ी चेक गर्छन्। म चार दिन घुम्दा हरेक मोडमा मेरो गाड़ी चेक गरियो। एउटा गाड़ी पचासपल्ट चेक… Read More

पोकलोक-कामराङ समष्टिको उप-चुनाउका लागि विशेष पर्यवेक्षक नियुक्त

पोकलोक-कामराङ समष्टिको उप-चुनाउका लागि विशेष पर्यवेक्षक नियुक्त

गान्तोक, 18 अक्टोबर। भारतको निर्वाचन आयोगले एसडीएफ पार्टीद्वारा दर्ता गरिएको याचिकामाथि सुनवाई गर्दै पोकलोक-कामराङ समष्टिको उप-चुनाउका लागि विशेष पर्यवेक्षक नियुक्ति गरेको छ। निर्वाचन आयोगले भारतीय पुलिस सेवा आन्ध्र प्रदेश क्याडरका 1981 ब्याचबाट सेवानिवृत्त अधिकारी विवेक दुबेलाई विशेष पर्यवेक्षक नियुक्त गरेको छ। दुबेलाई कानून व्यवस्थाको स्थिति तथा निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरूको तैनाती र सुरक्षासित सम्बन्धित अन्य मुद्दाहरूका बारेमा निर्वाचन आयोगलाई रिपोर्ट पठाउने दायित्व छ। निर्वाचन आयोगले चुनाउसित सम्बन्धित जानकारी र उजुरीको आधारमा विशेष पर्यवेक्षक नियुक्ति गर्ने फसेला गरेको आज आयोगद्वारा जारी विज्ञप्तिमा बताइएको छ। स्मरण गराइन्छ, अप्रेल, 2019 -मा सम्पन्न आम चुनाउको समय श्री दुबेलाई पश्‍चिम बङ्गालमा पनि विशेष पर्यवेक्षकको रूपमा नियुक्त गरिएको थियो। उल्लेखनीय छ, पोकलोक-कामराङ समष्टिमा चुनाउ प्रचारका समयमा हिंसात्मक गतिविधि भइरहेको र पुलिस प्रशासन हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न विफल भइरहेको बताउँदै एसडीएफ पार्टीले निर्वाचन आयोगसमक्ष उजुरी दर्ता गरेको थियो। वर्ष 1994 -देखि निरन्तर एसडीएफ पार्टीले जीत दर्ता गर्दै आएको पोकलोक-कामराङ समष्टिको उप-चुनाउमा यसपल्ट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पी.एस. गोलेले चुनाउ लड्ने भएपछि यस समष्टिमा एसकेएम पार्टीका समर्थकहरूले हिंसक गतिविधि सञ्चालन गरेर एसडीएफ पार्टीलाई चुनाउ प्रचार गर्न बाधा गरिरहेको एसडीएफ पार्टीले निरन्तर उजुरी गरेको छ। 10 अक्टोबरको दिन एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङ समष्टिको लोअर दोरपअन्तर्गत टिम्बुरेमा चुनाउ प्रचार गर्न जाँदा एसकेएम समर्थकहरूले आक्रमण गरेका थिए। यस घटनामा एसडीएफ… Read More

भ्रम र अफवाहको भरमा टाइमपास राजनीति गर्नेहरूको राजनीति समाप्त हुनेछः भाजपा

भ्रम र अफवाहको भरमा टाइमपास राजनीति गर्नेहरूको राजनीति समाप्त हुनेछः भाजपा

गान्तोक, 18 अक्टोबर (हिस)। राज्यका तीनवटा निर्वाचन क्षेत्रको उप-चुनाउलाई लिएर अहिले प्रचार अभियान अन्तिम चरणमा आइपुगेको छ। भारतीय जनता पार्टीले यस उप-चुनाउमा दुइवटा निर्वाचन क्षेत्र 24 मार्ताम-रूम्तेक अनि 27 गान्तोक निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेद्वारहरू खड़ा गरेको छ, जसलाई राज्यको सत्तारूढ़ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले समर्थन गरिरहेको छ। अहिले दुवै क्षेत्रमा एसकेएमसमर्थित भाजपा उम्मेद्वारहरू सोनाम छिरिङ भेञ्चुङपा अनि वाई.टी. लेप्चा आफ्नो जीत सुनिश्‍चित गर्न जनताको घर-दैलोमा प्रचार अभियान चलाइरहेका छन्। यसैगरी, दक्षिण सिक्किमको पोकलोक-कामराङबाट राज्यका मुख्यमन्त्री पी.एस. तामाङ स्वयं उप-चुनाउमा भाजपासमर्थित एसकेएम उम्मेद्वारको रूपमा मैदानमा छन्। सिक्किमको सर्वाङ्गीण विकास, केन्द्रसमक्ष थाँतीमा रहेका राज्यका राजनैतिक मुद्दाहरूको छिनोफानो, पुराना कानूनहरूको पूर्ण सुरक्षाको वचन लिएर जनतासमक्ष गइरहेको भारतीय जनता पार्टीलाई अहिले अपार जनसमर्थन प्राप्त भइरहेको प्रदेश भाजपा महासचिव एस.बी. कार्कीले प्रेस विज्ञप्तिमा दावी गरेका छन्। विज्ञप्तिअनुसार चुनाउ प्रचार अवधिमा विपक्षी दल तथा स्वतन्त्र उम्मेद्वारहरूले भारतीय जनता पार्टीलाई होंचो बनाउने धेरै प्रयासहरू गरे पनि भाजपाले जनतासमक्ष सधैं सत्य तथ्य पस्कँदै आएको छ। हिजो मात्र केन्द्रीय अल्पसङ्ख्यक मामिलाका राज्यमन्त्री किरण रिजिजुले भाजपा-एसकेएम गठबन्धनको पक्षमा प्रचार गर्दै जनतामाझ फैलाइएका अफवाह अनि भ्रमहरूलाई धेरै हदसम्म निर्मूल पार्ने कार्य गरेका छन्। हिजोको ऐतिहासिक जनसभाबाट सिक्किमको निम्ति केन्द्रीय राज्यमन्त्रीले जति आश्‍वासन र भरोसा दिलाउनु भएको छ, भविष्यमा समृद्ध अनि विकसित सिक्किम निर्माणको निम्ति एउटा माइलखुट्टी साबित हुनेछ। विज्ञप्तिमा अझ भनिएको… Read More

मेरो एसकेएम सरकारसित होइन, भाजपासित विमती छः दिले नाम्ग्याल

मेरो एसकेएम सरकारसित होइन, भाजपासित विमती छः दिले नाम्ग्याल

गान्तोक, 18 अक्टोबर। गान्तोक निर्वाचन क्षेत्रको निर्दलीय उम्मेद्वार दिले नाम्ग्याल बर्फुङ्पाले सिक्किमको अस्तित्व बचाउनको निम्ति यसपालि चुनाउमा आफूलाई मतदान गर्नुपर्ने अनि यो विषयलाई जनताले बुझिसकेको दावी गरेका छन्। राजधानीमा चुनाउ प्रचारकै क्रममा पत्रकार सम्मेलन आयोजन गरेर आफ्नो जीत निश्‍चित रहेको दावी गर्दै गान्तोकमा आफ्ना प्रतिद्वन्द्वी एसकेएमसमर्थित भाजपाका प्रार्थी वाई.टी. लेप्चा ठेगाना नभएको व्यक्तिले गान्तोकेको कुनै भविष्य सुनिश्‍चित गर्न नसक्ने दावी गरे। उनले भने, गान्तोकमा आफ्नो ठेगाना नभएको भाजपाको उम्मेद्वारले गान्तोकवासीको विकास गर्नसक्दैन। आफू भाजपाले सिक्किमे राजनीतिमा गरेको गुल्चे खेलाइले मात्र चुनाउमा खड़ा हुन बाध्य बनेको अनि जनताले यसबारे बुझिसकेको दावी गरे। उनले भने, मेरो नैतिक समर्थन एसकेएम पार्टी र सरकारलाई रहेको छ भने भविष्यमा पनि रहनेछ तर गान्तोक निर्वाचन क्षेत्रको उप-चुनाउमा एसकेएमले आफ्नो उम्मेद्वार खड़ा नगरेर भाजपाको उम्मेद्वार खड़ा गरेपछि सिक्किमको पुरानो कानून र सुरक्षालाई बचाउनको निम्ति आफूले चुनाउमा उत्रिने निर्णय गरेको बताए। उनले चुनाउ जितेपछि दल परिवर्तन गर्ने आफ्नो नीति नरहेको बताउँदै सिक्किममा आफू मात्र तीस वर्षदेखि लगातार रूपमा विपक्षीको इमान्दार भूमिका निर्वाह गरिरहेको र कहिल्यै पार्टी परिवर्तन नगरेको बताउँदै चुनाउमा जितेपछि पनि आफू विपक्षीको रूपमै गान्तोक र सिक्किमेको सुरक्षा र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गरे। उनले गान्तोकमा बस्ने जनतालाई फिल्टर वितरण गर्नको साटो पानीको मुहानमै फिल्टर लगाएर सबै स्वच्छ पानी वितरण गर्ने, पुरानो एसटीएनएम अस्पतालमा सुपर… Read More

गोर्खाल्याण्डलाई एकीरकरणको बाटो छिराउन एसकेएम-भाजपाको गठबन्धनः के.बी. राई

गोर्खाल्याण्डलाई एकीरकरणको बाटो छिराउन एसकेएम-भाजपाको गठबन्धनः के.बी. राई

गान्तोक, 18 अक्टोबर। भाजपा र एसकेएमको गठबन्धनलाई सिक्किमको विकास र लम्बित मुद्दाहरूसित जोड़ेर भइरहेको चुनावी व्याख्यानमाथि कठोर प्रहार गर्दै सिक्किम रिपब्लिकन पार्टीले भाजपाले एसकेएम र एसडीएफलाई देखाउने दाँत बनाएर सिक्किमको अस्तित्व चबाउने भाजपाको दाँत पल्हाइसकेको गम्भीर आरोप लगाएको छ। शुक्रबार प्रेस क्लब अव् सिक्किममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसआरपी अध्यक्ष के.बी. राईले अब भ्रष्टाचारविरोधी नारा लिएर सत्तामा पुगेको एसकेएम पार्टीको सरकार भ्रष्टाचारीहरूसितै गठबन्धनमा रहेर काम गरिरहेको आरोप लगाए। उनले भ्रष्टाचारमुक्त भारत र सिक्किमको नारा दिने एसकेएम र भाजपा दुवैले चोर दैलोबाट पछिल्लो सरकारमा भ्रष्टाचार गर्नेहरूलाई नै लिएर गठबन्धन गरेर सरकार चलाइरहेको हुनाले अब भ्रष्टाचारमुक्त सिक्किम बनाउँछु भन्ने नारा सकिएको बताए। गान्तोक निर्वाचन क्षेत्रको उप-चुनाउका एसआरपी उम्मेद्वार एस.टी. लेप्चासितै कार्यकारी अध्यक्ष चक्रपाणि भट्टराई साथै अन्यको उपस्थितिमा भएको सम्मेलनमा अध्यक्ष राईले भाजपा र एसकेएमको गठबन्धनले सिक्किमका दुइवटा विधानसभा सीट बीजेपीको नाममा छोड़ेर भाजपालाई सिक्किम पस्ने मूल दैलो खोलिदिएको आरोप लगाए। उनले हिजो मात्र भाजका स्टार प्रचारक केन्द्रीय खेलकूद तथा युवा मामिला मन्त्री किरण रिजिजुले गठबन्धनबारे कुनै लिखत-पत्र जारी नगरेपछि एसकेएम पार्टीले दिउँसै जनताको आँखा फूला पारेको आरोप लगाए। सिक्किमको अस्मिताको सुरक्षा केवल विधानसभा आरक्षणले हुनाले बीएल-लाई पनि खतरामा पारेको अनि भाजपालाई दुइ सीट सुम्पिएर राजनीतिक अस्मिता खतरामा हाल्ने काम गरेको अनि अहिले एसकेएम र एसडीएफ भाजपामा विलय भइसकेको दावी गरे। उनले… Read More

पोकलोक-कामराङमा एसकेएमको सभा

पोकलोक-कामराङमा एसकेएमको सभा

मुख्यमन्त्री गोलेले खने पवन चामलिङको खोइरो सरोज गुरूङ गान्तोक, 18 अक्टोबर। आउँदो उप-चुनाउलाई केन्द्र गर्दै युद्धस्तरमा सम्पन्न भइरहेको सत्तारूढ एसकेएम पार्टीको चुनाउ सभा आज पोकलोक-कामराङ समष्टिको कामराङ खेल मैदानमा सम्पन्न भयो। उप-चुनाउको प्रचारप्रसार थामिन ठीकअघि समष्टिस्तरीय चुनाउ सभामा एसकेएम पार्टीका अध्यक्ष एवं पार्टी प्रत्याशी पी.एस. गोलेको सभामा जनसैलाब उर्लिएर एक प्रकारले शक्ति प्रदर्शन पनि गर्‍यो। सभामा पार्टी अध्यक्ष एवं पोकलोक-कामराङ समष्टिका एसकेएम प्रत्याशी पी.एस. गोल सँगसँगै विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीगण, मुख्यमन्त्रीका सल्लाहकारगण, सांसद इन्द्रहाङ सुब्बा, घटक पार्टी एसकेएम र भाजपा पार्टीका विधायकगण, मुख्यमन्त्री राजनैतिक सचिव, पार्टीका वरिष्ठ नेताहरू, जिल्ला तथा ग्राम पञ्चायत र सम्बन्धित समष्टिका आम जनताको पनि बाक्लो उपस्थिति रहेको थियो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेम सिंह तामाङले आज कामराङको खेलमैदानमा पोकलोक-कामराङको समष्टिस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सिक्किमको राजनैतिक इतिहासमा पवन चामलिङ डुबेको घाम हो भन्दै फेरि चामलिङ सत्तामा फर्केर आउँदैन भने। पोकलोक-कामराङ समष्टिमा उप-चुनाउको निम्ति एसकेएम पार्टीको प्रत्याशीको रूपमा चुनाउ मैदानमा रहेका गोलेले पूर्व मुख्यमन्त्री पवन चामलिङको खोइरो खने। जुन व्यक्तिले सिक्किमलाई जात जातमा टुक्रायो, धर्म धर्ममा विभाजन गर्‍यो, त्यही मान्छे आज पागलजस्तै भएर घुम्दैछ भन्दै गोलेले चामलिङलाई तिखो प्रहार गरे। मुख्यमन्त्री गोलेले अघि भने, आफ्नो पराजय स्वीकार्न गर्न नसक्ने मान्छेसँग जनता होशियार हुनुपर्छ। जात र धर्मको नाममा जनतालाई भ्रमित गर्दैछन्। तर चामलिङ फर्केर… Read More

पूर्व जिल्लामा पोलिङ र प्रिसाडिङ अधिकारीहरूको प्रशिक्षण

पूर्व जिल्लामा पोलिङ र प्रिसाडिङ अधिकारीहरूको प्रशिक्षण

गान्तोक, 18 अक्टोबर। पूर्व जिल्लाको दुईवटा समष्टि गान्तोक र मार्ताम-रूम्तेकको उप-चुनाउका लागि दायित्व प्राप्त पोलिङ र प्रिसाडिङ अधिकारीहरूको प्रशिक्षण कार्यक्रम आज सिच्छेस्थित जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा सम्पन्न भयो। अन्तिम चरणको यो तालिममा संयुक्त सचिव महेश शर्मा प्रमुख स्रोतवक्ता रहेका थिए। यस अवसरमा अधिकारीहरूलाई उनले विभिन्न दायित्वहरू अवगत गराउँदै भोटिङ मशीन, ईभीएम र अन्य विषयमा पनि विस्तारमा बताए। विशेष गरी मतदानको गोपनीयता, मतदान सुचारू सञ्चालन गर्न तथा मतदान केन्द्रमा शान्ति कायम राख्न ध्यान दिनुपर्ने प्रक्रिया र आवश्यक विषय वस्तुमा पनि उनले ध्यानाकर्षण गराए। यसरी नै निर्वाचन आयोगको मार्गदर्शनअनुसार अभ्यास मतदान गर्दा मतदानको दिन 50 जना मतदाताहरूलाई अभ्यास मतदान गराउनुपर्ने, यसपछि आवश्यक प्रक्रिया पूरा गरेर मतदान शुरू गर्नुपर्नेबारे पनि विस्तारमा बताए।

नाम्चीमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको अन्तिम चरणको प्रशिक्षण कार्यक्रम

नाम्चीमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको अन्तिम चरणको प्रशिक्षण कार्यक्रम

नाम्ची, 18 अक्टोबर। पोकलोक-कामराङ समष्टिको उपचुनाउका लागि दायित्व प्राप्त प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आज नाम्चीस्थित जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा सम्पन्न भयो। प्रशिक्षणमा गेजिङका महकुमा अधिकारी तुषार निखरे र याङगाङका महकुमा अधिकारी साङ्गे ग्याछो भोटिया प्रमुख स्रोतवक्ता रहेका थिए।अन्तिम चरणको प्रशिक्षण कण्ट्रोल युनिट तयार गर्ने, कण्ट्रोल युनिटमा ग्रीन पेपर शील्ड, भीभीपीएटी र अन्य बन्द गर्ने आदि विषयहरू सामेल थिए।