एसडीएफ केन्द्रीय समितिमा 28 जना नयाँ अनुहार

एसडीएफ केन्द्रीय समितिमा 28 जना नयाँ अनुहार

गान्तोक, 25 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा 28 नयाँ नियुक्ति भएका छन्। नयाँ नियुक्तिमा पार्टीको वरिष्ठ उपाध्यक्षमा 13 जना, उपाध्यक्ष 9 जना, महासचिव प्रशासन, महासचिव, सीएलसी अध्यक्ष, चेली संयोजिका सामेल छन्। एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले पार्टी संविधानको धारा 26 -ले प्रदान गरेको विभिन्न अधिकारलाई प्रयोग गर्दै यो नयाँ नियुक्ति गरेका छन्। वरिष्ठ उपाध्यक्ष पदको नयाँ नियुक्तिमा पूर्व मन्त्री डी.डी. भोटिया, जी.एम. गुरूङ, पूर्व विधानसभा अध्यक्ष के.एन. राई, पूर्व मन्त्री एस.बी. सुवेदी, पूर्व विधायक एस.के. प्रधान (वरिष्ठ उपाध्यक्ष प्रशासन), पूर्व मन्त्री भीम ढुङ्गेल, पूर्व मन्त्री एन.के. प्रधान, पूर्व विधानसभा अध्यक्ष के.टी. ग्याल्छेन, पूर्व मन्त्री रिञ्जिङ अङ्मु, पूर्व मन्त्री सोनाम ग्याछो लेप्चा, सोमनाथ पौड्याल, पूर्व विधानसभा अध्यक्ष मिङ्मा शेर्पा र पूर्व मन्त्री ओ.टी. भोटिया सामेल छन्। यसरी नै पार्टी उपाध्यक्षको पदमा पूर्व मन्त्री दाउछो लेप्चा, तुलसीदेवी राई, तिलु गुरूङ, पूर्व विधायक मनिता प्रधान, चन्द्रमाया सुब्बा, एमप्रसाद शर्मा, पुरण गुरुङ, तेञ्जी शेर्पा र पूर्व चेयरमेन बसन्त लामिछाने सामेल छन्। यसरी नै आरिथाङका आमोस आर. लेप्चा महासचिव प्रशासन, दरापका सुशीलक ुमार तामाङ महासचिव नियुक्त भएका छन्। यसरी नै रङ्गेलीका दावा छिरिङ भोटियालाई छुजाचेन समष्टिको सीएलसी अध्यक्ष नियुक्त गरिएको छ भने नाम्ची-सिङ्गीथाङ समष्टिको सीएलसी चेली संयोजिका मणिराम भञ्ज्याङकी अरूणा मङ्गरलाई नियुक्त गरिएको छ। यसरी नै पश्‍चिम पाण्डाम समष्टिअन्तर्गत कर्मीथाङकी नन्दादेवी… Read More

डा. ए.डी. सुब्बाले एसडीएफ पार्टीबाट राजीनामा दिए

डा. ए.डी. सुब्बाले एसडीएफ पार्टीबाट राजीनामा दिए

गान्तोक, 25 सेप्टेम्बर। पूर्व एसडीएफ सरकारमा स्वास्थ्य विभागका सल्लाहकार रहेका डा. ए.डी. सुब्बाले पार्टीको प्राथमिक सदस्यतासहित उपाध्यक्ष पदबाट राजीनामा दिएका छन्। डा. सुब्बाका साथै पश्‍चिम सिक्किमअन्तर्गत सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रको एसडीएफ सीएलसी उपाध्यक्ष बी.एल. गुरूङ, येशु गुरूङलगायत दश जनाले राजीनामा दिएका छन्। उक्त जानकारी बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिइयो। डा. सुब्बाले आफ्नो राजीनामा पत्र एसडीएफ मुख्यालयमा सुम्पिसकेका छन् भने अन्यले पत्रकार सम्मेलनपछि बुझाउने बताइएको छ। डा. सुब्बाले आज एसडीएफ पार्टीबाट राजीनामा दिएको बताउँदै एसडीएफका अन्य धेरै नेताहरू पनि लाइनमा रहेको दावी गरे। उनले एसडीएफका दश विधायक कसैसित सर-सल्लाह नगरी भाजपामा सामेल भएको बताउँदै राज्यका जनता अहिले अन्योलको स्थितिमा रहेको बताए। उनले आफू समयअनुसार चल्ने व्यक्ति रहेको र भावी निर्णय पनि समयअनुसार नै लिने बताए। उनले आफ्ना समर्थकहरू र शुभचिन्तकहरूसित सर-सल्लाह गरेर निर्णय लिने बताए। भाजपामा प्रवेश गर्ने हल्लाबारे प्रश्‍न गर्दा भाजपाले पार्टीमा आउने आग्रह गरिरहेको तर आफूले यसबारे केही निर्णय नलिएको उनले बताए। यसैगरी, बी.एल. गुरूङले एसडीएफका दश विधायक भाजपामा सामेल भएपछि पार्टीभित्र आत्मालोचना हुनुपर्ने तर नभएको बताए।

एसडीएफ पार्टी अध्यक्षद्वारा मल्लीको भ्रमण

एसडीएफ पार्टी अध्यक्षद्वारा मल्लीको भ्रमण

गान्तोक, 25 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले आज दक्षिण सिक्किमको मल्ली भ्रमण गरे। यस भ्रमणको अवसरमा पार्टी अध्यक्ष पवन चामलिङले मल्ली डाँडा निवासी स्वर्गीय पद्मावती तामाङको अन्त्येष्टि कार्यमा उपस्थित भएर शोकाकुल परिवारसित भेट गरे। यस अवसरमा उनले स्वर्गीय पद्मावती तामाङको आत्मालाई शान्ति प्राप्त होस् भन्ने कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे। जानकारीअनुसार 27 सेप्टेम्बरको दिन पार्टी अध्यक्ष पवन चामलिङले पश्‍चिम सिक्किमको योक्समअन्तर्गत चोङ गाउँको भ्रमण गर्ने छन्। पैह्रो प्रभावित परिवार तथा पीड़ितहरूसित भेट गर्ने कार्यक्रम रहेको छ।

पण्डित उपाध्यायकै दर्शनका कारण भाजपा विश्‍वको ठूलो पार्टी बनेको छः डा. देवश्री चौधरी

पण्डित उपाध्यायकै  दर्शनका कारण भाजपा विश्‍वको ठूलो पार्टी बनेको छः डा. देवश्री चौधरी

गान्तोक, 25 सेप्टेम्बर। पण्डित दीनदयाल उपाध्यायको दर्शनकै कारण आज भारतीय जनता पार्टी (भाजपा) विश्‍वकै सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्नु पुगेको मनतव्य केन्द्रीय महिला एवं बाल विकास राज्यमन्त्री डा. देवश्री चौधरीले व्यक्त गरेकी छन्। राजधानी गान्तोकमा बुधबार पत्रकारहरूसित कुराकानी गर्दै उनले यस्तो मन्तव्य व्यक्त गरिन्। दुइदिने सिक्किम भ्रमणमा आएकी राज्यमन्त्री डा. चौधरीलगायत राज्य भाजपाका पदाधिकारीहरूले पत्रकार सम्मेलनअघि पण्डित दीनदयाल उपाध्यायको फोटोअघि क्याण्डल बालेर श्रद्धाञ्जलि दिएका थिए। पण्डित दीनदयाल उपाध्यायले समाजका किनारीकृत वर्गको उत्थानको निम्ति काम गरेको बताउँदै भाजपाले पनि आज उनको उक्त दर्शनकै आधारमा देश विकासको निम्ति काम गरिरहेको केन्द्रीय मन्त्री चौधरीले बताइन्। पण्डित उपाध्यायको दर्शनमा अगाड़ि बढ़े भारतलाई विकसित देश बनाउनसकिने उनले विश्‍वास प्रकट गरिन्। अर्कोतिर, डा. चौधरीले देशको पूर्वोत्तर राज्यलाई वर्षौंसम्म टाढ़ा राख्ने काम भएको, तर प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तरलाई देशको मूलधारामा ल्याउन पहल गरिरहेको बताइन्। प्रधानमन्त्रीको यसै सोचअन्तर्गत आज आफू सिक्किम भ्रमणमा आइपुगेको बताइन्। यसबाहेक धारा 370 के हो र यसलाई किन हटाइयो भन्ने विषयमा आयोजना गरिने पार्टीको एक कार्यक्रममा पनि सहभागी बन्ने उनले जानकारी दिइन्।-हिस

पण्डित दीनदयाल उपाध्यायको 103औं जन्मजयन्ती मनाइयो

पण्डित दीनदयाल उपाध्यायको 103औं जन्मजयन्ती मनाइयो

गान्तोक, 25 सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा), सिक्किम प्रदेश एकाइले बुधबार सिङ्तामस्थित पार्टी मुख्यालयमा पं. दीनदयाल उपाध्यायको 103औं जन्मजयन्ती एक कार्यक्रमबीच मनायो। यस अवसरमा पार्टी प्रदेश महामन्त्री एस.बी. कार्की, पार्टीका विधायकगण, पदाधिकारी एवं कार्यकर्ताहरूको उपस्थिति जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। कार्यक्रमको थालनी पण्डित दीनदयाल उपाध्यायको तस्वीरमा माल्यार्पण एवं द्वीप प्रज्ज्वलन गरेर गरिएको थियो। कार्यक्रममा पार्टीका पूर्व प्रदेश अध्यक्ष पदम छेत्रीले पं. दीनदयाल उपाध्यायको जीवनी, उनले गरेका संघर्ष, उनको व्यक्तित्व अनि कृतित्वमाथि प्रकाश पार्दै विस्तृत जीवनी पठन गरेका थिए। यस अवसरमा पं. उपाध्यायका विविध दर्शनहरूबारे उपस्थितजनमा चर्चा-परिचर्चा पनि गरियो। स्मरण गराइन्छ, प. दीनदयाल उपाध्यायको जन्म 25 सेप्टेम्बर, 1916 -मा मथुरा जिल्लाको नगला चन्द्रभान गाउँमा भएको थियो। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) -का चिन्तक तथा सङ्गठनकर्ता रहेका उपाध्याय पछि गएर भारतीय जनसङ्घ (जो पछि गएर भारतीय जनता पार्टी बन्यो) -का अध्यक्ष पनि रहेका थिए। राजनीतिबाहेक साहित्यप्रति पनि गहिरो अभिरूचि राख्ने पं. उपाध्याय दिसम्बर, 1967 -मा अखिल भारतीय जनसंघका अध्यक्ष बनेका थिए भने उनको मृत्यु 11 फरवरी, 1968-मा रहस्यमय ढङ्गमा भएको थियो। यसैगरी, गान्तोकमा पनि आज पं. उपाध्यायको 103औं जन्मजयन्तीको अवसरमा एउटा कार्यक्रम आयोजन गरियो, जसमा सिक्किम भ्रमणमा रहेकी केन्द्रीय महिला तथा बाल विकास राज्यमन्त्री डा. देवश्री चौधरी मुख्य अतिथि थिइन्। कार्यक्रममा मन्त्री चौधरीले पं. दीनदयालको तस्वीरमा पुष्पाञ्जलि अर्पण गर्दै द्वीप प्रज्ज्वलन गरिन्। पार्टीका… Read More

सिङताम बजारको प्रमुख सड़कमा परेको खाल्डाहरूलाई आज पुरियो

सिङताम बजारको प्रमुख सड़कमा परेको खाल्डाहरूलाई आज पुरियो

सिङताम, 25 सेप्टेम्बर। सिङताम थाना प्रभारी सन्तबहादुर गुरुङको विशेष सक्रियतामा आज सिङताम बजारको प्रमुख सड़कहरूमा भएको खाल्डाहरूलाई पुर्ने काम गरियो। सिङताम बजारबीचको सड़कहरू ठाउँ-ठाउँमा खाल्डा परेको तथा पानीको पाइपबाट लीक भएको पानीले मानिसहरूलाई मात्रै नभएर वाहनहरूको आवत-जावतमा पनि व्यापक असर पारिरहेको थियो। यस विषयलाई ध्यानमा राखेर आज पीआई सन्तबहादुर गुरुङको विशेष सक्रियतामा ती खाल्डाहरूलाई सिमिन्टेड ढलाई गरियो। यस कार्यलाई सिङतामका ट्याक्सी चालकहरूले पनि सहयोग गरेका थिए। पानी-झरीको मौसममा सिङताम बजारमा यी खाल्डाहरूमा जमेको पानीले मानिसहरूलाई आवत-जावत गर्नमा धेरै असुविधा भइरहेको थियो, जसलाई आज पुरिएकोले मानिसहरूले राहतका सास फेरेका छन्।

राज्यपाल गंगा प्रसादले 50औं राज्यपालहरूको सम्मेलन भाग लिए

राज्यपाल गंगा प्रसादले 50औं राज्यपालहरूको सम्मेलन भाग लिए

गान्तोक, 25 सेप्टेम्बर। सिक्किमका राज्यपाल गंगा प्रसादले नयाँ दिल्लीको चाणाक्यपुरीस्थित स्थानीय एउटा होटलमा आयोजित 50औं राज्यपालहरूको सम्मेलन उप-समूह परामर्शी बैठकमा भाग लिए। राजभवनले दिएको जानकारीअनुसार जनजाति मुद्दा, कृषिमा सुधार, जल जीवन अभियान, नयाँ शिक्षा नीति: उच्च शिक्षा र सहज जीवनयापनको निम्ति शासनजस्ता विषयहरू राज्यपाल अनि लेफ्टिनेण्ट राज्यपालहरूका विभिन्न उप समूहलाई आवण्टन गरिएको छ। सहज जीवनयापनको निम्ति शासन जुन उपसमूहलाई आवण्टन गरिएको छ, त्यस समूहका राज्यपाल प्रसाद पनि एक सदस्य हुन्। उप-समूहका संयोजक तथा पश्‍चिम बङ्गालका राज्यपाल जगदीप धनकरको अध्यक्षतामा आयोजित बैठकलाई सम्बोधन गर्दै राज्यपाल प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ भारत निर्माणको निम्ति दिएको नारा सबका साथ सबका विकास अनि सबका विश्‍वास विषयमाथि प्रकाश पारे। यसैगरी, उनले 2024-25 सम्म 5 खरब डलरको अर्थतन्त्र बनाउने, 2030 सम्ममा सतत् विकास लक्ष्यहरू प्राप्त गर्ने, 2047 सम्ममा विश्‍वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने लक्ष्य आदि विषयमाथि पनि प्रकाश पारेका थिए। राज्यपालले बहुक्षेत्रीय सुधार र जसरी सार्वजनिक संसाधनको प्रयोग भइरहेको छ, त्यसमा सुधारको आवश्यकतामाथि बल दिए। यसमा राष्ट्रिय संसाधनहरूको आवण्टन अनि प्रयोग, जन कल्याण विकास सम्बन्धी परियोजना अनि योजनाहरूमा सुधार, विकासीय योजनाहरूको निगरानी अनि मूल्याङ्कनमा सुधार आदि सामेल रहेको उनले बताए। उनले जन सेवा प्रतिपादनमा उत्तरदायित्व अनि प्रभावशीलता सुनिश्‍चित गर्नुपर्ने, नागरिक सेवा सुधार गर्नुपर्ने, ई-शासन र डिजिटाइजेशनमा ध्यान दिनुपर्ने कुराहरूमा आफ्नो सम्बोधनमा बताए। राज्यपाल प्रसादले स्वच्छ पेयजल,… Read More

जीटीएको मियाद फेरि 6 महिना बढ़्यो

जीटीएको मियाद फेरि 6 महिना बढ़्यो

गोरामुमोले बैठकपछि गर्ने निर्णय समय संवाददाता दार्जीलिङ, 25 सेप्टेम्बर। गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को मियाद अझै 6 महिनाको लागि बढ़्यो। पश्‍चिम बङ्गाल सरकारको गृह अनि पहाड़ी विषयक विभागले यसबारे एक अधिसूचना जारी गरेको छ, जसमा 6 महिनाको लागि जीटीए प्रशासनको मियाद बढ़ेको बताइएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले फेरि जीटीएको मियाद बढ़ाए आन्दोलनमा ओर्लिने धम्की दिएको थियो। जसबारे सोध्दा गोरामुमो नेता अजय एड्वर्डले यसबारे भोलि एक बैठक गरेर उचित निर्णय लिइने योजना बनाइएको बताए। गत 22 सेप्टेम्बरको दिन गोरामुमोले टिस्टाभेल्लीमा गोर्खाल्याण्ड जनजागरण दिवस समारोहलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले जीटीएको मियाद पुनः बढ़ाए अनि यसमा फेरि वर्तमान व्यक्तिहरूलाई नै राखिए गोरामुमोले दार्जीलिङ पहाड़का सम्पूर्ण जनतालाई लिएर सड़कमा ओर्लिने चेतुवनी दिएका थिए। उनले भनेका थिए, अब फेरि जीटीए बोर्ड अव् एडमिनिस्ट्रेटरको मियाद बढ़ाउने कुरा सुनिँदैछ। हामीले धेरै हेर्‍यौं, जीटीएमा मनोनीत भएका व्यक्तिहरूले राम्रो काम गर्छन् भन्ने आशा पनि गर्‍यौं। तर जीटीएमा पहाड़ विकासको लागि आएको पैसाले अन्य पार्टीका कार्यकर्ताहरू किन्ने काम हुँदैछ। विशेष गोरामुमोका नेताहरूलाई मोटो रकमको अफर हुँदैछ। यसप्रकारले जीटीएमा व्यापक धाँधली भइरहेको छ। यसैले अब सरकारले यहीं व्यक्तिहरूलाई फेरि जीटीएमा राखेर जीटीएको मियाद बढ़ाए गोरामुमो सड़कमा ओर्लिनेछ। उनले आफ्नो चेतावनीलाई सुक्खा धमास नसम्झिने पनि बताएका थिए। उनको मत थियो, दार्जीलिङमा भएको लोकसभा चुनाउ… Read More

आरएसएमा ट्रिनिटी म्युजिक कलेजद्वारा ग्रेड परीक्षा सम्पन्न

आरएसएमा ट्रिनिटी म्युजिक कलेजद्वारा ग्रेड परीक्षा सम्पन्न

गान्तोक, 25 सेप्टेम्बर। राजधानी आधारित रेमन्ती सङ्गीत एकाडेमी (आरएसए) -मा ट्रिनिटी म्ुूजिक कलेज, लण्डनद्वारा तीन दिवसीय ग्रेड परीक्षा आयोजना गरियो। आरएसएकी संस्थापक एवं एक चर्चित गायिका रेमन्ती राईले विश्‍वकै एउटा अति प्रतिष्ठित संस्थानले आरएसएमा परीक्षा आयोजना गर्नु अति नै गर्वको क्षण रहेको बताएकी छन्। उक्त परीक्षा तादोङस्थित आरएसएमा 23, 24 अनि 25 सेप्टेम्बरको दिन आयोजना गरिएको थियो। संस्थापिका राईले प्रतिष्ठित परीक्षा केन्द्र सिक्किममा ल्याउन सफल बनेको र आफ्ना विद्यार्थीहरूलाई वैश्‍विक मञ्च उपलब्ध गराउनसकेकोमा खुशी व्यक्त गरेकी छन्। तीन दिवसीय ग्रेड परीक्षामा गिटार, वायोलिन र पियानोका लगभग 70 विद्यार्थीले भाग लिएका थिए, जसमा प्रारम्भिक कक्षादेखि लिएर ग्रेड 5 सम्मका विद्यार्थीहरू सामेल थिए। यस अवसरमा लन्दन निवासी अन्तर्राष्ट्रिय परीक्षक जेम्स स्ट्रीटनले विद्यार्थीहरूको परीक्षा लिएका थिए। सङ्गीतको क्षेत्रमा उनी एक विश्‍व चर्चित व्यक्तित्व हुन्। पहिलोपल्ट सिक्किम आएका स्ट्रीटनले सङ्गीत शिक्षण स्तरको प्रशंसा गर्दै सम्पूर्ण आरएसए टीमप्रति उज्जवल भविष्यको निम्ति कामना गरेका छन्।

जैविक खेतीमाथि एक दिवसीय तालिम

जैविक खेतीमाथि एक दिवसीय तालिम

मङ्गन, 25 सेप्टेम्बर। 24 सेप्टेम्बर, 2019-को दिन उत्तर सिक्किमको हिग्याथाङको साङदुङ उच्च माध्यमिक स्कूलमा एक दिवसीय जैविक खेती अनि प्रमाणीकरण विषयमाथि स्थानीय कृषकहरूको निम्ति तालिम आयोजना गरियो। उक्त तालिममा स्थानीय ग्राम पञ्चायत, पञ्चायत उपसभापति, कृषि तथा बागवानी विभागबाट उपस्थित कर्मचारीवर्ग, जैविक कृषिका सेवा कार्यरत कर्मचारीवर्गसहित स्थानीय गाउँले कृषकहरूले भाग लिएका थिए। कार्यक्रमको आयोजना उत्तर सिक्किमको सेवा कार्यरत जैविक सिक्किमको तर्फबाट गरिएको थियो। गत 31 अगस्टमा माङ्सिला तिबुकमा, 28 अगस्टमा लिङदोङ घरभोग, 20 सेप्टेम्बरमा तिङछिममा 21 सेप्टेम्बरमा पासोङ्गदोङ साभो ग्राम पञ्चायत एकाइहरूमा स्थानीय पञ्चायतगण र विभागीय प्रमुखहरूको उपस्थितिमा सेवा कार्यरत जैविक सिक्किमले यस प्रकारको तालिम आयोजना गरेको थियो भने यस तालिममा स्थानीय कृषकहरूले यस प्रकारको तालिम कार्यक्रमहरूबाट जैविक मल, बिउ-बिजन साथै अन्य विभिन्न प्रकारका जानकारीहरूको फाइदा उठाउन सक्षम बनेका छन्। प्रत्येक कार्यक्रममा स्थानीय कृषकहरूलाई स्कोप प्रमाण पत्रबारेमा जानकारी गराउँदै आइरहेको अनि आ-आफ्ना क्षेत्रका कृषकहरूलाई जैविक खेतीमा पाइने स्कोप प्रमाण पत्रको महत्वबारे प्रत्येक कार्यक्रममा जानकारी गराउँदै आइरहेको उत्तर सिक्किमका जैविक सिक्किमका सेवा कार्यरतकी समन्वयक मिना शर्माले जानकारी गराएकी छन्।