पोकलोक-कामराङमा गोले बनाम मोजेस

पोकलोक-कामराङमा गोले बनाम मोजेस

गोलेलाई चुनाउ आयोगको क्लीन चिट् गान्तोक, 29 सेप्टेम्बर। भारतको निर्वाचन आयोगले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ 6 वर्षसम्म चुनाउ लड्न नसक्ने अयोग्यतालाई घटाएर पाँच वर्ष गरेको छ। निर्वाचन आयोगले निर्वाचन कानूनको प्रावधानअनुरूप यो सजाय घटाएपछि पी.एस. गोले अब विधानसभा चुनाउ लड्नका निम्ति योग्य बनेका छन्। स्मरण गराइन्छ, 10 अगस्त, 2018 -देखि मुख्यमन्त्री पी.एस. गोले चुनाउ लड्नका लागि 10 अगस्त, 2024 सम्म अयोग्य बनेका थिए। गोले 1996-97 -मा गाई वितरण योजनामा भ्रष्टाचार गरेको मुद्दामा दोषी प्रमाणित भएपछि न्यायालयले उनलाई यो सजाय सुनाएको थियो। यस मामिलाअन्तर्गत 2003 -मा एफआइआर दर्ता भएपछि सत्र न्यायालयले 28 दिसम्बर, 2016 -देखि जेल सजाय सुनाएको थियो। यसपछि गोलेले उच्च न्यायालय र सर्वोच्च न्यायालयमा पनि यस मामिलामा मुद्दा लड्ेपछि दुवै अदालतले उनको मामिलालाई खारिज गर्दै सत्र न्यायालयको फसेलालाई यथावत राखेको थियो। यसपछि गोलेले 10 अगस्त, 2017 देखि 10 अगस्त, 2018 -सम्म जेल सजाय काटेका थिए। जेल सजायसितै 10 अगस्त, 2018 -देखि 6 वर्षसम्म अर्थात 10 अगस्त, 2024 सम्म चुनाउ लड्न नपाउने सजाय भोगिरहेका गोलेको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले विधानसभा चुनाउमा बहुमत हासिल गरेपछि 27 मईको दिन मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए। यसपछि उनले जनप्रतिनिधि अधिनियमको धारा 11 अन्तर्गत निर्वाचन आयोगमा आफूमाथि लागेको सजाय अवधिलाई घटाउने आवेदन गरेका थिए। यस आवेदनमाथि सुनवाई गर्दै निर्वाचन आयोगले 29 सेप्टेम्बर… Read More

सिक्किमको अस्मिता र स्वाधीनता बिक्री भएको छः नवीन किरण

सिक्किमको अस्मिता र स्वाधीनता बिक्री भएको छः नवीन किरण

गान्तोक, 29 सेप्टेम्बर। सिक्किमको वर्तमान राजनीतिक परिवेश घातक बन्दै गइरहेको छ भन्दै सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नवीन किरणले सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा मुख्यमन्त्री पी.एस. गोलेले सिक्किम बेचेको आरोप लगाएका छन्। एसकेएम सरकारको शासन धेरथोर देख्यौं, चेत्यौं र चाख्यौं भन्दै उनले सिक्किममा भारतीय जनता पार्टी र एसकेएम-को गठबन्धनलाई काण्डको संज्ञा दिएका छन्। सिक्किमको रहल अस्मिता र स्वाधीनता बिक्री भएको छ, पवन चामलिङको 25 वर्षे शासन परिवर्तनहुँदा भन्दा पनि धेर हिजोको गठबन्धनको स्थितिले जनताको मन रोएको छ। हिजो बीजेपी-लाई दुइवटा सीट बेचिएको देखियो, जसले सिक्किमको आत्मसम्मानलाई घात पुर्‍याएको छ। राजनीतिज्ञहरूले सिक्किमको पोल्टिक्सलाई डर्टी पोल्टिक्स बनाएका छन् भन्दै नवीन किरण प्रधानले केन्द्रसँग मिलेर तर नझुकी सिक्किमको हितमा काम गर्ने स्वर्गीय नरबहादुर भण्डारीलाई स्मरण गरे। उनले भने, पूर्व मुख्यमन्त्री पवन चामलिङ केन्द्रसँग केही झुकेका थिए तर वर्तमान सरकार भने घुँड़ा टेकेको छ। गोले गिरेर सिक्किमको आत्मसम्मान बेचेर बैशाखीको आधारमा सरकार चलाउने काम गरेको हो। यस्तो कार्यले खुनको आँशु रूवाउने स्थितिको सिर्जना गरेको छ। उनले थप भने, मुख्यमन्त्री गोले बीजेपीको आशीर्वादले मुख्यमन्त्री भएका हुन् भन्दै पी.एस. गोलेको मुख्यमन्त्री बन्न संवैधानिक योग्यता भने नभएको बताए भने उनले त्यसै घटनाको कारण आज यो दिन देख्नुपरेको हो। उप-संयोजक नवीन किरणले सिक्किमको आत्मसम्मानलाई बचाउन कम्मर कस्नुपर्छ भनेका छन्। उनले भोटिया, लेप्चा र नेपाली नबनेर पहिले सिक्किमे बन्नुपर्छ भन्दै… Read More

बीजेपी-लाई बीएल सीट दिनु खतराको शङ्केतः पासाङ शेर्पा

बीजेपी-लाई बीएल सीट दिनु खतराको शङ्केतः पासाङ शेर्पा

गान्तोक, 29 सेप्टेम्बर। सिक्किममा आफ्नो चौकी, पैसा र व्यक्तिगत फाइदाको निम्ति राजनीति भइरहेको छ भन्दै स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा हुने पासङ ग्याली शेर्पाले आज पत्रकार सम्मेलनमा बताएका छन्। प्रेस क्लब अव् सिक्किमको सम्मेलन कक्षमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पासाङ शेर्पाले एसकेएम पार्टीको सरकारले सिक्किमे, सिक्किम आमा र आफैलाई बेचेको पनि आरोप लगाए। उनले अघि भने सिक्किममा बीजेपी ल्याउनु भनेको सिक्किमलाई खतरामा हाल्नु हो भन्ने सङ्केत दिएका छन्। उनले भारतीय जनता पार्टीको एक देश एक कानून, एनआरसी लागु गर्ने बुँदाहरूमाथि पनि सिक्किमको भविष्य असुरक्षित रहेको बताएका छन्। शेर्पाले सिक्किममा एनआरसी लागु गर्नु यहाँको पुरानो कानून र सिक्किम सब्जेक्टको विरोधमा हो भनेका छन्। मुख्यमन्त्री पी.एस. गोलेप्रति रुष्ठ हुँदै पासङ ग्याली शेर्पाले मुख्यमन्त्री गोलेले आफ्नो सत्ता बचाउनको निम्ति मात्र काम गर्दैछन् भनेका छन्। उनले यदि मजबुरीमा सबै कुरा भएको हो भने उनीहरूले मजबुरीमा आफ्नी आमा पनि बेच्नसक्छन्? भनी प्रश्‍न राखेका छन्। मुख्यमन्त्री गोलेलाई सिक्किमको चिन्ता छैन भन्दै उनले सिक्किमको निम्ति नभएर आफ्नो चौकी बचाउन गठबन्धन गरेको हो भने। भारतीय जनता पार्टीमाथि बर्सिंदै उनले भने, जम्मू-कश्मीरमा बीजेपी चोर दैलोबाट छिरेर जस्तो गरेको छ, त्यो स्थिति सिक्किममा पनि हुनेछ। यसरी नै उनले एसकेएम पार्टीले बीजेपी-को निम्ति दुइवटा भोटिया-लेप्चा सीट छोड़िदिनु पनि खतराको सङ्केत रहेको बताए। उनले बीजेपीबाट टिकट थाप्ने उम्मेद्वारहरूले टिकट फिर्ता दिनुपर्ने… Read More

एचएसपीले पनि उप-चुनाउमा उम्मेद्वार उठाउने

एचएसपीले पनि उप-चुनाउमा उम्मेद्वार उठाउने

एउटा चौकी बचाउन एसकेएमले सरकार डुबाउँदैछ : भाइचुङ भोटिया गान्तोक, 29 सेप्टेम्बर। हाम्रो सिक्किम पार्टी (एचएसपी) -ले पनि राज्यमा सम्पन्न हुन लागिरहेको उप-चुनाउमा भाग लिँदै तीनैवटा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार उठाउने घोषणा गरेको छ। पार्टी उम्मेद्वारहरूको सूचीमा एचएसपीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाको नाम पनि सामेल रहेको छ, तर भोटियाले नामाङ्कन बुझाउने अथवा नबुझाउने भन्ने विषयको छिनोफानो भोलि मात्र हुने बताइएको छ।-एचएसपीले तीनैवटा निर्वाचन क्षेत्रको निम्ति पार्टीका उम्मेद्वारहरू तयार गरिरहेको र भोलि जुन उम्मेद्वारहरूको दस्तावेज तयार हुनेछ, उनीहरूले नामाङ्कन बुझाउने जानकारी भोटियाले आइतबार प्रेस क्लबमा आयोजित एक पत्रकार सम्मेलनमा दिए। आफूले पनि नामाङ्कनको निम्ति दस्तावेज तयार गरिरहेको र सम्भवत: भोलि नामाङ्कन बुझाउने उनले जानकारी दिए। उल्लेखनीय छ, गत विधानसभा चुनाउमा पनि भाइचुङ भोटिया गान्तोक निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका थिए भने उनी पराजित भएका थिए। भोलि नामाङ्कन बुझाउने अन्तिम दिन हो। अर्कोतिर, एचएसपी कार्यकारी अध्यक्ष भोटियाले सत्तारूढ़ एसकेएम पार्टी र भाजपाबीच उप चुनाउलाई लिएर भएको गठबन्धनप्रति तीव्र प्रतिक्रिया व्यक्त गरे। उनले भाजपा, एसकेएम र एसडीएफ तीनवटै राजनीतिक दल मिलेको र एसकेएम र एसडीएफले भाजपाको छत्रछाँयामा चुनाउ लड़िरहेको आरोप लगाए। यसकारण, एसडीएफ उम्मेद्वारहरूले जितेको खण्डमा अवश्य पनि भाजपामा सामेल हुने उनले ठोकुवा गरे। तर, एचएसपी केवल सिक्किम र सिक्किमेहरूको पक्षमा यो चुनाउमा लड्न लागिरहेको उनले बताए। यसैगरी, उनले एसकेएमसित 18 जना विधायक थियो… Read More

सन्दर्भः भाजपा र एसकेएमको चुनावी गाँठो

सन्दर्भः भाजपा र एसकेएमको चुनावी गाँठो

विशेष संवाददाता शनिबार 28 सेप्टेम्बरको दिन सिक्किमको सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र भारतीय जनता पार्टी (भाजपा) -ले एउटा संयुक्त प्रेस सम्मेलन आयोजना गरेर आसन्न विधानसभा उप-चुनाउमा सीट साझा गरेर चुनाउ लड्ने निर्णय सार्वजनिक गरे। सिक्किमको राजनीतिमा यो एउटा अप्रत्याशित घटना थियो, किनभने सिक्किमको राजनीतिक इतिहासमा आजसम्म पूर्व बहुमतप्राप्त सत्तारूढ़ दलले विपक्षी पार्टीसँग चुनाउमा सीट साझा गरेको दृष्टान्त छैन, शायद भारतमा पनि छैन बिहारबाहेक, जहाँ लालु-नीतीशको गठबन्धनलाई विपक्षी भाजपाले फुटाएर नीतीशसँग सम्झौता गरी सरकारमा पुगेको थियो। नीतीशकै बाटोमा हिँड्नुपर्ने पी.एस. गोलेको कुन बाध्यता थियो, त्यो अति चाँड़ै सार्वजनिक हुने विश्‍वास गर्नसकिन्छ। सन् 1975 -मा भारतमा विलयपछिदेखि नै सिक्किममा क्षेत्रीय राजनैतिक पार्टीहरूको वर्चस्व रहेको छ। सन् 1975 -अघिको सिक्किम नेशनल कङ्ग्रेस नै भारतीय राष्ट्रिय कङ्ग्रेसमा विलय भएर काजी लेण्डुप दोर्जी खाङसार्पाले सन् 1979 -सम्म सरकार चलाए। सन् 1979 -को विधानसभा चुनाउमा काजी नेतृत्वाधीन कङ्ग्रेस निश्‍चिन्ह बन्यो। नरबहादुर भण्डारी केवल क्षेत्रीय पार्टीको अगुवाका रूपमा जननिर्वाचित बने। सञ्चमान लिम्बू एवं बी.बी. गुरूङले क्षेत्रीय पार्टीको ब्यानरमा चुनाउ जितेर सरकार गठन गरेका थिएनन्। विलयदेखि आजको मितिसम्म सिक्किममा राष्ट्रिय पार्टीको ब्यानरमा सरकार गठन भएको छैन। पवन चामलिङ 25 वर्ष सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -को रूपमा क्षेत्रीय पार्टी भएरै सरकार सञ्चालन गरे। 44 वर्षको सिक्किमको राजनीतिक इतिहासमा राष्ट्रिय पार्टीहरूले जनाधार विकसित गर्नसकेनन्। यसका पछाड़ि सिक्किमेली जनता राष्ट्रको… Read More

उप चुनाउ: वाइटी लेप्चा र सोनाम भेञ्चुङ्पा भाजपा उम्मेद्वार

उप चुनाउ: वाइटी लेप्चा र सोनाम भेञ्चुङ्पा भाजपा उम्मेद्वार

गान्तोक, 29 सेप्टेम्बर। सिक्किम राज्यमा सम्पन्न हुन लागिरहेको उप चुनाउको निम्ति भारतीय जनता पार्टी (भाजपा) -ले आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। भाजपाले गान्तोक निर्वाचन क्षेत्रबाट वाई.टी. लेप्चालाई आफ्नो उम्मेद्वार बनाएको छ भने मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रबाट सोनाम भेञ्चुङ्पालाई उम्मेद्वार बनाएको छ। वाईटी लेप्चा गत विधानसभा चुनाउमा पनि गान्तोकबाट भाजपा उम्मेद्वारको रूपमा चुनाउमा उठेका थिए, तर उनको हार भएको थियो। यसैगरी, सोनाम भेञ्चुङ्पा हिजो मात्र सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीबाट भाजपामा सामेल भएका हुन्। गत विधानसभा चुनाउमा उनी मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेद्वार थिए भने उनी पनि हारेका थिए। उल्लेखनीय छ, आउँदो उप-चुनाउ भाजपा र एसकेएम पार्टीले मिलेर लड़्ने निर्णय लिएको छ। यसै क्रममा भाजपाले पूर्व सिक्किमअन्तर्गत गान्तोक र मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रबाट चुनाउ लड़्ने भएको छ भने एसकेएम पार्टीले दक्षिण सिक्किमको पोकलोक-कामराङ निर्वाचन क्षेत्रबाट चुनाउ लड़नेछ।-हिस

पशु बन्ध्याकरण र जलातङ्क शिविर

पशु बन्ध्याकरण र जलातङ्क शिविर

समय संवाददाता दार्जीलिङ, 29 सेप्टेम्बर। विश्‍व जलातङ्क दिवसको अवसरमा आज प्राणी सम्पदा विकास विभागद्वारा टाउन हलमा निःशुल्क पशु बन्ध्याकरण शिविरको आयोजना गरियो। यसै अवसरमा यहाँ ल्याइएका पशुहरूलाई जल आतङ्क निरोधक खोप लगाउन पनि लगाइएको थियो। एनिमल सेन्टरका डाक्टर डीपी पाण्डेको सहयोगमा आयोजना गरिएको यस शिविरमा विभिन्न स्थानका मानिसहरूले गृहपालित कुकुर, बिरालो आदि ल्याएका थिए। जसको बन्ध्याकरण गराउनका साथै जलातङ्क निरोधक खोप लगाइयो। विभागका उप निर्देशक डा. देवेन प्रधानले बताएअनुसार, विभागले गत केही वर्षदेखि यता विभिन्न स्थानमा यसप्रकारको शिविर निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ भने शिविरको कारण जलातङ्कको रोगमा पनि धेरै कमी आएको छ। उनले हाल दार्जीलिङ पहाडमा जलातङ्क वा रेबिज रोग शुन्य बराबर नै रहेको बताए पनि यसमाथि सतर्कता अपनाउनको लागि नै वर्षेनी विभागले निःशुल्क पशु बन्ध्याकरण साथै जल आतङ्क निरोधक शिविरको आयोजना गर्दै आइरहेको पनि बताए। उनले भने, कुकुर तथा अन्य पशुहरूमा लाग्ने जलातङ्कको रोग मानिसहरूमा फैलिन नपाओस् भन्ने उद्देश्य राखेर नै विभागले वर्षमा एक दिन मात्रै होइन, समय-समयमा गाउँ बस्तीतिर यसप्रकारको शिविरहरूको आयोजना गर्दै आइरहेको छ।

आज चियाश्रमिकको लागि महत्त्वपूर्ण दिन सबैको नजर कलकत्तातिर

आज चियाश्रमिकको लागि महत्त्वपूर्ण दिन सबैको नजर कलकत्तातिर

समय संवाददाता दार्जीलिङ, 29 सेप्टेम्बर। दार्जीलिङ पहाड़का श्रमिक संगठनहरूका आधासरो नेताहरू आज कलकत्ता प्रस्थान भए। गोजमुमो, जनआन्दोलन पार्टी र तृणमूल कंग्रेसका श्रमिक संगठन नेतृत्वहरू भोलि कलकत्ता जाने भएका छन्। भोलि कलकत्तामा दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस विषयमा हुने त्रिपक्षीय बैठकमा भाग लिनको लागि नै यी श्रमिक नेताहरू आजदेखि नै कलकत्ता प्रस्थान गर्न थालेका हुन्। जसले भोलि 20 प्रतिशतकै बोनस दरमाथि जोड़ दिने निश्‍चय गरेका छन् भने चियाबगान मालिकपक्ष पनि 10.5 प्रतिशतदेखि नै बहस गर्ने तयारीमा रहेको जानकारी पाइएको छ। यद्यपि, राज्यका श्रममन्त्रीको हस्तक्षेप हुने स्पष्ट छ। तरै पनि भोलिको बैठकमा नै बोनस दर तय होस् अनि पहाड़का चियाश्रमिकहरूले राम्रो प्रकारले दशैं पालन गर्न पाउन् भन्ने श्रमिक संगठनहरूको सोंच छ। किनभने, अब दशैं आउन एक सप्ताहको समय पनि छैन। 5 अक्टोबर फूलपाती हो भने 8 अक्टोबर टीका। फूलपातीदेखि पहाड़का सम्पूर्ण चियाबगानहरूमा पनि छुट्टी शुरू हुनेछ। यसैले यसअघि नै चियाश्रमिकहरूको बोनस भुक्तान भए चियाश्रमिकहरूको दशैं राम्रो हुनेछ। यति मात्रै होइन, दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले अहिलेसम्म बोनस पाउन नसकेपछि दार्जीलिङ शहरको व्यवसाय पनि मन्द गतिमा अघि बढ़िरहेको छ। यसबारे दार्जीलिङका एक लुगा दोकानका व्यापारीसित सोध्दा उनले भने, अहिले दार्जीलिङको व्यापार दोब्बर भइसक्नुपर्ने हो, तर चियाश्रमिकहरूले अझैसम्म बोनस नपाएको कारण व्यापार राम्रो हुनैसकेको छैन। यसैले चियाश्रमिकहरूको बोनस बैठक झट्टै मिल्नपर्छ अनि यहाँका श्रमिकहरूले शीघ्रातिशीघ्र बोनस पाउनुपर्छ।… Read More

भोटिङ मशीन र भीभीपीएटी-लाई छासमिस गर्ने पहिलो चरणको कार्यक्रम

भोटिङ मशीन र भीभीपीएटी-लाई छासमिस गर्ने पहिलो चरणको कार्यक्रम

गान्तोक, 29 सेप्टेम्बर। पोकलोक-कामराङ विधानसभा समष्टिको उप-चुनाउमा प्रयोग गरिने भोटिङ मशीन र भीभीपीएटी-लाई छासमिस गर्ने पहिलो चरणको कार्यक्रम आज दक्षिण जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सम्पन्न भयो। जिल्ला निर्वाचन अधिकारी रागुल के, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि र चुनाउ विभागका अधिकारीहरूको उपस्थितिमा यो कार्य सम्पन्न भयो। सम्पूर्ण कार्य ईभीएम प्रबन्धन प्रणाली (ईएमएस) -अन्तर्गत तथा भारतको निर्वाचन आयोगको निर्देशमुताबिक सम्पन्न भयो। मशीनहरू छासमिस गर्ने प्रक्रियालाई सम्बोधन गर्दै निर्वाचन अधिकारीले आयोगको मार्गदर्शनअनुरूप गरिने प्रक्रियाहरूबारे अवगत गराए। मशीनलाई छासमिस गरिसकेपछि जिल्ला प्रशासन केन्द्रको परिशिष्ट भवनमा स्थापित स्ट्रोङ रूममा राखियो। स्ट्रोङ रूममा आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको छ भने 24औं घण्टा सुरक्षा कर्मी पनि तैनाथ गरिएको छ। यसबाहेक अग्निशमन प्रबन्धन, सीसीटीभी पनि जड़ान गरिएको छ। जिल्ला निर्वाचन अधिकारीअनुसार पोकलोक-कामराङ विधानसभा समष्टिमा कुल 42 वटा ईभीएम र भीभीपीएटीलाई प्रयोग गरिनेछ।

थीरूप्रसाद नेपालको कथा संग्रह ‘कथा कतिपय मेरा’-को लोकार्पण

थीरूप्रसाद नेपालको कथा संग्रह ‘कथा कतिपय मेरा’-को लोकार्पण

नाम्ची, 29 सितम्बर। नाम्चीको अफिसर्स क्लबमा आज कथाकार थीरूप्रसाद नेपालको कथा संग्रह ‘कथा कतिपय मेरा’-को लोकार्पण कार्यक्रम सम्पन्न भयो। सो कथा संग्रहको लोकार्पणमा मुख्य अतिथिको रूपमा रहेका वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट गरिएको थियो। कथाकार थीरूप्रसाद नेपालका परिवारले आयोजना गरेको यस लोकार्पण कार्यक्रमको अध्यक्षता दक्षिण सिक्किम साहित्य सम्मेलनका अध्यक्ष डा. नयन राईले गरेका थिए। यसरी नै डा. नयन राईले आफू भाषा-साहित्यको क्षेत्रमा धेरै अनुभवी व्यक्ति नभए पनि अबको साहित्यलाई अघि बड़ाउनको लागि अनुभवी साहित्यकारहरूले विद्यार्थीवर्ग र युवाहरूलाई साहित्यमा अघि आउन प्रेरित गर्नुपर्ने कुरामा जोर दिए। यस क्रममा उनले कथाकार थीरूप्रसाद नेपाललाई बधाई-शुभकामना पनि टक्राए। कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ साहित्यकार नरबहादुर दाहालले साहित्यमा मर्यादाको ठूलो महत्व हुने बताए। आध्यत्म रामायणको अनुवाद गरेर नेपाली समाजलाई भानुभक्तले मर्यादाकै सन्देश दिनु चाहेको उल्लेख गर्दै उनले साहित्यमा चलेका विभिन्न कुराहरूको उल्लेख गरे। कथाकार थीरूप्रसाद नेपालको कलम कथा विधामा राम्रा चल्ने गरेको कारण उनलाई कथा विधामा ध्यान दिएर कलम चलाउने अनुरोध गर्दै उनले सिक्किमका साहित्यिक कार्यक्रमहरूमा आत्मीयता भाव उत्पन्न हुने अनुभव गरेको बताए। यस्तै प्रकारले प्रशिद्ध साहित्यकार कालूसिंह रनपहेलीले कथाकार थीरूप्रसाद नेपालको कथा लेखन विषय प्रकाश पार्दै पाठकको माया नै कथाकार थीरूप्रसाद नेपालको ठूलो पुरस्कार रहेको उल्लेख गरे। उनले कथाकार नेपालले आफ्नै लेखन-शैलीको विकास गरेर पाठकहरूलाई कथामा आकर्षित गर्न सफल रहेको अवगत गराए। यस क्रममा साहित्यकार… Read More