नेपाली भाषा मान्यता दिवस र भानु स्मरण दिवस पालन

नेपाली भाषा मान्यता दिवस र भानु स्मरण दिवस पालन

गान्तोक, 20 अगस्त। प्रत्येक वर्षझैं यस वर्ष पनि सिक्किम विश्‍वविद्यालयको नेपाली विभागद्वारा 27औं नेपाली भाषा मान्यता दिवस र 205औं भानु स्मरण दिवस एकैसाथ पालन गरियो। नेपाली विभागका कार्यवाहक डा. समर सिन्हाको अध्यक्षतामा सम्पन्न आजको यस कार्यक्रममा एसयुका उपकूलपति प्रो. अविनाश खरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा सुरेश गुरुङ (उप कूलसचिव), डा. दुर्गाप्रसाद छेत्री (राजनीतिशास्त्र विभाग), डा. दिनेश साहु (हिन्दी विभाग), डा. छुकी भोटिया (हिन्दी विभाग), प्रा. विनोद छेत्री (समाजशास्त्र विभाग), मञ्जुश्री थापा, पूजा बस्नेत, प्रदीप त्रिपाठी आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरूद्वारा आदिकवि भानुभक्त आचार्यको प्रतिकृतिमा माल्यार्पण र दीप प्रज्ज्वलन गरियो। त्यसपछि भाषा अनि साहित्य सङ्कायका डिन डा. कविता लामाले न्यानो स्वागत गर्नका साथै नेपाली भाषाको औचित्य र यसको संरक्षणबारे आफ्नो सारगर्वित वक्तव्य प्रस्तुत गरिन्। नेपाली भाषाले मान्यता पाएकोमा आज हामी जति खुशी भइरहेका छौं त्यति नै यसको प्रयोगलाई लिएर चिन्तित बनिरहेका छौं, डा. लामाले भनिन्। नेपाली भाषालाई प्रयोगमा ल्याउनका साटो हामीले विशेष गरेर विभिन्न सामाजिक सञ्जालहरूमा हाम्रा निम्ति तयार पारिएका स्टिकरहरूको प्रयोग बढ्ता गरिरहेका छौं भन्दै उनले यस्तै अवस्था भए एकदिन नेपाली भाषा बोल्ने वक्ता रहे तापनि सुन्ने श्रोता पाउन गाह्रो पर्ने सम्भावना प्रकट गरिन्। कार्यक्रममा नेपाली विभाग तेस्रो सत्रका विद्यार्थीहरूले रामायण पाठ र सामूहिक गीत प्रस्तुत गरे भने… Read More

पश्‍चिम सिक्किम साहित्य प्रकाशनद्वारा नेपाली भाषा मान्यता दिवस पालन

पश्‍चिम सिक्किम साहित्य प्रकाशनद्वारा नेपाली भाषा मान्यता दिवस पालन

केएन शर्मा गेजिङ, 20 अगस्त। 27औं नेपाली भाषा मान्यता दिवस गेजिङस्थित सामुदायिक भवनमा विभिन्न कार्यक्रमबीच मनाइएको छ। पश्‍चिम सिक्किम साहित्य प्रकाशनको आयोजनामा पालन गरिएको यस कार्यक्रममा सिक्किम सरकारका प्रशासनिक सल्लाहकार एमपी सुब्बा मुख्य अतिथि रहेका थिए। कार्यक्रममा पश्‍चिम जिल्लापाल कर्मा आर बङ्पो, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, वरिष्ठ साहित्यकार केदार गुरुङ, अन्य वरिष्ठ साहित्यकार लगायत नेपाली भाषाप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं उपन्यासकार कालेबुङ निवासी भगिरथ रावतद्वारा लिखित पुस्तक माटोको माया, लेप्टप, बाँस सक्किन्दै थियो, जस्ता अन्य विभिन्न कथा कविताको मुख्य अतिथिको बाहुलीबाट बिमोचन गरियो। आजको यस समारोहमा पश्‍चिम सिक्किम साहित्य प्रकाशनले आजका अभिनन्दित व्यक्ति एवं कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ उपन्यासकार भगिरथ रावतलाई नेपाली भाषा मान्यता दिवस समारोह समितिले नगद 50 हजारसहित अभिनन्दन पत्रद्वारा दोसल्ला ओडाएर अभिनन्दन जनाएको थियो। प्रकाशनका स्रष्ठा गोबरधन बास्तोलाले स्वागत सम्बोधन राखेको कार्यक्रममा नेपाली भाषाको कार्यपत्र युवा साहित्यकार केएन शर्माले प्रस्तुत गरेका थिए।

तादोङ विद्यालयमा नेपाली भाषा मान्यता दिवस एवं सम्मान कार्यक्रम

तादोङ विद्यालयमा नेपाली भाषा मान्यता दिवस एवं सम्मान कार्यक्रम

गान्तोक, 20 अगस्त। आज तादोङ वरिष्ठ माध्यमिक स्कूलमा नेपाली भाषा मान्यता दिवस हर्षोल्लासका साथ मनाइयो। यस कार्यक्रममा मानव संसाधन विकास विभागको भाषा प्रकोष्टकी सहायक निर्देशक एवं कवयित्री सुधा एम. राई मुख्य अतिथि रहेकी थिइन्। स्कूल परिवारलगायत वरिपरिका लोवर स्यारी, लिङ्दिङ र लुम्से निम्न माध्यमिक स्कूलका नेपाली भाषा शिक्षक-शिक्षिका लगायत विद्यार्थीवर्गको सहभागितामा आयोजित यस कार्यक्रममा स्कूलस्तरमा हिन्दी, नेपाली, भोटिया र लेप्चा भाषाका स्वरचित कविता, लघु कथा पाठ प्रतियोगिता र निम्न माध्यमिकस्तरको अन्तर विद्यालयस्तरको स्वरचित कविता, कथा र हस्तलिपि प्रतियोगिता प्रतियोगिता आदि राखिएको थियो। कार्यक्रमको आरम्भमा शिक्षिका रेनुका तामाङको स्वागत भाषण राखेपछि शिक्षक त्रिभुवन ढकालले नेपाली भाषा मान्यता आन्दोलनमा योगदान दिने व्यक्तिहरूमाथि प्रकाश पारे भाने विज्ञान विषयका शिक्षक डा. एचपी सुवेदीले र विद्यार्थी स्मृति शर्माले स्वरचित कविता पाठ गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। यसपछि विद्यार्थीवर्गले आ-आफ्नो स्वरचित कविता सुनाएर कार्यक्रमलाई कवितामय बनाए। कार्यक्रममा मुख्य अतिथि कवयित्री सुधा एम. राईलाई उनको साहित्यिक देन र पाठ्यपुस्तक परिमार्जन एवं सम्पादनमा उनको योगदानको कदर गर्दै सम्मान एवं अभिनन्दन जनाइयो। यसरी नै 2019 -को कक्षा बाह्रको बोर्ड परीक्षाको नेपाली विषयमा उत्कृष्ट अंक हासिल गर्ने आकृति गुरुङलाई नेपाली भाषा शिक्षक त्रिभुवन ढकालद्वारा गठन एवं प्रायोजन गरिएको ‘रघुनाथ – त्रिलोचन ढकाल स्मृति’ पुरस्कार प्रदान गरियो। यसरी नै लेप्चा, भोटिया र हिन्दी विषय बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने क्रमैले… Read More

छोपेल जाङ्पो भोटियाको निधन

छोपेल जाङ्पो भोटियाको निधन

गान्तोक, 20 अगस्त। वाणिज्य एवं उद्योग विभागका अध्यक्ष छोपेल जाङ्पो भोटियाको निधन भएको छ। उनी सिलगढीको न्युटिया अस्पतालमा उपचाराधीन थिए। एसडीएफ सरकारमा वर्ष 2014 देखि 2019-सम्म वाणिज्य एवं उद्योग विभागमा अध्यक्ष पदमा दायित्व सम्हालेका भोटियाले समाज साथै राज्यको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको निधनले समाज साथै एसडीएफ पार्टीलाई ठूलो क्षति भएको बताउँदै जाङ्पो भोटियाको आत्मालाई शान्ति प्राप्त होस् भन्दै एसडीएफ पार्टीले हार्दिक समवेदना प्रकट गरेको छ। यस दुखद घडीमा शोकाकुल परिवारका सदस्यहरूलाई धैर्य गर्ने शक्ति ईश्‍वरले प्रदान गरून् भनी एसडीएफ पार्टीले कामना गरेको छ।

आलोचनाको चक्रव्यूहमा एसकेएम सरकार

आलोचनाको चक्रव्यूहमा एसकेएम सरकार

जगन दाहाल गान्तोक, 20 अगस्त। सरकारको कुभलो कसले चिताउला र? आखिर जनताले सत्तामा पुर्‍याएको हो। सरकार बनाउनको निम्ति पार्टी, पार्टीको सिद्धान्त र कार्यकर्ताको प्रतिबद्धताको ठूलो महत्त्व हुन्छ। पार्टी गठन हुँदा पार्टीका संस्थापकहरूले पार्टीबाट धेरै आशा अपेक्षा राखेका हुन्छन्। पार्टीले पनि कार्यकर्ताबाट त्यति नै आशा राखेको हुन्छ कि आफूलाई कार्यकर्ताले धेरै माथिसम्म बोकेर लानसक्छन्। पार्टीलाई बोक्न या थाम्न सबैभन्दा ठूलो भूमिका नेताको हुन्छ। नेतृत्व दह्रिलो भए पार्टी सधैं दह्रिलो भएर जान्छ। पार्टीमात्र दह्रिलो भएर नेतृत्व फ्यातुलो छ भने जनताको समर्थन कतै पाइँदैन। प्रजातान्त्रिक प्रणालीमा पार्टी बनाउन र चलाउन नेताको जरुरत पर्छ चाहे नेतृत्व जतिनै योग्यको होस्। सिक्किमको सत्ता परिवर्तन भएको तीन महीना भइसक्यो तर जनताले चाहेको र एसकेएम पार्टीले दिएको वचनको परिवर्तन भने भएको देखिएन। चौकीमा नयाँ अनुहार आए, सत्तामा नयाँ सरकार आयो, विपक्षमा नयाँ पार्टी आयो, सरकारी चौकीमा काखी च्यापिएका अधिकारीहरू पुगे तर नयाँ व्यवस्थाको आधारशीला भने सरकारले राख्न सकेको छैन। जहाँसम्म सिक्किमे जनताले केवल अनुहारको निम्ति मात्र सत्ता परिवर्तन गराएका होइनन् भन्ने छ। सिक्किमको राजनीतिमा नयाँ राजनीतिक दल सत्तामा पुगेको तीन महीनाभित्रै धेरै घटनाहरू घटिसकेका छन्। सत्तामा पुगेपछि कुनै एसडीएफ पार्टीका विधायकहरूलाई एसकेएम-ले नलिने भन्दै घुमेका एसकेएम पार्टीका कार्यकर्ताहरू र नेताले पहिलो सत्रमै एसडीएफका दुई विधायकलाई काखी च्यापे। यहाँबाट थाहा हुन्छ कि एसकेएम पार्टी आफ्नो वचन, प्रतिबद्धता अनि आफ्ना… Read More

अहिले पनि नेपाली भाषा समितिको खाँचो छः नेसास

अहिले पनि नेपाली भाषा समितिको खाँचो छः नेसास

समय संवाददाता दार्जीलिङ, 20 अगस्त। विगतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन भाषा समितिको आवश्यकता रहेको थियो भने, आज नेपाली भाषाको प्रयोगको लागि यो समितिको आवश्यकता रहेको नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. चन्द्रकुमार राईले बताएका छन्। आज नेपाली साहित्य सम्मेलनले आफ्नै भवनमा नेपाली भाषा मान्यता दिवस पालन गर्‍यो। यसै अवसरमा सम्मेलनका अध्यक्ष डा. राईसित कुराकानी गर्दा उनले भने, वर्तमान समयमा नेपाली भाषाको संरक्षण गर्न धेरै कठीन स्थिति देखा परिरहेको छ। हाम्रा अधिकांश अभिभावकहरू आफ्ना छोरा-छोरी अंग्रेजी बोले गर्व अनुभव गर्छन् भने पहाडका प्राथमिक स्कूलहरूमा पनि प्रायः जसो अंग्रेजी माध्यमको पठन-पाठनलाई नै प्राथमिकता दिन शुरू गरिएको छ। यसैले नेपाली भाषाको संरक्षण गर्न महामुश्किलको स्थिति छ। उनले भने, सन् 1956-देखि नै नेपाली भाषाले संवैधानिक मान्यता पाउनुपर्छ भनेर आन्दोलन शुरू भएको हो। फलस्वरूप 36 वर्षको कठोर आन्दोलनपछि बल्ल 20 अगस्त 1992-मा नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त हुने अवसर पाएको हो। यस आन्दोलन अवधि कतिजनाले आफ्नो प्राणको आहुति दिए। तर भाषाले संवैधानिक मान्यता पाएपछि यसको प्रयोगमा हामीले ध्यान नै दिएका छैनौं। यसैकारण अब नेपाली भाषाको प्रयोगको लागि नेपाली भाषा समितिको आवश्यकता छ भन्ने लागेको छ। उनले वर्तमान समयमा नेपाली भाषाको सुरक्षा, संरक्षण गर्नका साथै यसको प्रयोगमा व्यापकता ल्याउन गतिलै चुनौती रहेको बताउँदै यसको लागि प्रत्येक भाषाप्रेमीहरू सचेत बन्न आवश्यक रहेको बताए। यसका साथै उनले… Read More

खरसाङमा नेपाली भाषा मान्यता दिवस पालन

खरसाङमा नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ, 20 अगस्त। खरसाङमा 28औं नेपाली भाषा मान्यता दिवस साथै शैक्षिक पुरस्कार अलङ्करण समारोह सम्पन्न भयो। गोर्खा जन पुस्तकालयको आयोजनामा यहाँको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भाषा मान्यता दिवस समारोह पुस्ताकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षता अनि जीटीए चेयरम्यान अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। ऋषि राईले सञ्चालन गरेको सभामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासी, खरसाङका विधायक डा. रोहित शर्मा, जीटीए बीओए सदस्याद्वय अनु प्रधान र जैतुन निशा, खरसाङ नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरूङलगायत अन्यको उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाले सम्बोधन गर्दै भने, ‘भाषा दिवस मनाउन विद्यार्थीहरू नआएको भए हामी 8-9 जना मात्र हुने थियौं होला। भाषाले मान्यता पाउँदा निक्कै संघर्ष गर्नु परेको थियो। भाषा मान्यता दिवस हामीले फेस्टिभल जस्तै मनाउनुपर्छ। यो एक दिन मात्रै होइन तर हरेक दिन नै मनाउनु पर्छ। भाषा मान्यता दिवस साहित्यकारहरू मात्रै भेला भएर होइन तर सबै मानिसहरू मिलेर मनाउनु पर्छ। हाम्रो भाषालाई अघि लान हामी सबै मिलेर काम गर्नु जरूरी छ। अहिले त सामाजिक सञ्जालको जमाना छ, त्यसैले हामीले हाम्रो भाषाको प्रचार प्रसार सामाजिक सञ्चालतिर पनि गर्नुपर्छ। भाषाको मान्यता सरकारले दिएको छ तर हामी लिनेले पनि सही तरिकाले लिएर कार्य गर्नुपर्छ। आगामी दिनमा गोर्खा जनपुस्तकालयले भाषा मान्यता… Read More

भाषा मान्यता दिवससँगै कविता आवृत्ति, वाक पटुता र तर्क प्रतियोगिता सम्पन्न

भाषा मान्यता दिवससँगै कविता आवृत्ति, वाक पटुता र तर्क प्रतियोगिता सम्पन्न

खरसाङ, 20 अगस्त। साहित्य कला संस्थान तीनधारेको आयोजनामा 28औं नेपाली भाषा मान्यता दिवस समारोह यहाँको महात्मा गान्धी हलमा सम्पन्न भयो। वरिष्ठ व्यक्ति हरिप्रसाद छेत्रीको अध्यक्षता अनि ब्लू डाइमण्ड स्कूल घैयाबारीका प्राचार्य मार्थारानी राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण उत्तम शर्माले राखेका थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित समारोहमा तीनधारे क्षेत्रका प्राथमिक स्कूलका नानीहरूलाई लिएर कविता आवृत्ति प्रतियोगिता राखिएको थियो। यसमा सातवटा प्राथमिक स्कूलका नानीहरूले सहभागिता जनाएका थिए। त्यसरी नै माध्यमिक स्तरको नानीहरूलाई लिएर वाक पटुता प्रतियोगिता राखिएको थियो भने स्व. रेणुका शर्मा स्मृति तर्क प्रतियोगिता पनि आयोजना गरिएको थियो। तर्क प्रतियोगिताको विषय भाषाको प्रयोगमाथि हामी सचेत छौं या छैनौं रहेको थियो जसमा पक्षमा गोदावरी संघ गैरी गाउँ अनि विपक्षमा ग्राम कल्याण समिति नयाँ कमान रहेका थिए। तर्क प्रतियोगिताको सभाध्यक्षका रूपमा चन्दु भुसाल उपस्थित थिए। यी तीनैवटा प्रतियोगितामा निर्णायकको रूपमा प्राध्यापक अमीर ठटाल, पूर्ण मास्के, कृष्णराज छेत्री र समयको लागि हिरण लकान्द्री उपस्थित थिए। कार्यक्रममा गायकद्वय महेश सेवा र कर्म मोक्तानले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा मिराज विश्‍वकर्मले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि मार्थारानी राईले भाषालाई व्यवहारिक रूपमा प्रयोग गर्नुपर्ने बताइन्। उनले भनिन्, हामीले हाम्रो रहन-सहन, खानपान र चरित्रमा पनि नेपाली भाषाको प्रयोग व्यवहारिक रूपमा गर्नुपर्छ।

सिक्किमको राजनीतिमा नयाँ मोड़ एसकेएम पार्टीमा हड़कम्प

सिक्किमको राजनीतिमा नयाँ मोड़ एसकेएम पार्टीमा हड़कम्प

दीप हेनरी प्रधान, गान्तोक भर्खरमात्र सिक्किमको राजनीतिले नयाँ मोड़ लिएको छ। बितेको दिनमा राजनीतिक घटनाक्रमअनुसार विपक्षी एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङबाहेक अन्य बरिष्ठ विधायकहरू दिल्लीमा गएर राष्ट्रिय भारतीय जनता पार्टीमा सामेल भएको खबर अधिकारिक रूपमा प्रकाशमा आइसकेको छ। यो घटनाले सिक्किमको राजनीतिको समीकरण बद्लिएर गएकोले सिक्किममा राजनीतिक सङ्कटको सङ्केत देखा पर्नथालेको छ। एक हप्तादेखि यी विधायकहरू भाजपामा सामेल हुने हल्ला बजारमा व्याप्त रहे तापनि सिक्किममा अहिले राजनीति गर्मिएर गएको छ। दुइ महीना नबित्दै एसडीएफ पार्टीका 10 जना विधायक भाजपामा सामेल भएको घटनाले अहिले घड़ी सिक्किमेली जनता अन्योलता छन् भने विभिन्न प्रकारका बयानबाजी र टिका-टिप्पणीहरू सुन्नमा आइरहेको छ। सत्ताबिना बस्नु नसक्ने यी विधायकहरूले पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङलाई मात्र विश्‍वासघातमात्र गरेनन् तर सिक्किमेली जनताको आशा र भरोसालाई तोड़ेका छन्। तर एसडीएफ पार्टीमा कुनै अन्योलता पनि छैन, कुनै प्रभाव पनि परेको छैन। एसडीएफ पार्टी आफ्नो गल्तीहरू संगालेर नयाँ रूपमा आउने दिशा देखाएको छ। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ भन्नहुन्छ, अब जे घटना घट्यो, त्यो इतिहास हो, अब एसडीएफ पार्टीलाई तृणमूल स्तरमा कसरी अझ मजबूद बनाउनु पर्ने त्यस दिशातर्फ पार्टी कार्यकर्ताहरू लागिपर्नुपर्ने आह्वान गर्नुहुन्छ। उहाँ अझ आशावादी भएर युवाहरूलाई राजनीतिमा अघि आउने मन्तव्य जाहेर गर्नुहुन्छ। राजनीति सिद्धान्तको राजनीति गर्नु सजिलो छैन, राजनीति जनहितको निम्ति हुनुपर्छ राजनीति व्यवहारिक रूपमा गरिएको हुनुपर्छ।… Read More

आखिर के हो स्थायी राजनैतिक समाधान?

आखिर के हो स्थायी राजनैतिक समाधान?

आखिर के हो दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान? भारतीय जनता पार्टीले दार्जीलिङ लोकसभा आसनबाट चुनाउ जित्नुको एउटा मूल कारण वा मुद्दा यो नै थियो। तर चुनाउ सकिएको यतिका दिनसम्म पनि स्थायी राजनैतिक समाधानको नाम स्पष्ट भएको छैन अनि यसबारे दार्जीलिङबाट निर्वाचित बनेर सांसद बनेका राजु विष्टले पनि मुख खोल्नै चाहेका छैनन्। लोकसभा चुनाउको परिणाम घोषणा भएपछि सांसद राजु विष्टले दुइपल्ट दार्जीलिङ पहाडको भ्रमण गरे अनि ती दुवै भ्रमण अवधि उनीअघि स्थायी राजनैतिक समाधान के हो? भन्ने प्रश्‍न खडा गरियो। के अलग राज्य गोर्खाल्याण्ड नै हो स्थायी राजनैतिक समाधान? भन्ने प्रश्‍न पनि उठाइयो। तर यसको उनले यसको ठोस उत्तर दिनै चाहेनन्। उनीअघि यो प्रश्‍न घरिघरि उठिरहनुको एउटा मूल कारण चौरास्तामा आयोजित उनको अन्तिम चुनावी प्रचारमा उनले दिएको भाषण पनि हो। किनभने, उनले दार्जीलिङ लोकसभा आसनको लागि हुने चुनाउ प्रचारको अन्तिम दिन यहाँको चौरास्तामा आयोजित एक जनसभालाई सम्बोधन गर्दै गोर्खाल्याण्ड अवश्यै ल्याउने वाचा गरेका थिए। उनले गोर्खाल्याण्डको कुरा गर्दा उनको समर्थनमा चुनाउ मैदानमा ओर्लिएका सम्पूर्ण राजनैतिक पार्टीका समर्थक अनि नेतृत्वहरूको खुशीले आकाश छोएको थियो। फलस्वरूप 17औं लोकसभा चुनाउको परिणाम घोषणा भएपछि उनको यस्तो वाचाले गतिलैसित काम गरेको स्पष्ट भएको थियो। 4 लाखभन्दा अधिकको मतान्तरले राजु विष्टको जीत भएको थियो, जुन आफैमा एउटा नयाँ अध्याय थियो। यसपछि राजु विष्ट जतिपल्ट पनि दार्जीलिङ… Read More