28औं नेपाली भाषा मान्यता दिवस

28औं नेपाली भाषा मान्यता दिवस

एसडीएफ अध्यक्ष पवन चामलिङको सन्देश गान्तोक, 19 अगस्त। 28औं नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले सम्पूर्ण सिक्किमेली जनगण अनि विश्‍वभरि नै छरिएर रहेका सम्पूर्ण नेपाली भाषी जनगणप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। नेपाली भाषा मान्यता दिवसको पूर्वसन्ध्यामा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले एक सन्देश जारी गरेर शुभकामना एवं बधाई दिएका छन्। सन्देशमा भनिएको छ, 28औं नेपाली भाषा मान्यता दिवसको सुखद उपलक्ष्यमा सम्पूर्ण सिक्किमेली जनगण अनि विश्‍वभरि नै छरिएर रहनुभएका सम्पूर्ण नेपाली भाषी जनगणप्रति हार्दिक बधाई एवं शुभकामना टक्राउन चाहन्छु। नेपाली भाषा मान्यताको इतिहास 1956-मा आनन्दसिंह थापाबाट शुरु भएर 1992 -मा भाषाले संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्ति पाएसम्म रहेको छ, जुन अवधिमा भाषा, साहित्यप्रेमीहरूले धेरै ठूलो सङ्घर्ष गरेका छन्, त्याग र मेहनत गरेका छन्। आज हामी उहाँहरूको सबैको स्मरण गरिरहेका छौं। उहाँहरूले बलिदानपूर्ण सङ्घर्ष गरिदिनुभएको कारणले नै आज हाम्रो मातृभाषाले संवैधानिक मान्यता र सम्मान प्राप्त गरेको छ, र हामी गौरवान्वित बनेका छौं। सन्देशमा अघि भनिएको छ, यद्यपि नेपाली भाषाको उत्पत्तिको इतिहास धेरै लामो छ। आरम्भदेखि यस भाषाको विकास, सम्वर्द्धन र संरक्षणको प्रक्रियामा हाम्रा धेरै पूर्वजहरूले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यस भाषालाई मौखिक रूपमा सम्पर्कको माध्यम बनाएर युग-युगसम्म बचाएर ल्याउने ती अज्ञात पूर्वजहरूका कारणले नै हामीले आफ्नो मातृभाषा पाउनसकेका हौं भन्ने कुरो… Read More

आइटीबीपीको ‘पुलकित’ द्वारा नयाँ हिमशिखरको सफल आरोहण

आइटीबीपीको ‘पुलकित’ द्वारा नयाँ हिमशिखरको सफल आरोहण

गान्तोक, 19 अगस्त (हिस)। संयुक्त सीमान्तस्तरको इण्डो टिबेटन बोर्डर पुलिस फोर्सको पर्वतारोहण अभियान दल ‘पुलकित’ ले पवित्र गुरूदोङमार झील नजिक अवस्थित 6889 मीटर अग्लो नयाँ हिमशिखर सफलतापूर्वक आरोहण गरेको छ। राजभवन अनुसार पर्वतारोहण अभियान दलले गत 14 अगस्तको दिन उक्त नयाँ शिखर आरोहण गरेको हो। राज्यपाल गङ्गा प्रसादले गत 26 जुलाई, 2019 को दिन राजभवनबाट पर्वतारोहण अभियान दललाई झण्डा हल्लाएर अभियानको निम्ति प्रस्थान गराएका थिए। यसका साथै आइटीबीपी पर्वतारोहण टोली, जसलाई हिमवीर भनिन्छ, -ले आफ्नो टोपीमा अझ एउटा सुनौलो प्वाँख थप्न सफल बनेको छ। अभियान दलको नेतृत्व डेपुटी कमाण्डेन्ट दिग्विजय सिंहले गरेका थिए। सोमबार राजभवनमा अभियानको औपचारिक रूपमा समापन समारोह सम्पन्न गरियो। यस अवसरमा राज्यपाल गङ्गा प्रसादले अभियान दल अनि आइटीबीपीलाई बधाई दिए। पर्वतारोहण अभियानको कल्पना, आयोजन एवं चञ्चालन उत्तर पूर्व एवं पूर्वी सीमान्तका आइजी संजीव रैना र डीआइजी (लखनऊ) एसआर रोयको देखरेखमा अनि डीआइजी (गान्तोक) कपिल देव द्विवेदी र कमाण्डेन्ट (स्टाफ), गान्तोक अंगद प्रसाद यादवको सहयोगमा गरिएको बताइएको छ।

आइपीआर विभागद्वारा ‘विश्‍व फोटोग्राफी दिवस’-मा प्रदर्शनी

आइपीआर विभागद्वारा ‘विश्‍व फोटोग्राफी दिवस’-मा प्रदर्शनी

गान्तोक, 19 अगस्त (हिस)। प्रत्येक वर्ष 19 अगस्तको दिन ‘विश्‍व फोटोग्राफी दिवस’ पालन गरिन्छ। यो दिन सबै क्षेत्रका मानिसहरू फोटोग्राफीको महत्व बुझ्न अनि बुझाउन एक ठाउँमा एकत्रित बन्ने गर्दछन्। यसै क्रममा आज राज्य सूचना एवं जन सम्पर्क विभाग (आइपीआर)-ले पनि तादोङस्थित सूचना भवनमा फोटो प्रदर्शनी आयोजन गर्‍यो। विभागकी सचिव सुश्री नम्रता थापाको अगुवाईमा आयोजित उक्त प्रदर्शनीको उद्देश्य फोटोग्राफरहरूप्रति सम्मान जनाउनु, फोटोग्राफी कलाबारे जागरूकता फैलाउनु र प्रेरणा लिनु रहेको थियो। सचिव सुश्री थापाले प्रदर्शनीमा सहभागीहरूलाई सम्बोधन गर्दै विश्व फोटोग्राफी दिवस फोटोग्राफरहरूका साथै फोटोग्राफी प्रेमीहरूको निम्ति एक महान दिन रहेको बताइन्। उनले वर्तमान विश्वमा तीव्र गतिमा बढ्दो विनिमय एवं प्रौद्योगिकी परिवर्तनको समयमा पनि फोटोग्राफको महत्व उच्च रहेको बताइन्। एउटा सिङ्गो चित्रले दर्शकहरूलाई सम्पूर्ण जानकारी सञ्चार गर्न सक्ने उनले मनतव्य व्यक्त गरिन्। यसैगरि, सहायक निदेशक (फोटो) केशप छत्रीले फोटोग्राफीको इतिहासमाथि प्रकाश पार्दै फोटोग्राफी केवल शौक मात्र नरहेको बताए। फोटोग्राफीले मानिसहरूलाई अगाड़ी बढ्नु र बाँड्नु प्रोत्साहित गर्ने बताए। उनले विभिन्न प्रकारका पुराना क्यामेराहरूबारे पनि जानकारी दिए जुन प्रदर्शनीमा राखिएको थियो। आइपीआर विभाग अनुसार प्रदर्शनीमा विभिन्न पुराना क्यामेराहरू राखिएको थियो। यसका साथै विभागको अभिलेखागारबाट दुर्लभ फोटोहरू पनि प्रदर्शनीमा राखिएको थियो।

कम्प्युटर एप्लिकेशन विभागको पहलमा कार्यशाला शुरू

कम्प्युटर एप्लिकेशन विभागको पहलमा कार्यशाला शुरू

गान्तोक, 19 अगस्त। सिक्किम विश्‍वविद्यालयको कम्प्युटर एप्लिकेशन विभागले रिमोर्ट सेन्सिङ उपकरणका लागि मशिन लर्निङ तथा बृहत आँकडा समीक्षा विषय दुई दिवसीय कार्यशाला आयोजना गरेको छ। आजदेखि यो कार्यशाला विश्‍वविद्यालयको बरात सदन सम्मेलन कक्षमा शुरू भएको छ। उद्घाटन सत्रमा विश्‍वविद्यालयका उपकूलपति प्रोफेसर अविनाश खरेले कार्यशालाको अध्यक्षता गरेका थिए। यस अवसरमा कोलकाताबाट आइईईई जीयो साइन्स तथा रिमोर्ट सेन्सिङ सोसाइटी (जीएसआरएसएस) का अध्यक्ष डा.प्रदीप्त कुमार नन्द, एनआइईएलआइटी गान्तोकका निर्देशक अरूप चट्टोपाध्याय र अन्य विशेषज्ञ पनि उपस्थित थिए। स्मरण गराइन्छ, भारतीय अन्तररिक्ष अनुसन्धान सङ्गठन (इस्रो)को अन्तरिक्ष कार्यक्रमअन्तर्गत रिमोर्ट सेन्सिङ डेटा संग्रह गर्ने भारत विश्‍वको शीर्ष देशहरूमध्ये एउटा हो। भारतका धेरै वैज्ञानिकहरू रिमोट सेन्सिङ डाटाको विश्‍लेषण तथा समीक्षा गर्न संलग्न छन्। यो कार्यशालामार्फत विश्‍वभरिका चर्चित वैज्ञानिकहरूद्वारा रिमोर्ट सेन्सिङ डेटाका सन्दर्भमा सञ्चालित गतिविधिहरूबारे अवगत हुनु कार्यशालाको अर्को उद्देश्य रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विश्‍वविद्यालयका उपकूलपति अविनाश खरेले वर्तमानमा उद्योग जगतको आवश्यकतालाई सम्बोधन गर्न सिक्किम विश्‍वविद्यालयले एमटेक कार्यक्रम शुरू गर्नुपर्ने र अध्यापनसितै कृत्रिम बौद्धिकता, डेटा एनालिटिक्स तथा रिमोर्ट सेन्सिङको क्षेत्रमा सक्रिय रूपमा अनुसन्धान शुरू गर्नुपर्ने कुरामा जोर दिएका छन्। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै प्रोफेसर पीके नन्दले आइईईई-जीएसआरएसएसको भूमिकाबारे प्रकाश पारेका थिए। उनले अध्ययन अध्यापन र अनुसन्धानका विकासका लागि सिक्किम राज्यमा जीएसआरएसएसको छुट्टै अनुभाग खोल्नु पर्ने सुझाव पनि राखेका छन्। यसरी नै निर्देशक अरूप चट्टोपाध्यायले इलेक्ट्रोनिक्स तथा… Read More

संवैधानिक मान्यताप्राप्त पञ्चायती राज व्यवस्थाको गरिमालाई कायम राखिनुपर्छः डीबी चौहान

संवैधानिक मान्यताप्राप्त पञ्चायती राज व्यवस्थाको गरिमालाई कायम राखिनुपर्छः डीबी चौहान

गान्तोक, 19 अगस्त (हिस)। भारतीय जनता पार्टी (भाजपा)-को सिक्किम राज्य एकाइका अध्यक्ष डीबी चौहानले संवैधानिक मान्यताप्राप्त पञ्चायती राज व्यवस्थाको गरिमालाई कायम राख्न नितान्त आवश्यक रहेको बताएका छन्। प्रदेश अध्यक्ष चौहानले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर उक्त विचार प्रकट गरेका छन्। उनले भनेका छन्, ‘73औं संविधान संशोधन ऐन, 1992 अन्तर्गत सिक्किममा पञ्चायती राज प्रणाली सिक्किम पञ्चायत ऐन 1993 पारित गरेर ग्राम तथा जिल्ला पञ्चायत मिलाएर दुई स्तरीय पञ्चायती राज व्यवस्था स्थापित गरिएको हो। प्रथमपल्ट वर्ष 1997-मा यस नयाँ प्रणालीअन्तर्गत पञ्चायत चुनाउ सम्पन्न भएको थियो। यसैगरी, राज्यमा नगर निकाय प्रणाली वर्ष 2007-को सिक्किम नगर निकाय ऐनअन्तर्गत शुरू गरिएको हो। यो व्यवस्थाअन्तर्गत प्रत्येक पाँच वर्षमा संसद, विधानसभा सरह चुनावी प्रक्रियाबाट सदस्यहरूको चयन गरिन्छ। संविधानले पञ्चायती राज प्रणालीलाई स्थानीय सरकारकै रूपमा काम गर्ने क्षमता प्रदान गरेको छ। स्थानीय स्तरमा आर्थिक विकास, सामाजिक न्यायलगायत विभिन्न आर्थिक क्षमताहरू गरेर जम्मा 27 वटा विभागहरूको क्षमता र जिम्मेवारी प्रदान गरिएको छ। पञ्चायती राज व्यवस्थालाई नियमित गर्न सिक्किम राज्य चुनाउ आयोगको गठन गरिएको छ भने आर्थिक क्षमता प्रदान गर्न राज्य वित्तीय आयोगको गठन गरिएको छ। यस संस्थानमा ग्राम सभाको प्रावधान पनि राखिएको छ जसमा ग्राम पञ्चायत युनीटका सबै मतदाताहरू सदस्य रहने गर्दछन्। प्रत्येक वर्ष चार दिन, 26 जनवरी गणतन्त्र दिवस, 1 मई श्रमिक दिवस, 15 अगस्त स्वतन्त्रता दिवस… Read More

बेहाल अवस्थामा गंगामाया पार्क

बेहाल अवस्थामा गंगामाया पार्क

समय संवाददाता दार्जीलिङ, 19 अगस्त। गंगामाया पार्कका नौकाहरू पल्टिसकेका छन्, कतिवटा नौका खोलाले बगाएर तल पुर्‍याइसकेको छ। यहाँका दोकानहरू ठप्प बनेको निकै वर्ष भइसक्यो भने नौका चल्ने पोखरीमा अहिले भल बगिरहेको छ। चौकीहरूलाई झार-जंगलले छोपिसकेको छ भने सिँडीहरू लेऊले ढाकिसकेको छ। दार्जीलिङको एक मुख्य पर्यटन स्थल रक गार्डनदेखि लगभग 3 किलोमिटरको दूरीमा अवस्थित गंगामाया पार्कको आजको अवस्था यस्तै छ। जसको कारण अहिले यस स्थानमा एकैजना पर्यटकको पनि आगमन हुन बन्द भएको छ। दार्जीलिङ पहाडको विकासलाई विशेष ध्यानमा राखेर सन् 1988-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप)-को स्थापना भएपछि तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङको स्वप्न परियोजनाको रूपमा गंगामाया पार्क, रक गार्डन आदि निर्माण गरिएको थियो। जुन कृत्रिम पर्यटन स्थलले विस्तारै दार्जीलिङ भ्रमणमा आउने पर्यटकहरूलाई गतिलैसित आकर्षित तुल्याउन थालेको थियो। तर वर्ष 2007-मा दार्जीलिङ पहाडमा आएको राजनैतिक परिवर्तनसँगै गंगामाया पार्क र रक गार्डनको अवस्थामा पनि व्यापक परिवर्तन आयो। फलस्वरूप यसको अवस्थामाथि उल्लेख गरिए जस्तै भएको छ। यसै गंगामाया पार्कको आज गोरामुमो जनचेतना संघर्ष समितिको एक प्रतिनिधि टोलीले भ्रमण गर्‍यो अनि यसको अवस्थामाथि गम्भीर चिन्ता व्यक्त गरेको छ। समिति अध्यक्ष मञ्जिला तामाङले यसबारे भनिन्, गंगामाया पार्कको यस्तो अवस्था हुनु भनेको गोर्खाल्याण्डकी एक शहीदको पनि अपमान हुनु हो। 27 जुलाई 1986-को दिन कालेबुङमा गोर्खाल्याण्ड आन्दोलनको लागि भएको महासंघर्षमा गोलीबारी हुँदा गंगामाया विश्‍वकर्म, 13 वर्षीया चुन्नु… Read More

धेरै समयदेखि गठन हुन नसकेको तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति गठन

धेरै समयदेखि गठन हुन नसकेको तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति गठन

कालेबुङ, 19 अगस्त। राज्यको तृणमूल कङ्ग्रेसले एकपल्ट फेरि पहाडमा सङ्गठन सुदृढीकरण गर्नमा जोर दिन थालेको छ। धेरै समयदेखि गठन हुन नसकेको तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति आज गठन गरिएको छ। राज्यसभा सांसद एवं तृणमूल कङ्ग्रेस नेत्री शान्ता छेत्रीको उपस्थितिमा आज एउटा दलीय बैठकपछि जिल्ला समिति गठन गरियो। 35 जना सदस्यहरूलाई लिएर समिति गठन गरेपनि समितिका मुख्य प्रतिनिधिहरूको नाम पार्टीले घोषणा गरेन। यद्यपि समितिको लिगल सेलमा प्रेम प्रधान अनि अनिल राई, माइनोरिटी सेलमा ढेण्डुप भोटिया अनि भीम अग्रवाल, मीडिया सेलमा लवन सुब्बा अनि आलोक गुरुङ साथै इम्प्लोइमेन्ट एसोसिएशनमा दिपेशमणि प्रधानलाई पनि जिल्ला समितिमा राखिएको सांसद शान्ता छेत्रीले बताइन्। यसरी नै तृममूलले चाँडै खण्ड-3 अन्तर्गत तीनवटा समष्टि संयोजकहरू पनि चयन गरिने भएको छ। यसका अतिरिक्त 20 जना महिलाहरूलाई लिएर नारी सङ्गठन पनि गठन गरिएको छ जसमा संयोजक ज्योति राई अनि संयुक्त संयोजकका रूपमा डेला शेर्पालाई चयन गरिएको छ भने चाँडै युवा समिति पनि गठन गरिने भएको छ। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद शान्ता छेत्रीले तृणमूल कङ्ग्रेसको विभिन्न समितिहरू गठन गरपछि अब सङ्गठनका प्रतिनिधिहरूले सङ्गठन विस्तारका निम्ति दायित्व निर्वाह गर्नुपर्ने आह्वान गरिन्। ‘गत चुनाउमा हामीले शान्ति अनि विकासका नाममा भोट मागेका थियौं तर हामीले जित्न सकेनौं’-शान्ता छेत्रीले भनिन्, ‘तर हामीले हार खाएका छैनौं, हामी कर्ममा विश्‍वास गछौं।’ राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंले 34… Read More

असहाय पाकिस्तान

असहाय पाकिस्तान

जम्मू कश्मीरमा धारा 370 लाई समाप्त गरेपछि भारत सरकारको निर्णयदेखि धताएको पाकिस्तान र उसको सहयोगी चीनलाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट नराम्रो प्रकारले हारको सामना गर्नु परेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले चीन र पाकिस्तानलाई ठूलो झट्का दिएपछि अनुच्छेद 370 को मामिलामा भारतलाई संयुक्त राष्ट्र सुरक्षा परिषद जस्तो अन्तर्राष्ट्रिय मञ्चबाट पनि सहयोग प्राप्त भएको छ। कश्मीर मुद्दामा अनर्गल आलाप गरेर विश्‍वलाई आफ्नो पक्षमा गर्ने प्रयास र भारतका विरूद्ध अभियान शुरू गरेर केही पनि प्राप्त हुने वाला छैन भनेर पाकिस्तान र चीनले अब बुझ्नुपर्छ। अहिले कुनै पनि अवस्थामा कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर सहानुभूति बटुल्ने पाकिस्तानको एक मात्र उद्देश्य रहेको छ। तर सुरक्षा परिषदको चार स्थायी (चीनलाई छोडेर) र दश अस्थायी सदस्य देशहरूले चीन र पाकिस्तानको कुरालाई बल प्राप्त हुने जस्ता केही पनि भनेका छैनन्। यसैकारण यी दुवै देशलाई 370को मुद्दामा कुटनीतिक हार प्राप्त भएको छ। पाकिस्तानका विदेश मन्त्रीले हालैमा कश्मीरको मुद्दालाई सुरक्षा परिषदमा र इस्लामिक देशहरूको समर्थन जुटाउन सहज छैन भनेर भनेका थिए। अहिलेसम्म न त इस्लामिक देशहरूको सङ्गठन(ओआइसी)ले खुलेर पाकिस्तानको पक्षमा बोलेको छ न त इन्डोनेशिया जस्तो मुस्लिमबाहुल्य देश नै बोल्यो। यस्तो स्थितिमा अन्तर्राष्ट्रिय मञ्चले पनि कश्मीर मामिला भारत र पाकिस्तानबीचको द्वपक्षीय मुद्दा हो भनेर राम्रोसित बुझेको छ भन्ने स्पष्ट हुँदछ। जम्मू कश्मीरमा धारा 370 लाई निष्प्रभावी बनाएपछि नै पाकिस्तानले संयुक्त… Read More

भाषा आन्दोलन र एकता

भाषा आन्दोलन र एकता

अर्जुन ‘यावा’, राङ्का बालकृष्ण समले भनेका छन्- भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीत वैभव भाषा मै बाँच्तछन् पछिसम्म यी॥ अहिले उनको यो भनाइ कति सान्दर्भिक छ? अथवा हामीले आफ्नै उदय-उन्नतिका लागि भाषा बँचाउने कार्यमा कतिसम्म इमान्दार छौं? थोरै चिन्तन गर्नुपर्ला। नेपाली भाषाले भारतीय भाषाको मान्यता पाएको 27 वर्ष पूरा भयो। 20 अगस्त 1992-को दिन नेपाली भाषा भारतीय संविधानमा अन्तर्भुक्त हुँदा हामीमा खुशीको कुनै सीमा थिएन। स्वभाविक पनि हो, किनभने लगभग चार दशकसम्मको लामो आन्दोलनपछि प्राप्त सफलतामा खुशी को नहोला र! त्यसमा लगभग चार दशक लामो सङ्घर्ष मात्र थिएन। भनिन्छ, एकतामा बल हुन्छ। त्यस सफलताको पछि पनि सम्पूर्ण भारतीय नेपाली भाषीहरूको एकता थियो। एकताको परिणाम थियो नेपाली भाषाले संवैधानिक मान्यता पाउनु। भाषालाई जातीय अस्तित्व र चिन्हारीको रूपमा पनि हेर्ने गरिन्छ, जसले आफ्नो जाति कति समृद्ध छ, कति विकसित छ भन्ने बोध पनि गराउँदछ। भाषाले जोडन पनि सक्छ र भाषाले तोडन पनि सक्छ। देहरादुनबाट 1955-56 देखि शुरू भएको नेपाली भाषा मान्यताको आन्दोलनले समग्र भारतीय नेपालीहरूलाई जोड्ने काम गरेको थियो। त्यसैको परिणामस्वरूप 20 अगस्त 1992-मा संसद सभाले नेपाली भाषा मान्यताको प्रस्तावलाई पारित गरेपछि 31 अगस्त, 1992-को दिन राष्ट्रपतिले हस्ताक्षर गरेका थिए। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन धेरै भाषा आन्दोलकहरूले उल्लेखनीय योगदान पुर्‍याएका थिए। यसबाहेक डा. सुनीतिकमार च्याटर्जीले पनि नेपाली भाषालाई संविधानको… Read More