वैरागी काइँलालाई जगदम्बा श्री पुरस्कार

वैरागी काइँलालाई जगदम्बा श्री पुरस्कार

काठमाडौं, 18 अगस्त। तेस्रो आयाम साहित्यिक अभियानका एक स्तम्भ वरिष्ठ कवि वैरागी काइँला (तिल विक्रम नेम्बाङ) लाई लिम्बू भाषा तथा मुन्धुम संस्कार संस्कृतिको अध्ययन- अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङमयको समृद्धिमा उल्लेखनीय योगदान दिएवापत वर्ष 2075 सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिने भएको छ। यसरी नै वर्ष 2075 सालमा प्रकाशित पुस्तकहरूमध्येबाट योगेस राजद्वारा लिखित ‘रणहार’ पुस्तकलाई मदन पुरस्कार 2075 दिइने भएको छ। 18 अगस्तको दिन बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिअनुसार यस वर्ष गुठीमा प्राप्त भएका 257 पुस्तकहरूमध्येबाट 7 पुस्तक एकादेशमा, ओक्कल दोक्कल पिपल पात, ज्ञ, फात्सुङ, मरीचिका, रणहार तथा विचारको लाश मदन पुरस्कार 2075 को निम्ति छनौटमा परेका थिए। यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशी चार-चार लाख रुपियाँ हुनेछ। विज्ञप्तिअनुसार आगामी असोज 12 गते यो पुरस्कार प्रदान गरिनेछ। स्मरण गराइन्छ, विक्रम सम्वत् 2012 सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट 2013 सालमा गद्य विधामा सत्य मोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रामा चित्तरञ्जन नेपालको ‘जनरल भीम सेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो। यसरी नै विक्रम सम्वत् 2045 सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनामा जगदम्बा श्री पुरस्कार स्थापना गरिएको हो। मदन पुरस्कार नेपाल तथा नेपाल बाहिरबाट… Read More

हिन्दी साहित्य सेवा समितिद्वारा कवि गोष्ठी सम्पन्न

हिन्दी साहित्य सेवा समितिद्वारा कवि गोष्ठी सम्पन्न

गान्तोक, 18 अगस्त। हिन्दी साहित्य सेवा समिति, सिक्किमद्वारा आज कवि गोष्ठी आयोजन गरियो। समितिकी उपाध्यक्ष भक्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजिका रूपा तामाङ, सचिव मणिका शर्मा, कोषाध्यक्ष अर्जुन राई ‘यावा’, सदस्यद्वय जगन दाहाल र जीविका अश्रुको साथमा कवि-कवयित्री दीपा राई, लुइस विष्ट र राधा पाण्डेको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले हिन्दी कविताको साथमा नेपाली भाषाका कविता, गीत र जगलहरू प्रस्तुत गरेका थिए। यसका साथै समितिले आगामी सितम्बरमा अर्को कार्यक्रम आयोजन गर्ने भएको छ। यस विषयमाथि पनि कार्यक्रमपछि चर्चा गरिएको थियो। संयोजिका रूपा तामाङ एवं सचिव मणिका शर्माअनुसार आजको कार्यक्रमलाई अनौपचारिकरूपमा आयोजन गरिएको थियो। सिक्किमेली साहित्यमा हिन्दी भाषालाई लिएर काम गर्ने उद्देश्यमा गएवर्ष मात्रै यो संस्था शुरु गरिएको संयोजिकाको भनाई रहेको छ। यसरी नै उपाध्यक्ष भक्ति शर्माले यो संस्थासित अन्य सदस्यहरूलाई पनि जोड्दै लाने जानकारी गराएकी छन्। कार्यक्रममा उपस्थित कार्यकारिणी एवं अन्य सदस्यहरूबीच समितिको भावी योजनाहरूमाथि पनि चर्चा भएको थियो। समितिले आगामी दिनमा मासिकरूपमा कार्यक्रम आयोजन गर्ने बताइएको छ। यसका निम्ति उपाध्यक्ष, सचिव र संयोजिताले मिति तय गरी समिति सदस्यहरूलाई वाट्सएप ग्रुपको माध्यद्वारा जानकारी गराइने भएको कोषाध्यक्ष अर्जुन राईले विज्ञप्तिमार्फत जनाएका छन्।

देशको निम्ति शहीद बने सन्दिप थापा

देशको निम्ति शहीद बने सन्दिप थापा

दार्जीलिङ, 18 अगस्त। जम्मू-कश्मीरको रजुरी जिल्लाको नौसेना सेक्टरमा देशको सुरक्षामा खटिएका देहरादून निवासी 35 वर्षीय गोर्खा जवान लेस नायक सन्दिप थापा शहीद भएका छन्। 17 अगस्तका दिन पाकिस्तानले सीज फायरको उल्लंघन गरेर चलाएको मोटर फाइरिङमा उनी शहीद बनेका हुन्। विगत 15 वर्षदेखि उनले देशको सुरक्षामा आफूलाई समर्पित गरेका थिए। गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिका अध्यक्ष बिमल गुरूङले शहीद सन्दिप थापाको आत्माले चीर शान्ति अनि वैकुण्ठबास प्राप्त गरून् भनी ईश्‍वरसित प्रार्थना गरेका छन्। आज अध्यक्ष बिमल गुरूङले श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको शोक सन्देशमा शहीद थापाको शोकसन्तप्त परिवारका प्रत्येक सदस्यमा ईश्‍वरले सहनशक्ति प्रदान गरून् भन्दै शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। अध्यक्ष बिमल गुरूङले शहीद सन्दिप थापाको स्मरणसितै भारतमा गोर्खा जातिको देशप्रेम र सेवाले अनगन्ति कथा लेखिएको पनि बताएका छन्।

चामलिङका महाभूल?!

चामलिङका महाभूल?!

हामी, अर्थात् म र क्याप्टेन बडा शितालु डाँडाको वरिपरि लगाइएका लामा बेञ्चहरूमध्ये एउटामा बसेका थियौं अझै। तर हामी दुवै मौन थियौं अहिले। धेरै कुराहरू बडाले सुनाएपछि ऐले उनी अलिकति सुस्ताएका थिए। खासमा बडा ज्यादै दुःखी थिए। दिग्दारी र उदासीको लहर उनको अनुहारमा सजिलै देखिन्थ्यो। हामीबीच निकैबेर संवाद भएन। अघिसम्म संवादै भन्न नमिले पनि बडाको एकालापजस्तो बोली एकनासले आइरहेको थियो। तर उनी चूप भएपछि उपत्यकालाई ढाकेर बसेको बादल जस्तो मौनता छाएको थियो हामी बसिरहेको डाँडामा। मैले बडाको अनुहार नियाली बसें धेरैबेर। उनलाई अरू बोल्ने चाह नभएको लाग्यो। त्यो गम्भीर उदासीलाई तोड्नु जरूरी थियो। तर मैले त्यो साहस आफैमा जुटाउन सकिनँ। किंकर्त्तव्यविमूढ जस्तो भइरहें म आफै। बडा भित्रैबाट खिन्न थिए। चित्त अड्याउने कुनै ठाउँ नपाएइरहेको लाग्थ्यो उनले। मैले विषयान्तरको बाटो समातें र सोधें, ‘बडा फौजमा कति वर्ष रहनुभयो?’ सहसा मेरो प्रश्‍नले उनी किञ्चित झस्किए। गहिरो सोचको माझ लहरबाट विस्तारै किनारा लागेजस्तो उनले मलाई पुलुक्क हेरिपठाए। तर उत्तर दिएनन्। मौनतालाई तोड्ने मेरो प्रयास सफल भएन। बडा त्यतिकै केही नबोलेर बसिरहे। तर अघिको चिन्तनको लहर केही खज्मजिएको भने अवश्यै थियो। बडाले कोटको भित्री गोजीबाट सिगरेट निकालेर सल्काए र फुस्फुस् धुवाँ फ्याँक्न थाले। मलाई एक किसिमको सकस भयो। उठेर पल्लो बेञ्चमा चढें र पर पर पहाड अलि तल बगिरहेको खोला खोल्सीहरूलाई हेर्न थालें। अनि गोजीबाट… Read More

सर! कार होइन, सरकार बिक्रीमा छ?

सर! कार होइन, सरकार बिक्रीमा छ?

जगन दाहाल गान्तोक, 18 अगस्त। आम चुनाउमा जनताले भोट बेच्छन्, सत्तासीन या पुँजीपतिका भरमा चल्ने पार्टीहरूले पैसामा जनताको भोट किन्छन् भन्दै चुनाउ आचार संहिताको समयमा विभिन्न राजनीतिक पार्टी, राजनीतिक बिचौलिया, चुनाउ आयोगका अधिकारी अनि सरकारी कर्मचारीहरू रक्सी र पैसा बँडाईको चियो गर्दै यस वर्षको आम चुनाउमा राज्यभरि घुमेकै हुन्। किनबेचको चर्चाले नै यस वर्षको सिक्किमको आम चुनाउ सकियो। जनताले नेताको विचार, पार्टीको कार्यक्रम, सिद्धान्त, नीति र भावी विकासीय कार्यहरूमाथि चासो राख्ने मौकै पाएनन्। एकातिर तत्कालीन सत्तासीन सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको प्रमुख नारा ‘आउँदो चुनाउ केवल सरकार बनाउने मात्र होइन, सिक्किम बचाउने चुनाउ पनि हो’-थियो भने विपक्षमा रहेको एसकेएम पार्टीको नारा केवल ‘व्यवस्था परिवर्तन’-रहेको थियो। परिवर्तनको नाराले सिक्किम बचाउने कुरालाई धेरै दबाएर राख्न सफल भयो परिणामस्वरूप सत्ता पनि एसकेएम पार्टीकै झोलीको भयो। हुन त सिक्किम सरकार सधैं केन्द्रकै भरमा र केन्द्रसँग मिलेर चल्ने हो। आजभन्दा अघिका प्रजातान्त्रिक सरकारहरू सबै केन्द्रको सहारा र उनीहरूलाई समर्थन गर्दै चलेका हुन्। सरकारको जिम्मेवारी राज्य र देशको शान्ति, सुरक्षा, विकास अनि जनतालाई सामाजिक, राजनीतिक, आर्थिक अधिकार दिएर सम्पूर्ण राज्य औ देशवासीलाई आधुनिक समाजको मूलधारामा ल्याउनु हो। जनता नै देश हुन्, जनतालाई देशको खाँचो छ अनि देशलाई जनताको खाँचो हुन्छ। अहिले सिक्किमको राजनीतिक माहोलले सिक्किमलाई देशको मूलधारामा ल्याउने काम गर्दै गरेको भएपनि केही प्रतिशत मानिसहरू भने आफूलाई… Read More

चौथो अन्तरमहाविद्यालय उत्सव आयोजित

चौथो अन्तरमहाविद्यालय उत्सव आयोजित

गान्तोक, 18 अगस्त (हिस)। इनर व्हील क्लब (आईडब्ल्युसी), गान्तोक शाखाले शनिबार चौथो अन्तरमहाविद्यालय उत्सव आयोजन गर्‍यो। रानीपुलस्थित कृषि अभियान्त्रिकी महाविद्यालयको प्रेक्षागृहमा आयोजित उक्त कार्यक्रमको उद्देश्य महाविद्यालयका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न एउटा मञ्च प्रदान गर्नु रहेको थियो। कार्यक्रममा सिक्किम सरकारका मुख्य सचिव एके श्रीवास्तव मुख्य अतिथि तथा सीएईपीएचटीका डीन प्रा. पीपी डबराल विशिष्ट अतिथि थिए। आईडब्ल्युसीकी सचिव दीप्ति ओबरायद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त कार्यक्रमको निम्ति सिक्किमभरिको सरकारी अनि निजी महाविद्यालयहरूलाई निमन्त्रणा गरिएको थियो। कार्यक्रमअन्तर्गत युगल नृत्य, फेस पेन्टिङ, स्लोगन लेखन, मनोएक्ट, प्रश्‍नोत्तर, र्‍याम्प वक आदि विभिन्न गतिविधिहरू सम्पन्न गरियो। यसैगरी कार्यक्रममा मिताली दत्त, पूजा शर्मा, चन्द्रिका छेत्री, सुरज मल्लिक, सागर सुब्बा, करिश्मा प्रधान, मोहनलाल शारदा, ग्यूरमिला भोटिया, प्रणिता घिमिरे, डिल्लीराम दुलाल र रूस्तम लेप्चा निर्णायकका रूपमा उपस्थित थिए। कार्यक्रममा 22 महाविद्यालयका 250 विद्यार्थीले भाग लिएका थिए। कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने तीन महाविद्यालय एसजीसी, बीएड कलेज सोरेङ, एनबीबीडीसी तादोङ र सीसीसीटी चिसोपानी क्रमशः प्रथम, दोस्रो अनि तेस्रो रह्यो। विजयी महाविद्यालयहरूलाई अतिथिहरूको बाहुलीद्वारा पुरस्कृत गरियो। कार्यक्रमलाई अतिथिहरूलगायत अध्यक्ष आशा किरणले सम्बोधन गरेका थिए। -हिस/बिशाल

नेवारी समुदायद्वारा गाईजात्रा पालन

नेवारी समुदायद्वारा गाईजात्रा पालन

रिनाक, 18 अगस्त। रिनाक निवासी पूर्व पञ्चायत नारायण प्रधानकी माता यशोधा प्रधानको दिवंगत आत्मा शान्तिको निम्ति नेवारी रीतिरिवाजअनुसार एक गाईजात्रा पालन गरियो। हिजो रिनाकमा आयोजित यस गाईजात्रामा नेवारी समुदायका मुख्य पुजारी (बुबाज्यू) भाजु अलंकार प्रधानद्वारा पूजा गरेर दिवंगतको निवासस्थलबाट शुरू गरिएपछि स्थानीय बजारको परिक्रमा गराई संगमर्मरले बनाइएको गाईको मूर्ति (बसा) बजारभित्रको मन्दिरमा बिर्सजन गरिएको थियो। नेवारी समुदाय, नेवा गुठी रिनाक शाखाको उपस्थितिमा नेवा जातिको भजन, नेवारी भेषभुषामा सजिएर नेवारी संस्कार अनि संस्कृतिको झलक, नेवारी भोज समावेश रहेको थियो। सिक्किमको रिनाक भेकमा मात्र यस प्रकारले नेवारी संस्कृति अनि संस्कारलाई संरक्षणहेतु गाईजात्रा पर्वलाई पालन गरिने चलन रहिआएको छ भने यो क्वाटी पूर्णेको ठीक एक दिनपछि मनाइने सुवास प्रधानले बताएका छन्। गाईजात्रा नेपालदेखि शुरू भएको इतिहास रहेको, यद्यपि नेपालमा मल्ल राजाका पुत्र बचपनमा दिवंगत हुँदा, पुत्रशोकमा परेकी रानीको उदासीपनादेखि बाहिर ल्याउन राजाले जात्राको योजना बनाएको ऐतिहासिक कथन रहिआएको छ। यसरी नै जात्राको बिर्सजनपछि पुनः निवासस्थलको प्राङ्गणमा खरसाङदेखि आएका जमुना प्रधानसहित अन्य पाँचजनाको टोलीले नेवारी नृत्यद्वारा सबै उपस्थितजनलाई मनोरञ्जन तुल्याए भने यस जात्रामा सह पुजारीको रूपमा सिङ्तामका भाजु सुमन प्रधान रहेका थिए। यसरी नेवारी संस्कृतिलाई संरक्षण गर्न र भावी पिँढीले पनि यस विषय ज्ञान पावोस् भन्ने ध्येयले रिनाक नेवा गुठीको ठूलो भूमिका रहेको छ अनि आयोजक परिवारका बद्रीनाथ प्रधान, नारायण प्रधानलाई गुठीद्वारा कृतज्ञता व्यक्त… Read More

सिलगढीमा लायन्स क्लब अफ् रम्फूलाई चारवटा पुरस्कार

सिलगढीमा लायन्स क्लब अफ् रम्फूलाई चारवटा पुरस्कार

रम्फू, 18 अगस्त। हिजो सिलगढीमा लायन्स क्लब इन्टरनेशनल 322 एफद्वारा 2018- 19 को निम्ति आयोजित जिल्लास्तरीय पुरस्कार प्रदान समारोहमा लायन्स क्लब अफ् रम्फूले विभिन्नस्तरमा चारवटा पुरस्कार प्राप्त गरेर रम्फू क्लब, रम्फू बजारसहित राज्यको नाम रोशन गरेको छ। उत्तर बङ्गाल, सिक्किम, डुवर्स, दार्जीलिङ क्षेत्रका 80 क्लबका 200 भन्दा ज्यादा सदस्यहरूको उपस्थितिबीच 2018 -19 का डिस्ट्रिक्ट गवर्नर लायन सरवन चौधरीको बाहुलीबाट रम्फू लायन्स क्लबको तर्फबाट उपस्थित लायन नमिता छेत्री, लायन राकेश अग्रवाल र लायन सञ्जय अग्रवालले सेकेण्ड बेस्ट क्लब इन हिल्स, टोकन अफ एप्प्रीसिऐसन, हेल्दी क्लब र बेस्ट सेक्रेट्री पुरस्कार प्रदान गरियो। यसबाहेक लायन्स क्लब अफ रम्फूका सदस्य लायन सञ्जय अग्रवाललाई पनि लायन्स क्लब इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष 2018-19 लायन गुद्रुणद्वारा हस्ताक्षरित टोकन अफ एप्रिसिऐसन प्रमाण पत्र प्रदान गरियो। लायन्स क्लब अफ रम्फूका 2018-19 का सभापति लायन हेमकुमार गुरुङले पुरस्कार प्राप्ति एक ऐतिहासिक पल बताउँदै रम्फू लायन्सका सम्पूर्ण सदस्यहरूको क्लबप्रतिको लगनशीलता र एकाग्रताको कारण नै पुरस्कार प्राप्त भएको बताउँदै डिस्ट्रिक्ट टीमबाट प्राप्त सहयोग प्रति पनि हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण रम्फू लायन्सका सदस्यहरूलाई हार्दिक बधाई प्रकट गरेका छन्। यसबाहेक अन्तर्राष्ट्रिय अध्यक्षद्वारा हस्ताक्षारित प्रशस्ती पत्र प्राप्ति प्रति पनि लायन सञ्जय अग्रवाललाई हार्दिक बधाई र शुभकामना प्रकट गरेका छन्।

स्मृति सभा सम्पन्न

स्मृति सभा सम्पन्न

कालेबुङ, 18 अगस्त। 80 वर्षभन्दा अधिक नेपाली साहित्यलाई सेवा गरेर 101 वर्षको उमेरमा स्वर्गारोहण भएका हायमान दास राई किरातको निम्ति स्मृति सभा सम्पन्न भयो। गोरुबथानको सन्त फ्रान्सिस आशिषी स्कूलको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा हायमानदास राई किरातका छोरा विजय राई, छोरी लक्ष्मी राईलगायत परिवारका सदस्यहरू, हायमानदास राई प्रतिष्ठानका सचिव शित्तम मोक्तान, शिक्षक सूर्यमणि राई, योगेश बाछाना, शिशिर राई, मेघनाथ राईलगायत साहित्यकार अनि विशिष्ट नागरिकहरूको उपस्थिति थियो। स्कूलका प्रमुख जोहन ब्रिटो ब्यानर्जीले स्वागत वक्तव्य राखेपछि उपस्थित साहित्यकारहरूले श्री किरातसित बिताएका क्षणहरूको स्मरण साझा गरे। हायमानदास राई किरात प्रतिष्ठानका मूल सचिव शित्तम मोक्तानले भने, श्री किरातले मानव भएर जिउन पर्ने एउटा डल्लै जीवन जिए। सबैकोमा यसरी सबै थोक गर्न पाउने सौभाग्य हुँदैन। तर श्री किरातले आफू जीवित छँदा नै सबै कुराकोे उपभोग गर्न पाए। साहित्य सृजना, साहित्य प्रकाशनदेखि लिएर विभिन्न पुस्तासम्म प्रत्यक्ष देख्ने किरातले आफूले सङ्कटकालीन स्थितिमा विभिन्न विघ्नबाधा भोगेर पनि साहित्यको सेवा गरेकोमा आफूलाई मूल्याङ्कन गरेको पनि देख्न पाए। मरणोप्ररान्त मात्र सर्जकको मूल्याङ्कन गर्ने चलनलाई पर सार्दै युग पुरुष किरातले आफू जिउँदो छँदा नै विभिन्न ठाउँका विभिन्न सङ्घ-संस्था अनि व्यक्तिहरूले सम्मान गरेको आफ्नै भोग्न पाउनु ठुलो विषय हो। त्यसै कारण श्री किरातले एउटा पूर्ण जीवन जिउन पाए जुन कुरा जो कसैलाई जुर्दैन, उनले भने। श्री किरातसित छिमेकी कै हिसाबमा सधैं हेलमेलमा रहेका… Read More

400 परिवार गोजमुमोमा सामेल

400 परिवार गोजमुमोमा सामेल

समय संवाददाता दार्जीलिङ, 18 अगस्त। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ (सदर 2 समष्टि) कमिटी नेता शिवराज थापासँगै विभिन्न पार्टीका मोठ 400 परिवार आज विनय तामाङपन्थी गोजमुमोमा सामेल भए। आज रङ्बुल सार्वजनिक भवनमा एक कार्यक्रमबीच उनीहरू गोजमुमोमा सामेल भएका हुन्, जसलाई पार्टी महासचिव अनित थापाले पार्टीको झण्डा प्रदान गरी उनीहरूलाई पार्टीमा स्वागत जनाए। हाल गोरामुमोबाट विनय तामाङपन्थी गोजमुमोमा सामेल हुनेहरूको संख्यामा बढोत्तरी भइरहेको छ। गत केही दिनअघि मात्रै गोरामुमोका एक नेता कमल गुरूङ उर्फ गोकको काइँला, गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयूका कार्यकारी अध्यक्ष जेबी तामाङ आदि पनि विनय तामाङपन्थी गोजमुमोमा सामेल भएका थिए। यसरी नै आज फेरि गोरामुमो नेता शिवराज थापाले पनि मन घिसिङको साथ छोडेर विनय तामाङकै हात समात्ने कार्य गरेका छन्। शिवराज थापा लगभग 1 वर्षअघि मात्रै गोजमुमोबाट गोरामुमोमा सामेल भएका थिए। जो आज फेरि गोजमुमोमा नै फर्किएका छन्। आज विभिन्न पार्टीबाट गोजमुमोमा सामेल हुने कार्यक्रमपछि उपस्थित जनसमूहलाई सम्बोधन गर्दै गोजमुमो महासचिव अनित थापाले जनतालाई भ्रममा नबस्ने आह्वान गरे। उनले विमल गुरूङ, रोशन गिरी आदिको नाम नलिइ उनीहरूले जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाए। महासचिव थापाले भने, बंगाल सरकारले जनतामाथि अत्याचार गरिरहेको छ भन्ने आरोप लगाइँदैछ। तर जंगलमा बस्नेहरूले जनतालाई उक्साएर गाडी जलाउन लगाए, सरकारी कार्यालय जलाउन लगाए पुलिसले रोक्छ नै। सन् 1986-देखि हालसम्म जति पनि आन्दोलन भए, ती… Read More