पवन चामलिङका महाभूल?! 1.

पवन चामलिङका महाभूल?! 1.

–अस्मिता गुरुङ पहिलो कुरा। यसपटकको चुनाउ नतिजा अनुसार चामलिङ र उनले नेत्तृत्व गरेको एसडीएफ पार्टी लगातार छैटौंपटक सरकार बनाउन चुके। यसअघि अर्थात् पाँचौंपटकको सरकारमा नै चामलिङले देशकै सबैभन्दा लामो अवधिसम्म मुख्यमन्त्री बन्ने रेकर्ड बनाइसकेका हुन्, र यसपटकको चुनाउमा पनि उनको प्रत्यागमन प्रायः निश्‍चित ठानिएको थियो। तर त्यसो भएन। सिक्किमका मतदाताहरूले उनको पार्टीको पक्षमा सबैभन्दा बढ़ी 47.63 प्रतिशत मत खसालेका भए तापनि उनको दल 15 वटा सीटमा मात्र विजयी बन्नसक्यो, र त्योभन्दा कम 47.03 प्रतिशत मत प्राप्त गर्ने एसकेएम पार्टी 17 सीटमा विजयी बन्नपुग्यो। साथमा, एसकेएम-ले 17 सीट जितेको भए तापनि यस दलबाट द्वैध उम्मेदवारिता दिएर विजयी बनेका विधायक कुङ्गा निमा लेप्चाले गान्तोक समष्टिको प्रतिनिधित्वबाट इस्तिफा दिएका हुँदा सो दलसित अहिले सरकार बनाउनलाई आवश्यक बहुमत छैन। हाल केवल 16 जना एमएलए-हरू भएको सो पार्टीले सरकार गठन गरेको छ। त्यसमा पनि देशको विद्यमान कानूनले जन-प्रतिनिधि बन्नबाट निषेध गरेको व्यक्तिको नेत्तृत्वमा सो सरकार चलिरहेको छ। जे होस्, त्यसतर्फ नगएर म विशेष कोणबाट चामलिङका कमजोरीहरूतर्फ उन्मुख हुनचाहन्छु, ताकि यसचोटिको चुनाउमा उनको हार हुनु र उनको सरकार गठन हुननसक्नुको कारण बुझ्न सकियोस्। एकजना नेता वा मुख्यमन्त्रीका रूपमा चामलिङ अति नै लोकप्रिय र लोकमान्य व्यक्तित्व हुन् सिक्किमको सन्दर्भमा। उनको दलले सरकार बनाउन नसक्दा पनि उनी दुई-दुईवटा निर्वाचन क्षेत्रहरूबाट विजयी बने। यो उनको लोकप्रियता र विश्‍वासनीयताको सानो… Read More

पवन चामलिङका महाभूल?? -2

पवन चामलिङका महाभूल?? -2

–अस्मिता गुरुङ त्यसभन्दा अघि पनि र विशेषतः 2018-19 -को समयावधिमा पवन चामलिङले निक्कै जोर दिएर एउटा कुरा बारम्बार आफ्ना भाषणहरूमा उठाएका थिए। उनको जोर �सिक्किम बचाउने’ भन्ने कुरामा थियो। उनको पार्टीको 2019 -को क्यालेण्डरमा पनि चामलिङको सो भनाइ छापिएको छ। त्यसमा लेखिएको छ, �आउँदो चुनाउ केवल सरकार बनाउने मात्र होइन, सिक्किम बचाउने चुनाउ पनि हो।’ सिक्किम बचाउने! सामान्यतः यो कुरा अलिक अप्रष्ट लाग्नसक्छ। सिक्किमलाई कसरी बचाउने? कसबाट बचाउने? अथवा सिक्किमको अस्तित्वमाथि कुन सङ्कटको ग्रहण लागेको हो? यी प्रश्न हरू यसले स्वाभाविक रूपमा उठाउँछ। पहिलो कुरो, चामलिङका विचार र कामहरू यस कुराको द्योतक हो कि उनी प्रखर राष्ट्रवादी नेता हुँदाहुँदै पनि सिक्किमलाई असाध्यै माया गर्ने नेता पनि हुन्। सिक्किम सिक्किमेहरूको निम्ति सुरक्षित स्थल बनोस्, बनिरहोस् भन्ने चाहने नेता हुन् पवन चामलिङ। त्यसैले आफ्नो कार्यावधिमा सिक्किमको सुरक्षा कवचलाई तरलीकरण हुन उनले दिएनन् – राजनीतिक महलमा पनि अनि वैधानिक तौरमा पनि। सिक्किमेहरूको विशेषाधिकारहरूको सुरक्षाको पक्षमा उनले गरेका कामहरू, उनले लिएका अडान एवं नीतिहरूकै कारण सिक्किममा थुप्रै ऐतिहासिक महत्त्वका कामहरू भएका छन्। लिम्बू-तामाङले जनजातिको मान्यता पाउनसकेको अथवा सिक्किमेहरूले केन्द्रीय आयकरबाट छूट पाउन सकेको तथ्य हाम्रा सामुन्ने छन्। यी ऐतिहासिक उपलब्धिहरूका साथमा नेपाली समुदायभित्रबाट छुटेका 11 समुदायलाई पनि जनजातिको मान्यता दिनुपर्छ भन्ने उनकै माग हो, उनकै सोच हो – जो धेरैवटा पार्टीहरूको राजनैतिक एजेण्डा बनेको… Read More

चामलिङका महाभूल?! (3)

चामलिङका महाभूल?! (3)

–अस्मिता गुरुङ सिक्किमको सबैभन्दा आकर्षक कुरो भनेको यहाँको प्राकृतिक सुन्दरता र त्यसभित्र समाहित जैव-विविधता हो। यो प्रकृतिले नै सिक्किमलाई दिएको अनुपम उपहार। त्यसको साथमा, सिक्किमको समाजमा परिव्याप्त शान्ति यहाँको अर्को विशेषता हो। दुनियाँभरिका मानिसहरू सुख र शान्तिको खोजीमा आज काकाकुलसरह विक्षिप्त र तृषित छन्। दुनियाँमा कहाली-कहाली छ, हाहाकार छ। शान्तिकै खोजी र कामनामा युद्धहरू भइरहेका छन्। तर उन्माद र हिंसाबाट दुनियाँले राहत पाउन सकिरहेको छैन। चारैतिर कोलाहल छ, चित्कार छ, हिंसै-हिंसा छ। यस्तो कालखण्डमा कुनै समाजमा शान्तिको वातावरण कायम रहनु आफैमा एउटा अप्रतिम उपलब्धि हो। किनभने बुनियादी आवश्यकताहरूको परिपूर्तिपछि मानिसलाई चाहिने अत्यन्त जरूरी कुराहरूमध्ये शान्ति पनि हो। यसको अभावमा मानिसको सामग्रिक विकाशको दैलो थुनिन्छ, मानिसको स्वतन्त्र र स्वाभाविक उन्नतिको बाटो छेकिन्छ। स्वतन्त्र एवं शान्तिपूर्ण परिवेशमा मान्छेले आफ्नो प्रकृत क्षमताको सर्वोच्च विकास गर्नसक्ने मात्र होइन, तर आफूले आर्जेको विकासलाई संरक्षण र सम्बर्द्धन पनि गर्नसक्नेहुन्छ। त्यसैले आम मानिसको जीवनमा शान्ति अत्यन्त मात्र होइन, नितान्त जरूरी हुन्छ। यसै सन्दर्भमा सिक्किममा परिव्याप्त शान्तिपूर्ण परिवेशलाई बुझ्न सकिए, त्यसको महत्तालाई हामी आँक्न सक्नेछौं। त्यसअर्थमा पवन चामलिङको 25 वर्षे शासनकालमा सिक्किममा जे-जति भौतिक पूर्वाधारहरूका विकास भए, त्यसभन्दा सानो उपलब्धि यहाँ छाएको शान्ति होइन। एउटा समाजमा शान्ति कति बेला छाउनसक्छ? यो प्रश्‍नलाई सम्बोधन गर्नुपर्दा निकै लामो व्याख्या चाहिने हुन्छ। किनभने समाजका बहुआयामिक चरित्र, स्वाभाव, मनोविज्ञान, समस्या र चाहनाहरूसित… Read More

पवन चामलिङका महाभूल?!-4

पवन चामलिङका महाभूल?!-4

– अस्मिता गुरुङ सिक्किममा नयाँ सरकार आएको पनि करीब दुई महिनाको लग लाग्यो। नयाँ सरकार हो, नयाँ केही गर्ला भन्ने आशा धेरैको छ। यद्यपि, सरकार ऐलेसम्म रूटिन काममै व्यस्त छ। नयाँ घोषणा, नीति, कार्यक्रम भनेर भन्नसकिने विशेष केही देखिएको छैन हालसम्म। चुनाउको समयमा गरेका वाचाहरू पनि काँचै छन्। कतिपय वाचाहरूका समयसीमा नाघि पनि सके। कतिपय वाचाहरूको तोकिएको समय सक्नेवाला छन्। तर जहाँसम्म नीति निर्यणका कुराहरू छन्, ‘नयाँ’ भन्न सक्ने केही देखिएको छैन। पुरानो सरकारकै नीति, कार्यक्रमहरू चलिरहेका छन्। भनौं, नयाँ सरकारको राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक वा सामाजिक नीतिहरूको रूप देख्न बाँकी नै छ। उदाहरण लिऊँ पर्यावरणको। यो उदाहरण यसकारण लिएको किनभने नयाँ सरकारले 7 जुलाईको दिन ‘पृथ्वी मातालाई एक दिन’ भनेर 7 मिनट ट्राफिक बन्द गर्ने घोषणा गर्‍यो। 7 तारिक 7 महिनाको 7 मिनट भन्ने सङ्केतजस्तो थियो त्यो कार्यक्रम। यो कार्यक्रम पनि तर नयाँ होइन। अघिल्लो सरकारले 2009 देखि नै ‘टेन मिनट्स टू अर्थ’ मनाइआएकै हो। प्रत्येक वर्ष 25 जूनको दिन यो कार्यक्रम निरन्तर चलिआएको हो। सम्पूर्ण राज्यभरि एकैसाथ दश मिनट वृक्षरोपण गरिने कार्यक्रम हो यो। तर यसपटक 25 जूनमा त्यो कार्यले निरन्तरता पाएन। सट्टामा केही ढिलो गरी 7 जुलाईको दिन यो कार्यक्रम अर्कै ढङ्गमा मनाइयो। सरकार जुनै आए पनि, सरकारमा जो सुकै पुगे पनि देश, राज्य र जनताका निम्ति… Read More

पवन चामलिङका महाभूल?!-5

पवन चामलिङका महाभूल?!-5

–अस्मिता गुरुङ आधुनिक वैश्‍वीकृत दुनियाँमा जहाँ बहुसांस्कृतिक- बहुजातीय समाज वा राष्ट्रहरू छन्, त्यहाँ समावेशी राजनैतिक नीतिहरूको कार्यान्वयन एउटा विकटिलो कुरा हो। झन् भारतझैं विशाल भूगोल र बहुविध जाति, धर्म संस्कृतिक र भाषा भएको राष्ट्रमा विशेषतः राजनैतिक समावेशनको नीति असम्भव नै लाग्दछ। यद्यपि, देशको संविधानले समान अधिकार, न्याय र सुरक्षा प्रत्येक नागरिक र नागरिक समूहलाई प्रदान गरेको छ। सबै क्षेत्र, सबै जाति, सबै संस्कृतिहरूको प्रतिनिधित्व तैपनि जटिल छ। वर्तमान राष्ट्रिय सरकारमा रहेको पार्टीले पनि ‘सब का साथ, सब का विकास, सब का विश्‍वास’ भन्ने नारा दिएको छ। अन्य कुराहरूलाई उल्लेख्य नगरी सो पार्टीले गत चुनाउमा खडा गरेका उम्मेद्वारहरूको सूची मात्र हेर्दा पनि उनीहरूको यो वाचाको तर पोल खुलिन्छ। सारा भारतमा प्रायः के देख्ने गरिएको छ भने विशेष जाति, सम्प्रदाय वा विशेष क्षेत्रबाट जुन राजनैतिक दललाई चुनावी फायदा मिल्दछ अनि जसले आफूले दिलाएको फायदाको आधारमा आफ्नो हक-दावी गर्दछ, राजनैतिक पार्टीहरूले उनीहरूलाई नै प्राथामिकता दिएर प्रश्रय दिन्छन्। यो काम केवल राजनैतिक पार्टीले गर्ने होइन, उनीहरू सरकारमा पुगिसकेपछि पनि त्यही पूर्वाग्रहले आम नागरिक वा राज्य वा क्षेत्रहरूलाई व्यवहार गर्छन्। अनि यस्ता समूहहरूले राजनैतिक, आर्थिक, प्रशासनिक फायदाहरू बढी लिन्छन् र अरूलाई उछिनेर अघि बढ्छन्। यो एउटा सामान्य सच्चाई हो भारतीय राजनैतिक परिदृश्यको। समाजमा विषमतालाई बीजारोपण र विस्तार गर्ने राजनैतिक जड यही हो। देशका 29 वटा… Read More

पवन चामलिङका महाभूल?! -६

पवन चामलिङका महाभूल?! -६

– अस्मिता गुरुङ चामलिङ पावरवाला चश्मा लगाउँछन्। त्यसै चश्माले उनी पढ्छन्, लेख्छन् र नजिकका कुराहरूलाई हेर्छन्। फाइलहरू हेर्दा, किताब, पत्र-पत्रिका पढ्दा वा कविता-गीतहरू लेख्दा उनले त्यही चश्मा निकालेर लगाउँछन् र काम गर्छन्। यो कुरा हामी सबैले देखेका छौं। तर राजनीतिक पवन चामलिङलाई गहिरिएर हेर्दा उनीसँग एउटा माइक्रोस्कोप र एउटा दुर्बिन पनि छ भन्ने लाग्छ। राजनीतिलाई उनी चश्माले मात्र हेर्दैनन्, त्यसलाई उनी माइक्रोस्कोपले हेर्छन् अनि दुर्बिनले पनि हेर्छन्। जस्तै (1) चामलिङलाई न्याय चाहियो। जनतालाई न्याय दिनु पर्‍यो। उनी न्याय कसरी दिनसकिन्छ, त्यै खोजिरहन्छन्। न्याय पाउनेले भलै त्यो कुरा बुझोस्-नबुझोस् उनी त्यो वास्ता गर्दैनन्। आफूले न्याय दिएको हुनुपर्‍यो बस्! त्यसैले उनी माइक्रोस्कोप लगाएर त्यही हेरिरहन्छन्- आखिर न्याय भयो कि? भएन कि? न्याय भनेको आलू-प्याजको किनमेल होइन। त्यो एउटा प्रक्रिया हो, त्यै पनि लामो र जटिल प्रक्रिया हो। त्यसमा एउटा बेच्ने र अर्को किन्ने मात्र पनि हुँदैन। अनि बजारको चालू दरभाउ मात्र पनि हुँदैन। त्यति मात्र हुँदा भए आँखाले (चश्मासहित वा चश्माबिनै) पनि कुरा सहज बुझ्न सकिन्थ्यो। तर माइक्रोस्कोपको कुरा बेग्लै हो। त्यसले चश्माले जस्तो सपाट रूपमा चीजबीजहरू देखाउँदैन। दुर्बिन पनि त्यस्तै हो। त्यसले टाडाको दृश्यलाई नजिक त ल्याउँछ, चहल-पहल पनि देखाउँछ तर आवाज सुनाउँदैन। त्यसले वास्तविकतालाई सम्पूर्णतामा नदेखाउन सक्छ। भूल-भ्रान्ति जन्माउन पनि सक्छ। यो खतरा दुर्बिनसँग सधैं छ। (2) पवन चामलिङलाई सामाजिक… Read More

विधानसभा बहिष्कार एसडीएफको सैद्धान्तिक अडानः जे. बी. दर्नाल

विधानसभा बहिष्कार एसडीएफको सैद्धान्तिक अडानः जे. बी. दर्नाल

गान्तोक, 31 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले 2019-को विधानसभा चुनाउ जित्न सफल भएपनि अल्पमतले सरकार चलाईरहेको एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले बताएका छन्। प्रवक्ता जेबी दर्नालले आज एक प्रेस विज्ञप्ति जारी गरेर यो कुरा बताएका छन्। विज्ञप्तिमा भनिएको छ, यस सरकारले गत 29 जुलाईदेखि आगामी 2 अगस्तसम्मको विधानसभा आयोजना गरेको छ। असंवैधानिक र अप्राजातान्त्रिक व्यवस्थाले नियुक्त भएका मुख्यमन्त्री पीएस गोलेले विधानसभाको दोस्रो दिन सदनलाई सम्बोधन गरे। विपक्षी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीले सदन बहिष्कार गरेको विषयमा सिक्किमको इतिहासमा कालो दिन हो भनी गोलेले दिएको बयानलाई एसडीएफ पार्टी कठोर निन्दा गर्दछ। गत 2 मई, 2019-को दशौं विधानसभामा निर्वाचित विधायकहरूलाई शपथ ग्रहण गराउने विधिको दिन सिक्किम विधानसभामा जे घटना घट्यो त्यो सिक्किम विधानसभाको इतिहासको निम्ति कालो दिन हो भन्ने एसडीएफ पार्टी ठहर गर्दछ। सिक्किम विधानसभालाई सुचारूपले सञ्चालन गर्न एसकेएम सरकार पूर्ण रूपले विफल भएको कुरा देश र दुनियाँले सामाजिक सञ्जालमा देखेको छ। विधानसभामा विधायकहरूलाई विधायकको रूपमा शपथ दिलाउने पहिलो कार्यक्रमको दिनै एसकेएम पार्टीका समर्थकहरूले विधानसभाभित्र होडदङ्गी मच्चाएको र पूर्व मुख्यमन्त्री पवन चामलिङ र अन्य विधायकहरूलाई विधानसभा जस्तो पवित्र स्थान र संवैधानिक इकाइमा असंसदीय, अप्रजातान्त्रिक र अमर्यादित शब्दहरू हुल लागेर घात गरेको कुरा देशको राजनैतिक इतिहासमा कालो दिन हो। विधानसभाको इतिहासमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा बसेर कीर्तिमान कायम गरेका वरिष्ठ नेतामाथि घात गर्ने… Read More

संसोधन विधेयकसहित विभिन्न विभागीय अनुदान मागहरू पारित

संसोधन विधेयकसहित विभिन्न विभागीय अनुदान मागहरू पारित

गान्तोक, 31 जुलाई। गत सोमबारदेखि शुरू भएको पाँच दिवसीय बजेट अधिवेशनको आज तेस्रो दिन सदनमा एउटा संसोधन विधेयक र विभिन्न विभागीय अनुदान मागहरू पारित गरियो। राज्य परिवहन विभागका मन्त्री सञ्जीत खरेलले बजेट अधिवेशनको दोस्रो दिन सदनमा पेश गरेका ‘सिक्किम मोटर वाहन कराधान (संसोधन) विधेयक’ आज बिना वहस पारित गरियो। उक्त संसोधन विधेयक अनलाइन कर भुक्तानी सुविधा शुरू गर्न पेश गरिएको हो। यसैगरि, यस संसोधन विधेयकमा वार्षिक कर भुक्तानीमा हितधारकहरूको सुविधालाई ध्यानमा राखेर विकल्प प्रदान गरिएको छ। यसअन्तर्गत हितधारकहरूले अब वार्षिक कर एक वा अधिक त्रैमासिक अवधि अथवा पाँच वर्षको निम्ति एकमुष्ट भुक्तान गर्न सक्नेछन्। यसैगरि, आज सदनमा विभिन्न विभागीय अनुदान मागहरू पनि पारित गरियो। राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग तथा वाणिज्य एवं उद्योग विभागका मन्त्री बीएस पन्तद्वारा पेश गरिएको अनुदान माग बिना वहस पारित गरियो। यसैगरि, मानव संसाधन विकास विभाग, खेलकुद एवं युवा मामिला विभाग, भू-राजस्व एवं आपदा प्रबन्धन विभाग र कानुन, विधान एवं संसदीय मामिला विभागका मन्त्री कुङ्गा नीमा लेप्चाद्वारा पेश गरिएको अनुदान माग पनि बिना वहस पारित गरियो। यसै क्रममा राज्य ऊर्जा एवं विद्युत विभाग र श्रम विभागका मन्त्री एमएन शेर्पाद्वारा पेश गरिएको अनुदान माग पनि बिना वहस पारित गरियो। अर्कोतिर, राज्य शहरी विकास एवं आवास विभाग तथा खाद्य, नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागका मन्त्री अरूण… Read More

एसयू-को 12औं स्थापना दिवसमा बौद्ध धर्ममाथि विशेष व्याख्यान

एसयू-को 12औं स्थापना दिवसमा बौद्ध धर्ममाथि विशेष व्याख्यान

गान्तोक, 31 जुलाई। सिक्किम केन्द्रिय विश्‍वविद्यालयको 12औं स्थापना दिवसमा एकाइसौं शताब्दी र बौद्ध धर्म शीर्षकमा विशेष व्याख्यान प्रस्तुत गरियो। राजधानी गान्तोकको मनन भवनमा आयोजित स्थापना दिवस कार्यक्रममा सारनाथको उच्च तिब्बतीय अध्ययन विश्‍वविद्यालयका कुलपति प्रा. गेसे नवाङ साम्तेनले व्याख्यान प्रस्तुत गरेका थिए। चीनियाँ सरकारको तिब्बत अधिग्रहणसितै पछि उनी आफ्ना अभिभावकसित जन्मभूमि मध्य तिब्बतको डोक्रा छोडेर भारत आएका प्रा. साम्तेनले लुप्त बन्दै गएका बौद्ध लिपीहरूलाई संस्कृतमा अनुवाद गर्ने जस्ता महत्त्वपूर्ण कार्य उनले गरेका छन्। उक्त तिब्बती अध्ययनको निम्ति उनले शिक्षण र शोधमार्फत धेरै योगदान दिएका छन्। उनले विशेष व्याख्यानमा बुद्धले विश्‍वमै दार्शनिक परिवर्तन ल्याउनका साथै मौलिक सोंचहरूमा प्रभाव पारेको बताए। उनले स्वार्थरहित र शून्यवाद जस्तो दर्शनलाई अघि सारेर दर्शनको नयाँ दिशा तय गरेको बताए। उनले बौद्ध परम्पराले अध्यात्म र मानव ज्ञानमा प्रभाव पारेको तथा भारतीय दर्शनमा पनि यसको गहिरो प्रभाव रहेको जानकारी दिए। सत्यको खोजको निम्ति बौद्ध धर्म सशक्त बौद्धिक आधार र श्रोत भएको पनि जनाए। बौद्ध विज्ञानले मन र समवेदनाको उत्त स्तरीय सोंचलाई विकास गर्ने गरेको बताए। जसले ध्वंशात्मक समवेदना रिस राग ईर्ष्यालाई विकास गर्न नदिएर धैर्यता करुणा र प्रेमको विकास गर्न उत्प्रेरित गर्न बताए। पछिल्लो तीन दशकसम्मको अन्तर्क्रिया अनि बौद्ध बुद्धिजीवीहरूसितको अन्तर्क्रियाको प्रतिफल स्वरूप तिब्बती बौद्ध परम्पराले विश्‍वकै श्रेष्ठ वैज्ञानिक र बुद्धिजीवीहरूलाई आकर्षित गरिरहेको जनाए। स्थापना दिवसको अवसरमा विश्‍वद्यिालयका कुलपति… Read More

छात्रवृत्ति योजना विषय जागरण कार्यक्रम

छात्रवृत्ति योजना विषय जागरण कार्यक्रम

गान्तोक, 31 जुलाई। राज्यको सामाजिक न्याय सशक्तीकरण तथा कल्याण विभागले आज सोरेङ स्कूलको प्रेक्षागृहमा छात्रवृत्ति योजनाअन्तर्गत जागरण कार्यक्रम आयोजना गर्यो। मेधावी र गरीब एवं अल्पसङ्ख्यक समुदायका विद्यार्थीहरूलाई वित्तीय सहयोग प्रदान गरेर व्यवसायिक साथै प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विभिन्न छात्रवृत्ति योजना विषय जागरूक गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। विभागकी अतिरिक्त सचिव बेनु गुरूङको मार्गदर्शनमा आयोजित कार्यक्रममा कल्याण विभाग अनुभागकी उपनिर्देशक छिरिङ दोर्जी भोटिया पनि उपस्थित रहेकी थिइन्। कार्यक्रममा सोरेङ महकुमाबाट मानव संसाधन विकास विभागका उपनिर्देशक, सोरेङ चुम्बुङ र मङ्गलबारे बीएसीबाट बीडीओ, विभिन्न स्कूलका स्कूल प्रमुख, पञ्चायतगणको पनि उपस्थिति रहेको थियो। यस अवसरमा बेनु गुरूङले पावर पोइन्ट प्रस्तुतिमार्फत केन्द्र र राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न छात्रवृत्ति योजनाका लागि प्रयोग गरिने बेभ पोर्टल र यसमार्फत आवेदन गर्ने विधि, प्रत्यक्ष लाभ हस्तान्तरण आदि विषयमा जागरूक गराएकी थिइन्। कार्यक्रममा मेट्रिक पूर्व र मेट्रिकोत्तर छात्रवृत्ति योजनाबाहेक इन्दिरा गान्धी राष्ट्रिय ओल्ड एज पेन्सन योजना, दिव्याङ्गीजनकालागि सरकारद्वारा प्रायोजित कल्याणकारी योजनाहरूबारे पनि अवगत गराइएको थियो।