जैविक खेतीका सर्जक : गौरी नारायण प्रधान

जैविक खेतीका सर्जक : गौरी नारायण प्रधान

भानुराज थापा रिनाक, 1 जुलाई। जहाँ इच्छा त्यहाँ उपाय झैं मेहनती अनि परिश्रमीका निम्ति जैविक खेती ढुङ्गामाथि पनि फलाउन र फुलाउनु सक्ने एक सर्जक हुन् गौरी नारायण प्रधान। पूर्व सिक्किमको आरीटार किङ्स्टोन वार्डका एक प्रगतिशील कृषक प्रधानले फलफूल फलाउने आधुनिक तक्निकी योजनाअन्तर्गत जैविक खेती हिमाली राज्य सिक्किममा उदाहरणको रुपमा गरेको देख्न पाइन्छ। गत 22 फरवरी, 2019 मा छुजाचेन क्षेत्रका पूर्व विधायक विक्रम प्रधानलगायत सम्बन्धित बागवानी विभाग, कृषि विकास विभागका अधिकारीहरूका मार्गदर्शन तथा दिशा निर्देशनमा एक ठूलो चप्लेटी ढुङ्गामाथि पनि फलफूल फलाउन सकिने जस्ता योजनालाई साकार रुप दिँदै गौरी नारायणले जमीनमा प्रारम्भ गरिएको थियो। उनको सोच, परिश्रम व्यर्थ गएन, आज उनका मेहनती हातहरूले विभिन्न सब्जी-फल फलाउन सफल भए। सिक्किम जैविक उत्पादनमा निकै ख्याती प्राप्त गर्ने एक कृषक गौरी नारायण प्रधानले जैविक दिवस समारोह अनि कृषि उन्नति मेला 18 जनवरी, 2019-मा सफलता पूर्वक भाग लिए अनि गान्तोक मनन् भवनमा सिक्किम सरकारद्वारा सम्मानित हुनेमा उनी एक पूर्व जिल्लाबाट एकमात्र थिए। सम्बन्धित सरकारद्वारा हरपल उनीलाई यथावत सहयोग, सुझाउ र उचित परामर्श रहे, 55 वर्षको उमेरमा पनि एक उदाहरणीय खेतीवालाको रुपमा रही रहने अझ स्थापित हुन सक्ने र सृजनशील सोचद्वारा जैविक खेतीमा वर्तमान साथै भावी पुस्तालाई समेत मार्गनिर्देशन गर्न सकिने गौरी नारायणको विचार छ। उनले आफ्नो जैविक सागसब्जी संगै आयुर्वेदिक औषधी, जरीबुटीहरूका पौदाहरू पनि आफ्ना… Read More

कालेबुङ नगरपालिका क्षेत्रमा थप 650 घर बनिने

कालेबुङ नगरपालिका क्षेत्रमा थप 650 घर बनिने

कालेबुङ, 1 जुलाई। ‘सबैलाई घर’-योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा 2019-20 को निम्ति थप 650 वटा घर निर्माण गरिने भएको छ। नगरपालिका अध्यक्ष रवि प्रधानले उपरोक्त जानकारी दिँदै आगामी 5 जुलाईभित्र लाभार्थीहरूले सम्पर्क गरिदिने आह्वान गरेका छन्। उनी अनुसार 2018-19 का निम्ति 3 सय घर स्वीकृत भइसकेको छ भने 2019-20 को निम्ति 6 सय 50 जनाको घर बनाइने सरकारले स्वीकृति दिएको छ। नगरपालिकाले राम्रो काम गरेको कारण नै सरकारले घरको सङ्ख्या बढाइदिएको प्रधानले बताएका छन्। आफ्नो 1 डेसिमल मात्र जमीन छ भने पनि घर बनाउने प्रावधान रहेकोले लाभार्थीरूले सम्बन्धित पार्षद् एवं नगरपालिकामा सम्पर्क गर्नुपर्ने बताएका छन्। यसबाहेक वृद्ध भत्ता, अपाङ्ग भत्ता अनि विधवा भत्ता को निम्ति 4 सय जनाको नाम मागेकोले यस वर्गमा पर्ने मानिसहरूले पनि फारम भरिदिन नगराध्यक्ष प्रधानले सूचित गरेका छन्।

ताम्जेलगायत अन्य जलस्रोतहरूमा व्यापक सफाई अभियान

ताम्जेलगायत अन्य जलस्रोतहरूमा व्यापक सफाई अभियान

गान्तोक, 1 जुलाई। राजधानीको मुख्य जलस्रोत ताम्जे पोखरी, हाँस पोखरी र अण्डा लेक परिसरमा व्यापक सफाई अभियान, पर्यावरण संरक्षण अनि स्वच्छताबारे जागरूकता अभियान सञ्चालन गरिएको छ। पूर्व सिक्किमको छाङ्गु झीलदेखि तीन किलोमिटरको दुरीमा भारत-चीन सीमा नजिक 4 हजार 2 सयदेखि 4 हजार 6 सय मिटरको उँच्चाईमा अवस्थित ताम्जे क्षेत्र चर्चित चोला पास क्षेत्रमा पर्दछ। यो क्षेत्रको 35 हेक्टर भू-भाग पोखरी, ताल र झीलले ढाकेको छ। पछिल्लो समयदेखि क्षेत्रमा बढ्दो जनसंख्या, चरण तथा सेनाका गतिविधिहरूको कारणले पनि प्रदूषण बढ्न थालेको हुनाले यसलाई सुरक्षा गर्न अनि यहाँका जैवविविधतालाई संरक्षण गर्न राज्यको वन, पर्यावरण तथा वन्य प्राणी प्रबन्धन विभागको तत्परतामा आइतबार एक जगारूकता कार्यक्रम एवं सफाई अभियान सञ्चालन गरियो। कार्यक्रम वन विभागको डीएफओ एसपी सुब्बाको तत्परतामा आयोजना गरिएको थियो भने कार्यक्रमको अध्यक्षता ताम्जे क्षेत्रका गाउँले प्रमुख बीरबहादुर प्रधानले गरेका थिए। वन विभागका अन्य अधिकारी डीएफओ जिग्देल लाचेनपा, आरओ सन्तोष बागदास, आरओ बेञ्जामिन लेप्चा, बीओ कालु सुब्बा र वनकर्मीहरूसित गाउँलेहरूको पनि सहभागिता रहेको थियो। जल सुरक्षाको नारा दिएर आयोजना गरिएको सचेतना जुलुसमा फोहोर प्रबन्धनको निम्ति आवश्यक जानकारी पनि गाउँलेहरूलाई दिइएको थियो। डीएएफओ सुब्बाले यस प्रकारको कार्यक्रम आयोजना गर्नु पर्यावरण संरक्षण र पिउने पानीको मुहानको सर-सफाई मात्र नभएर यो क्षेत्रमा पाइने जैवविविधताको संरक्षण गर्नु र यसको संरक्षणप्रति सबैलाई जिम्मेवार बनाउनु रहेको बताए। यो क्षेत्रमा गल्ली… Read More

सुदुङ्लाखामा स्वच्छता अभियानसहित बिरुवाहरू रोपियो

सुदुङ्लाखामा स्वच्छता अभियानसहित बिरुवाहरू रोपियो

रिनाक, 1 जुलाई। सुदुङ्लाखा ग्राम पञ्चायत एकाइअन्तर्गत पाँचवटा वार्डहरूमा स्वच्छता अभियानसहित बिरुवाहरू रोपियो। यसै कार्यक्रमअन्तर्गत आज कोप्चे वार्डको सुदुङ्लाखा सरकारी माध्यमिक स्कूल जाने फुटपाथमा व्यापक सफाईसहित स-साना फूलहरूको बिरुवा रोपियो। ग्राम पञ्चायत एकाइका वार्ड पञ्चायत, वार्डवासी, वरिष्ठ नागरिक, स्वयं सहायता समूहका सदस्यहरू, स्कूलका विद्यार्थीसहित आशा कार्यकर्ताको सहभागिता रहेको थियो। स्वच्छता अभियानसंगै मन्दिर परिसर, आँगनवाडी केन्द्र, सीसी फुटपाथ अनि सडकका किनारामा व्यापक विभिन्न प्रजाति बिरुवाहरू रोपियो। यस ग्राम पञ्चायत एकाइ प्लास्टिक जन्य सामग्रीहरु मुक्त रहेकाले शुभ तथा अशुभ कार्यदेखि सभा, कार्यक्रममा स्थानीय कञ्चनजंघा स्वयं सहायता समूहसहित अन्य समूहद्वारा फ्याँकिएका प्लास्टिकबाट विभिन्न थरीका चिजहरू उपयोग गरिन्दै आइरहेछ। यस कार्यमा स्वयं सहायता समूहका सदस्यहरू बाहिर गइ प्रशिक्षण लिएका छन् अनि यस विषयमाथि सचेतना गर्दै बाहिर गई तालिम पनि दिने गर्दछन्। यस एकाइमा प्लास्टिकको प्रयोग हुन नदिन पञ्चायतदेखि सचेत नागरिक, बाल-बालिकासमेत जागरुक रही आएका छन् साथै भविष्यमा पनि प्लास्टिक मुक्त राख्न प्रयासरत् रहेका छन्। विशेष आफ्नो गाउँ आफ्नो बनाऊ, स्वास्थ्य सिक्किम स्वच्छ भारतको लक्ष्य लिएर वार्डमा जुन घर सफा र स्वच्छ राख्छन्, पञ्चायतको पुरस्कारको घोषणा गरिएको छ।

टिङ्लिङ त्रासदीको 4 वर्ष पूर्ण पैह्रोले 19 जनाको ज्यान लिएको थियो

टिङ्लिङ त्रासदीको 4 वर्ष पूर्ण पैह्रोले 19 जनाको ज्यान लिएको थियो

समय संवाददाता दार्जीलिङ, 1 जुलाई। मिरिकनजिक टिङ्लिङ लिम्बुधुरामा आजकै दिनको बिहानी उज्यालो देख्न नपाई 19 जनाले ज्यान गुमाएको विभत्सपूर्ण घटनाले आज 4 वर्ष पूर्ण गर्यो। यसै अवसरमा आज लिम्बुधुरा गाउँ समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। स्थानीय भानुरात्री पाठशाला भवनमा सम्पन्न भएको यस श्रद्धाञ्जली समारोहको अध्यक्षता गाउँ समाजका अध्यक्ष राजु छेत्रीले गरेका थिए। बालकृष्ण शर्माले सञ्चालन गरेको यस श्रद्धाञ्जली सभामा स्व. रामलाल सुवेदी परिवारका एघारजना, स्व. मोहनलाल थापाका चारजना अनि स्व. सुवास लालेका चारजना गरेर मोठ 19 जना दिवंगतहरूलाई आज समाजका सदस्यहरूले दीप जलाएर श्रद्धाञ्जली अर्पण गरे। समारोहमा बितेर गएकाहरू समाजका धरोहरहरू थिए, मार्गदर्शक थिए भन्दै उनीहरूको आत्मशान्तिको लागि श्रद्धासुमन अर्पण गरियो। आजको यस समारोहमा 1 जुलाई 2015-को बिहान भएको उक्त भीषण पैह्रोको चपेटमा परी ज्यान गुमाउने लिम्बुगाउँका 19 जनाको याद ताजा बनाएको थियो। 1 जुलाई 2015-को बिहान भएको उक्त दुर्घटना परी ज्यान गुमाउने एउटै परिवारका ससुरा, बुहारी र नातिको शव आजसम्म पनि पाउन सकिएको छैन। सुवेदी परिवारका एघार जना सदस्यहरूमा रामलाल सुवेदी, सीतामाया सुवेदी बाबु-आमा, कृष्णप्रसाद, कुमारी, महेश, देविका छोरा-बुहारी अनि नवराज, दीपराज, श्रेया, श्‍लोक सवेदी, फुलमति सुवेदी सामेल थिए। यसरी नै रामलाल सुवेदी पिता, कुमारी सुवेदी बुहारी र नाति श्‍लोक सुवेदीको मृत शरीर अझैसम्म पनि पाउन सकिएको छैन। उसरी नै सुवास आले, भगिमाया आले र छोरीहरी सोनी आले… Read More

कार पार्किङ परिसरमा सफाई अभियान

कार पार्किङ परिसरमा सफाई अभियान

समय संवाददाता दार्जीलिङ, 1 जुलाई। हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङ ट्राफिक पुलिस र कतिपय सिण्डिकेटका चालकहरूसित मिलेर यहाँको लावारिस रूपमा रहेको नवनिर्मित कार पार्किङमा सफाई अभियान चलाउन शुरू गरेको छ। वर्तमान समयमा दार्जीलिङ सरकारी महाविद्यालय मुनि करोडौं रुपियाँको लागतमा निर्माण भएको कार पार्किङ मालिकविहीन बने जस्तो भएको छ। जहाँ न चौकीदार छ, न उचित शौचालय र अन्य व्यवस्था नै उपलब्ध छन्। यसै कार पार्किङमा हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी, दार्जीलिङ ट्राफिक पुलिस र कतिपय सिण्डिकेटका चालकहरूले सफाई अभियान चलाउन शुरू गरेका छन्। यसबारे हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीका मूलसचिव परशु हिङ्माङले भने, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले दार्जीलिङको ट्राफिक समस्या वा कार पार्किङको समस्यालाई केही हदसम्म भए पनि समाधान गर्ने उद्देश्यले दार्जीलिङमा दुइवटा कार पार्किङको निर्माण गरेको थियो। जसमा दार्जीलिङ सरकारी महाविद्यालयमुनि निर्माण भएको कार पार्किङ र काकझोडाको कार पार्किङ हुन्। तर करोडौं रुपियाँको लागतमा निर्माण भएका यी कार पार्किङहरूमा कुनै उचित व्यवस्था नभएको अनि विशेष सरकारी महाविद्यालयमुनिको कार पार्किङभित्र अनैतिक कार्यहरू पनि हुनसक्ने उनले आरोप लगाएका छन्। उनले भने, यहाँ न एकैजना चौकीदारको नियुक्ति गरिएको छ, न कुनै सामान्य सुविधा नै उपलब्ध छ। 5 तले विशाल यस कार पार्किङमा एउटा सुव्यवस्थित पाइखाना पनि छैन। मैलाले यो कार पार्किङ ढाकिसकेको छ। यसैले यस कार पार्किङमाथि उचित ध्यान दिन आवश्यक छ। यसमा गाडी पार्क… Read More

चुनाउअघि नै शिलान्यास भएको सडक आजसम्म नबनिएको आरोप

चुनाउअघि नै शिलान्यास भएको सडक आजसम्म नबनिएको आरोप

कालेबङ, 1 जुलाई। कालेबुङ शहरदेखि नजिकैमा रहेको गोकुलेदेखि देउरालीसम्म 3.2 किलोमिटरको सडक जीटीएले चुनाउघि नै शिलान्यास गरेको भएपनि आजसम्म निर्माण कार्य भएको छैन। चुनाउ आचार संहिता लाग्न ठिकअघि जीटीएद्वारा उक्त सडकको शिलान्यास गरिएको थियो। तर उक्त सडक बनिनको सट्टा अझ भत्किएर गाडी नै कुद्न नसक्ने अवस्था भएपछि बोङ ड्राइभर वेल्फेयर सोसाइटीका चालकहरू स्वयं अघि आएर सडक निर्माण कार्यमा खटेका हुन्। चालकहरूले आर्थिक अनि शारिरिक श्रम दिएर आइतबार दिनभरि नै सडक मरमत्ति गर्ने काममा जुटेका थिए। एसोसिएशनका पक्षमा मनोज छेत्रीले उक्त सडक पहिले नै शिलान्यास भएको भएपनि आजसम्म नबनेको आरोप लगाएका छन्। उनले क्षेत्रमा गाडी नै कुद्न नसक्ने अवस्था भएपपछि चालकहरू स्वयं सडक निर्माणका निम्ति अघि आएको बताए। ‘पानी पर्यो भने यहाँ गाडी नै कुद्नु सक्दैन’-छेत्रीले गुनासो गर्दै भने, ‘विरामी लिएर जानु पर्यो भने गाडी ठेल्नको निम्ति पछिपछि तीनजना मान्छे चाहिन्छ। भोटअघि शिलान्यास गरेर एकहप्ता काम गर्यो त्यसपछि कसैले हेरेन।’ चुनाउअघि सडक निर्माण गरिदिने भनेर दिएको आश्‍वासन चुनाउ सकेपछि पनि पूरा हुननसकेको उनले बताए।

डाक्टर नियुक्तिको माग समय संवाददाता

डाक्टर नियुक्तिको माग समय संवाददाता

दार्जीलिङ, 1 जुलाई। रंगली-रंगलियट खण्डका स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि शीघ्र डाक्टरको नियुक्ति गर्नुपर्ने माग उठेको छ। आज यसै माग लिएर रंगली-रंगलियट खण्डअन्तर्गत लामाहट्टा, तकलिङ 1-2, तकदाह अनि टिस्टाभेल्ली ग्राम पञ्चायतका विभिन्न स्कूलमा अध्ययनरत विद्यार्थीहरूले भने, सरकारी नियमअनुसार, प्रत्येक खण्डका स्कूलहरूमा स्कूल हेल्थ प्रोग्राम हुनपर्ने हो। तर वर्ष 2015-देखि यो परियोजना ठप्प बनेको थियो। यसैकारण गत वर्ष यसलाई पुनः चालु गर्नुपर्ने माग लिएर यी विद्यार्थीहरूले नै अघि आएका थिए अनि उनीहरूले दार्जीलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेका थिए। जसमध्ये स्वास्थ्य विभागले एक महिला काउन्सेलर नियुक्त गरेकोमा उनीहरूले विभागप्रति आभार व्यक्त गर्दै डाक्टरको नियुक्ति हुनपर्ने माग गरेका छन्। यसबारे लामाहट्टा उच्चत्तर माध्यमिक स्कूलमा दशौं श्रेणीका छात्र बेञ्जामिन सुब्बाले भने, रंगली-रंगलियट खण्डमा धेरैवटा उच्च अनि उच्चत्तर स्कूलहरू छन्, जहाँ हजारौं विद्यार्थीहरू अध्ययनरत छन्। तर यी स्कूलहरूमा विगत केही वर्षदेखि स्कूल हेल्थ प्रोग्राम भएको छैन। जसको कारण धेरै विद्यार्थीहरूलाई निकै असुविधा भइरहेको छ। उनले अझ भने, यी स्कूलहरूमा पढ्ने अधिकांश विद्यार्थीहरू निम्न आय हुने परिवारहरूबाट नै छन्, जसमध्ये कतिजना विद्यार्थीहरू विभिन्न रोगबाट पीडित पनि छन्। ती विद्यार्थीहरूले रोगको कारण पढ्नमा ध्यान दिन सक्तैनन्, यसैले यस्ता विद्यार्थीहरूलाई स्कूल हेल्थ प्रोग्रामको आवश्यकता पर्छ। तर रंगली-रंगलियट खण्डमा यो योजना नै ठप्प भएको कारण यस क्षेत्रका विद्यार्थीहरू समस्यामा परिरहेका थिए।

सन्दर्भ- शनिबार छुट्टी र विद्यार्थीहरूको भविष्य

सन्दर्भ- शनिबार छुट्टी र विद्यार्थीहरूको भविष्य

एसकेएम सरकारले प्रत्येक शनिबारको दिन छुट्टी घोषणा गरेपछि यो घोषणाले अहिले शिक्षाको अधिकार ऐन (आरटीई)-को प्रावधानलाई उल्लङ्घन गरेको तथा यसले विद्यार्थीहरूको भविष्यसित खेलवाड भइरहेको आरोप छ। राज्यको विपक्षी पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै शनिबार सरकारी विदा घोषणा गरेर विद्यार्थीहरूको भविष्यसित खेलवाड गरेको आरोप लगाइसकेको छ। विपक्षी पार्टीअनुसार आरटीई अधिनियमअनुसार विद्यार्थीहरूका लागि वर्षमा न्यूनतम् 2 सय दिन अनि हप्तामा 48 घण्टाको कक्षा सञ्चालन हुनुपर्दछ। सरकारले शनिबारको दिन छुट्टी घोषणा गरेपछि कक्षा सञ्चालनका लागि केवल 170 दिन र हप्तामा 35 घण्टामात्र अध्ययन गर्ने अवसर प्राप्त गर्छन्। यसले गर्दा यो आरटीईको प्रावधानअनुसार छैन। विपक्षी पार्टीले एसकेएम सरकार गठन हुनसाथ गरेको घोषणाले विद्यार्थीहरूलाई ठूलो नोक्सानी हुने ठहर गरेको छ। यद्यपि, एसकेएम सरकारले भने यो छुट्टीलाई आफ्नो 11 वटा उपलब्धीमध्ये एउटा बताइरहेको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने, वर्षमा 365 दिनमध्ये शनिबार र आइतभारसितै अन्य सरकारी विदालाई जोड्दा लगभग 2 सय दिन मात्र स्कूल लाग्छ। यो कुरा सरकारी कार्यालयहरूमा पनि लागू हुन्छ। 203 दिनमा पनि अर्धवार्षिक र वार्षिक परीक्षाका कारण न्यूनतम् 12 दिन स्कूलमा पढाई हुँदैन। यस्तै 15 अगस्तको कार्यक्रम, अन्य कार्यक्रम र स्कूलको वार्षिक उत्सवका कारण पनि लगभग 15 दिन अधिक अध्ययन-अध्यापनमा बाधा पुग्ने गर्दछ। विगतका दिनमा पनि स्कूलहरूमा पाठ्यक्रम पूरा नहुँदा ‘एक्स्ट्रा क्लास’ लिने गरिएको थियो भने एसडीएफ पार्टीको विद्यार्थी प्रकोष्ठले शीतकालीन… Read More