गोरामुमोद्वारा जीटीए खारेजको माग

गोरामुमोद्वारा जीटीए खारेजको माग

समय संवाददाता दार्जीलिङ, 29 जुलाई। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई खारेज गर्ने मागमाथि जोर दिन थालेको छ। 30औं शहीद दिवस समाप्त हुनसाथ गोरामुमो केन्द्रिय समिति प्रवक्ता महेन्द्र छेत्रीले भने, गोरामुमोले जीटीएको विरोधमा वर्ष 2012-मै सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गरेको थियो र सर्वोच्च न्यायालयले पनि जीटीएलाई असंवैधानिक व्यवस्था हो भनिसकेको छ। यति मात्रै होइन, दार्जीलिङ पहाड अनि तराईको स्थायी राजनैतिक समाधानको लागि पनि यो जीटीए बाधक बनिरहेको छ। यसैले केन्द्र र राज्य सरकारले यसलाई चाँडोभन्दा चाँडो खारेज गर्नुपर्छ। छेत्रीले भने, गोर्खा जातिले यसपाली भारतीय जनता पार्टीका उम्मेद्वार राजु विष्टलाई रेकर्ड भोटले जिताएर सांसद बनाएको छ। गोर्खा जातिको एकता कायम राख्नको लागि गोरामुमोले गरेको पहलअनुसार नै राजु विष्टको ऐतिहासिक जीत भएको हो। अब चुनाउअघि गोरामुमोले भाजपासित जुन कुरा गरेको थियो, त्यसको आधारमा नै गोर्खा जातिको समस्याको स्थायी राजनैतिक समाधान गर्नुपर्छ। जुन विषयलाई भाजपाले आफ्नो राष्ट्रिय चुनावी घोषणा पत्रमा पनि संलग्न गरेको थियो। जबसम्म दार्जीलिङ पहाडको समस्यामाथि दिल्लीले राजनैतिकरूपमा हस्तक्षेप गर्दैन, तबसम्म यो समस्या समाधान हुनेछैन। उनले भने, जीटीए विषय लिएर वर्तमान केन्द्र सरकार अनि भाजपाले आफ्नो दृष्टिकोण स्पष्ट पारेको छैन। यति मात्रै होइन, यसमाथि विमल गुरूङपन्थी गोजमुमोले पनि आफ्नो अडान स्पष्ट पारेको छैन। यसैले यसको लागि विमलपन्थी गोजमुमोले पनि केन्द्र सरकारलाई आफ्नो अडान स्पष्ट पारेर जीटीएको विरोध गरेको… Read More

मोदी 2.0 को पचास दिने रिपोर्ट कार्ड

मोदी 2.0 को पचास दिने रिपोर्ट कार्ड

सरकार जनताप्रति जवाफदेय छः किरण रिजेजु पीआइबी गान्तोक, 29 जुलाई। नरेन्द्र मोदी 2.0 सरकारले 50 दिनको कार्यकाल गत साता पूरा गर्‍यो। यस अर्थमा हाम्रो रिपोर्ट कार्ड पेश गर्नका साथै भावी मार्गचित्र पेश गर्न आवश्यक छ। कसैले यो निरन्तरता पाएको सरकार भएको हुँदा पचास दिनको प्रगति प्रतिवेदन आवश्यक नरहेको तर्क दिनसक्छन्। अर्कोतिर नरेन्द्र मोदी सरकारले केवल अढाई महिनाको कार्यकाल मात्र पूरा गरेको पृष्ठभूमिमा ठूलो परीक्षा त अझै बाँकी रहेको हुँदा 50 दिन धेरै कम समय रहेको पनि तर्क दिनसक्छन्। जनताले मोदी सरकारको लोकसभामा मूल्याङ्कन गर्दै विराट् लोकतान्त्रिक परीक्षामा 100 प्रतिशत अङ्क प्रदान गरेका छन्। यसै कारण मोदी सरकार अरूभन्दा अलग खडा छ। प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय नागरिकहरू प्रति सरकारको जवाफदेयतामाथि विश्‍वास राख्ने कठोर राजनेता हुन्। यसो हुँदा सरकारको निम्ति प्रथम पचास दिन देशको प्रगतिलाई गति प्रदान गर्ने आधार बसाल्ने अवधि पनि हो। यस अर्थमा, सरकार दिन दिशामा अघि बढिरहेको छ भन्ने जान्ने जनतासँग अधिकार छ। मोदी सरकार 2.0 ले आफ्नो कार्यकाल आफ्नो नीति वाक्य ‘सब का साथ, सब का विश्‍वास’-मा ‘सब का विश्‍वास’ जोड्दै शुरु गरेको छ। यसलाई साकार तुल्याउन सरकारले भारतलाई आगामी पाँच वर्षभित्र 5 ट्रिलियन डलरको अर्थनीति बनाउने लक्ष्य राखेको छ। बृहत् अर्थनीको अर्थ अरू धेरै अर्थनीतिक क्षमता, प्रगति र प्रत्येक भारतीय नागरिकको समृद्धि हुनेछ। बजेट 2019-20 मा यसको… Read More

मुम्बई महानगरीमा खरसाङको बेलटार चियाकमानकी अनुशा गुरुङको निर्मम हत्या

मुम्बई महानगरीमा खरसाङको बेलटार चियाकमानकी अनुशा गुरुङको निर्मम हत्या

हत्यारा पति दिनेश तिरुवा फरार सोनादा 29 जुलाई। गत केहि दिनअघि देशको राजधानी दिल्लीमा पहाडको छोरो प्रणय प्रधानको हत्या भएको महिना दिन नपुग्दै मुम्बई मेट्रोपोलिटन शहरमा फेरि गोर्खे चेलीको निर्मम हत्या भएको समाचार प्राप्त भएको छ। यहाँको खरसाङ महकुमा अन्तर्गत पर्ने दिलाराम चियाबारी अधिनस्थ बेलटारका बासिन्दा पिता पदमप्रसाद गुरुङकी छोरी अनुशा गुरुङ नेपालका बासिन्दा दिनेश तिरुवा नाम गरेको केटोसित चार पाँच महिनाअघि विवाह बन्धनमा बाधिएकी थिइन्। विवाह पश्‍चात दुवैजना मुम्बईमा बस्थे, उतै काम गर्थे। अनुशा गुरुङको चारदिन अघि निर्मम हत्या गरि कोठामै ताला लगाएर दिनेश सुइकुच्चा ठोकेको मुम्बई पुलिसले हत्यारालाई खोजी गरिरहेको मुम्बई गोर्खा वेलफेयर एसोसिएसनका अध्यक्ष फुर्बा लामाले बताएका छन। उनीहरू वासी न्यु मुम्बई भन्ने ठाँउमा किरायाको घरमा बस्थे। हिज अचानक 11 बजेतिर मुम्बई पुलिसले दिलाराम ओपीमा अनुशा गुरुङको निर्मम हत्या भएको जानकारी गराएपछि दिलाराम ओपीबाट अनुशाको पिता पदमप्रसाद गुरुङलाई ओपीमा बोलाएर खबर दिएको बेलटारबाट दिलिप तामाङले जनाएका छन। उनले बताए अनुसार अनुशाको घरको स्थिति दयनीय रहेको छ, घरमा वृद्धा आमा आँखा देख्न सक्दैनन् र छोरीको हत्याको खबरले अझ स्वास्थ्यमा बाधा बन्छ भन्ने भयले यो खबर आमालाई गाउँलेहरूले अझ बताएका छैनन्। उता छोरी अनुशाको पार्थिव शरीर हेर्न घरबाट पिता पदमप्रसाद अनि अनुशाको काका मुम्बई प्रस्थान भएका छन्। मुम्बईमा कार्यरत नेहुर बालासनका बासिन्दा फुर्बा लामाले मुम्बईबाट बताएअनुसार आज 12 बजेर… Read More

सन्दर्भ समानान्तर डिग्री

सन्दर्भ समानान्तर डिग्री

कुनै विद्यार्थीले यदि एउटै सत्रमा दुइवटा पाठ्यक्रमको पढाई गर्न चाहन्छन् भने ती विद्यार्थीलाई यसको अनुमति प्राप्त हुनुपर्छ भन्ने विषयलाई लिएर उच्च शिक्षा क्षेत्रमा धेरै लामो समयदेखि बहस जारी छ। अहिलेसम्म यो विषय व्यवहारिक समाधानको चरणसम्म पुगेको छैन। वर्तमानमा नियमअनुसार विद्यार्थीले एउटा शैक्षिक सत्रमा कुनै एउट मात्र पाठ्यक्रममा पढाई गर्न सक्छन्। यसरी एउटा शैक्षिक सत्रमा एउटा पाठ्यक्रम लिएर पढेको डिग्री नै वैध मानिन्छ। एउटा डिग्री पूरा गरेपछि मात्र अन्य कुनै पाठ्यक्रममा भर्ना लिएर त्यसमा डिग्री लिन सक्छन्। यद्यपि, विश्‍वविद्यालय अनुदान आयोग(युजीसी) -ले अहिले फेरि विद्यार्थीले एउटै सत्रमा विभिन्न विश्‍वविद्यालयबाट एकैसाथ अलग अलग डिग्री हासिल गर्न सक्छन् वा सक्दैनन् भन्ने विषयको व्यवहारिकतामाथि अध्ययन गरिरहेको छ। यस सम्बन्धमा युजीसीले विश्‍वविद्यालय तथा अलग अलग विश्‍वविद्यालयहरूसित पत्राचार, अनलाइन तथा अंशकालिक तरिकाले एकैसाथ दुइ डिग्रीको पढाई गर्ने मुद्दाको परीक्षण गर्नका लागि एउटा समिति बनाइएको छ। अब यो समितिले के निष्कर्ष लिएर आउँछ त्यो सबैका निम्ति प्रतीक्षाको विषय भएको छ। स्मरण गराइन्छ, लगभग सात वर्ष पहिला अर्थात् 2012 -मा युजीसीले एउटा समिति बनाएको थियो। त्यो समितिले पनि यस मामिलामा विचार विमर्श गरेको थियो। धेरै स्तरसम्म चर्चा गरेपछि एउटै शैक्षिक सत्रमा भिन्नभिन्नै डिग्री हासिल गर्ने विषयलाई खारेज गरेको थियो। लगभग डेड वर्ष पनि युजीसीले एकैसाथ दुईवटा डिग्री प्राप्त गर्ने विषयमा विशेषज्ञहरूको सुझाव र विचार प्राप्त गरेको अनि यसलाई… Read More

गोलेले गैर राजनीतिक कार्यक्रमलाई एसकेएम पार्टीको जनसभामा परिणत गरेः प्रवक्ता दर्नाल

गोलेले गैर राजनीतिक कार्यक्रमलाई एसकेएम पार्टीको जनसभामा परिणत गरेः प्रवक्ता दर्नाल

गान्तोक, 27 जुलाई। राज्यका मुख्यमन्त्री पीएस गोलेले पूर्व सिक्किमको सिङताम- खाम्दोङ समष्टिअन्तर्गत खाम्दोङ सोनामति मेमोरियल वरिष्ट माध्यमिक स्कूलको खेल मैदानमा आयोजित सिक्किम स्टेट बक्सिङ च्याम्पियनशीप 2019 -खेल कार्यक्रमलाई एसकेएम पार्टीको जनसभामा परिणत गरेको एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले बताएका छन्। आज प्रवक्ता दर्नालले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, मुख्यमन्त्री गोलेले उक्त खेल कार्यक्रमलाई राजनीतिक पार्टीको जनसभामा परिणत गरेर जुन बेसुरा भाषण दिएका छन् त्यसलाई एसडीएफ पार्टी निन्दा गर्दछ। यसरी नै मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा बजेट सत्रपछि कर्मचारीहरूलाई रहल एरियर एकमुष्ट प्रदान गर्ने घोषणा गरेका सम्बन्धमा एसडीएफ पार्टीले भनेको छ, एरियर पाउनु कर्मचारीहरूको मौलिक अधिकार हो, यो मुख्यमन्त्रीको दया, माया र भीख होइन। बक्सिङ खेलको आयोजनामा मुख्यमन्त्रीले बक्सिङ खेलसम्बन्धी एक शब्द पनि बोल्न नसक्नु एसकेएम सरकारको खेलप्रतिको उदासीनता हो, प्रवक्ता दर्नालले भनेका छन्। विज्ञप्तिमा बताइएअनुसार मुख्यमन्त्रीको भाषणले खेलप्रेमीहरूलाई निराश तुल्याएको छ। एसकेएम सरकारमा राज्यका खेलप्रेमीहरूप्रति केही कार्यक्रम छैन। लगभग 30 मिनटको सम्बोधनमा मुख्यमन्त्रीले सिक्किमे जनताको समस्यालाई सम्बोधन नगरेर विपक्षी पार्टीलाई गाली गर्नमा शक्ति र समय खर्च गरे। गैर राजनीतिक संस्थाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीले आफ्नै बारेमा मात्र बोलेर जनताबाट सहानुभूति भेला गर्ने भरमग्दुर प्रयास गरेका छन्। गोलेले जेल गएको कुरादेखि लिएर एसकेएम पार्टीले सरकार बनाउन कसरत गरेको कुरा जनतालाई सुनाए तर जेल के विषयमा गएको त्यो चाहिँ खुलासा गरेनन्।… Read More

सहयोद्धाहरूलाई एसडीएफ अध्यक्षको सन्देश

सहयोद्धाहरूलाई एसडीएफ अध्यक्षको सन्देश

जीवन संघर्ष हो। यो सत्यलाई सबैले स्वीकार गर्नैपर्छ। राजनीतिक जीवन संघर्षभन्दा गाह्रो हुन्छ, किनभने यो कर्म वा कामको सर्वोच्च अवस्था हो। यदि हामीले साँचो अर्थमा राजनीतिक जीवन शुरू गर्यौं भने त्यो कर्मको सबैभन्दा पवित्र अवस्था हुन्छ। राजनीतिक जीवन कार्य अनि अधिकभन्दा अधिक राम्रोको निम्ति शुरू गरिन्छ। राजनीतिमा निःस्वार्थ भावनाले निरन्तर दिने काम गर्नुपर्छ। राजनीतिक जीवनमा जनताको चाहना अनि मानवताको बृहत्तर कारणको निम्ति त्याग र संघर्षको जरूरत पर्दछ। सिक्किमे जनताको निम्ति एसडीएफ पार्टीले बढो गम्भीरतापूर्वक राजनीतिलाई यो अर्थमा लिएको छ। राजनीति केवल पाँच वर्षको निम्ति गरिने कार्य होइन, यो त जीवनभरि गरिने यात्रा हो। हाम्रो पार्टीले सफलतापूर्वक 25 वर्ष सरकार सञ्चालन गर्यो। तर 2019 -को चुनाउमा हामीलाई सरकारदेखि बाहिर हुने जनमत प्राप्त भयो। यद्यपि, जनमतको आधारमा हामी राजनीतिदेखि बाहिर भएका छैनौं। पक्का हो, हामी चुनाउमा पराजित भयौं तर जनताले नकारेका छैनन्। वास्तवमा हामीलाई 47.63 प्रतिशत विश्‍वास मत प्राप्त भयो भने सत्तासीन पार्टीलाई 47.03 प्रतिशत प्राप्त भयो। तर हामीले दुईवटा निर्वाचन क्षेत्र कम्ती जित्यौं। यद्यपि, हामी सरकारमा हुँदा वा नहुँदा पनि हामीले हाम्रो पार्टीको सिद्धान्तअनुरुप सिक्किमे जनताको पक्षमा निरन्तर काम गरिरहनुपर्छ। एसडीएफ पार्टीका नेता र कार्यकर्ताहरू उनीहरू हुन् ज-जसले जीवनभर सिक्किमे जनताको पक्षमा काम गर्ने संकल्प लिएका छन्। ‘प्रजातन्त्रको दर्शन र प्रक्रियाअन्तर्गत जनतालाई शक्तिसम्पन्न बनाउनु, समावेशी राजनीति सुनिश्‍चित गर्नु र भूमिपुत्र’ -को… Read More

दिल्लीमा एसडीएफ विधायक दलको बैठक

दिल्लीमा एसडीएफ विधायक दलको बैठक

सिक्किममा आतङ्क व्याप्त छः एसडीएफ गान्तोक, 27 जुलाई। राज्यको प्रमुख विपक्षी दल एसडीएफ पार्टीको विधायक दलको बैठक नयाँ दिल्लीमा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा शुक्रबार सम्पन्न भयो। बैठकमा पार्टी अध्यक्ष चामलिङले एसडीएफ विधायक दललाई विभिन्न बैठक र यसबाट निस्किएको परिणामहरूबारे जानकारी गराए। हाल दिल्लीमा रहेका चामलिङले सिक्किमको वर्तमान राजनीतिक परिदृश्यसहित एसकेएमको नेतृत्वमा रहेको नयाँ राज्य सरकारको गलत शासन र राज्यमा व्याप्त आतङ्कबारे पनि विस्तारपूर्वक जानकारी गराए। उनले बैठकमा यस्तो गलत शासनलाई रोक्न सबैले एकजुट भएर कदम चाल्न आह्वान गरे। आफूले नयाँ दिल्लीमा देशका शीर्ष नेताहरूसित भेट गर्दै सिक्किमे जनताका राजनीतिक अधिकारहरूको माग गरिरहेको जनाएका छन्। चामलिङले राखेका प्रमुख राजनीतिक मागहरूमा भारतीय संविधानको धारा 371 एफको पूर्ण सुरक्षा, एसडीएफ सरकारले तयार गरेको फर्मूलाअनुसार लिम्बू-तामाङको सीट आरक्षण, 371 एफ र जनजाति शिखर सम्मेलनबाट निस्केको रिपोर्टको आधारमा छुटेका सबै जातगोष्ठीलाई जनजातिको मान्यता, पुराना व्यापारी र सबै सिक्किम सब्जेक्टधारीहरूलाई आयकरबाट छुट दिनुपर्ने रहेका छन्। बैठकमा धेरै विधायकहरूले आ-आफ्नो समष्टिमा भइरहेको समस्याबारे विचार राख्दै सत्तारूढ एसकेएम पार्टीका तथाकथित ‘गुण्डा’-हरूले आफ्ना पार्टी समर्थकहरूलाई कुटपिट गरिरहेको कुरा उठाएको एसडीएफ पार्टीका प्रवक्ता पीडी राईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘एसकेएम मीडियाले नयाँ दिल्लीमा एसडीएफ पार्टीले अन्य पार्टीमा सामेल हुने डेरा हालेर बसेको छ भन्ने अफवाह फैलाइरहेको छ। यसरी अनाहकमा अफवाह फैलाउनु साँच्चै दुर्भाग्यपूर्ण हो’-एसडीएफ प्रवक्ता… Read More

सीईओ कार्यालयको नयाँ वेबसाइट लोकार्पण

सीईओ कार्यालयको नयाँ वेबसाइट लोकार्पण

गान्तोक, 27 जुलाई (हिस)। सिक्किमको मुख्य निर्वाचन कार्यालयले आफ्नो नयाँ वेबसाइट लोकार्पण गरेको छ, जो भिन्न रूपले सक्षम मानिसहरूका निम्ति अनुकूल रहेको बताइएको छ। उक्त वेबसाइटको लोकार्पण शुक्रबार बालुवाखानीस्थित विभागको कार्यालयमा गरियो। विभागको पुरानो वेबसाइट दशवर्षभन्दा धेरै लामो समयदेखि सञ्चालनमा रहेको थियो। त्यसैमा सुधार गरी यो नयाँ वेबसाइट तयार पारिएको हो। नयाँ वेबसाइटको लोकार्पण सीईओ आर. तेलाङको बाहुलीद्वारा सम्पन्न गरिएको जानकारी आइपीआर विभागले दिएको छ। यस अवसरमा अतिरिक्त मुख्य निर्वाचन अधिकारी श्रीमती रोशनी राई आदि उपस्थित थिए। नयाँ पोर्टलको लोकार्पण आम मानिसहरूका साथै भिन्न रूपले सक्षम मानिसहरूको सुविधालाई पनि ध्यानमा राखेर गरिएको हो। यो नयाँ वेबसाइटमा चुनाउ सम्बन्धी बुनियादी जानकारीहरू सहज रूपमा प्राप्त गर्न सकिने सुविधा तथा अन्य विशिष्टताहरू रहेका छन्। मुख्य निर्वाचन अधिकारी (सीईओ) आर तेलाङले वेबसाइट तयार गर्न संलग्न अधिकारीहरू र कर्मचारीहरूलाई बधाई दिए। उनले भारतको चुनाउ आयोगको दिशानिर्देशअनुसार वेबसाइट भिन्न रूपले सक्षम मानिसहरूका निम्ति पनि अनुकूल बनाइएको बताए।

तिरेतिरे धाराको पैह्रोले रात-दिन समस्या

तिरेतिरे धाराको पैह्रोले रात-दिन समस्या

रिनाक, 27 जुलाई। 24 जुलाईको रातिदेखि परिरहेको पानीले आरीटार किङ्स्टोन तिरतिरे धारामा ठूलो पैह्रोले धेरै जन-धनलाई क्षति पुर्याएको छ। तिरतिरे धारामा आएको यो पैह्रोले सबिना प्रधान, भीम बहादुर प्रधान, चन्द्र प्रधानको घरलाई पूरै क्षति पुर्याएपछि यहाँका घर-परिवारलाई अन्य स्थान सारिएको छ। निरन्तर परिरहेको पानीसितै झरिरहेको पैह्रोको भल-लेदोले भीमबहादुर प्रधानको घरको भित्ता भत्काएर दुई कोठा पुरिएको अवस्था छ भने सबिना प्रधानको घरलाई पुरेर आँगनभरि बाँसघारीले ढाकेको छ। यसै अवस्थालाई लिएर आज तिरतिरेधारा विकल्प समाजको एक आकस्मिक सभा बसेको प्रसार प्रसार सचिव बिन्दु गुरुङले बताएका छन्। समाजका सभापति भगत कुमार प्रधानको अध्यक्षतामा सम्पन्न सभामा पैह्रोको समस्यामाथि चर्चा गरिन्दै समाजका सदस्यहरूद्वारा पैह्रो पीडित भीमबहादुर प्रधान अनि उनको परिवारलाई अन्य स्थानमा सारियो। यसका साथै भत्किएको घरका सरसमानहरू सुरक्षित ठाउँमा पुर्याउन श्रमसहयोग गरियो। समाजको तर्फबाट पीडित परिवारलाई केही आवश्यक सामग्रीको निम्ति कोषको सहयोग पनि गरियो। यस सभामा सभापतिसहित उपसभापति धनकुमार छेत्री, सचिव थमन नौबाग, सहसचिव अर्जुन प्रधान, कोषाध्यक्ष रञ्जन प्रधानसहित सजना प्रधान, बिन्दु गुरुङ, टीकाराम प्रधानको विशेष उपस्थिति रहेको थियो। स्मरणीय, गत 25 जुलाईमा यस पैह्रोको स्थलगत निरीक्षण गर्न महकुमा अधिकारी रङ्गेली, आरीटार ग्राम पञ्चायत सभापति हेमचन्द्र प्रधानसहित वार्ड पञ्चायत रिता प्रधान, जिल्ला पञ्चायत, ग्रामीण प्रबन्धन एवं विकास विभागीय अभियन्ता पुगेका थिए। यद्यपि, बगुवा पैह्रोलाई रोकथाम गर्न कठीन भएपनि सरकारी पक्षबाट समाधानको निम्ति पहल जारी… Read More

बरदाङ समर फूटबल लीगः

बरदाङ समर फूटबल लीगः

शान्ति युवा समिति र दिव्य ज्योति समिति विजयी सिङ्ताम, 26 जुलाई। एटीटीसी खेल मैदान बरदाङमा तेस्रो समर फूटबल लीगको आजको महिलावर्गको पहिलो म्याच दिव्य ज्योति समिति, बरदाङ र टिस्टा रङ्गीत समिति, सिमलटारबीच सम्पन्न भयो। यो म्याचमा 0-को विरुद्ध 1 गोल लगाएर दिव्य ज्योति समिति विजयी बन्यो। यसरी नै आज सम्पन्न पुरुषवर्गको म्याच टिस्टा-रङ्गीत समिति, सिमलटार र शान्ति युवा समिति, सिङ्लेबुङमाँझ भीडन्त भयो जसमा 0-को विरुद्ध 1 गोल लगाएर शान्ति युवा समिति विजयी बनेको छ। भोलि शनिबारको पहिलो म्याच भेट्रेन बोइज र श्याम बोइज अनि दोस्रो म्याच राजेश ब्वाइज र युवा जागरण समितिबीच भिडन्त हुनेछ।