एसकेएम पार्टीले राजनीतिक आतङ्कवाद शुरू गरेको छ : एमके सुब्बा

एसकेएम पार्टीले राजनीतिक आतङ्कवाद शुरू गरेको छ : एमके सुब्बा

जगन दाहाल गान्तोक, 26 जून। सिक्किममा राजनीतिक आतङ्कवाद शुरू भएको छ भन्दै एसडीएफ पार्टीले सत्तासीन एसकेएम पार्टीलाई कानुनीरुपमा घेर्ने पहल शुरू गरेको छ। एसडीएफ पार्टीले मन्त्री सञ्जित खरेलसँगै मुख्यमन्त्रीका आन्तरिक सल्लाहकार विकास बस्नेतलाई कानुनी घेरावमा हाल्ने प्रक्रिया शुरू गरिसकेको छ। केही दिनअघि सिक्किम यातायात विभागका मन्त्री सञ्जित खरेलले एउटा सभामा भनेका छन्, ‘हामीले चाह्यौं भने पवन चामलिङलाई दुई महीनामा शेष गरिदिन्छौं।’ मन्त्री खेरलको यो वक्तव्यको एसडीएफ पार्टीले कडा शब्दमा खण्डन गरेको छ भने पार्टी अध्यक्ष पवन चामलिङको सुरक्षालाई ध्यानमा राख्दै मन्त्री खरेलविरुद्ध प्राथमिकी दर्ता गर्ने भएको छ। आज इन्दिरा बाइपासस्थित एसडीएफ पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले यो जानकारी दिएका हुन्। हामीले चाह्यौं भने पवन चामलिङलाई दुई महीनामा शेष गरिदिन्छौं भन्दै मन्त्री सञ्जित खरेलले आपत्तिजनक भाषण गर्दै गरेको भीडियो क्लिप सार्वजनिक गर्दै प्रवक्ता एमके सुब्बाले शान्ति अनि सुरक्षाको मिशाल सिक्किममा एसकेएम पार्टीले राजनीतिक आतङ्कवाद शुरू गरेको बताए। ‘‘निर्दोष सिक्किमे जनता तनावपूर्ण जीवन बाँच्दैछन्। राज्यमा हिंसा र अत्याचार बढिरहेको छ। यस्तो अवस्थामा मन्त्रीजस्तो गरिमामय पदमा बसेर खरेलले राजनीतिक आतङ्कवादलाई टेवा पुर्याउने काम गरेका छन्। मन्त्री भएर डनको होइन, जनप्रतिनिधिको भाषा बोल्नुपर्छ’’ प्रवक्ता एमके सुब्बाले भने। प्रवक्ता सुब्बाले मन्त्री खरेलविरुद्ध एसडीएफ पार्टीले भारतीय दण्ड संहिता 506 -को क्रिमिनल इण्टिमिडेशनअन्तर्गत मामिला दर्ता गर्ने जानकारी दिएका छन्। पूर्व… Read More

सुबानेडाँडामा पैह्रोको ताण्डव

सुबानेडाँडामा पैह्रोको ताण्डव

भानुराज थापा लिङ्ताम, 26 जून। लिङ्ताम बकुटारदेखि केही माथि गए राति लगातार रूपमा तीन घण्टा जति भीषण वर्षा हुँदा सुबाने वार्डमा व्यापक क्षति पुगेको छ। सुबाने डाँडाबाट आएको भलको बेगले गर्दा गंगामाया मंगरको मकैबारी, सब्जी बारीसहित पोल्ट्री फार्म, गाईको गोठलाई पूर्णरूपले क्षतिग्रस्त भएको छ। यसैगरी अलिक मुनि रहेको मित्रबहादुर मंगरको शौचालय, भान्साघर क्षति पुग्न गएको छ। अर्कोतिर, एक मन अलैंचीको बोट भलले बगाएको जमीन धनी धनबहादुर मंगरले बताएका छन्। केही मालको क्षति भएपनि मूल घर अनि ज्यानको नोक्शान पुगेको छैन। यस घटनालाई जायजा लिन आज क्षेत्रका विधायक केबी राई, महकुमा अधिकारी रंगेली एबी गुरुङ, बीडीओ रिगु बीएसी रतनहाङ सुब्बासहित बीएसीका ग्रामीण प्रबन्धन विकास विभागका सहायक निर्देशक, अभियन्ताहरू, वार्ड पञ्चायत सरिता मगर, पञ्चायत पेम्बा शेर्पा, रंगेलीका पञ्चायत विकास बागदास, आपदा प्रबन्धनसँग सम्बन्धित योडेस एनजीओका कार्यकारी सचिव मणिकुमार गुरुङ, न्यू डायमण्ड क्लब छुजाचेनका सचिव रुद्र प्रधान लगायत अन्य सहकारी कर्मचारीको टोलीद्वारा यस क्षेत्रको निरीक्षण भ्रमण गरियो। क्षेत्र विधायक केबी राईले व्यक्तिगत रूपमा दुई घर परिवारप्रति आर्थिक सहयोगसहित विभाग पक्षबाट राहत दिने वचन दिए भने महकुमा अधिकारीले आपदा प्रबन्धन कोषबाट जाँचपछि आर्थिक अनुदानको प्रबन्ध मिलाइने घर परिवारलाई बताए। भल-पैह्रो अनि लगातार रूपले आउने वर्षाले अझ खतरा रहँदा विधायक, महकुमा विभाग, पूर्व जिल्ला पञ्चायत टिकामाया मंगर, सुबानेडाँडा पञ्चायतको सहयोगमा दुवै घरका पीडित परिवारहरूलाई राहतको… Read More

मगन स्कूलमा अन्तर्राष्ट्रिय नशारोधी दिवस पालन

मगन स्कूलमा अन्तर्राष्ट्रिय नशारोधी दिवस पालन

मगन, 26 जून। इपीसीएस सदस्य नर्सेसन लेप्चाको देखरेख तथा मगन उच्च माध्यमिक स्कूलका विद्यार्थीहरूको सहभागितामा आज स्कूलको सम्मेलन कक्षमा अन्तर्राष्ट्रिय नशारोधी दिवस पालन गरियो। उत्तर जिल्लाका सीएमओ डा. जीसी शर्मा मुख्य अतिथि रहेको कार्यक्रममा मगनका एसएचओ, एसबीआइका प्रबन्धक, स्कूलका प्राचार्य बीएम प्रधान, शिक्षक शिक्षिकागण तथा विद्यार्थीवर्ग, एनसीसी क्याडेटको उपस्थिति रहेको थियो। कार्यक्रमलाई स्वागत जनाउँदै प्राचार्य बीएम प्रधानले विद्यार्थीहरूलाई असल विद्यार्थीसितै असल नागरिक बन्ने प्रेरणा दिए यसरी नै डाक्टर डीसी शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै नशाको लत विषयमा ज्ञान प्रदान गरे। उनले भने, ड्रग्स साधारणतः कुनै रोगको उपचार गर्न प्रयोग गरिने औषधी हो। यद्यपि यो औषधीलाई दुरूपयोग गरियो अथवा आवश्यकता भन्दा अधिक प्रयोग अथवा सेवन गरिएमा त्यो नशाको लतमा परिणत हुने बताए। नशाको लत भए त्यसलाई चिकित्सकहरूको परामर्श र उपचारपछि नियन्त्रण गर्न सकिने बताए। मगनका एसएचओले आफ्नो सम्बोधनमा सिक्किम नशारोधी नियम र नशाको अवैध कारोबार गर्ने विरूद्ध कानुन र दण्डबारे अवगत गराए। उनले विद्यार्थीहरूलाई खेलकुदमा अति ध्यान दिने प्रेरणा दिँदै अध्ययनसितै खेलकुदमा ध्यान दिएपछि नशाको लतमा कहिले पनि नपर्ने बताए। कार्यक्रममा नशाको लत र यसको परिणाम विषय जागरूक गराउन विद्यार्थीहरूले नाटक पनि मञ्चन गरेका थिए। यस अतिरिक्त कविता वाचन र सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण रहेको थियो।

आईपीएस प्रोबेशनर्स र राज्यपालको शिष्टाचार भेट

आईपीएस प्रोबेशनर्स र राज्यपालको शिष्टाचार भेट

गान्तोक, 26 जून। हैदराबादस्थित सरदार बल्लव भाई पटेल नेशनल पुलिस एकाडेमीका 22 आईपीएस परिवीक्षार्थी (प्रोबेशनर्स)-ले बुधबार सिक्किमका राज्यपाल गंगा प्रसादसित राजभवनमा शिष्टाचार भेट गरे। आइपीएस प्रोबेशनर्सको टोलीलाई एसिस्टेन्ट कमाण्डेन्ट भूपेन्द्र कुमारले अगुवाई गरेका थिए। राजभवनअनुसार आईपीएस अधिकारीहरू आफ्नो प्रशिक्षण गतिविधिअन्तर्गत अनिवार्य शैक्षिक एवं सांस्कृतिक भ्रमणको निम्ति 17 जूनको दिन सिक्किम आइपुगेका हुन्। अधिकारीहरूको टोलीले सिक्किमको विभिन्न ठाउँहरूको भ्रमण गर्दै सिक्किममा पुलिस अभ्यास तथा अन्य विषयहरूबारे जानकारी लिनेछन्। एसिस्टेन्ट कमाण्डेन्ट कुमारले राज्यपाललाई शैक्षिक अनि सांस्कृतिक भ्रमण, एकाडेमीमा प्रशिक्षणबारे जानकारी दिए। अर्कातिर, राज्यपाल प्रसादले युवा अधिकारीहरूलाई समाज अनि आफ्ना अभिभावकहरूका आकांक्षालाई पूरा गर्न आह्वान गरे। उनले युवा अधिकारीहरूको उज्ज्वल भविष्यको निम्ति कामना गर्दै सिक्किमको यादगार भ्रमणको निम्ति शुभेच्छा दिए। यस अवसरमा राज्यपालसित युवा आईपीएस अधिकारीहरूको अन्तरक्रिया पनि आयोजना गरिएको थियो।-हिस/बिशाल

दार्जीलिङमा सिक्किमेली चेस खेलाडीको उत्कृष्ट प्रदर्शन

दार्जीलिङमा सिक्किमेली  चेस खेलाडीको उत्कृष्ट प्रदर्शन

गान्तोक, 26 जून। सिक्किम चेस एसोसिएशन (एससीए)-का खेलाडीहरूले दार्जीलिङमा आयोजना भएको पहिलो उमेर समूह तथा देशराज मित्तल स्मारक खुल्ला चेस प्रतियोगिता 2019-मा सहभागिता जनाए। यस प्रतियोगितामा सिक्किमेली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो, दोस्रो अनि तेस्रो दर्जामा आउन सफल रहे। दार्जीलिङ गोर्खा हिल चेस एसोसिएशनले 22 र 23 जूनको दिन आयोजना गरेको यो प्रतियोगितामा 30 सदस्यीय सिक्किमेली टोलीले सहभागिता जनाएको थियो। यसमा सिक्किममा राहुल गुरुङ प्रतियोगिताका च्याम्पियन बने भने रोहित गुरुङ देस्रो र थेण्डुप तामाङ तेस्रो स्थानमा आउन सफल बने। सिक्किमेली खेलाडी पुष्प गुरुङ प्रतियोगिताको 18औं स्थानमा रहिन्। उमेर समूह वर्गमा पनि सिक्किमका खेलाडीले पुरस्कार जित्न सफल रहे। यो प्रतियोगितामा दार्जीलिङ, कालेबुङ, सिलगढी, जलपाइगढी, कुच बिहार, कोलकाता र सिक्किमका गरी कूल 150 खेलाडीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालद्वारा हिमाली क्षेत्रमा चेस खेल खेललाई बढावा दिनसितै विकासीय कार्य गरेकोमा प्रशंसा गर्दै आयोजक समितेल अभिनन्दन जनायो।

छोचेनमा सडक सुचारू

छोचेनमा सडक सुचारू

पाकिम, 26 जून। पाकिम महकुमाअन्तर्गत पाकिमदेखि माछोङ हुँदै रोलेपसम्मको सडकबीच छोचेनमा अवरूद्ध बनेको छ। भारी वर्षाको कारण पैह्रो आएको कारणले सडक अवरूद्ध भएको थियो। यद्यपि, सडक तथा पूल विभागको तत्परतामा बुधबार बेलुकीसम्ममा सडक वाहन आवात जावातका लागि सुचारू गरिएको छ।

निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो

निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो

रम्फू, 26 जून। दुई दिनदेखि निरन्तर परिरहेको पानीले गर्दा सिक्किमको प्रवेशद्वार रम्फूनदीको जलस्तर आज बेलुकी 5 बजीदेखि अचानक बढेको छ। यद्यपि, समाचार लेखुञ्जेल कुनै पनि अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन।

विविध कार्यक्रमको साथमा सनराइज मोडल स्कूलको रजत जयन्ती

विविध कार्यक्रमको साथमा सनराइज मोडल स्कूलको रजत जयन्ती

भानुराज थापा रंगेली, 26 जून। सनराइज मोडल निम्न माध्यमिक स्कूलद्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम अनि प्रतियोगिताको साथमा गत 22 जूनदेखि पालन गरिएको स्कूलको 25औं वर्षगाँठ रजत जयन्ती समारोह उत्सव आज समापन गरियो। मेलाटारस्थित सामुदायिक भवनमा भव्य कार्यक्रमको साथ आयोजित यस समारोहमा मुख्य अतिथिको रूपमा छुजाचेन क्षेत्र विधायक केबी राई थिए भने विशिष्ठ अतिथिहरूमा पूर्व जिल्ला पञ्चायत अध्यक्ष केएन प्रधान, योडेस एनजीओका कार्यकारी सचिव मनिकुमार गुरुङ, सिङ्तामका डा. एमएस खान, स्कूल प्रबन्धन समितिका अध्यक्ष केएन प्रधानसहित अन्य आमन्त्रित अतिथि, चर्चित गायकहरू भानु गुरुङ, मिलन शर्मा, रेमन्ती राई, सुषमा दाहाल, हाई टेक कम्प्यूटर संस्थानका प्रबन्धक निर्देशक रुद्र प्रधान रहेका थिए भने सामाजिक कल्याण आयोगकी पूर्व अध्यक्ष इन्द्रा प्रधान, स्कूलका प्रधानाचार्य, शिक्षक-शिक्षिका, विद्यार्थी, स्कूल प्रबन्धन समितिका सदस्य, अभिभावक लगायत समारोह समितिका सदस्यहरूको विशेष उपस्थिति थियो। समारोहको शुरू राष्ट्र गान अनि दिप प्रज्ज्वलनबाट गरियो। यसका साथै प्रधानाचार्य अनवर अलीको स्वागत सम्बोधनमा रजत जयन्तीमाथि प्रकाश पारे भने यस स्कूलका विद्यार्थीहरूद्वारा कविता पाठ, नाटक, स्किपिङ नृत्यसहित रंगेली बजार सरकारी माध्यमिक स्कूल, छुजाचेन सरकारी उच्च माध्यमिक स्कूल, अभिभावक, पूर्व विद्यार्थीद्वारा रंगारंग नृत्यहरूको प्रदर्शन गरियो। यस्तै प्रकारले छुजाचेन क्षेत्रका राज्य पुरस्कारले सम्मानित गायक भानु गुरुङ, श्‍वर सिक्किम मिलन शर्मा, उत्तर पूर्व सुपरस्टार रेमन्ती राई, सरगम सिक्किम सुषमा दाहाल, सोनाम भोटिया, अनुप प्रधानले आ-आफ्ना गायन प्रस्तुति दिएपछि स्कूलले गीत, संगीतमा… Read More

एसडीयूएफद्वारा हस्ताक्षर अभियान आयोजित

एसडीयूएफद्वारा हस्ताक्षर अभियान आयोजित

गान्तोक, 26 जून। इन्टरनेशनल एन्टी ड्रग डे- को अवसरमा सिक्किम ड्रग यूजर्स फोरम (एसडीयूएफ)-ले बुधबार राजधानीको जिल्ला नियन्त्रण कक्ष परिसरमा हस्ताक्षर अभियान आयोजना गर्यो। यो हस्ताक्षर अभियान एसडीयूएफले ‘सपोर्ट, डोन्ट पनिस’ अभियानअन्तर्गत आयोजना गरेको हो। हस्ताक्षर अभियान आयोजना गर्नुको उद्देश्य प्रतिबन्धित नशालु औषधी सेवनकर्ताहरू विरूद्ध भइरहेको अन्याय अनि उनीहरूका अधिकारहरूबारे जागरूकता फैलाउन रहेको थियो। एसडीयूएफ-अनुसार प्रतिबन्धित नशालु पदार्थ सेवाकर्ताहरू अपराधी होइनन्, उनीहरू बिमारी हुन्। यस कारण यो समस्यालाई निर्मूल पार्न उनीहरूसित अपराधी सरह होइन, तर बिमारी सरह व्यवहार गर्नु आवश्यक छ।-हिस/बिशाल

जागृति पुनर्वास केन्द्रद्वारा अन्तर्राष्ट्रिय नशारोधी दिवस पालन

जागृति पुनर्वास केन्द्रद्वारा अन्तर्राष्ट्रिय नशारोधी दिवस पालन

गान्तोक, 26 जून। नशामुक्तिका लागि एकीकृत पूनर्वास केन्द्र जागृतिले पनि आज अन्तर्राष्ट्रिय नशारोधी एवं तस्कर विरोधी दिवस पालन गर्यो। मानबीर कलोनीदेखि हैलिप्याड गुरूङ गुम्बा नजिकसम्म नशामुक्ति विषय जागरण र्यालीबाट शुरू गरिएको कार्यक्रममा सोसियल हेल्थ अव् इण्डिया संगठनका उपाध्यक्ष एवं कोषाध्यक्ष विक्रम गुरूङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा हरिप्रसाद शर्मा विशिष्ट अतिथि रहेका थिए। आसी, जागृति, चाइल्ड लाइन, स्वाधारलय, ममतालय, एसएएका कर्मचारीहरूसहित पुनर्वास केन्द्रमा उपचाराधीन सदस्यहरूको परिवारका प्रतिनिधि तथा अन्यको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रमलाई विभिन्न स्रोतवक्ताहरूले अन्तर्राष्ट्रिय नशारोधी दिवससितै एचआइभी एड्स, शारीरिक र मानसिक स्वास्थ्य आदि विषयमा जागरूक गराएका थिए। चाइल्ड लाइनकी परामर्शदाता रोमा पञ्चकोटीले पोक्सो, बालश्रम र शारीरिक यातना आदि विषयमा जागरूक गराउँदै बाल बालिकाविरूद्ध हिंसा रोकथाम गर्न तथा उनीहरूलाई कानुनी सुरक्षा प्रदान गर्न टोल फ्री नम्बर 1098 मा सम्पर्क गर्न सकिने बताइन्। यसरी नै जागृतिका परामर्शदाता राजू सुब्बाले नशाको लत र यसबाट प्राप्त गर्न सकिने छुटकाराबारे बोल्दै नशाको लत एउटा रोग भए तापनि यसलाई उपचार गर्न सकिने बताए। यसरी नै जागृतिमा बसेर नशामुक्तिको अभ्यासमा सफल बन्ने सन्दिप सुब्बाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै नशामुक्तिबाट आफू बाहिर आएर धेरै उत्पादक बन्न सकेको बताए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै नगेन्द्र विक्रम गुरुङले सोसियल हेल्थ अव् इण्डिया संगठनको लक्ष्य र उद्देश्यबारे प्रकाश पारेका थिए। यो संगठनमा काम गर्ने सदस्य… Read More