एसडीएफ अध्यक्ष सिक्किम आइपुगे

एसडीएफ अध्यक्ष सिक्किम आइपुगे

गान्तोक, 20 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङ नयाँ दिल्लीबाट आज सिक्किम आइपुगेका छन्। पवन चामलिङ 5 जूनको दिन नयाँ दिल्ली गएका थिए। नयाँ दिल्ली भ्रमणको अवसरमा यसपल्ट उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाहलगायत अन्य राजनीतिक नेताहरूसित भेट गरेका छन्। सिक्किम फर्कने क्रममा उनलाई आज बागडुगरा हवाइअड्डा र रम्फूमा स्वागत जनाइयो। स्वागतका लागि एसडीएफ पार्टीका विधायकहरू, नगर पञ्चायत, ग्राम पञ्चायतलगायत पार्टीका वरिष्ठ तथा युवा चेली कार्यकर्ताहरू धेरै सङ्ख्यामा उपस्थित थिए।

एसडीएफ पार्टीको पत्रकार सम्मेलन

एसडीएफ  पार्टीको पत्रकार सम्मेलन

जगन दाहाल गान्तोक, 20 जून। दिल्ली भ्रमणमा रहेका मुख्यमन्त्री पीएस गोलेले अकाली दलका नेताहरूलाई भेट्नुमा आपत्ति जनाएका छन्। उनले अकाली दलका नेताहरूलाई अचानक भेट्नुमा अहिले न्यायालयमा चलिरहेको गुरुदोङ्मार मुद्दामाथि सम्झौता गर्न होइन के भन्ने प्रश्‍न उठाएको छ। आज इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा पत्रकार सम्मेलन डाकी पार्टीले मुख्यमन्त्री गोलेको दिल्ली भ्रमणमाथि धेरै टिप्पणीहरू गरेको छ। केही दिन अघिदेखि दिल्ली भ्रमणमा रहेका मुख्यमन्त्रीले देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग भेट गरिसकेका छन्। तर एसडीएफ पार्टीले उनको दिल्ली भ्रमणमाथि पनि कतिपयः कुराहरूमा शङ्का व्यक्त गरेको छ। पत्रकार सम्मेलनमा एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले मुख्यमन्त्रीले केन्द्रका जति दिग्गजहरूलाई भेटेपनि कुनै प्रतिवेदनहरू नलगेको अनि कुनै केबिनेट सभाहरू नगरि कुन आधारमा सिक्किम विधानसभामा लिम्बू तामाङको आसन आरक्षण, जनजातिबाट छुटेका 11 जातिलाई जनजातिको दर्जा दिलाउने माग अनि केन्द्रिय आयकरबाट छुट पाउनबाट छुटेकाहरूलाई आयकरमा छुट दिने माग उठाइरहेका छन् भनि प्रश्‍न राखेका छन्। अर्कोतिर, उनले पीएस गोले मुख्यमन्त्री हुँदा देशको संविधानले सिक्किमलाई दिएको विशेष अधिकार 371-एफ पनि जरासँगै उखेलेर फ्याँकिदिएको आरोप लगाएका छन्। उनले यदि गोलेको मुख्यमन्त्री हुनको आधारलाई लिएर कोही पनि कहीँबाट आएर सिक्किमको मुख्यमन्त्री हुन चाहे उसले मुख्यमन्त्री हुनसक्ने बताए भने उनको कारणले वान मेन वान भोट पनि गयो भन्दै यस विषयमा गहन अध्ययन हुन आवश्यक रहेको छ भने। उनले 371 एफलाई एसडीएफले नै सुरक्षा दिने… Read More

कैलाश मानसरोवर यात्राको पहिलो समूहले नथुला सीमापार गरे

कैलाश मानसरोवर यात्राको पहिलो समूहले नथुला सीमापार गरे

गान्तोक, 20 जून। कैलाश मानसरोवर यात्रा 2019-को पहिलो समूहलाई आज नथुला सीमापार गराइएको छ। नथुला सीमा क्षेत्र भएर यात्रा गर्ने यस वर्षको पहिलो समूहमा 26 जना यात्री र 5 जना सहयोगी कर्मचारीहरू सामेल छन्। कार्यक्रम अऩुसार 1 जुलाई 2019 को दिन यो समूह कैलाश मानसरोवरबाट फर्किएर गान्तोक आइपुग्नेछ। यात्री समूहका अधिकारीले सिक्किम सरकार विशेष गरी सिक्किम पर्यटन विकास समितिप्रति आभार प्रकट गरेका छन्। स्मरण रहोस्, सिक्किम सरकारले गान्तोक, 15 माईल, 17 माइल र सेरेथाङमा यात्रीहरूको बस्ने प्रबन्ध मिलाएको थियो।

श्रोताहरूको साङ्गीतिक तिर्खा मेटाउन गायक रामकृष्ण ढकाल गान्तोकमा

श्रोताहरूको साङ्गीतिक तिर्खा मेटाउन गायक रामकृष्ण ढकाल गान्तोकमा

गान्तोक, 20 जून। सिक्किम प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा भोलि विश्‍व सङ्गीत दिवसको अवसरमा आयोजना हुन लागिरहेको ‘गोपाल योञ्जन स्मृति साँझ’ कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालका एक चर्चित गायक रामकृष्ण ढकाल गान्तोक आइपुगेका छन्। गायक ढकाल लगभग 19 वर्षको लामो अन्तरालपछि पुन: गान्तोकमा आफ्नो साङ्गीतिक प्रस्तुतिको निम्ति आएका हुन्। उनले यस अघि 2000 सालमा सिक्किम पुलिसको शतवार्षिकी समारोहमा प्रस्तुति दिएका थिए। यद्यपि, त्यस अघि पनि आफू सानो छँदा वज्र सिनेमा हलमा उनले साङ्गीतिक प्रस्तुति दिएका थिए। नेपाली गीत-सङ्गीतको क्षेत्रमा धेरै नयाँ गायक-गायिकाहरूको आगमन भइरहेको भए तापनि गायक ढकाल आफ्नो छुट्टै पहिचान अनि स्थान सुनिश्‍चित गर्न सफल बनेका छन्। हिपहप, र्याप आदि विभिन्न विधाका सङ्गीतप्रति युवाहरूको चासो बढ्दो रहे तापनि गायक ढकालको गीत सुन्न र गुनगुनाउन चाहने श्रोताहरूको संख्यामा कुनै कमी आएको छैन। गायक ढकालले लामो समयदेखि प्रतीक्षा साँचेर बसेका आफ्ना श्रोताहरूका साङ्गीतिक तीर्खालाई मेटाउन आफ्नो तर्फबाट पूर्ण प्रयास गर्ने मनतव्य व्यक्त गरेका छन्। गोपाल योञ्जन स्मृति साँझ कार्यक्रममा गायक ढकालले नेपाली गीत-सङ्गीत क्षेत्रका एक शिखर पुरूष गोपाल योञ्जनका गीतहरू प्रस्तुत गर्नेछन्। यसैगरि, आफ्ना कतिपय चर्चित गीतहरू पनि प्रस्तुत गर्नेछन्। सिक्किम प्रज्ञा प्रतिष्ठानले नेपाली गीत-सङ्गीतको क्षेत्र अमूल्य योगदान पुर्याउने एक विशिष्ट व्यक्तित्व गोपाल योञ्जनलाई श्रद्धाञ्जली स्वरूप उक्त कार्यक्रमको आयोजना गरिरहेको छ। गोपाल योञ्जनका गीतहरूलाई गायक ढकालले नै न्याय गर्न सक्नेछन् भन्ने विश्‍वासका… Read More

पश्‍चिम जिल्लामा एसडीएफ चेली मोर्चाको विशेष सभा

पश्‍चिम जिल्लामा एसडीएफ चेली मोर्चाको विशेष सभा

गेजिङ, 20 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को पश्‍चिम जिल्ला चेली मोर्चाको आज विशेष सभा सम्पन्न भयो। गेजिङस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न सभालाई जिल्ला पार्टी कार्यालय महासचिव बीबी राईले अध्यक्षता गरेका थिए। सभामा पूर्व विधायकद्वय चन्द्रमाया सुब्बा र सोनाम डाडुल भोटियाको साथमा जिल्ला पञ्चायत अध्यक्ष देविका सुब्बा, नगर पञ्चायत अध्यक्ष जाङ्मु शेर्पा, नगर पञ्चायत उपाध्यक्ष (जोरथाङ) पेमा तामाङ, पश्‍चिम जिल्ला चेली मोर्चा संयोजिका जाङ्मु शेर्पालगायत विभिन्न समष्टिबाट पार्टी कार्यकर्ताहरूको साथमा ग्राम तथा जिल्ला पञ्चायत सदस्यवर्गको उपस्थिति रहेको थियो। सभामा गत 3 जूनको दिन सिक्किम विधानसभामा एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङलाई अपशब्द प्रयोग गर्दै मनपरी मुख छाडेको विषयमा पश्‍चिम जिल्लाका एसडीएफ चेलीहरूले घोर विरोध जनाएका छन्। प्रजातन्त्रको दुरूपयोग र सदनको अवमानना गरिएको भन्दै एसडीएफ चेली मोर्चाले यसको घोर विरोध जनाएको छ। चेली मोर्चाले यस्ता नकारात्मक सोंच एवं कार्यले सिक्किममा वर्तमान सरकारको व्यवस्था ठीक नभएको आरोप लगाएको छ। सभाको उद्देश्यबारे जानकारी गराउँदै चेली संयोजिका जाङ्मु शेर्पाले चुनाउ पछि पश्‍चिम जिल्लाका चेलीहरूको पहिलो जमघटसँगै आगामी क्रान्ति दिवसको विषयमा छलफल गर्न यो सभा राखिएको बताइन्। उनले चेलीहरू कोही पनि निराश नभई ठूलो विचार बोकेर पार्टीमा सक्रिय रहनुपर्ने बताएकी छन्। यसरी नै जिल्ला अध्यक्ष देविका सुब्बाले यो सभा जिल्लाभरिका चेलीहरूसित भेट गर्ने अनि चुनाउपछि आपस्तमा सम्पर्क हुन नसकिरहेको कारण राखिएको बताउँदै आगामी कार्यक्रमहरूलाई कसरी… Read More

राज्यपालद्वारा युवाहरूलाई अपील

राज्यपालद्वारा युवाहरूलाई अपील

गान्तोक, 20 जून। सिक्किम राज्यमा आगामी दिनमा सेनाका लागि हुने भर्नामा उत्साहपूर्वक भाग लिन राज्यपाल गंगा प्रसादले सिक्किमे युवाहरूलाई अपील गरेका छन्। भारतीय सेनामा धेरैवटा पद रिक्त भएको र यसको फाइदा उठाउन उनले राज्यका युवाहरूलाई आह्वान गरेका छन्। आफ्नो घर दैलोमा नै आएको यो अवसरबाट युवाहरूलाई फाइदा लिने राज्यपालले सल्लाह दिएका छन्। यसरी नै राज्यपालले जिल्ला अधिकारी, महकुमा अधिकारी, बीडीओ र पञ्चायसहित राज्यका पूर्व सैनिकहरूलाई आगामी भर्ती विषय आफ्नो क्षेत्रमा हरसम्भव सूचना प्रसारण गरेर धेरै भन्दा धेरै युवाहरूको सहभागितालाई सुनिश्‍चित गर्ने पनि आग्रह गरेका छन्। उनले राज्य सैनिक बोर्ड र सम्बन्धित सेनाका अधिकारीहरूलाई आगामी दिनमा हुने भर्ना विषय प्रचार सितै आवश्यक प्रशिक्षणको पनि व्यवस्था गर्ने निर्देश दिएका छन्।

'अटल भण्डारी’ 16 जुलाईमा लोकार्पित हुन

'अटल भण्डारी’ 16 जुलाईमा लोकार्पित हुन

गान्तोक, 20 जुलाई। गान्तोकको चर्च रोडस्थित प्रिमुला कलेजको प्रेक्षागृहमा बिहिबार सिक्किमकी पूर्व सांसद तथा भारतीय गोर्खा परिसङ्घकी पूर्व अध्यक्ष दिलकुमारी भण्डारीको अध्यक्षतामा जाति सम्पदा एवं भाषा सङ्ग्रामी तथा सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको स्मरणमा दस्तावेजपूर्ण ‘अटल भण्डारी स्मृतिग्रन्थ’ विमोचन समारोह समिति गठन गरियो। वरिष्ठ साहित्यकार तथा स्वतन्त्र पत्रकार अर्जुन पीयूषको सम्पादनमा तयार भएको ‘अटल भण्डारी’ नामक स्मृतिग्रन्थको विमोचनको निम्ति सम्पन्न भएको सभामा उपस्थित व्यक्ति-व्यक्तित्वमाझ छलफलपछि ग्रन्थको विमोचनका निम्ति विभिन्न स्तरमा उपसमितिहरूको पनि गठन गरियो। गान्तोकस्थित चिन्तन भवनमा सम्पन्न हुने कार्यक्रममा अटल भण्डारी नामक नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन समारोहको गरिमामय कार्यक्रममा सिक्किमका राज्यपाल गंगा प्रसादलाई मुख्य अतिथि र राज्यका मुख्यमन्त्री पीएस गोलेलाई विशिष्ट अतिथिका रूपमा उपस्थित हुन निवेदन गरिएको कुरा आजको सभालाई अवगत गराइयो। आजको सभामा उपस्थित महानुभवहरूलाई लिएर आगामी 16 जुलाईको दिन सम्पन्न हुने कार्यक्रमबारे व्यापक छलफल साथै विचार-विमर्शपछि एउटा ठूलो टोलीलाई लिएर विमोचन समारोह समिति गठन गरियो। सभाले सर्वसम्मतिद्वारा पारित गरेर दिलकुमारी भण्डारी (डी. के. भण्डारी)-लाई अध्यक्षको पदभार सुम्पियो भने कार्यकारी अध्यक्षको रूपमा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष जोसेफ लेप्चा रहेका छन्। यसरी नै उपाध्यक्षका रूपमा साहित्यकार तथा जीवनीकार राज के. श्रेष्ठ र अनिता निरौला रहेका छन्। सल्लाहकारमा प्रद्युम्न श्रेष्ठलाई चयन गरिएको छ। यसै रीतले महासचिवको पदभार नाटककार, साहित्यकार, चलचित्र निर्देशक चुनिलाल घिमिरेलाई दिइएको छ भने संयुक्त सचिवको रूपमा… Read More

सिङ्ताम नगर पञ्चायत कार्यालयमा शान्तिको साथमा टेण्डर सम्पन्न

सिङ्ताम नगर पञ्चायत कार्यालयमा शान्तिको साथमा टेण्डर सम्पन्न

सिङ्ताम, 20 जून। सिङ्ताम नगर पञ्चायत कार्यालयमा आज 2019 देखि 2020-सम्मको निम्ति मन्दिर लाइनस्थित पब्लिक टोइलेट, लालबजार चिसोपानीस्थित पब्लिक टोइलेट, कार पार्किङ अनि बजार कन्ट्र्याक्टर गरी चारवटाको खुल्ला टेण्डर गराइयो। बिहानदेखि भारी संख्यामा टेण्डर हाल्नेहरूको भीड रहेको सिङ्ताम नगर पञ्चायत कार्यालयमा आजको टेण्डर ओपनिङ कमिटीमा नगर पञ्चायत सभापति सावनकुमार प्रधान, उपसभापति विष्णुमाया शेर्पा, पार्षद रजनी सिंह सिञ्चुरी, पार्षद् रामनरेश प्रसाद, पार्षद् भूमि सुब्बा, एमईओ पीके राई, ओएस राजेन्द्र राई, बजार इन्सपेक्टर बिरेन्द्र राई, समाजसेवी नन्दु दूतराज अनि जेई करिशमा रिजाल रहेको थियो। गत वर्षको तुलनामा यस वर्ष टेण्डर हाल्नेहरूले एकदमै शान्तिको साथमा टेण्डर हाले तथा धेरै बेसी रकम लगाए। आजको चाल बजार चिसोपानी सार्वजनिक शौचालयको निम्ति विजय गुरुङले रुपियाँ 66 हजार सबैभन्दा अधिक रकम लगाएकोले सो शौचालयको ठिका उनलाई दिइयो भने मन्दिर लाइन सार्वजनिक शौचालयको ठिकाको निम्ति रुद्र बरदेवाले रुपियाँ 2 लाख 10 हजार अधिक रकम लगाएकोले उनलाई यस शौचालयको ठिका दिइयो। यसरी नै कार पार्किङको ठिकाको निम्ति सबैको भन्दा धेरै रकम 16 लाख 501 रुपियाँ लगाएकोले सन्तोष सुब्बालाई कार पार्किङको ठिका दिइयो भने बजार कन्ट्र्याक्टरको टेण्डरमा विधान शंकरले अधिकतम रकम 29 लाख 99 हजार 9 सय 91 रुपियाँ लगाएकोले यो बजार कन्ट्र्याक्टरको ठिका उनलाई दिइयो। ठिकादारहरूले आगामी 27 जून 2019-सम्ममा ठिकाको रकम सिङ्ताम नगर पञ्चायतको कोषमा जमा गर्ने समय… Read More

गोर्खाल्याण्डबारे एनजीसीले गर्यो सांसद विष्टसँग बैठक

गोर्खाल्याण्डबारे एनजीसीले गर्यो सांसद विष्टसँग बैठक

समय संवाददाता दार्जीलिङ, 20 जून। नेशनल गोर्खाल्याण्ड कमिटी (एनजीसी)-ले अलग राज्य गोर्खाल्याण्डको माग साथै युनियन टेरिटोरीको प्रस्तावलाई लिएर दार्जीलिङका सांसद राजु विष्टसित दिल्लीमा एक बैठक गर्यो। जसलाई कमिटीले गत 12 जूनको दिन दार्जीलिङमा विष्टसित भएको बैठकको फलोअप बैठक रहेको बताएको छ। यस बैठकमा कमिटीका अध्यक्ष सेवानिवृत्त लेप्टिनेन्ट जेनरल शक्ति गुरुङ, सचिव डा. मुनिष तामाङको मुख्य उपस्थिति रहेको थियो। लगभग 2 घण्टासम्म चलेको उक्त बैठकको क्रममा कमिटीले अलग राज्य गोर्खाल्याण्डबारे पनि कुराकानी गरेको थियो भने यस विषय लिएर सांसद विष्टले प्रधानमन्त्री, गृहमन्त्री र दार्जीलिङ पहाडका सम्बन्धित राजनैतिक पार्टीहरूमाझ बैठकको चाँजो मिलाउन उचित पहल गर्ने वचन दिएको कमिटीले बताएको छ। बैठक समाप्त हुनअघि नेशनल गोर्खाल्यान्ड कमिटीका अध्यक्ष गुरुङले सांसदलाई एनजीसीको भिजन डकुमेन्ट 3 पनि पेश गरे। जसमा युनियन टेरिटोरीको प्रस्तावना सामेल छ। यसै क्रममा सांसद विष्टले दार्जीलिङ पहाडमा केन्द्रिय विश्‍वविद्यालय स्थापनाको लागि प्रधानमन्त्रीलाई पत्राचार गरिसकेको जानकारी कमिटीले गराएको छ। कमिटीको पक्षबाट आकाश लामाले बताएअनुसार, यस बैठकमा कमिटीका पदाधिकारीवर्ग र सांसद विष्टमाझ दार्जीलिङ पहाड अनि तराईका चियाश्रमिकहरूका समस्या साथै उनीहरूको पर्जा-पट्टा विषयमा पनि चर्चा भएको थियो। स्मरण गराइन्छ, गत लोकसभा चुनाउको समय सांसद विष्टले दार्जीलिङ पहाड अनि तराई क्षेत्रका चियाश्रमिकहरूलाई उनीहरू वर्षौंदेखि बस्दै आएको घर-घडेरीको मालिकाना अधिकार दिलाउने, न्यूनत्तम रोजी ऐन लागू गराउने वाचा गरेका थिए। जसमाथि पुनः विष्टले एनजीसीका प्रतिनिधिहरूलाई सकारात्मक आश्‍वासन… Read More

गोरामुमोको संगठन विस्तार जारी

गोरामुमोको संगठन विस्तार जारी

समय संवाददाता दार्जीलिङ, 20 जून। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशअनुसार, पार्टी संगठन विस्तारको लागि तीब्र गतिले अघि बढिरहेको छ। यसै क्रममा हिजो लेबोङभेल्ली समष्टिअन्तर्गत बेनकवर्ण चियाबारी शाखा गठन गरियो। शिवालय प्राथमिक स्कूलमा सम्पन्न भएको एक सभाबीचै गोरामुमो बेनकवर्ण शाखा समितिको गठन गरिएको जानकारी पार्टीका मीडिया सेल प्रभारी दिनेश साम्पाङले दिएका छन्। छेवाङ दोर्जेको अध्यक्षतामा भएको उक्त सभामा सर्वसम्मतिद्वारा गोर्खा जाति र माटोको उन्मुक्तिको निम्ति मार्गदर्शन गराउन पार्टी अध्यक्ष मन घिसिङको निर्देशमा यो शाखा गठन गरिएको हो। जसमा सभापति प्रणय राई, उपसभापति प्रमेश सुन्दास अनि विवेक तामाङ, मूलसचिव प्रितम राई, वीरबहादुर मुखिया, सहसचिव सतिश गुरुङ, सूर्य सुब्बा चयन भएका छन् भने रूपेन मुखिया कोषाध्यक्ष र कमल मोक्तानलाई सह-कोषाध्यक्षमा चयन गरिएको छ। यसरी नै लेबोङभेल्ली समष्टि सभापति राजु सुब्बाको नेतृत्वमा एक सभाको आयोजना गरी गोरामुमो रंगनिट शाखाको पनि गठन गरियो। यसका साथै पार्टीले अप्पर हरसिंहहट्टा शाखाको सांगठनिक सभा पनि गरेको थियो। सूर्यकुमार गुरुङको अध्यक्षतामा भएको उक्त सभामा अप्पर हरसिंह शाखालाई विघटन गरी नयाँ शाखा गठन गरियो।