राज्यपालले गृह मन्त्रीलगायत अन्य केन्द्रिय मन्त्रीहरूलाई भेटे

राज्यपालले गृह मन्त्रीलगायत अन्य केन्द्रिय मन्त्रीहरूलाई भेटे

गान्तोक, 14 जून। सिक्किमका राज्यपाल गंगा प्रसादले नयाँ दिल्लीमा केन्द्रिय गृह मन्त्री अमित शाहलगायत अन्य विभिन्न केन्द्रिय मन्त्रीहरूलाई भेटेका छन्। राज्यपालले कन्द्रिय कानुन एवं न्याय, इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री रवि शंकर प्रसाद र केन्द्रिय उत्तरपूर्वी क्षेत्र विकास (डोनर) राज्य मन्त्री डा. जितेन्द्र सिंहलाई पनि भेटेको जानकारी राजभवनले दिएको छ। केन्द्रिय मन्त्रीहरूसितको शिष्टाचार भेटमा राज्यपालले मन्त्रीहरूलाई कार्यभार ग्रहण गरेकोमा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा अनि एनडीएले हासिल गरेको ऐतिहासिक जनमतको निम्ति बधाई दिए। राज्यपालले केन्द्रिय मन्त्री रवि शंकर प्रसादलाई भेटेर सिक्किमको विकास यात्रामा उनको अनि केन्द्र सरकारको निरन्तर समर्थनको निम्ति अपेक्षा गरे। यसपछि, उनले केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंहलाई भेटेर विभिन्न सिक्किम सम्बन्धित विकासीय आवश्यकताहरूबारे चर्चा गरे। सिक्किमको निम्ति रेलवे मार्गको निर्माणमा भइरहेको ढिलाइबारे पनि मन्त्रीसित चर्चा भयो। केन्द्रिय मन्त्री सिंहले परियोजनाको प्रगतिबारे अवगत गराउँदै यस विषयलाई प्राथमिकता दिने आश्‍वासन दिए। यसैगरि, राज्यपालले केन्द्रिय गृह मन्त्री अमित शाहलाई भेटेर उनको नेतृत्वमा भारतीय जनता पार्टीले हासिल गरेको जीतको निम्ति बधाई दिए। गृह मन्त्रीसमक्ष राज्यपालले सिक्किमको विकास अनि समस्यासम्बन्धी विषयहरूमाथि चर्चा गरे। उनले केन्द्रमा लम्बित सिक्किमका कतिपय मुद्दाहरूको समाधानको निम्ति केन्द्र सरकारको ध्यान आकर्षित गराए। उनले सिक्किममा पर्यटन, नागरिक उड्डयन, जैविक खेती, जल विद्युत परियोजना आदि क्षेत्रहरूमा विकासको व्यापक सम्भावना रहेको बताउँदै केन्द्र सरकारबाट निरन्तर सहयोगको निम्ति आह्वान गरे।-हिस/बिशाल

मेसर्स आइडियल क्युर्स प्राइभेट लिमिटेडलाई उत्पादन गतिविधि बन्द गर्न निर्देश

मेसर्स आइडियल क्युर्स प्राइभेट लिमिटेडलाई उत्पादन गतिविधि बन्द गर्न निर्देश

गान्तोक, 14 जून। सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी)-ले अत्यधिक प्रदूषण फैलाएको विषयमा पाचेखानी-रोडाथाङमा सञ्चालित मेसर्स आइडियल क्युर्स प्राइभेट लिमिटेडलाई हालका लागि आफ्ना सबै उत्पादन गतिविधि बन्द गर्न निर्देशन जारी गरेको छ। एसपीसीबी-सिक्किमका अध्यक्ष एमएल श्रीवास्तवले जारी गरेको निर्देशनमा स्पष्ट रूपमा यो कम्पनीले पर्यावरण (संरक्षण) ऐन, 2986 को धारा 5 को उल्लङ्घन गरेको उल्लेख गरिएको छ। 11 जूनको दिन जारी गरिएको निर्देशनमा फार्मास्युटिकल उद्योगले अत्यधिक रूपमा प्रदूषण फैलाउने गरेको जनाउँदै यसको प्रत्यक्ष वा प्रत्यक्ष असर वायु, जलको गुणवत्तामा पर्ने गरेको जनाइएको छ। केन्द्र सरकारले प्रदूषण (संरक्षण) ऐन, 1986 अन्तर्गत विभिन्न वर्गका उद्योगबाट उत्सर्जन हुने प्रदूषणको मानकलाई अधिसूचित गरेको जनाउँदै यसैअनुरूप सरकारले नियम बनाएको जनाएको छ। ज्ञात रहोस्, एसपीसीबी-सिक्किमका अधिकारीहरूले यसै वर्षको 28 मार्चमा कम्पनीको निरीक्षण भ्रमण गर्दा तोकिएका विभिन्न निर्देशन पालन नगरेको पाएका थिए। यसै आधारमा एसपीसीबी-सिक्किमले 23 मईमा कम्पनीलाई कारण बताउ नोटिससमेत जारी गरेको थियो। यद्यपि कम्पनीले यसको प्रत्युत्तर 4 जूनमा दिएको थियो। पुनः एसपीसीबी-सिक्किमका अधिकारीहरूले 10 जूनको दिन कम्पनीले अवलम्बन गरेको उपायको जाँच गरेका थिए। यो जाँचमा कम्पनीले कम्पनीको ईटीपी सही प्रकारले सञ्चालनमा नभएको पाएको छ। कतिसम्म भने कम्पनीले फोहोर सुकाउने संयन्त्रसमेत जडान गरेको छैन। खतरनाक फोहोर सामग्री राख्ने भण्डारणसमेत कम्पनीले निर्माण गरेको छैन। यस्तै प्रकारले सिवरेज ट्रिटमेन्ट प्लान्टको कमी रहेको पनि बताइएको छ। कम्पनीले गरेको यसै लापर्वाहीलाई… Read More

मातृ सेवा सङ्कल्प यात्रामा यस युगका श्रवण कुमार

मातृ सेवा सङ्कल्प यात्रामा यस युगका श्रवण कुमार

गान्तोक, 14 जून। आफ्नी 70 वर्षीय आमालाई भारत भ्रमण गराउँदै कर्नाटकका डी कृष्णकुमार अहिले सिक्किम आइपुगेका छन्। भ्रमण अवधिमा आमालाई देशका हजारौं मन्दिर, मठ अनि गुरुद्वाराहरूको दर्शन गराउँदै आएका यस युगका श्रवणकुमार अहिले सिक्किमका विभिन्न तीर्थस्थलहरूमा आमालाई संगै लिएर घुमिरहेका छन्। पश्‍चिम बङ्गालको दार्जीलिङ हुँदै सिक्किम आएका डी कृष्णकुमारले दक्षिण सिक्किमको नाम्चीस्थित चारधामलगायत त्यस परिसरका मन्दिरहरूको दर्शन गरी आज राजधानी गान्तोक आइपुगेका छन्। आफ्नी जन्मदात्रीलाई स्कूटरमा चढाएर दक्षिण भारतदेखि आरम्भ गरेको तीर्थाटनलाई उनले मातृसेवा सङ्कल्प यात्राको नाम दिएका छन्। 16 जनवरी 2018-देखि आरम्भ गरिएको उनको भारत यात्रामा केवल स्कूटरको प्रयोग गरेका छन्। यतिका लामो समयसम्म स्कूटरमा आफ्नी वृद्ध आमालाई घुमाउने उनी एक यस्ता व्यक्ति हुन जसले आमाको सेवाको निम्ति बाल ब्रम्हचारी बने साथै एउटा कर्पोरेट सेक्टरको कामलाई छोडेर आमाको सेवामा समर्पित बनेका छन्। उनले यात्रामा स्कूटरलाई नै लिएर आउनुमा पनि रहस्य रहेको जानकारी दिँदै त्यो स्कूटर आफ्ना बाबाले उनलाई दिएको अनि त्यसमा हिँड्दा आफूहरूसँग आफ्ना बाबा पनि साथमै रहेको अनुभूत हुने बताएका छन्। आज राजधानी गान्तोकस्थित प्रेस क्लब अफ् सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले उक्त कुराहरू सार्वजनिक गरेका हुन्। उनले बाबाको स्कूटर साथमा हुँदा आफ्ना पिता पनि साथमै भएको आफूलाई अनुभव हुने पनि बताएका छन्। 13 वर्षको लामो समयसम्म नोकरी गरेको पैसाले आफूहरूलाई साधारण तरिकाले घर चलाउन पुग्ने… Read More

जिल्लापालको टोलीद्वारा सोरेङ महकुमाको भ्रमण

जिल्लापालको टोलीद्वारा सोरेङ महकुमाको भ्रमण

गेजिङ, 14 जून। पश्‍चिम जिल्लाका जिल्लापाल आर बन्पोको टोलीले सोरेङ महकुमाको भ्रमण गरेको छ। यस भ्रमणमा जिल्लापालसितै सोरेङका अतिरिक्त जिल्लापाल विकास गायस पेघा, अधीक्षक अभियन्ता ऊर्जा जीवन थापा, महकुमा अधिकारी हेमन्त राई, खण्ड विकास अधिकारी दीपक कुमार राई लगायत सोरेङ महकुमा कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो। जिल्लापालले सोरेङ स्कूलको भ्रमण गर्दै विद्यार्थी र शिक्षकहरूसित अन्तरक्रिया पनि गरे। यस अवसरमा उनले विद्यार्थीहरूलाई भविष्यमा असल नागरिक बन्ने सपना लिएर पढ्नु पर्ने आह्वान गर्दै विद्यार्थीहरूमा असीमित क्षमता हुने बताए। सकारात्मक सोंच, सही व्यवहार अनि कडा परिश्रमले मात्र मानिसले लक्ष्य प्राप्त गर्ने उनले विद्यार्थीहरूलाई बताए। यसै क्रममा जिल्लापालले सोरेङ स्कूलको खेल मैदान, टिम्बुरबुङस्थित पर्यटन विभागको बेस क्याम्प, मोडल आइसीडीएस, च्याखुङको विज्ञान कलेज आदिमा पुगेर विभिन्न समस्याहरूको जानकारी लिए। उनले विज्ञान कलेज च्याखुङको पूर्वाधार निर्माण गर्ने ठेकादारसित भेटेर काम चाँडै शुरू गर्ने आदेश दिए। जिल्लापालले सोरेङ तथा च्याखुङका विभिन्न स्थानमा पानीको आवश्यकतालाई समाधान गर्ने दिशामा काम गर्नुपर्ने उपस्थित अधिकारीहरूलाई निर्देश दिएका छन्। यसै क्रममा जिल्लापाल कर्मा आर बन्पोले कलुक खण्ड विकास कार्यालयको भ्रमण गर्दै स्थानीय पञ्चायतहरूसित अन्तरक्रिया गरी विभिन्न समस्याहरूलाई समाधान गर्नुपर्ने पहल गर्ने निर्देश दिए।

ढुङ्गा पल्टेर सडक अवरुद्ध

ढुङ्गा पल्टेर सडक अवरुद्ध

गेजिङ, 14 जून। पश्‍चिम जिल्लाको योक्सम टाशीडिङ समष्टिको नेर्दाङमा आज ठूलो ढुङ्गा पल्टेर आउँदा सडक अवरुद्ध बनेको छ। आज अपराह्नमा लेगसेप टाशीडिङ सडक मार्ग ठप्प हुँदा धेरै वाहनहरू अलपत्र परेका थिए। सडकको भित्ता धस्केर ठूलो ढुङ्गा सडककै माझमा अडिएको कारण सडक धेरै समयसम्म बन्द रहेको थियोे। गेजिङ जोरथाङ, लेगसेप, सिलगढी, गान्तोकबाट आवत-जावत गर्ने सवारीसाधनहरू सडकमा थिए।

जीवनाशक तथा कीटनाशक जैविक औषधीमाथि प्रदर्शनी तथा तालिम

जीवनाशक तथा कीटनाशक जैविक औषधीमाथि प्रदर्शनी तथा तालिम

भानुराज थापा रिनाक, 14 जून। मिशन जैविक मूल्य परिवर्तन विकास (एमओभीसीडी) उत्तर पूर्व क्षेत्रीय योजनाअन्तर्गत फार्म र खेतीको प्रयोगका निमित्त जीवनाशक तथा कीटनाशक जैविक औषधीमाथि एक दिवसीय प्रदर्शनी तालिमको आयोजना रिनाकमा गरियो। रिनाक बीएसीको बहुउद्देश्यीय कक्षमा रिनाक, तारपिन, सुदुङलाखा मुलूके अनि आरीटारका प्रगतिशील कृषकहरूलगायत कृषि अनि बागवानी विभागका अधिकारी, एक नौकरी एक परिवारबाट कर्मचारीगण, कनसिड सेवा प्रदातालाई लिएर खाद्य सुरक्षा तथा कृषि विकास विभाग सिक्किम सरकारको समन्वयमा कृषक उत्पादक सहकारी समिति (एफपीसीएस) रंगेली महकुमाद्वारा राखिएको थियो। रिनाक अप्पर खाम्दोङका एक वरिष्ठ नागरिक एवं पूर्व प्रधान अध्यापक बीएन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिनाक ग्राम पञ्चायत सभापति भुषण अधिकारी, सुदुङलाखा ग्राम पञ्चायत सभापति तिलारुपा पौड्याल र सदस्य शोभा छेत्री, आरीटार ग्राम पञ्चायतका सदस्य नवीन छेत्री र एलपी न्यौपाने, कृषि विभाग रंगेलीका उपनिर्देशक आइएस छेत्री, बागवानी विभागका उपनिर्देशक टी छोपेल भोटिया, रिनाक बागवानी निरीक्षक केशरी शर्मा, कृषि निरीक्षक ललित कोइरालासहित एफपीसीएसका सीइओ सृजना तामाङ, बोर्डका सन्तोष छेत्री, मेनुका छेत्री, रविन प्रधान, मनोज शर्मासहित अन्य 11 सदस्यलगायत विभिन्न स्थानका प्रगतिशील कृषकहरूलगायत कृषि र बागवानी विभागमा एक नोकरी एक परिवारबाट नियुक्ति पाएका कर्मचारीगणको उपस्थिति रहेको थियो। एफपीसीएसका बोर्ड सदस्य मनोज शर्माद्वारा उद्घोषित कार्यक्रममा जैविक संस्थाका रुबेन तामाङले विशेष जैविक खेतीका अन्नबालीमा प्रयोग हुने कीटनाशक औषधीमाथि बताउँदै सिक्किममा सरकारले जैविक खेतीमाथि पूर्ण सहयोग दिएको छ र… Read More

सिबगेरमा प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम

सिबगेरमा प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम

मगन, 14 जून। प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम अन्तर्गत आज उत्तर जिल्लाका जिल्ला प्रशासनको टोलीले चुङथाङस्थित सिबगेर ग्राम पञ्चायत एकाईको भ्रमण गर्यो। यस टोलीमा उत्तर जिल्लाका जिल्लापाल राज यादव, चुङथाङका अतिरिक्त जिल्लापाल (विकास), चुङथाङ महकुमा अधिकारी, चुङथाङ खण्ड विकास अधिकारी, राजस्व निरीक्षक, सहायक अभियन्ता लगायत अन्य अधिकारीहरूको उपस्थिति थियो। यस भ्रमणको अवसरमा रेछु खोलामा ग्रेफद्वारा बाँध बाँध्ने काम भइरहेको विषयमा जानकारी ग्रहण गरियो भने आगामी दुई तीन महिनाभित्रमा यो कार्य पूरा हुने ग्रेफले जानकारी दिएको छ। स्थलगत अनुमोदन गर्दै रेछुको माथिल्लो भागमा पैह्रो प्रभावित क्षेत्रहरूमा वर्षायाम भन्दा अघि नै बाटोहरू बनाउने काम गर्ने आदेश दिइयो भने वाङ खोलाको डाइभरजन क्यानल पैह्रोको कारण प्रभावित भएकोले भू-राजस्व एवं प्रबन्धन विकास विभागले कडा निगरानी राखेर काम गर्ने अवगत गराइयो। भ्रमणावधिमा चुङथाङका अतिरिक्त जिल्लापाल विकासले टुङ चेक पोस्टमा शौचालयको आवश्यक रहेको हुनाले एमजी नरेगासित अभिसरन गरेर काम गर्ने अवगत गराए। पैह्रोको कारण सोफोमा बाधित सडक मार्गलाई सुचारू गर्न ग्रेफ, स्थानीय पञ्चायत अनि जिल्ला प्रशासनले तत्परताका साथ काम गर्ने निर्देश दिएका छन्। यसरी नै भ्रमण टोलीले सिबगेर क्षेत्रका विभिन्न विकाशीय कार्य साथै स्थानीय नागरिकहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको थियो।

बाल श्रममाथि एक सर्वेक्षण

बाल श्रममाथि एक सर्वेक्षण

रिनाक, 14 जून। महकुमा अधिकारी रम्फू खण्ड, नगर पञ्चायत सिङ्ताम, श्रम विभाग अनि सिङ्ताम पुलिस विभागको साथ अनि सहयोगमा चाइल्डलाइन उपकेन्द्र रम्फूद्वारा बाल श्रम विरोध विश्‍व दिवस पालन गरिएको चाइल्डलाइनका समन्वयकले बताएका छन्। यस अवसरमा बाल मजदुर अनि बाल अधिकारमाथि सिङ्ताम बजारका नागरिकहरूलाई जागरूक गराइँदै चाइल्डलाइनको टोलीद्वारा बाल शोषण, बाल श्रम, बाल शिक्षामाथिको महत्वमाथि बताइयो। सिङ्ताम बजारमा रहेका विभिन्न होटल, रेष्टुरेन्ट, राशन दोकान, फाष्ट फुडमा बाल श्रममाथि एक सर्वेक्षण गरियो। यस सर्वेक्षणमा चाइल्डलाइन 1098 को बारेमा होटल तथा दोकान मालिक अनि कामदारहरूलाई परामर्श पनि दिइएको थियो। यस अवसरमा सिङ्ताम पुलिस, नगर पञ्चायत, श्रम विभागका अधिकारीलगायत चाइल्डलाइन कर्मीहरुको विशेष रुपले उपस्थिति रहेको जानकारी रहेको छ।

साहित्य मञ्चको 44औं प्रकरण

साहित्य मञ्चको 44औं प्रकरण

गान्तोक, 14 जून। अभियान साहित्य समिति राङ्काले आफ्नो मासिक कार्यक्रम साहित्य मञ्चको 44औं प्रकरण पूरा गरेको छ। समितिकै सम्मेलन कक्षमा आयोजित यस कार्यक्रममा मोहन दुङमाली, मोहन ढकाल, मोहन गौतम, विशाल बागदास, कुबेर भट्टराई, इमान्यूएल गिफ्ट, रञ्जन ढकाल, विष्णु छेत्री आदिको उपस्थिति रहेको थियो। अभियान साहित्य समितिका अध्यक्ष अर्जुन यावाको विशेष उपस्थितिमा आयोजित साहित्य मञ्चमा कविता एवं गजलहरू वाचन भएका थिए। यसै अवसरमा समितिका सदस्यहरूले विशेष चर्चा गरेर राङ्कामा 13 जुलाईका दिन भानु जयन्ती पालन गर्ने निर्णय पनि लिएको छ।

विद्यार्थीहरूका लागि 80 प्रतिशत आरक्षणको माग

विद्यार्थीहरूका लागि 80 प्रतिशत आरक्षणको माग

समय संवाददाता दार्जीलिङ, 14 जून। दार्जीलिङ सरकारी महाविद्यालयमा अनलाइन भर्नाको प्रथम लिस्ट निस्किएपछि छात्र संसदका सदस्यहरूले यस महाविद्यालयमा पहाडका विद्यार्थीहरूका लागि 80 प्रतिशत आरक्षण हुनै पर्ने माग उठाउन शुरू गरेका छन्। छात्र संसदका सदस्यहरूले बताएअनुसार, महाविद्यालयले आज भूगोलको लागि आवेदन गर्ने विद्यार्थीहरूको प्रथम लिस्ट जारी गर्यो, तर यसमा उल्लेखित 16 जना विद्यार्थीमा पहाडका 3 जना विद्यार्थीको मात्रै नाम आएको छ। यसैले दोस्रो लिस्टमा पनि पहाडका विद्यार्थीहरूमध्ये धेरैको नाम आउन नसक्ने सम्भावना देखेपछि छात्र संसदले यस्तो माग गरेको हो। यसै विषय लिएर आज दार्जीलिङ सरकारी महाविद्यालयको छात्र संसदकी महासचिव दिपीका मुखियाले भनिन्स, दार्जीलिङ सरकारी महाविद्यालय दार्जीलिङ पहाडका विद्यार्थीका लागि निर्माण गरिएको हो। यसैले यस महाविद्यालयमा 80 प्रतिशत आसन स्थानीय विद्यार्थीको लागि आरक्षित गर्नपर्छ। यस विषय लिएर छात्र संसदले राज्यका उच्च शिक्षामन्त्री पार्थ च्याटर्जीसित पनि भेट गर्ने योजना बनाएको उनले बताइन्। उनले अनलाइन भर्ना प्रणालीको विरोध नगरिएको बताउँदै जसरी उत्तर बंगाल विश्‍वविद्यालयमा आफूसित सम्बन्धित महाविद्यालयका विद्यार्थीहरूका लागि 60 प्रतिशत आसन आरक्षणको व्यवस्था गरिएको छ। त्यसरी नै दार्जीलिङ पहाडका विद्यार्थीहरूका लागि दार्जीलिङ महाविद्यालयमा 80 प्रतिशत आसन आरक्षण गर्नुपर्छ। दार्जीलिङ सरकारी महाविद्यालयमा यहाँका गरीब परिवारका विद्यार्थीहरूले पढ्न पाउनुपर्छ भन्ने छात्र संसदको माग हो। उनले अझ भनिन्, दार्जीलिङ पहाडका आर्थिकरूपले पीडित विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा पनि पीडित बनाउनु उचित होइन। यसैले यस विषयमा राज्यको शिक्षा विभागले… Read More