चारवटा मुख्य मुद्दालाई लिएर एसडीएफले शुरु गर्यो धरना प्रदर्शन

चारवटा मुख्य मुद्दालाई लिएर एसडीएफले शुरु गर्यो धरना प्रदर्शन

गान्तोक, 10 जून। एसकेएम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) सिक्किमको निम्ति मात्र नभएर देश कै निम्ति खतरा सावित हुनसक्ने आधार देखाउँदै राज्यको विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले आजदेखि धरना प्रदर्शन शुरु गरेको छ। एसडीएफले सिक्किम सरकारलाई चारवटा विषयमा घेराबन्दी गर्दै आन्दोलन शुरु गरेको छ। एसडीएफको केन्द्रिय प्रवक्ताहरूको उपस्थितमा युवा तथा चेली मोर्चाका सदस्यहरूले पूर्व जिल्लाको प्रशासनिक केन्द्र परिसरमा आजदेखि चारवटा माग लिएर घरना गर्दै आन्दोलन शुरु गरेका हुन्। एसडीएफले भारतको संविधान र सुप्रिम कोर्टको आदेशको उल्लङ्घन गरी भ्रष्टाचारका दोषीलाई मुख्यमन्त्री नियुक्त गरेकोमा प्रतिवाद, देशका वरिष्ठ नेता एवं विपक्षीका नेता पवन चामलिङविरुद्ध विधानसभामा अपमानजनक व्यवहार गरेर सदनको गरिमालाई खण्डित गरेको प्रतिवादमा, एक परिवार एक नोकरीका 10 हजार युवाहरूको भविष्यसित खेलवाड गर्ने वर्तमान सरकारको निर्णयको प्रतिवादमा अनि सत्तारूढ एसकेएम पार्टीको राज्यव्यापी हिंसा, आगजनी र तोडफोडको प्रतिवादमा धरना राखिएको एसडीएफको भनाइ छ। धरनामा उपस्थित एसडीएफका प्रवक्ता जेबी दर्नालले विधानसभाको घटना देश कै प्रजातन्त्रको निम्ति कालो दिन रहेको बताउँदै सिक्किमलाई सत्तारूढ एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेले बद्नाम गराएको आरोप लगाए। उनले सदनमा एसडीएफका नेता पवन चामलिङविरुद्ध नारावाजी हुँदा त्यसको प्रतिवाद र खण्डन गर्नका साटो आफूलाई केही थाहा नभएको मीडियामा बयान दिएर उक्त घटना मुख्यमन्त्री पीएस गोलेद्वारा नै सुनियोजित रहेको र भाडाका मान्छेहरू ल्याएर राज्यको प्रजातन्त्रलाई विश्‍वस्तरमा बद्नाम गरेको आरोप लगाए। यस… Read More

एक परिवार एक नोकरीका कर्मचारीहरू अधिकार खोज्दै पुगे डीओपी

एक परिवार एक नोकरीका कर्मचारीहरू अधिकार खोज्दै पुगे डीओपी

गान्तोक, 10 जून। एसडीएफ सरकारको महत्त्वपूर्ण कार्यक्रमको रूपमा चर्चामा आएको एक परिवार एक नोकरी नयाँ एसकेएम सरकार गठन पछि विवादित बनेको छ। दुई चरणमा नियुक्त दिएको 21 हजार 7 सय कर्मचारीहरू अहिले आन्दोलनमा उत्रन पर्ने अवस्थामा पुगेका छन्। यसै क्रममा आज सोमबार राज्यका चारै जिल्लाबाट भेला भएका पीडित कर्मचारीहरूले टाशीलिङ सचिवालयमा भेला भएर कार्मिक मामिला विभागका सचिवलाई एउटा ज्ञापन पत्र चढाउँदै पहिलो चरणमा नियुक्ति दिएकाहरूलाई यथाशीघ्र वेतन भुक्तान गर्नुपर्ने अनि दोस्रो चरणमा जारी गरिएको नियुक्ति पत्रलाई वैध हुँदाहुँदै पनि नियुक्ति लिन नदिने आदेशपत्र तुरन्तै फिर्ता लिएर नियुक्त गरिनुपर्ने माग राखेका छन्। पीडित कर्मचारीहरूले दिनभरी सचिवालय अघिल्तिर बसेर आफ्नो माग दोहोर्याइरहे। उनीहरूले सरकारले जारी गरेको सर्कुलरमा दस हजार जति कर्मचारीहरूको नयाँ नियुक्ति पत्रहरू रद्द हुनपुगेको अनि उक्त नियुक्तिपत्र चुनाउको आचार संहितासित कुनै सम्बन्धिन नरहेको बताउँदै यसलाई कार्मिक मामिला विभागले तुरन्तै फिर्ता लिनुपर्ने माग गरेका छन्। अर्कोतिर, विभागले पनि उक्त सर्कुलरमा भूल रहेको मौखिक रुपमा स्वीकार गरिसकेको तर त्यसलाई व्यवहारमा उतार्दै सर्कुलर फिर्ता नलिएसम्म आन्दोलन र माग जारी राख्ने कर्मचारीहरूको भनाइ छ। गाउँ गाउँबाट आफ्नो सरकारी नोकरी दाउमा परेपछि कार्मिक मामिला विभागको सर्कुलरले नियुक्ति पाइसकेको र नियुक्ति रोकिएका दुवै खेमा अहिले विलखबन्दमा परेको अनि वर्तमान सरकारले बेरोजगारहरूले पाएको रोजगारलाई यथाशीघ्र सुनिश्‍चित गरिदिनुपर्ने माग राखेका छन्। कर्मचारीहरूले आफ्नो दुई सूत्रीय माग नियुक्ति पाएकाले… Read More

विधायक कर्म सोनाम लेप्चालाई भव्य स्वागत

विधायक कर्म सोनाम लेप्चालाई भव्य स्वागत

गेजिङ, 10 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट, रिञ्चेबुङ समष्टिका जनताले आज क्षेत्र विधायक कर्म सोनाम लेप्चालाई भव्य स्वागत गरेका छन्। विधायक लेप्चालाई स्वागत गर्न क्षेत्रका पञ्चायत, जिल्ला पञ्चायत, पार्टीका उच्चस्तरीय कार्यकर्ता, युवाचेली साथै जिल्ला पञ्चायत उपाध्यक्ष अशोक गुरुङ, पेमा किन्जाङ भोटिया, साथै अन्यको उपस्थित रहेको थियोे। क्षेत्रको सिमाना घुमाउने जोरथाङ रोडमा सबैले उत्साहजनक स्वागत गरेपछि मगलबारे, देथाङ, श्रीबदाम, कलुक रिञ्चेनपोङ हुदै साङगादोर्जीको सामुदायिक भवनमा एक महत्त्वपूर्ण बधाई कार्यक्रम सम्पन्न भएको थियोे। बधाई कार्यक्रममा एसडीएफ पाटीका विभिन्न कार्यकर्ता नेता आदिको सहभागी रहेको थियो। बधाई समारोहलाई सम्बोधन गर्दै विधायक कर्म सोनाम लेप्चाले आफू एसडीएफ पार्टीबाट चुनाउ लडेर यो समष्टिबाट विजयी बनेको छु भन्दै एसडीएफ पाटीलाई कहिले धोका नदिने बताए। आफ्नो जीतका लागि उनले क्षेत्रका सम्पूर्ण जनतालाई अभार व्यक्त गरेका छन्। उनले जनतालाई कसैले पनि पाटीको झण्डा ननिकाल्ने, हतास नहुने, निर्धक्क बस्ने अपील गरेका छन्। उनले भने, वर्तमान सरकारले जति घोषणा गरेको छ, यसमा एसडीएफ पाटीले त्यतिकै जान दिने छैन। हामी विपक्षीमा रहेपछि आफ्नो भूमिका निर्वाह गरेर देखाउँछौं, उनले भने। उनले समष्टिमा सबै कार्यकर्ता, युवाचेलीप्रति अभार व्यक्त गर्दै यो कार्यक्रमको निम्ति पनि कृतज्ञ प्रकट गरेका छन्। कार्यक्रमलाई पूर्व मन्त्री दाउछो लेप्चाले पनि सम्बोधन गरेका थिए।

केन्द्रलाई चाप दिने गोजमुमो र गोरामुमोको पहल

केन्द्रलाई चाप दिने गोजमुमो र गोरामुमोको पहल

समय संवाददाता दार्जीलिङ, 10 जून। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ पहाडको स्थायी राजनैतिक समाधानको लागि दिल्लीमुखी कार्यक्रम गर्ने निर्णय लिएको छ। यसैको लागि पार्टी अध्यक्ष मन घिसिङको निर्देश वा परामर्शअनुसार, पार्टीको दिल्ली शाखालाई सक्रिय बनाइएको पार्टीको मीडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी गराएका छन्। यसै विषय लिएर आज गोरामुमो दिल्ली शाखा कोर कमिटीको एक सभा दिल्ली मुनिरकामा भएको थियो। जसमा अब गोरामुमो दिल्ली शाखाले निर्वाह गर्नु पर्ने भूमिका के-कस्तो हुन्छ भन्नेबारे पनि चर्चा-परिचर्चा भएको साम्पाङले जानकारी गराए। जबसम्म गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधान हुँदैन। तबसम्म गोरामुमो दिल्ली शाखा यसको लागि सक्रिय बनेर अघि बढ्ने भएको छ भन्दै उनले अब पार्टीका सबै कार्यक्रम दिल्लीमुखी हुने भएको पनि जनाए। स्मरण गराइन्छ, 17औं लोकसभा चुनाउमा भारतीय जनता पार्टीले जारी गरेको चुनावी घोषणा पत्रमा गोर्खा जातिको स्थायी राजनैतिक समाधान गर्ने वचन दिइएको थियो। गोर्खा जातिको स्थायी राजनैतिक समाधान नै अलग राज्य हो भन्ने सबैको ठहर छ। यद्यपि, गोरामुमोले स्थायी राजनैतिक समाधान छैटौं अनुसूचीभन्दा सानो भए अस्वीकार गर्ने पनि अघिबाटै स्पष्ट गरिसकेको छ। यसका साथै अलग राज्यको साटो युनियन टेरिटोरी भए, त्यसलाई पार्टीले सहर्ष स्वीकार गर्ने पनि अघिबाटै घोषणा गरिसकेको छ। यसैले गोरामुमोले स्थायी राजनैतिक समाधानको रूपमा युनियन टेरिटोरीलाई नै मान्ने पनि धेरैको अनुमान छ। किनभने, हाल विमल गुरुङपन्थी गोजमुमो, गोरामुमो आदि पार्टीहरू एक… Read More

धावक सुब्बा मुम्बई म्याराथनमा भाग लिन प्रस्थान

धावक सुब्बा मुम्बई म्याराथनमा भाग लिन प्रस्थान

गान्तोक, 10 जून। सिक्किमका युवा धावक शिवहाङ सुब्बा 12 घण्टे मुम्बई म्याराथनको लागि प्रस्थान भएका छन्। धावक सुब्बाले यसभन्दा अघि देशका विभिन्न महानगरमा आयोजित म्याराथनमा राम्रो प्रदर्शन गरिसकेका छन्। गत वर्ष दिल्लीमा आयोजित 12 घण्टे म्याराथनमा उनले दोस्रो स्थान हासिल गरेका थिए। उनले 12 घण्टामा 118 किलोमिटरको दुरी पूरा गरेका थिए। त्यसरी नै बङ्लोरमा आयोजित यस्तै प्रतियोगितामा 107 किलोमिटर कुदेका थिए। आगामी 15 जूनको दिन मुम्बईमा हुने उक्त प्रतियोगिता पूराना दुवै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाउने दाबी उनले गरे। पश्चिम सिक्किमका बासिन्दा धावक सुब्बाले सिक्किम र दार्जीलिङमा आयोजित म्याराथनमा निकै राम्रो प्रदर्शनी गरेका थिए। म्याराथनम्यान अमर सुब्बाको प्रशिक्षणमा उनले क्षेत्रीय र राष्ट्रियस्तरको प्रतियोगितामा पदक हासिल गरिसकेको छ्। मुम्बई प्रस्थान हुनअघि उनले यसपालिको प्रतियोगिता निकै चुनौतिपूर्ण रहने र त्यसको लागि निकै तयारी गरेको बताए। एनएबी स्पोर्ट्सले आयोजन गरेको उक्त म्याराथन प्रतियोगितामा देशका विभिन्न प्रान्तका धावकहरूले भाग लिनेछन्।-हिस/विशाल

राज्यपालद्वारा तीन संस्थालाई वित्तीय सहायता प्रदान गरियो

राज्यपालद्वारा तीन संस्थालाई वित्तीय सहायता प्रदान गरियो

गान्तोक, 10 जून। सिक्किमका राज्यपाल गंगा प्रसादले आज राजभवनमा एक विद्यालयलगायत तीन संस्थालाई वित्तीय अनुदान प्रदान गरेका छन्। राज्यपालले यी संस्थाहरूको भ्रमण अवधि उक्त वित्तीय सहायता अनुमोदन गरेको जानकारी राजभवनले दिएको छ। वित्तीय सहायता स्वरूप राज्यपालको बाहुलीद्वारा सिक्किम सिस्टर्स एनजीओद्वारा उत्तरेमा सञ्चालित पवन दृष्टि गर्ल्स सेल्टर होमलाई पचास हजार रूपियाँ प्रदान गरियो। यसैगरि, सिङतामस्थित बिहारी भवनमा पुस्तकालय स्थापना गर्न सिक्किम बिहारी जागरण मञ्चलाई पच्चीस हजार रूपियाँ, देन्ताम उच्चतर माध्यमिक स्कूलमा पुस्तकालय सुविधा बढाउन पच्चीस हजार रूपियाँ प्रदान गरियो। यस अतिरिक्त राज्यपालले व्यक्तिगत रूपमा पुस्तकालय स्थापना अनि सुविधा बढ़ाउन सिक्किम बिहारी जागरण मञ्च र देन्ताम उच्चतर माध्यमिक स्कूललाई पच्चीस-पच्चीस हजार रूपियाँ थप प्रदान गरेका छन्। राज्यपालले उक्त संस्थाहरूलाई सामाजिक कार्यहरूको निम्ति शुभकामना व्यक्त गरे।-हिस/बिशाल

उच्च अधिकारीलाई लिएर समन्वय सभा सम्पन्न

उच्च अधिकारीलाई लिएर समन्वय सभा सम्पन्न

गान्तोक, 10 जून। पशुपालन विभागका मन्त्री लोकनाथ शर्माको अध्यक्षतमा आज विभागीय अधिकारीहरूलाई लिएर समन्वय सभा सम्पन्न भयो। मन्त्री लोकनाथ शर्माले यो विभागको दायित्व सम्हालेपछिको यो पहिलो सभा हो। समन्वय सभालाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले ग्रामीण स्तरमा कृषकहरूको आर्थिक उत्थानलाई सुनिश्‍चित गर्न दृढ सङ्कल्पसहित विभागका अधिकारी-कर्मचारीहरूले काम गर्नुपर्ने कुरामा जोर दिएका छन्। यस अवसरमा उनले विभागीय अधिकारीहरूलाई पञ्चवर्षीय योजना तयार गर्नका लागि सकारात्मक, सिर्जनशील र नवान्वेषी विचार- सुझाउ दिने सल्लाह पनि दिएका छन्। उनले प्रत्येक जिल्लाबाट कम्तिमा पनि दुईवटा जीपीयूलाई चयन गर्ने र परिणाममुखी गतिविधिहरू सञ्चालन गरेर त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुपर्ने कुरामा पनि जोर दिएका छन्। यसरी नै उनले विभागका सचिवलाई जिल्लाका विभाग कार्यालयमा आवश्यक मानव संसाधनलाई सुनिश्‍चित गर्ने र सोही अनुरूप विभागको योजन र गतिविधिहरू कार्यान्वयन गरेर उत्पादन बढाउने र बजार व्यवस्थापनलाई सुनिश्‍चित गर्ने पनि सल्लाह दिएका छन्। यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सचिव कुमार भण्डारीले पशुपालन विभाग अन्तर्गतका विभिन्न विषयमा सुधार गर्न सक्ने कुराहरू राखेका थिए। कार्यक्रमलाई पशुपालन विभागका प्रधान निर्देशक, सिक्किम मिल्क युनियनका प्रबन्धन निर्देशक डा. एबी कार्कीले पनि सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा कृषकहरूबाट दुध बाहेक गोबर र गौउत पनि किन्ने सिक्किम मिल्क युनियनले योजना बनाइरहेको अवगत गराए। यसरी नै उनले आगामी दिनमा प्लास्टिकको प्रयोग नगरेर विभिन्न स्थानमा दुध वितरण केन्द्र स्थापना गरिने… Read More

मिजल्स-रूबेला टिकाकरण अभियान विषय समन्वय सभा

मिजल्स-रूबेला टिकाकरण अभियान विषय समन्वय सभा

गेजिङ, 10 जून। मिजल्स-रूबेला टिकाकरण अभियान 2019-का लागि जिल्ला कार्यबल पश्‍चिम जिल्लाको समन्वय सभा आज राब्देञ्चीस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मलेन कक्षमा सम्पन्न भयो। एडीसी पश्‍चिम जिल्ला कर्मा एल लेप्चाको अध्यक्षतामा सम्पन्न भएको यस सभामा सीएमओ डा. छितेन नामग्याल, डीआरसीएचओ, डा. अनुषा लामा, वरिष्ट कल्याण अधिकारी एसके आले, सीडीपीओ एचबी शंङ्खरलगायत सम्बन्धित विभागका अधिकारी-प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समन्वय सभामा टिकाकरण अभियानलाई कार्यान्वयन गर्ने विषयमाथि विस्तारमा चर्चा गरिएको छ। सभालाई सम्बोधन गर्दै एडीसी कर्मा एल लेप्चाले सम्बन्धित विभाग, शैक्षिक संस्थान र अन्य विभागहरूलाई आआफ्नो क्षेत्रमा अभियानलाई सफल बनाउन सहयोग गर्ने निर्देश दिएका छन्। यसरी नै उनले शिक्षा विभाग र आइसीडीएसलाई विद्यार्थी- नानीहरूको सूची अग्रीम रूपमा स्वास्थ्य विभागमा बुझाउने सल्लाह दिँदै कुनै पनि नानीहरू टिकाकरणबाट नछुटुन् भन्ने कुरालाई सुनिश्‍चित गर्ने निर्देश दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै डीआरसीएचओ अनुषा लामाले टिकाकरण अभियानलाई सफल बनाउन सम्बन्धित विभाग सबैको सक्रिय भूमिका र योगदान महत्त्वपूर्ण हुने बताइन्। उनले टिकाकरण विषय पहिला जनजागरण गराउनु पर्ने कुरामा पनि जोर दिएकी छिन्। यसका लागि आइपीआर विभागसहित आशा कार्यकर्ता र आँगनवाडी कार्यकर्ताहरूलाई अभियानमा जोड्न आवश्यक भएको बताइन्। यसरी नै अभियानलाई सुचारू रूपमा सञ्चालन गराएर सफल बनाउनका लागि टिकाकरणमा खट्ने कर्मचारीहरूलाई प्रशिक्षण दिने कुरामा उनले जोर दिइन्। यो टिकाकरण अभियान पश्‍चिम जिल्लामा बर्खायामको छुट्टीपछि शुरू गरिनेछ। स्कूल, सामुदायिक केन्द्र र स्वास्थ्य केन्द्रहरूमा… Read More

रिनाक बजारको सडकलाई कार्पेटिङको आवश्यक

रिनाक बजारको सडकलाई कार्पेटिङको आवश्यक

रिनाक, 10 जून। रिनाक चार फाटकदेखि रिनाक बजारसम्मको सडकको अवस्था दिन प्रति दिन जीर्ण बन्दै गइरहेको आम नागरिकहरूले गुनासो गरेका छन्। राज्य ब्याङ्क सिक्किम रिनाक शाखाको अघिल्तिर साथै बीएसी कार्यालय नजीगको सडक भेलले खोदल्दै लगेपछि हाल वाहनहरू गुड्नमा पूर्ण रूपले समस्या उत्पन्न हुन थालेको छ। यस विषयमा ग्रामीण प्रबन्धन विकास विभाग रङ्गेली महकुमाका सहायक अभियन्तासङ्ग सम्पर्क राख्दा राज्यमा चुनावअघिनै यस कार्यको निम्ति टेण्डर भइसकेको जानकारी गराएतापनि सडक मरम्मती कार्यमा कुनै पहल देखा परेको छैन। रिनाक बजारको सडक हालमा आएर वाहनहरूको एक व्यस्त सडक बनेको तथापि सडक मार्गपनि यतिनै सानो रहेको चालकहरू बताउँछन् भने गत वर्ष यस ठाउँमा वाहन दुर्घटना हुँदा एक स्कूलकी किशोरीले ज्यान गुमाउन परेको थियो। यसरी बेला बखत ट्याक्सी तथा निजि वाहन खाल्डा जोगाउने हुँदा नालीमा पसेको अनि एक-दुईवटा गाडी पनि दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताए। अर्कोतिर सडक नजीग रहेका घर मालिकहरूले सडक अवस्थाले कुनै वाहन दुर्घटना हुन सक्दैन भनेर नकार्न नसकिने बताउँदै रिनाक चार फाटकदेखि बजार गेटसम्मको लगभग आधा किलोमिटर दूरीको यो मार्गलाई यथाशीघ्र कार्पेटिङ गरिदिने विभागप्रति अनुरोध गरेका छन्।

सीता पञ्चवटी स्वास्थ्य सेवा केन्द्र’ को उद्घाटन

सीता पञ्चवटी स्वास्थ्य सेवा केन्द्र’ को उद्घाटन

गान्तोक, 10 जून। ‘स्वास्थ्य नै सर्वोच्च धन हो’ भन्ने तथ्यलाई आत्मसात गर्दै पूर्व सिक्किमको सामा लिङदुमस्थित सीता पञ्चवटी सेवा सङ्गठनद्वारा गत 9 जुन परमपूज्य गुरुदेव टुल्कु नीमा होल्स्यार रिम्पोछेको जन्मोत्सवको शुभ अवसरमा समाजसेवी पद्मश्री किपु छिरिङ लेप्चाको बाहुलीद्वारा ‘सीता पञ्चवटी स्वास्थ्य सेवा केन्द्र’-को उद्घाटन गरियो। यो स्वास्थ्य सेवा केन्द्र यस गाउँमा कुनै स्वास्थ्य केन्द्र नहुनु तथा स्वास्थ्य उपचारको निम्ति गाउँलेहरू तेह्र चौदह किलोमटर टाडो जानु पर्ने अवस्थालाई ध्यानमा राखेर स्थापना गरिएको जानकारी सीता पञ्चवटी सङ्गठनकी अध्यक्षा श्रीमती ठगुमाया बरदेवाले दिएकी छन्। यस स्वास्थ्य केन्द्रमा विशेष गरेर प्रेसर नाप्ने, मधुमेह जाँच गर्ने साथै प्राथिमक उपचार उपलब्ध गराएर मानिसहरूलाई सुविधा पुर्याउनेछ। यस कार्यको निम्ति गाउँमै रहेका नर्स, कम्पाउण्डरहरूले नि:शुल्क सेवा पुर्याउनेछन् भने महिनामा एक चोटी डाक्टर आएर सेवा दिने उनले बताइन्। यसै अवसरमा समाजसेवी तथा सिक्किम विकलाङ्ग सहायता समितिकी अध्यक्षा डा. सावित्री हमालको बाहुलीद्वारा सीता पञ्चवटी सेवा सङ्गठनको ‘मातृ सहयोग शाखा’-को पनि विधिवत उद्घाटन गरियो। यसैगरि, यस अवसरमा समाजसेवी पद्मश्री किपु छिरिङ लेप्चा, डा. सावित्री हमाल र समाजसेवी एसडी खाङसारपालाई उनीहरूद्वारा समाजमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन-पत्र प्रदान गरेर सम्मान जनाइयो। सीता पञ्चवटी सेवा सङ्गठनको सहायताद्वारा कक्षा एघाह्रमा अध्ययनरत खेमराज भट्टराईलाई पनि बधाई-पत्र दिएर सम्मान गरियो। उनको जन्मदेखि नै दुवै हात छैन भने उसले आफ्नो खुट्टाले लेखेर चित्रकलामा धेरै ख्यातीप्राप्त गरिसकेका छन्।… Read More