एसडीएफको पोकलोक-कामराङ समष्टिस्तरीय सभा सम्पन्न

एसडीएफको पोकलोक-कामराङ समष्टिस्तरीय सभा सम्पन्न

किशन छेत्री नाम्ची, 8 जून। नाम्ची बजारस्थित एसडीएफ पार्टीको पोकलोक-कामराङ समष्टिस्तरीय कार्यालयमा आज एसडीएफको समन्यवय सभा सम्पन्न भयो। चुनाउपछि यो समष्टिमा एसडीएफको पहिलो सभा हो। सभाको अध्यक्षता एसडीएफ पार्टीका वरिष्ठ कार्यकर्ता बीबी राणाले गरेका थिए। सभालाई सम्बोधन गर्दै वरिष्ठ पार्टी कार्यकर्ता बीबी राणाले एसडीएफ पार्टीको स्थापना कालको स्मरण गर्दै एसडीएफ पार्टीले सरकार गठन गर्न नसक्नुका विभिन्न कारणहरूमाथि प्रकाश पारे। एसडीएफ पार्टीका कार्यकर्ताहरूले फेरि एकता दर्शाउने समय आएको अवगत गराउँदै उनले एसडीएफ पार्टी सरकारमा आउन नसके पनि आफूलाई पार्टीको हारको अनुभव नभएको बताए। उपस्थित कार्यकर्ताहरूलाई विभिन्न सुझाउहरू दिँदै उनले एसकेएम सरकार लुते सरकार भएको कारण नडराइकन पार्टीका गतिविधिहरूलाई अघि बढाउनु पर्ने कुरामा जोर दिए। पार्टीलाई गुठबन्दीले कमजोर बनाउने हुँदा पार्टी कार्यकर्ताहरूलाई गुठबन्दीबाट टाडा रहनुपर्ने सुझाउ पनि राखे। सभामा पार्टीको युवा एवं खेलकुद प्रकोष्टका महासचिव अर्जुन राईले हिजका गल्तीहरूबाट सिकेर पार्टी कार्यकर्ताहरूले आगामी रणनीति तयार गर्नुपर्ने कुरामा जोर दिए। उनले पार्टी कार्यकर्ताहरूले आ-आफ्ना जिम्मावरीहरू पूरा गर्न लागिपर्नुपर्ने अवगत गराउँदै एसडीएफ पार्टीको राजनीति राम्रो भएको कारण अहिले पनि एसडीएफ पार्टी सिक्किमको लोकप्रिय पार्टी रहेको दावी गरे। एकसय दिनभित्र एसकेएम पार्टीले जनताका धेरै काम गर्ने वचन दिएको छ, त्यस समय अवधिभित्र उनीहरूले जनताको एउटै पनि काम गर्न नसक्ने ठोकूवा गर्दै उनले एकसय दिनपछि एसकेएमको अवस्था नकारात्मक हुँदै जाने दावी गरे। एसडीएफ पार्टीको एकतालाई यथावत… Read More

दार्जीलिङका 17 नगरपार्षद भाजपामा सामेल

दार्जीलिङका 17 नगरपार्षद भाजपामा सामेल

समय संवाददाता दार्जीलिङ, 8 जून। दार्जीलिङ नगरपालिकाका 17 जना विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थित नगरपार्षदहरू आज भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज उनीहरूलाई दिल्लीमै दार्जीलिङका सांसद राजु विष्ट, भाजपा नेता मुकुल राय आदिले भाजपामा सामेल गराए। यसका साथै उनीहरूले दार्जीलिङ नगरपालिका पनि भाजपाको अधीनमा आएको घोषणा गरे। गत 29 मईको दिन विमल गुरुङपन्थी गोजमुमो समर्थित 17 जना नगरपार्षदहरूले दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा तामाङलाई अविश्‍वास प्रस्ताव ल्याउने माग गर्दै एक पत्र दिएका थिए। यसपछि यी 17 जनै नगरपार्षदहरू दार्जीलिङबाट बेपत्ता बनेका थिए। जो दिल्ली पुगेको र भाजपामा सामेल हुने हल्ला गत केही दिनदेखि चलिरहेको भए पनि हालसम्म यसमाथि कसैले पुष्टि गरेको थिएन। तर आज यी 17 जना नगरपार्षदहरू भाजपामा सामेल भएको भाजपा नेता मुकुल रायले दिल्लीबाट सार्वजनिक गरे। यसका साथै उनले दार्जीलिङ नगरपालिकामा भाजपा समर्थित नगरपार्षदहरूको संख्या अधिक भएको कारण यो नगरपालिका भाजपाको हातमा आएको र यसमा नयाँ नगर अध्यक्षको चयन गरिने पनि घोषणा गरे। आज विमल गुरुङपन्थी गोजमुमोबाट भाजपामा सामेल हुने 17 जना नगरपार्षदहरूमा क्रमैले वार्ड नम्बर 1-की नगरपार्षद नीरा शर्मा, 2-की उषा विश्‍वकर्म, 4-का मिङ्गुर योल्मो, 6-का नोमन राई, 9-का अनुपहाङ सुब्बा, 11-का तर्पण रूम्बा, 13-की निलम योल्मो, 14-की महिमा राणा गुरुङ, 16-की रेणु गुरुङ, 18-का गणेश सार्की, 21-की विनीता तामाङ, 22-की सुमति शेर्पा, 26-की राधा नेउपाने,… Read More

'एक परिवार एक नोकरी’

'एक परिवार एक नोकरी’

अफवाहमा विश्वास नगर्ने राज्य सरकारको आह्वान गान्तोक, 08 जून। ‘एक परिवार एक नोकरी’ योजना सम्बन्धी सिक्किम सरकारको कार्मिक विभागले गत 31 मईको दिन जारी गरेको अधिसूचनालाई लिएर स्पष्टीकरण दिएको छ। आइपीआर विभागमार्फत शनिबार जारी गरिएको स्पष्टिकरणअनुसार उक्त अधिसूचनामा धेरै विभागहरूले चुनाउ आचार संहिता लागू भइसकेपछि पनि एक परिवार एक नोकरी योजना अन्तर्गत उम्मेदवारहरू नियुक्त गरेको छ। चुनाउ आचार संहिता लागू भएको समय उम्मेदवारहरूलाई ड्यूटीमा आउन लगाउनु चुनाउ आयोगको मानदण्डको उल्लङ्घन हो। यसको निम्ति सम्बन्धित विभाग अथवा अधिकारी भारतको चुनाउ आयोगको स्थापित मानदण्ड अन्तर्गत दण्डित बन्न सक्छन्। राज्य सरकारको उद्देश्य ‘एक परिवार एक नोकरी’-को अर्डर रद्द गर्नु होइन, तर सही लाभार्थीहरूलाई न्याय दिनु रहेको बताइएको छ। चुनाउ आचार संहिता लागू भइसकेपछि कुनै नियुक्ति अथवा जोइनिङ हुनु हुँदैन। तर यस अवधि धेरै अर्डर जारी गरिएको कुरा जानकारीमा आएको उल्लेख गरिएको छ। राज्य सरकारले भारतको चुनाउ आयोगको पवित्रतालाई बचाएर राख्ने तथा चुनाउ आचार संहिता उल्लङ्घन हुनु नदिने प्रतिबद्धता प्रकट गरेको छ। यसैगरि, एउटै परिवारमा एकभन्दा धेरै लाभार्थी नियुक्त गरिएको जानकारी पनि सरकारकहाँ आएको बताउँदै यसले उक्त योजनाको उद्देश्य नै हराउन पुगेको बताएको छ। उक्त योजनाको उद्देश्य सरकारी नोकरी नभएका परिवारका सदस्यलाई नोकरी उपलब्ध गराउनु रहेको स्पष्ट गरिएको छ। नियुक्ति प्रक्रियामा सही लाभार्थीहरू छुटिएकाले समीक्षा अनि जाँच गरेर गरीब परिवारलाई यो योजनाबाट वञ्चित हुनुबाट… Read More

17 हजार 8 सय फिटमाथि ऐतिहासिक गुरुदोङ्मार म्याराथन

17 हजार 8 सय फिटमाथि ऐतिहासिक गुरुदोङ्मार म्याराथन

गङ्गाहाङ सुब्बा बने प्रथम च्याम्पियन गान्तोक, 8 जून। सिक्किम माउण्टनेरिङ एसोसिएसन (एसएएमए)-ले साहसिक खेल साथै साहसिक पर्यटनलाई बडावा दिँदै 17 हजार 8 सय फीटको उचाईमा उत्तर सिक्किमको गुरुदोङ्मार झील परिसरबाट 42.1 किलोमिटरसम्म म्याराथनको आयोजन गरी साहसिक खेलको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। विश्‍वकै सर्वोच्च ठाउँमा हुने म्याराथनमा आफ्नो राज्यको नाम अङ्कित गर्न एसएएमए-ले यो म्याराथनलाई पूरा गर्न सफल बनेको छ। जहाँको हवामा मानिसहरू लामो समयसम्म हिँडडुल गर्न अनि सास फेर्न पनि आफूलाई गाह्रो भएको महसुस गर्छन् त्यस ठाउँबाट म्याराथन गर्नु कुनै मामुली कुरा होइन। स्थानीय युवाहरूलाई साहसिक खेलमा प्रोत्साहन दिन एसएएमए-ले आयोजन गरेको प्रथम गुरुदोङमार म्याराथनमा धेरै धावकहरूले उत्साह पूर्वक सहभागिता जनाएका थिए। प्रथम गुरुदोङ्मार म्याराथनमा पश्‍चिम सिक्किमका देन्ताम निवासी गङ्गाहाङ सुब्बाले 3 घण्ट 4 मिनटमा 42.1 किलोमिटरको दूरी पार गर्दै प्रथम बनेका छन्। उनले 17 हजार 8 सय फिटको उचाईबाट शुरू गरेको आफ्नो दौडलाई 12 हजार फीटको उचाईमा रहेको साम्दोङ गाउँमा समाप्त गरेका थिए जो धावकहरूका निम्ति अन्तिम पोइण्ट निर्धारित गरिएको थियो। प्रतियोगितामा दोस्रो अनि तेस्रो स्थानमा दार्जीलिङका दुई धावक आशिष सुब्बा र कर्मा छिरिङ भोटिया रहेका छन्। यसरी नै महिला धावकहरूमा दार्जीलिङकै छिरिङ ह्लामु भोटिया र प्रकृति प्रधान प्रथम र दोस्रो भएका छन्। जम्मा 36 जना धावकहरूले सहभागिता जनाएको प्रथम गुरुदोङ्मार म्याराथन विश्वभरि हुने ग्लोवल रनिङ डे… Read More

सी-डिभिजन एस लिग

सी-डिभिजन एस लिग

सिक्किम बोइज र सञ्जु एफए फाइनलमा गान्तोक, 08 जून। सिक्किम बोइज र सञ्जु एफए सोमबारिया ‘सी-डिभिजन एस-लिग 2019’-को फाइनलमा पुग्न सफल बनेको छ। ग्रुप ‘ए’ मा सञ्जु एफएले सर्वाधिक 13 अङ्क तथा ग्रुप ‘बी’ मा सिक्किम बोइजले पनि 13 अङ्क हासिल गरेर फाइनल प्रवेश गरेको हो। दुवै फूटबल दलले 5-5 खेलमा 4-4 जीत र 1-1 ड्र खेलेर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। आगामी 11 जून दिउँसो 1:30 बजी पाल्जोर स्टेडियममा सिक्किम बोइज र सञ्जु एफएबीच उपाधीको निम्ति भिडन्त हुनेछ। अर्कातिर, शनिबार लीग म्याच अन्तर्गत अन्तिम दुई खेल सम्पन्न भयो। आज खेलिएको प्रथम खेलमा एनडीएफए मगनले प्रतिद्वन्दी दल जेभीसी सिङतामलाई 3-1 गोलले पराजित गर्यो। एनडीएफएको तर्फबाट साइमन छेत्री, जनेद आलम र रायेसले 1-1 गोल लगाए। जेभीसीको तर्फबाट एक मात्र गोल बिनोद तामाङले लगाए। यसरी नै दोस्रो खेलमा रेड पाण्डा एफसी, नाम्चीले सुमिन एफसीलाई 6-2 गोलले पराजित गर्यो। रेड पाण्डाको तर्फबाट अभिषक राई र याकुब विश्वले 2-2 तथा कुन्जमान थापा र निम छिरिङ भोटियाले 1-1 गोल लगाए। सुमिन एफसीको तर्फबाट गणेश छेत्रीले 2 गोल लगाएका थिए। फूटबल एसोसिएशन (एसएफए) द्वारा आयोजित उक्त फूटबल प्रतियोगितामा राज्यभरिबाट जम्मा 12 फुटबल दलले भाग लिएको थियो। उक्त प्रतियोगिता गत 20 मईदेखि शुरू भएको हो। अर्कातिर, एसएफएले सी-डिभिजन एस-लिगमा फूटबल दलहरूको प्रस्तुतिलाई ध्यानमा राखेर दुईको साटो… Read More

लेबोङदेखि जोरबङ्लोसम्म मिनी बस सेवा शुरू गर्ने माग

लेबोङदेखि जोरबङ्लोसम्म मिनी बस सेवा शुरू गर्ने माग

हतार हुँदा गाडीको साटो पैदल हिँड्न चाहन्छन् दार्जीलिङे समय संवाददाता दार्जीलिङ, 8 जून। हतार हुँदा गाडीको साटो पैदल हिँड्न चाहन्छन् दार्जीलिङका मानिसहरू। यसको एउटै कारण हो दार्जीलिङमा हुने दैनिक ट्राफिक जाम। यसै विषयलाई ध्यानमा राखेर जनआन्दोलन पार्टीले विशेष पर्यटन मौसमको समय लेबोङदेखि घूम-जोरबङ्लोसम्म मिनी बस सेवा शुरू गर्ने माग उठाएको छ। विशेष सिंहमारी र दार्जीलिङ बजार अनि घूम-जोरबङ्लो, डाली आदि स्थानबाट दार्जीलिङ बजारसम्म चल्ने लोकल गाडीहरूको अभावको कारण स्थानीय जनताले भोग्न परेका समस्यालाई ध्यानमा राखेर नै जनआन्दोलन पार्टीले यो माग उठाएको हो। यस विषय लिएर पार्टी नेतृत्वले शीघ्रै जिल्ला प्रशासन साथै सम्बन्धित निकायसित भेट गर्ने पनि योजना बनाएको पार्टीका ब्यूरो सदस्य अमर लामाले बताए। जीटीए अध्यक्ष अनित थापाले लामाको यस मागलाई स्वागत जनाउँदै यसमाथि शीघ्रै ठोस पहल गर्ने वचन दिएका छन्। यता यस ट्राफिक जामको कारण नै स्थानीय सिंहमारी, डाली, घूम-जोरबङ्लो आदि क्षेत्रका आम मानिसहरू गाडीमा चडेर बजार आउनको लागि निकै बेर सोंच्न बाध्य बनिरहेका छन्। यसैले दार्जीलिङका धेरै मानिसहरूले हतार छ, हिँड्दै गर्छु भन्ने गरेको सुनिएको छ। यसैबाट दार्जीलिङमा हाल कतिको ट्राफिक जामको समस्या छ, त्यसबारे अनुमान लगाउन सकिन्छ। दार्जीलिङमा जब पर्यटन मौसम शुरू हुन्छ, तब यहाँ ट्राफिक समस्या पनि बढ्न थाल्छ। जसको चपेटमा बेसी जस्तो स्थानीय जनता, रोगीहरूका गाडी, अत्यावश्यक काम लिएर कहीं जान लागेका मानिसहरू पर्ने गरेका… Read More

पार्षदहरू भाजपामा सामेल भएकोमा हामीलाई कुनै आपत्ति छैनः विनय तामाङ

पार्षदहरू भाजपामा सामेल भएकोमा हामीलाई कुनै आपत्ति छैनः विनय तामाङ

दार्जीलिङ, 8 जून। दार्जीलिङ नगरपालिकाका 17 जना पार्षदहरू भारतीय जनता पार्टीमा सामेल भएकोमा गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) को कुनै आपत्ति नरहेको गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छ। अध्यक्ष तामाङले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, आज दिल्लीमा दार्जीलिङ नगरपालिकाका 17 जना पार्षद-पार्षदिकाहरू भारतीय जनता पार्टीमा सामेल भएकोमा गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) को कुनै आपत्ति छैन। यसबाट दार्जीलिङ पहाडमा यसको कुनै असर पर्ने छैन। विज्ञप्तिमा भनिएको छ, आजको घटनाक्रमले आजपर्यन्त रहेको क्षेत्रीय दलहरूको वर्चस्वमा अपमान भएको छ। गोर्खाल्याण्डको आन्दोलनमा एक शब्द नबोल्ने र राजनैतिक दलहरूको एकजना नेतालाई गोर्खाल्याण्ड विषयमा नबोलाउने भाजपाले सत्ताको लागि नेपालको मार्ग भएर दिल्ली लानु भाजपा केवल सत्ताभोगी प्रतित भएको छ। यस घटनाक्रमले गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङपन्थी) लाई ठूलो असर पर्नेछ औं विमलपन्थी मोर्चाको अस्तित्व नै सङ्घारमा परेको छ। अब प्रत्यक्षरूपमा विमल गुरुङ र रोशन गिरी पनि भाजपामा सामेल हुने मन बनाएको प्रमाणित भएको छ। विज्ञप्तिमा अध्यक्ष तामाङले केही महिनाअघि मात्रै गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङपन्थी)-ले युवा मोर्चाका कार्यकारी अध्यक्षको पदमा मनोनित गराएका नमन राईले कार्यकारी अध्यक्ष पदबाट किन राजीनामा दिएको छैन भनी प्रश्‍न पनि गरेका छन्। विज्ञप्तिमा अझ भनिएको छ, ‘भारतीय जनता पार्टी र राजु विष्टले दार्जीलिङ पहाडको शान्ति शृङ्खला भंग गर्न प्रयास गरिरहेको छ। दार्जीलिङ पहाडमा अशान्ति भए यसको सम्पूर्ण जिम्मेवारी राजु विष्ट… Read More

तृणमूल नेत्री ममतासित राजेन मुखियाहरूको भेटवार्ता

तृणमूल नेत्री ममतासित राजेन मुखियाहरूको भेटवार्ता

जीटीएमा तृणमूल नेतृत्वलाई राख्नुपर्ने माग समय संवाददाता दार्जीलिङ, 8 जून। 17औं लोकसभा चुनाउ र दार्जीलिङ विधानसभाको उपचुनाउमा हारको दोष विनय तामाङपन्थी गोजमुमोमाथि दिएपछि फेरि तृणमूल कंग्रेस नेताले जीटीएमा तृणमूल कंग्रेसकै नेतृत्वलाई राख्नुपर्ने माग उठाएका छन्। हिजो राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित भेटघाट गरेको समय राजेन मुखिया अनि उनको टोलीले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-मा हिल तृणमूल कंग्रेसकै नेतृत्वलाई राख्नुपर्ने माग उठाएको मुखियाले जानकारी गराए। उनले भने, गत लोकसभा र दार्जीलिङ विधानसभाको उपचुनाउमा दार्जीलिङ हिल तृणमूल कंग्रेसका कार्यकर्ताहरूले धेरै संघर्ष गरे, तर चुनाउको परिणाम नकारात्मक रह्यो। यसैले मुख्यमन्त्री वा तृणमूल कंग्रेस नेत्री ममता ब्यानर्जीले हिल तृणमूल कंग्रेसका क्याडर अनि नेतृत्वहरूलाई अधिक महत्त्व दिनुपर्ने हिजोको भेटमा अपील गरेका छौं। ताकि भावी दिनमा दार्जीलिङ पहाडमा हुने कुनै पनि चुनाउमा असल परिणाम ल्याउन सकौं। उनले मुख्यमन्त्रीसित लगभग 15 मिनटसम्म भएको वार्तामा जीटीएमा हिल तृणमूल कंग्रेसका नेतृत्वहरूलाई राख्ने पनि कुरा गरिएको बताए। ताकि दार्जीलिङ पहाडमा तृणमूल कंग्रेसको संगठनलाई दह्रिलो बनाउन सकौं। कुनै पनि काम गर्नको लागि जीटीए सञ्चालन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाअघि हात फैलाउनु परिरहेको बताउँदै उनले यसलाई राम्रो नदेखिएको पनि बताए। जसमा यस समस्याको समाधान गर्ने जिम्मेवारी राज्यकी मुख्यमन्त्री ब्यानर्जीले तृणमूल कंग्रेसका दार्जीलिङ हिल प्रभारी अरूप विश्‍वासलाई दिने बताएको पनि मुखियाले जानकारी गराए। एक प्रश्‍नको उत्तरमा मुखियाहरूलाई मुख्यमन्त्रीले दार्जीलिङ पहाडलाई यति धेरै पैसा दिए पनि परिणाम… Read More

दार्जीलिङमा पुलिस राज चलिरहेको छः मुकुल रोय

दार्जीलिङमा पुलिस राज चलिरहेको छः मुकुल रोय

कालेबुङ, 8 जून। आज दार्जीलिङका 17 नगरपार्षदहरू भाजपामा सामेल भएलगत्तै दार्जीलिङ नगरपालिका अब भाजपाको कब्जामा रहेको मुकुल रोयले दावी गरेका छन्। रोयले दार्जीलिङ नगरपालिकामा भाजपा बहुसंख्यक बनेको बताउँदै ममता ब्यानर्जीले दार्जीलिङमा पुलिस राज चलाइरहेको बताए। ‘ममताको सरकारले पुलिस लगाएर दार्जीलिङमा आतङ्क मच्चाइरहेको छ। त्यहाँ पुलिस राज चलाइरहेको छ। केही दिनमा नै कैलास विजय वर्गीयको उपस्थितिमा भाजपाले दार्जीलिङमा विराट प्रदर्शनी गर्नेछ,’ रोयले भने, ‘विधानसभा चुनाउपछि बंगालमा ममता विपक्ष बन्नेछ।’ यता दार्जीलिङका सांसद राजु विष्टले आफ्नो क्षेत्रका अत्याचारहरू मीडियसित राखे। ‘मेनस्ट्रीमका मिडिया दार्जीलिङ जान अनिवार्य छ। त्यहाँ भएको अत्याचार भारतभरि उजागार गर्न अनिवार्य छ। दार्जीलिङमा पुलिसको आतङ्क जारी छ। हिजो पनि एक महिलालाई पक्राउ गरियो,’ उनले भने, ‘जुन कुरा दार्जीलिङमा राख्न सकिन्थ्यो, त्यो बताउन दार्जीलिङका 17 पार्षदलाई दिल्ली आउनु पर्यो। यसैबाट बुझ्नुहोस्, दार्जीलिङको अवस्था कस्तो होला।’ उनले दार्जीलिङले 20 हजार करोडभन्दा धेर राजस्व बंगाललाई दिने अनि बंगालकै कूल बजेट वार्षीक 85 हजार करोड रहेको जनाउँदै भने, ‘तरै पनि दार्जीलिङमा सबैभन्दा धेर अत्याचार छ। चुनाउको बेला म दार्जीलिङ गएको थियो। त्यस समय मैले जुन अत्याचार देखें, त्यो अझ त्यति कै छ।’ यसैबीच उनले मोर्चाका प्रवक्ता बीपी बजगाईंको पक्राउको सन्दर्भ पनि झिके। ‘29 मईको दिन हाम्रो गठबन्धन पार्टीका प्रवक्ता बीपी बजगाईंलाई पनि पक्रियो,’ उनले भने, ‘अचम्म त के छ भने उनलाई आर्म्स एक्ट, एटेम… Read More

सिङ्ताम जिल्ला अस्पताल छेउको हाइवे बन्यो सफा-सुन्दर

सिङ्ताम जिल्ला अस्पताल छेउको हाइवे बन्यो सफा-सुन्दर

नन्दु दूतराज सिङ्ताम, 8 जून। सिङ्ताम थानाका एसएचओ सञ्जय राई, सिङ्ताम ट्याक्सी चालक सङ्गठनका अध्यक्ष टिङ्कू अधिकारी अनि सिङ्ताम जिल्ला अस्पतालका स्टाफहरूको विशेष सक्रियतामा आज फेरि सिङ्ताम जिल्ला अस्पताल छेउको हाईवे सडकमा स्वच्छता भारत अभियानान्तर्गत व्यापक सर-सफाई अभियान चलाइयो। अस्पताल छेउको हाईवेमा केही दिनअघि ग्यारेजका प्रतिनिधिहरूसहित स्थानीयहरूको विशेष सहभागितामा पनि व्यापक सफाई अभियान चलाइएको थियो। सिङ्ताम पुलिस दल, ट्याक्सी चालकवर्ग अनि सिङ्ताम जिल्ला अस्पतालका स्टाफहरूको सहभागितामा चलाइएको आजको सफाई अभियानमा उक्त हाईवेका नाली अनि भित्ताहरूमा दीशाहीन जताभावी फैलिरहेको झोडी, झार-पातहरूलाई फाँडेर सफा गरियो भने नाली अनि भित्ताभरि थुप्रिएका फोहोर-मैलाहरूलाई उठाएर उक्त स्थानलाई अति नै सफा र सुन्दर बनाइएको छ।