चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन सहयोग पुर्याउने सबैप्रति एसडीएफ अध्यक्षद्वारा आभार व्यक्त

चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन सहयोग पुर्याउने सबैप्रति एसडीएफ अध्यक्षद्वारा आभार व्यक्त

एसडीएफ सरकारमा भएको ऐतिहासिक कार्यले सिक्किमलाई विश्‍वमा चिनाएको छः पवन चामलिङ गान्तोक, 4 जून। एसडीएफ सरकारको 25 वर्षको कार्याकालमा भएका ऐतिहासिक कार्यहरूले गर्दा सिक्किमलाई विश्‍वले चिन्ने अवस्थामा पुगेको एसडीएफ अध्यक्ष पवन चामलिङले बताएका छन्। एसडीएफ पार्टीका कार्यकर्ता अनि सिक्किमे जनताको अपार सहयोगका कारण 25 वर्षसम्म एसडीएफ सरकारले सिक्किमको सेवा गर्ने मौका पाउँदा सिक्किम आज उच्च अवस्थामा पुग्न सफल भएको बताएका छन्। यो अवधिमा सिक्किम विश्‍वमै द्रूत गतिमा गरीबी दर घटाउने पहिलो राज्य बनेको, विश्‍वमा पूर्णरूपले जैविक खेती गर्ने राज्यको रूपमा रूपान्तरण भएको, सिक्किमका प्रत्येक नागरिकहरूमा बुनियाँदी सुविधा पुगेको, राज्यमा विकास भएको र सुख शान्ति बढेकाले सिक्किमे जनताको हरदर आयु 11 वर्ष वृद्धि भएको, 1994-को तुलनामा सिक्किमको वन्य क्षेत्र चार प्रतिशत बढेको उल्लेख गर्दै उनले सिक्किमलाई यो अवस्थासम्म लान एसडीएफ सरकारलाई सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले आज सामाजिक सञ्जालमार्फत प्रचार गरिएको भीडियो सन्देशमा एसडीएफ सरकारका उपलब्धिहरूबारे बोल्दै सहयोगीहरूप्रति आभार व्यक्त गरेका हुन्। उनले एसडीएफ सरकारको 25 वर्षको अवधिमा सिक्किम शान्ति कायम गर्ने क्षेत्रमा पनि उत्कृष्ट बन्न सकेको दावी गरेका छन्। उनले भनेका छन्, एसडीएफ सरकारको शासन कालमा भारतका पूर्वोत्तर राज्यहरूमा हुने गरेको आतङ्कवाद, नेपालमा माओवादी कालको आन्दोलन, छिमेकी राज्य पश्‍चिम बङ्गालको दार्जीलिङ जिल्लामा भएको अलग राज्यको आन्दोलनका कारण बढेको अशान्तिको समयमा पनि सिक्किममा शान्ति… Read More

चुनाउ परिणामपछि एसकेएमद्वारा धेरैवटा हिंसात्मक गतिविधि

चुनाउ परिणामपछि एसकेएमद्वारा धेरैवटा हिंसात्मक गतिविधि

राज्यपालले हस्तक्षेप गर्नुपर्ने एसडीएफको अनुरोध गान्तोक, 4 जून। आम चुनाउ 2019-को परिणाम घोषणा भएपछि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका सदस्य र समर्थकहरूले धेरैवटा हिंसात्मक गतिविधिलाई परिणाम दिएको र यसले राज्यमा भय अनि त्रासको वातावरण सिर्जना गर्दै सिक्किम राज्यको शान्ति र सुरक्षालाई पनि भङ्ग गरिरहेको अवगत गराउँदै राज्यपाललाई हस्तक्षेप गर्न एसडीएफ पार्टीले अनुरोध गरेको छ। आज एसडीएफ पार्टीका विधायक दलले राज्यपालसमक्ष यो माग गर्दै एउटा ज्ञापन चढाएको छ। यसमा,एसडीएफ पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङसहित एसडीएफ पार्टीका विधायक र उम्मेद्वारहरूले हस्तक्षार गरेका छन्। यो ज्ञापनपत्रमा भनिएको छ, चुनाउ परिणामपछि एसकेएम पार्टीका समर्थक र सदस्यहरूले एसडीएफ पार्टीका समर्थक र शुभचिन्तकहरूलाई कुटपिट गरेको, उनीहरूलाई धम्की दिएको, निजी तथा सार्वजनिक सम्पत्तिसमेतलाई क्षति पुर्याएको, धेरै सङ्ख्यामा वाहनहरूको तोडफोड तथा जलाइएको पनि राज्यपाललाई अवगत गराइएको छ। निर्वाचित प्रतिनिधिहरूसित पनि दूर्व्यवहार गर्दै धम्की दिएको कुरा दुर्भाग्यपूर्ण रहेको पनि एसडीएफ पार्टीले राज्यपाललाई बताइएको छ। राज्यको शान्ति शृङ्खला भङ्ग गर्दै नागरिकहरूमा एसकेएम पार्टी कार्यकर्ताले निरन्तर भय र त्रासको वातावरण सिर्जना गरेको पनि ज्ञापनमा उल्लेख गरिएको छ। यसरी नै राज्यका व्यापारी समुदायका सदस्यहरूलाई पनि धम्की दिएको अनि बितेको चुनाउमा एसडीएफ पार्टीलाई सघाएको भन्दै खुल्ला रूपमा दुर्व्यवहार गरिरहेको पनि राज्यपाललाई अवगत गराइएको छ। एसकेएम पार्टीको यस प्रकारको दुर्व्यवहार र अपराधिक गतिविधिका कारण आम नागरिकसमेत समस्यामा परेको उल्लेख गर्दै एसकेएम पार्टीले… Read More

विधायकद्वारा जनताप्रति आभार प्रकट ः वेतनबाट कल्याणकारी कोष बनाउने

विधायकद्वारा जनताप्रति आभार प्रकट ः वेतनबाट कल्याणकारी कोष बनाउने

नाम्ची, 4 जून। बर्फुङ समष्टिअन्तर्गत सङ्घनाथ जीपीयूमा आज एसडीएफ पार्टीका विधायक टीटी भोटियाले एक कार्यक्रमको आयोजना गरी चुनाउमा विजयी गराएर विधायक बनाएकोमा जनतालाई धन्यवाद दिएका छन्। बर्फुङ समष्टिमा विधायक टीटी भोटियाले जीपीयूस्तरमा आरम्भ गरेको आज यो प्रथम कार्यक्रम रहेको थियो भने अन्य जीपीयूमा पनि यस प्रकारको धन्यवाद कार्यक्रम उनले आयोजना गर्ने भएका छन्। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै विधायक टीटी भोटियाले आफू जनताको सेवा गर्ने मनसाय लिएर आएको कारण आफ्नो वेतनबाट कल्याणकारी कोष निर्माण गरी परेको बेला आवश्यक जनतालाई सहयोग गर्ने घोषणा गरे। पार्टी नछुट्याई काम गर्ने वचन दिँदै उनले पार्टी कार्यकर्ताहरूलाई झैं-झगडादेखि टाडा रहने निर्देश दिए। यस क्रममा उनले एसकेएम सरकार छ महिनाको लागि मात्र रहेको दावी गर्दै जनतालाई त्यस समयसम्म धर्य-धारण गरेर बस्ने अनुरोध गरे। कार्यक्रममा सो समष्टिका सीएलसी अध्यक्ष प्रदीप गुरूङले पनि सम्बोधन गरेका थिए। स्थानीय पञ्चायत सभापति रोशनी राईले स्वागत भाषण, स्थानीय पञ्चायत सदस्य महेश राईले धन्यवाद ज्ञापन र सीएलसी संयुक्त सचिव पञ्चप्रसाद राईले सञ्चालन गरेको यस कार्यक्रममा पार्टीको दक्षिण जिल्ला उपाध्यक्ष सीएल गुरूङ, जिल्ला पञ्चायत सदस्य टासी डाडूल भोटिया, जिल्ला चेली उपसंयोजक इन्द्रमाया राई, विभिन्न स्तरका पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भनी सीएलसी प्रचार सचिव आनन्द गुरूङले जानकारी गराएका छन्।

सरकारी मेडिकल डी ग्रूप कर्मचारीहरू नयाँ सरकारको एजेण्डामा विश्‍वस्त, माग पूरा गरिदिने अपील

सरकारी मेडिकल डी ग्रूप कर्मचारीहरू नयाँ सरकारको एजेण्डामा विश्‍वस्त, माग पूरा गरिदिने अपील

गान्तोक, 4 जून। एसकेएम पार्टीको चुनावी एजेण्डाहरू सरकार बनिए पछि उनीहरूलाई नै हावी बन्दै आएको देखिन्छ। चुनावी माहोलमा आफू विपक्षमा रहँदा सरकारले गर्न नसकेका कार्यहरूमा आरोप प्रत्यारोप लगाउँदै आफ्नो पक्षबाट चुनावी मुद्दाहरू बटुलेर सत्ता हाँसिल गरेपछि अहिले विभिन्न पक्षबाट समर्थक तथा आशावादी जनता उनीहरूको एजेण्डा पूरा गरिदिने मागमा अघि आउँदैछन्। एसकेएमले सत्तामा आएपछि पूरा गर्छौं भनेका एजेण्डाहरूलाई ध्यानमा राख्दै आज सिक्किम सरकारको स्वास्थ्य विभागअन्तर्गत डी ग्रूपका कर्मचारीका कार्यकारी समितिका सदस्यहरूले पत्रकार सम्मेलन डाकी नयाँ सरकारको एजेण्डालाई कार्यान्वयन गर्ने माग गरेका छन्। अखिल सिक्किम सरकारी मेडिकल ग्रूप डी कर्मचारी कल्याण संगठनका अध्यक्ष रामदास नेपालले आज प्रेस क्लब अफ् सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै आफूहरू एसकेएम पार्टीको सरकारको एजेण्डामा विश्‍वस्त रहेको बताएका छन्। वर्ष 2014-देखि मेडिकल ग्रूप डी कर्मचारीहरूको पदोन्नति नभएको जानकारी दिँदै उनीहरूले आफ्नो समस्याको समाधान हुन्छ भन्ने आशा रहेको बताएका छन्। अध्यक्ष नेपालले हालै नयाँ सरकारले शनिबारको छुट्टी घोषणा गरेको तर यस छुट्टीबाट पनि मेडिकल विङ् भने वञ्चित रहेको बताएका छन्। अस्पतालका कर्मचारीहरूलाई कुनै छुट्टी छैन भन्दै छुट्टीको साटो सरकारले अन्य कुनै सहायता प्रदान गरिदिने पनि अपील गरेका छन्। यस उनले स्वास्थ्य विभागका डी ग्रूप कर्मचारीहरूको कतिपयः फायलहरू डीओपी-का अवर सचिव प्रकाश राईले रोकेर राखेको पनि खुल्ला आरोप लगाउँदै अहिले मात्र उनीहरूको फायल स्वास्थ्य विभागमा पुर्याइएको जानकारी प्राप्त भएको… Read More

जिल्लापालद्वारा ठेकादारलाई कडा निर्देश

जिल्लापालद्वारा ठेकादारलाई कडा निर्देश

गेजिङ, 4 जून। पश्‍चिम जिल्लाका जिल्लापाल कर्मा आर बन्पोले चेरेञ्जी सिङ्खाम रियो पोटालाको थाँतीमा रहेका सबै कार्य तत्काल पूरा गर्नुपर्ने सम्बन्धित ठेकादारहरूलाई निर्देश दिएका छन्। यसरी नै चेरेञ्जीसम्म पुग्ने वैकल्पिक सडकको सर्वेक्षण गर्नुपर्ने,कर्मचारीहरूको वेतन तथा व्यवस्था, जमीनको सर्वेक्षण। आवश्यक मरम्मति, अर्को चरणमा गर्नुपर्ने कार्यको प्रस्ताव तथा अन्य पूर्वाधारहरू विषयमा पनि महत्त्वपूर्ण निर्णय गरिएको छ। आज जिल्लापाल एवं चेरेञ्जी सिङ्खाङ रियो पोटाला कार्यकारिणी समितिका अध्यक्ष समेत रहेका कर्मा आर बन्पोको अध्यक्षतमा सम्पन्न भएको सभाले यो महत्वपूर्ण निर्णय तथा निर्देश जारी गरेको छ। आइपीआरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, जिल्लापालले ठेकादारसित सभा गरेपछि रहल कार्यहरू सबै चाडैनै पूरा गर्ने आश्‍वासन दिएका छन्। उनले साङ्गाछोलिङ गुम्बाका लामाहरूको मागलाई पनि चाडै नै पूरा गर्ने आश्‍वासन दिएका छन्। सभापछि जिल्लापालको अगुवाईमा सम्बन्धित विभागका अभियन्ता, एडीसी केएल लेप्चा र डीएफओ तेञ्जिङ नर्बु भोटियाले चिरिञ्जी सिङखाम परिसरको निरीक्षण पनि गरे। यस अवसरमा परिसरको सुन्दरीकरण गर्ने उद्देश्यले पनि निरीक्षण भएको छ। जिल्लापालले साङ्गाछोलिङ गुम्बाका लामाहरूलाई उनीहरूको समिति पञ्जीकरण गराउने सल्लाह दिँदै यसो गरे कोष स्थान्तरण गर्न सहज हुने बताए। आजको सभामा चेरेञ्जी सिङखाम परिसरको मरम्मति बाहेक उचित नाला प्रबन्धन, बिजुली र अन्य आवश्यक विषय वस्तुमा पनि चर्चा भएको छ।

खाद्य सुरक्षा एवं मानक राज्यस्तरीय सञ्चालन समितिको पहिलो सभा

खाद्य सुरक्षा एवं मानक राज्यस्तरीय सञ्चालन समितिको पहिलो सभा

गान्तोक, 4 जून। राज्यमा खाद्य सुरक्षा एवं मानक अधिनियम 2006 लाई कडाईका रूपमा कार्यान्वन गर्दै उपभोक्ताहरूको स्वास्थ्य सुरक्षलाई सुनिश्‍चित गर्नुपर्ने मुख्यसचिव एके श्रीवास्तावले बताएका छन्। खाद्य सुरक्षा एवं मानक (एफएसएस) अधिनियम 2006 को राज्यस्तरीय सञ्चालन समितिको पहिलो सभाको अध्यक्षता गर्दै मुख्य सचिवले यो बताका हुन्। आज टाशीडिह सचिवालयस्थि सम्मेलन कक्षमा आयोजित यस सभामा मानव संसाधन विकास विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय, स्वास्थ्य एवं पविवार कल्याण विभागका आयुक्त एवं सचिव विशाल चौहान ,आईपीआर विभागकी सचिव शेराप सेङ्गा साथै सम्बन्धित विभागका अधिकारी र अन्य हितधारकहरू उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्दै मुख्य सचिवले यस ऐन अन्तर्गत दर्ता भएका उजुरी तथा उपभोक्ताहरूको गुनासोहरू बारे पनि सोधखोज गरे। उनले होटल, हकर तथा अन्य खानपान दोकानहरूमा गुणस्तरीय खानपान सुनिश्‍चित गर्ने कुरामा पनि जोर दिएका छन्। सभामा एफएसएस अधिनियम 2006 अन्तर्गतका विभिन्न प्रावधान र यसको गतिविधिहरूबारे पनि विस्तारमा चर्चा गरिएको छ।

सामाजिक सञ्जालमा आएको शिक्षक नियुक्तिको सूची अनाधिकारिक

सामाजिक सञ्जालमा आएको शिक्षक नियुक्तिको सूची अनाधिकारिक

पुनः अवलोकन गरेर दिइने नियुक्तिः विनय तामाङ दार्जीलिङ, 4 जून। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलगायत वित्त मन्त्री अमित मित्रहरूसँग आज कोलकताको नवान्नमा लगभग 40 मिनट जति दार्जीलिङ पहाडको विविध विषय र समस्याहरूलाई लिएर कुराकानी भएको जानकारी गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्तिमार्फत दिएका छन्। आज अध्यक्ष तामाङद्वारा जारी गरिएको विज्ञप्तिमा, दार्जीलिङ पहाड र उत्तर बंगालको विकास अनि गोर्खा जातिको चिन्हारी र उत्थानको निमित्त चुनाउअघि दिएको वचनहरू चुनाउमा पराजित भएतापनि पुरा गर्ने विश्‍वास मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य सरकारले दिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य सल्लाहकारको रूपमा अमरसिंह राई रहने बताइएको छ। यसका साथै नयाँ मुख्य सचिव सुरेन्द्र गुप्तले चाँडै नै आफ्नो पदभार सम्हाल्ने पनि उल्लेख्य गरिएको छ। मुख्यमन्त्रीसितको वार्तामा गोजमुमो अध्यक्ष विनय तामाङ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापालगायत उत्तर बंगाल विकास विभागका मनोनित अध्यक्ष अमरसिंह राई उपस्थित रहेको बताइएको छ। विज्ञप्तिअनुसार, पश्‍चिम बंगाल शिक्षा विभाग मन्त्री पार्थ च्याटर्जीसँग आजै भएको अर्को भेटमा पहाडको शिक्षा क्षेत्रमा आएको विविध समस्याहरू बारे विस्तृत रूपमा चर्चा-परिचर्चा भएको बताइएको छ। विज्ञप्ति भनिएको छ, ‘शिक्षक नियुक्ति विषयमा केही दिनअघि सामाजिक सञ्जालमा आएको सूची आधिकारिक सूची नभएको औं आज पर्यन्त त्यो सूचीमा भएको शिक्षक-शिक्षकाहरू नियुक्ति पत्र नपाएको आधिकारिक पुष्टि गर्दछौं। सामाजिक सञ्जालमा प्रसार गरिएको तथ्य चुनाउको माहौलमा राजनैतिक प्रेरित रहेको अनि बदनाम गर्ने… Read More

प्रधानमन्त्रीमाथि आरोप लगाउनेलाई जनताले जवाफ दिएका छन्ः दिलीप घोष

प्रधानमन्त्रीमाथि आरोप लगाउनेलाई जनताले जवाफ दिएका छन्ः दिलीप घोष

कोलकाता, 4 जून। भारती जनता पार्टी (भाजपा) का पश्‍चिम बंगाल एकाईका अध्यक्ष दिलीप घोषले मंगलबार मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गरेका छन्। कोलकाताको महाराष्ट्र भवनमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै मेदनीपुरका नवनिर्वाचित सांसद घोषले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपालाई उखेलेर फ्याँक्नको निम्ति चिच्याइरहेकी छिन् तर परिणाम यसको ठीक उल्टो भयो। ममता आफू त डुबिन् तर आफ्नो साथमा जो पनि आयो उसलाई पनि डुबाइन्।’ उनले चन्द्रबाबू नायडूको उदाहरण दिँदै भने, ‘उनले आफ्नो सरकार पनि गुमाउनु पर्यो र आज मान मर्यादा सबै कुरा गुमाएर मौन बसेकी छन्।’ ममताको सीट कम हुनलाई लिएर उनले कटाक्ष गर्दै भने, ‘जुन नेताले प्रधानमन्त्रीमाथि आरोप लगाउने गर्थे आज जनताले उनीहरूलाई जवाफ दिएका छन्। उनले हार स्वीकार गरेर जनादेशलाई स्वीकार गर्नुपर्छ।’ उल्लेख्य, सोमबार सचिवालयमा मीडियासित कुराकानी गर्दै मुख्यमन्त्री ममताले भनेकी थिइन्, ‘ईभीएमले गराइएको चुनाउ जनादेश होइन। म यसलाई मान्दिन।’ उनले लोकतन्त्र बचाउन आह्वान गर्दै सबै विपक्षी पार्टीहरूका नेताहरूसित एकजुट भएर देशमा हुने आगामी चुनाउ बेलेट पेपरको माध्यमले गराउने माग गरेकी छन्। यसमा कटाक्ष गर्दै दिलीपले भने, ‘बेलेट पेपरको माध्यमले के मुख्यमन्त्री पश्‍चिम बंगाललाई बचाउनेछिन्? मानिसहरू ममतादेखि टाढा भएका छन्। उनले अब यो कुरा स्वीकार गर्नुपर्छ। पराजयको जिम्मा ईभीएममाथि लाँद्न खोज्दा कुनै लाभ छैन। ममता राजमा पश्‍चिम बंगालमा दिनहुँ लोकतन्त्रको हत्या हुन्छ। भाजपाका अनगन्ती कार्यकर्ताहरूको हत्या गरियो तर ममतालाई अलकति… Read More

पहाड पर्यटनको चाँदी कटाई

पहाड पर्यटनको चाँदी कटाई

होटल टम्मै, जोय राइड बढ्यो, जू-मा दैनिक 5 हजार पर्यटक समय संवाददाता दार्जीलिङ, 4 जून। देशको समतल क्षेत्रमा जति गर्मी बढ्दैछ, उत्ति दार्जीलिङ पहाडको पर्यटन मौसमको चाँदी कटाई हुँदैछ। यसैले दार्जीलिङमा पर्यटकहरूको ओइरो लागिरहेको छ भने गाडी जामको समस्याले पनि यहाँको सामान्य जनजीवनलाई प्रभावित बनाइरहेको छ। दार्जीलिङका होटलहरू पर्यटकहरूले टम्मै भरिएका छन् भने दार्जीलिङको विश्‍व विख्यात टोय ट्रेन, रोपवे, दार्जीलिङ जू आदिको पनि चाँदी कटाई भइरहेको छ। यसै विषय लिएर दार्जीलिङका एक होटल व्यवसायी एवं पाइन ट्री रिसोर्टका महाप्रबन्धक राजेश रजकसित प्रश्‍न गर्दा उनले आफ्नो होटलमा गत अप्रेल महीनादेखि नै व्यापक संख्यामा पर्यटक आइरहेको बताउँदै यो जून महीनाको अन्तसिम्म नै एउटै कोठा रिक्त नरहेको बताए। होटल पाइन ट्री-मा मोठ 45 वटा कोठा छन्, जो गत अप्रेल महीनादेखि नै टम्मै भरिएका छन्। यो क्रम यो महीनाको अन्तसम्म जारी रहनेछ, किनभने बुकिङ अहिले पनि आइरहेको छ। उनले दार्जीलिङ पहाडमा यति बेसी संख्यामा पर्यटक आउनुको एउटा मुख्य कारण समतल इलाकामा बढिरहेको गर्मी पनि हो। यसैबीच, उनले एक प्रश्‍नको उत्तरमा भने, हाल दार्जीलिङका लगभग 95 प्रतिशत होटल पर्यटकहरूले भरिएका छन्। मेरो होटलमा बेसी बुकिङ आइरहेको कारण उनीहरूका लागि अरू होटल खोज्दा पनि पाइएको छैन। यसैबाट दार्जीलिङमा हाल कति पर्यटकङत आइरहेको छ भन्ने विषय स्पष्ट हुन्छ, उनले थपे। यसरी नै दार्जीलिङको पर्यटनसित सम्बन्धित वा दार्जीलिङ… Read More

अन्यौलपूर्ण अवस्थामा पहाडको राजनैतिक स्थिति

अन्यौलपूर्ण अवस्थामा पहाडको राजनैतिक स्थिति

हाल दार्जीलिङ पहाडको राजनैतिक स्थिति अन्यौलपूर्ण अवस्थामा पुगेको छ। 17औं लोकसभा र दार्जीलिङ विधानसभाको उपचुनाउको परिणामपछि नै यहाँको स्थितिमा यस्तो अवस्था आएको हो। यदि यो चुनाउमा बंगालका अन्य सबै लोकसभा आसनमा वर्तमान राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसले बाजी मारेको भए पनि दार्जीलिङको विशेष विनय तामाङपन्थी गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा)-को स्थितिमा कुनै फरक पर्ने थिएन। तर बंगालका मोठ 42 वटामा 18 वटा आसनमा नै तृणमूल कंग्रेसको कट्टर दुश्मन मानिएको भारतीय जनता पार्टीको कमल फुलेपछि दार्जीलिङ पहाडमा विनय तामाङपन्थी गोजमुमोको स्थितिमा पनि नकारात्मक प्रभाव परेको मान्न सकिन्छ। लोकसभा चुनाउ र यसको परिणामसम्म नै बंगालको राजनीति सीमित रहेको भए केही थिएन, तर चुनाउको परिणामपछि बंगालका नगरपालिकाहरूमाथि पनि भाजपाले कब्जा जमाउन थालेपछि अझै बंगालसँगै दार्जीलिङको राजनैतिक स्थिति पनि अन्यौलपूर्ण बन्न थालेको हो। यदि बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसबाट भटाभट यसरी नै समर्थक तथा नेतृत्वहरू भाजपातिर गए बंगालको सत्ता नै परिवर्तन हुँदैन भन्न पनि सकिन्दैन। यसैले यदि बंगालको सत्ता परिवर्तन भए अनि बंगालमा पनि भाजपाले सत्ता आफ्नो मुट्ठीमा अठ्याए विनय तामाङ-अनित थापापन्थी गोजमुमोको स्थिति के हुन्छ? यो हाल सबैको लागि चर्चा र चासोको विषय बनिरहेको छ। यदि बंगालको राजनैतिक परिवर्तनसँगै सत्तामा पनि परिवर्तन भए भाजपाले विमल गुरूङलाई दार्जीलिङ पहाड ल्याउँछ? यदि विमल गुरूङलाई दार्जीलिङ पहाडमा ल्याएर भाजपाले पुनः उनलाई जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-मा नै राखे,… Read More