आज एसडीएफ पार्टीको सीईसी-स्तरीय सभा

आज एसडीएफ पार्टीको सीईसी-स्तरीय सभा

गान्तोक, 1 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङको अध्यक्षतामा 2 जूनको दिन एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समिति(सीईसी)-को सभा आयोजना गरिएको छ। पार्टीका प्रशासनिक महासचिव देव गुरूङअनुसार यो सभामा एसडीएफ पार्टीका केन्द्रिय कार्यकारिणी समितिबाहेक पार्टीका अन्य पदाधिकारीहरू, जिल्ला पञ्चायत, ग्राम पञ्चायत, पार्षदगण, नगर पञ्चायतगण, डब्लुएलसी सभापति, बीएलसी सभापति र सीएलसीका कार्यकारिणी समिति उपस्थित रहने छन्। अर्कातिर, एसडीएफ पार्टीले चुनाउ पछि आयोजना गरेको यो पहिलो सभाका लागि विशेष तयारी गरेको छ। पार्टीले पार्टी अध्यक्ष पवन चामलिङलाई नाम्चीबाट गान्तोक आउने क्रममा विभिन्न स्थानमा भव्य स्वागत जनाउने तयारी गरेको छ। दक्षिण र पश्‍चिम जिल्ला साथै पश्‍चिम पाण्डाम समष्टि, रिनाक समष्टि र छुजाचेन समष्टिका एसडीएफ पार्टी समर्थकले पार्टी अध्यक्षलाई माइनिङमा स्वागत जनाउनेछन्। यसरी नै तुमिन लिङगी, खाम्दोङ सिङ्ताम साथै दक्षिण र पश्‍चिम जिल्लाका कतिपय समष्टिका समर्थकहरू सिङताममा पार्टी अध्यक्षलाई स्वागत गर्नका लागि तयारी गरेका छन् भने रानीपूलमा नाथाङ-माछोङ, नाम्चेबुङ, सियारी, अप्पर तादोङ र मार्तम रूम्तेक समष्टिबाट एसडीएफ पार्टी समर्थकहरू उपस्थित रहनेछन्। यसरी नै उत्तर जिल्लाका सम्पूर्ण समष्टिबाहेक गान्तोक, आरिथाङ र अप्पर बुर्तुकका समर्थकहरूले पार्टी अध्यक्षलाई एसडीएफ भवन मुख्यालय गान्तोकमा नै स्वागत गर्नेछन्। यसका लागि सम्बन्धित क्षेत्रका एसडीएफ पार्टीका विधायक अनि उम्मेद्वारहरूले आ-आफ्नो समष्टिको नेतृत्त्व गर्नेछन्। स्मरण गराइन्छ, पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङलाई राज्य साथै विश्‍वभरिबाट नै शुभकामना र शुभेच्छा प्राप्त… Read More

हवाई सेवा अस्थायी रूपमा स्थगित

हवाई सेवा अस्थायी रूपमा स्थगित

पाकिम, 1 जून। स्पाइस जेटले कोलकत्तादेखि पाकिम र पाकिमदेखि कोलकत्तासम्मको हवाई सेवा अस्थायी रूपमा आजदेखि स्थगित गरेको छ। कम्पनीले 1 जूनदेखि 31 सितम्बरसम्म अर्थात् 4 महिनाको अवधिका लागि हवाई सेवा स्थगित गर्ने बताएको छ। यस सन्दर्भमा पाकिम हवाई अड्डाको स्पाइस जेट काउण्टरमा एउटा सूचना पनि सार्वजनिक गराएको छ। पाकिम हवाई अड्डाका निर्देशक रामातानु शाह अनुसार 31 मईको दिन स्पाइस जेट कम्पनीले हवाई सेवा अस्थायी रूपमा स्थगित गर्ने आधिकारिक सूचना दिएको छ। कम्पनीले पाकिम हवाई अड्डा अस्थिर मौसमका कारण सेवा स्थगित राख्ने बताइएको छ। मौसमका कारण रन-वेमा भिजिबिलिटीको समस्या हुने गरेको र यसले विमान सञ्चालन गर्न असुविधा भएको बताएको छ। यद्यपि, 1 अक्टोबर 2019 देखि वर्षाको मौसम समाप्त हुने कुरालाई ध्यानमा राखेर तथा मौसममा सुधार आउने विश्‍वास गर्दै पुनः सेवा सञ्चालन गर्ने पनि आश्‍वासन दिएको छ। निर्देशकअनुसार विमानलाई अवतरण गर्न रणवेको चौडाईलाई केही बढाउनु पर्ने आवश्यकता पनि रहेको जनाइएको छ। अहिले हवाई सेवा बन्द भएपछि यो अवधिमा रन-वेको साइजलाई बढाउने योजना पनि बनाइएको छ। यसका लागि राज्य सरकारसित निरन्तर सम्पर्क गरिरहेको र चाँडै नै सरकारबाट सकारात्मक पहल हुने उनले बताए। पाकिम हवाई अड्डा भिज्युल फ्लाइट रूल मोडमा आधारित छ। यसका लागि विमान अवतरण गर्न पाँच किलोमिटरको भिजिबिलिटी आवश्यक हुन्छ। इन्ट्रुमेन्ट फ्लाइट रूल मोडले पाकिम हवाई अड्डाको भिजिबिलिटी समस्यालाई समाधान गरे तापनि… Read More

रिङजिन सोङड्रुप अनुसन्धान तथा अध्ययन केन्द्रको स्थापना दिवस

रिङजिन सोङड्रुप अनुसन्धान तथा अध्ययन केन्द्रको स्थापना दिवस

गेजिङ, 1 जून। साङछेन पेमा याङ्ची गुम्बाले 31 मईको दिन पेमा याङ्ची गुम्बा परिसरमा रिङजिन सोङड्रुप अनुसन्धान तथा अध्यय केन्द्रको पाचौं स्थापना दिवस पालन गरेको छ। यस अवसरमा पूजा, प्रार्थनासहित अऩ्य धार्मिक अनुष्ठान मुख्य आकर्षण रहेको थियो। विशेष गरी कार्यक्रममा गुम्बाका वरिष्ट लामा, गुरू तथा गैर शिक्षण कर्मचारी, विद्यार्थी साथै भक्तजनको सुस्वास्थ्य, दीर्घायु एवं शान्तिको लागि पनि कामना गरिएको छ। स्मरण गराइन्छ, पेमा याङ्ची गुम्बाको छेउमा अनुसन्धान तथा अध्ययन केन्द्रको निर्माण भइरहेको छ। कार्यक्रमको अवसरमा सेडा प्रबन्धन समितिले स्वर्गीय एचएच क्याब्जे दोमाङ(याङथाङ रिम्पोछे)-को योगदानलाई स्मरण गर्दै आभार एवं कृतज्ञता प्रकट गरेको छ। याङथाङ रिम्पोछेले यहाँ अनुसन्धान तथा अध्ययन केन्द्रको स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएका छन्। यस केन्द्रमार्फत सिक्किमका बौद्ध विद्यार्थीहरूले बौद्ध दर्शनमाथि अध्ययन अनुसन्धान गर्न सहज वातावरण पाउनेछन्। वर्तमानमा यस केन्द्रमा अहिले 1 सय जना विद्यार्थी छन् भने 9 जना शिक्षक र 4 जना गैर शिक्षण कर्मचारी सामेल छन्।

पर्यटकहरूलाई लोभ्याउँदै कञ्चनजङ्घा फल्स

पर्यटकहरूलाई लोभ्याउँदै कञ्चनजङ्घा फल्स

रुद्र कौशिक गेजिङ, 1 जून। पश्‍चिम जिल्लाको धेरै चर्चामा रहेको कञ्चनजङ्घा फल्सले पर्यटकको ध्यानाकर्षण गरिरहेको छ। रिम्बीदेखि योकसम जाने मार्गमा अवस्थित यो फल्सले धेरै पर्यटकहरूको मन जितेको छ। पेलिङ, दराप, योकसम आदि स्थानमा आएका पर्यटकहरू यो फल्स हेर्न भीड लागेका हुन्छन्। विगत वर्षहरूको तुलनामा यस वर्ष पर्यटकीय दृष्टिले धेरै विकास गरिएको छ। पेलिङमा आएका पर्यटकहरूलाई कञ्चनजङ्घा फल्स, खेचिपेरी आदि घुमाउने एउटै रूट रहेको छ। खेचिपेरी जाने पर्यटकले यो फल्सको हेरेर मनोरञ्जन लिने गरेका छन्। यहाँ विशेष रिभर क्रसिङ, जातीय भेषभुषा लगाएर फोटो खिच्ने, चुला-दाउरामा पकाएको खाना, अर्गेनिक सागसब्जी, खोलाको चिसो हावा जस्ता कुराहरूले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। यो फल्समा पर्यटकको मौसममा हजारौं देशी-विदेशी पर्यटकको भीड लाग्ने गरेका छन्। यहाँको पौराणिक विषय जस्तो भए पनि पर्यटकले भने फल्सको मनोरञ्जनसितै रिभर क्रसिङमा पानी खेल्नुमा धेरै रमाइरहेका छन्। यो स्थानलाई पश्‍चिम जिल्लाको एउटा ऐतिहासिक पर्यटन स्थलको रूपमा पनि लिने गरिएको छ। यहाँ विशेष गरेर ठाउँ साघुरो भएको कारण पर्यटनको मौसममा अत्याधिक भीड हुने र सडक मार्ग जाम हुने गरेको बताइएको छ। विगतको व्यापक समस्यालाई केही हदसम्म पूर्व सरकारले समाधानको पहल गरेको छ। साघुरो पुललाई मरम्मति गरी ठुलो पुल निर्माण गर्नका साथै छेउछेउमा मान्छे हिड्ने सुविधा पनि भएको छ। यहाँ दोकानहरूको वृद्धि सँगसँगै खाने परिकारमा पनि धेरै विकास भएर गएको छ। पेलिङ, योकसम, दराप… Read More

गोरामुमो र गोजमुमोमाझ देखियो गतिलै फाटो

गोरामुमो र गोजमुमोमाझ देखियो गतिलै फाटो

समय संवाददाता दार्जीलिङ, 1 जून। चुनाउपछि गोरामुमो र विमल गुरुङपन्थी गोजमुमोबीच एचपीडब्लुयूका कार्यकारी अध्यक्ष जेबी तामाङको वक्तव्यपछि गतिलै फाटो देखिएको छ। तरै पनि गोरामुमोको शीर्ष नेतृत्वले यसलाई समर्थक स्तरको व्यक्तिगत विचार हो भन्ने स्पष्टीकरण दिएको छ। हिजो एक सभालाई सम्बोधन गर्ने क्रममा गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्लुयू)-का कार्यकारी अध्यक्ष जेबी तामाङले विमलपन्थी गोजमुमोले गोरामुमोको काँधमा चडेर बन्दुक पड्काएको आरोप लगाएपछि गोरामुमो र विमल गुरुङपन्थी गोजमुमोमाझको सम्बन्धमा गतिलै फाटो आएको स्पष्ट भएको छ। जेबी तामाङको यस्तो वक्तव्य सार्वजनिक भएपछि भूमिगत गोजमुमो नेता विमल गुरुङले पनि एक अडियो जारी गरेर भाजपा उम्मेद्वार राजु विष्ट र निरज जिम्बाको जीतमा कुनै एउटा पार्टीको मात्रै योगदान नरहेको बताएका छन्। जसमाथि आज गोरामुमो नेता अजय एड्वर्डसित प्रश्‍न गर्दा उनले गोरामुमो र विमल गुरुङपन्थी गोजमुमोका शीर्ष नेतृत्वमाझ सम्बन्ध असल रहेको बताउँदै दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यो गठबन्धन जारी रहने बताए। जेबी तामाङले स्पष्ट शब्दमा विमल गुरुङपन्थी गोजमुमोलाई साँपको संज्ञा दिएका छन्। उनले साँपलाई जति नै दूध पिलाए पनि एक दिन त्यसले ठुंग्छ नै भनेका छन्। उनको यस्तो वक्तव्यबाट गोरामुमो र विमलपन्थी गोजमुमोमाझ गतिलै फाटो आएको स्पष्ट भएको छ। तामाङले भनेका छन्, गोरामुमो-1 (विमलपन्थी गोजमुमो)-ले गोरामुमोको ढाँडमा चडेर बन्दुक पड्काउने काम गरिरहेको छ। यसैले गत लोकसभा चुनाउ र विधानसभाको उपचुनाउमा भाजपा उम्मेद्वारहरूको… Read More

थर्पु केएमई स्कूलमा स्वास्थ्य सचेतना तथा अभिभावक-शिक्षक माझ सभा

थर्पु केएमई स्कूलमा स्वास्थ्य सचेतना तथा अभिभावक-शिक्षक माझ सभा

सोरेङ, 1 जून। थर्पु कुसाङ स्मृति अंग्रेजी गैर सरकारी स्कूलको प्रेक्षागृहमा आज स्वास्थ्य सचेतना जागरुकता कार्यक्रम साथै शिक्षक अभिभावक माझ एक जरुरी सभा आयोजना गरियो। स्कूल प्रोप्राइटर सुकसिङ सुब्बाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थर्पु स्वास्थ्य केन्द्र कि मिड लेबल हेल्थ प्रोभाइडर रुथ शंखर प्रमुख स्रोतवक्ताको रुपमा उपस्थिति रहेकी थिइन साथमा आशा अञ्जना शर्मा, स्कूल परिवार र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। स्रोतवक्ता रुथ शखंरले स्वास्थ्य विषयबारे बोल्दै विद्यार्थीहरूको सही रेखदेख तथा मार्गदर्शन आमा बाबाहरूले गर्नुपर्छ भन्ने जानकारी दिँदै समयमा खानपिनको व्यवस्था, बजारको प्लास्टिकमा पाइने खाने कुराहरूदेखि टाढा राख्ने सुझाउ दिइन। यस गरम महिनामा नानीहरू धेरै अस्वस्थ रहने बताइन्। विशेष चिसो पानी, जंग फुड, काँचो फलफूल र साफ-सफाई प्रमुख कारणहरू हुन। उनले भनिन् नानीहरू यदि बिमार भइहाले यदाशीघ्र नजिकैको अस्पताल साथै स्वास्थ्य केन्द्रमा लगेर जाँच गराउने तथा आफू संग सम्पर्क राख्ने सुझाउ दिइन्।

सञ्जु एफए सोमबारे र ब्रदरहुड एफसी विजयी

सञ्जु एफए सोमबारे र ब्रदरहुड एफसी विजयी

गान्तोक, 1 जून। सिक्किम फूटबल एकाडेमीको आयोजनामा भइरहेको सी डिभिजन एस लिग 2019-अन्तर्गत आज शनिबार भएको दुईवटा फूटबल प्रतियोगितामा सञ्जु एफए, सोमबारे र ब्रदरहुड एफसी विजेता बनेका छन्। आज भएको पहिलो खेल सञ्जु एफसी सोमबारे र मनिक एफसी जङ्गूबीच भएको थियो। पहिलो खेलमा सञ्जु एफसी सोमबारेले जङ्गुविरुद्ध चार गोल गरेको थियो भने जङ्गुले एक गोल मात्र गर्न सफल बन्यो। सञ्जु एफसीको पक्षबाट गोल गर्ने खेलाडी जर्सी नम्बर 21 छितेन भोटियाले 3 गोल गरेका थिए भने जर्सी नम्बर 19 हाङ्सेन सुब्बालेे एक गोल गरेका थिए। यसरी नै मनिक एफसीको पक्षमा जर्सी नम्बर 2 जिग्मीले 1 गोल गरेका थिए। यसरी नै दोस्रो खेलमा ब्रदरहुड एफसीले मुस्ताङ् एफसीलाई 5 गोल गरी हराएको थियो। ब्रदर्सहुड एफसीको पक्षमा गोल गर्ने खेलाडीहरू जर्सी नम्बर 10 टिकहाङ् सुब्बाले 2 गोल, जर्सी नम्बर 4 समीर प्रधान 1 गोल, जर्सी नम्बर 12 सञ्जर राईले 1 गोल अनि जर्सी नम्बर 15 चन्द्र राईले 1 गोल गरेका थिए भने मुस्ताङ एफसी साङ्को पक्षमा जर्सी नम्बर 9 प्रकास राईले 1 गोल गरेका थिए भने जर्सी नम्बर 17 हिजा भोझा भोटियाले एक गोल गरेका थिए। यस अवसरमा सिक्किम फूटबल एसोसिएशनका संस्थापक सदस्य तथा एसोसिएशनका पूर्व उपाध्यक्ष स्व. कर्मा ग्याछो भोटियाको आत्मशान्तिको निम्ति दुई मिनट मौनधारण गरेको थियो।

नटराज कला केन्द्र अनि नृत्याञ्जली डान्स एकाडेमीको स्थापना दिवस

नटराज कला केन्द्र अनि नृत्याञ्जली डान्स एकाडेमीको स्थापना दिवस

गान्तोक, 1 जून। सिक्किमका दुईवटा प्रमुख क्लासिकल नृत्य प्रशिक्षण संस्थान नटराज कला केन्द्र अनि नृत्याञ्जली डान्स एकाडेमीले आज आफ्नो स्थापना दिवसको अवसरमा क्लासिकल नृत्यमा पर्ने कथक नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो। दुवै संस्थानको संयुक्त पहलमा आयोजित कार्यक्रम राजधानी गान्तोकस्थित मनन भवनमा सम्पन्न भएको थियो भने कार्यक्रममा सिक्किम कलाकार संघका अध्यक्ष तथा चलचित्र निर्माता, निर्देशक चुनिलाल घिमिरे मुख्य अतिथि थिए। भरत नाट्यमअन्तर्गतको कथक नृत्य सिक्किमको इतिहासमा यसरी पहिलो पटक भव्यतापूर्वक मनाइएको आयोजक पक्षले जानकारी गराएको छ। राज्यमा यस अघि कथक नृत्यलाई लिएर कुनै कार्यक्रमको आयोजना नगरिएको बताइएको छ भने यसले भविष्यमा सिक्किमबाट धेरै उपलब्धिहरू हाँसिल गर्ने पनि आयोजक पक्षको भनाइ छ। आयोजित कार्यक्रममा सिक्किमका चर्चित कथक नर्तकीद्वय सुमी राई र अञ्जली राईले पनि नृत्य प्रस्तुत गरेका थिए। आजको कार्यक्रममा राज्यका सिक्किम एकाडेमी अफ् म्यूजिक, रियाज सङ्गीतालय र गान्धार म्यूजिक एकाडेमीका विद्यार्थीहरूले प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न नृत्य संस्थानका विद्यार्थीहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने दर्शकहरूको पनि बाक्लो संख्यामा उपस्थिति रहेको थियो।

पहाडमा गुण्डागिरी बन्द होस्, दुःख गरेर शान्ति फर्काइएको छः अनित थाप

पहाडमा गुण्डागिरी बन्द होस्, दुःख गरेर शान्ति फर्काइएको छः अनित थाप

समय संवाददाता दार्जीलिङ, 1 जून। जीटीए प्रमुख अनित थापाले दार्जीलिङ पहाडमा गुण्डागिरी बन्द हुनपर्छ भन्ने माग गर्दै यस्तो कार्यमा स्वयं गोजमुमो समर्थकहरू पनि लिप्त रहेको, उनीहरू विरूद्ध पनि पुलिसले कठोर कार्वाही गनुपनेर्र् बताएका छन्। उनले हिजो निम्की डाँडामा भएको घटनाको विरोध जनाउँदै युवावर्गलाई पहाडमा शान्ति राख्ने अपील गरेका छन्। उनले पहाडमा शान्ति फर्काउन धेरै दुःख गर्नपरेको पनि बताए। उनले भने, हामीले धेरै दुःख गरेर दार्जीलिङ पहाडमा शान्ति फर्काएका हौं, पहिले शान्ति, त्यसपछि गोर्खाल्याण्डको कुरा आउनुपर्छ। यदि गोर्खाल्याण्ड पाएर पनि दार्जीलिङ पहाडमा अशान्ति नै छाइरहन्छ भने गोर्खाल्याण्डको के महत्त्व? यसैले प्रथम पहाडमा शान्ति आउनुपर्छ। अहिले दार्जीलिङ पहाडमा जे पनि हुन्छ, विनय तामाङ र अनित थापाकै नाम अघि आउँछ। यसप्रकारको क्रियाकलापहरूमाथि पुलिस प्रशासनले पनि कठोर कार्वाही गर्नुपर्छ। पार्टी अलग-अलग हुनसक्छ अनि छन् पनि, तर हामी गोर्खा जाति मिलेर बस्नुपर्छ। कुनै पनि पार्टीले एकर्कालाई चम्काउने काम गर्नु हुँदैन। अब यहाँ गुण्डागिरी बन्द हुनपर्छ। विगतमा यस्तो क्रियाकलापको विरोध गर्नकै लागि हामी अघि आएका थियौं। विगतमा दार्जीलिङ पहाडलाई अशान्ति बनाएर हाल बाहिर बस्नेहरूले हामीमाथि लाञ्छना लगाउने काम गरिरहेका छन्। तर को आउँदा दार्जीलिङ पहाड शान्ति हुन्छ, को आउँदा अशान्ति, यो कुरा पहाडका जनताले बुझेका छन्, किनभने जनता सचेत छन्। हामी दार्जीलिङमा शान्तिको माहौल सृजना गरिदिने छौं। कोही पनि डराउनु पर्दैन। यसैले हामी सबै एक भएर… Read More

वृद्ध-वृद्धाहरूका निम्ति जोइ होम

वृद्ध-वृद्धाहरूका निम्ति जोइ होम

कालेबुङ, 1 जून। सामाजिक संस्था हू-केयर्सले आजदेखि ‘जोइ होम’-नाममा वृद्ध आश्रम शुरू गरेको छ। यहाँको 12 माइल अल्भर्ट भिल्ला परिसरमा शुरू गरेको जोइ होमको आज औपचारिक उद्घाटन गरियो। दार्जीलिङ एवं सिक्किम पल्लीका पुरोहित स्टेफन लेप्चा एवं घरका मालिक छिमी याङ्जेनद्वारा ‘जोइ होम’-को उद्घाटन गरिएको थियो। ‘जोइ होम’-मुख्य गरी घरबिहिन भएका वृद्धा आमा-बाबाका निम्ति बनाइएको हो। 35 जना बस्नसक्ने क्षमता भएको यस आश्रममा कुनै पनि ठाउँका घरबिहिन वृद्ध-बृद्धाहरू आएर बस्नसक्छन्। जोइ होमलाई सञ्चालन गर्न हू कियर्सका सदस्य सिनोरा नाम्चुको नेतृत्वमा कमिटी पनि बनाइएको छ। वर्ष 2012 मा स्थापना भएको हू कियर्सले शुरूदेखि नै बेगर सेड बनाउने सोच राखेको थियो। तर हू केयर्सबाहेक अन्य तीनवटा संस्थाहरूले बेगर सेडको माग गरिरहेको कारण हू कियर्सले बेगर सेड होइन तर घरबिहिन आमा-बाबाका लागि वृद्ध आश्रम बनाएको हू कियर्सका संस्थापक एरोन योञ्जनले बताएका छन्।