नरेन्द्र मोदीले दोस्रोपल्ट प्रधानमन्त्री पदको शपथ लिए

नरेन्द्र मोदीले दोस्रोपल्ट प्रधानमन्त्री पदको शपथ लिए

अमित शाहसहित 24 जना क्याबिनेट मन्त्री नयाँ दिल्ली, 30 मई। प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमशः दोस्रोपल्ट देशको बागडोर सम्हालेका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्री मोदीलाई पद एवं गोपनीयताको शपथ दिलाए। प्रधानमन्त्रीपछि गत सरकारमा गृह मन्त्री रहेका लखनऊबाट बीजेपी सांसद राजनाथ सिंहले पद एवं गोपनीयताको शपथ दिलाए। यसरी नै तेस्रो नम्बरमा अमित शाहले क्याबिनेट मन्त्रीका रूपमा शपथ लिए। स्मरण रहोस्, प्रधानमन्त्रीसित 24 जना क्याबिनेट मन्त्री र 9 जना राज्य मन्त्री (स्वतन्त्र प्रभार) र 24 जना राज्य मन्त्रीहरूले शपथ लिएका छन्। केन्द्र सरकारमा चौथो मन्त्रीका रूपमा नीतिन गडकरीले शपथ लिए। यसपछि सदानन्द गौडाले शपथ लिए। यसरी नै गत सरकारमा रक्षा मन्त्री रहेकी निर्मला सीतारमण, एनडीएको सहयोगी दल एलजेपीका प्रमुख रामविलास पासवान, नरेन्द्र सिंह तोमार, पटना साहिबबाट जितेर आउने रविशंकर प्रसादले पनि मन्त्री पदको शपथ लिए। यसरी नै हरसिमरत कौर बादल, थावरचन्द्र गहलोतले पनि शपथ लिए। स्मरण गराइन्छ, पूर्व विदेश सचिव डा. एस जयशंकरले पनि क्याबिनेट मन्त्रीका रूपमा शपथ लिएका छन्। उनी अमेरिकासित न्यूक्लियर डीलबाहेक चीनसित डोकलाम विवादलाई असल ढङ्गमा समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनी चीन र अमेरिकामा भारतका राजदूत भएर पनि सेवा दिइसकेका छन्। उत्तरखण्डका डा. रमेश पोखरियालले पनि क्याबिनेट मन्त्रीका रूपमा शपथ लिए भने झारखण्डका मुख्यमन्त्री रहेका अर्जुन मुण्डाले पनि आज क्याबिनेट मन्त्रीका रूपमा शपथ… Read More

पहाडका 11 शहीदका परिवार पनि शपथ ग्रहण समारोहमा सामेल

पहाडका 11 शहीदका परिवार पनि शपथ ग्रहण समारोहमा सामेल

समय संवाददाता दार्जीलिङ, 30 मई। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दार्जीलिङ पहाडका 11 शहीद परिवारका सदस्यहरू पनि दिल्ली प्रस्थान भए। आज उनीहरू दिल्ली पुग्नअघि मात्रै गोजमुमोका भूमिगत नेता रोशन गिरीले यसको खुलासा गरेका हुन्। गिरीले यसबारे एक प्रेस बयान जारी गर्दै भनेका छन्, वर्ष 2017-को गोर्खाल्याण्ड आन्दोलनकालमा शहीद भएका 11 परिवारका सदस्यहरूलाई पनि देशका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा निम्ताउनु खुशीको कुरा हो। जसलाई हामीले शहीद परिवारहरू दिल्ली जानको लागि दार्जीलिङ पहाड नछोडिञ्जेल गोप्य राखेका थियौं। किनभने, यदि यो खबर अघिबाटै सार्वजनिक भएको भए उनीहरूलाई पहाडबाट बाहिर जानै दिइने थिएन। यसैले यो प्रेस बयान मीडियासम्म पुग्दा दार्जीलिङ पहाडका शहीद परिवारका सदस्यहरू दिल्ली पुग्नै लागेका हुनेछन्। गिरीले आफ्नो प्रेस बयानमा दार्जीलिङ पहाडका शहीद परिवारहरूलाई दिल्ली निम्ताइएको विषयलाई एक सांकेतिक रहेको बताउँदै अघि भनेका छन्, देशमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकारको गठन भएपछि सर्वोच्च न्यायालयका न्यायाधीशको नेतृत्वमा एक जाँच कमिटीको गठन गरेर दार्जीलिङ पहाडमा भएका हत्याकाण्डमाथि उचित जाँच गर्ने पनि आशा गरिएको छ। ताकि उक्त हत्याकाण्डमा लिप्त सम्पूर्ण दोषीहरूमाथि कानूनी कार्वाही हुनसकोस्। यसका साथै उनले प्रधानमन्त्री मोदीले दोस्रोपल्ट प्रधानमन्त्री पदको शपथ लिएकोमा पार्टीका पक्षबाट बधाई पनि दिएका छन्। ज्ञात रहोस्, आज साँझ 7 बजी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा देश-विदेशका शीर्ष नेतृत्वहरू पनि सामेल हुने भएका… Read More

17 हजार 8 सय फीटमाथि गरिने ऐतिहासिक म्याराथन

17 हजार 8 सय फीटमाथि गरिने ऐतिहासिक म्याराथन

गान्तोक, 30 मई। सिक्किम माउण्टनेरिङ एसोसिएशन (एसएमए)-ले ग्लोवल रनिङ डे-को अवसरमा उत्तर सिक्किमको 17800 फीटको उँच्चाईमा स्थित गुरुदोङ्मार झील परिसरबाट पहिलो गुरुदोङ्मार म्याराथन आयोजना गर्ने भएको छ। आगामी 5 जूनको दिन हुने गुरुदोङ्मार म्याराथनमा देशभरिका तीस जना व्यवसायिक धावकहरूले सहभागिता जनाउने छन्। बिहिबार प्रेस क्लब अफ् सिक्किममा एसएमए-का अध्यक्ष एवरेष्टर कुञ्जाङ ग्याछो, सल्लाहकार जिङ्पिङ थेण्डुप र प्रचार सचिव प्रवीण खालिङले पत्रकार सम्मेलन आयोजना गरेर म्याराथनबारे जानकारी गराए। जसमा यो म्याराथन सम्भवत विश्‍वकै सबैभन्दा उँचाईबाट शुरु हुने म्याराथन रहेको एसएमए-ले दावी गरेको छ। जुन उत्तर सिक्किमको तिब्बत र भारतको सीमामा स्थित शीत मरूभूमिमा रहेको सुन्दर झील परिसरबाट हुनेछ। यस म्याराथनमा सिक्किमलगायत महाराष्ट्र, पुणे, कोलकाता, हैदराबाद, दार्जीलिङ र कालेबुङका धावकहरू रहेका छन्। जसमा 61 वर्षीय सबैभन्दा वृद्ध धावक रहेका छन् भने सबैभन्दा युवा धावकमा 13 वर्षीय किशोर रहेका छन्। सहभागी धावकहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने यो कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य सिक्किमको साहसिक पर्यटनलाई विकास गर्नु रहेको अध्यक्ष ग्याछोले बताए। यसैगरी यसभन्दा अघि कञ्चनजङ्गा म्याराथन एसएमएले आयोजना गर्दै आइरहेको छ। जुन ट्रेल रन रहेको छ भने अब हुनगइरहेको गुरुदोङ्मार म्याराथन अलकत्रे सडकमा हुने म्याराथन हो। यस सहासिक खेलको निम्ति अन्तर्राष्ट्रिय स्तरबाटै चासो देखाउनेहरूको घुइँचो लागेको भएपनि प्रतिबन्धित क्षेत्र भएको कारण विदेशीहरूलाई उक्त क्षेत्रमा लान नसकिएको तथा भविष्यमा गृह मन्त्रालयसित साझेदारी… Read More

राज्यपाल गंगा प्रसादले जारी गरे नयाँ मन्त्रीहरूको विभाग

राज्यपाल गंगा प्रसादले जारी गरे नयाँ मन्त्रीहरूको विभाग

गान्तोक, 30 मई। राज्यपाल गंगा प्रसादले मुख्यमन्त्री र मन्त्री परिषदको विभाग छुट्याउने आदेश जारी भएको छ। आज बिहिबार राज्यपालद्वारा जारी आदेशमा मुख्यमन्त्री पीएस गोले गृह, वित्तीय तथा व्यय विकास योजना र पूर्वोत्तर परिषद मामिला, आबकारी विभागको प्रभारी मन्त्री रहने छन्। यसैगरी केएन लेप्चालाई मानव संसाधन विकास, कानुन तथा विधान र संसदीय मामिला, भू-राजस्व तथा आपदा प्रबन्धन विभागको मन्त्री बनाइएको छ। यसैगरी बीएस पन्तलाई पर्यटन तथा नागरिक उड्डयन र उद्योग विभागको मन्त्री बनाइएको छ। यसरी नै डा. एमके शर्मालाई स्वास्थ्य तथा सुरक्षा मामिला अनि परिवार कल्याण र सामाजिक न्याय तथा सशक्तीकरण तथा कल्याण विभागको जिम्मेवारी सुम्पिएको छ। मन्त्री अरुण उप्रेतीलाई शहरी विकास तथा आवास विभाग, खाद्य तथा नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागको जिम्मेवारी सुम्पिएको छ। मन्त्री साम्डुप लेप्चालाई जनकार्य (सडक तथा पूल) सांस्कृतिक मामिला एवं धरोहर विभागको प्रभारी बनाइको छ। यसरी नै लोकनाथ शर्मालाई खाद्य सुरक्षा एवं कृषि विकास बागवानी र नगदेबाली विकास अनि पशुधनलगायत सूचना तथा जनसम्पर्क तथा मुद्रण विभागको प्रभार सुम्पिएको छ। यसरी नै एमएन शेर्पालाई ऊर्जा तथा विद्युत अनि श्रम विभागको मन्त्रीको भार सुम्पिएको छ। यसरी नै वन पर्यावरण र वन्य प्राणी प्रबन्धन, खानिज तथा खानी, भू-गर्भ, विज्ञान तथा तक्निकी विभागको मन्त्रीको रूपमा कर्मा लोडे भोटियालाई सुम्पिएको छ। यसरी नै मन्त्री भीमहाङ लिम्बूलाई जल सुरक्षा, पीएचई, जल… Read More

उत्तरमा प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम शुरू

उत्तरमा प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम शुरू

मगन, 30 मई। उत्तर जिल्लाका जिल्लापालले आजदेखि प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम शुरू गरेका छन्। उनले अप्पर जङ्गुको विभिन्न क्षेत्रमा सम्बन्धित विभागका अधिकारीहरूसित भ्रमण गरेका छन्। यस भ्रमणको अवसरमा संकालाङ पुलदेखि सीडब्लुसीसम्मको सडक अतिनै दयनीय स्थितिमा भएको पाएपछि ग्रेफसित सभा गरेर भोलिदेखि नै सडक मरम्मति कार्य शुरू गर्ने निर्णय गरिएको छ। यसरी नै सभामा रिङ खोला पुलको पनि चर्चा गरिएको छ। जिल्लापालको टोलीले पासिङ्दाङको बीएसी र महकुमा कार्यालयको पनि भ्रमण गरेको छ। यसरी नै जिल्लापालको टोलीले पासिङदाङ पीएचसीको भ्रमणका अवसरमा पैह्रोको कारण क्षति भएको पीएचसीमा सुरक्षा पर्खाल लगाउने कार्य अनुमोदन गरेको छ। यस अतिरिक्त पासिङदाङको अन्य विभिन्न स्थलहरूको पनि निरीक्षण भएको छ। यसरी नै जिल्लापालको टोलीले मानताम क्षेत्रको पनि भ्रमण गरेको छ। स्मरण गराइन्छ, तिङभोङ जीपीयू अहिले सडक सम्पर्कविहीन भएको छ। भ्रमणको अवसरमा तिङभोङ जीपीयूलाई सडक तथा पुलमार्फत वैकल्पिक मार्ग प्रदान गर्ने उद्देश्यमा सम्भावित स्थलको पनि निरीक्षण गरिएको छ। निरीक्षणको समयमा वैकल्पिक सडक मार्ग बनाउन सक्ने मार्ग पहिचान गरिएपछि सम्बन्धित विभागले एक हप्ताभित्रमा अनुमानित लागत तयार गर्नुपर्ने निर्देश भएको छ।

वर्षाको कारण पैह्रोले सडक अवरुद्ध

वर्षाको कारण पैह्रोले सडक अवरुद्ध

गान्तोक, 30 मई। विगत केही दिनदेखि निरन्तर भारी वर्षाका कारण पाकिम महकुमाअन्तर्गत विभिन्न स्थानमा पैह्रो गएको छ। पाकिम महकुमाअन्तर्गत पदमचे, कालीखोला आदि स्थानमा पैह्रो गएको कारण सडक अवरुद्ध बनेको छ। आज दिनभरि नै सडक विभागको पहलमा सडक सुचारू गर्ने कार्य भयो। पञ्चायत सावित्री शर्माअनुसार पदमचेमा गएको पैह्रो भारी वर्षा भए पुनः पैह्रो आउने सम्भावना अधिक छ। यसरी नै रानीपुल आसाम लिङ्जे ट्याक्सी स्ट्याण्ड नजिकमा पनि पैह्रो गएको कारण लगभग एक घण्टासम्म सडक अवरुद्ध भयो। यसरी नै रोडाथाङ र रंगेली सडकमाझ 12 माइलमा पनि सडक बन्द भएको छ। पैह्रोले यो सडक मार्गमा एसके 01जे 2570 -लाई क्षतिग्रस्त बनाएको छ। पैह्रोले यो ट्याक्सीलाई आधा अधिक पुरेको थियो। सम्बन्धित विभागका अधिकारीले भोलि दिनभरिमा यो अवरुद्ध सडकलाई सुचारू गर्ने बताएका छन् भने यात्रीहरूलाई रोडाथाङदेखि रिनाक भएर रंगेली तर्फ जाने सल्लाह दिइएको छ।

तिञ्चिङखाङ हिमशिखरको सफल आरोहण

तिञ्चिङखाङ हिमशिखरको सफल आरोहण

गान्तोक, 30 मई। सिक्किमको सहासिक पर्यटनमा पर्वतारोहण मुख्य आकर्षण हुनसक्ने हालै तेलङ्गना र सिक्किमको संयुक्त पर्वतारोहणमा पश्‍चिम सिक्किमको हिमशिखर तिञ्चिङखाङ (6010 मिटर)-को सफल आरोहण गरेर फर्की आएका पर्वतारोही नविन कुमारले मन्तव्य व्यक्त गरेका छन्। सिक्किमका एवरेष्टर कुङ्जाङ ग्याछोसित गत 18 मईको बिहान ठिक 7-30 बजी पश्‍चिम सिक्किमको सुन्दर पर्वतहरू मध्ये एउटा मानिने तिञ्चिङखाङको सफल आरोहण गरिसकेपछि राजधानी आइपुगेका कुमारले खुशी व्यक्त गर्दै यो अभियान केवल आठ दिनमा पूरा गर्न सकिएको अनि एकदमै रोमाञ्चक र सहासपूर्ण अभियान रहेको बताए। गत 10 मईको दिन राजधानी गान्तोकबाट खेलकूद तथा युवा मामिला विभागका सचिव डा. आरके तामाङले झण्डा हल्लाएर अभियानको निम्ति विदा गरेको आरोही दलले 18 तारिकको दिन बिहान 12 बजी समिट क्याम्पबाट आरोहणको निम्ति निस्किएका दुवै आरोहीले साँडे सात घण्टमा तिञ्चिङखाङको शिखरमा पाइला राखेका थिए।

आर्टिफिशियल रक क्लाइम्बिङमा विष्णु कुमार गुरुङलाई स्वर्ण पदक

आर्टिफिशियल रक क्लाइम्बिङमा विष्णु कुमार गुरुङलाई स्वर्ण पदक

गान्तोक, 30 मई। राजधानीको ताथाङचेन निवासी विष्णु कुमार गुरुङले नर्थ इस्ट ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन्। 14 वर्षिय गुरुङले उक्त प्रतियोगिता अन्तर्गत सब जुनियर वर्गमा स्वर्ण पदक हासिल गरेका हुन्। उक्त प्रतियोगिता गत 25 अनि 26 मईको दिन असममा भएको थियो। उनले सिक्किम पर्वतारोहण संघ (एसएमए) लाई प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएका थिए। संघका अध्यक्ष कुञ्जाङ ग्याछोले जानकारी दिएअनुसार देशका अन्य राज्यहरूमा यो खेल धेरै अगाडीदेखि शुरू भइसकेको छ। तर, सिक्किममा यो खेलबारे जानकारीको अभाव थियो। गत वर्षदेखि मात्र मेडल आउन थालेको छ। यति छोटो समयमा पनि राज्यका खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। अर्कातिर, राज्य खेलकुद विभागबाट पनि राम्रो सहयोग प्राप्त भइरहेकोमा उनले विभागप्रति आभार प्रकट गरेका छन्।-हिस/विशाल

रिनाक स्कूलमा अभिभावक-शिक्षक समन्वय सभा सम्पन्न

रिनाक स्कूलमा अभिभावक-शिक्षक समन्वय सभा सम्पन्न

भानुराज थापा रिनाक, 30 मई। रिनाक सरकारी उच्चत्तर माध्यमिक स्कूलको नवनिर्मित प्रेक्षागृहमा आज अभिभावक शिक्षक समन्वय सभा सम्पन्न गरियो। आरीटार ग्राम पञ्चायत एकाइका क्षेत्रीय समष्टिका जिल्ला पञ्चायत सदस्य एनबी छेत्रीको सभाध्यक्षमा आयोजित यस सभामा आरीटार ग्राम पञ्चायत एकाइका पञ्चायत सदस्य नवीन छेत्री, रिनाक ग्राम पञ्चायत छिरिङ डिकी शेर्पा साथै प्रधानाचार्य एसके प्रधान, शिक्षक शिक्षिका, रिनाक सरकारी महाविद्यालयका प्राध्यापकगण, कक्षा 10 अनि 12 मा टप्पर रहेका विद्यार्थीहरूसहित भारी मात्रामा अभिभावकहरूको समागम रहेको थियो। शिक्षकद्वय एमपी शर्मा अनि एचएन मिश्र शर्माद्वारा सञ्चालित सभालाई शिक्षक अमित शर्माले स्वागत सम्बोधनमा सभाको उद्देश्यबारे बताएपछि स्कूलको शैक्षिक स्तर, प्रशासनको कार्यशैली अनि प्रगतिका कुराहरू अभिभावक अघि राख्दै प्रधानाचार्य एसके प्रधानले स्कूलले गर्नुपर्नेमा विद्यार्थी-शिक्षकको परिचय पत्र, ब्यागपाइपर ब्याण्डको थाल्नी। गाउण्डको ग्यालेरी, फेन्सीङको काम गर्नुपर्ने प्रमुख कार्य छन् अनि स्कूलले कक्षा 12 मा यसपल्ट राज्यमा टप्पर गरेको छ र विभिन्न प्रायोजकहरूद्वारा एकमुष्ठमा 5 वटा पुरस्कारहरू 94 प्रतिशत (कला)-मा उतीर्ण गरी राज्य तथा स्कूल टप्पर बनेकी सुभद्रा शर्मालाई प्रदान गरिने साथै सिप्ला फाउण्डेसनले प्रत्येक टप्परहरूलाई पुरस्कृत गरिनेछ। स्कूलमा विज्ञानको निम्ति नयाँ रोबोटिक प्रयोगशालाको स्थापित गरिएको छ, जसमा भारत सरकारले 4 लाखको अनुदान दिएको साथै मोबाइल विज्ञान प्रयोगशालाको पनि चाँडै दिल्लीको एक टोलीद्वारा शुरु गरिने जानकारी दिँदै जसमा वरपरका विभिन्न स्कूलहरूलाई पूरा सहायता हुने प्रधानचार्यले बताए। एआइएसएससीई 2019 को कक्षा 12… Read More

राजधानीमा पहिलोपल्ट कथक नृत्यलाई लिएर कार्यक्रम आयोजना गरिने

राजधानीमा पहिलोपल्ट कथक नृत्यलाई लिएर कार्यक्रम आयोजना गरिने

गान्तोक, 30 मई। राजधानी गान्तोकमा भरत नाट्यम (क्लासिकल)-को कथक नृत्यलाई लिएर पहिलो चोटि विशेष कार्यक्रम आयोजना हुने तयारी रहेको छ। नटराज नृत्य केन्द्र अनि नृत्यञ्जली डान्स एकाडेमीको संयुक्त आयोजनामा गरिने उक्त कार्यक्रम आगमी 1 जुनको दिन हुने भएको छ। आज राजधानी गान्तोकस्थि प्रेस क्लब अफ् सिक्किमको सम्मेलन कक्षमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै संस्थानका प्रतिनिधिहरूले उक्त जानकारी दिएका हुन्। कार्यक्रममा राज्यका कूल 60 जना नृत्य कलाकारहरूले भाग लिने भएका छन्। कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्रप्ता गरेका शास्त्रीय नृत्य कलाका गुरू सन्दिप मल्लिकले आफ्नो विशेष प्रस्तुति दिने छन्। यस अवसरमा कोलकाताबाट वाद्यवाधक अनि केही नृत्य कलाकारहरू कार्यक्रममा आउने भएको निशान्त सिङले पत्रकारहरूलाई जानकारी गराएका छन्। शास्त्रीय सङ्गीत विकसका लागि राज्य सरकारले पनि आफूहरूलाई सहयोग गरिदिने अपील गरेका छन्। यसरी नै उनले राज्यमा रहेका विश्‍वविद्यालयहरूमा पनि शास्त्रीय सङ्गीत विभाग खोलिनु पर्ने सुझाउ राखेका छन्। पत्रकार सम्मेलनमा बोल्दै क्लासिकल नृत्यका गुरू सन्दिप मल्लिकले भने पहाडमा क्लासिकल नृत्यका लागि कलाकारहरूमा धेरै चासो रहेको पाइन्छ। यस क्षेत्रमा उनी भविषयमा सफल कलाकर बन्न सक्छन्। हाल पश्‍चिमी संगीतले भारतमा पनि धेरै प्रभाव बनाइसकेको भन्दै भारतको शास्त्रीय सङ्गीत र नृत्यको संरक्षण हुनु आवश्यक रहेको बताए। सम्मेलनमा नटराज नित्य केन्द्र अनि नृत्यञ्जली डान्स एकाडमीका प्रतिनिधि सुन्नी राई अनि अञ्जली राई पनि उपस्थित थिए।