सिङतामको कार पार्किङ स्थल चाँडै सञ्चालनमा आउने

सिङतामको कार पार्किङ स्थल चाँडै सञ्चालनमा आउने

नन्दु दूतराज सिङ्ताम, 26 अप्रेल। सिङताम बजारको वाहन पार्किङ समस्या अब केही हदसम्म समाधान हुने निश्‍चित भएको छ। सिङताम बजारमा गाडी पार्क गरेर खाना-खाजा खान अनि केही सपिङ गर्न अब सजिलो हुने भएको छ। सिङतामको गाडी पार्किङलाई लिएर आज सिङताम नगर पञ्चायत सभापति सावन कुमार प्रधान, पार्षद् रजनी सिंह सिञ्चुरी, राम नरेश प्रसाद, भूमि सुब्बा, एमईओ पूर्ण कुमार राई, सिङ्ताम थाना प्रभारी सञ्जय राई, एसओ राजेन राई, एसएमटीडब्लुएका अध्यक्ष टिंकू अधिकारी, सिङ्ताम न्यू जेनेरेशन सहकारी समितिका अध्यक्ष ताछिरिङ लेप्चा, बजार ठिकादार, पार्किङ ठिकादार तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिमा सिङताम सामुदायिक केन्द्रको प्रेक्षागृहमा समन्वय सभा सम्पन्न भयो। सभाले सिङताम लाल बजारमा निर्माण गरिएको भव्य सपिङ कम्प्लेक्स परिसरको वाहन पार्किङ स्थानलाई अब प्रयोगमा ल्याउने निर्णय गर्दै विशेष बस्तीहरूबाट आउने-जाने ट्याक्सी वाहनहरूलाई नयाँ पार्किङमा स्थान दिइने तय गरियो। आजको सभाले सिङताम बजारमा धेरै दिनअघिदेखि धूलोसरी पार्क गरेर राखिएको वाहनहरुलाई पनि अन्य कतै सार्ने तथा यस विषयमा वाहन मालिकहरूसित सम्पर्क गरेर सुव्यवस्थित गर्ने चर्चा-परिचर्चा गरिएको छ। सभाले सिङताम बजारको कतिपय ठाउँमा बिजुली नभएको अनि सिङताम रानीखोला वकवेमा पनि बिजुलीको समस्या भइरहेको चर्चा गर्दै यस्ता विषयमा सबै सचेत नागरिकहरूले सहयोगको हात बढाएर काम गर्नु पर्ने कुरामा जोर दिँदै सिङताम नगर पञ्चायतसहित व्यक्ति विशेषहरूले पनि बिजुलीको समस्याको हल गर्न धेरै प्रयास गरिरहेको अवगत गराइयो। सिङताम… Read More

शिवकुमार राई स्मृति डाक टिकट लोकार्पण

शिवकुमार राई स्मृति डाक टिकट लोकार्पण

गान्तोक, 26 अप्रेल। स्व. शिवकुमार राईको जन्म शताब्दी समारोह समिति गान्तोकले आज देउरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको रङ्गशालामा शिवकुमार राई जन्म शताब्दी समारोह आयोजन गर्यो। राज्यपाल गंगा प्रसादको मुख्य आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्व. शिवकुमार राई स्मृति डाक टिकटको लोकार्पण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले स्व. शिवकुमार राईले नेपाली भाषा साहित्य, सङ्गीत अनि राजनीतिको क्षेत्रमा पुर्याएको योगदानमाथि चर्चा गरे। उनले स्व. राई गोर्खाहरूका निम्ति प्रेरणाको श्रोत रहेको बताउँदै विद्यार्थी तथा नेपाली भाषीहरूले उनका कार्यहरूको अनुशरण गर्नुपर्ने बताए। स्व. राई एक साहित्यकार, गीतकार र पत्रकार मात्र नरहेर एक राजनीतिज्ञ पनि रहेको अनि गोर्खालीहरूको निम्ति एक प्रेरणाको श्रोत रहेको बताए। राज्यपालले विद्यार्थीहरूलाई यस्ता ऐतिहासिक पुरुषहरूको कार्यहरूलाई अनुशरण गर्नुपर्ने बताउँदै जीवनमा सफल बन्नुछ भने महापुरुषहरूका जीवनी र उनीहरूको पुस्तकहरूमाथि गहन अध्ययन गर्न आवश्यक रहेको बताए। कार्यक्रममा शिवकुमार राई स्मृति डाक टिकटको लोकार्पणसँगै साहित्यकार तथा आयोजन समितिका अध्यक्ष शङ्करदेव ढकालको गीति एल्बमको पनि लोकार्पण गरियो। यस कार्यक्रममा अध्यक्ष शङ्करदेव ढकालले स्वागत भाषणसँगै स्वर्गीय शिवकुमार राईबारे संक्षिप्त जानकारी राखेका थिए भने कार्यक्रम आयोजन समितिका महासचिव चुनिलाल घिमिरेले स्वर्गीय शिवकुमार राईको जीवनीमाथि प्रकाश पारेका थिए।

चोर बाटो हिँडेर प्राप्त गरेको सफलता दीर्घमियादी बन्दैनः चुनिलाल घिमिरे

चोर बाटो हिँडेर प्राप्त गरेको सफलता दीर्घमियादी बन्दैनः चुनिलाल घिमिरे

गान्तोक, 26 अप्रेल। दक्षिण सिक्किमको नाम्ची कामराङ कलेजको प्रेक्षागृहमा नेपाली भाषा, साहित्य कला र संस्कृतिको सम्बर्द्धन एवं विकासमाथि चर्चा-परिचर्चा गर्न गत 23 अप्रेलको दिन साहित्यिक मञ्चन कार्यक्रमको आयोजन गरिएको थियो। वरिष्ठ नाटककार तथा निर्देशक चुनिलाल घिमिरे मुख्य अतिथि रहेको कार्यक्रमलाई सोही कलेजका प्राचार्य डा. परशुराम पौडेलले अध्यक्षता गरेका थिए भने बाल दर्पण पत्रिकाका सम्पादक भीम प्रधान, सृजनात्मक वैचारिक मञ्चका अध्यक्ष हरिभक्त शर्मा कवि सरमान सुब्बा, भीम थापा लगायत कलेजका प्राध्यापकगण र विद्यार्थीवर्गको बाक्लो उपस्थिति रहेको थियो। मुख्य अतिथि एवं स्रोत वक्तासमेत रहेका चुनिलाल घिमिरेले अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषा, साहित्य कला र संस्कृति हाम्रो चिन्हारी हो भन्दै यसलाई व्यापक शास्त्रको रूपमा लिनुपर्ने बताए। उनले भने, मानिसको जीवन सबैभन्दा महत्वपूर्ण छ, साहित्यले त्यही जीवन जीउने कलाको अन्वेषण र प्रदर्शन गर्दछ। मुख्य अतिथि घिमिरेले एझ भने, साहित्य शास्त्र सँगसँगै कला पनि हो, साहित्य नलेखी गीत, संगीत, नाटक, चलचित्र केही पनि बन्दैन। मानव मनका असंख्य भावलाई व्यक्त गर्न संसारभरि साहित्यको विकास भइरहेको उनले उल्लेख गरे। घिमिरेले भने, साहित्य होस् वा राजनीति, धर्म होस् वा संस्कृति त्यसको आधार भनेको हाम्रो समाज हो। व्यक्तिगत स्वार्थसम्म मात्र लेखकको सपना फैलिएको हुनु हुँदैन भन्दै साहित्य देश काल र परिस्थिति अनुरूप लेखिनु पर्छ भन्ने बताए। उनले विद्यार्थीहरूलाई शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै शिक्षाको अर्थ डिग्री थाप्नु र नोकरी… Read More

तीन महिनाव्यापी कृषि क्षमता विकास कार्यक्रमको समापन

तीन महिनाव्यापी कृषि क्षमता विकास कार्यक्रमको समापन

नामथाङ, 26 अप्रेल। नामथाङ रातेपानी समष्टिअन्तर्गत करेक जीपीयूमा आयोजित तीन महिनाव्यापी कृषि क्षमता विकास कार्यक्रम गत 24 अप्रेलको दिन समापन भएको छ। यो कार्यक्रम 24 दिसम्बर 2018 -देखि स्थानीय अमरदीप क्लब करेकले नेहरू युवा केन्द्र नाम्चीको सहयोगमा आयोजना गरेको थियो। प्रशिक्षणमा विशेष गरी च्याउ खेती, मौरी पालन, जडीबुटी, बागवानी, पुष्प खेती, भर्मीकल्चर र सागसब्जी खेती विषयमा कृषकहरूलाई ज्ञान प्रदान गरिएको छ। समापन कार्यक्रममा पञ्चायत सभापति छिरिङमित लेप्चा, पञ्चायतगण, ग्राम प्रशासन केन्द्रका कर्मचारी, अमर दीप क्लबका सभापति सोमबहादुर राई, क्लबका सदस्यवर्गसहित नेहरू युवा केन्द्रका सुयोग प्रधान, मिलन सुब्बा, एसएचजीका सदस्य र प्रशिक्षार्थीहरू उपस्थित थिए। समापन कार्यक्रमलाई सुयोग प्रधान र सोमबहादुर राईले पनि सम्बोधन गरेका थिए। सफलतापूर्वक प्रशिक्षण पूरा गर्नेहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ।

केजीबीवीमा प्रवेश सम्बन्धी समन्वय एवं परामर्श सभा आयोजित

केजीबीवीमा प्रवेश सम्बन्धी समन्वय एवं परामर्श सभा आयोजित

गेजिङ, 26 अप्रेल। पश्चिम सिक्किमको गेरेथाङस्थित कस्तुर्बा गान्धी बालिका स्कूल (केजीबीवी)-मा प्रवेश सम्बन्धी अभिभावक अनि विद्यार्थीहरूलाई लिएर समन्वय एवं परामर्श सभा आयोजन गरियो। राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आयोजित सभामा एसडीएम तुसार जी. निखारे, मानव संसाधन विकास विभागका अतिरिक्त निदेशक श्रीमती टी. इडेन भोटिया, विद्यालयकी प्रधानाध्यापक श्रीमती सुष्मा मोहरा आदि उपस्थित थिए। सभामा उपस्थित विद्यार्थीहरूलाई एसडीएमले अध्ययनप्रति प्रोत्साहन प्रदान गर्दै शिक्षा आर्जन गर्ने अवसरबाट सक्दो लाभ उठाउन सुझाउ दिए। उनले शिक्षालाई आफ्नो मुख्य लक्ष्य बनाएर गरिनुपर्ने अतिरिक्त पाठयक्रम गतिविधिहरूको महत्वबारे पनि बताए। यसैगरि, अभिभावकहरूले पनि आफ्ना नानीहरूलाई निरन्तर समर्थन गर्नुपर्ने र उनीहरूका शैक्षिक गतिविधिमाथि ध्यान दिनुपर्ने बताए। उनले नानीहरूका निम्ति स्कूल अनि स्कूलको वातावरण उत्कृष्ट बनाउन स्वयंलाई उत्पादनमूलक गतिविधिहरूमा संलग्न गर्ने सुझाउ पनि दिए। विद्यार्थीहरूले राम्ररी शिक्षा ग्रहण गरे मात्र भविष्यमा उनीहरूले राम्रा अवसरहरू प्राप्त गर्न सक्ने उनले बताए। एसडीएमले विद्यार्थीहरूलाई आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा लगाउने आह्वान गरे। उनले अभिभावकहरूलाई समाचार पत्र पढ्ने बानी बनाउने, एसएमसी फोरममा सक्रिय रूपमा सहभागी बन्ने सुझाउ पनि दिए। आइपीआर विभागले दिएको जानकारी अनुसार मानव संसाधन विकास विभागकी अतिरिक्त निदेशक श्रीमती भोटियाले स्कूलका दिशानिर्देशहरूबारे जानकारी दिइन्। स्कूलविद्यालयकी प्रधानाध्यापक र कर्मचारीहरूले प्रवेश फारम र अन्य सूचनाहरूबारे जानकारी दिएका थिए।-हिस/बिशाल

टीकाकरण विषयमा जागरण कार्यक्रम

टीकाकरण विषयमा जागरण कार्यक्रम

गान्तोक, 26 अप्रेल। लोअर आरिथाङको आईसीडीएस केन्द्रमा आज पोषण अभियानअन्तर्गत टीकाकरण विषयमा जागरण कार्यक्रम आयोजना गरियो। जागरण कार्यक्रममा आँगनवाडी कार्यकर्ता पालकित तामाङले गर्भवती महिला, स्तनपान गराउने आमा र किशोरीहरूलाई टीकाकरणको महत्वबारे जानकारी गराइन्। गर्भवती महिलाहरूले टीटीको खोपसितै आइरन तथा फोलिक एसिडको सेवन गर्नुपर्नेबारे पनि उनले अवगत गराइन्। यसरी नै शिशुहरूलाई लगाइने अनिवार्य टीकाकरणहरू स्वास्थ्य केन्द्रहरूमा निःशुल्क उपलब्ध हुने र नानीहरूलाई टीकाकरणसितै 6-6 महिनाको अन्तरालमा भिटामिन ए को खुराक दिनुपर्ने जानकारी दिइन्। यसरी नै सरकारद्वारा शुरू गरिएको एचपीभी टीकाकरण विषयमा पनि उनले विस्तारमा बताएकी थिइन्। यस अवसरमा आँगनवाडी सहायक तुलसा छेत्रीको पनि उपस्थिति थियो।

गरिबीको जीवविज्ञान

गरिबीको जीवविज्ञान

गरीबहरू किन गरीब अनि अमीरहरू किन अमीर हुन्छन्? यो एउटा त्यस्तो प्रश्‍न हो जुन प्रश्‍नसित हामी युगौंदेखि संघर्ष गर्दै आइरहेका छौं। प्राचीन साहित्यमा पनि राजादेखि रैतीसस्म अनि कृष्णदेखि लिएर सुदामासम्मको आर्थिक असमानता देखिएको छ। देखाइएको छ। एक समय गरिबीलाई कि त भाग्यको खेल मानिन्थ्यो कि त कर्मको फल मानिन्थ्यो अनि कि त ईश्‍वरको इच्छा। त्यसपछि यसलाई शिक्षा, योग्यता अनि क्षेत्रीयतासित पनि जोडेर हेर्न थालिएको थियो। त्यसपछि फेरि यस्तो अवधारणाको विकास भयो जहाँ हाम्रो अर्थव्यवस्था नै यस्तो बनिएको छ जसले केही मानिसहरूलाई अमीर बनाउँछ अनि केही मानिसहरूलाई गरीब। यसैलाई लिएर शोषणको सिद्धान्तसितै नैतिकता पनि बन्यो। आजको समयमा आर्थित सिद्धान्त धेरै प्रचलित छ। अरु नभए पनि अर्थव्यवस्थामा परिवर्तन ल्याएर गरिबीलाई हटाउन सकिन्छ भन्ने सोच अहिले मान्य रहेको छ। स्वीकार्य छ। उसो त अहिले पनि आर्थिक सिद्धान्तलाई सबैले स्वीकारीहालेका छैनन्। यदि त्यसो हो भने एकैप्रकारको शिक्षा-दीक्षा र पृष्ठभूमि हुने दुई व्यक्तिको आर्थिक स्थिति किन भिन्नाभिन्ै हुन्छ भन्ने प्रश्‍न आर्थिक सिद्धान्त अस्वीकार गर्नेहरूले उठाइरहेका छन्। केही जेनेटिक वैज्ञानिकहरू पनि यो समूह अथवा पक्षमा रहेका छन्। यही विषयलाई लिएर उनीहरू अहिले पनि शोध गरिरहेका छन्। त्यसमा पनि धेरै नयाँ-नयाँ विवादहरू उठिरहेको कुरा प्रकाशमा आइरहेका छन्। ब्रिटेनमा मानिसहरूको ‘जिन’-को विस्तृत अध्ययनको लागि एक सार्वजनिक डाटाबेस तयार गरिएको छ, जसलाई ‘यूके बायोबैंक’ भनिन्छ। यसमा 8 लाखभन्दा अधिक… Read More