आम चुनाउ 2019: तेस्रो चरणको मतदान आज

आम चुनाउ 2019: तेस्रो चरणको मतदान आज

14 राज्य र दुईवटा केन्द्र शासित प्रदेशमा मतदान हुने नयाँ दिल्ली, 22 अप्रेल। आम चुनाउ 2019-को तेस्रो चरणमा भोलि 23 अप्रेलको दिन मतदान हुनेछ। तेस्रो चरणमा 14 राज्य र दुईवटा केन्द्र शासित प्रदेशमा 116 वटा लोकसभा निर्वाचन क्षेत्रका लागि मतदान हुनेछ। निर्वाचन आयोगअनुसार विभिन्न चरणमध्ये तेस्रो चरण सबैभन्दा ठूलो चरण हो अनि यसमा सर्वाधिक 116 वटा संसदीय निर्वाचन क्षेत्र सामेल छन्। 23 अप्रेलको दिन 18 करोड 85 लाख भन्दा अधिक मतदाताले 1640 उम्मेद्वारहरूको भाग्य इभीएम मशिनमा बन्द गर्नेछन्। सुचारू रूपमा मतदान सञ्चालन गराउनका लागि 2 लाख 10 हजारभन्दा अधिक मतदान केन्द्र बनाइएको छ। जम्मु कश्मिरमा आम चुनाउ 2019 अन्तर्गत अनन्त नाग संसदीय निर्वाचन क्षेत्रमा मतदान तेस्रो, चौथो र पाचौं चरणमा हुनेछ। देशको यो एउटा एकमात्र निर्वाचन क्षेत्र जहाँ तीनवटा चरणमा मतदान भइरहेको छ। अनन्त नागका चार जिल्लामा अनन्त नाग, कुलगाम, सोपिया र पुलवामा सामेल छन्। माथि उल्लेख गरिएको आँकडा अनन्तनाग जिल्लासित पनि सम्बन्धित छ। जहाँ 23 अप्रेलको दिन मतदान हुनेछ। अनन्त नाग संसदीय निर्वाचन क्षेत्रमा चुनाउ आंशिक रूपले तेस्रो, चौथो र पाचौं चरणमा सम्पन्न हुनेछ। यसरी नै त्रिपुरा संसदीय निर्वाचन क्षेत्रमा दोस्रो चरणमा हुनेवाला चुनाउलाई स्थगित गरिएको छ। उल्लेख्य, 23 अप्रेलको दिन असमका चारवटा संसदीय निर्वाचन क्षेत्र, बिहारको पाँचवटा, छत्तीसगढ सातवटा, गोवा दुईवटा, गुजरात 26, जम्मु कश्मिर एक(आंशिक), कर्नाटक 14,… Read More

मुख्यमन्त्रीद्वारा पृथ्वी दिवसको सन्देश

मुख्यमन्त्रीद्वारा पृथ्वी दिवसको सन्देश

गान्तोक, 22 अप्रेल। पृथ्वी दिवसको अवसरमा मुख्यमन्त्री पवन चामलिङले आफ्नो सामाजिक सञ्जालमा एउटा सन्देश साझा गर्दै प्रत्येक नागरिकहरूबाट सिक्किमको जैवविविधता र प्राकृतिक सम्पदालाई सुरक्षित भविष्यतर्फ अगाडि बढाउन प्रत्येक नागरिकहरूबाट सहयोगको अपेक्षा गरेका छन्। आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, पृथ्वी हाम्रो निम्ति अमूल्य ग्रह हो। यो मात्र यो यस्तो ग्रह हो जहाँ अहिलेसम्म जीवन सम्भव भएको छ। यसर्थ आउनुहोस् हामी सबै मिलेर हाम्रो सामुहिक र व्यक्तिगत पहलमार्फत पृथ्वी माता र हाम्रो पर्यावरणलाई संरक्षण गर्ने सङ्कल्प गरौं। उनले, पृथ्वीलाई हानी पुग्ने वा प्रदूषित गर्ने कुनै पनि कार्य नगर्ने सल्लाह पनि दिएका छन्। यस वर्ष जैवविविधताको संरक्षण गर्ने विषयलाई अन्तर्राष्ट्रिय विषय बनाइएको बताउँदै सिक्किममा भएको समृद्ध प्राकृतिक संसाधनलाई संरक्षण गर्न राज्य सरकारले गरेका पहलहरूबारे पनि बताएका छन्। सिक्किमको पर्यावरण संरक्षण गर्न सरकारले हरसम्भव प्रयास गरेको र यसलाई भविष्यमा पनि निरन्तरता दिन सबै नागरिकको सहयोग आवश्यक हुने मुख्यमन्त्रीले बताएका छन्। स्मरण रहोस्, 22 अप्रेलको दिन पृथ्वीलाई विभिन्न प्रकारको सङ्कटदेखि मुक्त राख्ने उद्देश्यमा पृथ्वी दिवस पालन गरिन्छ।

सबै पार्टी मिलेर उप चुनाउ लड्ने पक्षमा गोरामुमो

सबै पार्टी मिलेर उप चुनाउ लड्ने पक्षमा गोरामुमो

समय संवाददाता दार्जीलिङ, 22 अप्रेल। गोरामुमोले दार्जीलिङ विधानसभा आसनको उप चुनाउमा पनि सबै पार्टी एकसाथ भएर लड्ने निर्णय गरेको छ। जसको लागि आगामी 2-3 दिनभित्रै गोरामुमोले सर्वदलीय बैठक गर्ने पनि योजना बनाएको आज गोरामुमो केन्द्रिय समिति नेता अजय एड्वर्डले बताए। यसका साथै यसपालीको उप चुनाउमा गत लोकसभा चुनाउको तुलनामा अझै केही पार्टी र संघ-संस्थाहरू पनि उनीहरूसित जोडिने भएको पनि बताए। उनले भने, गत लोकसभा चुनाउको समय दार्जीलिङ पहाड अनि तराईका जनताको हामीप्रति जुन जोश र उत्साह देखिएको थियो। त्यो दार्जीलिङ विधानसभा आसनको उप चुनाउमा पनि जारी रहने निश्‍चित छ। लोकसभा चुनाउमा हामीले जुन फर्मुला अपनाएका थियौं, यो उप चुनाउमा पनि हामी त्यही फर्मुला प्रयोग गर्नेछौं। किनभने, हाम्रो लागि उम्मेद्वार होइन, जातिको एकता नै ठूलो हो। यसै विषय लिएर गोरामुमोले विभिन्न राजनैतिक पार्टीहरूसित सम्पर्क अभियान पनि शुरू गरिसकेको छ। उनले लोकसभा चुनाउको परिणाम आफ्नो वा भाजपाको पक्षमा हुने दावी गर्दै भने, यदि लोकसभा चुनाउसँगै विधानसभाको उप चुनाउमा पनि हाम्रो वा सर्वदलको जीत हुन्छ भने त्यो राज्य सरकारको लागि गतिलो जवाब हुनेछ। यसको परिणामबाट दार्जीलिङ पहाडका जनता राज्य सरकारको नीतिबाट खुशी छैनन् भन्ने सन्देश जानेछ। तर यसमा हाम्रो हार भए दार्जीलिङ पहाडका जनता राज्य सरकारसित खुशी छ अनि राज्यले सही काम गर्दैछ भन्ने सन्देश जनतासमक्ष जानेछ। यसैबीच, एक प्रश्‍नको उत्तरमा एड्वर्डले भने,… Read More

सिङ्ताम पुलिस थानामा पोस्टल ब्यालटहरूको विनिमय सम्पन्न

सिङ्ताम पुलिस थानामा पोस्टल ब्यालटहरूको विनिमय सम्पन्न

गान्तोक, 22 अप्रेल। भारतको चुनाउ आयोगको दिशानिर्देश अनुसार सिक्किम संसदीय निर्वाचन अनि संघलगायत सबै 32 विधानसभा क्षेत्रको पोस्टल ब्यालट विनिमय प्रक्रिया सिङताम पुलिस स्टेशनमा सम्पन्न गरियो। यस अवसरमा सबै प्रतिभागी उम्मेद्वारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी आइपीआर विभागले दिएको छ। चारै जिल्लाका पोस्टल ब्यालट नोडल अधिकारीहरूले पोस्टल ब्यालट सिङताम पुलिस स्टेशनमा ल्याएका थिए। मतदानको निम्ति खटाइएका सरकारी कर्मचारीहरूका निम्ति पोस्टल ब्यालट मतदानको विशेष व्यवस्था गरिएको थियो। उनीहरूका पोस्टल ब्याटल सम्बन्धित जिल्ला चुनाउ अधिकारीहरूद्वारा ग्रहण गरिएको थियो। विनिमयपछि उक्त पोस्टल ब्यालटहरू जिल्ला मुख्यालयका निर्धारित स्ट्रङ रूममा लगियो जहाँ 24औं घण्टा कडा सुरक्षामा राखिने छ। पोस्टल ब्यालट मतदान गत 11 अप्रेलसम्म भएको थियो भने अब पोस्टल ब्यालटहरू पोस्टद्वारा मात्र ग्रहण गरिने छ जुन मतगणना शुरू हुने प्रक्रिया 23 मईसम्म जारी रहनेछ।-हिस/बिशाल

नदीमा डुबेर आइआरबी जवानको मृत्यु

नदीमा डुबेर आइआरबी जवानको मृत्यु

गान्तोक, 22 अप्रेल। चुनाउमा सुरक्षाको निम्ति पश्चिम बङ्गालको मुर्सिदावाद जिल्लाअन्तर्गत जङ्गीपुरीमा तैनाथ सिक्किमको आइआरबी तेस्रो बटालियनका एक 28 वर्षीय जवानको भगिरथी नदीमा डुबेर मृत्यु भएको छ। आइआरबीका कमाण्डिङ अफिसर श्रीमती ओङ्गमु भोटियाले दिएको जानकारीअनुसार नदीमा डुबेर मृत्यु हुने जवानको नाम मिङ्ग्युर छिरिङ लेप्चा हो। मृतक दक्षिण सिक्किमको क्युजिङ निवासी हुन्। गत 20 अप्रेलको दिन भगिरथी नदीमा चिप्लेर पसेपछि उनको मृत्यु भएको हो। स्थानीय मानिसहरूले उनलाई बचाउने प्रयास गर्दा पनि धेरै टाडा बगेर पुगेपछि मृत्यु भएको बताइएको छ। आज बिहान मात्र उनको मृतदेह फेला पारिएको छ। घटनाबारे थाहा पाएपछि मृतकको पिता र दाजुहरू जङ्गीपुरी पुगेका छन्। अर्कातिर, सिक्किम पुलिसको उच्च अधिकारीले घटनाबारे पुष्टि भएपछि मृतकको परिवारलाई 2 लाख रूपियाँ क्षतिपूर्ति हस्तान्तरण गरिसकेको अनि अहिले सुरक्षा बल चुनाउ आयोगको अधिनमा रहेको हुनाले त्यहाँबाट पनि क्षतिपूर्तिको निम्ति पहल गरिने बताइएको छ। मुर्सिदावादबाट मृतदेह क्युजिङ ल्याउने प्रबन्ध गरिएको थाहा लागेको छ।-हिस/बिशाल

सिङ्तामको वकवेलाई विश्‍वस्तरीय पर्यटक स्थल बनाइने छः जीएम गुरुङ

सिङ्तामको वकवेलाई विश्‍वस्तरीय पर्यटक स्थल बनाइने छः जीएम गुरुङ

नन्दु दूतराज सिङ्ताम, 22 अप्रेल। खाम्दोङ सिङ्ताम क्षेत्रका एसडीएफ पार्टी उम्मेद्वार जीएम गुरुङ (जुनियर)-ले आफ्नो क्षेत्रका कतिपय चुनाउअघि पुग्न नसकेका गाउँ-बस्तीका ग्रामीण भेगका जनताका घर-दैलोमा चुनाउपछि पनि पुगेर उनीहरूसित भेट गरिरहेका छन्। उनीहरूको समस्या र मागहरूको जानकारी लिइरहेका छन्। गुरुङले क्षेत्रमा पूर्वाधारहरूको विकास गरेर खाम्दोङ सिङ्ताम क्षेत्रलाई एक नमुनाको क्षेत्र बनाउने संकल्प गरेका छन्। यसै क्रममा उनले क्षेत्रका सबै गुम्पा, चर्च, देवीथान तथा अन्यान्य धार्मिक स्थलहरूको निरीक्षण भ्रमण गर्दै उक्त धार्मिक स्थलका प्रमुखहरूसित भेट गरी क्षेत्रको धार्मिक स्थलहरूलाई पनि पर्या-पर्यटनसित जोडेर विश्व-मानचित्रमा ल्याउने बताए। क्षेत्रवासी कोही पनि युवाहरू आफ्नो गाउँ-ठाउँबाट पलायन नहोस् भन्ने उद्देश्यले क्षेत्रमा व्यापकरूपमा पर्यटन व्यवसायमा व्यापार र रोजगारको अवसरहरू सृजना गर्ने बताउँदै गुरुङले युवाहरूलाई आफ्नो दक्ष मानव संसाधनलाई क्षेत्रमै खर्चिने अपील गरेका छन्। जनतासितको घर-दैलो सम्पर्क अभियानमा गुरुङले क्षेत्रमा विशेष पिउने पानी र बिजुलीको समस्या अनि स्कूल बढोत्तरी गर्नुपर्ने जस्ता मागहरू जनताले उनीसमक्ष राखे। यसै विषयलाई गम्भीरतापूर्वक लिएर गुरुङले क्षेत्रको राञ्चाङ खोलाको पानीको मूलस्रोतको निरीक्षण गर्दै सरकार गठन हुनेसाथ यो स्रोतको संरक्षण र विकासको निम्ति विशेष पहल गरिहाल्ने बताएका छन्। यसरी नै बिजुली आपूर्तिको समस्यालाई पनि पूर्णरूपमा समाधान गरी क्षेत्रमा नियमित बिजुली आपूर्ति गरिने अनि धेरै स्कूलहरूलाई बढोत्तरी गरिने बताएका छन्। सुबिथाङदेखि रापेनसम्मको सडक निर्माण, कार्पेटिङ गरिने तथा रापेन गुम्पा निर्माण गरेर यहाँ ध्यान केन्द्र, श्मशान घाट… Read More

केदार गुरुङको पच गर्न लागेका जागटीहरू’ लोकार्पित

केदार गुरुङको पच गर्न लागेका जागटीहरू’ लोकार्पित

गेजिङ, 22 अप्रेल। सिक्किम अकादमीका वर्तमान अध्यक्ष तथा पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा वार्षिक रूपमा प्रकाशन गरिने स्रष्टाका प्रधान सम्पादक केदार गुरुङको 11औं कवितासङ्ग्रह ‘पच गर्न लागेका जागटीहरू’-को आज विमोचन गरियो। पद्मश्रीद्वारा सम्मानित वरिष्ठ साहित्यकार गुरुङको पुस्तक लोकार्पण पश्चिम जिल्लाको गेजिङस्थित विद्युत विभागको अतिथि गृहमा आयोजन गरिएको थियो। लिङचोम सर्वोदय समाजद्वारा आयोजित यस कार्यक्रममा साहित्यकार तथा चित्रकार डा. नयन कुमार राई मुख्य अतिथि रहेका थिए भने साहित्यकार विजयकुमार सुब्बा, सन्तोष कुमार आलेलगायत अन्य विभिन्न स्थानवाट आएका वरिष्ठ साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो। विमोचन कार्यक्रममा स्वगत सम्बोधन राख्दै केदार गुरुङले यो कवितासङ्ग्रहको अर्थ खोज्ने जम्मेवारी पाठकहरूलाई जिम्मा दिएका छन्। विमोचित पुस्तकमाथि प्रकाश पार्दै साहित्यकार विजयकुमार सुब्बाले भने हामी भौतिकवादमा विकसित भयौं तर मानसिकरूपले विकसित हुन सकेका छैनौं। उनले भने, पुस्तक प्रकाशन गर्दा साहित्यकारहरूले केही जागटीहरू राखिएको हुन्छ अनि उक्त ऋण भुक्तान गर्ने नसक्दा जागटीहरू पच भएको पनि अवस्था छ। कतिपय साहित्यकारहरूले सम्मान पाएपछि साहित्य लेख्न छोडिसकेको पाइन्छ। तर, केदार गुरुङले पद्मश्री जस्तो गरिमामय सम्मान पाएता पनि आज कवितासङ्ग्रह निकाल्नु भएको छ। उनले अझ भने, हाम्रो लडाईं भनेको रक्सी दोकानभन्दा पुस्तक दोकान बजारमा हुनुपर्छ भन्ने हो। तर, आज मानिसहरू आँखा चिम्म गरेर रक्सी पिउन सक्छन्, तर पुस्तक किनेर पढ्ने समय हुदैन। मानिस बाँच्न सक्छ भने केवल भाषा परम्पराले मात्र जीवित हुन सक्छन्। यसरी… Read More

पिपले स्कूलमा विश्‍व पृथ्वी दिवस पालन

पिपले स्कूलमा विश्‍व पृथ्वी दिवस पालन

गान्तोक, 22 अप्रेल। पश्‍चिम सिक्किमअन्तर्गत पिपले माध्यमिक स्कूलमा आज विश्‍व पृथ्वी दिवस (वर्ल्ड अर्थ डे) पालन गरियो। प्रधानाध्यापक धनबहादुर सिञ्चुरीको उपस्थितिमा शिक्षक-शिक्षिकाहरूको सक्रियतामा आयोजित कार्यक्रममा पृथ्वी दिवसमाथि विद्यार्थीहरूमाझ निबन्ध लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिताको साथमा सफाइ अभियान पनि चलाइएको थियो भने पृथ्वी दिवस, पृथ्वीको संरक्षणका लागि पर्यावरण संरक्षण आदिका प्ला-कार्ड तथा नाराहरूसित र्याली पनि आयोजन गरिएको थियो। रोथक जेएनभी स्कूलदेखि आइआरबी क्याम्प नजिकसम्म निकालिएको र्यालीमा शिक्षक-शिक्षिकाहरूसितै विद्यार्थीहरूको पनि सहभागितामा रहेको थियो। पृथ्वी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताको परिणाम (रिजल्ट) भोलि बिहान मात्र बताइने शिक्षिका डम्बर कुमारी राईले जानकारी गराएकी छन्। स्मरणीय, विश्‍व पृथ्वी दिवस प्रत्येक वर्ष 22 अप्रेलको दिन विश्‍वभरि पालन गर्नेगरिन्छ। यस अवसरमा विशेष पर्यावरण संरक्षणका लागि समर्थन प्रदर्शित गर्नका लागि कार्यक्रम आयोजन गर्ने गरिन्छ। यसको स्थापना अमेरिकी सीनेटर जेराल्ड नेल्सन ले 1970-मा पर्यावरण शिक्षाको रूपमा गरेका गरेका थिए। अहिले यो दिवस विश्‍वभरिका 192 भन्दा अधिक राष्ट्रहरूमा मनाउने गिरएको छ। यसअघि सितम्बर 1969-मा सिएटल, वाशिङटनमा आयोजित एउटा सम्मेलनको अवसरमा विस्कोंसिनका अमेरिकी सिनेटर जेराल्ड नेल्सनले 1970-मा पर्यावरणलाई लिएर राष्ट्रव्यापी जन साधारण प्रदर्शन गरिने घोषणा गरेका थिए।

नमस्ते फाउण्डेशनको अर्को प्रशंसनीय कार्य

नमस्ते फाउण्डेशनको अर्को प्रशंसनीय कार्य

सिङ्ताम, 22 अप्रेल। नमस्ते फाउण्डेशनको विशेष सक्रियतामा आज फेरि एक प्रशंसनीय काम भएको छ। नमस्ते फाउण्डेशन सिलगढीकी सेविका श्रीमती सुमन बरदेवाले विगत 30 जनवरी 2019-को दिन सालुगढामा एक महिलालाई मानसिक अवस्था ठीक नभएको स्थितिमा भेटेपछि उनलाई गान्तोकको मणिपाल अस्पतालमा भर्ना गराएकी थिइन्, जसलाई गत 2 अप्रेल 2019-को दिन मात्रै मणिपाल अस्पतालले छुट्टी दिएको थियो भने उनको देखरेख नमस्ते फाउण्डेशन सिङ्तामकी सेविका इन्दु सुवेदीले आजसम्म गर्दै आइरहेकी थिइन्। धेरै सोधखोज गरेपछि उक्त मानसिकरूपमा कमजोर महिला मूलरूपले वाराङ्ला, जनगावँ तेलेङ्गाना निवासी चन्द्र मौलीकी पत्नी रहेको पत्तो लागेपछि आज सिङ्ताम थानाका प्रभारी सञ्जय राई, उप-प्रभारी सोनाम दोर्जी लाचेन्पासहित डुवर्स एक्सप्रेस मेल वेल्फियर सोसाइटीका प्रतिनिधि कुमार छेत्री, पाराका प्रतिनिधि अशोक कुमार गौड, समाजसेवक पी.टी. काजीको विशेष उपस्थितिमा नमस्ते फाउण्डेशनकी सेविका सुमन बरदेवा र इन्दु सुवेदीले उक्त 37 वर्षीय महिला भाग्य लक्ष्मीलाई उनको पति चन्द्र मौलीको हातमा सुम्पियो। पति चन्द्र मौलीले आफ्नो पत्नी विगत एक वर्ष चार महिनाअघि आफ्नो घर जनगावँबाट हराएको बताए। भाग्य लक्ष्मीको सेवामा नमस्ते फाउण्डेशनले धेरै उल्लेखनीय कामहरू गरेको छ भने औषधिको व्यवस्था सिङ्ताम गोलीटारको प्रशान्ति मेडिकल हलले अनि अन्यान्य विषयमा पीटी काजीले गरेको जानकारी सिङ्ताम सिक्किमको नमस्ते फाउण्डेशनकी सेविका इन्दु सुवेदीले दिएकी छन्। भाग्य लक्ष्मीले इन्दु सुवेदीको घरमा पनि दुइपल्ट आत्माहत्या गर्ने कोशिश गरेको कुरो पनि सुमन बरदेवाले बताएकी छन्। नमस्ते… Read More

विनय तामाङ नै उम्मेद्वार हुनपर्छः युवा मोर्चा

विनय तामाङ नै उम्मेद्वार हुनपर्छः युवा मोर्चा

समय संवाददाता दार्जीलिङ, 22 अप्रेल। गोर्खा जनमुक्ति युवा मोर्चाले गोजमुमो अध्यक्ष विनय तामाङलाई नै दार्जीलिङ विधानसभा आसनको उपचुनाउको लागि उम्मेद्वार बनाउनुपर्ने माग उठायो। यसै माग लिएर आज युवा मोर्चाले गोजमुमो केन्द्रिय समितिलाई एक पत्र पनि दिएको छ। यसबारे युवा मोर्चा अध्यक्ष अमृत तामाङले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरेका थिए। सम्मेलनमा उनले भने, युवा मोर्चाले गोजमुमो अध्यक्ष विनय तामाङ नै यो विधानसभा उपचुनाउको लागि पार्टीका उम्मेद्वार होस् भन्ने चाहेको छ। किनभने, गोजमुमो अध्यक्ष विनय तामाङको राज्य सरकार वा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित राम्रो सम्बन्ध छ। यदि उनी यो चुनाउमा खडा भएर विधायक बनेको खण्डमा उनले दार्जीलिङको लागि धेरै काम गर्न सक्नेछन्। यसको लागि उनले गोजमुमो केन्द्रिय समितिसमक्ष दार्जीलिङबाट विधायक बनेर जाने पार्टी अध्यक्ष तामाङलाई मन्त्री पद दिनुपर्नेबारे पनि माग गर्ने बताए। तरै पनि यस विषय लिएर पार्टीको केन्द्रिय समितिले लिने निर्णयलाई युवा मोर्चाले सहृदय स्वागत जनाउनेछ। चुनाउ आयोगले आज मात्रै दार्जीलिङ विधानसभा आसनको लागि अधिसूचना जारी गर्यो। यद्यपि, यसबारे दुई दिनअघि नै चुनाउ आयोगले आफ्नो वेबसाइटमा यसको जानकारी सार्वजनिक गरेको थियो। यो सूचना सार्वजनिक हुनसाथ गोजमुमोसँगै विभिन्न पार्टीहरूले पनि यसको तयारी शुरू गर्नका साथै गोप्य बैठकहरू गरेर उम्मेद्वार चयन गर्ने प्रक्रिया पनि शुरू गरिसकेका छन्। यद्यपि, अहिलेसम्म कुनै पनि पार्टीले खुल्लारूपमा आफ्नो उम्मेद्वारको नाम सार्वजनिक नगरे पनि गोर्खा जनमुक्ति युवा… Read More