राज्यपालद्वारा स्वस्थ जीवनको निम्ति आयुर्वेद अपनाउने आह्वान

राज्यपालद्वारा स्वस्थ जीवनको निम्ति आयुर्वेद अपनाउने आह्वान

गान्तोक, 29 अप्रेल। सिक्किमका राज्यपाल गंगा प्रसादले सोमबार दिउँसो तादोङस्थित क्षेत्रीय आयुर्वेदा अनुसंधान संस्थान भ्रमण गरे। राज्यपाललाई केन्द्रका प्रभारी डा. श्रीप्रकाशको नेतृत्वमा संस्थानका चिकित्सकहरू र शोधार्थीहरूले स्वागत जनाए। राज्यपालले केन्द्रका अधिकारीहरू र कर्मचारीहरूसित अन्तर्क्रिया गर्दै केन्द्रमा उपलब्ध सुविधाहरूका साथै तक्निकी पक्षहरूबारे जानकारी लिए। राजभवनले दिएको जानकारीअनुसार छोटो कार्यक्रममा डा. राहुल र डा. श्रवणकुमार साहुले आयुर्वेदको चिकित्सीय प्रक्रियाका साथै क्रमश: पञ्चकर्म चिकित्सा र स्वास्थ्य वृत्तबारे जानकारी दिए। आफ्नो सम्बोधनमा राज्यपाल प्रसादले जनमानसमा स्वास्थ्य अनि कल्याणका निम्ति आयुर्वेदको प्रचार आवश्यक रहेको बताए। उनले आयुर्वेद वैज्ञानिक आधार भएको एउटा प्राचीन स्वास्थ्य अनि चिकित्सा अभ्यास रहेको बताए। यसको विकास अनि प्रयोग युगौंको अनुसंधानपछि भारतमै गरिएको उनले जानकारी दिए। यसकारण रोगहरूको सन्तुलित अनि विवेकशील उपचारको निम्ति आयुर्वेदलाई अघि ल्याउनु आवश्यक रहेको बताए। उनले स्वस्थ अनि सुखी जीवनको निम्ति सबैलाई आयुर्वेद अपनाउने अपील पनि गरे। अर्कातिर, राज्यपालले केन्द्रमा चलिरहेका अनुसंधान आधारित शोध गतिविधिहरूका प्रशंसा गर्दै सामुदायिक स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान पनि गरे।-हिस/बिशाल

6 मईभित्र प्रत्येक समष्टिमा शान्ति-सुरक्षा समिति गठन गरिने

6 मईभित्र प्रत्येक समष्टिमा शान्ति-सुरक्षा समिति गठन गरिने

आपसी मतभेदको कारण पार्टी कम्जोर हुनसक्छः गिरिशचन्द्र राई नाम्ची, 29 अप्रेल। नाम्चीमा आज एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न भयो। चुनाउपछि एसडीएफको दक्षिण जिल्ला कार्यकारिणी समितिको यो पहिलो सभा हो। सभालाई एसडीएफ पार्टीको दक्षिण जिल्लाका वरिष्ठ उपाध्यक्ष प्रभारी गिरिशचन्द्र राईले अध्यक्षता गरेका थिए। सभामा पार्टीको शान्ति-सुरक्षा समिति गठन गर्ने विषयमाथि विशेष छलफल भयो। सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष प्रभारी गिरिशचन्द्र राईले विपक्षीको कारणले नभएर पार्टी कार्यकर्ताहरूको आपसी मतभेदको कारण पार्टी कम्जोर हुनसक्ने उल्लेख गरे। पार्टीका सैद्धान्तिक मित्रहरू मात्र पार्टीका साँचो कार्यकर्ताहरू रहेको अवगत गराए। साम्प्रदायिक कुराहरू गरेर चुनाउमा विपक्षी पार्टीहरूले जनतालाई दिग्भ्रमित बनाउने काम गरेको आरोप लगाउँदै उनले एसडीएफ पार्टीका कार्यकर्ताहरूले सद्भावनापूर्ण वातावरण सिर्जना गर्नपट्टी लाग्नुपर्ने बताए। एसडीएफ पार्टीले कहिलै पनि जात-धर्मलाई लिएर राजनीति नगरेको जानकारी गराउँदै उनले पार्टी कार्यकर्ताहरूले पार्टी र नेतालाई प्राथामिकता दिनुपर्ने कुरामा जोर दिए। उपस्थित पार्टी कार्यकर्ताहरूलाई निश्क्रिय भएर नबस्ने अनुरोध गर्दै उनले विभिन्न सुझाउहरू दिए। यस्तै प्रकारले पार्टीको दक्षिण जिल्ला कार्यकारीणी समितिका अध्यक्ष गणेशकुमार राईले सभाको औचित्यमाथि प्रकाश पारे। पार्टी कार्यकर्ताहरूले चुनाउमा पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै उनले उपस्थित पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिए। शान्ति-सुरक्षा समिति विषय विस्तृत रूपमा जानकारी गराउँदै उनले प्रत्येक समष्टिमा 200 जनाको समिति गठन गर्नुपर्ने उल्लेख गरे। एसडीएफको राजनीति सकारात्मक रहको र विपक्षी पार्टीहरूले बदलाको भावनामा राजनीति गरिरहेको उल्लेख… Read More

मतगणना दिवसको तयारी विषय सभा

मतगणना दिवसको तयारी विषय सभा

गान्तोक, 29 अप्रेल। चुनाउ मतगणना दिवसको तयारीबारे सोमबार पूर्व जिल्लाको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा प्रतिभागी उम्मेद्वारहरू र चुनाउ एजेन्टहरूलाई लिएर सभा आयोजना गरियो। पूर्व जिल्लाका चुनाउ अधिकारी कपिल मिनाको अध्यक्षतामा आयोजित सभामामा पुलिस अधिक्षक हेमराज राई, एडीसी भरणी कुमार, पुलिस अधीक्षक (ट्राफिक) छिरिङ ग्याछो तथा पूर्व जिल्लाको विधानसभा अनि लोकसभाका प्रतिभागी उम्मेद्वारहरू र चुनाउ एजेन्टहरूको उपस्थिति थियो। आइपीआर विभागअनुसार सभामा उम्मेद्वारहरू र चुनाउ एजेन्टहरूलाई आगामी 23 मई बिहान 8 बजीदेखि शुरू हुने मतगणना सम्बन्धी विभिन्न तयारीहरूबारे अवगत गराइयो। सबै उम्मेद्वारहरूलाई काउन्टिङ एजेन्ट नियुक्तिको निम्ति फारम 18 समयमा भर्नुपर्ने तथा एजेन्टहरूलाई प्रशिक्षण, उनीहरूका संख्या र प्रावधानहरूबारे पनि बताइयो। जिल्ला चुनाउ अधिकारीले स्ट्रङ रूमबाट ईभीएम/भीभीभीएटीको मतगणना केन्द्रसम्म स्थानान्तरण, विधानसभा अनि लोकसभाको मतगणना सम्बन्धी योजनाबारे विस्तारपूर्वक बताए। यसैगरि, उनले पोस्टल ब्यालटको गन्तीलगायत भारत निर्वाचन आयोगको नयाँ दिशानिर्देशबारे पनि अवगत गराए। यस अतिरिक्त उनले मतगणना स्थलमा मोबाएल फोनको प्रयोगमाथि प्रतिबन्ध रहने तथा अन्य जानकारीहरू दिए। उनले सबै उम्मेद्वारहरू र चुनाउ एजेन्टहरूलाई 23 मईको दिन बिहान 7ः30 बजी स्ट्रङ रूम खोलिने जानकारी पनि दिए। यसैगरि, पुलिस अधिक्षकले मतगणना दिवसमा ट्राफिक र यातायात व्यवस्थापनबारे जानकारी दिए। उनले उक्त दिन सबैलाई कानून एवं व्यवस्था कायम राख्ने अपील पनि गरे। उनले प्रशासन शान्तिपूर्ण ढंगमा मतगणना सुनिश्चित गर्न तयार रहेको बताए।-हिस/बिशाल

जनतालाई धन्यवाद दिँदै गाउँ-गाउँ पुगे एनके सुब्बा

जनतालाई धन्यवाद दिँदै गाउँ-गाउँ पुगे एनके सुब्बा

गेजिङ, 29 अप्रेल। मानेबुङ-देन्ताम समष्टिका एसडीएफ उम्मेद्वार एवं पूर्व मन्त्री नरेन्द्रकुमार सुब्बाले आफ्नो समष्टिका प्रत्येक वार्डका जनतालाई भेट गर्दै सबैलाई धन्यवाद दिइरहेका छन्। यस अवसरमा उनले अब उसो सरकार गठनपछि समष्टिका जनताको निम्ति सामाजिक, आर्थिक, पूर्वाधार विकासका लागि गर्ने बताउँदै विभिन्न जानकारीहरू लिइरहेका छन्। चुनाउपछि प्रत्येक घर दैलोमा गएर सुझाउ र सल्लाह लिइरहेका छन्। यस वर्षको चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन चुनाउ आयोग र प्रशासनले अहम् भूमिका निर्वाह गरेकोमा सम्पूर्ण जनताको तर्फबाट धन्यवाद दिए। उनले चुनाउका समय थोरै समय रहेका कारण सबैको घर-दैलोमा पुगेर जनतासित भेट गर्ने समय नमिलेको बताउँदै अहिले जनतासित भेट गरी धन्यवाद दिन निस्किरहेको उनले बताएका छन्। समष्टिको देन्ताम, उत्तरे, सोपाखा, झाँक्रीढुङ्गा, बाङ्तेन, सापोङ, सरदोङ, लुङ्जिक, कर्मटार, साङ्खु, खाण्डु, हि, तामाबुङलगायत अन्य स्थानहरू पुगी उनले जनतालाई धन्यवाद दिएको बताएका छन्।

फामरूङ नेधाममा लेप्चा समुदायको पुनुमन सोलङ धार्मिक अनुष्ठान सम्पन्न

फामरूङ नेधाममा लेप्चा समुदायको पुनुमन सोलङ धार्मिक अनुष्ठान सम्पन्न

गेजिङ, 29 अप्रेल। पश्‍चिम जिल्लाको योक्सम टाशीडिङ समष्टिअन्तर्गत फामरूङ नेधाममा लेप्चा समुदायको पुनुमन सोलङ वार्षिक धार्मिक अनुष्ठान हिजो विभिन्न पाठपूजाका साथमा सम्पन्न भएको छ। लेप्चा जातीको परम्पराअनुसार वार्षिक रूपमा यस धाममा पाठपूजा गर्ने गरिएको छ। पश्‍चिम जिल्ला लेप्चा संघद्वारा आयोजित कार्यक्रममा एक हजार अधिक लेप्चाहरूले पूजापाठमा भाग लिएका छन्। यसै अनुष्ठानमा यातायात विभागका अध्यक्ष पिन्छो नामग्याल लेप्चा, अतिरिक्त जिल्लापाल कर्म लोडे लेप्चा, पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चा, योक्समका महकुमा अधिकारी डा. सोनाम रिञ्छेन लेप्चा, योक्सम टाशीडिङ समष्टिका लेप्चा समुदाय, पश्‍चिम जिल्ला लेप्चा सघ साथै अन्यको उपस्थिति रहेको थियो। विशेष गरेर यो जातीले विश्‍व शान्तिको निम्ति प्रतिवर्ष यसै नेधाममा पाठपूजा गर्ने गरेको बताएका छन्। भूमिपूजा साथै अन्नबालीको पूजा देवी-देउरालीको पूजा साथै लेप्चा जातिले मान्ने विभिन्न परम्परा र इतिहासमा देउतालाई वार्षिकरूपमा मुन्दुम गर्ने गरेको पश्‍चिम जिल्ला लेप्चा संघले जानकारी गराएको छ। गुरु पद्मसम्भव, गुरु रेम्पोछेको पूजा र आशीर्वाद लिने अनि बुङथिङ, लामा आदिले दिनैभरि नै पूजा गर्ने परम्परा रहेको पनि बताएको छ।

दुई दिवसीय कार्यशाला एवं व्यापार ह्याकाथान आयोजित

दुई दिवसीय कार्यशाला एवं व्यापार ह्याकाथान आयोजित

गान्तोक, 29 अप्रेल। अटल इन्कुभेसन सेन्टर (एआइसी)-नीति आयोग र एसएमयूटीबीआइको संयुक्त तत्वावधानमा दुई दिवसीय कार्यशाला एवं व्यापार ह्याकाथान आयोजना गरियो। उद्यमशीलता जागरण साथै कारोबार विषयलाई लिएर आयोजना गरिएको यो कार्यक्रमलाई भारत सरकारको नीति आयोगअन्तर्गत अटल इनोभेशन मिशनले सहयोग गरेको थियो। आज समापन भएको कार्यक्रममा इको स्ट्रीमका संस्थापक सोनाम टाशी ग्याल्छेन प्रमुख वक्ता रहेका थिए। यस अवसरमा राज्यका विभिन्न स्कूलबाट 20 जना विद्यार्थीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सोनाम टाशी ग्याल्छेनले आफूद्वारा गरिएको खोज तथा अनुभवबारे बताएका थिए। उनले आफ्नो खोज समाजका लागि धेरै नै उपयोगी भएको पनि बताए। यसरी नै समापन कार्यक्रममा प्रोफेसर आर प्रधान पनि उपस्थित रहेकी थिइन्। कार्यक्रममा होलीक्रस स्कूल तादोङ र रम्फू उच्च माध्यमिक स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेका दुईवटा नवान्वेषी विचारलाई पुरस्कारका लागि चयन गरिएको थियो। यी दुवै नवान्वेषी विचारलाई नगद रू. 10 हजार पनि प्रदान गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रोफेसर आर प्रधानले विद्यार्थीहरूलाई आफ्नो खोज तथा नवान्वेषी कार्यलाई निरन्तरता दिने प्रेरणा दिएकी थिइन्। यसरी नै एसएमयूटीबीआइको तर्फबाट डा. विकास शर्माले बिजेता र सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै नीति आयोग भारत सरकारको अटल इनोभेशन मिशनप्रति आभार व्यक्त गरे। यसरी नै कार्यक्रममा एसएमयूटीबीआइका सीईओ प्रोफेसर तेजबन्त एस चिङथामले पनि कार्यक्रमलाई सम्बोधन गर्दै नीति आयोगको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

सिङ्ताम स्कूलमा लोक नृत्य प्रतियोगिता

सिङ्ताम स्कूलमा लोक नृत्य प्रतियोगिता

सिङ्ताम, 29 अप्रेल। सरकारी उच्चत्तर माध्यमिक स्कूल सिङ्तामले इन्टर हाउस लोक नृत्य प्रतियोगितासहित कक्षा बाह्रौं सिद्धाएका विद्यार्थीहरूलाई भव्य विदाई अनि नयाँ भर्ना भएका अनि कक्षा एगाह्रका विद्यार्थीहरूलाई भव्य स्वागत जनाउन कार्यक्रम आयोजन गरियो। गत शनिबार आयोजित उक्त कार्यक्रममा सिक्किम आम बिहारी कल्याण मञ्चका अध्यक्ष छोटेलाल प्रसाद मुख्य अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा मञ्चका सल्लाहकार सतदेव प्रसाद, संरक्षक लाल बाबु गुप्ता, शाखा सचिव पंकजकुमार प्रसाद, संयुक्त सचिव दिलीप भगत अनि प्रचार सचिव रोशन ठाकुर, एसएमसीका सक्रिय सदस्य जोनी बेनकुमार राईको पनि उपस्थिति रहेको थियो। स्कूलका नानीहरूले लोकनृत्य पनि प्रस्तुत गरेका थिए, जसका निर्णायकहरूमा भूतपूर्व छात्रा एंव नटराज कला केन्द्रका नृत्य प्रशिक्षक नीमदोर्जी भोटिया, शिक्षिकाहरू लिला तिम्सिना र अनुराधा छेत्री रहेका थिए। उक्त लोक नृत्य प्रतियोगितामा रेड हाउस विजयी बन्यो भने ग्रीन हाउस उपविजयी बनेको छ। जेएच ढुङ्गेल र एमके सिंहद्वारा सञ्चालित कार्यक्रममा प्राचार्य केबी छेत्रीले स्वागत सम्बोधन राखेका थिए। उपचप्राचार्य आरपी पौड्यालको धन्यवाद ज्ञापनपछि समापन भएको कार्यक्रममा सिक्किम आम बिहारी कल्याण मञ्चका अध्यक्ष छोटेलाल प्रसादको सक्रीयतामा मञ्चले प्लास्टिकका 50 वटा कुर्सी सिङ्ताम स्कूललाई प्रदान गरे। प्राचार्य केबी छेत्रीले बाह्रौं श्रेणीको अध्ययन पूरा गरेर गइरहेका विद्यार्थीहरूलाई शुभकामना दिँदै देशको अशल नागरिक बन्ने अनि समाजको हितमा काम गर्ने सुझाउ राखे।

नाम्ची पब्लिक स्कूलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम

नाम्ची पब्लिक स्कूलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम

नाम्ची, 29 अप्रेल। नाम्ची पब्लिक स्कूलमा आज वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। स्कूलको प्रेक्षा गृहमा आयोजित यो कार्यक्रममा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई स्कूलका निर्देशक रेभरेन ए डिसुजाले उपस्थित सबैलाई स्वागत जनाउँदै पादरी प्राचार्य रेभ स्टेनी स्वीकिराको संक्षिप्त जीवनीबारे प्रकाश पारेका थिए। कार्यक्रममा स्कूलको साङ्गीतिक समूहले पारम्परिक नृत्य, कोणकानी र कन्टेम्पोररीसहित अन्य प्रस्तुति दिएका थिए। यस अवसरमा स्कूलका प्राचार्यले आफ्नो सम्बोधनमा स्कूलका फादर, सिस्टर र स्कूल परिवारका सदस्य साथै अन्य अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमको अवसरमा विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो यसमा आईएससी र आईसीएससी बोर्ड परीक्षा 2018 मा उत्कृष्ठ अङ्क ल्याउने विद्यार्थीहरू पनि सामेल थिए।

त्रिवेणीको जलद्वारा सिक्किमका विभिन्न मन्दिरहरूको जलाभिषेक गरिने

त्रिवेणीको जलद्वारा सिक्किमका विभिन्न मन्दिरहरूको जलाभिषेक गरिने

सिलगढी, 29 अप्रेल। मानव उत्थान सेवा समितिले आगामी 10 मईको दिन श्री माँ राजहंस त्रिवेणी अखण्ड दीप प्रतिष्ठा गरेर दक्षिण सिक्किम नाम्चीमा अवस्थित सिद्धेश्‍वर धामका मन्दिरहरूमा विधिपूर्वक जलाभिषेक गर्ने भएको छ। हिजो सिलगढीमा सम्पन्न मानव उत्थान सेवा समितिको सल्लाहकार समितिको बैठकले यो निर्णय लिएको हो। सिक्किम राज्यलगायत दार्जीलिङ पहाड, सिलगढी तराई, डुवर्स र भोटाङमा मानव धर्म प्रचारको 50 वर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा यो विशेष कार्यक्रममा गरिने भएको छ। उत्तर पूर्वाञ्चल सिलगढीका प्रभारी महात्मा अखलेश बाईजीको अध्यक्षतमा सम्पन्न सभाले आगामी 9 मईको दिन सिलगढीस्थित श्री हंसबेला आश्रममा अखण्ड दीप प्रतिष्ठा गरिने र 10 अप्रेलको दिन टिस्टा रङ्गीतको दोभानबाट त्रिवेणीको जल कलशमा भरेर सिक्किमको सिद्धेश्‍वर धाम र राभाङलाको तथागतस्थलमा जलाभिषेक गरिने निर्णय लिएको छ। यसरी नै सो कलश सहितको अखण्ड दीपलाई लिएर 11 मईको दिन नाम्चीको सेन्ट्रल पार्कमा स्वर्ण जयन्ती सद्भावना सत्संग कार्यक्रम सम्पन्न हुनेछ। अखण्ड दीप र कलशको यात्रा भञ्ज्याङ, नामथाङ भएर रम्फूमा विश्राम गरिनेछ। 12 मईको दिन रम्फूबाट अखण्ड दीप र कलश लिएर पाकिममा सद्भावना सत्संग कार्यक्रम सम्पन्न गरिने अनि रिनाकको सिद्धिविनायक मन्दिरमा अभिषेक गर पश्‍चात सोही दिन कालेबुङ तर्फ प्रस्थान गरिनेछ। कालेबुङको धर्मबोध आश्रममा दीप र कलशको विधिवत अभिषेक कार्यक्रम र विश्राम गरिनेछ। यसरी 9 मईमा शुरू हुने कलश यात्रा 12 मईको दिन कालेबुङमा विश्राम गरेपछि 13 मईको… Read More

सिक्किमेली जनताको खुशी र सुखमा समर्पित नेतृत्व हुन् पवन चामलिङ

बित्रा आचार्य ताजा, रिनाक आफ्नो जीवनको हरेक खुशी, सुख, आनन्द, मोज-मस्ती र व्यक्तिगत सपनाहरूलाई पर सारेर सिक्किमेली जनताका निम्ति समर्पण गरेर 25 वर्षसम्म सिक्किमको राजनीतिमा मुख्यमन्त्री जस्तो गरिमामय अहोदामा रहेर एक-एक जनताको आवश्यकता, सुख र खुशी आफ्नो सपनाहरू जनताको विचार र भावनाहरूसँग साटेर कार्यरत श्री पवन चामलिङ आजको युगका राजनैतिक आर्दश हुन्। सन् 1950 मा जन्मेका श्री चामलिङले आफ्नो जीवनको अमूल्य उमेर, जीवनको सम्पूर्ण समय सिक्किम र सिक्किमेली जनतालाई अर्पण गर्दै आएका हुन्। आफ्नो वैंश, आफ्ना रहर र खुशीहरू, आफ्नो पारिवारिक खुशीका पलहरू अन्देखा गरेर, आफ्ना व्यक्तिगत इच्छाहरूलाई बलि गरेर केवल अरूकै खुशीमा अरूकै सपनामा जनताकै निम्ति बाच्ने उहाँको त्याग र समर्पण आजका सिक्किमेली युवा पिडीका निम्ति युगको उदाहरण हामीले मान्नु पर्दछ। सिक्किम राज्यमा राजशासन कालदेखि नै राजनीतिमा सक्रिय रहेका श्री चामलिङले पञ्चायत, विधायक, मन्त्री हुँदै 1993 मा सदनभित्र मोमबत्ती बालेर प्रजातन्त्रको खोज गर्ने महत्त्वपूर्ण प्रजातान्त्रिक क्रान्ति नै आजको नयाँ सिक्किम निर्माणमा एउटा ऐतिहासिक दिनको रूपमा स्मरणीय छ। त्यसताक सहास गरेर, हिम्मत गरेर उसबेलाको राजनैतिक परिवेशमा विद्रोह बोल्नु, जन-जनमा खट्किएको अन्तरविरोधलाई समेट्नु, संगठन निर्माण गरि संगठनिक मजबुती ल्याउनु सहज थिएन। त्यस समयको सहासिक कदमले हाम्रो राज्यमा सकारात्मक परिवर्तनहरू ल्याइदियो जसको उदाहरण आजको सिक्किम उभिएको छ। आज देश र दुनियाँले सिक्किमलाई आदर र सम्मानको नजरले चिनेको छ। यी सबै प्राप्ति एउटा… Read More