महिला मतदान केन्द्र अधिकारीको अन्तिम चरणको तालिम सम्पन्न

महिला मतदान केन्द्र अधिकारीको अन्तिम चरणको तालिम सम्पन्न

गेजिङ, 30 मार्च। महिला मतदान केन्द्र अधिकारीका लागि अन्तिम चरणको तालिम कार्यक्रम आज पश्‍चिम जिल्लाको जिल्ला पञ्चायत भवन गेजिङमा सम्पन्न भयो। जिल्ला निर्वाचन अधिकारी कर्मा आर बन्पोको अध्यक्षतामा सम्पन्न भएको तालिम कार्यक्रममा इभीएम र भीभीपीएटीका लागि राज्य नोडल अधिकारी पी. डब्लु लेप्चा, एडीसी कर्मा एल लेप्चा, महकुमा अधिकारी तुषार जी नेखरे र अवसर सचिव नेत्र विश्‍वकर्म उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी कर्मा आर बन्पोले पुलिङ अधिकारीहरूको मतदानका दिन आइपर्ने दायित्वबारे अवगत गराएका थिए। उनले अधिकारीहरूलाई मतदाताले मतदान गरे- नगरेको कुरा सुनिश्‍चित गर्नुसितै अन्य आवश्यक विषयमा ध्यान दिने सल्लाह पनि दिए। यसरी नै वरिष्ठ महिलाले मतदान गर्दा उनीहरूको आवश्यकतालाई अधिक ध्यान दिने र मतदानको प्रक्रियालाई पूरा गरेको कुरा सुनिश्‍चित गर्ने पनि सल्लाह दिए। यसरी नै उनले मतदानको दिन इभीएम मशिन र भीभीपीएटीको रखरखाउमा अधिक ध्यान दिने र यसलाई कुनै प्रकारको क्षति हुन देखि जोगाउने सल्लाह पनि दिए। यस अतिरिक्त संसदीय समष्टि र विधानसभाका लागि प्रयोग गरिने इभीएम र भीभीपीएटीलाई छुट्टै राख्नु पर्ने, मतदान भन्दा अघाडि अभ्यास मतदान गरेर अभ्यास मतदानको आँकडालाई राम्रो प्रकारले मेटाउने जस्ता कुराहरूमा पनि सचेत गराए। कुनै पनि प्रकारको भूल नहोस् भनेर सुनिश्‍चित गर्न व्यवस्थित रूपमा काम गर्ने सल्लाह दिए। यसरी नै एडीसीले आफ्नो सम्बोधनमा पुलिङ ब्याङ्गमा ठीस सँगले सामाग्रीहरू छ-छैन त्यो सुनिश्‍चित गर्ने… Read More

भाजपाको चुनाउ प्रचार

गान्तोक, 30 मार्च। भाजपा सिक्किम प्रदेशका उम्मेद्वारहरूले आफ्नो निर्वाचन क्षेत्रहरूमा चुनाउ प्रचार गरिरहेका छन्। यसैक्रममा रिनाक समष्टिमा भाजपा प्रार्थी भरत दुलाल (शर्मा)-ले आफ्ना समर्थकहरूलाई भेटेर सिक्किमको सर्वाङ्गीण विकासको निम्ति कमलको फूललाई भोट प्रदान गर्ने आग्रह गरे। उनले जनताको भोट निर्णायक रहने र एक भोटमा सिक्किमको सर्वाङ्गीण विकास अडिएको बताए। यसैगरि, गान्तोक विधानसभा समष्टिबाट भाजपाका प्रार्थी वाइटी लेप्चाले पनि चुनाउ प्रचार गरिरहेको छन्। उनले आफ्ना समष्टिका मतदाताहरूलाई कमलको फूल मतदान गर्न आह्वान गरे। अर्कातिर, भाजपा सिक्किम प्रदेश अध्यक्ष डीबी चौहानले आफ्नो चुनाउ क्षेत्र आरिथाङमा मतदाताहरूलाई भेटेर भाजपालाई विजय बनाउने अनुरोध गरे।-हिस/बिशाल

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेद्वार

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेद्वार

गान्धीनगर, 30 मार्च। भारतीय जनता पार्टी (भाजपा)-का अध्यक्ष अमित शाहले गान्धीनगरबाट उम्मेद्वारी दिएका छन्। सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेद्वारी दर्ता गराएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन्। उनले पहिलो पटक लोकसभाका लागि उम्मेद्वारी दिएका हुन्। शाहले उम्मेद्वारी दिएका गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ठ नेता लालकृष्ण आडवाणीले निर्वाचन जितेका थिए। गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाललगायतको उपस्थितिमा उनले उम्मेद्वारी दर्ता गराएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिए। उम्मेद्वारी दर्ता गर्नुअघि उनले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी र्यालीलाई सम्बोधन गरेका थिए। आगामी 11 अप्रेलदेखि 19 मईसम्म सात चरणमा निर्वाचन हुन लागेको छ। निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ।

प्रथम नेपाली फेलो’ साहित्यकार असीत राईको निधन

प्रथम नेपाली फेलो’ साहित्यकार असीत राईको निधन

समय संवाददाता दार्जीलिङ, 30 मार्च। भारतीय नेपाली साहित्यका एक वरिष्ठ हस्ती एवं पहिलो नेपाली ‘फेलो’ साहित्यकार असीत राईको 76 वर्षको उमेरमा निधन भयो। खरसाङ महकुमाअन्तर्गत महनदीस्थित उनको घरमै शुक्रबार राती उनको निधन भयो भने अन्तिम संस्कार भोलि आइतबार गरिने बुहारी सुषमा राईले जनाएकी छन्। साहित्यकार राईको निधनसितै भारतीय नेपाली साहित्यमा एउटा कालखण्डको अन्त्य भएको छ। उनी विगत दिसम्बर 2017-देखि ओछ्यान परेका थिए भने उनी विगत एक वर्षभन्दा बेसी समयदेखि प्यारालाइज, मुटुको रोग, मधुमेह, किड्नीको समस्या, युरिक एसिड, थाइराइड जस्ता रोगहरूबाट पीडित थिए। उनको निधनमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङले गहिरो शोक प्रकट गर्दै असीत राई एक सरल, सोझो व्यक्ति रहेको अनि उनले समाज, जाति र देशको लागि महत्त्वपूर्ण सेवा गरेको बताए। उनले असीत राई अत्याचार विरूद्ध लड्ने निर्भीक व्यक्ति थिए। असीत राईको निधनसितै अकादमीद्वारा राइटर्स इन् रेसिडेन्स नामक प्रकल्पअनुसार 1,500 पृष्ठको भारतीय नेपाली साहित्यको इतिहास पनि अधुरै रहेको उनले जनाएका छन्। उनको नाममा अकादमीबाट 32 मिनटको डकुमेन्ट्री फिल्म पनि निर्माण गरिएको छ। साहित्यकार असीत राई सन् 1943-मा महानदी तीनधारे समष्टिअन्तर्गत जङ्गपाना चियाबारीमा जन्मेका थिए। सन् 1959-मा पहिलो कविता पश्चिम बंगाल पत्रिकामा प्रकाशित गराएका थिए। त्यसपछि उनले जम्मा 35 वटा जति कृतिहरू नेपाली साहित्यमा दिइसकेका छन् भने उनको ‘नयाँ क्षितिजको खोज’ नामक उपन्यास कृतिको लागि सन्… Read More

क्रामाकपा र स्वराजले सहयोग गर्ने आशामा गोरामुमो

क्रामाकपा र स्वराजले सहयोग गर्ने आशामा गोरामुमो

समय संवाददाता दार्जीलिङ, 30 मार्च। क्रामाकपा र स्वराज थापाले समर्थन जनाउने आशामा छ गोर्खा राष्ट्रिय मुक्ति मोर्चा। क्रामाकपा अध्यक्ष आरबी राई र स्वतन्त्र उम्मेद्वारका रूपमा दार्जीलिङ लोकसभा आसनबाट खडा भएका स्वराज थापाले हिजो नामाङ्कन पत्र फिर्ता लिने अन्तिम दिन नामाङ्कन पत्र फिर्ता लिएपछि गोरामुमोले खुशी व्यक्त गरेको छ भने यी दुवैलाई धन्यवाद पनि दिएको छ। आज यसै विषय लिएर गोरामुमो नेता वाई. लामाले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी भने, क्रामाकपा अध्यक्ष एवं पूर्व सांसद आरबी राई र स्वराज थापा दुवैले गोर्खा जातिको एकता जारी राख्नुपर्ने सन्देश दिएका छन्। यसैको लागि गोरामुमोले विमल गुरूङपन्थी गोजमुमोसित मिलेर भारतीय जनता पार्टीलाई समर्थन जनाएको हो। गोरामुमो अध्यक्ष मन घिसिङले यसपाली गोर्खाको ढलेको शिर उठाउनुपर्ने आह्वान गरेका छन्। यसैले जसरी भए पनि तृणमूल कंग्रेसलाई हराउनुपर्ने स्थिति आएको छ। यसैबीच, जनआन्दोलन पार्टीबाट डा. हर्कबहादुर छेत्री पनि मैदानमा छन् अनि उनले पनि दार्जीलिङ पहाडको धेरै भोट लानेछन् भन्नेबारे सोध्दा लामाले भने, डा. हर्कबहादुर छेत्रीले यो चुनाउमा भाजपा-गोरामुमो-विमल गुरूङपन्थी गोजमुमोको गठबन्धनलाई कुनै प्रभाव नै पार्नेछैन। आरबी राई वा क्रामाकपाले भाजपालाई नै समर्थन जनाउँछ? भन्ने प्रश्‍नको उत्तरमा उनले भने, आरबी राई पूर्व सांसद हुन्। उनले गोर्खा जातिको लागि धेरै योगदान दिएका छन्। यसैकारण भाजपा उम्मेद्वार राजु विष्टले गत केही दिनअघि दार्जीलिङमा आफ्नो नामाङ्कन पत्र पेश गर्नअघि क्रामाकपा अध्यक्ष… Read More

अमीत शाहको बयानको विरोध:

अमीत शाहको बयानको विरोध:

बंगालमा एनआरसी लागु भए गोर्खाहरूलाई पनि मेचीपारी पुर्याउँछः विनय तामाङ कालेबुङ, 30 मार्च। ‘यदि बंगालमा एनआरसी लागु भयो भने पहाडमा 80 प्रतिशत जनताको जमीनको मालिकाना हक छैन। हामीलाई पनि मेची पारी पुर्याउँछ।’ उपरोक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले भनेका हुन्। भाजपा केन्द्रिय अध्यक्ष अमीत शाहले अलिपुरद्वारबाट भाजपा सरकारमा आएको खण्डमा पश्चिम बंगालमा एनआरसी लागु गर्ने बयान दिएपछि यसको विरोध गर्दै विनय तामाङले शाहको बयानप्रति आपत्ति जनाएका हुन्। ‘भूटानमा एनआरसी जस्तै एउटा कानुन बनिँदा त्यहाँका गोर्खाहरूलाई नेपालको मेची पुर्याइएको थियो।’ तामाङले भने, ‘यदि एनआरसी लागु भयो भने गोर्खा आदिवासीहरूलाई पनि यसको पूर्ण असर पर्छ। किनभने चिया बगान, सिन्कोना बगान, डीआई फण्ड, लिज ल्याण्ड, फरेस्ट भिलेजर्सको आफ्नो जमीनको मालिकाना अधिकार छैन।’ तामाङले भनेअनुसार, एनआरसीविरूद्ध असम मेघालय एवं उत्तरपर्विय राज्यहरूमा पहिलेबाटै विरोध भइसकेको छ। आसाममा 25 लाख गोर्खाहरूमध्ये 2 लाख गोर्खाहरूको नाम काटिने अनि उनीहरूलाई खेदुवा लगाउने स्थिति छ। अमीत शाहको बयानअनुसार यदि पश्चिम बङ्गालमा पनि एनआरसी लागु गरिएको खण्डमा गोर्खा आदिवासीहरूमा यसको ठूलो प्रभाव पर्ने विनय तामाङको बुझाइ हो। ‘गोर्खा आदिवासी अनि भूमिहिनहरूको तर्फबाट अमीत शाहको बयानको घोर विरोध अनि भर्त्सना जनाउँछौं।’ तामाङले भने, ‘यस विषयलाई लिएर पश्चिम बङ्गाल सरकारसमक्ष पनि हामी कुरा गर्नेछौं।’ राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहिलेबाट नै एनआरसीको विरोध गरिरहेकीले गोजमुमोले उनको हात अझ बलियो पार्ने अनि… Read More

एसडीएफको प्रतिबद्धता

एसडीएफको प्रतिबद्धता

एसडीएफ पार्टीले हालै आम चुनाउ 2019-का लागि आफ्नो घोषणा पत्र जारी गरेर सिक्किमे जनतासमक्ष विभिन्न प्रतिबद्धताहरूलाई जाहेर गरेको छ। विशेष गरी सिक्किमले प्राप्त गरेको शान्ति, नागरिक सुरक्षालाई कायम गर्ने र दिगो विकासलाई निरन्तरता दिएर सिक्किमलाई विश्‍वमा नै उदाहरणीय राज्य बनाउने प्रतिबद्धतालाई पनि दोहोर्याएको छ। विगत 25 वर्षमा एसडीएफ पार्टीको सरकारले स्थापना गरेको खुल्ला प्रजातान्त्रिक र समानतामूलक वातावरणलाई निरन्तरता दिने अनि समाजका सम्पूर्ण अङ्गहरूमा प्रजातान्त्रिक परिवेश र यसको मूल्यलाई कायम राख्ने पनि प्रतिबद्धता जनतासमक्ष जाहेर गरेको छ। यस्ता अनेकौं विषयहरूलाई एसडीएफ पार्टीले आफ्नो घोषणा पत्रमा संलग्न गरेको छ। यसमा सिक्किमलाई शान्त र सुरक्षित अनि विकासशील राज्यका रूपमा स्थापित गरिसकेको अनि यो परिवेश र परिस्थितिमा निरन्तरता दिने, सिक्किमे जातिमा भएको एकता, सद्भावना र सम्प्रीतिलाई कायम राख्ने सिक्किमे समाजबाट भ्रष्टचारको नामोनिसान मेटाउने, सक्षम सिक्किमे जनता बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने सिक्किमे जातिलाई समानुपातिक न्याय दिने, सिक्किमे जनतालाई पूर्ण आत्मनिर्भर, सक्षम र समृद्धिशाली बनाउने कुराहरूलाई पार्टीले आफ्नो प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ। यस अतिरिक्त शहरी क्षेत्रको निरन्तर विकास र यसलाई विश्‍वस्तरको मानकअनुरूप विकसित गर्ने युवाहरूलाई उच्च प्राथमिकता दिएर उनीहरूको भविष्य उज्जवल बनाउने, शिक्षा क्षेत्रमा विश्‍वविद्यालयस्तरसम्म निःशुल्क शिक्षाको व्यवस्था सुनिश्‍चित गर्ने, जलवायु परिवर्तन र यसबाट हुने प्रभावसित जुझ्नका निम्ति प्रभावकारी नीतिहरू निर्माण गर्ने जस्ता विषयलाई पनि प्राथमिकताका साथ जनता समक्ष पस्किएको छ। सबैभन्दा महत्त्वपूर्ण… Read More

पश्‍चिम सिक्किमबाट शुरू भयो एसडीएफको विजय सङ्कल्प र्याली

पश्‍चिम सिक्किमबाट शुरू भयो एसडीएफको विजय सङ्कल्प र्याली

सिक्किमको भविष्य सुरक्षाको निम्ति फेरि एकपल्ट एसडीएफ पार्टीलाई भोट दिनुपर्छः पवन चामलिङ होमनाथ दवाडी/जगन दाहाल च्याखुङ, 29 मार्च। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको विजय सङ्कल्प र्याली आज पश्‍चिम सिक्किमबाट शुरू भएको छ। यो विजय सङ्कल्प र्याली साथै पश्‍चिम जिल्लाको तीनवटा निर्वाचन क्षेत्रको निम्ति च्याखुङ खेल मैदानमा चुनावी सभा सम्पन्न भयो। सोरेङ च्याखुङ्, दरामदिन अनि रिञ्चेबुङ निर्वाचन क्षेत्रका निम्ति आज आयोजित कार्यक्रमलाई पार्टी अध्यक्ष पवन चामलिङले सम्बोधन गरे। यो चुनावी जन सभामा पश्‍चिम जिल्लाका आठैवटा एसडीएफ उम्मेद्वार साथै एकमात्र लोकसभा उम्मेद्वार डीबी कटवालको उपस्थिति रहेको थियो। पहिलो चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ उपाध्यक्ष पवन चामलिङले सिक्किमको शान्ति र सुरक्षालाई निरन्तर कायम राख्नका निम्ति फेरि एकपल्ट छाताको चिन्हमा भोट दिएर एसडीएफ पार्टीलाई विजय दिलाउने आह्वान गरे। उनले भने, सिक्किमेली जनताको म-माथि आस्था र भरोसा छ, यस्ता महान जनताको सेव गर्ने कामलाई निरन्तरता दिन्छु र जनताको सेवामा जीवन समर्पित गर्नेछु। मलाई जनताको सेवामा दिन रात एक भएर काम गर्दै 25 वर्ष बितेको थाहै भएन। फेरि चुनाउ आयो, फेरि जनताको सरकार बनाउने जिम्मेवारी एसडीएफ पार्टीको काँधमा आएको छ भने त्यो भन्दा ठूलो जिम्मेवारी जनताको काँधमा आइपरेको छ। सोरेङ च्याखुङ् निर्वाचन क्षेत्रको च्याखुङ पब्लिक खेल मैदानमा आयोजित एसडीएफ पार्टीको चुनाउ प्रसार अभियानको पहिलो दिन एसडीएफ पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले आफ्नो सम्बोधनमा उक्त कुरा… Read More

एसडीएफ पार्टीको चुनावी घोषणा-पत्र जारी

एसडीएफ पार्टीको चुनावी घोषणा-पत्र जारी

गान्तोक, 29 मार्च। सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले दशौं विधानसभा र 17औं लोकसभा चुनाउको निम्ति चुनावी घोषणा-पत्र जारी गरेको छ। पश्‍चिम सिक्किमको सोरेङ-च्याखुङ समष्टिअन्तर्गत च्याखुङ खेल मैदानमा आयोजित एसडीएफ ‘विजय सङ्कल्प यात्रा’-को शुरूकै दिन एसडीएफ अध्यक्ष पवन चामलिङले चुनावी घोषणा-पत्र जारी गरेका हुन्। घोषणा-पत्रमा एसडीएफले अघिबाटै भन्दै आएको ‘युनिभर्सल बेसिक इनकम’ (यूबीआइ)-मा विशेष जोर दिएको छ। यसैगरी, राजनीतिक पार्टी र अन्य कुनै सामाजिक कार्यक्रमको बहानामा चन्दा उठाउने प्रथालाई सिक्किममा जरैबाट मास्ने कानुन ल्याउने एसडीएफले आफ्नो घोषणामा उल्लेख गरेको छ। एसडीएफले यस प्रथालाई ‘असुली’-को संज्ञा दिएको छ। घोषणाका प्रमुख बुँदाहरू – धारा 371एफ-को सुरक्षा, लिम्बू-तामाङ समुदायलाई सीट आरक्षण, आयकरमुक्त र अन्य सुविधाहरू, अनुसूचित जाति, जनजाति र ओबीसीका अधिकारहरूको सुरक्षा, महिला सुरक्षा र सम्मान, गुणात्मक शिक्षा : सबैलाई शिक्षा, स्वास्थ्य सेवा सबैलाई : सुरक्षित जीवन सबैलाई, हरित विकास, वायु, सडक र रेल मार्ग पूर्वाधारको व्यवस्थित विकास, हरित अर्थतन्त्र, सुदृढ शासनः स्वच्छ प्रशासन, पहिलो प्राथमिकता युवालाई, सामूहिक भविष्यमा- जलवायु परिवर्तन, आपदा प्रबन्धन, रोजगारी, निम्न जन्मदर, आर्थिक वृद्धि जस्ता मुद्दाहरूको विशद् व्याख्या र रेखाङ्कन सामेल छन्। यसैगरी, अन्य उल्लेख्य घोषणाहरूमा आगामी सरकारमा विश्‍वविद्यालय स्तरसम्म निःशुल्क शिक्षा, कृषि ऋण मिनाहा, एक व्यक्ति एक पेशाको शुरूवात, एक परिवार एक नोकरीबाट छुटेकालाई 100 दिनभित्र रोजगार, कृषकहरूलाई पेन्सनसहित उपकरण खरिद् गर्न वार्षिक 1 लाख, सरकारी सार्वजनिक उपक्रमका कर्मचारीहरूलाई… Read More

सिक्किमेको आत्माको आवाजलाई भारतको सांसदमा गुञ्जाउनेछुः डीबी कटवाल

सिक्किमेको आत्माको आवाजलाई भारतको सांसदमा गुञ्जाउनेछुः डीबी कटवाल

समय संवाददाता च्याखाङ, 29 मार्च। एसडीएफ पार्टीका लोकसभा उम्मेद्वार डीबी कटवालले आफू लोकसभा सदस्य बनेपछि सिक्किमको सम्मानलाई सधैं उच्च बनाउने कार्य गर्ने वचन बद्धता व्यक्त गरेका छन्। आज पश्‍चिम सिक्किमको च्याखुङ खेल मैदानमा आयोजित जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको चुनावी जनसभालाई सम्बोधन गर्दै जनतालाई दिएको वचनमा एक कदम पनि पछि नहट्ने बताए। आफू एसडीएफ पार्टीको युवा कार्यकर्ता रहेको अनि एसडीएफकै भीडभित्रको एउटा अनुहार हूँ भन्दै आफूलाई लोकसभा उम्मेद्वारको निम्ति चयन गरेकोमा पार्टी एवं पार्टी अध्यक्षलाई धन्यवाद दिए। युवाको नातामा सांसदमा युवाहरूको प्रतिनिधित्व गर्नेछु भन्ने वचन दिए। उनले भने, म युवा भएको नातामा तपाईं सम्पूर्ण युवाहरूलाई आह्वान गर्छु मलाई युवाहरूको प्रतिनिधि सम्झनुहोला, युवाहरूको सांसद सम्झनुहोला, म सिक्किमका नागरिकहरूलाई सम्बोधन गर्दै भन्छु सिक्किमको सम्मानलाई आँच आउने काम कदापि गर्नेछुइन। जनतालाई दिएको वचनमा पछि पर्ने छैन। तपाईहरू एक दिन भोट हाल्नका निम्ति झुक्नुहुन्छ एसडीएफ पार्टीको निम्ति झुक्नुहोस, त्यसपछि पाँच वर्षको निम्ति तपाईहरूको शीर झुक्न दिने छैन। तपाईहरूको आत्माको आवाजलाई भारतको सांसदमा गुञ्जाउनेछु। कुनै शोषक र सामन्ति झुक्नेछुइन भने।