एसडीएफको विजय सङ्कल्प यात्रा मगनमा आयोजित

एसडीएफको विजय सङ्कल्प यात्रा मगनमा आयोजित

सिक्किमको एकता र शक्ति विश्‍वलाई देखाउन फेरि एसडीएफलाई जिताउनु पर्छः पवन चामलिङ होमनाथ दवाडी/जगन दाहाल मगन, 30 मार्च। सिक्किममा राज्य बाहिरबाट आएर राजनीति गर्ने शक्तिहरूलाई जवाफ दिनका निम्ति यसपल्टको विधानसभा चुनाउमा एसडीएफ पार्टीलाई 32-मा 32 सीट जिताउनु पर्ने एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले बताएका छन्। उनले भने, बाहिरबाट आएर राजनीति गर्ने शक्तिहरूलाई सिक्किमे जनताले जवाफ दिनुपर्छ। सिक्किममा सिक्किमे कै राज चल्छ भन्ने सन्देश दिन एसडीएफ पार्टीलाई 32-मा 32 सीट जिताउनु पर्छ अनि सिक्किमे एकताको शक्ति विश्‍वलाई देखाउनु पर्छ। एसडीएफ पार्टीको विजय सङ्कल्प यात्राको अवसरमा उत्तर जिल्लाको लाचेन मगन तथा जङ्गु निर्वाचन क्षेत्रका निम्ति मगन खेल मैदानमा आयोजित समारोहलाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष पवन चामलिङले उक्त कुरा बताएका हुन्। सिक्किममा एसकेएम पार्टीले झुटको धरातलमा राजनीति गरिरहेको अनि एसकेएम पार्टीलाई राज्य बाहिरका मानिसहरूले नै सघाउने गरेको छ भन्दै यो पार्टी सरकारमा आयो भने सिक्किमे मानिसहरूको हितमा काम नगरेर राज्य बाहिरका मानिसहरूकै सेवा गर्नेछ भने। एसडीएफ मात्र सिक्किमका मानिसहरूको पार्टी भएका कारण आगामी चुनाउमा एसडीएफ पार्टीलाई जिताएर सिक्किमलाई बचाउनुपर्ने उनले बताए। एसकेएम पार्टी र एसडीएफ पार्टीबीचको अन्तर बताउँदै एसडीएफ अध्यक्षले भने, हाम्रो राजनीति सकारात्मक र निर्माणात्मक छ, एसकेएमको राजनीति ध्वांशत्मक छ। एसडीएफ युवाको पक्षमा खडा छ भने एसकेएम गुण्डाको पक्षमा खडा छ, एसडीएफलाई जिताउनु भनेको सिक्किममा गुण्डा राज हुन नदिनु हो भन्दै उनले… Read More

जनताको गाई खानेलाई होइन, जनताको घर बनाउने पार्टीलाई विश्‍वास गर्नुपर्छः डीबी कटवाल

जनताको गाई खानेलाई होइन, जनताको घर बनाउने पार्टीलाई विश्‍वास गर्नुपर्छः डीबी कटवाल

मगन, 30 मार्च। सिक्किमका पुराना कानुनहरूको पूर्ण सुरक्षा गरेर थाँतीमा रहेका राजनीतिक मागहरूलाई पूरा गराउन भारतको संसदमा सिक्किमे जनताको आवाजलाई बुलन्द गराउने एसडीएफ पार्टीका लोकसभा उम्मेद्वार डीबी कटवालले बताएका छन्। आज उत्तर सिक्किमको मगनमा आयोजित एसडीएफ पार्टीको विजय सङ्कल्प यात्रालाई सम्बोधन गर्दै उनले सिक्किमका विपक्षी पार्टीहरूले एसडीएफले पुराना कानुनहरू उडायो भनि लगाएको आरोपलाई खण्डन गरे। उनले भने, हाम्रो सरकारले पुराना कानुनहरू उडाएको छैन, पूर्ण सुरक्षा गरेको छ। यदी उडाएको छ भने पाकिमबाट हवाई जहाज उडाएको छ, प्रत्येक जिल्लाबाट हेलिकप्टर उडाउने सुविधा दिएको छ। उपस्थित जनालाई सम्बोधन गर्दै उनले भने, तपाईहरू एसकेएम पार्टीलाई विश्‍वास नगर्नुहोस्, किनभने एसकेएम टाउको नभएको पार्टी हो, एसडीएफले ढाँटको खेती गर्दैन सत्यको वकालत गर्छ। उनले एसकेएम अध्यक्ष पीएस गोले मुख्यमन्त्री हुन नपाउने बताउँदै जनतालाई बाँड्ने गाई खाएको नेताको पार्टीलाई होइन जनताले घर पाएको पार्टीलाई विश्‍वास गर्नुपर्छ भने। लोकसभा उम्मेद्वार डीबी कटवालले छैटौंपल्ट एसडीएफको सरकार बन्नेछ भन्दै राज्यमा बिपूल जनमतद्वारा एसडीएफ सरकार भएपछि पुराना थाँतीमा रहेका राजनीतिक मागहरू पनि पक्कै पूर्ण हुनेछन् भन्ने विश्‍वास गर्दै आफूले पनि जनताले दिएको जिम्मेवारीलाई इमान्दारिका साथ पूरा गर्ने वचन दिए। यस अवरमा राज्यसभा सांसद हिस्से लाचुङ्पाले पनि आगामी चुनाउमा एसडीएफ पार्टीले 32-मा 32 सीट जित्ने निश्‍चित रहेको बताउँदै लाचेन मगन निर्वाचन क्षेत्रबाट छिरिङवाङ्दी लेप्चालाई साथ दिएर भारी मतले विजय गराउन जनतालाई आह्वान… Read More

चुनाउ घोषणा-पत्र युवाकेन्द्रित अनि युवामुखी छः एसडीएफ

चुनाउ घोषणा-पत्र युवाकेन्द्रित अनि युवामुखी छः एसडीएफ

गान्तोक, 30 मार्च। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। एसडीएफ पार्टीको विजय सङ्कल्प र्याली कार्यक्रमको क्रममा गत 29 मार्चको दिन पश्‍चिम सिक्किमको च्याखुङमा पार्टी अध्यक्ष पवन चामलिङले पार्टीको घोषणा पत्र जारी गरेका थिए। पार्टीको 10औं सिक्किम विधानसभा अनि 17औं लोकसभा चुनाउ घोषणा पत्र 2019-भित्र राज्य अनि सिक्किमे जनताको विकास, शान्ति, सुरक्षा अनि समृद्धिको निम्ति कस्ता योजना अनि घोषणाहरू रहेका छन्, यसलाई लिएर आज पार्टी मुख्यालयमा एसडीएफ पार्टीले प्रेस सम्मेलन आयोजना गरेको थियो। प्रेस सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीकी प्रचार-प्रसार मामिलाकी महासचिव कविता सुब्बाले यो घोषणा पत्र युवाकेन्द्रित अनि युवामुखी रहेको बताइन्। सम्मेलनमा एसडीएफ पार्टीका प्रवक्ताद्वय भीम दाहाल अनि पीडी राई, पूर्वजिल्ला महासचिव (संगठन) निमा थिङ अनि प्रचार मामिलाका महासचिव अम्बर राईको पनि उपस्थिति रहेको थियो। सम्मेलनलाई सम्बोधन गर्दै महासचिव कविता सुब्बाले घोषणा पत्रको प्रथममा अध्यक्षको अपील राखिएको जसमा पार्टी अध्यक्षको सिक्किमको समृद्धि अनि विकासको निम्ति धारण गरिने विचार र उनको नेतृत्वमा प्राप्त गरिएका उपलब्धिलाई प्रस्तुत गरिएको छ। यसरी नै ‘फेरि पनि एसडीएफ-लाई नै किन भोट दिने?’ भन्ने विषयलाई राखिएको उनले जानकारी गराइन्। यसमा कूल 34-वटा बुँदामा आगामी सरकारमा निरन्तरता दिइने विकासीय कार्य अनि योजनाहरूलाई राखिएको छ। यसमा अहिलेसम्म एसडीएफ सरकारले गरेको कार्य अनि प्राप्त गरेका उपलब्धिहरूलाई राखिएको महासचिव सुब्बाले जानकारी गराइन्। यसपछि एसडीएफ पार्टीले क्षेत्रगत विकास… Read More

परेङगाउँ-झुसिङथाङमा एसडीएफको चुनावी कार्यक्रम

परेङगाउँ-झुसिङथाङमा एसडीएफको चुनावी कार्यक्रम

गेजिङ, 30 मार्च। पश्‍चिम जिल्लाको रिञ्चेबुङ समष्टिअन्तर्गत परेङगाउँ झुसिङथाङमा आज एसडीएफ पार्टीका उम्मेद्वार केएस लेप्चाको नेतृत्वमा चुनावी प्रचार कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा समष्टिका उच्चस्तरीय पार्टी कार्यकर्ता, जिल्ला पञ्चायत, ग्राम पञ्चायत, युवा-चेली तथा आम नागरिकको उपस्थिति रहेको थियोे। आगामी 11 अप्रेल 2019-को विधानसभा अनि लोकसभा चुनाउलाई ध्यानमा राख्दै पार्टीले चुनावी अभियान चलाएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चाले भने, यसपालीको चुनाउमा पार्टी अध्यक्षको निर्णयअनुसार पुनः यो समष्टिमा सेवा गर्ने अवसर दिएको छु। पार्टी अध्यक्षप्रति अभार व्यक्त गर्दै उनले अब पुनः पाँच वर्ष यो समष्टिका जनताको काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनले एसडीएफ पार्टीले छैटौंपल्ट सरकार गठन गर्ने दावी पनि गरे। कोही पनि नकारात्मक सोच भएका व्यक्तिहरू गाउँमा आएर जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताउँदै यस्ता सोच लिएर गाउँ पस्नेहरूसित जनता सजग रहनु पनि उनले सुझाउ पनि राखे। यसको निम्ति पार्टी कार्यकर्ताहरू सधैं सतर्क रहनुपर्ने पनि अपील गरे। यो समष्टिमा आफूसित पाँच वर्ष अघिको अनुभव रहेको बताउँदै अझ जोश-जाँगरको साथमा जनताको काम गर्ने बताएका छन्। यस समष्टिमा विपक्षी पार्टीको किल्ला तोडिएको बताउँदै अब प्रत्येक ग्राम पञ्चायत एकाइबाट सर्वाधिक मत ल्याएर विजयी गराउने काम मात्रै रहेको उनले बताए। यस्तै प्रकारले गाउँबाट नकारात्मक शक्तिलाई फालेर अब स्वच्छ र समृद्ध सिक्किमको निर्माण गर्ने पक्षमा सबै कार्यकर्ताहरू अग्रसर रहनुपर्ने अपील गरेका छन्। उनले भने, यो समष्टिमा… Read More

रिनाक र छुजाचेन दलपचन्दमा एसडीएफ पार्टीको चुनाउ प्रचार

रिनाक र छुजाचेन दलपचन्दमा एसडीएफ पार्टीको चुनाउ प्रचार

एसकेएम समर्थकहरू एसडीएफमा सामेल रिनाक, 30 मार्च। रिनाकका पञ्चायत सभापति भुषण अधिकारी, मेनुका प्रधानसहित अन्य पञ्चायतहरुको अगुवाईमा आज रिनाकको छलमपोङ अनि चालिसे वार्डबाट एसडीएफ पार्टीको चुनाउ प्रचारअन्तर्गत र्याली निकालियो। यस र्यालीले रिनाक बजारमा पार्टीका नाराहरू लगाउँदै पैदल हिँडेर पार्टी शाखा कार्यालयमा पुगी बिर्सजन गरियो। रिनाकमा एसडीएफ प्रत्याशी हेमेन्द्र अधिकारी अनि लोकसभा उम्मेद्वार डीबी कटवाललाई उपस्थित जनसमूह साथै पार्टी कार्यकर्ताहरूले भारी बहुमतले जिताउने प्रण गरे। अर्कोतिर स्थानीय रिनाक तारपिन क्षेत्रमा एसडीएफ पार्टीका क्षेत्रस्तरीय उप संयोजक मिलन अधिकारीको निजी वाहनलाई हिज राति अज्ञात समूहद्वारा आंशिक तोडफोड गरिएकोमा युवा मोर्चाद्वारा तीव्र रूपमा कडा शब्दले विरोध गर्दै यस घटना निन्दनीय रहेको जनाएका छन्। अर्कोतिर, आज दलपचन्दमा चुनाउ प्रचार कार्यक्रमअन्तर्गत एसडीएफ पार्टीद्वारा हेलिप्याडदेखि डाँडागाउँसम्म छाता र्याल आयोजना गरियो। एसडीएफ पार्टीका उम्मेद्वार केबी राईको अगुवाईमा आज मन्दिरडाँडास्थित दुर्गा मन्दिरको अवलोकनसहित मन्दिरगाउँमा घर-दैलो, जनता भेटघाट गरियो। यसका साथै शर्मा गाउँ, मंसीगाउँ दलपचन्दमा सभा राखिएको थियो। डाँडागाउँमा आयोजित एक चुनावी सभापछि विभिन्न गैर सरकारी संघ, संस्था, क्लब, एसएचजी, वार्ड विकास समिति अनि धार्मिक गुरुहरूसँग उम्मेद्वार केबी राईले एक अन्तरक्रिया गरे। यसरी नै लामपोखरी महोत्सव गाउँ, गड्डी गाउँ, अप्पर दलपचन्दका जनतासँग भेटघाटपछि आरीटार ग्रम पञ्चायत एकाइअन्तर्गत प्रधानगाउँ र गैरीगाउँका जनतासँग घर-दैलो अभियान गरेपछि उम्मेद्वार केबी राई अनि पार्टी कार्यकर्ताहरूको टोलीद्वारा सुदुङलाखामा पनि विशेष सभा आयोजन गरियो। सभामा केबी राईले… Read More

एसडीएफः चुनाउ प्रचारमा जीएम गुरुङ पुगे आरीटार र थाङ्सीङ

एसडीएफः चुनाउ प्रचारमा जीएम गुरुङ पुगे आरीटार र थाङ्सीङ

नन्दु दूतराज सिङ्ताम, 30 मार्च। खाम्दोङ सिङ्ताम क्षेत्रका एसडीएफ पार्टी उम्मेद्वार जी.एम. गुरुङलाई आज क्षेत्रको सिमिक लिङ्जे जीपीयूअन्तर्गत आरीटार वार्ड र खाम्दोङ जीपीयूअन्तर्गत थाङ्सीङ वार्डका ग्रामीण जनताले आफ्नो वार्डमा भव्य स्वागत जनाए। जी.एम. गुरुङ आज आफ्नो चुनावी प्रचार अभियानमा आरीटार अनि थाङ्सीङ वार्ड पुगेका थिए। उनीसित प्रचार समितिका उपाध्यक्ष बसन्त लामिछाने, जिल्ला पञ्चायत उपाध्यक्षा सुश्री शर्मिला छेत्री, जिल्ला पञ्चायत सदस्य, पञ्चायतगण, समाजसेवी, वरिष्ठ नागरिक, पार्टीका सक्रीय युवाहरू तथा पार्टी कार्यकर्ताहरूको विशेष सहभागिता रहेको थियो। आरीटार वार्डको जनसम्पर्क अभियानको एक सभामा स्थानीय एसकेएम पार्टीका सक्रीय सदस्य प्रेम प्रसाद अधिकारीले एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल भएका छन्। जी.एम. गुरुङले उनलाई स्वागत जनाउँदै गरीबको हितमा सबै एकजुट भएर काम गर्नुपर्छ भनी बताए। यसरी नै थाङ्सीङ वार्डमा जिल्ला पञ्चायत उपाध्यक्ष शर्मिला छेत्रीले जनसमुदायलाई सम्बोधन गर्दै एसडीएफ सरकारले क्षेत्रमा गरेको विकास कार्यहरूको अवगत गराए। सबैले यस चुनाउमा एसडीएफको छाताको चिन्हमा भोट हालेर विजयी गराउने उनले अपील गरिन्। यसै क्रममा वार्डका एक सामाजिक कार्यकर्ता देवी प्रसाद तिमसिनाले क्षेत्रको गरेको विकासको निम्ति एसडीएफ सरकार एंव मुख्यमन्त्री पवन चामलिङप्रति वार्डको तर्फबाट आभार व्यक्त गर्दै केही आवश्यक मागहरू पनि आफ्ना उम्मेद्वार जी.एम. गुरुङसमक्ष राखे। गुरुङले ती मागहरूलाई सरकार गठन हुनसाथ पूरा गर्ने दिशातर्फ पहल गरिने वचन दिएका छन्। क्षेत्र र क्षेत्रवासीको उन्नति र उज्ज्वल भविष्यको निम्ति अझ धेरै… Read More

सिब्ल्याक र एसकेएमकै कारण लिम्बू-तामाङको सीट आरक्षणमा ढिलाई भएको हो : एसडीएफ

गान्तोक, 30 मार्च। सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-पार्टीका प्रवक्ता पीडी राईले लिम्बू र तामाङको सीट आरक्षणमा ढिलाई हुनुमा एसडीएफ सरकार जिम्मेवार नरहेको दावी गरेका छन्। उनले लिम्बू र तामाङको सीट आरक्षण ढिलाई हुनुमा सिब्ल्याक र एसकेएमको ठूलो हात रहेको बताएका छन्। इन्दिरा बाइपासस्थित एसडीएफ पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रश्‍नहरूको जवाफ दिँदै प्रवक्ता राईले बताए। एसडीएफ सरकारले लिम्बू र तामाङको सीट आरक्षणको निम्ति आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहल गरेको, तर बीचमा सिब्ल्याक, एसकेएम, विधायकद्वय कुङ्गा निमा लेप्चा र सोनाम लामा दिल्लीमा गएर वाधा पुर्याउने काम गरेको प्रवक्ता राईले आरोप लगाए। उनले सीट आरक्षणमा ढिलाई हुनुमा एसडीएफ सरकार होइन, तर समस्या अन्य कतै रहेको बताए। यसैक्रममा प्रवक्ता भीम दाहालले कुनै पनि केन्द्र सरकार अन्तिम हुँदैन भन्दै न्यायप्रेमी केन्द्र सरकार आएको खण्डमा उक्त माग अवश्य पूरा हुनेछ भने। यस अघि एसडीएफ पार्टीले आउँदो सरकारमा वैश्‍विक बुनियादी आय (यूबीआइ) लागू गर्ने घोषणा गरेको जानकारी प्रवक्ता पीडी राईले दिए। यसैगरि, सिक्किमको निम्न जन्मदरप्रति पनि एसडीएफ चिन्तित रहेको बताए। यो समस्यालाई सम्बोधन गर्न एसडीएफ सरकारले प्राउड मदर योजना शुरू गरेको उनले बताए। यद्यपि, अझै व्यापक रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। कर्मापालाई सिक्किम ल्याउने दिशामा एसडीएफले हर सम्भव पहल गर्ने उनले बताए। यसरी नै चालकहरूका निम्ति बीमा, महिला चालकहरूलाई प्रशिक्षण, चारै जिल्लामा चालक भवन… Read More

भू-राजस्व विभागका सचिव छिगेल टाशी सेवानिवृत्त

भू-राजस्व विभागका सचिव छिगेल टाशी सेवानिवृत्त

गान्तोक, 30 मार्च। सिक्किम सरकारको भू-राजस्व विभागका आयुक्त एवं सचिव छिगेल टाशी सेवानिवृत्त भएका छन्। टाशीलिङस्थित नयाँ सचिवालयको सम्मेलन हलमा शनिबार उनको बिदाई समारोह आयोजना गरियो। राज्यका मुख्य सचिव एके श्रीवास्तवको अध्यक्षतामा आयोजित बिदाई समारोहमा विभिन्न विभागीय प्रुखहरू, अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए। आइपीआर विभागअनुसार छिगेल टाशी वर्ष 1982 मा गृह विभागमा अवर सचिवको रूपमा नियुक्त भएका थिए। उनले गृह विभाग, मानव संसाधन विकास विभाग, यातायात विभाग आदि विभागहरूमा सेवा पुर्याए। उनले 35 वर्षभन्दा लामो अवधिको आफ्नो सेवाकालमा धेरै अनुभवहरू बटुल्ने अवसर पाएको बताउँदै सबैलाई धन्यवाद दिए। मुख्य सचिव श्रीवास्तवले छिगेल टाशीलाई स्वास्थ्य अनि हार्दिक सेवानिवृत्त जीवनको कामना गरे।-हिस/बिशाल

सेक्टर मेजिस्ट्रेड, जिल्ला निर्वाचन अधिकारी र आम चुनाउ पर्यवेक्षकको समन्वय सभा

सेक्टर मेजिस्ट्रेड, जिल्ला निर्वाचन अधिकारी र आम चुनाउ पर्यवेक्षकको समन्वय सभा

गेजिङ, 30 मार्च। पश्‍चिम जिल्लाका सेक्टर मेजिस्ट्रेड, जिल्ला निर्वाचन अधिकारी र आम चुनाउ पर्यवेक्षकको समन्वय सभा आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सम्पन्न भयो। जिल्ला निर्वाचन अधिकारी कर्मा आर बन्पोको उपस्थितिमा सम्पन्न भएको सभामा आम पर्यवेक्षक फैजल अफताब, एडीसी कर्मा एल लेप्चा र इभीएम अनि भीभीपीएटी मशिनका राज्य नोडल अधिकारी पी डब्लु लेप्चाको पनि उपस्थिति रहेको थियो। विभिन्न सेक्टरमा भएका मतदान केन्द्रहरूको धरातलीय स्थितिबारे जानकारी लिन यो समन्वय सभा आम पर्यवेक्षकको निर्देशनमा आयोजना गरिएको थियो। आम पर्यवेक्षक फैजल अफताबले सेक्टर मेजिस्ट्रेट र नोडल अधिकारीहरूसित 11 अप्रेलको दिन हुने चुनाउका तयारी विषय सोधखोज गरे। उनले मतदान केन्द्रमा उपलब्ध गराइएका आधारभूत आवश्यकताहरू र संवेदनशील मतदान केन्द्रहरूको पनि सोधखोज गरे। यसरी नै आम पर्यवेक्षकले महकुमा अधिकारीहरूलाई भारतीय दण्ड संहिताको धारा 17 अन्तर्गतका मानिसहरूको सूची तयार गर्ने र यसमार्फत उनीहरूको गतिविधिलाई निगरानी गर्नसक्ने सल्लाह पनि दिए। यसरी नै प्रत्येक मतदान केन्द्र अन्तर्गत पर्ने दिव्याङ्गीजनको सूची बनाउन सेक्टर मेजिस्ट्रेटहरूलाई निर्देश दिए। सभालाई सम्बोधन गर्दै जिल्ला निर्वाचनअधिकारीले आरक्षित इभीएम र भीभीपीएटी मशिनहरूलाई सरकारी भवनमा नै राख्नुपर्ने, चुनाउ आचार संहितालाई अनिवार्यरूपमा पालन गर्नुपर्ने र इभीएम मशिन र भीभीपीएटी मशिनहरू राखिएको कोठालाई सही ढङ्गमा मोहर बन्द गर्नुपर्ने अनि यसलाई खोल्दा मतदानको अघिल्लो दिन उम्मेद्वारहरूको सामुन्नेमा खोल्नुपर्ने जस्ता विषयमा मार्गदर्शन गरे। यसरी नै उनले सेक्टर मेजिस्ट्रेटहरूलाई बुथस्तरीय अधिकारीहरूको सम्पर्कमा… Read More

चुनाउ 2019: प्रिसाइडिङ अधिकारीहरूको अन्तिम तालिम

चुनाउ 2019: प्रिसाइडिङ अधिकारीहरूको अन्तिम तालिम

गान्तोक, 30 मार्च। आम चुनाउ 2019-का लागि प्रिसाइडिङ र पुलिङ अधिकारीको दायित्व प्राप्त गर्ने अधिकारीहरूलाई लिएर आज दुई भिन्नाभिन्नै स्थानमा तालिम कार्यक्रम सम्पन्न भयो। प्रिसाइडिङ अधिकारीहरूका लागि तेस्रो र अन्तिम चरणको तालिम थियो। यो तालिम मनन केन्द्रको सानो सम्मेलन कक्षमा अनि अर्को तालिम पर्यटन विभागको सम्मेलन कक्षमा सम्पन्न भयो। प्रशिक्षण कार्यक्रममा पूर्व जिल्लाका महकुमा अधिकारी सुनिल मोथे, रम्फूका महकुमा अधिकारी पिके राई र जिल्ला योजना अधिकारी यादव शर्मा प्रमुख स्रोत वक्ता रहेका थिए। तालिम कार्यक्रममा प्रिसाइडिङ अफिसर र प्रथम पुलिङ अधिकारीहरूलाई उनीहरूको जिम्मेवारी र दायित्वबारे अवगत गराइएको थियो। यसरी नै अधिकारीहरूलाई इभीएम र भीभीपीएटीको सञ्चालन विधिबारे पनि बताइएको थियो। यस अतिरिक्त मतदानको समयमा आवश्यक प्रक्रियाहरूबारे पनि विस्तारमा स्रोतवक्ताहरूले बताएका छन्। यसरी नै उत्तर जिल्लाको मगनस्थित जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा उत्तर जिल्लाका लागि प्रिसाइडिङ अधिकारीहरूको तेस्रो तथा अन्तिम चरणको तालिम कार्यक्रम सम्पन्न भयो। यहाँ जिल्ला निर्वाचन अधिकारीसित आम पर्यावेशक्षक डा. प्रतिभा सिंहको उपस्थित रहेकी थिइन् भने अन्य अधिकारीहरूमा महकुमा अधिकारी महेश शर्मा, निर्वाचन विभागका अवर सचिव सन्तोष प्रधान स्रोत वक्ता रहेका थिए। यहाँ 68 जना प्रिसाइडिङ अफिसरहरूलाई तालिम दिइएको छ।