सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गरेर लिम्बू-तामाङको सीट रोक्ने एसकेएम पार्टी होः मुख्यमन्त्री

सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गरेर लिम्बू-तामाङको सीट रोक्ने एसकेएम पार्टी होः मुख्यमन्त्री

समय संवाददाता गान्तोक, 27 फरवरी। सिक्किमका बहुसंख्यक समुदायको राजनैतिक हक र अधिकारको सुरक्षा नचाहने शक्तिहरूले नै सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायको सीट आरक्षणमा अड्चन पैदा गराएको मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। एसडीएफ सरकारले जनजातिको दर्जा प्राप्त गरेका लिम्बू-तामाङ समुदायको सिक्किम विधानसभामा सीट आरक्षणको निम्ति केन्द्र सरकारलाई 40 सीटको फर्मुला दिएको र यसलाई केन्द्र सरकारले मानेको भएपनि बहुसंख्यकविरोधी शक्तिको आडमा विपक्षी पार्टीहरूले केन्द्रलाई लगातार मिसगाइड गरेको कारण लिम्बू-तामाङ समुदायले सीट अहिलेसम्म पाउन नसकेको मुख्यमन्त्रीले बताए। राज्य सरकारले दिएको फर्मुलाकै आधारमा केन्द्रले सीट दिनै लागेको समयमा एसकेएम पार्टीका समर्थकहरूले सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेपछि केन्द्र सरकारको अधिनमा रहेको विषयलाई कानुनको विषय बनाएको बताउँदै अब सर्वोच्च न्यायालयको फैसला नआएसम्म केन्द्र सरकारले पनि लिम्बू-तामाङको सीट आरक्षणमा कुनै काम गर्न नसक्ने अवस्था सिर्जना भएको मुख्यमन्त्रीले जानकारी दिए। सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायको सीट आरक्षण अब समाधान हुन पाँच वर्ष, दस वर्ष अथवा 15 वर्ष पनि लाग्नसक्छ किनभने यो अब न्यायालयको फैसलामाथि निर्भर हुनेछ भन्दै मुख्यमन्त्रीले जबसम्म सर्वोच्च न्यायालयबाट कुनै फैसला आउँदैन तबसम्म सीट आरक्षण थाँतिमा नै रहेछ किनभने यसमा कोर्टको निर्णय पर्खिनुपर्ने अवस्था सृजना भयो भनी मुख्यमन्त्रीले बताए। दक्षिण जिल्लाको जोरथाङ खेल मैदानमा आयोजित एसडीएफ पार्टीको दक्षिण-पश्‍चिम जिल्लास्तरीय सभालाई सम्बोधन गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले सिक्किम विधानसभामा लिम्बू- तामाङ समुदायको सीट आरक्षणको विषयलाई विलम्ब… Read More

आरबी सुब्बाको घर वापसी

आरबी सुब्बाको घर वापसी

25 वर्ष विपक्षीमा रहने केएन उप्रेती र तारा श्रेष्ठले समाए एसडीएफको झण्डा राज्यका प्रमुख विपक्षी दललाई त्यागेर 4700 अधिक समर्थकहरू एसडीएफमा सामेल समय संवाददाता गान्तोक, 27 फरवरी। सिक्किमका सम्पूर्ण नागरिकहरूको राजनीतिक हक र अधिकार सुरक्षित गर्ने कार्यक्रम र प्रतिबद्धता एकडीएफ पार्टीमा मात्र रहेको वकालत गर्दै हाम्रो सिक्किम पार्टी (एचएसपी)-का संस्थापक उपाध्यक्ष रणबहादुर (आरबी) सुब्बा, उपाध्यक्ष केएन उप्रेती, तारा श्रेष्ठ, एसकेएम पार्टीका पूर्व महासचिव एमके सुब्बा, पूर्व मेयर केएन तोप्गे र बीरबल सुब्बासहित चार हजार सात सयभन्दा अधिक विपक्षी पार्टी समर्थकहरू आज एसडीएफ पार्टीमा सामेल भएका छन्। दक्षिण सिक्किमको जोरथाङ खेल मैदानमा आयोजित कार्यक्रमको अवसरमा एसडीएफ पार्टीमा सामेल हुन आएका विपक्षी पार्टीका समर्थकहरूलाई एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले स्वागत जनाए। हाम्रो सिक्किम पार्टीका संस्थापक उपाध्यक्ष आरबी सुब्बासहित अन्य समर्थक एसडीएफ पार्टीको कार्यक्रमस्थलमा हाम्रो सिक्किम पार्टीको झण्डा लिएरै प्रवेश गरेका थिए भने उनीहरूले सभास्थलमा पुगेर एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङलाई भेट गर्न अघि केहीबेर एसडीएफ पार्टीको पक्षमा नाराबाजी गरेपछि हाम्रो सिक्किम पार्टीको झण्डा त्यागेर एसडीएफ पार्टीको झण्डा समाते। सत्तारूढ एसडीएफ पार्टीमा सामेल भएपछि सभा स्थलमा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै रणबहादुर सुब्बाले लिम्बू तामाङ समुदायको निम्ति सिक्किम विधानसभामा सीट आरक्षणको फर्मूला हाम्रो सिक्किम पार्टीले दिन नसकेपछि आफू पुनः एसडीएफ पार्टीमा सामेल भएको बताए। लिम्बू तामाङको सीट आरक्षण विषयमा सही फर्मूलाका निम्ति हाम्रो सिक्किम… Read More

उच्च न्यायालयको आदेशलाई यातायात एवं चालक मोर्चाद्वारा स्वागत एवं आभार प्रकट

नन्दु दूतराज सिङ्ताम, 27 फरवरी। वार्ल्ड क्लास टुरिष्ट डेस्टिनेशन भएको शान्तिमय राज्य सिक्किममा बन्द, हड्ताल र धर्नाहरू भयो भने सिक्किमले विश्‍वस्तरमा कमाएको मान, सम्मान र पर्यटन क्षेत्रमा ठूलो धक्का पर्छ। सिक्किम र सिक्किमे जनतालगायत भावी-पिढीको भाग्य र भविष्य बर्बाद हुन्छ तथा सिक्किमको व्यापार-व्यवसायमा पनि बन्दले ठूलो असर पार्छ। यो कुरो अखिल सिक्किम प्रजातान्त्रिक यातायात एवं चालक मोर्चा प्रकोष्ठका राज्य प्रभारी जीएम गुरुङ (रम्फू)-ले आज सिङ्ताम कम्युनिटी हलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भनेका हुन्। गुरुङले एसकेएम पार्टीले 28 फरवरीको दिन डाकेको सिक्किम बन्दलाई शान्तिपूर्ण राज्य सिक्किम र सिक्किमेको हितलाई ध्यानमा राखेर बन्द गर्न नपाउने जुन आदेश दिएको छ, त्यस आदेशको सहमती जनाउँदै सिक्किम उच्च न्यायालयप्रति अखिल सिक्किम प्रजातान्त्रिक यातायात एवं चालक मोर्चाको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरेका छन्। उनले भने, हामी सिक्किममा शान्ति चाहन्छौं अनि सिक्किमको विकास भइरहेको हेर्न चाहन्छौं तर नचाहिँदो बन्द र धर्ना हामी सिक्किमे जनतालाई चाहिँदैन। आज सिक्किमले विकासको जुन शिखर छोएको छ, त्यसमा चालक दाज्यू-भाइहरूको ठूलो योगदान रहेको बताउँदै एसडीएफ सरकारले चालकहरूको हक हितमा यथेष्ठ कामहरू गरिरहेको छ भन्ने बताउँदै उनले अघि भने, चालकहरूको सुविधाको निम्ति विभिन्न पर्यटक स्थलहरूमा चालक भवन निर्माण गर्ने पञ्जीकृत चालक संगठनलाई दुई-दुई लाख रुपियाँ सहयोग राशी प्रदान गर्ने, भोटर कार्ड मात्र भएका चालकहरूको ड्राइभिङ लाइसेन्स बनाइदिने, चारै जिल्लामा विश्‍वकर्मा भगवानको… Read More

बिरिङ तारेथाङमा नयाँ सडक खन्न आरम्भ

बिरिङ तारेथाङमा नयाँ सडक खन्न आरम्भ

रिनाक, 27 फरवरी। एसडीएफ सरकारको प्रमुख योजनामध्ये जनताको निम्ति गाउँ-गाउँलाई जोड्ने सडक निर्माण अनि यतायातको सुविधा प्रदान गर्नु प्रमुख उद्देश्य रहेको छ। यसै उद्देश्यलाई लिएर सरकारको योजनामा छुजाचेन क्षेत्रअन्तर्गत बिरिङ तारेथाङ ग्राम पञ्चायत एकाइको लोवर तारेथाङ वार्डअन्तर्गत पौड्याल गाउँदेखि थापा गाउँसम्म नयाँ सडक खन्ने कार्यको शुभारम्भ हिजो एक छोटो कार्यक्रममाझ क्षेत्र विधायक विक्रम प्रधानद्वारा गरियो। लगभग 2 किलोमिटरको यस नयाँ सडक कैंजलेको मूल सडकसित जोड्ने भएको छ। यो शिलान्यास कार्यक्रमको अवसरमा वार्ड पञ्चायतसहित अन्य पञ्चायत, ग्रामीण प्रबन्धन एवं विकास विभागका अभियन्ता तथा अधिकारी अन्य विभागीय अधिकारी, स्थानीय वरिष्ठ नागरिकहरूको जमघटमा क्षेत्र विधायक विक्रम प्रधानले आफ्नो छोटो सम्बोधनमा एसडीएफ सरकार गाउँमुखी सरकार रहेको कारण यस प्रकारका धेरै लाभदायक योजनाहरू सिक्किममा कार्यन्वयन भएको बताए। यस गाउँका वासिन्दाहरूले कैंजलेको मूल सडकसंग आफ्नो घर-गाउँदेखि सजिलै पुग्न सकिने नयाँ सडकको अनुमोदनले सिक्किम सरकारका मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

एसएमआइटीमा अन्तरराष्ट्रिय सम्मेलनको तेस्रो दिन

एसएमआइटीमा अन्तरराष्ट्रिय सम्मेलनको तेस्रो दिन

रम्फू, 27 फरवरी। एसएमआइटी माझीटारको कम्प्यूटर विज्ञान एवं अभियान्तिकी विभागले संंस्थानको परिसरमा एडभान्स कम्प्युटेशनल एण्ड कम्युनिकेशन विषय 25 फरवरीदेखि आयोजना गरिरहेको अन्तरराष्ट्रिय सम्मेलनको आज तेस्रो दिन पूरा भयो। यस अवसरमा सिक्किमका विभिन्न स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रोजेक्ट प्रस्तुत गरेका थिए। यसमा पीएनजी, एटीटीसी बरदाङ, होलीक्रस र सिङताम उच्च माध्यमिक स्कूलका विद्यार्थीहरूले आफ्नो विज्ञान सम्बन्धी प्रोजेक्ट प्रदर्शन गरेका थिए। सिङताम स्कूलका विद्यार्थीद्वय किसन कुमार गुप्त र अनमोल राईले तयार गरेको मालती प्रपोज फ्लोर क्लिनरले पहिलो स्थान प्राप्त गरेको छ। यसरी नै एटीटीलीका विद्यार्थी बिकल राई, चन्दन शर्मा, नितेश राई र अनुराग गदालले तयार गरेको थ्रीविल क्लिनरले दोस्रो स्थानमा पाएको छ। होलीक्रस स्कूल गान्तोकका विद्यार्थीद्वय अभिनव राज झा र सुभम गुप्ताद्वारा तयार गरिएको इको टेक्नो शु-लाई तेस्रो स्थान प्राप्त भएको छ। यसरी नै अन्तराष्ट्रिय सम्मेलनको दोस्रो दिन साइबर सुरक्षा शिक्षामाथि युनिभर्सिटि अव् मेम्फिस युनाइटेड स्टेटका प्रोफेसर डा. दिपंकर दास गुप्ताले व्याख्यान दिएका थिए भने सिक्योर फक कम्प्युटिङ फर स्मार्ट लिभिङ विषय मिसौरी युनिभर्सिटी अव् साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा. ब्रुस मेक मिलीले पनि व्याख्यान दिएका थिए। यसका साथै विज्ञान सम्बन्धि विभिन्न विषयहरूलाई लिएर शोध पत्रहरू पनि प्रस्तुत गरिएको थियो।

बुदाङ मालबासेमा जैविक खेतीको तालिम

गेजिङ, 27 फरवरी। पश्‍चिम सिक्किमको बुदाङ मालबासे जीपीयूमा जैविक खेती अन्तर्गत हर्बल स्प्रे र मध्यम कम्पोस्टिङ विषयमाथि एक दिवसीय तालिम कार्यक्रम सम्पन्न भयो। वार्डस्तरीय यो तालिम कार्यक्रमको आयोजना सेवा प्रदाता मेभिदियरले आयोजना गरेको थियो। कार्यक्रममा बागवाणी विकास अधिकारी डीपी शर्मा, भीएलडब्लु प्रसन्न राई, पञ्चायत सदस्य दिनेश राई र आत्मबाट नविन शर्मा उपस्थित रहेका थिए। यस कार्यक्रममा गुरू प्रशिक्षकका रूपमा बिनिता तामाङ र मेनुका तामाङ उपस्थित थिए। कृषकहरूलाई स्वनिर्भर बनाउनका लागि कृषिमा प्रयोग हुने विभिन्न सामाग्रीहरूको तयारी गर्दा स्थानीय क्षेत्रमा नै उपलब्ध झारपातलाई लिएर कीटनाशक अनि जैविक मल बनाउने कुरामा विशेष जागरूक गराइएको छ। यस अवसरमा स्रोश्रवक्ताहरूले हर्बल स्प्रे तयार गर्ने विधिसितै यसको प्रयोग विधिबारे पनि कृषकहरूलाई सिकाइयो। हर्बल स्प्रे तयार गर्दा बनमारा, तितेपाती, धोक्रे, हात्तीबार आदि प्रयोग गरेर बनाउन सक्ने विधि पनि कृषकहरूलाई सिकाइएको थियो। यसरी नै कार्यक्रममा जैविक मल मध्यम कम्पोस्ट तयार गर्ने विधि पनि सिकाइयो। यस अवसरमा कृषकहरूलाई आत्मको तर्फबाट मकैको खेती गर्ने विधिसितै मकैको बिउ उपलब्ध गराउने घोषणा गरिएको थियो। कार्यक्रममा 25 अधिक कृषकहरूले भाग लिएका थिए।

गोद भराई कार्यक्रम आयोजित

गोद भराई कार्यक्रम आयोजित

गान्तोक, 27 फरवरी। भानुग्राम आइसीडीएस केन्द्रमा आज पोषण अभियानअन्तर्गत सामुदाय आधारित (सीबीई) कार्यक्रम सम्पन्न भयो। यस अभियानअन्तर्गत आज ‘गोद भराई’ कार्यक्रम आयोजना गरियो। यसमा गर्भवती महिलाहरूलाई लिएर पोषण आहार र स्वास्थ्य हेर्चाहबारे जागरूक गराइयो। सियारी आँगनवाडी प्रशिक्षण केन्द्रका प्राचार्य साङ्गे छिरिङ भोटिया प्रमुख स्रोतवक्ता रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले गर्भवती महिला र स्तनपान गराउने आमाहरूको स्वास्थ्य विषय ध्यान दिने आग्रह गरे। विशेष गरी कार्यक्रममा गर्भवती महिलालाई आवश्यकता अनुसारको आराम र उचित पोषणाहारबारे ज्ञान भर्दै नियमित रूपमा एएनसी, संस्थागत प्रसूति गराउने र शिशुलाई अनिवार्य टिकाकरण गराउने विषयमा जागरूक गराए। पोशणाहार आमा र शिशु दुवैको लागि आवश्यक भएको बताउँदै घरभित्र नै भएको अन्न र सागसब्जीलाई नियमअनुसार सेवन गरे आमा र शिशु दुवैको स्वास्थ्य राम्रो हुने बताए। कार्यक्रममा सुपरवाइजर जेरिलिना लेप्चा, आँगवाडी प्रशिक्षण केन्द्रका प्रशिक्षक थुप्देन भोटिया, सुनिता अधिकारी साथै गर्भवती महिला र आमाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सुपरवाइजर जेरिलिना लेप्चा र आँगनवाडी कार्यकर्ता रेखा सुनुवारले पनि सम्बोधन गरेका थिए।

दार्जीलिङबाट भूमिपुत्री पनि हुनसक्छ उम्मेद्वारः विनय

दार्जीलिङबाट भूमिपुत्री पनि हुनसक्छ उम्मेद्वारः विनय

पत्रकारहरूलाई पोस्टल भोटको सुविधा दिनुपर्ने माग समय संवाददाता दार्जीलिङ, 27 फरवरी। आगामी लोकसभा चुनाउमा दार्जीलिङ आसनबाट भूमिपुत्र होइन, भूमिपुत्री पनि उम्मेद्वार हुनसक्छ। गोजमुमो अध्यक्ष विनय तामाङले यस्तो बयान दिएर दार्जीलिङ लोकसभा आसनबाट यसपाली महिला उम्मेद्वार खडा गर्ने संकेत दिएका छन्। हाल दार्जीलिङ पहाडका अधिकांश राजनैतिक पार्टीहरूले भूमिपुत्र उम्मेद्वार खडा गर्ने कुरा गरिरहेका छन्, यसै समय गोजमुमो अध्यक्ष विनय तामाङले भूमिपुत्री उम्मेद्वार खडा गर्ने संकेत दिएपछि पहाडका अधिकांश पार्टीहरू महिला उम्मेद्वारको नाम चिन्न आतुर बनिरहेका छन्। हिजो दार्जीलिङको एक होटलमा दार्जीलिङ प्रेस गिल्डद्वारा आयोजित कन्फिडरेशन अफ् नर्थ बेंगल एण्ड सिक्किम जर्नलिष्टको प्रथम आम सभाको एकांशमा जीटीए अध्यक्ष विनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसै कार्यक्रमबीच भएको प्रश्‍नोत्तर कार्यक्रमको अवधि एक प्रश्‍नको उत्तरमा तामाङले भने, अहिले बिस्तारै दार्जीलिङ पहाडमा पनि लोकसभा चुनाउको माहोल तात्तिन थालेको छ। सबै पार्टीहरू भूमिपुत्र भन्दै अघि बढिरहेका छन् अनि हातमा हात मिलाउने काम गरिरहेका छन्। यसका साथै तामाङले चुनाउ प्रचारको लागि आगामी दिनमा इस्लामपुर, चोपडा, कुचबिहार, जलपाइगढी आदि स्थान पनि जाने योजना बनाएको बताए। यसैबीच, दार्जीलिङ पहाडमा पत्रकारहरूको सुरक्षाबारे सोधिएको एक प्रश्‍नको उत्तरमा तामाङले भने, सन् 1986-मा दार्जीलिङ पहाडमा निर्मल राई नामक एक पत्रकारको निर्मम हत्या भएको थियो। तर पहाडको राजनीति परिवर्तन भएको छ अनि यहाँ अब पत्रकारको मात्रै होइन, राजनैतिक हत्या पनि हुनेछैन, यो मेरो… Read More

10 परियोजनाको उद्घाटन

10 परियोजनाको उद्घाटन

समय संवाददाता दार्जीलिङ, 27 फरवरी। जीटीए अध्यक्ष विनय तामाङले आज तकदाह-टिस्टाभेल्ली, तकदाह-ग्लेनवर्ण, तकलिङ पेशोक अनि मङ्पू लगाएर 12 करोड बराबरको लागतमा निर्माण भएका 10 वटा परियोजनाको उद्घाटन गरे। लोकसभा चुनाउको ठीकअघि तामाङले एकपछि अर्को गर्दै शिलान्यास र उद्घाटनका कार्यक्रमहरू गरिरहेका छन्। जसमध्ये आज उद्घाटन गरिएका तकदाह-टिस्टाभेल्लीमा स्टीलको पुल, पुबोङसम्म पुग्ने सडक मार्ग, रङ्ली सार्वजनिक भवन, लामाहट्टा प्राथमिक पाठशालाका साथै अन्य स्कूल भवनहरू सामेल छन्। तकदाह इञ्जीनियरिङ विभागको तत्वावधानमा आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष विनय तामाङले कुनै दिन विश्राम नलिई जनताको हित वा पहाडको सर्वांगीण विकासको लागि काम गरिरहेको बताए। उनले भने, दार्जीलिङ पहाडको विकास गर्न समयको कमी भइरहेको छ। यसैले दिन-रातलाई एक गरेर जनताको लागि काम गरिरहेको छु। दार्जीलिङ पहाडमा धेरै समस्या छ, यी समस्याहरूको समाधान गर्ने दायित्व जीटीएको हो अनि त्यो दायित्व पूर्ण गर्न कम्मर कसेर अघि बढेका छौं। गत केही समयअघि मेरा पिता बिरामीले ग्रस्त भएका थिए, उनको उपचार चलिरहेको थियो, तरै पनि त्यस समय म कलकत्ता गएर 429 जना शिक्षकहरूको समस्या समाधान गरेको थिएँ। यसरी नै वर्तमान जीटीएले काम गरिरहेको छ अनि विकास कार्यहरूको प्रमाण प्राप्त भएपछि सरकारले जीटीएलाई उचित कोष पनि उपलब्ध गराइरहेको छ।

अमेरिकाले लादेनलाई मार्न सक्छ भने केही पनि सम्भव छः जेटली

अमेरिकाले लादेनलाई मार्न सक्छ भने केही पनि सम्भव छः जेटली

नयाँ दिल्ली, 27 फरवरी। वित्तमन्त्री अरूण जेटलीले भारत-पाकिस्तान सीमामा बढ्दै गइरहेको तनाउबीच अमेरिकाले यदि आतङ्कवादी ओसामा बिन लादेनलाई मार्नको निम्ति पाकिस्तानमा कार्यवाही गर्नसक्छ भने आजको स्थितिमा केही पनि हुनसक्ने मनतव्य व्यक्त गरेका छन्। जेटलीले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, गत सातादेखि देश एकजुट बनेको छ। राजनीतिमा एक साताको समयलाई धेरै मानिन्छ। अमेरिकी कार्यवाहीमा पाकिस्तानको ऐबटाबादमा ओसामा बिन लादेन मारिएको घटनाको उल्लेख गर्दै जेटलीले भने, भारतले पनि यस्तै कार्यवाही गनसक्छ भन्ने सोच्थ्यो। कुनै समय यो केवल सोच विचारको विषय थियो, तर आज भारतले पनि यस्तो कार्यवाही गर्नसक्छ भन्ने प्रमाणित भएको छ।-हिस/बिशाल