राज्य मन्त्रीमण्डलको सभामा 61 विभिन्न प्रस्ताव अनुमोदन

राज्य मन्त्रीमण्डलको सभामा 61 विभिन्न प्रस्ताव अनुमोदन

पाकिम-तारेथाङ-रोडाथाङ सडक अब बन्दे पोख्रेल मार्ग गान्तोक, 30 जनवरी। मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा आज सम्पन्न राज्य मन्त्रीमण्डलको सभामा विभिन्न विभागअन्तर्गतका 61 अधिक प्रस्तावलाई अनुमोदन गरिएको छ। यसरी नै पाकिमदेखि तारेथाङ-रोडाथाङसम्मको सडक मार्ग देशको स्वतन्त्रता संग्राममा उल्लेखनीय योगदान दिने सिक्किमका त्रिलोचन पोख्रेल(बन्दे पोख्रेल)-को नाममा नामाकरण गर्ने प्रस्तावलाई राज्य मन्त्रीमण्डलले अनुमोदन गरेको छ। स्मरण रहोस्, मूल रूपमा पूर्व सिक्किमको तारेथाङ निवासी त्रिलोचन पोख्रेलले राष्ट्रपिता महात्मा गान्धीको नेतृत्त्वमा सञ्चालित विभिन्न स्वतन्त्रता संग्राममा सहभागिता जनाएका थिए। उनले गान्धीजीबाट प्रेरणा लिएर खादी र चर्खाको प्रचार गर्न पनि महत्त्वपूर्ण योगदान दिएका थिए। इतिहासविदहरू अनुसार गान्धीजीद्वारा सञ्चालित स्वतन्त्रता संग्राममा त्रिलोचन पोख्रेलले ‘बन्दे मातारम’-को नारा ठूलो स्वरमा लगाउने गर्थे। उनको यही गुणका कारण गान्धीजीलाई उनलाई बन्दे पोख्रेल भनेर सम्बोधन पनि गर्ने गर्थे। गान्धीजीबाट प्रेरणा लिएर त्रिलोचन पोख्रेलले पनि गान्धीजी जस्तै धोती पहिरन गर्थे अनि खडाउ लगाउँथे। उनलाई ब्रिटिस शासनविरूद्धको आन्दोलनमा सिक्किमका पहिलो स्वतन्त्रता संग्रामीका रूपमा पनि कतिपय इतिहासविदहरूले परिचित गराएका छन्। देशको स्वाधीनता संग्राममा उनको योगदानलाई कदर गर्दै राज्य सरकारले 16 मई 2018-मा राज्यको शीर्ष एलडी काजी पुरस्कारले सम्मानित गरी सकिएको छ। कार्मिक मामिला कार्मिक मामिला विभागअन्तर्गत चार विभिन्न प्रस्तावलाई राज्य मन्त्रीमण्डलले अनुमोदन गरेको छ। यसमा सिक्किम राज्य साधारण सेवा नियम अनुसूची 1 ए क्याडर रिभिजनलाई अनुमोदन गरिएको छ भने भेटनेरी डाक्टरहरूलाई मासिक रू. 25 सयको दरले नन्… Read More

एसडीएफको पश्‍चिम जिल्ला चेली मोर्चाको समन्वय सभा सम्पन्न

एसडीएफको पश्‍चिम जिल्ला चेली मोर्चाको समन्वय सभा सम्पन्न

पश्‍चिममा एसडीएफको किल्ला उखेल्न अझै 30 वर्ष लाग्छ: कलावती सुब्बा गेजिङ, 30 जनवरी। सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको पश्‍चिम जिल्ला चेली मोर्चाको तत्वावधानमा समन्वय सभा सम्पन्न भयो। स्थानीय सार्वजनिक भवन परिसरमा आयोजित सभामा पूर्व विधानसभालाई अध्यक्ष एवं राज्यस्तरीय चेली संयोजिका कलावती सुब्बाको अध्यक्षता गरेकी थिइन्। सभामा याङथाङ समष्टिकी विधायक चन्द्रमाया सुब्बा, पञ्चायत सेलकी उपाध्यक्ष एवं चेली वरिष्ठ कार्यकर्ता मनिता मङगर, जिल्ला पञ्चायत अध्यक्ष पश्‍चिम देवीका सुब्बा, पश्‍चिम जिल्ला, चेली संयोजिका जाङमो शेर्पा, नगर परिषद उपाध्यक्ष जाङमो भोटिया, पश्‍चिम जिल्लाका विभिन्न समष्टिका चेली संयोजिका चेली मोर्चाका कार्यकर्ता पश्‍चिम जिल्लाका पार्टी अध्यक्ष एवं कार्यकरणी समितिका अध्यक्ष शेरहाङ सुब्बा, विधायकगण, सल्लाहकार अनि अध्यक्षहरूको उपस्थित रहेको थियो। पश्‍चिम जिल्लाका आठवटै समष्टिका चेलीहरूको उपस्थित रहेको थियोे। चेली मोर्चाद्वारा आयोजन गरिएको जिल्लास्तरीय सभामा पश्‍चिम जिल्लाका आठवटा समष्टिबाट उपस्थित चेलीहरूले विभिन्न सुझाउहरू राखेका थिए। समन्वय सभालाई सम्बोधन गर्दै पञ्चायत प्रकोष्ठकी उपाध्यक्ष मनिता मङगरले सिक्किममे चेलीहरूले 2019-को चुनाउमा एसडीएफ पार्टीलाई विजयी गराउने प्रण गरिरहेको बताइन्। उनले कसैले पनि फलानु जिल्ला यस्तो र उस्तो भन्ने भ्रममा नपर्ने अपील पनि गरिन्। पश्चिम जिल्लाको यो नारी जनशक्तिले प्रत्यक्ष जवाव दिएको छ। कार्यक्रममा पश्‍चिम जिल्लाका चेलीहरूले उल्लेखनीय उपस्थिति दिएर विपक्षी पार्टीहरूलाई दह्रिलोे जवाब दिएको पनि उनले बताइन्। एसडीएफ पार्टीले सत्ता सम्हाल्न थालेपछि राज्यमा शान्ति र सुरक्षामा छाएको छ, यहाँ कुनै त्रास छैन, कुनै… Read More

एमजी-नरेगाका कर्मचारीगणले विभागका सचिवलाई भेटे

एमजी-नरेगाका कर्मचारीगणले विभागका सचिवलाई भेटे

विभाग सकारात्मक रहेको संघको दावी गान्तोक, 30 जनवरी। अखिल सिक्किम एमजी-नरेगा कर्मचारी संघका प्रतिनिधिगणले आज ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिवसित औपचारिक भेट गरे। संघका प्रतिनिधिहरूमा अतिरिक्त जिल्ला योजना संयोजकगण(एडीपीसी), अतिरिक्त योजना अधिकारी(एपीओ) अनि ग्राम रोजगार साहयक(जीआरएस)-गणको उपस्थिति रहेको थियो। सिक्किमको चारै जिल्लाबाट आएका संघका प्रतिनिधिहरूले विभागका सचिवसितको भेट सकारात्मक रहेको बताएका छन्। संघले विभागका सचिवलाई भेट्नुको कारण एमजी-नरेगामा कार्यरत कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने माग रहेको थियो। स्मरण रहोस्, मुख्यमन्त्रीको 32 दिने सिक्किम भ्रमणको अवसरमा 3 अप्रेल 2018 को दिन संघका प्रतिनिधिहरूले मुख्यमन्त्रीलाई भेटेर आफ्नो दुखेसो राखेर आवेदन चढाएपछि सो विषयमा मुख्यमन्त्रीले विभागलाई एमजी-नरेगा-का कर्मचारीहरूको निम्ति सकारात्मक पक्षमा काम गरिदिने निर्देश दिएको जानकारी संघले दिएको छ। यसपछि संघले विभागमार्फत स्थायीकरणको प्रक्रियालाई अघि बढाएको थियो भने कार्मिक मामिला विभागमा केही समयसम्म कार्य सुस्ताएको पनि संघले जानकारी दिएको छ। सोही विषयमा आज सिक्किमका चारै जिल्लाबाट आएका एमजी-नरेगाका कर्मचारीहरूले कार्मिक मामिला विभागबाट फायल ल्याएर ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिवसित चर्चा गरेको जानकारी संघले दिएको छ। यस विषयमाथि भएको चर्चामा ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिवले सकारात्मक सुझाउ दिएको अनि आफ्नो पक्षबाट सकारात्मक भएर अघि काम गरिदिने भएको संघले जानकारी गराएको छ। ज्ञात रहोस्, सिक्किम राज्यमा वर्ष 2006-07 देखि एमजी-नरेगा योजना कार्यान्वयनमा आएको हो। यस योजनाअन्तर्गत राज्यको ग्रामीण भेकमा गाउँलेहरूको निम्ति आधारभूत पूर्वाधारहरूको निर्माण… Read More

पर्यटन राज्यमन्त्री केजे अल्फोन्सले गरे प्रथम स्वदेश दर्शन परियोजनाको उद्घाटन

पर्यटन राज्यमन्त्री केजे अल्फोन्सले गरे प्रथम स्वदेश दर्शन परियोजनाको उद्घाटन

गान्तोक, 30 जनवरी (हिस)। केन्द्रिय पर्यटन राज्यमन्त्री (स्वतन्त्र प्रभार) केजे अल्फोन्सले बुधबार राजधानी गान्तोकमा पूर्वोत्तर परिचक्र विकास परियोजना (रम्फू-रोडाथाङ-आरिटार-फदमचेन-नाथाङ-शेरेथाङ-छाङ्गु-गान्तोक-फुदोङ-मगन-लाचुङ-युमथाङ-लाचेन-थाङ्गु-गुरुदोङमार-मगन-गान्तोक-तुमिनलिङ्गी-सिङताम) को विधिवत उद्घाटन गरे। यस अवसरमा राज्य पर्यटन एवं नागरिक उड्डयन मन्त्री उगेन टी. ग्याछो भोटिया र राज्य मानव संसाधन विकास विभागका मन्त्री आरबी सुब्बा विशेष रूपमा उपस्थित थिए। भारत सरकारको पर्यटन मन्त्रालयको स्वदेश दर्शन योजनाअन्तर्गत कार्यान्वित परियोजना मन्त्रालयद्वारा 98.05 करोड रूपियाँको अनुमानित लागतमा जून 2015-मा अनुमोदन गरिएको थियो भने योजनाको अधीनमा यो सिक्किमको पहिलो परियोजना रहेको जानकारी पीआइबीले दिएको छ। परियोजनाअन्तर्गत मन्त्रालयले पर्यटक सूचना केन्द्र, ध्यान केन्द्र, जैविक पर्यापर्यटन केन्द्र, काठको कुटी, तुइन वा जिपलाइन, पुष्प प्रदर्शनी केन्द्र, अरण्यपथ, उपहार पसल, क्याफेटेरिया, वर्षाबाट जोगिने शरणस्थल, सडक किनारा जलपान पसल, अन्तिम विन्दुसम्म सम्पर्क सुविधा, वाहन बिसाउनी, सार्वजनिक शौचालय आदि निर्माण गरेको छ। परियोजनाको उद्घाटन गर्दै मन्त्री केजे अल्फोन्सले राज्यद्वारा परियोजना पूरा गरिएकोमा सराहना गर्दै गान्तोक अतुल्यरूपमा स्वच्छ रहेको र स्वच्छता र आतिथ्यको परिप्रेक्ष्यमा विश्वकै उच्च श्रेणीका नगरहरूमा दाँज्न मिल्ने बताए। पर्यटन क्षेत्रमा विगत वर्षको उपलब्धिहरू उल्लेख गर्दै मन्त्री अल्फोन्सले वर्ष 2017-मा डब्लुटीटीसीको यात्रा एवं पर्यटन शख्ति तथा प्रदर्शनी प्रतिवेदनमा तेस्रो स्थानमा रहनका साथै विश्व पर्यटनमा सात प्रतिशतको वृद्धिका विपरीत भारतमा यो विदेशी पर्यटक आगमनको सन्दर्भमा 14 प्रतिशतको दरले वृद्धा दर्ता भएको जानकारी दिए। राज्य सरकारद्वारा सिक्किममा गृहवास प्रवर्तन अनि प्रोत्साहनको निम्ति… Read More

एसडीएफको चुनाउ प्रचार समितिद्वारा लुम्से गाउँको भ्रमण

एसडीएफको चुनाउ प्रचार समितिद्वारा लुम्से गाउँको भ्रमण

गान्तोक, 30 जनवरी। अप्पर तादोङ निर्वाचन क्षेत्रका सम्पूर्ण घरमा पुगेर जनतासित सोझो सम्पर्क गर्ने उद्देश्य लिएर सत्तारूढ एसडीएफ पार्टीको चुनाउ प्रचार समितिले बुधवार लुम्से गाउँको भ्रमण गरेको छ। पार्टी उपाध्यक्ष तथा 25 अप्पर तादोङ निर्वाचन क्षेत्रको चुनाउ प्रचार समितिका अध्यक्ष मेनलम लेप्चाको अगुवाइमा गएको टोलीले लुम्से गाउँमा घर-दैलो अभियान चलाउँदै त्यहाँका सर्वसाधारण जनता, कृषक, मजदूर, विद्यार्थी तथा बेरोजगार युवाहरूसँग सोझो सम्पर्क गर्दै पार्टीका जनवादी, गरीबवादी र सिक्किमेपयोगी नीतिबारे चर्चा-परिचर्चा गरेको छ। लुम्से गाउँका सत प्रतिशत जनताले एसडीएफ पार्टीको नीतिप्रति सन्तुष्टि जाहेर गर्दै सरकारको एक परिवार एक नोकरीको कारण राज्यका धेरै बेरोजगार युवा तथा परिवारले न्याय पाएको जनाउँदै सरकारलाई धन्यवाद दिएको पार्टीका महासचिव किरण छेत्रीले विज्ञप्तिमार्फत जनाएका छन्। एसडीएफ पार्टीको सरकारमा लुम्से गाउँको धेरै विकास भएको बताउँदै जनताले यो गाउँमा सिवरेजको लाइन बसाउनुपर्ने माग राखे। यसरीनै सडक किनारमा बिजुली बत्तीको व्यवस्था र पैह्रो रोकथाम योजना शुरू हुनुपर्ने माग राखेको बताइएको छ। चुनाउ प्रचार समितिका अध्यक्ष तथा पूर्व मन्त्री मेनलम लेप्चाले गाउँलेहरूलाई सम्बोधन गर्दै एसडीएफ पार्टीको लक्ष्य राज्यको सर्वाङ्गीण विकास रहेको बताए। उनले भने, एसडीएफ पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा गत 25 वर्षदेखि राज्यको निरन्तर विकास भइरहेको छ। एसडीएफ पार्टी राज्यका सबै तहका जनताको सर्वाङ्गीण विकासप्रति प्रतिबद्ध रहेको छ र यो क्रम निरन्तर रूपमा चलिरहनेछ। आजको घर-दैलो अभियान टोलीमा पार्टीका… Read More

पाचे आर्चेरी: माछोङलाई पराजित गर्दै सेन्टी क्वार्टरफाइनलमा

पाचे आर्चेरी: माछोङलाई पराजित गर्दै सेन्टी क्वार्टरफाइनलमा

पाकिम, 30 जनवरी। सेन्टीले पाचे आर्चेरी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यहाँ आज खेलिएको प्रिक्वार्टर फाइनल खेलमा सेन्टीले माछोङ मान्छूलाई 48-34 अङ्कले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो। आजको खेलका अवसरमा एसीएफ एसपी भोटिया मुख्य अतिथि रहेका थिए। प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वार्टरफाइनल म्याच खेलिने छ। यसमा जेल पुलिसले लुइङको सामना गर्नेछ। राज्य र राज्य बाहिरका गरी कूल 32 टीमले सहभागिता जनाएको यो प्रतियोगिताको फाइनल खेल आगामी 7 फरवरीमा खेलिने छ। प्रतियोगिताको विजेता तथा उपविजेता टीमलाई क्रमशः 65 अनि 35 हजारको नगद राशिसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले बताएको छ।

पाण्डाम क्षेत्रमा एसडीएफको ठूलो झण्डा लगाउन शुरू

पाण्डाम क्षेत्रमा एसडीएफको ठूलो झण्डा लगाउन शुरू

रम्फू, 30 जनवरी। सत्तारूढ एसडीएफ पार्टीले पश्‍चिम पाण्डाम निर्वाचन क्षेत्रअन्तर्गत मुख्य शहर रम्फूमा पार्टीको ठूलो ठूलो झण्डा लगाउन शुरू गरेको छ। क्षेत्र विधायक गोपाल बराइलीको विशेष पहलमा शुरू गरिएको झण्डा लगाउने कार्यमा आज पार्षद पिंकु प्रसाद, बीएलसी अध्यक्ष वीणा राई, युवा उपसंयोजक अर्जुन मंगरको साथमा अन्य विभिन्न समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

चिवा भञ्ज्याङको सिक्किम-नेपाल सडक मार्गले दुवै देशलाई फाइदा पुग्नेछ: डा. बाबुराम भट्टराई

चिवा भञ्ज्याङको सिक्किम-नेपाल सडक मार्गले दुवै देशलाई फाइदा पुग्नेछ: डा. बाबुराम भट्टराई

गान्तोक, 30 जनवरी (हिस)। छिमेकी राष्ट्र नेपालको सीमानासित जोडिएको पश्‍चिम सिक्किमको चिवा भञ्ज्याङ भएर भारत नेपाल सडक मार्ग पूर्ण प्राथमिकताको आधारमा निर्माण गरिनुपर्ने मनतव्य नेपालका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्यक्त गरेका छन्। मंगलबारदेखि नेपालको पाँचथर जिल्लामा पर्ने चिवा भञ्ज्याङ पुष्पलाल (मध्यपहाडी) लोक मार्गको शुरूवाती बिन्दु चिवा भञ्ज्याङबाट नयाँ शक्ति पार्टीको जन संवाद यात्रा 2075 शुरू गर्ने क्रममा भारततिर निर्माणाधीन रहेको सडक मार्गको समेत निरीक्षण गरेका थिए। अध्यक्ष भट्टराईले नेपाल र भारतको मैत्रिक सम्बन्धलाई सुदृढ पार्न यो मार्ग प्राथमिकताको आधारमा निर्माण भई चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्ने बताए। उनले यो मार्ग सुचारू हुन साथै नेपाल र भारतबीचको अन्तरराष्ट्रिय बजार पनि सडक मार्गबाट जोडिने भएको हुनाले यसबारेमा नेपाल सरकारसित आफू स्वयंले कुरा गर्ने बताए। यसैगरि उनले सिक्किमका मुख्यमन्त्रीसित पनि प्राथमिकताको आधारमा यो मार्ग निर्माणमा तदारूकता ल्याउनुपर्ने विषयमा व्यक्तिगतरूपमा कुराकानी गर्ने अवगत गराए। नेपाली कम्यूनिस्ट पार्टी, नेपाली कांग्रेस, संघीय लिम्बूवान परिषदका नेताहरूको साथमा नेपाल शान्ति र समृद्धिमा लम्किन सकोस भन्ने योजना लिएर जन संवाद यात्रामा निस्किएका भट्टराईले सिक्किम पट्टिको सुरक्षा व्यवस्थामा भारतीय प्रशासनले चिवा भञ्ज्याङमा राम्रैसित चेकपोस्ट राखेर कार्य गरे जस्तै नेपाल पट्टिबाट पनि भञ्ज्याङमै चेकपोस्ट राख्नुपर्ने बताए। अहिले नेपालतिर च्याङथापुमा मात्र नेपाली प्रशासन रहेको बताउँदै उनले यसो गरिएको खण्डमा दुवै देशबीचको मैत्रिक सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग… Read More

शहीद दिवस पालन गरियो

शहीद दिवस पालन गरियो

गान्तोक, 30 जनवरी। राजधानीको टाशीलिङ सचिवालयमा बुधबार शहीद दिवस पालन गरियो। यस अवसरमा अतिरिक्त मुख्य सचिव तथा वित्त एवं विकास आयुक्त वीभी पाठकको उपस्थितिमा सचिवालयका अधिकारीहरू र कर्मचारीहरूले दुई मिनट मौनधारण गरे। आइपीआर विभागअनुसार आज राज्यभरि नै शहीद दिवस पालन गरियो भने देश स्वतन्त्रताको निम्ति आफ्नो जीवन बलिदान गर्ने सेनानीहरूलाई दुई मिनट मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गरियो। आज बिहान ठीक 11 बजीदेखि 11:02 बजीसम्म राज्यभरि सम्पूर्ण कार्यहरू र ट्राफिक बन्द राखिएको बताइएको छ।-हिस/बिशाल